`

प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत

Nepal One HD २१ जेठ २०८० ११:३५
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरोध गर्ने संकेत गरेको छ । आज ११ बजेदेखि बस्न लागेको संसद्को बैठक अवरोध गर्ने एमालेले संकेत गरेको हो । 

आजको बैठकमा जेठ १५ गते सदनमा पेस गरिएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । तर, प्रमुख प्रतिपक्ष एमालेले निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण र  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपाली भूमि लिपुलेक भारतलाई दिएर बङ्गलादेश जोड्ने भूमि भारतबाट लिन सकिनेबारे दिएको अभिव्यक्तिको संसदमा प्रतिवाद गर्ने बताएको छ ।  

एमाले सचेतक महेशकुमार बर्तौलाले दुई विषयमा आफूहरुको असहमति रहेको भन्दै त्यसै अनुसार अगाडि बढ्ने बताउनुभयो ।  उहाँले बन्नुभयो, ‘हामीहरुको दुई विषयमा असहमति छ । त्यसै अनुसार संसदमा प्रतिवाद गर्छौं ।’ 

नागरिकता विधेयक प्रमाणीकरणको विषयमा एमालेले विरोध गर्दै आएको छ । 


प्रतिक्रिया