मन्त्रालयको भागबन्डा टुङ्ग्याउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

राजनीति

काठमाडौं – सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । आज बस्ने बैठकमा मन्त्रालयको भागबन्डा टुङ्ग्याइने बतायएको छ । मंगलबार साँझ बसेको बैठक विनानिष्कर्ष टुङ्गिएपछि बैठक आज बिहान ९ बजेका लागि बोलाइएको थियो । बैठकमा सरकारको साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रूप दिने तयारी छ ।
सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार गर्न ढिलो भइरहेको छ । नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालयमा दाबी गरेको छ भने कांग्रेसले आठ मन्त्रालय पाउने सहमति भएको बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट