`

नेकपा एसले आज काठमाडौंमा शरणार्थी प्रकरणविरुद्ध प्रदर्शन गर्दै

Nepal One HD ४ जेठ २०८० ९:५५
प्रमुख खबर

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको छ ।

बिहिबार दिउँसो ३ बजे माइतीघर मण्डलामा नेकपा एसले प्रदर्शन गर्न लागेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

हिजो बुधबार मात्र नेकपा एसले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।


प्रतिक्रिया