गम्भीर अपराधका दोषीलाई कैद मिनाहाको निर्णयप्रति गगनको आपत्ति

NepalOne १८ असोज २०८० १४:०८
अपराध

काठमाडौ– नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले गम्भीर अपराधमा दोषी ठहर भएकालाई कैद माफी मिनाहा गलत भएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले संविधानविपरीत कानुनको छिद्रबाट बदनियतका साथ छिरेर निर्णय गरिएको भन्दै विरोध गरेका हुन्।

‘संविधान दिवसको अवसर पारेर ६ सय ७० जनालाई माफी मिनाहा गरिएको छ । तीमध्ये कति संविधानसम्मत, कानुनसम्मत पनि छ । तर, फेरि एकपटक संविधानको मर्मविपरीत र कानुनको छिद्रबाट बदनियतका साथमा छिरेर, गम्भीर अपराधमा दोषी ठहर गरिएकालाई कैद माफी मिनाहा गरिएको छ,’ उनले भने, ‘बदनियतका साथ भएको यो निर्णय गलत छ । यसको विरोध स्वाभाविक छ, वाञ्छनीय छ । यसको विरोध हुन्छ।’ ‘यो विषय अदालतको ढोकासम्म पुगेको छ, र सबैलाई गिज्याइरहेको उनले बताए ।


प्रतिक्रिया