`

सरकारले पेश गरेको बजेटमा एमालेका १७ बुँदे ध्यानाकर्षण

Nepal One HD १८ जेठ २०८० २१:१६
प्रमुख खबर

काठमाडौं – सरकारले आगामी आर्थिक बर्षको लागि सरकारले पेश गरेको बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १७ बुँदे ध्यानाकर्षण सार्वजनिक गरेको छ ।

एमालेका सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले एक विज्ञप्ति जारी गर्दै सरकारलाई बजेटले आम नेपालीलाई सम्बोधन गर्न नसकेको स्पष्ट पार्नु भएको छ ।

एमाले सरकारको पालामा सुरुवात भएका योजनाहरुलाई सरकारले प्राथमिकता नदिएकोमा भट्टराईको गम्भिर आपत्ती छ ।

विज्ञप्तिमा भनिएको छ, नेकपा एमालेको तत्कालिन सरकारको पालामा सुरु गरिएको वीर अस्पताल, शुक्रराज सरुवा रोग अस्पताल, शहीद गंगालाल हृदयरोग केन्द्र, शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, वीपी कोइराला क्यान्सर अस्पताल, प्रसुती गृह अस्पताल, त्रिवी शिक्षण अस्पताल लगायतका केन्द्रीय महत्वका अस्पतालको विशिष्टीकृत सेवा विस्तार गर्दै लग्ने तथा भौतिक संरचना विस्तार कार्यक्रमलाई बजेट तथा नीति कार्यक्रमले प्राथमिकताम राखेको देखिदैन ।’

‘एक विद्यालय एक नर्स’ कार्यक्रमलाई थप विस्तार गर्दै ‘एक औद्योगिक क्षेत्र एक नर्स’, ’एक वडा एक योग तथा व्यायमशाला’, जस्ता लोर्काप्रय र आधारभूत कार्यक्रमहरूलाई बजेटले नसमेटेकोमा रोस प्रकट गर्नुभएको छ ।

विज्ञप्तीमा सरकारको नीति तथा कार्यक्रम र बजेटबीच पनि समन्वय नभएको भट्राईले उल्लेख गर्नुभएको छ ।
हेर्नुहोस विज्ञप्ती-


प्रतिक्रिया