मुगु घटनामा संलग्न २ जना पक्राउ


मुगु– मुगुको छायानाथ रारा नगरपालिका मन्दु घटनामा संलग्न २ जना पक्राउ परेका छन् । मन्दु गाउँमा एकैपरिवारका चार जनाको हत्या भएको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई नेपालगंजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कात्तिक १० गते मन्दु गाउँमा २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर घरमै मृत अवस्थामा भेटिएका थिए । घटना लगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मुगुसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पनि खटिएको थियो ।
त्यसैक्रममा प्रहरीले दुई जनालाई मृतकको घरबाट चोरी गरिएका सामग्रीसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोर्खबहादुर शाही र गोपाल बोहोरा रहेको प्रहरीले जनाएको छ । लुटपाटका लागि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुले समेत अभियाग स्वीकार गरेका छन् ।