दरबार हत्याकाण्डदेखि रविका चालक शम्भु थापाको मृत्युसम्म छानबिन हुनुपर्नेमा महेश बस्नेतको जोड


काठमाडौँ – नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले काँग्रेसका पुराना नेता उमेश गिरीले मदन भण्डारी र जिवराज आश्रितको हत्या गिरिजाप्रसाद कोइरालाको योजनामा घटाइएको बताएका उक्त विषयमा छानबिन हुनु पर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जालमा छानबिन हुनु पर्ने अन्य गम्भीर हत्याका घटनाहरू भन्दै आधा दर्जनभन्दा बढी हत्याकाण्डको छानबिन गर्न जरुरी रहेको बताउनुभएको छ ।
उहाँले प्रचण्डले माओवादी युद्धको दौरान मृत्यु भएका १७ हजार मध्ये ५ हजारको जिम्मा आफूले लिन्छु भनेकाले त्यस्को पनि छानबिन हुनु पर्ने बताउनुभएको छ ।
उहाँले दरबार हत्या काण्ड कथित राजा वादीहरुले पूर्व युवराज दिपेन्द्र शाहलाई दोष लगाइएको भए पनि पूर्व राजा ज्ञानेन्द्र र पूर्व युवराज पारस माथि धेरैले प्रश्न उठाएको भन्दै यसको पनि छानबिन गर्नुपर्ने बताउनुभएको छ ।
बस्नेतले मधेस आन्दोलन , टिकापुर घटना,अर्जुन लामाको हत्यामा अग्नि सापकोटाको नाम, निर्मल पन्त र पुष्कर डंगोलको हत्यामा शालिकराम जमरकट्टेल लगायतको नाम आएकोले यसको पनि छानबिन हुनु पर्ने बताउनुभएको छ ।
बस्नेतले निर्मला हत्या काण्ड , सुनिता नमिता हत्या काण्ड , गौह्र हत्या काण्ड देखि पत्रकार सालिकराम पुडासैनीको आत्महत्या र रवि लामिछानेका चालक शम्भु थापाको मृत्युका विषय पनि छानबिन हुनु पर्ने बताउनुभएको हो ।
हेर्नुहोस् बस्नेतको स्ट्याटस जस्ताको तस्तै :-
छानबिन हुनु पर्ने अन्य गम्भिर हत्याका घटनाहरु ।
१) काँग्रेसका पुराना नेता उमेश गिरीले मदन भण्डारी र जिवराज आश्रितको हत्या गिरिजा प्रसाद कोइरालाको योजनामा भएको बताएका छन।
२) माओबादी युद्धको दौरान मृत्यु भएका १७ हजार मध्ये ५ हजारको जिम्मा आफुले लिन्छु भनेका छन ।
३) २०५८ जेष्ठ १९ मा भएको दरवार हत्या काण्ड कथित राजा बादीहरुले पूर्व युवराज दिपेन्द्र शाहलाई दोष लगाइएको भएपनि पूर्व राजा ज्ञानेन्द्र र पूर्व युवराज पारस माथि धेरैले प्रश्न उठाएका छन ।
४) मधेस आन्दोलन , टिकापुर घटना लगायत धेरै हत्या प्रकरणहरु सतहमा आएका छन । सो क्षेत्रका ठुला नेता मुछिएका छन ।
५) अर्जुन लामाको हत्यामा अग्नि सापकोटाको नाम, निर्मल पंन्त र पुष्कर डंगोलको हत्यामा शालिकराम जमरकट्टेल लगायतको नाम आएको छ ।
६) निर्मला हत्या काण्ड , सुनिता नमिता हत्या काण्ड , गौह्र हत्या काण्डका अपराधिहरुलाई नि कार्बाही गर्नु पर्ने छ ।
७) पत्रकार सालिकराम पुडासैनि र शम्भु थापाको मृतु बिषय पनि छनबिन हुनु पर्दछ ।
