प्रधानमन्त्री प्रचण्डलाई ओलीको प्रश्न : लिपुलेक,लिम्पियाधुराको खबर के छ ?

प्रमुख खबर

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले लिपुलेक लिम्पियाधुराको जमिन फिर्ता ल्याउन कुनै पहल नगरेको बताउनुभएको छ ।
आजको सँसद बैठकमा बोल्दै अध्यक्ष ओलीले नीति तथा कार्यक्रममा यस विषयमा कुनै उल्लेख नभएकोमा आपत्ती जनाउनुभएको छ ।
अध्यक्ष ओलीले विभिन्न सञ्चार माध्यममा कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा भौतिक संरचना बनाइरहेको खबर आएको बताउनुभएको छ । उहाँले केही दिनमा नै हुने भारत भ्रमणका क्रममा आफ्नो भूमी फिर्ता ल्याउने विषयमा आँखा जुधाएर कुरा गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै सोध्नुभएको ‘छ लिपुलेक,लिम्पियाधुराको खबर के छ ?’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट