अदालतको आदेश लगत्तै पक्राउ परे रिगल

अदालतको आदेश लगत्तै पक्राउ परे रिगल

काठमाडौ– सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेलगत्तै योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले उनलाई पक्राउ गरेको हो । बाँकी कैद मिनाहा गर्ने निर्णय बदर गरी अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न बिहीबार आदेश दिएको थियो ।

आदेश लगत्तै खोजी थालेको प्रहरीले रिगललाई पक्राउ गरेको हो ।

Reporter