`

प्रचण्डसँग माधव नेपालकाे माग- मुख्यमन्त्रीसहित केन्द्रमा तीन मन्त्रालय दिनुस्

Nepal One HD १० चैत २०७९ १२:२९
प्रमुख खबर

काठमाडौँ – नेकपा एकीकृत समाजवादिका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटबार्ता भएको छ ।

शुक्रकार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा माधव नेपालले संघमा तीन मन्त्रालय र प्रदेशमा मुख्यमन्त्रीको माग गर्नुभएको छ । माधव नेपालको भनाई उदृत गर्दै समाजवादीका एक नेताले भन्नुभयो,‘संघमा तीन मन्त्रालय प्रदेशमा मुख्यमन्त्री दिनुस्’,उहाँले भन्नुभयो ।

उहाँहरुबीच मन्त्रिपरिषदलाई पूर्णता दिने र प्रदेश सरकारहरूबाट एमालेलाई हटाउने बारेमा छलफल भएको पनि बताईएको छ । केन्द्र सरकारमा एमालेको सहभागिता नरहेपनि सुदूरपश्चिमबाहेक सबै प्रदेश सरकारमा एमाालेको सहभागिता यथावत नै रहेको छ ।

१० दलीय गठबन्धनबाट भने नेकपा एसलाई २ मन्त्रालय दिने तयारी छ ।


प्रतिक्रिया