त्रीशुली नदीमा हाम्फालेर नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका शाखा प्रमुख बेपत्ता

NepalOne १७ असोज २०८० १६:०६
अपराध

काठमाडौ– त्रिशुली नदीमा हाम फालेका हेटौंडा उपमहानगरपालिका चौकी टोलका ३८ वर्षीय निराजन देवकोटा बेपत्ता भएका छन् । उनी सोमबार साँझ त्रिशुलीमा हाम फालेका थिए । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखाका प्रमुख रहेका देवकोटा सोमबार साँझ साढे ६ बजेतिर धादिङको गजुरी गाउँपालिका घाटवेशीस्थित नयाँ पुलबाट त्रिशुली नदीमा हाम फालेका थिए ।

अहिले सशस्त्र प्रहरी बलको गोताखोर र प्रहरीको टोलीले अहिले त्रिशुलीका विभिन्न ठाउँमा खोजी गरिरहेको छ । प्रदेश नम्बर ३–००५ (क) ४१७६ नम्बरको एभेन्जर बाइक फेला परेसँगै उनको पहिचान खुलेको हो । नयाँ पुल बीचमा प्रहरीले उनको बाइक, हेल्मेट र चप्पल फेला पारेको छ । देवकोटाले बीच पुलबाट हाम फालेपछि माछा मार्दै गरेका माझीले देखेर प्रहरीलाई खबर गरेका थिए । देवकोटाको खोजीसँगै घटनाको कारणबारे पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


प्रतिक्रिया