गोली लागेर घाइते भएका प्रिन्सिपलको उपचारका क्रममा मृत्यु

बारा– अज्ञात समूहको गोली लागेर घाइते भएका बाराको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सराफको उपचारको क्रममा मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सराफमाथि मोटरसाइकलमा आएका व्यक्तिले दुई राउण्ड गोली प्रहार गरेका थिए ।

गोली लागेर घाइते भएका सराफको वीरगञ्जमा रहेको बयोदा सिटी अस्पताल र्पुयाए लगत्तै मृत्यु भएको हो ।
उनको घाँटी र छातीमा गोली लागेको अस्पतालले जनाएको छ । गोली हान्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Reporter