नक्कली प्रमाणपत्र बनाएको आरोपमा ख्रिष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ

अपराध

काठमाडौ । राष्ट्रिय ख्रिष्टियन महासंघका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले दिउँसो सिंहदरबार क्षेत्रबाट पक्राउ गरेको हो ।
लिखत सम्बन्धी कसुरमा उनीविरूद्ध जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरी काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो । उनको स्नातक तहको प्रमाणपत्र नक्कली भएको फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
ताजा अपडेट