छुरा प्रहार गरी २५ वर्षीय युवकको हत्या

NepalOne ३० भदौ २०८० १२:३५
अपराध

रौतहट – रौतहटमा एक युवकको हत्या भएको छ। शुक्रबार बेलुका ९ बजे कटहरिया नगरपालिका-५ का २५ वर्षीय सुनिल यादवको छुरा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दामोदर केसीले जानकारी दिए।

सुनिलमाथि उनकै छिमेकी ५० वर्षीय रामबाबु शाहले छुरा प्रहार गरेको डिएसपी केसीले बताए। उनीहरूबीच शुक्रबार सामान्य विषयमा भनाभन भएको थियो।

बेलुका सुनिलको घरभित्र छिरेर उनीमाथि रामबाबुले छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट गम्भीर घाइते भएका सुनिललाई उपचारका लागि गौर पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

छुरा प्रहार गर्ने रामबाबुलाई प्रहरीले गएराति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय गौरमा राखिएको छ।


प्रतिक्रिया