`

जो भ्रष्टाचारमा मुछिए, राजनीतिमा ग्रहण लाग्यो

Nepal One HD ४ जेठ २०८० ९:१०
राजनीति

काठमाडौं । भ्रष्टाचारमा मुछिएपछि नेताहरूको राजनीतिक जीवनमा पूर्ण रूपले ग्रहण लाग्ने भए पनि नेपालमा भ्रष्टाचार संस्थागत हुने क्रम रोकिएको छैन ।राजनीतिक नेतृत्वकै डिजाइनमा विभिन्न खाले भ्रष्टाचार भइरहेको भए पनि भ्रष्टाचारकै कारण केहीको राजनीतिक जीवन समाप्त भएको छ भने धेरैले उन्मुक्ति पाउँदै आएका छन् ।

पछिल्लो समयमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ परेका कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको राजनीतिक जीवनमा पनि ग्रहण लाग्ने देखिएको छ ।यस्तै, सोही प्रकरणमा मुछिएर पक्राउ परेका एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको राजनीतिक जीवन पनि संकटोन्मुख देखिएको छ ।

यसअघि भ्रष्टाचार काण्डमा परेर कांग्रेसका धेरै नेताहरूको राजनीतिक जीवन समाप्त भएको थियो । धेरै पटक मन्त्री भइसकेका कांग्रेसका नेताहरू खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरञ्जिवी वाग्ले, जयप्रकाश प्रसाद गुप्ता, तारणीदत्त चटौत, विजयकुमार गच्छदारलगायतले भ्रष्टाचार मुद्दा खेप्नु परेपछि उनीहरूको राजनीति समाप्त भएको थियो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।


प्रतिक्रिया