पाकिस्तानी प्रधानमन्त्री भन्छन्-हाम्रो स्वतन्त्रतालाई चुनौती दिनेलाई जे पनि गर्छौँ

विश्व

बीबीसी । भारत र पाकिस्तान बीच संघर्षविराममा सहमति बनेको घोषणापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफलेले शनिवार अबेर राति राष्ट्रलाई सम्बोधन गरेका छन् ।
शहबाज शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूको नाम लिएर उनीहरूलाई बधाई दिए र भने, ‘यो पाकिस्तानको ऐतिहासिक जित हो।’
उनले विपक्षी दलहरूप्रति पनि आभार व्यक्त गरे । शरीफले सम्बोधनको सुरुवात गर्दै भने, ‘यदि कोही हाम्रो स्वतन्त्रतालाई चुनौती दिन्छ भने हामी आफ्नो रक्षा गर्न जे पनि गर्छौँ।’
उनले आफ्नो देशविरुद्ध भारतले लगाइरहेको आरोप ‘निराधार’ भएकार यसको जाँच होस् भन्ने आफ्नो चाहना रहेको बताए । शहबाज शरीफको सम्बोधनमाथि भारतको प्रतिक्रिया आइसकेको छैन।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट