नक्कली शरणार्थी प्रकरण : मिसिल अध्ययन गर्न ८ सदस्यीय टोली, मंगलबारसम्म मुद्दा दर्ता गरिसक्नु पर्ने
प्रमुख खबर
काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएपछि सरकारी वकिलको कार्यालयले अध्ययन गरी अभियोग पत्र दर्ता गर्न आठ जनाको टोली बनाएको छ।
मुद्दाको मिसिल आइसकेपछि त्यसको अध्ययन गरेर अभियोग पत्र दर्ता गर्नका लागि आठ जना सरकारी वकिलको टोली बनाइएको हो। प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले आइतबार प्रहरीले प्रतिवेदन बुझाएपछि मंगलबारभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने समयसीमा रहेको बताउनुभयाे।
“हामीलाई आज प्रहरीले प्रतिवेदन बुझाएपछि आज र भोलिभित्र अध्ययन गरेर अभियोग दायर गरिसक्नुपर्ने छ। २४ घण्टा रातदिन काम गरेर भए पनि हामीले पर्सि मुद्दा अदालतमा दर्ता गर्नैपर्छ,” उनले भने।
प्रहरीले यो प्रकरणको अनुसन्धान गरेको ५८औँ दिन आइतबार पुगेको छ। ६० दिनभित्रमा यो मुद्दामा अनुसन्धान सकेर अभियोग दायर भइसक्नुपर्ने हुन्छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
