`

सीमाबारे मैले कहीँपनि विकल्प यो हुन्छ भनेको छैन : प्रधानमन्त्री प्रचण्ड

Nepal One HD २२ जेठ २०८० १२:३३
प्रमुख खबर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमाबारे कहीँ कोही कन्फुजन नहुन अनुरोध गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूले सीमाबारे कहीँपनि विकल्प नदिएको बताएका हुन् ।

उनले भने, ‘मैले कहीँपनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्तावित गरेको छैन । प्रष्ट होस्, ‘कहीँ कोही कन्फुजन नहोस् । हामीले भनेका छौँ कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमिका हो । नेपालको भूमि हो भन्ने कुरा स्थापित कुरा सबैभन्दा ठूलो कुरा हो भन्नेमा म स्पष्ट छु ।’

आफूले सोहीअनुसार आफ्नो भूमिका खेलेको पनि प्रचण्डले बताए । उनले सिधा तथ्य भएको कुरालाई नघुमाउन पनि अनुरोध गरे । तुलनात्मक रुपमा भ्रमण सफल मात्रै नभई ऐतिहासिक भएको पनि प्रचण्डले बताए ।


प्रतिक्रिया