`

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

Nepal One HD १० चैत २०७९ १४:११
प्रमुख खबर

काठमाडौँ – नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

शुक्रबार बागमती प्रदेशसभाको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार छाडेको घोषणा गरे ।

उनले एमालेका मन्त्रीहरुले आजै प्रदेशसभा बैठक पश्चात मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने बताए ।

केन्द्रीय सत्ता समीकरणमा नेकपा माओवादी केन्द्रले विश्वासघात गरेको कारण माओवादी केन्द्र नेतृत्व रहेको बागमती प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकार छाडेको थपलियाको भनाई छ ।


प्रतिक्रिया