महानगरले भत्कायो पुरानो बसपार्कमा रहेको प्रहरी बिट

NepalOne १२ वैशाख २०८० १७:०९
प्रशासन

काठमाडौँ – काठमाडौँ महानगरपालिकालेकाठमाडौँको पुरानो बसपार्कमा रहेको नेपाल प्रहरीको बिट भत्काएको छ ।

आज महानगरपालिकाले काठमाडौँको भ्यू टावर नजिक रहेको पुरानो बसपार्कस्थित सडक पेटीको उक्त बिट हटाएको जनाएको हो ।

पुरानो बसपार्क क्षेत्रमा रहेको उक्त बिटले सडक र पेटीमा असर गरेकाले त्यस्ता बिट योजनाअनुसार नै महानगरले हटाएको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिनुभयो ।


प्रतिक्रिया