`

शरणार्थी प्रकरण : अर्बपती विनोद चौधरीको घरमा आङटावाले यसरी भराउँथे फारम (भिडियोसहित)

Nepal One HD २ जेठ २०८० १३:५३
प्रमुख खबर

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अन्तिम अवस्थामा पुगिरहेका बेला अर्बपती व्यापारी एवं नेपाली काँग्रेसका सांसद विनोद चौधरीसमेत यस प्रकरणमा तानिदैँ छन् ।

अर्बपति विनोद चौधरीको घरमा शरणार्थी छुट सम्बन्धी फारम भर्दै गर्दाको भिडियो सार्वजनिक भएसँगै यो प्रकरणमा नयाँ ट्विस्ट आएको हो ।

काँग्रेस पूर्व सांसद आङटावा शेर्पा र उनको आफन्त डजोन शेर्पाले नक्कली भुटानी शरणार्थी प्रमाणीकरण गर्न झम्सिखेलको द इन्टरनेशनल क्लब र व्यापारी विनोद चौधरीको घर प्रयोग गरेर फर्म भर्ने र आर्थिक लेनदेन गरेको भिडियो बाहिरिएको हो ।

पूर्वमन्त्री महेश बस्नेतले आङटावाले चौधरी निवासमा बसेर दर्जनौ व्यक्तिहरुको फारम भर्दाको भिडियो सार्वजनिक गरेका हुन्।

शेर्पा उनै व्यक्ति हुन जसले आरजु ,बालकृष्ण र मञ्जु खाँणहरूले सम्बन्धित दलालहरूसँग बुझेको रकम फिर्ता गराएर चोख्याउन लगेका थिए ।

सार्वजनिक भएको भिडियोमा फर्म भर्नेहरूले विनोद चौधरीको घर देखाएर उनको नाम लिइरहेको भन्दै पूर्वमन्त्री बस्नेतले प्रहरीले अहिलेसम्म गरेको छानबिनको उच्च सम्मान गर्दै थप अनुसन्धानको माग गरेका छन् । पूर्व सांसद आङटावा पक्राउ पुर्जी जारी भएसँगै हिजो सोमबार प्रहरीकोमा आत्मसमर्पण गरिसकेका छन् । अर्बपति विनोद चौधरीसमेत यस प्रकरणमा जोडिएसँगै यो प्रकरणले थप मोड लिने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया