`

विष्णु रिजालले भने : शरणार्थी प्रकरणका दोषीमाथि देशद्रोहको मुद्दा चलाउनुपर्छ

Nepal One HD १ जेठ २०८० १२:४१
राजनीति

काठमाडौँ – नेकपा एकालेका नेता विष्णु रिजालले शरणार्थी प्रकरणका दोषीमाथि देशद्रोहको मुद्दा चलाउनुपर्ने बबताउनु भएको छ ।

आज आफ्नो सामाजिक सञ्जालमा एक पोष्ठ गर्दै उहाँले नागरिकलाई जानजान ठग्ने अनि देशलाई अन्तर्राष्ट्रिय रुपमा बद्नाम गर्नेहरुमाथि देशद्रोहको मुद्दा चलाउनुपर्ने बताउनु भएको हो ।

उहाँले सामाजिक सञ्जालमार्फत भन्नु भएको छ, ‘नक्कली शरणार्थी प्रकरण ठगी, मानव बेचबिखन, संगठित अपराध र भ्रष्टाचार त हुँदै हो, खासमा देशद्रोह हो । नागरिकलाई जानजान ठग्ने अनि देशलाई अन्तर्राष्ट्रिय रुपमा बद्नाम गर्नेहरुमाथि देशद्रोहको मुद्दा चलाउनुपर्छ । उप्रप्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव– जोसुकै होऊ्न, कानुनको नजरबाट बराबर सावित गर्नुपर्छ ।’


प्रतिक्रिया