जाजरकोट र डोल्पा जोड्ने पुल भाँचिदा १ जनाको मृत्यु, २ जना बेपत्ता

प्रशासन

काठमाडौँ – जाजरकोट र डोल्पा जोड्ने तल्लुबगरको नवनिर्मित बेलिबृज पुल भाँचिदा १ जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो तल्लुबगरमा रहेको भेरी नदीमाथिको बेलिबृज पुल भाँचिदा २ जना बेपत्ता भएका छन् भने ४ जना घाइते भएका छन् ।
घाइते भएका ४ जनालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । बेपत्ता भएका २ जनाको खोजी प्रहरी र स्थानीय मिलेर गरिरहेका छन् ।


प्रतिक्रिया
ताजा अपडेट