`

सरकारले संविधान मिच्यो : पदम गिरि

Nepal One HD २१ जेठ २०८० १२:३३
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले सरकारले संविधान मिचेको आरोप लगाएका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको सुरुमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकारले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराएर सरकारले नै संविधान मिचेको आरोप लगाएका छन्।

उनले भने, ‘सरकारले नै संविधानलाई मिचेर अगाडि बढ्ने, मुलुकको राष्ट्रिय अखण्डतालाई नै प्रश्न उठ्ने खालको काम सरकारको तर्फबाट हुन थाल्यो।’

सरकारले संविधानलाई पालना नगरेर उल्टो बाटोमा हिँडेको टिप्पणी गरे।

एमालेले राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै संसदमा प्रधानमन्त्रीको जवाफ मागेको हो।


प्रतिक्रिया