पशुपति जलहरी काण्ड : पूर्व र अहिलेका सदस्यसचिव सहित तीनविरुद्ध मुद्दा दायर

NepalOne १४ असोज २०८० १६:२७
अपराध

काठमाडौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आयोगले आरोप लगाएको छ । तत्कालिन सदस्य सचिव थापा अहिले कोषको सदस्य सचिव छन् ।

यस्तै, आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


प्रतिक्रिया