`

सोमबार सुनको भाउ स्थिर

Nepal One HD २२ जेठ २०८० ११:३७
अर्थ समाचार

काठमाडौँ – नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। साेमबार सुनको भाउमा कुनै फेरबदल भएको छैन। 

योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ ।

हिजो आइतबार सुनको भाउ १ हजार ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। 

साेमबार चाँदीको भाउ पनि स्थि रहँदै तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ। आइतबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो। 


प्रतिक्रिया