दोलखाबाट थप ४ किलो सुन बरामद

अपराध

दोलखा– दोलखाको बिगु गाउँपालिका लामाबगरबाट थप चार केजी सुन बरामद भएको छ । आज प्रहरीले चार केजी सुन बरामद गरेको हो । यसअघि बुधबार र शुक्रबार दोलखाबाटै करिब सात केजी सुन बरामद भएको थियो । दोलखा प्रहरीले चिनीयाँ नाकाबाट तस्करी गरेर ल्याइएका ४ किलो सुन बरामद गरेको हो । विगु गाउँपालिका–१ लामाबगरबाट बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा सुन बरामद गरिएको दोलखा प्रहरीले जनाएको छ ।
यसअघि पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा थप सुन बरामद हुन सकेको हो । सुन तस्करी गरी लुकाउने व्यक्तिको समेत पहिचान भइसकेको प्रहरीले जनाएको छ । अहिले उनी फरार रहेका प्रहरीको भनाइ छ । चार किलो संगै ५ दिनको अवधिमा दोलखाबाट ११ किलो सुन बरामद् भएको छ ।
प्रतिक्रिया
ताजा अपडेट