`

पूर्व अयोग्य लडाकुहरुलाई पैसा होईन रोजगारी दिउँ : शेखर कोइराला

Nepal One HD १४ वैशाख २०८० १०:२७
प्रमुख खबर

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन् ।

बिहिबार आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् । उनले पूर्व अयोग्य लडाकुहरुलाई पैसा होईन रोजगारी दिन अपिल गरेका छन् ।

उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन्, उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताव वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन । माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं ।
उनीहरुलाई पैसा होईन रोजगारी दिउँ ।’


प्रतिक्रिया