असत्य कुरा गरेमा मलाई मात्रै होइन रविलाई पनि घिसार्नुपर्छ : ढाकाकुमार श्रेष्ठ


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले असत्य कुरा गरेमा आफूलाई मात्रै नभई रवि लामिछानेलाई पनि घिसार्नुपर्ने बताउनुभएको छ ।
मन्त्री बन्नको लागि भन्दै व्यवसायी दुर्गा प्रसाइँसँग २ करोड रुपैयाँ घुस मागेको आरोप लागेपछि उहाँले यस्तो बताउनुभएको हो ।
टेलिभिजनको एक अन्तवार्तामा बोल्नुहुँदै उहाँले आफ्नो आवाज नभएको भन्दै आफूलाई फसाउने षड्यन्त्र भइरहेको जिकिर गर्नुभयो ।
‘त्यहाँ भएको स्वर मेरो होइन, सार्वजनिक भएको अडियोको स्वर र मेरो स्वर जाँच्नुपर्छ, मलाई फसाउने षड्यन्त्र भइरहेको ।’ उहाँले भन्नुभयो ।
‘असत्य कुरा गर्यो भने म मात्रै होइन रवि जी लाई पनि घिसार्नुपर्छ’,श्रेष्ठले थप्नुभयो ।
उहाँले आफ्नो भनाईलाई एडिट गरेर दुरुपयोग भएको र यो विषयमा अदालतमा समेत जान तयार रहेको बताउनुभएको छ ।
आफूलाई स्वास्थ्यमन्त्री बन्ने अफर आएको र त्यसको लागि पार्टीलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले दुर्गा प्रसाइँसँग घुस मागेको अडियो आइतबार बाहिरिएको छ ।