`

भ्रष्टाचारविरुद्ध एमाले निकट युवा सङ्घले काठमाडौँमा प्रदर्शन

Nepal One HD १ जेठ २०८० १३:२६
राजनीति

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट युवा–विद्यार्थी सङ्गठनले भ्रष्टाचारविरुद्ध काठमाडौँमा प्रदर्शन गरेका छन् ।

नक्कली शरणार्थी प्रकरण लगायत सबै प्रकारका भ्रष्टाचारमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने भन्दै एमाले निकट अनेरास्ववियु तथा युवा सङ्घले काठमाडौँको प्रदर्शनी मार्गमा प्रदर्शन गरेका हुन् । उनीहरूले दोषी नछुटुन्, निर्दोष नफसुन्, कुनै पनि दबाबमा भ्रष्टाचारीलाई उन्मुक्ति नदेऊ लगायतका नाराबाजी गरेका थिए ।

त्यस्तै प्रदर्शनमा सहभागीहरूले माओवादी क्यान्टोन्टमेन्टमा पनि भ्रष्टाचार भएको भन्दै अनुसन्धान गर्न माग गरेका थिए । प्रदर्शनकारीले बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचार अन्त्य गर, सबै खालको भ्रष्टाचारको छानबिन गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

भ्रष्टाचार नियन्त्रणका लागि निरन्तर खबरदारी गर्ने उनीहरूले जनाएका छन् ।


प्रतिक्रिया