`

प्रधानमन्त्री प्रचण्डकाे काम निर्देशन दिनेबाहेक केही भएन : पदम गिरी

Nepal One HD २७ चैत २०७९ १४:५७
राजनीति

काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले देशमा आर्थिक संकट गम्भीर बन्दै जाँदासमेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिने बाहेक केहि गर्न नसकेको बताउनुभएकाे छ ।

सोमबार  संसदमा बाेल्नुहुँदै गिरीले प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको बताउनुभयाे । 

गिरीले भन्नुभयाे,‘संसद्मा जनताका समस्याबारे घनिभूत छलफल गर्न सकेनौं । जनतामा निरासा सृजना भएको छ । संसद् बैठक २१ पटक बस्यो तर,उपलब्धी केहि हुनै सकेको छैन । एउटा ऐन समेत निर्माण हुन सकेको छैन । ’

युवाहरू गह भरी आँशु बोकेर विदेशीन बाध्य भएको र आम जनतामा ठूलो निरासा छाएको बताउनुभयाे । गिरीले भन्नुभयाे,‘संसद्मा आएर जवाफदेहि हुनुपर्छ,प्रधानमन्त् ज्यूले । आज सरकारका उपप्रधानमन्त्री पश्चिममा गएर देशको अर्थतन्त्र संकट छ भनेर बोल्नुहुन्छ, यहि कुरा संसद्मा प्रधानमन्त्री र अर्थ मन्त्रीले जवाफ किन दिनुहुन्न ?’

गिरीले प्रधानमन्त्री प्रचण्डले सत्ताको फोहोरी खेल खेलेर आनन्द लिइरहेको बताउनुभयाे । 


प्रतिक्रिया