कमर्स क्याम्पसमा निर्वाचन अधिकृत सम्पर्कविहिन भएपछि मतदानकाे समय सर्याे

प्रमुख खबर

काठमाडौं – नेपाल कमर्स क्याम्पसमा स्ववियु चुनाव निर्धारित समयभन्दा सारिएकाे छ । शनिबार मिति तय भए पनि मतदान गर्ने समयमा क्याम्पस प्रमुख र निर्वाचन अधिकृत सम्पर्कविहिन भएपछि समय सारिएकाे हाे ।
क्याम्पस प्रमुख प्राध्यापक धुवप्रसाद सिलवाल र निर्वाचन अधिकृत तुलसीराम रेग्मी सम्पर्कविहीन भएपछि चुनावी प्रक्रिया अघि बढ्न सकेको थिएन । निर्वाचन अधिकृत बस्नेतले ११ः३० देखि ५ः३० सम्मको लागि मतदान समय तोकिएको सूचना निकालेका छन् ।
८ बजेदेखि ४ बजेसम्म हुने भनिएको मतदान प्राविधिक कारण रोकिएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । क्याम्पसमा चुनाव हुनुपर्ने माग गदै नेविसंघले आन्दोलन गरेको थियो ।

प्रतिक्रिया
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट