`

बालकृष्ण खाँणलाई भेट्न हिरासतमा पुगिन् मञ्जु खाँण

Nepal One HD ८ जेठ २०८० ११:२०
प्रमुख खबर

काठमाडौँ – सांसद मञ्जु खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आफ्ना श्रीमान् बालकृष्ण खाणलाई भेटेकी छन् । मञ्जुले आज बिहान  जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीमान् बालकृष्णसँग भेटघाट गरेकी हुन् ।  

नक्कली भुटानी शरणार्थी प्रकरणमा रहेको आरोपमा पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए । 

सो प्रकरणमा मञ्जुमाथि आरोप लागेपनि पक्राउ भने परेकी छैनन् । मञ्जु जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा समेत उपस्थित भएकी थिइन् । 

प्रहरीले आज सरकारी वकिलको कार्यालयमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला मञ्जु आफ्ना पति खाणलाई भेट्न पुगेकी हुनु । 


प्रतिक्रिया