`

कुलमानलाई निकाल्ने सरकारको निर्णयमा बदनियत देखियोः रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बदनियतपूर्वक बर्खास्त गरेको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गरी दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई अँध्यारोको सकसबाट मुक्त गर्न मुख्य भूमिका निभाएका घिसिङलाई सरकारले बदनियतपूर्वक बर्खास्त गरेको भन्दै आपत्ति जनाएका हुन् ।

रास्वपाकाले सरकारको जनविरोधी कदमहरुबाट देशमा केही गरौं भन्ने आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएका पनि ठहर गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विद्युत प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने हेतु सरकारकातर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरुको संरक्षणको श्रृंखलाअन्तर्गत नै घिसिङमाथि कारवाही गरिएको रास्वपाको निष्कर्ष छ । संविधानले नचिन्ने दुई दलीय संयन्त्रसमेतको सम्मतिमा गरिएका यस्ता जनविरोधी कदमहरुबाट देशमा केही गरौं भन्ने आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ।’

रास्वपाले यो प्रमुख दलहरु र तिनका कहिल्यै नफेरिने पात्रहरुको संलग्नतामा सञ्चालन हुँदै आएको चरम कुशासनको अविछिन्नता भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘आज नेपाली जनतामा व्याप्त रोष र नैराश्यताका कारक प्रमुख दलहरु र तिनका कहिल्यै नफेरिने पात्रहरुको संलग्नतामा सञ्चालन हुँदै आएको चरम कुशासनको अविछिन्नता नै हो । दह्रो र गहिरा सुधार होइन निहित स्वार्थसमूहको नियन्त्रणमा लगिंदै गरेको अर्थतन्त्र, बेरोजगारी र शैथिल्य, दलीयकरण र शासकीय अक्षमताका कारण थलिएको सार्वजनिक सेवा, शिक्षा र स्वास्थ्य क्षेत्रका बेथिति; एकातिर भ्रष्टाचार र दोहनको फैलँदो जालो र अर्कोतिर राज्यका सबै अंगहरुमा गरिएको कब्जाबाट सिर्जित दण्डहीनता, नयाँ दल, अभियान र अभियन्ताहरुमाथि राज्यका सबै अंगहरुको अस्त्रीकरण गर्दै साँधिएको राजनीतिक प्रतिशोध, निषेध एवं झुठा मुद्दाको अनैतिकप्रहार; गिर्दो अन्तर्राष्ट्रिय साख, निर्लज्ज एवं असफल कुटनीति र लगभग दुई–तिहाइ समर्थन प्राप्त सरकार भ्रष्ट, अकर्मण्य, निरीह, निष्प्रभावी, अनुत्तरदायी र प्रतिशोध केन्द्रित रहेको प्रमाणित भएसँगै वर्तमान सरकारको औचित्य समेत समाप्त भएको पुष्टि भएको छ ।’

भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरुमा आफ्नो ऐक्यबद्धता हुने रास्वपाले जनाएको छ ।

जनता जब जाग्नेछन्…

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयले यतिबेला सर्वत्र विरोधको लहर ल्याएको छ। सत्तापक्ष होस् वा विपक्ष-सबैतिरबाट सर्वसाधारणले खुलेर सरकारको कदमको विरोध गरिरहेका छन् । देशका विभिन्न भागमा सडक प्रदर्शन भइरहेको छ, जहाँ नागरिकहरू आक्रोशित देखिन्छन्।

कतिपयले नाराबाजीमार्फत विरोध जनाइरहेका छन् भने, कतिले गीत र कविताको माध्यमबाट आफ्ना भावना व्यक्त गरिरहेका छन् । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ पनि कुलमान घिसिङको पक्षमा सडकमा उत्रिएकी छिन्। । उनीहरूले दुर्गेश थापाको गीत ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’ भन्ने भावमा नाराबाजी गर्दै सरकारको निर्णयप्रति आक्रोश पोखिरहेका छन्।

त्यस्तै, विभिन्न राजनीतिक दलका भातृ संगठनहरू पनि विरोधमा उत्रिएका छन्। यता नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा सामाजिक अभियन्ता प्रदीप मजगैयाँले कवितात्मक शैलीमा सरकारको निर्णयको विरोध गर्दै जनभावनाको प्रतिनिधित्व गरेका छन्।

उनले लेखेका छन् :-

समय ! ………

जनता जब जाग्नेछन्
सत्ता काँप्नेछ, अपराधीहरू भाग्नेछन् !

मौनता छ आज,मानाैँ मृतशान्ति छ
भोलि यही मौनता जब गर्जनेछ
वेगवान् आँधी बनेर जब हुइँकिनेछ
अपराधी मैमत्ताहरूकाे सत्ता ध्वस्त हुनेछ,
सर्वशक्तिमान् रहेकाे उनकाे दम्भ,
अजेय रहेकाे भ्रम सबै टुट्नेछ !

विद्राेहकाे राँकाे बालेर
परिवर्तनकाे गीत गाउँदै
जनता जब अघि बढ्ने छन्
झूटका पर्खाल गर्ल्यामगुर्लुम ढल्ने छन्
अपराधीहरू भयभीत हुने छन्
लुटका महल खाली हुनेछन् ,
समय-सत्य बोल्नेछ !

अहिले मञ्चहरू शून्य छन्,
पवित्र मनहरू खिन्न छन्
अनुहार गुम्सिएका छन्,
बलपूर्वक क्राेध थामिएका छन्
तीव्र आँधी आउने लक्षण हाे याे !
सबै
उथलपुथल हुन सक्नेछ
समय निर्मम हुन सक्नेछ !

सुन्दर परिवर्तन नै उसकाे चाहना,
सङ्केत पढ्ने गर,
नत्र रिसाउनेछ समय,
कठघरामा उभ्याउनेछ तिमीलाई
जिद्दी र अहङ्कारी बन्दै
समयकाे उपेक्षा गर्नेहरू
काे टिक्न सक्याे उसका सामु ?
आफ्नाे लक्ष्य पूरा नहुँदै
ऊ कहिल्यै राेकिने छैन,
कसैले राेक्न सक्ने पनि छैन,
माग्ने नै छ सबै अपराधकाे हिसाब,
दण्डित हुनै पर्नेछ तिमी !
इतिहास निर्माण गर्ने नै छ समयले सुन्दर सापेक्ष परिवर्तनकाे !!

घिसिङलाई नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएर साेमबार बसेकाे मन्त्री परिषद् बैठकले हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको हो । जुन विषयलाई लिएर काठमाडाैँमा प्रदर्शन भईरहेको छ ।

कुलमानमाथिको कारबाही फिर्ता लिन माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण भएको बताएको छ ।

मंगलबार पार्टी उपाध्यक्ष अग्नि सापकोटाले विज्ञप्ति जारी गरी बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास श्रृजना गर्ने उद्देश्यले गरिएको छ । यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ ।’

कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै प्रायोजित दुष्प्रचार सुरु गरिएको पनि मओवादीले बताएको छ । उसले भनेको छ, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई हाम्रो पार्टी खारेज गर्दछ । आमनागरिकमा भ्रम श्रृजना गर्ने यस्ता दुष्प्रचार तत्काल बन्द गर्न हामी कडा चेतावनी दिन चाहन्छौ । यस प्रकारका दुष्प्रचारबाट भ्रमित नहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।’

आइएमई ग्रुप र आइएक्सआइ कर्पको लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालन

काठमाडौं । आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौं टेक्निकल स्कुल (केटिएस) सञ्चालनमा ल्याएका छन्। रोजगार बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त स्कुल सञ्चालन गरिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले धुम्बाराहीमा आज आयोजित एक समारोहबीच सो स्कुलको शुभारम्भ गरे। सो अवसरमा उहाँले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी तथा गरिबीको समस्या समाधान गर्नसकिने भएकाले सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखेको बताए।

“प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा छ, सीप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ”, मन्त्री भण्डारीले भने। स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने भएकाले दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरी सरकार अगाडि बढ्ने उनले बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो स्कुल सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताए। उनले सो स्कुलले हजारौँ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

“नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको सुरुआत गर्ने लक्ष्यका साथ स्कुल स्थापना गरिएको हो । यस स्कुलले विशेषगरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ”, उनले भने।

काठमाडौँ टेक्निकल स्कुलका अध्यक्ष मनोज पौडेलले आगामी १० वर्षमा एक लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्यमा स्कुलले सहयोग गर्ने बताए। उनले स्कुलले युवालाई विश्वस्तरीय तालीम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको उल्लेख गरे। केटिएसले आफ्ना विद्यार्थीलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तरराष्ट्रिय साझेदारसँग पनि सहकार्य गर्ने अध्यक्ष पौडेलको भनाइ थियो।

त्यस अवसरमा सरकार, निजी क्षेत्र, विदेशी कूटनीतिक नियोग तथा दातृ निकायका प्रतिनिधि र सरोकारवालाको उपस्थिति थियो। स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिम सञ्चालन गर्नेछ। स्कुलले आगामी एक दशकमा एक लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ। 

कुलमानका विषयमा प्रचण्डजीले भ्रम छर्नुभयोः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लोडसेडिङ वर्षौं लगाएर अन्त्य गरेको बताएका छन् ।

मंगलबार बालुवाटारमा सुजाता कोइरालाद्वारा लिखित ’म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले कसैका चमत्कारले नभई वर्षौं लगाएर गरिएका कामले बिजुली आएको बताएका हुन् ।

कुलमानका विषयमा माओवादी अध्यक्ष प्रचण्डले भ्रम छरेको भन्दै कुनै एक व्यक्तिले मात्रै अन्धकार हटाएको भन्ने भ्रममा नपर्न आग्रहसमेत गरे ।

उनले प्रश्न गरे, ‘कुलमान घिसिङले बिजुली, चिम वा ट्रान्समिसन बोकेर आउनु भयो कि ? उ बेला पृथ्वीमा अन्धकार थियो, स्वर्ग उज्यालो थियो, चिसो थियो । पृथ्वीका मान्छेहरुलाई पनि उज्यालो चाहिन्छ भनेर देवताका भाइहरुमध्ये सबैभन्दा कान्छा प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए । त्यसवापत उनलाई हजार वर्ष ढुंगाको चेपमा कैद गरेर राखिएको थियो । उहाँले नियुक्ति गर्नेवित्तिकै आगो बोकेर, बिजुली बोकेर, चिम बोकेर आउनुभयो कि ? बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कारको रुपमा, जादुको रुपमा व्याख्या गर्ने ? कोही पनि साथीहरुलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु ।’

त्यस्तै उनले बाहिरबाट खोजेर नल्याई त्यहींबाट अवकाशप्राप्त भइसकेको मान्छेलाई नियुक्ति गरेको भन्दै प्रचण्डले निस्कासन गरेर वा सरुवा भनेर अर्को ठाउँमा निकम्मा बनाएर राखिदिएको बताए ।

प्रधानमन्त्रीलाई मेरो र पार्टीको पूर्ण समर्थन रहन्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा सुजाता कोइरालाको आत्मकथा ‘म र मेरो सानुबुबा’ नामक पुस्तक लोकार्पण समारोहमा देउवाले आफूहरु जेलदेखिकै साथी रहेको भन्दै आगामी दिनमा पनि पूर्ण साथ समर्थन रहेको बताएका हुन् ।

उनले भने,‘ओलीजी र कांग्रेबीच समन्वय भएको छ । हामी जेलमा पनि सँगै बसेको हौं । हामी त जेलभित्रको पनि जेल गोलघर भन्ने ठाउँ छ त्यहाँपनि सँगै थियौं । त्यसैले पनि हाम्रो सम्बन्ध राम्रो छ । अहिले पनि राम्रोसँग अघि बढेर जाँदैछौं । अहिले सत्तामा सहकार्य गरिरहेका छौं । कांग्रेसबाट उहाँलाई पूरा सपोर्ट छ ।’

त्यस्तै उनले गिरिजाप्रसाद कोइरालाले आफूलाई पार्टीबाट निकाल्दा आफूले अर्को पार्टी खोलेको स्मरण गर्दै आफूहरुबीच उतारचढावको सम्बन्ध रहेको बताए ।

उनले भने,‘गिरिजाप्रसाद कोइरालाजीको कुरा गर्दासम्बन्धमा धेरै उतारचढाव आए । उहाँले मलाई पार्टीबाट निकाल्नुभयो । मैंले अर्को पार्टी खोलें । त्यसैले उहाँसँगको सम्बन्ध चाँही उतारचढावको सम्बन्ध छ ।’

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब फाइनलमा

घोराही (दाङ) । लिग चरणको एक खेल बाँकी छूँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

लमहीको देउखुरी क्रिकेट रङ्गशालामा पुलिसले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेशको पारी २४ ओभरमा सबै विकेट गुमाउदै १०३ रनमै समेटियो । कर्णालीका लागि रविन्द्र शाहीले ४९ र अर्जुन घर्तीले ३० रन बनाए । बलिङतर्फ खेलको म्यान अफ दी म्याच घोषित ललितनारायण राजवंशीले ९ ओभरमा ४१ रन खर्चिँदै ६ विकेट लिए । यस्तै सागर ढकालले २ र करण केसीले १ विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो । पुलिसका लागि अर्जुन साउदले ३६, दिलिप नाथले ३४ र सागर ढकालले अविजित २२ रन बनाए । बलिङतर्फ कर्णाली प्रदेशका अनुज चुनाराले ४, दिवान पुनले ३ तथा दिनेश अधिकारी, दिपेन्द्र रावत र सुनिल धमलाले एक एक विकेट लिए ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा ८ खेल खेलेको पुलिस क्लब अविजित रहँदै १६ अङ्क बटुलेर शीर्ष स्थानमा छ ।

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्य थापा नियुक्त

काठमाडौं। स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्य बहादुर थापा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

थापालाई मंगलबार (आज) मन्त्रिपरिस्तरीय निर्णयबाट बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा. राघुराज काफ्लेलाई नियुक्त गरेको थियो ।

जनता जब जाग्नेछन्…

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयले यतिबेला सर्वत्र विरोधको लहर ल्याएको छ। सत्तापक्ष होस् वा विपक्ष-सबैतिरबाट सर्वसाधारणले खुलेर सरकारको कदमको विरोध गरिरहेका छन् । देशका विभिन्न भागमा सडक प्रदर्शन भइरहेको छ, जहाँ नागरिकहरू आक्रोशित देखिन्छन्।

कतिपयले नाराबाजीमार्फत विरोध जनाइरहेका छन् भने, कतिले गीत र कविताको माध्यमबाट आफ्ना भावना व्यक्त गरिरहेका छन् । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ पनि कुलमान घिसिङको पक्षमा सडकमा उत्रिएकी छिन्। । उनीहरूले दुर्गेश थापाको गीत ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’ भन्ने भावमा नाराबाजी गर्दै सरकारको निर्णयप्रति आक्रोश पोखिरहेका छन्।

त्यस्तै, विभिन्न राजनीतिक दलका भातृ संगठनहरू पनि विरोधमा उत्रिएका छन्। यता नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा सामाजिक अभियन्ता प्रदीप मजगैयाँले कवितात्मक शैलीमा सरकारको निर्णयको विरोध गर्दै जनभावनाको प्रतिनिधित्व गरेका छन्।

उनले लेखेका छन् :-

समय ! ………

जनता जब जाग्नेछन्
सत्ता काँप्नेछ, अपराधीहरू भाग्नेछन् !

मौनता छ आज,मानाैँ मृतशान्ति छ
भोलि यही मौनता जब गर्जनेछ
वेगवान् आँधी बनेर जब हुइँकिनेछ
अपराधी मैमत्ताहरूकाे सत्ता ध्वस्त हुनेछ,
सर्वशक्तिमान् रहेकाे उनकाे दम्भ,
अजेय रहेकाे भ्रम सबै टुट्नेछ !

विद्राेहकाे राँकाे बालेर
परिवर्तनकाे गीत गाउँदै
जनता जब अघि बढ्ने छन्
झूटका पर्खाल गर्ल्यामगुर्लुम ढल्ने छन्
अपराधीहरू भयभीत हुने छन्
लुटका महल खाली हुनेछन् ,
समय-सत्य बोल्नेछ !

अहिले मञ्चहरू शून्य छन्,
पवित्र मनहरू खिन्न छन्
अनुहार गुम्सिएका छन्,
बलपूर्वक क्राेध थामिएका छन्
तीव्र आँधी आउने लक्षण हाे याे !
सबै
उथलपुथल हुन सक्नेछ
समय निर्मम हुन सक्नेछ !

सुन्दर परिवर्तन नै उसकाे चाहना,
सङ्केत पढ्ने गर,
नत्र रिसाउनेछ समय,
कठघरामा उभ्याउनेछ तिमीलाई
जिद्दी र अहङ्कारी बन्दै
समयकाे उपेक्षा गर्नेहरू
काे टिक्न सक्याे उसका सामु ?
आफ्नाे लक्ष्य पूरा नहुँदै
ऊ कहिल्यै राेकिने छैन,
कसैले राेक्न सक्ने पनि छैन,
माग्ने नै छ सबै अपराधकाे हिसाब,
दण्डित हुनै पर्नेछ तिमी !
इतिहास निर्माण गर्ने नै छ समयले सुन्दर सापेक्ष परिवर्तनकाे !!

घिसिङलाई नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएर हिजाे साेमबार बसेकाे मन्त्री परिषद् बैठकले हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको हो । जुन विषयलाई लिएर काठमाडाैँमा प्रदर्शन भईरहेको छ ।

नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । मंगलबार नेप्से ५५ दशमलव ९० अङ्कले घटेर २ हजार ५ सय ८४ दशमलव ८८ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स र जलविद्युत् समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै होटल, बीमा, माइक्रोफाइनान्स समूहको शेयर २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नारायणी विकास बैंक समूहको शेयर झन्डै १० प्रतिशतले ओरालो लागेको छ । आज ३ सय २५ वटा कम्पनीका १ करोड ११ लाख कित्ता शेयर ५ अर्ब १८ करोड रुपैयाँमा किनबेच भएको छ ।

मध्यरातदेखि गाजामा इजरायली हमलामा १४ जनाको मृत्यु

गाजा सिटी (प्यालेस्टिनी क्षेत्र)। इजरायलको पछिल्लो आक्रमणको एक साता बितिसकेको अवस्थामा गाजाको नागरिक सुरक्षाले मङ्गलबार युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा मध्यरातदेखि १४ जनाको मृत्यु भएको बताएको छ ।

इजरायली विमानले गाजामा २० भन्दा बढी आक्रमण गरेको र महिला र बालबालिका सहित कम्तीमा १४ जनाको मृत्यु भएको प्रवक्ता महमुद बासलले बताए ।

उनले गाजा सहरको जैतुन छिमेकमा बिहानको आक्रमणमा पाँच जनाको मृत्यु भएको र १२ जना घाइते भएको तथा खान युनिसको दक्षिणी क्षेत्रमा भएको आक्रमणमा एक दम्पती र उनीहरूका तीन सन्तानसहित नौ जनाको मृत्यु भएको बताए ।

एएफपीले मङ्गलबार सम्पर्क गर्दा सेनाले गाजामा मध्यरातमा आक्रमण गरेको पुष्टि गरी ‘आतङ्कवाद विरोधी’ कार्यवाहीको हिस्सा भएको स्पष्ट पारेको छ ।

प्यालेस्टिनी लडाकू समूह हमाससँगको युद्धविराम विस्तार गर्ने वार्तामा गतिरोध भएपछि इजरायलले एक हप्ताअघि गाजाभर तीव्र हवाई आक्रमणहरू पुनः सुरु गरेको थियो ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार मार्च १८ मा इजरायलले पुनः बमबारी सुरु गरेदेखि सात सय ३० जनाको मृत्यु भएको बताएको छ ।

सोमबार बेलुकी इजरायली सैन्य प्रवक्ता अभिचाय अद्राईले जाबालिया उत्तरी क्षेत्रमा आक्रमणअघि खाली गराउने चेतावनी जारी गरे ।

“आतङ्कवादी सङ्गठनहरू फेरि एक पटक फर्किँदै छन् र जनसङ्ख्या भएका क्षेत्रहरूबाट रकेट प्रहार गरिरहेका छन्… आफ्नो सुरक्षाका लागि, तुरुन्तै ज्ञात आश्रयहरूतर्फ दक्षिणतिर जानुहोस्”, अद्राईले उत्तरी सहरहरू बेत लाहिया र बेत हानुनका लागि यस्तै चेतावनी जारी गरेपछि एक्समा भने ।

नागरिक सुरक्षाका प्रवक्ता बासलले बेत हानुन र बेत लाहियाका साथै खान युनिस क्षेत्रमा तोप प्रहार भएको जानकारी दिए ।

सोमबार साँझ इजरायली सेनाले गाजाबाट प्रक्षेपण गरिएका तीनवटा ‘प्रक्षेपास्त्रहरू’ रोकेको बताएको छ । 

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

चीन । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन जिडिपी वृद्धि दर चार दशमलव पाँच प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

प्रतिवेदनअनुसार सन् २०२४ मा यस क्षेत्रको जिडिपी चा दशमलव चार प्रतिशतले वृद्धि भएको थियो ।

बढ्दो विश्वव्यापी आर्थिक अनिश्चितताका बावजुद, एसिया विश्व अर्थतन्त्रका लागि प्रमुख वृद्धिको इन्जिनका रूपमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।

‘एसियन इकोनमिक आउटलुक एन्ड इन्टिग्रेसन प्रोग्रेस’ प्रतिवेदनमा सन् २०२४ मा जिडिपीको अनुपात र क्रय शक्ति समानतामा विश्वको कुल जिडिपीमा एसियाको जिडिपी ४८ दशमलव एक प्रतिशतबाट बढेर सन् २०२५ मा ४८ दशमलव छ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

यसैगरी एसियामा सन् २०२५ मा बेरोजगारी दर चार दशमलव ३९ प्रतिशत हुने अनुमान गरिएको छ । यो विश्वव्यापी बेरोजगार दर चार दशमलव ९६ प्रतिशतभन्दा कम हो । 

तीन महिनापछि भोजपुरमा उडान सुरु

भोजपुर ।  बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ ।

गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिए । उनका अनुसार भोजपुरमा अब नयाँ तालिका अनुसार उडान हुनेछ ।

विसं २०३५ देखि उडान सुरु भएको यहाँ नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आइरहेको छ । पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको विमानस्थलमा अन्य जहाजले उडान भर्दैनन् ।

उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाडौँ रेफर गरिएका बिरामी र यात्रुहरु मारमा परेका थिए। निगमका दुई वटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ ।

डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा राखेको भन्दै विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखमाथि आक्रमण

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि आक्रमण भएको छ ।

केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै अज्ञात समूहले केन्द्र प्रमुख श्रेष्ठमाथि मंगलबार बिहान कार्यकक्ष भित्रै आक्रमण गरेको हो । आक्रमणबाट कम्प्युटर, टेबल लगायतका सामान फुटेका छन् ।

१३–१४ जनाको समूहले प्रमुख श्रेष्ठमाथि आक्रमण गरेको विद्युतका कर्मचारीहरुले बताएका छन् । कर्मचारीहरुले संयुक्त विज्ञप्ति जारी गरि घटनाको निन्दा गरेका छन् । घटनाको विषयमा अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको छ ।

कुलमानको समर्थनमा माइतीघरमा प्रदर्शन

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेपछि सरकारविरुद्ध प्रदर्शन सुरु भएका छन् ।

कुलमानका समर्थक र दलका भातृ संगठनहरूले काठमाडौँका विभिन्न स्थानमा मंगलबार बिहानैदेखि प्रदर्शन गरिरहेका हुन् ।

बिहान नेकपा एकीकृत समाजवादीको भातृ संगठन अनेरास्ववियुले उर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएको थियो भने दिउँसो कुलमानका समर्थकहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै कुलमानको पुनर्वहालीको माग गरेका छन् ।

अब कृषि अनुदान पारदर्शी हुन्छः कृषिमन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने गरे पनि अब पारदर्शी हुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले मंगलबार आयोजना गरेको कृषिमा लगानीसम्बन्धी सम्मेलनमा मन्त्री अधिकारीले मन्त्रालयले हालसम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात गरेकाले अबका दिनमा अनुदान पारदर्शी हुने र सबै विवरण हेर्न सकिने बताएका हुन् ।

विगतका पाँच वर्षमा एक खर्ब पाँच अर्ब रकम कृषि अनुदानमा खर्च भएको उल्लेख गर्दे मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयबाट जाने अनुदान प्रक्रिया अहिले रोकिएको बताए ।

कृषिमन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको प्रयास जरुरी रहेको र निजी क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पुरा हुने बताए ।

सरकारलाई बदनाम गर्नेहरु सक्रिय भएः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पुर्याउने कामहरु भइरहेको बताएका छन् ।

मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएशनको राष्ट्रिय अधिवेशनमा प्रधानमन्त्रीले डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सरकार लागेको भन्दै केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनको लागि लागिपरेको बताए ।

उनले भने, ‘हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने संकल्प बोकेका छौ । केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनको लागि लागेका छन् त्यो स्वभाविक पनि हो । विरोधीहरु लाग्छन् ।’

पछिल्लो समय सरकारलाई बदनाम गर्ने र झुट फैलाउने कुराहरु बढ्दै गएको भन्दै प्रधानमन्त्रीले सरकार यस्ता विषयहरुमा अल्झिएर नबस्ने बताए ।

उनले भने, ‘सरकार र आफू बाहेक अरुलाई कसरी बद्नाम गर्न सकिन्छ । कसरी सत्यलाई ढाक्न सकिन्छ, झुटलाई फैलाउन सकिन्छ भनेर यस्तो कुराहरुमा उहाँहरु धेरै नै सक्रिय देखिनु हुन्छ । म यस्ता कुराहरुमा धेरै अलमल गर्न चाहन्न । हामीले देशको विकास गर्नु छ ।’

पूर्वाधारबिना विकास सम्भव नभएको भन्दै प्रधानमन्त्रीले पछिल्लो समय प्रधानमन्त्री हुँदा पूर्वाधारलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताए ।

मस्कुलर डिष्ट्रोफीको कार्ययोजना बनाउन डा. अग्रवालको संयोजकत्वमा सुझाव समिति गठन

काठमाडौँ। मानिसको मांसपेशी कमजोर बनाउने जटिल रोग ‘मस्कुलर डिष्ट्रोफी’को पहिचान, उपचार, रोकथाम एवं पुनःस्थापनाका लागि दीर्घकालिन नीति तथा कार्ययोजना तयार पार्न वरिष्ठ कन्सल्ट्यान्ट तथा न्युरोलोजिष्ट प्रा. डा. जगदीशप्रसाद अग्रवाल संयोजकत्वको सुझाव समिति गठन गरिएको छ ।

यो रोगका बिरामीको सङ्ख्या बढेको भन्दै त्यसको पहिचान तथा रोकथामका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको पहलमा समिति गठन गरिएको हो ।

समितिको सदस्यमा त्रिवि शिक्षण अस्पतालका प्रा डा रोहितकुमार पोखरेल, ‘मस्कुलर डिस्ट्रोफी फाउण्डेसन नेपाल’का अनिलकुमार उपाध्याय, त्रिवि शिक्षण अस्पतालकी प्रा डा मिता शाह राना तथा मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल रहेका छन् ।

यसैगरी, नेपाल पेडियाट्रिक्स सोसाइटीका प्रतिनिधि तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी निष्ठा श्रेष्ठ समितिको सदस्य र सदस्य सचिवमा मन्त्रालयका डा पुष्पराज पौडेल छन् ।

स्वास्थ्य मन्त्रालयकाअनुसार मांसपेशी कमजोर बनाउँदै हिँडडुल गर्न समस्या पार्ने आनुवंशिक रोगका बिरामी बढिरहेका छन् । रोकथाम तथा बिरामी र परिवारलाई पुनःस्थापना आवश्यक पर्ने भएकाले यसका लागि आवश्यक नीति तथा कार्यक्रम तयार पार्न समितिलाई जिम्मेवारी प्रदान गरिएको प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी गराए ।

नेपालमा हाल यसबाट ८०० जना प्रभावित भएको तथ्याङ्क छ । आनुवांशिक बाहेक अन्यमा समेत देखापर्ने जटिल प्रकृतिको रोगको गर्भावस्थामा हुने आनुवांशिक परीक्षणमार्फत ९५ प्रतिशत बिरामी पत्ता लगाउन सकिने विज्ञहरुको भनाइ छ ।

यो रोग भएका बालबालिका तथा अन्यलाई अतिरिक्त सेवा, विशेष सहयोग र मनोवैज्ञानिक सघनताको आवश्यकता पर्दछ ।

समितिलाई रोग रोकथाम, परिवार र स्वास्थ्यकर्मीलाई जानकारी दिन सचेतनामूलक कार्यक्रम तयार पार्ने तथा सामाजिक पुनःस्थापना र आत्मनिर्भरताका लागि कार्यक्रम तयार पार्ने योजना मन्त्रालयलाई बुझाउने कार्यादेश दिइएको छ ।

हेटौंडा सिमेन्ट उद्योगको मेसिन मर्मत पुरा, चैत तेस्रो सातादेखि पुनःउत्पादन थाल्दै

बागमती ।  लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने भएको छ । उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएपछि उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक ईञ्जिनियर नविनकुमार कर्णले बताए।

‘उद्योगको मेसिन पुरानो र बिग्रिसकेकाले त्यसलाई मर्मत सम्भार गर्न केही समय लाग्यो’, निमित्त महाप्रबन्धक कर्णले भने, ‘स्थापनाकालमा जडान गरिएको मेसिन हो, यसलाई विस्थापित गरेर नयाँ मेसिन जडान गर्नपुर्ने देखिन्छ तर आर्थिक समस्याका कारण तत्काल त्यो सम्भव नदेखिएपछि मर्मत गराएका छौँ ।’ यसबाट तत्काल सिमेन्ट उत्पादन गर्न सकिने उनकाे भनाइ छ । उनका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ केही मौज्दात रहेको र केही आउने सुनिश्चितता भइसकेको छ ।

‘अहिले हामीसँग करिब एक सय टन कोइला छ”, निमित्त महाप्रबन्धक कर्णले भने, ‘अरु कोइला भोलिदेखि आउने भएको छ, त्यसैले कच्चा पदार्थको खासै समस्या हुँदैन ।’ कोइलाको पुरानो भुक्तानी हुन नसकेकाले कम्पनीसँग कुराकानी गरी उद्योग सञ्चालन गर्न कोइला पठाउन तयार भएको उनले बताए ।

उद्योग सञ्चालनका लागि विद्युत् समस्या पनि समाधान हुने उनले बताए । ‘उद्योग चलाउन नियमित विद्युत् चाहिन्छ, त्यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग कुराकानी भएको छ’, उनले भने, ‘प्राधिकरणले नियमित विद्युत् दिने प्रतिबद्धता जनाएको छ, अब त्यो समस्या नरहला ।’

उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मत गर्नुपर्ने भएकाले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योग बन्द हुँदा कर्मचारीले विगत तीन महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् । विसं २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । तर आर्थिक समस्यालगायतका कारण उद्योग बन्द भएको थियो ।

एक पछि अर्को समस्यासँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगले गत २०८१ भदौ महिनाको तेश्रो साताबाट पुनःसिमेन्ट उत्पादन सुरु गरेपनि मेसिन मर्मत गर्नुपर्ने भएपछि असोज १५ गतेदेखि उद्योग बन्द भएको थियो । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको सो उद्योग आर्थिक समस्यालगायतका कारण थलिएको छ ।

दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत

तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत भएका छन् । उनले प्रोत्साहन स्वरुप एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका हुन् । गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत पुरस्कार प्राप्त गरेपछि उनले गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिए ।

पाँच वर्ष अघिदेखि कृषि पेशामा लागेका बाँस्तोलाले यातायात व्यवसाय छाडेर व्यावसायिक रूपमा गाईपालन तथा बाख्रापालन गरेका छन् । उनले कोभिड १९ का बेला लामो समयसम्म बन्दाबन्दी (लकडाउन) भएपछि गाउँ फर्किएर पशुपालन सुरु गरेका थिए ।

उनका फार्ममा हाल उन्नत प्रजातिका २२ वटा जर्सी तथा होलस्टेन जातका गाई छन् । जसमध्ये १५ लैना गाईबाट दैनिक दुई सय लिटर दूध उत्पादन गरी मासिक चार लाख रुपैयाँको दूध बिक्री गर्ने गरेको बाँस्तोलाले बताए ।

गाउँकै बेलबास दुग्ध उत्पादक सहकारीमा दूध बिक्री गरेर खर्च कटाएर मासिक दुई लाख रुपैयाँ बचत हुने गरेको उनले बताए । बाँस्तोलाले भने, ‘उत्पादनमा आधारित अनुदानअन्तर्गत पुरस्कार पाएपछि पेशाप्रति गौरव महशुस भएको छ ।’

यातायात व्यवसायभन्दा गाईपालनबाट सन्तुष्टी मिलेको बाँस्तोलाको भनाइ छ । बेलबास दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष केशवबहादुर रानाले उनी गाउँमा सबैभन्दा धेरै दूध उत्पादन गर्ने किसान भएको बताए ।

गाईको साथै बाँस्तोलाले बाख्रापालनबाट पनि आम्दानी गर्दै आएका छन् । उनले ५० वटा बोयर बाख्रा पालेका छन् । गाई र बाख्रा दुवै थप गरेर हालको आम्दानीलाई दोब्बर पार्ने सोच बनाएको बाँस्तोलाले बताए ।

सरकारलाई अनुदान दिने प्रक्रिया बदल्नु जरुरी रहेको किसान बाँस्तोलाको सुझाव छ । व्यवसाय गरेको कागज बनाउने, अनुदान लिने र अनुदान पाएपछि पेशा छाड्ने गरेकाले अनुदानको दुरुपयोग भएको बाँस्तोलाको गुनासो छ ।

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको रुसी रक्षा मन्त्रालयले घोषणा गरेको छ ।

अभ्यासमा रूसको रणनीतिक रकेट निर्धारित प्रशिक्षण अभ्यासको एक हिस्साका रूपमा आणविक मिसाइल लन्चरहरू फिल्ड साइटहरूमा तैनाथ गरिने मन्त्रालयलाई उदृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ ।

एजेन्सीका अनुसार ‘सेभरडलोभस्क र अल्टिया’ क्षेत्रहरूमा कमान्ड र स्टाफ अभ्यास सञ्चालन गर्ने निर्धारित गरिएको छ । यसमा ‘यार्स अन्तरमहाद्वीपीय’ ब्यालेस्टिक मिसाइल हस्तान्तरण गरिनेछ ।

सैन्य एकाइहरूले अभ्यासका क्रममा इन्जिनियरिङ सहयोग, विकिरण, रासायनिक र जैविक सुरक्षा कार्यहरू पनि गर्ने जनाइएको छ ।

‘यार्स’ मिसाइल आणविक हतियार बोक्न सक्षम भएको र यसलाई ढुवानी गर्न वा भूमिगत मिसाइल लन्चरहरूमा राख्न सकिने उल्लेख गरिएको छ ।

जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई १४ लाख डलर पुरस्कार

जापान । हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई १४ लाख डलर क्षतिपूर्ति प्रदान गरिएको छ ।

यो भुक्तानीले इवाओ हाकामादाले चार दशकभन्दा बढी समयसम्म थुनामा बिताएका दिनहरूका लागि प्रतिदिन १२ हजार पाँच सय येन (८३ डलर) का दरले क्षतिपूर्ति प्रदान गरेको छ । यसको अधिकांश समय मृत्युदण्डमा रहँदा हरेक दिन उनको अन्तिम दिन हुनसक्ने डर थियो ।

हाल ८९ वर्षका पूर्व बक्सरले सन् १९६६ को चार व्यक्तिको हत्या मुद्दामा गत वर्ष उनकी बहिनी र अन्य व्यक्तिहरूको निरन्तर अभियानपछि सफाइ पाएका थिए ।

सिजुओका जिल्ला अदालतको सोमबारको एक निर्णयमा ‘दावीकर्तालाई २१ करोड ७३ लाख ६२ हजार पाँच सय येन प्रदान गरिने’ अदालतका प्रवक्ताले बताए । सोही अदालतले सेप्टेम्बरमा हाकामादा पुनः सुनुवाइमा निर्दोष रहेको र प्रहरीले प्रमाणमा छेडछाड गरेको फैसला गरेको थियो ।

हाकामादाले ‘बयान (स्वीकारोक्ति) का लागि जबरजस्ती गर्ने अमानवीय अनुसन्धान’ भोगेका थिए । यसलाई उनले पछि फिर्ता लिनुभएको अदालतले बताएको छ ।

स्थानीय मिडियाका अनुसार यो अन्तिम रकम यस्ता प्रकारका क्षतिपूर्तिका लागि एक रेकर्ड हो । तर हाकामादाको कानूनी टोलीले पैसाले उनले भोगेको पीडालाई पूरै सम्बोधन गर्न नसक्ने बताएको छ ।

दशकौँको नजरबन्दले–मृत्युदण्डको खतरा निरन्तर बढ्दै जाँदा–हाकामादाको मानसिक स्वास्थ्यमा ठूलो असर पारेको छ । उनका वकिलहरूले उनलाई ‘कल्पनाको संसारमा बाँचिरहेको’ भनेर वर्णन गरेका छन् ।

हाकामादा जापानको युद्ध परान्त इतिहासमा मृत्युदण्डबाट पुनरावलोकन गरिएका पाँचौँ कैदी थिए। अघिल्ला सबै चारवटा मामिला पनि निर्दोष ठहरिएका थिए ।

‘बिचौलियाको स्वार्थमा गरिएको कुलमान हटाउने निर्णय सच्याउनुको विकल्प छैन’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको पूर्वउर्जामन्त्रीहरुले विरोध गरेका छन् । पूर्वउर्जामन्त्री जनार्दन शर्मा, वर्षमान पुन र राजेन्द्र लिङ्देनले सरकारको निर्णयको विरोध गरेका हुन् ।

पूर्वउर्जामन्त्री शर्माले काम गर्नेलाई लखेट्ने सोच, प्रवृत्ति र पात्रहरूले बेलाबेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ति सधैँ पराजित नै हुने बताएका छन् । उनले भनेका छन्, ‘पहिले पनि लखेटिएका कुलमानलाई संघर्ष गरेरै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको कुरा स्मरण गर्दै, लोडसेडिङबाट आहत नागरिकलाई उज्यालो नेपालको हाम्रो सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भूमिकाको प्रशंसा गर्दै भन्न चाहन्छु राम्रो काम गर्नेलाई लखेट्ने सोच, प्रवृति र पात्रहरूले बेलाबेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ति सधैँ पराजित नै हुन्छन् ।’

त्यसैगरी अर्का पूर्वउर्जामन्त्री वर्षमान पुनले कुलमान हटाएर ओली सरकारे मुर्खता गरेको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘ओली सरकारले अर्को मूर्खता गर्यो । कुलमान व्यक्ति होइन, जनताको ढुकढुकी हो, असम्भवलाई सम्भव बनाउन सक्ने पात्र र प्रतिक हो । बिचौलियाको स्वार्थमा गरिएको निर्णय सच्याउनुको विकल्प छैन, अविलम्ब पुनःस्थापना गरियोस् ।’

त्यसैगरी पूर्वउर्जामन्त्री राजेन्द्र लिङ्देनले गलत सरकारी रवैयाको विरोध गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई ल्याउने निर्णय गरेर नेपाल विद्युत प्राधिकरणमा प्रतिगमन गरेछ । नेपाल विद्युत प्राधिकरणमा गरिएको चरम राजनीतिक हस्तक्षेपले ऊर्जा क्षेत्रमा पुनः संकट आउन सक्ने खतरा बढेको छ । गलत सरकारी रवैयाको सर्वत्र विरोध गरौँ !’

शर्मा, पुन र लिङ्देनले कुलमानसँग काम गरेका थिए । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कुलमानलाई हटाउने निर्णय गरेको थियो ।

त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु

चितवन । कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय ट्रक चालक रौतहट सखुवाका रामनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०३-००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक अनियन्त्रित भइ भरतपुर महानगरपालिका- २९ स्थित चौध किलोमा त्रिशूली नदीमा खसेको हो ।

ट्रक त्रिशुलीमा खस्दा ट्रकका चालक र सह चालक दुबैजना घाइते भएका थिए । घाइतेमध्ये चालक यादवको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८ः३० बजे मृत्यु भएको उनले बताए ।

ट्रकका सहचालक रौतहटको गरुडा नगरपालिका- ५ का १९ वर्षीय असुन्द्रकुमार यादव घाइते भएका छन् । उनको चितवन मेडीकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

मुस्ताङ । उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँ चितुवाको अनुगमन सुरु भएको छ । मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेपछि हिउँ चितुवाको अवस्थिति अनुगमन गर्न क्यामेरा ट्यापिङ थालिएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार उपल्लो मुस्ताङका वारागुङ मुक्तिक्षेत्र–३ समर आसपासका क्षेत्रमा १२ वटा, लोमान्थाङको थुर्लुङफाँट माथिको डाँडाआसपास क्षेत्रमा दुईवटा र लोमान्थाङ बजारमाथिको क्षेत्रमा एउटा क्यामेरा अनुगमनका निम्ति जडान गरिएको छ ।

तीन स्थानमा हिउँ चितुवाको वर्तमान स्थिति र अवस्था पत्ता लगाउने र कुन–कुन स्थानमा कतिको सङ्ख्यामा हिउँ चितुवा छन्भने एकीन गर्न कार्यालयले क्यामेरा ट्यापिङबाट अनुगमन थालेको हो । हिउँ चितुवाले बर्सेनि दुःख दिइरहेको गुनासो आइरहेकाले चितुवाको संरक्षण गर्दै स्थानीयको पशुधनको क्षति हुने क्रमलाई न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्नेगरी क्यामेरा ट्यापिङ गरी अनुगमन गरेको हो ।

एक्याप लोमान्थाङले हिउँ चितुवा अनुगमनका लागि गत हप्ता मुस्ताङको एक्याप लोमान्थाङ प्रमुख पौडेलले संरक्षित हिउँ चितुवा र अन्य वन्यजन्तुको संरक्षण गर्ने दायित्व एक्यापको भएकाले यसका लागि मानव र स्थानीयको पशुधनको रक्षाका लागि अध्ययन सुरु गरेको उल्लेख गरे ।

पारस्थितिक प्रणालीमा महत्वपूर्ण योगदान पुर्याउने हिमालकी रानी हिउँ चितुवा यहाँको धार्मिक, सांस्कृतिक र जैविक सम्पत्ति भएको र स्थानीयले सदियौँदेखि अपनाउँदै आइरहेको पशुपालन व्यवसायलाई एकैसाथ अघि बढाउन दिगो रुपमा हिउँचितुवा व्यवस्थापनका नयाँ कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने बेला आएको बताए।

यसअघि एक्यापले घरपझोङ गाउँपालिका र वारागुङ क्षेत्रका यारुझो भ्युटावर, नमुखलेक, वारागुङ मुक्तिक्षेत्रको साङ्ता, तिरी र कागबेनीका साथै उपल्लो मुस्ताङमा ३१ वटा क्यामेरा जडान हिउँ चितुवाको अनुगमन एवं सर्वेक्षण गरेको थियो ।

मुस्ताङमा हिउँ चितुवाका गतिविधि समीक्षा गर्ने तथा जलवायु परिवर्तनका कारण पारिस्थितिकीय प्रणालीमा परेको प्रभाव, यो दुर्लव जीवको आहारा एवं आनीबानीको विज्ञहरुले विश्लेषण गर्ने जनाएको छ ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा घाँस अभाव हुँदा हिउँ चितुवाको आहारा नाउर वस्ती र पाखोमा झर्न थालेका छन् । हिउँ चितुवा आहार नाउरलाई पछ्याउदै मानवबस्तीसम्म पुग्ने गरेका विज्ञहरुले बताएका छन् ।

तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु

तनहुँ । सवारी दुर्घटनामा परी तनहुँमा नौ महिनामा ४८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको फागुनसम्ममा भएका ४४ वटा सवारी दुर्घटनामा ४८ जनाले ज्यान गुमाएका हुन् । ती दुर्घटनामा ८१ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर चन्दका अनुसार ती दुर्घटनामा २४ पुरुष, २० महिला र चार बालबालिकाको मृत्यु भएको हो । चालु आवको साउनमा मृत्यु नभएको, भदौमा २९, असोजमा चार, कात्तिकमा दुई, मङ्सिरमा एक, पुसमा दुई, माघमा आठ, फागुनमा एक र चैत १० गतेभित्र थप एक जनाको मृत्यु भएको छ ।

सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने २४ हजार छ सय ४१ सवारीबाट रु दई करोड तीन लाख ४० हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । कार्यालयले नियम उल्लङ्घन गर्ने ट्रक, टिपर, बस, जिप, मोटरसाइकल, स्कुटरलगायत सवारीलाई कारबाही गरी उक्त रकम असुलेको हो ।

तीव्रगतिमा सवारी चलाउनेलाई राडरगनका माध्यमबाट समयसमयमा अनुगमन गरी कारबाही पनि हुँदै आएको उनले जानकारी दिए । मुग्लिन– पोखरा सडक विस्तार भइरहेकाले दुर्घटना जोखिम घटाउन सुरक्षाकर्मीले हरसम्भव प्रयास गरेका उनले बताए।

गलत भए मलाई जेल हालः मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफू गलत भए जेल हाल्न चुनौती दिएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै मेयर साहले आफू गलत भए जेल हाल्न चुनौती दिएका हुन् ।

उनले भनेका छन्, ‘यति धेरै कानुन मिच्ने, भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुराचाहिँ भाषणमा सुन्नुपर्ने । माथिको कुरा गलत भए मलाई जेल हाल ।’

कानुनविपरीत काठमाडौं टावरको नक्सापास गरेको भन्दै गुरागाईंलाई मेयर साहले निलम्बन गरेका थिए । गुरागाईंमाथि छानबिन गर्न गत पुस १४ गते महानगर प्रमुखस्तरीय निर्णय गरिएको थियो ।

सोहीअनुसार पुस १६ गते कानुनी सल्लाहकार शेखरप्रसाद पौडेलको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो । तर, पौडेलले कानुनी सल्लाहकारबाटै राजीनामा दिएपछि नेपाल सरकारका पूर्वसचिव शंकर पाण्डेको संयोजकत्वमा अर्को छानबिन समिति गठन गरिएको थियो ।

उनले यसअघि प्रतिवेदन सार्वजनिक गरेका थिएनन् । गुरागाईंलाई हाजिर गर्न नदिएपछि सरकारले उनको स्थानमा अर्को प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन ।

जसका कारण काठमाडौं महानगरपालिकाका सरसफाई कर्मचारीले विगत ती महिनादेखि तलब पाएका छैनन् । यसअघि सोमबार राति मेयर साहले अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने भन्दै स्टाटस लेखेका थिए ।

कुलमानलाई बर्खास्त गरेको विरोधमा अनेरास्ववियुद्वारा उर्जामन्त्रीको पुत्ला दहन

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएको छ ।

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अनेरास्ववियूले मन्त्री खड्काको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेको हो । उनीहरुले प्रदर्शनीमार्गस्थि विश्वभाषा क्याम्पसबाट मन्त्री खड्काको पुत्ला जलाउँदै प्रदर्शन गरेका थिए ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । सरकारको निर्णयको सर्वत्र विरोध भइरहेको छ ।

पोखराको पीएन क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

गण्डकी । पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानल नै निर्वाचन भएको छ । अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै निर्वाचित भए। नेविसंघका सुशील न्यौपानेले ५०३ मत पाएका छन् ।

स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४६९ मत पाएकी छन् । सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १४१३ र कोषाध्यक्षमा अनेरास्ववियुकि सन्दिका गुरुङले १३०४ मत पाउदै विजयी भएका छन् । प्रतिस्पर्धी नेविसंघकी अमिषा यादवले ६४७ मत ल्याइन् ।

पिएन क्याम्पसमा चैत ५ गते नै स्ववियु निर्वाचन तय भएको थियो। तर मतपत्रमा अखिल छैठौंको मत संकेत गर्ने ठाउँमा कोष्ठक चिह्न नै नभेटिएपछि मतदान रोकिएको थियो । आइतबार भएको मतदानमा २९८७ विद्यार्थीले मतदान गरेका थिए । देशकै ठूलो क्याम्पस पिएन क्याम्पसमा ९२७० जना विद्यार्थी अध्ययनरत छन्।

कुलमान घिसिङलाई हटाउने निर्णय विनाशकाले विपरित वुद्धिः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि सरकारले कहिल्यै गर्न नसक्ने बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत कोइरालाले यो निर्णयको कांग्रेसले स्वामित्व लिनै नहुने बताएका हुन् ।

उनले भनेका छन्,सरकारको कुशासनको निरन्तरताको अर्को कडीः कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कतिदिन चल्ने र चलाउने ? विनाशकाले विपरित वुद्धि ।’

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ ।

अबको एक हप्तामा आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने बालेनको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अबको एक हप्तामा आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् ।

सोमबार राति सामाजिक सञ्जालमार्फत बालेनले अबको एक हप्ता भित्र कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाड्ने चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछि हेरौँला तिमीहरुको के के तन्त्र हो!!’

सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा महानगरका कर्मचारीले तलब पाएका छैनन् ।

काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई गत पुस ५ गते काठमाडौं टावरको नक्सा स्वीकृतिमा अनियमितता गरेको भन्दै बिदामा पठाइएको थियो । त्यसपछि सरकारले महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन ।

कांग्रेसका दुई महामन्त्रीले भने- कुलमानलाई हटाएर सरकारले आगोमा घिउ थप्ने काम गर्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसका दुई महामन्त्रीले आपत्ति जनाएका छन् ।

सोमबार राति सामाजिक संजालमार्फत महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सरकारको निर्णय गलत भएको बताएका हुन् । महामन्त्री थापाले मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्नेमा त्यसो नभएको बताएका छन् ।

थापाले सामाजिक संजालमा लेखेका छन्,’’आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाहिँ आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ? हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन, निर्णय गलत छ,सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको निर्णयप्रति विमती जनाएका छन् । उनले भनेका छन्, ‘कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेस पदाधिकारी तहको सहमति थिएन । बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको थियो । कारबाही योग्य केही भए, पछि पनि गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायाँमा पार्नेगरी सरकारले कुलमान हटाउनु हुन्न थियो । सरकारको यो निर्णय समयोचित विल्कुलै भएन । यसप्रति खुला र प्रष्ट रूपमा विमति छ ।’

कुलमानलाई हटाउने सरकारको निर्णय आपत्तिजनकः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

सोमबार राति सामाजिक संजालमार्फत प्रचण्डले दुई तिहाईको बहुमतको दम्भमा गरिएको निर्णयप्रति घोर निन्दा गरेका हुन् ।

प्रचण्डले भनेका छन्, ‘देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट ऊज्यालो नेपाल निर्माण गर्न सफल भएको जन–जनमा जानकारी छ। उनै कुलमान घिसिङलाई बॉकी बक्यौदा जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो तर आज भने सरकारले मन्त्रिपरिषद बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट थाह हुन आएको छ, आशा गरौं यो खबर असत्य सावित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम विल्कुल गलत र आपत्तिजनक छ, २/३ बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु।’

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कुलमानलाई हटाएर उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्ले कुलमान घिसिङको स्थानमा शाक्यलाई नियुक्त गरेको हो । कार्यकारी निर्देशक घिसिङकोलाई हटाउने नियतले सरकारले ६ पटक स्पष्टीकरण सोधेको थियो ।

प्रचण्ड नेतृत्वको सरकारले दोस्रो पटक कुलमानलाई २०७८ साल साउन २६ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

गभर्नर नियुक्ति सिफारिसका लागि तीन सदस्यीय समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि तीन सदस्यीय समिति गठन भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल छन् । गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो । गभर्नर अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदैछ । ।

कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । घिसिङलाई २०७८ साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

उनी २०८२ साउन २४ सम्मका लागि नियुक्त भएका थिए । यसअघि सरकारले उनलाई पटक पटक स्पष्टीकरण सोधेको थियो ।

ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा सातै प्रदेशमा युवा लक्षित कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५को सेरोफेरोमा विद्यार्थी तथा युवा युवतीहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सञ्चालन गरेको छ । बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सातवटै प्रदेशहरुमा संचालन गरेको हो ।

बैंकले ग्लोबल मनि विक २०२५ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा ६ हजार भन्दा बढी विद्यार्थी तथा युवा–युवतीहरुको सहभागिता रहेको थियो ।

यसका साथै, नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाहरुले आयोजना गरेको कार्यक्रममा समेत ग्लोबल आइएमई बैंकका कर्मचारीहरु वित्तीय सचेतना अभिवृद्धि व्यानर सहित सहभागि भएका थिए ।

ग्लोबल आइएमई बैंकले आफ्ना ३५५ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको छ ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्राउने काम गर्दै आएको छ ।

टीआरसी टुंग्याउन नयाँ ‘सर्च कमिटी’ गठन गर्न तीन दल सहमत

काठमाडौं । प्रमुख तीन दल बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग गठन प्रक्रिया अगाडि बढाउन सहमत भएका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको प्रमुख तीन् दलका शीर्ष नेताहरुको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्नेगरी समिति गठन गर्न सहमत भएका हुन् ।

प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले तीन दलको छलफलमा शान्ति प्रक्रियाको बाँकी काम अगाडि बढाउन सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठन गर्ने विषयसँग गासिएकाले दुुईवटा आयोग गठन गर्न सर्च कमिटी बनाउने सहमति भएको जानकारी दिए ।

उनले भने, ‘वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तको लागि सिफारिस समिति, सर्च कमिटि गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरुसँग परामर्श गर्नुभयो र परामर्श अनुसार सिफारिस समितिको प्रक्रिया अगाडि बढ्छ ।’

समिति बनाउन प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएको पनि उनले जानकारी दिए ।

छलफलमा तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेललगायतका नेताहरु सहभागी थिए ।

विश्व बैंकले भन्यो-नेपालको गरिबी उल्लेख्य रूपमा घटे पनि आन्तरिक अर्थतन्त्र विस्तार भने निकै कमजोर

काठमाडौँ । विप्रेषण र आप्रवासनका कारण पछिल्लो तीन दशकमा नेपालको गरिबी उल्लेख्य रूपमा घटे पनि आन्तरिक अर्थतन्त्र विस्तार भने निकै कमजोर देखिएको विश्व बैङ्कले जनाएको छ ।

‘नेपाल कन्ट्री इकोनोमिक मेमोरान्डम, २०२५’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैङ्कले सुदृढ आर्थिक वृद्धि हासिल गर्न आन्तरिक अवसरको खोजी गरी लाभ लिन सक्नुपर्ने सुझाव दिएको छ ।

निर्यात, जलविद्युत् उत्पादन, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रबाट लाभ लिनसक्ने प्रचुर सम्भावना भए पनि नेपालले ती अवसर गुमाइरहेको प्रतिवेदनको निष्कर्ष छ । विप्रेषण तथा आप्रवासनले गरिबी निवारणमा उल्लेख्य भूमिका खेले पनि नेपालले यस क्षेत्रबाट उत्पादनशील क्षेत्रमा लगानी र आन्तरिक रोजगारी सिर्जनामा थप लाभ लिन नसकेको पनि विश्व बैङ्कले जनाएको छ ।

‘नेपालले विगत तीन दशकमा गरिबी निवारणमा उल्लेखनीय सफलता प्राप्त गरेको छ । सन् १९९५ मा करिब ५५ प्रतिशत नेपालीहरू अत्यन्त गरिबीको सामना गरिरहेकामा सन् २०२३ सम्ममा यो सङ्ख्या ५४ दशमलव आठ प्रतिशतले घटेको छ तर यो गरिबी न्यूनीकरण द्रुत आर्थिक वृद्धिबाट नभई मुख्य रूपमा आप्रवासन र विप्रेषणको प्रभावबाट भएको हो’, प्रतिवेदनमा भनिएको छ, ‘सन् १९९६ देखि २०२३ सम्म नेपालको अर्थतन्त्र वार्षिक औसत चार दशमलव दुई प्रतिशतले मात्र बढेको छ । दक्षिण एसियामा नेपालको वृद्धिदर छैटौँ स्थानमा छ ।’

उच्च अङ्कको आर्थिक वृद्धि हासिल गर्न नेपालभित्र अनेकौँ संरचनागत चुनौतीहरू कायम रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालको वस्तु तथा सेवा निर्यातले आर्थिक वृद्धिमा निकै कम मात्र योगदान दिइरहेको छ । निर्यात बढाएर लाभ लिनसक्ने राम्रो सम्भावना भए पनि त्यसका लागि कानुनी, नीतिगत तथा संरचनागत अवरोध रहेको विश्व बैङ्कले जनाएको छ ।

‘उच्च उत्पादन लागत, कमजोर प्रतिस्पर्धा र सुस्त पूर्वाधार विकासले आर्थिक वृद्धिलाई अवरुद्ध गरेको छ । जलविद्युतको सम्भावना उच्च भए पनि यसको विकास अपेक्षाकृत रूपमा निकै ढिलो भइरहेको छ । प्रविधिको प्रयोग बढाउन कमजोर पूर्वाधार, नियामकीय चुनौती, डिजिटल साक्षरता अभावलगायत अवरोध छन्’, प्रतिवेदनमा भनिएको छ ।

नेपालले हरेक वर्ष राख्ने महत्वाकांक्षी आर्थिक वृद्धिका लक्ष्यहरू हासिल गर्न विद्यमान नीति पर्याप्त नरहेका पनि प्रतिवेदनमा उल्लेख छ । हाल कार्यान्वयनमा रहेको १६औँ आवधिक योजनाले सन् २०२९ सम्म वार्षिक सात दशमलव एक प्रतिशतको जिडिपी वृद्धिको अनुमान गरेको छ ।

तर आधारभूत प्रक्षेपणअनुसार आगामी वर्षहरूको सम्भावित वृद्धिदर चार प्रतिशत हाराहारी मात्रै रहने विश्व बैङ्कले जनाएको छ । नेपालको विकास आकांक्षा पूरा गर्न आर्थिक वृद्धिका अवसरको पहिचान प्रतिवेदनमार्फत गरिएको छ ।

‘निजी क्षेत्रको प्रवद्र्धनसहित निर्यात वृद्धि गर्नु जरूरी छ । जलविद्युत्, पर्यटन, र डिजिटल सेवाजस्ता क्षेत्रहरूलाई प्रवद्र्धन गर्न सके नेपालले पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सक्छ’, प्रतिवेदनमा भनिएको छ ।

नेपाललाई दीर्घकालीन आर्थिक वृद्धि र समृद्धितर्फ अग्रसर गराउन नीति निर्माताहरूले यी विषयहरूलाई ध्यानमा राख्नुपर्ने सुझाव छ ।

सीप अभिवृद्धि, संस्थागत क्षमता सुदृढीकरण, उद्यमहरूको प्रतिस्पर्धात्मकता सुधारलगायत कार्यबाट आन्तरिक उत्पादन र उत्पादकत्व बढाउन नसके दीर्घकालीन सम्भावित आर्थिक वृद्धिदर चार प्रतिशतभन्दा तल झर्न सक्ने चेतावनी पनि विश्व बैङ्कले दिएको छ ।

प्रतिवेदनले आप्रवासन क्षेत्रबाट थप लाभ लिन सक्ने विषयको पहिचान, विदेशी मुद्रा विनिमय दरको प्रभाव तथा व्यापार नीतिहरूले नेपालको वस्तु निर्यातमा पार्ने प्रभावको विश्लेषण, जलविद्युत् र प्रविधिकरण (डिजिटलाइजेसन) को सम्भावनालगायत विषय समेटी नेपालको आर्थिक विकासका लागि सुझावसमेत दिएको छ । नेपालको आर्थिक वृद्धि अपेक्षित रूपमा बढ्न नसक्नुमा राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप र बाह्य निर्भरता जस्ता कारण देखाइएका छन् ।

सन् १९९६ देखि २०२३ सम्मको अवधिमा नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय वार्षिक रूपमा औसत सात दशमलव तीन प्रतिशतले मात्र वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, यस अवधिमा श्रम स्वीकृति लिने नयाँ आप्रवासी श्रमिकको सङ्ख्या ६६ लाख नाघेको र जुन कुल जनसङ्ख्याको सात प्रतिशतभन्दा बढी रहेको जनाइएको छ ।

यस अवधिमा निर्यात र औद्योगिक क्षेत्रले आर्थिक वृद्धिमा न्यून योगदान दिएको पनि प्रतिवेदनमा उल्लेख छ । ‘नेपालमा निर्यातले आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिन सकेको छैन । अन्य विकासशील राष्ट्रहरूमा आर्थिक वृद्धिको प्रमुख स्रोत रहेको उत्पादन क्षेत्र नेपालमा निरन्तर घट्दो छ’, प्रतिवेदनमा भनिएको छ, ‘नेपालले वस्तु तथा सेवा निर्यातबाट आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न अझै बाँकी छ । समग्र उत्पादकत्व अझै पनि न्यून छ, आर्थिक वृद्धिमा योगदान दिन सकेको छैन ।’

नेपालमा उत्पादित वस्तुको लागत उच्च रहेका कारण अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेको र यसले निर्यात घटाएको जनाइएको छ । लागत उत्पादन बढी हुनुमा यहाँको भौगोलिक बनावट र कमजोर भौतिक पूर्वाधारलाई कारक देखाइएको छ ।

यस्तै, कुल श्रमशक्तिको ८० प्रतिशतभन्दा बढी अनौपचारिक क्षेत्रमा सङ्लग्न भएकामा यसलाई औपचारिक बनाउने र गैर–कृषि क्षेत्रमा उत्पादकत्व वृद्धि गर्ने प्रयासहरू नेपालको आर्थिक वृद्धिका लागि महत्वपूर्ण कदम हुने प्रतिवेदनमा उल्लेख छ ।

नेपालको आर्थिक विकासका लागि आगामी वर्षहरूमा पनि आप्रवासन प्रमुख क्षेत्र बन्न जाने सम्भावना भएकाले यससम्बन्धी नीतिहरू सुधार गर्दै लैजानुपर्ने सुझाव विश्व बैङ्कको छ ।

वैदेशिक रोजगारीमा जानका लागि महँगो रकम बुझाउनुपर्ने अवस्थाले श्रमिक र उनीहरूको परिवारलाई आर्थिक समस्या सिर्जना गर्ने, आप्रवासी श्रमिकहरूले उच्च ब्याजदर तिर्ने गरी लिएको ऋणमा निर्भर रहनुपर्नेलगायत समस्या देखिएका छन् ।

यस्तै, विदेश गएका सदस्यहरूको अनुपस्थितिले परिवारका बाँकी सदस्यको सामाजिक एवम् पारिवारिक जीवनमा असर पार्ने र विशेष गरी महिलाको श्रम बजार सहभागितामा गिरावट आउने प्रतिवेदनमा उल्लेख छ । यस्तै, अधिकांश आप्रवासी श्रमिकहरू कठिन काममा खटिनुपर्ने, स्वास्थ्य सेवा वा सामाजिक सुरक्षाको पहुँच नपाउनेलगायत समस्या समाधानका लागि पहल गर्न पनि प्रतिवेदनमार्फत सुझाव दिइएको छ ।

स्वदेश फर्किएका आप्रवासीहरूलाई स्वदेशमै टिकाएर राख्ने र रोजगारीमा आवद्ध गर्न नसकेको विषयलाई पनि विश्व बैङ्कले गम्भीर समस्याका रूपमा औँल्याएको छ ।

‘स्वदेश फर्किएका आप्रवासीहरूलाई स्थानीय श्रम बजारसँग आबद्ध गर्न गाह्रो पर्छ, किनभने उनीहरूले विदेशमा आर्जन गरेको सीप स्वदेशी श्रम बजारको मागसँग मेल खाँदैन । नेपालको सन् २०१७/१८ को श्रम शक्ति सर्वेक्षणका अनुसार स्वदेश फर्किएका आप्रवासीहरूमध्ये १४ दशमलव तीन प्रतिशत बेरोजगार अवस्थामा रहेको र ४१ दशमलव पाँच प्रतिशत श्रम बजार बाहिरै रहेको अवस्था छ’, प्रतिवेदनमा भनिएको छ ।

जलविद्युत् क्षेत्रमा नेपालले आफ्नो सम्भावनाको करिब चार प्रतिशत मात्रै उपयोग गरिरहेको तथ्य प्रतिवेदनले उजागर गरेको छ । जलविद्युत् विकासका लागि स्पष्ट वित्तीय रणनीति निर्माण गरी आवश्यक लगानी आकर्षित गर्न सकिने सुझाव विश्व बैङ्कको छ ।

यस रणनीतिअन्तर्गत स्थानीय बचतपत्र (बण्ड) बजारको विकास तथा ठूला सार्वजनिक–निजी साझेदारी (पीपीपी)का ठूला परियोजनाहरूका लागि प्रभावकारी ढाँचा निर्माण आवश्यक पर्ने जनाइएको छ । साथै, प्रशासनिक झन्झट घटाएर र इजाजतपत्र प्रक्रियालाई सरलीकरण गर्नुका साथै नियमन तथा कानुनी संरचनालाई सशक्तीकरण गर्न सके नेपालको विद्युत् बजार संरचना सुधार गरी थप लगानी आकर्षित गर्ने सुझाव विश्व बैङ्कको छ ।

नेपालको डिजिटल क्षेत्रमा तीव्र सुधार ल्याउन दूरसञ्चार ऐन परिमार्जन गर्नुका साथै डिजिटल रणनीति अवलम्बन र डिजिटल पूर्वाधारको विकास गर्न सुझाव पनि विश्व बैङ्कले प्रतिवेदनमार्फत् दिएको छ । नेपालमा डिजिटल साक्षारता प्रमुख चुनौतीका रूपमा रहेकाले विद्यालय पाठ्यक्रममा डिजिटल सीप समावेश गर्नुका साथै विभिन्न उमेर समूहका लागि जनसाङ्ख्यिक विशेषताका आधारमा तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले विद्यमान आवधिक योजनाले राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न नेपाल सबैखालका नीतिगत र संरचनागत सुधार गर्न तयार रहेको धारणा राखो ।

‘सोह्रौँ आवधिक योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोण प्रस्तुत गरेको छ र यसले उत्पादकत्व र प्रतिस्पर्धी क्षमता विकास, मर्यादित तथा फलदायी रोजगारी, सामाजिक सुरक्षा, तथा अल्पविकसित राष्ट्रबाट सहज स्तरोन्नति सुनिश्चित गर्ने पक्षलाई प्राथमिकतामा राखेको छ । नेपाल सरकार दिगो आर्थिक वृद्धिका लागि अनुकूल नीतिगत वातावरण सुनिश्चित गर्न प्रतिवद्ध छ’, उनले भने ।

प्रवितेदनबारे धारणा राख्दै विश्व बैङ्कको माल्दिभ्स, नेपाल र श्रीलङ्काका अप्रेसन म्यानेजर प्रीति अरोराले पछिल्ला तीन दशकमा गरिबी निवारणमा नेपालले राम्रो प्रगति गरेको भएपनि स्वदेश भित्रका आर्थिक सम्भावनाको उपयोग गर्न नसकेको बताए ।

‘नेपालसँग आप्रवासनको प्रतिफल वृद्धि गर्ने, निर्यात बढाउने, जलविद्युतको अधिकतम उपयोग गर्ने र प्रविधिकरणलाई प्रवद्र्धन गर्नेजस्ता सुधारमार्फत मजबुत आर्थिक वृद्धि हासिल गर्नसक्ने प्रशस्त सम्भावना छ’, उनले भने ।

क्यानडामा आमनिर्वाचन घोषणा

बीबीसी । क्यानडामा आगामी अप्रिल २८ मा निर्वाचन हुने भएको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक नीतिहरूबाट जोगिन र क्यानडालाई बलियो जनादेश आवश्यक रहेको उल्लेख गर्दै आमनिर्वाचन घोषणा गरेका हुन् ।

कार्नीले १० दिनअघि मात्र क्यानडाको प्रधानमन्त्री पदको शपथ लिएका थिए । उनले ९ फेब्रुअरीमा लिबरल पार्टीको नेताको चुनावमा ८५.९ प्रतिशत मत प्राप्त गरी विजय हासिल गरेका थिए ।

ठूलो आर्थिक साझेदार अमेरिकाले व्यापार युद्ध सुरु गरेको र त्यहाँका राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडालाई ५१औँ अमेरिकी राज्य बनाउने धारणा सार्वजनिक गरेको अवस्थामा क्यानडाका मतदाताहरूले देशको सत्ता हाँक्ने पार्टी छान्ने निर्णय गर्ने छन् ।

क्यानडाको यो निर्वाचनमा आवास र आप्रवासनजस्ता घरेलु मुद्दाहरू निकै महत्त्वपूर्ण हुनेछन् । क्यानडा र अमेरिकाको अर्थतन्त्र अन्तरसम्बन्धित छ। दुवै देशले निकै लामो समयदेखि सुरक्षा साझेदारी गर्दै आएका छन् ।

ट्रम्पको हस्तक्षेपका कारण क्यानडाको राजनीतिमा यसअघि नै परिवर्तन भइसकेको थियो। । त्यहाँ कन्जर्भेटिभहरूले जित्ने जस्तो पक्का परिस्थिति फेरिएर लिबरल र कन्जर्भेटिभबीच कडा प्रतिस्पर्धा हुने र कसले जित्छ भनेर यसै भन्न नसकिने अवस्था उत्पन्न भएको छ ।

अब बन्ने प्रधानमन्त्रीले डोनल्ड ट्रम्पसँग व्यवहार गर्नुपर्छ भन्ने कुरा क्यानडाका नागरिकहरूलाई राम्ररी थाहा छ । प्रतिस्पर्धा मूलतः नयाँ लिबरल नेता मार्क कार्नी र सन् २०२२ देखि कन्जर्भेटिभहरूको नेतृत्व गरिरहेका प्येअर पोलिभबीच छ ।

त्यहाँको संसद्का दुई अन्य दलहरू– वामपन्थी झुकाव राख्ने न्यू डेमोक्र्याटिक (एनडीपी) र ब्लक केबेक्वा पनि प्रतिस्पर्धा गर्दै छन्। तर अहिलेसम्म कन्जर्भेटिभ र लिबरल पार्टीको नेतृत्वमा मात्रै सरकार बनेको इतिहास छ।