संसदमा राप्रपा सांसदको प्रस्ताव-यही सदनबाट हिन्दू राष्ट्र पुनः स्थापना गरौँ


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् धवलशमशेर जबराले हिन्दू राष्ट्र कायम गर्न सबै सांसद्हरूलाई आग्रह गर्नुभएकाे छ ।
साेमबार प्रतिनिधिसभामा बाेल्नुहुँदै उहाँले हिन्दू राष्ट्र कायम गर्न संविधानलाई संसोधन र परिवर्तन् गरेर सबैले श्रेय ल्याउन अनुरोध गर्नुभएकाे हाे ।
‘यो राष्ट्रमा पुनः सनातन हिन्दू राष्ट्र स्थापित हुन्छ। हामी सबै मिलेर संविधानलाई संसोधन गरौं, परिवर्तन गरौं, सबैले श्रेय ल्याऔं। पुनः यो राष्ट्रलाई हिन्दू राष्ट्र कायम गर्न यही सदनबाट सबै सांसद्हरूलाई अनुरोध गर्छु’,उहाँले भन्नुभयाे ।
जबराले देशमा काण्डैकाण्ड भइरहेको भन्दै राप्रपाले यसबारे नियालीरहेको बताउनुभयाे। जबराले भन्नुभयाे, ‘चाहे त्यो एनसेल काण्डको कुरा होस् चाहे त्यो नक्कली भुटानी शरणार्थी काण्ड, अढाइ करोड। काण्डै काण्ड भएको कुरा राप्रपाले हेरिरहेको छ। राप्रपाले भ्रष्टाचार हुन दिनुहुन्न।’