`

आज एमाले अध्यक्ष ओली पाल्पाको रानी महल जाँदै

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पाल्पाको रानी महल जाँदै हुनुहुन्छ ।

पाँच दिनदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहनुभएका अध्यक्ष ओली आज पाल्पाको रानी महल जान लाग्नुभएको हो ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार अहिले पाल्पाको तानसेनमा रहनुभएका अध्यक्ष ओलीले रानी महलको अवलोकनपछि बुटवल पाल्पा सडक खण्डको सिद्ध बाबाको प्रस्तावित सुरुङ मार्गको पनि निरीक्षण गर्नुहुनेछ । सधैँ पहिरोको चपेटमा पर्ने सडकको यो खण्डमा अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला सुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव गरिएको थियो ।

अध्यक्ष ओलीले आजै बुटवलस्थित लुम्बिनी टेलिभिजनको साधारण सभाको उद्घाटन गर्ने कार्यक्रम छ । यसैगरी बुटवलमा रुपन्देही जिल्ला स्तरीय कार्यकर्ता भेलालाई समेत सम्बोधन गरेर साँझ काठमाडौँ फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

यसैगरी चैतको २२ र २३ गते अध्यक्ष ओली रोल्पा र रुकुमका विभिन्न कार्यक्रममा सहभागी हुन जाने तयारी गर्नुभएको छ ।

पार्टीको हैसियत अनुसार तीनवटा मन्त्रालयमा दाबी गरेका हौँ : झलनाथ खनाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको हैसियत अनुसार तीनवटा मन्त्रालयमा दाबी गरेको बताएका छन् ।

मंगलबार काठमाडौँको बानेश्वरमा मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका खनालले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले सङ्घीय संसदमा नेकपा एकीकृत समाजवादीसँग १८ सिट रहेकाले पार्टीको हैसियत अनुसार नै मन्त्रालयको सिट माग गरिएको बताएका हुन ।

उनले १० दल सरकारमा जाने र मन्त्रालयको सिट २५ रहेकाले दलहरूको भूमिकाका आधारमा मन्त्रीमण्डल बाँडफाँट गर्नुपर्ने धारणा राखे । उनले सरकारको पाँच बर्षे नीति कार्यक्रमको योजना बनाएर मात्रै मन्त्रीमण्डल बाँडफाँट गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

त्यस्तै खनालले मिटरब्याज पीडितहरूको माग जायज रहेको भन्दै आन्दोलनमा समर्थन रहेको बताएका छन् । उनले मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने पनि बताए ।

कोशी नामकरणविरोधी आन्दोलनको क्रममा झडप हुँदा ६ प्रहरीसहित १४ जना घाइते

काठमाडाैँ – प्रदेशको नामकरणविरुद्ध विराटनगरमा मंगलबार भएको प्रदर्शनमा झडप हुँदा ६ जना प्रहरी घाइते भएका छन् । झडपमा परी नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरीका तीन गरी ६ जना प्रहरी घाइते भएका हुन् ।

प्रहरीका अनुसार प्रदर्शनकारीतर्फ पनि ८ जना घाइते भएका छन् । यद्यपि, आन्दोलनकारीतर्फ कति घाइते भए भन्ने यकिन विवरण भने आइनसकेको प्रहरीले जानकारी दिएको छ ।

कोशी प्रदेश नामकरणको खारेजीको माग गर्दै विराटनगरमा पहिचान पक्षधरहरूले आन्दोलन चर्काइरहेका छन् । सोही आन्दोलनका क्रममा मंगलबार सुरक्षाकर्मीसँग झडप भएको हो ।

आन्दोलनकारीले घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र तीन दर्जन अश्रुग्यास प्रहार गरेको थियो । केही समय अघिसम्म तनावग्रस्त बनेको विराटनगरको रोडशेष चौक क्षेत्र अहिले भने शान्त भएको छ ।

मुख्यमन्त्री हिक्मत र्कीको राजीनामा माग गर्दै भएको प्रदर्शनमा ढुङ्गामुढा भएपछि प्रहरीले हवाइ फायर गरेको छ ।

नेकपा एसका उपाध्यक्ष न्यौपानेले छाडे पार्टी

काठमाडाैँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणी जंगलीले पार्टी परित्याग गर्नुभएकाे छ । 

पार्टीले लिएको नीति र कार्यदिशाप्रति असहमति राख्दै नेताद्वयले दिएको राजीनामा मंगलबार बसेको सचिवालय बैठकले स्वीकृत गरेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जनाउनुभएकाे छ । 

उपाध्यक्ष न्यौपाने एमाले प्रवेश गर्ने तयारीमा रहेको स्रोतकाे दाबी छ ।  एक महिनाअघि देखि नै एमाले नेताहरुसँग नजिकिरहनुभएका उहाँकाे संवाद चलिरहेको थियो ।

उहाँ एमाले–माओवादी केन्द्र एकतापछि बनेको नेकपामा पोलिटब्युरो सदस्य हुनुहुन्थ्याे । एमालेमा २०४५ सालदेखि केन्द्रीय सदस्यको भूमिका निर्वाह गर्नुभएका न्यौपाने एमालेमा अन्तरविरोध चर्किएपछि बनेको एकीकृत समाजवादीमा उपाध्यक्ष बनेका थियाे । 

सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन

काठमाडौं – एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामावली पेस गर्न अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको छ । 

मंगलबार आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावली सचिवालयमा पेस गर्न अध्यक्ष नेतृत्वको तीन सदस्यीय कार्यदललाई निर्देशन दिएको हो । 

एकीकृत समाजवादीले कार्यदलले मन्त्रीको हुनेको नामसहितको प्रस्ताव पेस गरेपछि मात्र सरकारमा सहभागी हुने व्यक्ति टुंग्याउने भएको हो । 
साथै बर्दिबासबाट १२ दिन हिँडेर सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूको आन्दोलनप्रति बैठकले ऐक्यबद्धता जनाएको छ ।

बैठकले उनीहरुरुको माग तत्काल सम्बोधन गर्न र पीडकलाई कारबाही गर्न पनि माग गरेको छ । पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलीले पदबाट दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।

हामीले तीन मन्त्रालयको दाबी गरेका छौं : नेकपा एस

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले तीन मन्त्रालयको अडान कायमै राखेको छ ।

मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुने विषयमा पार्टीको कार्यदलले छलफल गरिरहेको बताएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीले जति चाँडो नाम माग्नुहुन्छ । हामी तत्काल बैठक बसेर मन्त्रीको नाम दिन्छौं । सीटको बाँडफाँट ढिला भएको कारणले हामीले मन्त्रीको नाम दिन पाएका छैंनौं । मन्त्रालयको टुंगो गरेपश्चात हामी तत्काल मन्त्रीको नाम टुंग्याउँछौं । कार्यदलले आफ्नो रिपोर्ट पेश गर्ने काम जारी छ। हामीले तीन मन्त्रालयको दाबी गरेका छौं ।’

आज बिहान बालुवाटारमा भएको प्रधानमन्त्रीसँगको भेटमा पनि तीन मन्त्रालयबाट घट्न नसक्ने जानकारी दिएको खतिवडाले बताए ।

आज बेलुका बस्ने गठबन्धनको बैठकले भागबन्डा टुंग्याउनसक्ने उनले सुनाए ।

विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप

विराटनगर – कोशी नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच विराटनगरमा झडप भएको छ।

पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन् ।

प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।

सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद गतिहीन हुन्छ : सचेतक बर्तौला

काठमाडाैं – नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावली मार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसदको प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताउनुभएको छ ।

मंगलबार बिहान संचारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सचेतक बर्तौलाले प्रतिनिधि सभाका सभामुख सभाको नेता भएको भन्दै उहाँलाई सिंगो संसदले विश्वास गर्नुपर्ने बताउनुभएकाे हाे । उहाँले प्रतिनिधि सभा नियमावलीमा सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराउनु उहाँहरुको सार्वभौम अधिकारको कुरा भएपनि सबैले सभामुखप्रति विश्वास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सभामुख सभाको रेफ्रि भएको भन्दै रेफ्रिले कति बेला सिठी बजाउने भन्ने कुरा कतै भएको निर्णयबाट निर्देशित भएर गर्न नहुने बताउनुभयो । उहाँले सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभा सञ्चालन गर्ने व्यवस्था भएमा संसदको प्रभावकारीतामा गतिरोध उत्पन्न हुने बताउनुभयो । उहाँले त्यसो भएमा संसदीय मूल्य, मान्यता र गरिमा नरहने बताउनुभयो ।

सचेतक बर्तौलाले सभामुखले तटस्थ भुमिका निर्वाह गर्न नसकेमा त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको उल्लेख गर्नुभयो । नियमावली बनाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षको छायाँ पार्नु नहुने उहाँले बताउनुभयो । कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभामुख अगाडी बढ्दा संसद गतिहीन हुन सक्ने र अवरोधहरुको जञ्जालमा पर्न सक्ने उहाँले बताउनुभयो ।

संसदमा नियमावली निर्माणको सन्दर्भमा विभाजित हुनु हुँदैन भन्ने निस्कर्ष राजनीतिक दलहरुको रहेको पनि सचेतक बर्तौलाले उल्लेख गर्नुभयो ।

शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरीले नेपालले सुरक्षा चुनौतीको सामना गर्नुपर्‍यो : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुरक्षा चुनौती बढेको स्वीकारेका छन् । मंगलबार राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको भू–राजनीतिक अवस्थिति र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीका कारण देशले सुरक्षा चुनौतीको सामना गर्नुपरेको बताए । 

‘वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको छ । देशको भू–राजनैतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिष्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रुपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिहरु लगायतका चुनौतीहरु आज हामीले एकसाथ सामना गर्नुपरिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । 

उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ :

नेपाली सेनाका प्रधानसेनापति,
विभिन्न मन्त्रालयका सचिवज्यूहरु
सुरक्षा निकायका प्रमुखहरु,
रथीवृन्दहरु,
तालिममा सहभागी नेपाल सरकार तथा अन्य निकायका वरिष्ठ अधिकृत वर्ग,
 उपस्थित आदरणीय महानुभावहरु
हार्दिक अभिवादन ।


१.      नेपालका विभिन्न सरकारी तथा गैरसरकारी निकायका वरिष्ठ अधिकारीहरु सम्मिलित राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा केन्द्रित सि.सं.८ राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहको शुभ अवसरमा आफ्नो समापन मन्तव्य राख्न पाउँदा मलाई ज्यादै खुशी लागेको छ ।


२.  सर्वप्रथम म यस महत्वपूर्ण तालिम सफलतापूर्वक सम्पन्न गर्नुहुने सम्पूर्ण सहभागीहरुलाई हार्दिक बधाइ ज्ञापन यहाँहरुको व्यवसायिक जीवनमा निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछु।

उपस्थित महानुभावहरु

३. नेपालको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील रहेको छ। विश्व परिवेशमा भइरहेका घटनाहरुको कारण राष्ट्रिय सुरक्षाको मामिलामा भएको क्रमिक विकास र परिवर्तन, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा उदीयमान शक्ति राष्ट्रहरु, सूचना एवं प्रविधिको तीव्रतर र बहुआयमिक विकासको साथै राष्ट्रिय रुपमा राजनैतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनहरुले हरेक राष्ट्रको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यो तथ्य नेपालजस्ता मुलूकहरुका लागि झन् बढी महत्वपूर्ण हुने गर्दछ।

४. प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्य–मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रयासरत रहने गर्दछ । राष्ट्रिय सुरक्षा भनेकै राजनीतिक, सामाजिक, आर्थिक एवं भौगोलिक लगायत अन्य सबै पक्षको समग्र सुरक्षा हो । यसको आयाम सैनिक शक्तिलाई मात्र आधार बनाई बुझ्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको परिपेक्ष्यमा यसले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवं मानवीय पक्ष लगायतलाई पनि सम्वोधन गर्नु उत्तिकै आवश्यक पर्दछ। त्यसका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकसित तुल्याउनुपर्दछ ।

५. नेपालको संविधानले निर्देशित गरेको नेपालको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण राख्दै बहुजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायमा पारस्परिक सद्भाव सहिष्णुता र ऐक्यवद्धता कायम गर्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई  विकास गर्नुपर्ने आवश्यकता छ । सोही अनुसार ’राष्ट्रिय सुरक्षा नीति–२०७३’ लाई परिवर्तित समयको मागअनुसार समसामयिक परिमार्जन गरी ’राष्ट्रिय सुरक्षा नीति–२०७५’ कार्यान्वयनमा ल्याइसकिएको छ। यसबाट नेपालका सबै सुरक्षा निकायलाई सवल, सक्षम, सुदृढ, व्यवसायिक बनाउन तथा आन्तरिक एवं बाह्य सुरक्षा चुनौतीको समयमा नै पहिचान, विश्लेषण गरी  प्रतिरक्षा नीति, आन्तरिक सुरक्षा तथा सार्वजनिक सूचना नीति, परराष्ट्र नीति तथा अर्थ नीति तर्जुमा गरी राष्ट्रिय सुरक्षा सुदृढ बनाउन टेवा पुग्नेछ।

उपस्थित महानुभावहरु

६. वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको छ । देशको भू–राजनैतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिष्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रुपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिहरु लगायतका चुनौतीहरु आज हामीले एकसाथ सामना गर्नुपरिरहेको छ । 

यसको प्रतिवाद एवं समाधानका लागि राष्ट्रिय शक्तिका मुख्य तत्वहरुः राजनीतिक, अर्थतन्त्र, कुटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउँदै समन्वय र सहकार्यको माध्यमबाट उचित ढंगबाट राष्ट्रिय हितमा प्रयोग गरी त्यस्ता चुनौतीहरुको डटेर सामना गर्न हामी सक्षम छौं भन्ने मैले विश्वास लिएको छु। यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने पनि म विश्वास दिलाउँछु ।

७. तसर्थ, परिवर्तित परिस्थितिमा राष्ट्रिय सुरक्षा नीतिको सही मूल्याङ्कन, अध्ययन र विश्लेषण गर्नु अत्यन्तै जरुरी हुन्छ । हाम्रो प्राथमिकता र विश्लेषण सुरक्षा खतराको बहु–आयामिक पक्षहरु र त्यसको समाधानको कुशलतामा केन्द्रित हुनुपर्दछ। त्यसैले तपाईहरुलाई परम्परागत एवं विकसित सुरक्षा खतराका नयाँ आयामहरुको थप गहिरो अध्ययन र विश्लेषण गरी आवश्यक पहलकदमीका लागि पनि म विशेष अनुरोध गर्दछु ।

८. तालिमको समयमा तपाईहरुमाँझ आफ्नो कार्यक्षेत्रमा प्राप्त ज्ञान र अनुभवको साटासाट, राष्ट्रिय सुरक्षाका बहु–आयामिक पक्षसँग सम्बन्धित् प्राज्ञहरुबाट ज्ञान प्राप्ति लगायत तपाईहरुको गहन छलफल भएको कुरामा म विश्वस्त छु । यसबाट राष्ट्रिय सुरक्षा सम्बन्धि ज्ञानको दायरा थप फराकिलो भएको र राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर बृहत्तर राष्ट्रिय हितको लागि सम्बन्धित विभिन्न सरकारी निकायहरु तथा गैरसरकारी निकायहरुबिच के–कसरी समन्वयकारी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा समेत यथेष्ट जानकारी भएको विश्वास मैले लिएको छु। यो तपाईहरुको व्यक्तिगत एवं व्यवसायिक जीवनका लागिसमेत ठूलो पुँजी हो ।

९.अन्त्यमा, तालिममा सरिक सम्पूर्ण सहभागीहरुलाई नेपाल सरकारको तर्फबाट हार्दिक बधाइका साथ सफल कार्यकालको शुभकामना व्यक्त गर्दै राष्ट्रिय सुरक्षाजस्तो अति महत्वपूर्ण विषयमा उच्चस्तरको तालिम सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने रक्षा मन्त्रालय, नेपाली सेना एवं सैनिक कमाण्ड तथा स्टाफ कलेज लगायत सबैलाई हार्दिक धन्यवाद दिँदै सि.सं.८ राष्ट्रिय सुरक्षा तालिम समापन भएको घोषणा गर्दछु।
 

जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल

धनगढी – नेकपा एमालेका नेता भीमबहादुर रावलले जनताको चाहनाअनुसार आगामी कदम चाल्ने बताएका छन् ।

मंगलबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेता रावलले पार्टीकाट किनारा लागाएको अवस्थामा जनताको चाहनाअनुसार अघि बढ्ने बताउँदै जनताले नयाँ पार्टी खोल्न सुझाव दिए त्यसैअनुसार अघि बढ्न सकिने बताए । 

‘मैले देशको हितमा काम गर्दै आएको छु, पार्टीको गतिविधि विपरित काम पनि गरेको छैन,’ रावलले भने, ‘तर कसै अमुख व्यक्तिका कारण मलाई किनारा लगाउन खोजिदैछ, अहिले पनि सहेर बसेको छु तर अव यस्तै भए विकल्प सोच्न बाध्य हुने छु ।’

उनले एमालेमा सुदूरपश्चिमका नागरिकलाई नेतृत्वमा आएको देख्न नसक्नेहरुले आफुलाई किनारा लगाएको आरोप लगाए । ‘एमाले अध्यक्ष केपी ओलीसँग ८औं महाधिवेशनमा झलनाथ खनालले प्रतिष्पर्धा गरेर जितेका थिए, ९औं महाधिवेसनमा माधव नेपालले प्रतिष्पर्धा गरे केही भएन,’ रावलले भने, ‘तर सुदूरपश्चिमबाट मैले प्रतिष्पर्धा गर्दा त्यो सुहाएन रे, पार्टीको विधानमै सुदूरपश्चिमबाट प्रतिष्पर्धा गर्न नपाइने लेखिदिए हुन्छ अब ।’

मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने

काठमाडौं – मिटरब्याज पीडितहरूसँग छलफल गर्न सरकारले वार्ता समिति गठन गरेको छ। 

समितिले पीडितहरूसँग वार्ता गरेपछि आवश्यक निर्णयका लागि आज दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ । 

सरकारले पीडितहरुका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसदमा विधेयक दर्ता गर्ने तयारीसमेत गरेको छ। उक्त विधेयकबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकले सदनमा प्रस्तुत गर्नेबारे निर्णय गर्नेछ। 

बैठकअघि पीडितहरूसँग छलफल गर्न गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ। वार्ता टोलीका अन्य सदस्यमा उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगा बहादुर दंगाल रहेका छन्। 

वार्ता टोलीले मिटरब्याज पीडितहरूसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सोबारेमा प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यादेश दिइएको छ।  

पीडितहरू काठमाडौं आएलगत्तै प्रधानमन्त्री प्रचण्डले गृहसचिव र सचिवालयका पदाधिकारीलाई पीडितरूसँग छलफल गर्न र समस्या हल गर्ने वातावरण बनाउन निर्देशन दिएका थिए। 

पीडितहरूसँग वार्ता टोलीले छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले आज नै पीडितहरूसँग भेट गर्ने र थप छलफल गर्ने कार्यक्रमसमेत रहेको छ।

ज्ञानेन्द्र शाही राजवादी र सामान्तवादी भन्दै मिटरब्याजी पीडितले लगाए नारा

काठमाडौं – मिटरब्याज पीडितहरुले राप्रपा नेता एवम् सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् । 

मिटरब्याज पीडितहरुकाे न्यायकाे लागि ऐक्यबद्धता जनाउन माइतीघर मण्डलामा पुग्नुभएका शाहीमाथि मिटर ब्याज पीडितहरुले नाराबाजी गरेका हुन् । 

ज्ञानेन्द्र शाही राजवादी र सामान्तवादी रहेको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

आफूहरुको नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए ।

बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेका फेरि धर्नामा बसेका छन् । उनीहरु पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दै माइतीघरमा पुग्नुभएकाे थियाे । 

मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न सकिँदैन : गृह मन्त्रालय

काठमाडाैँ – सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने बताएकाे छ ।  धेरै कानुनहरू संशोधन गर्नुपर्ने भएकाले तत्काल समस्या समाधान गर्न नसकिने स्पष्ट पारेको हाे ।

आज मिटरब्याज पीडितहरूसँग समस्या समाधानको पहल गर्न सरकारको तर्फबाट प्रदर्शनस्थलमा पुग्नुभएका गृहमन्त्रालयका सहसचिवसहितको टोलीले मिटरब्याजी पीडितहरूको समस्या वर्तमान कानुनले सम्बोधन नहुने र ऐनका लागि मन्त्रालयले पहल गरिरहेको बतायाे । 

सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्रालयका सहसचिव केदारनाथ शर्माले पीडितहरूले छलफलका क्रममा प्रधानमन्त्रीसँग भेट्ने र केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सक्रियता कम रहेको गुनासो गरेको भन्दै पीडितका माग सम्बोधनका लागि आफूले समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

उहाँले मिटरब्याज पीडितको समस्या लामो समयदेखिको समस्या भएकाले पीडितहरूले भनेजसरी क्षणमरमै समाधान हुन नसक्ने पनि बताउनुभयाे ।

नेकपा एस तीन मन्त्रालयबाट नघट्ने, प्रधानमन्त्री प्रचण्डले दुई मन्त्रालयमात्रै दिने

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालयबाट घट्न नसक्ने बताएको छ ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालाले यस्तो प्रस्ताव राखेका हुन् ।

सरकारलाई पूर्णता दिने अन्तिम तयारी गरी रहेका प्रधानमन्त्री प्रचण्ड सामु नेकपा एसले गठबन्धनमा रहेको कांग्रेसले राष्ट्रपति, माओवादी प्रधानमन्त्री र जसपाले उपराष्ट्रपति पाइसकेकाले अब आफूहरूको रोज्ने पालो भएको बताएका हुन्।

उनीहरूले प्रचण्डसँग आफूहरूले गृहमन्त्रालयको अडान राखेको स्रोतले बतायो । उनीहरुले गृह नभए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चित्त बुझाउन तयार भएपनि तीन मन्त्रालयबाट घट्न नसक्ने स्पष्ट सन्देश दिएर फर्किएका छन् ।

प्रचण्डले नेकपा एसको भागमा दुई मन्त्रालयमात्रै प्रस्ताव गरेका छन् । यस्तै, प्रदेशसम्म प्याकेजमै भागबन्डा हुँदा कुनै एक प्रदेश सरकारको नेतृत्व र सबै प्रदेशमा सहभागिता रहनुपर्ने प्रस्ताव संयुक्त रुपमा राखेका छन् ।

एसले तीन मन्त्रालय लिएर पार्टी उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री पठाउने तयारी गरेको छ । प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिने आज ४ बजे गठबन्धनको बैठक बोलाएका छन् । तर, गृहमन्त्रालय माओवादी आफैले राख्ने प्रधानमन्त्रीको तयारी छ ।

एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल

कैलाली – एमाले नेता भीम रावलले आफू एमालेमै रहिरहन अन्तिम विन्दुसम्म प्रयास गर्ने बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गरेर उनले आफूलाई एमालेमा बस्न नदिने प्रयास भइरहेको बताए । यदी एमालेमै बस्न नदिनेगरी घचेटिरहे आफूले पनि नयाँ कदम चाल्ने नेता रावलको भनाइ छ  । 

 राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको भन्दै उनले तर, यही प्रक्रिया चलिरहे कार्यकर्ता र जनताको सल्लाहमा नयाँ पाइला चाल्ने बताए ।

मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्ने रविको प्रतिबद्धता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार बिहानै टंगालमा मिटरब्याज पीडितहरुको धर्ना कार्यक्रममा सहभागी भएका लामिछानेले उनीहरुको समस्या समाधानको पहल गर्ने बताएका हुन् ।

उनले भने, ‘म यहाँ धर्नामा ऐक्यबद्धता जनाउन आएको होइन, समस्या समाधानको पहल गर्ने बाचा गर्न आएको हुँ, लामिछानेले भने आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता हुँदैछ । त्यहाँ मेरा कुरा राख्नुभन्दा पहिला तपाईहरुको समस्याका बारेमा जानकारी गराउँछु ।’

लामिछानेले मिटर ब्याज पीडितको समस्या कानुनी उपचारबाट सम्भव नरहेको पनि बताए । साहुहरूले अनेक किसिमका झुटा कागजपत्र तयार गरेकोले पीडितले अदालतबाट न्याय पाउन नसक्ने उनको भनाइ थियो ।

मिटरब्याजीको आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो : मेयर शाह

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले खुलामञ्च निषेधित क्षेत्र होइन र नहुने बताएका छन् ।


मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मिटरब्याज पीडितहरूलाई खुलामञ्च प्रवेश नदिइएको बारे प्रष्टीकरण दिएका छन् । उनले माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद भएको बताए ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्,

खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन । तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद छन् ।
पहिलो, यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो । शिविर बनाएर महिनौँ वा बर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केहि घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो । यसो नगरि सम्पुर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ ।
दोस्रो, पिडितहरुले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ । यो अवस्थामा संघीय सरकारले अतिशिघ्र चासो दिनु पर्ने हो । यसै पनि न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रीपरिषदले दिनु पर्ने हो । पिडितहरुलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनु पर्ने हो ।
तर यी कुनै नभइरहेको अवस्थामा काठमाडौँ महानगरले उहाँहरुको सुरक्षीत बसाइका लागि अन्यत्र सुरक्षीत स्थानमा बसोबासको विकल्प दिइएको हो । तर उहाँहरुले खुलामञ्च भन्दा अन्य विकल्पहरु मान्न तयार हुनु भएन । खुलामञ्चको बिषयमा अनावश्यक उर्जा खर्चिन भन्दा समस्या समाधानको लागि दबाब दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिए पछि उहाँहरु बालुवाटारतिर लाग्नु भएको छ ।
हामी अझै पनि भन्छौँ, स्थानीय समस्याहरु स्थानीय सरकारबाट समाधान हुनु पर्छ । नभएर माथिल्लो सरकारमा आइपुगे पछि हदैसम्म शिघ्रता देखाएर समाधान हुनु पर्छ । रह्यो कुरा खुलामञ्चको, त्यो मञ्च आवाज बोल्न सबैका लागि सँधै खुला थियो, छ र रहनेछ ।
र यस आन्दोलनमा हाम्रो एक्यवद्धता रहनेछ ।

नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिन्छ : सभामुख घिमिरे

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने बताएका छन् ।

सोमबार काठमाडौँमा नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दृष्टिविहीनता न्यूनीकरणमा नेपालको उपचार विश्वस्तरकै रहेको भन्दै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने बताएका हुन् ।

उनले नेपालमा हुने आँखाको उपचारको ९० प्रतिशत उपचार नेत्रज्योति सङ्घका विभिन्न संस्थामार्फत हुने गरे पनि यो विषयको प्रचारप्रसार र विकास हुन नसकेको धारणा राखे । सभामुख घिमिरेले आँखाका समस्याका साथै दृष्टिविहीनता घटाउन सङ्घको भूमिका प्रभावकारी रहेको बताए ।

नेत्रज्योति सङ्घले २७ आँखा अस्पताल, एक सय ५० भन्दाबढी आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखामार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

कांग्रेस इतिहासको कुनै कालखण्डमा पनि इमानदार हुन सकेन : अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले बेइमानी गर्छ भन्ने कुरा सानै छदादेखि थाहा पाएको बताउनुभएकाे छ ।  

आज (सोमबार) गुल्मीको तम्घासमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेस इतिहासको कुनै कालखण्डमा पनि इमानदार हुन नसकेको बताउनुभयाे । 

उहाँले आफूहरुले गरेको कामबाट आतंकित भएर विरोधीहरुले अनेक जालझेल गरी सरकारबाट हटाएको बताउनुभयाे ।

‘अनेक जालझेल गरेर हामीलाई सरकारबाट हटाइयो । नराम्रो काम गरेर होइन । काम गर्न नसकेर पनि होइन । सक्षम ढंगले राम्रो काम गरे वापत विरोधीहरु आतङ्कित भएर हामीलाई जालझेल गरेर सरकारबाट हटाए,’– अध्यक्ष ओलीले भन्नुभयाे ।

साथै, अहिलेको संविधान एमालेको पहलमा बनेको उहाँको बताउनुभयाे । संविधान जारी गर्नमा एमालेको महत्वपूर्ण योगदान रहेको सम्झना गर्नुभयाे ।

संविधान निर्माण पछि एमालेको नेतृत्वको सरकार बन्ने भनेर कांग्रेससँग सहमति भएपनि कांग्रेस इमानदार नभएको उहाँको बताउनुभयाे । 

सरकार आर्थिक रूपमा निकै कमजोर हुँदै गएको छ : विष्णु पौडल

अछाम – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले सत्ता गठबन्धनको सरकार ढलाउने र बनाउने पक्षमा नरहेको बताउनु भएको छ।

प्रेस चौतारी नेपालद्वारा आज साँफेबगरमा आयोजित पत्रकार सम्मेलनमा अहिले सरकार भत्काउने पक्षमा नरहेको बताउनु भयो।

मिसन ग्रासरूट अभियानमा पार्टी केन्द्रित भएको भन्दै सरकारतिर ध्यान नदिएको उहाँले भनाइ राख्नुभयो। उहाँले भन्नुभयो, ‘हामीले चाह्यो भने एक हप्ताभित्र सरकार ढालिदिन्छौं, तर अहिले त्यतातिर लागेका छैनौं।’

उपाध्यक्ष पौडेलले ग्रासरूट अभियानबाट आगामी निर्वाचनमा तीनै तहका निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने भनाइ राख्नुभयो।

पूर्वउप्रधान तथा अर्थमन्त्री रहनुभएका पौडेलले वर्तमान सरकार आएदेखि सरकार आर्थिक रूपमा निकै कमजोर हुँदै गएको भनाइ राख्नुभयो । वर्तमान सरकार जनसवाल भन्दा पद केन्द्रीकृत रहेको पौडेलका दावी छ।

प्रतिपक्षमा बसेर एमालेले सरकारका गलत काममा कडा खालको भूमिका खेल्ने भनाइ छ । एमाले र एकीकृत समाजवादीबीचको एकताको विषयमा पत्रकारको प्रश्नमा एमाले कुनै दलसँग एकता नभएर त्यस पार्टीबाट सदस्य भित्र्याउने क्रममा रहेको बताउनुभयो ।

एमाले अछामका अगुवा कार्यकर्तालाई मिसन ग्रासरूट अभियानका बारेमा प्रशिक्षण गर्न अछाम पुग्नुभएका पौडेलसँगै एमालेकै केन्द्र सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य कर्णबहादुर थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायत हुनुहुन्छ । पौडेल ग्रासरूट अभियानका क्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पुग्ने योजना रहेको छ ।  

ग्लोबल आइएमई लघुवित्तकाे ८ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा

काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश खातामा पठाइदिएको छ ।

कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । उक्त नगद नपाएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न बैंकले निर्देशन दिएको छ ।

खाता अपडेट गरेपछि सम्पुर्ण सेयसधनीहरुले लाभांश पाउनेछन् । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ । कम्पनीको फागुन २४ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रीबारे प्रधानमन्त्रीले गर्ने निर्णय आफ्ना लागि मान्य हुने बताएका छन् । 

श्रेष्ठ गृहमन्त्री बन्न लागेको चर्चाका बीच उनले सो अभिव्यक्ति दिएका हुन् । सोमबार मन्त्रालयमा कार्य प्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले गृहमन्त्रीबारे प्रधानमन्त्री र पार्टी (माओवादी केन्द्र)ले गर्ने निर्णयअनुसार नै आफू अघि बढ्ने बताएका हुन् । 

तपाईं गृहमन्त्री बन्न लाग्नु भएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा उनले यसबारे आफूले नभएर प्रधानमन्त्री र पार्टीले निर्णय गर्ने बताए । साथै प्रधानमन्त्री र पार्टीको निर्णय आफूलाई मान्य हुने र हालसम्म यसबारे कुनै निर्णय नै नभएको उनको भनाइ छ । 


केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने उनले जानकारी दिए ।

इम्बोस्ड प्लेट नेपालीमा राख्ने कार्ययोजना अघि बढिसक्यो : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले इम्बोष्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाएको बतााएका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा (देवनागरी लिपी)मै लेख्न सम्बन्धित एजेन्सी (ठेकेदार)सँग छलफलमा रहेको बताए ।

उनले भने, ‘सवारी साधनहरुमा राखिने इम्बोष्ड नम्बर सरकारी तहमा पनि, नेपाली समाजमा पनि धेरै पटक नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुने गरेकै हो । प्रारम्भमा त्यसबारेमा प्रक्रिया अघि बढेको पनि हो । अहिले अंग्रेजीमा छ । तर हाम्रो मन्त्रालयले अहिले प्रधानमन्त्री समेतको परामर्श र निर्देशनमा इम्बोष्ट नम्बर प्लेटलाई नेपालीमा पनि राख्ने कार्य योजना अगाडि बढाएको छ । त्यसका लागि सम्बन्धित एजेन्सीसँग पनि हामी छलफलको प्रक्रियामा छौं । त्यो प्रक्रिया अघि बढाउने कार्ययोजना बनाएर हामी त्यसलाई तीव्रता प्रदान गर्न गईरहेका छौं ।’

प्रधानमन्त्रीसँग पनि यसबारे छलफल भएको उनले बताए । सो कामलाई अघि बढाउन सम्बन्धित एजेन्सीसँग छलफल गरिएको र अव सरकारले यो कामलाई तीव्रता दिने पनि उनले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् ।

सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का कारागार चलान भएका हुन् ।

७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । मूल्यवृद्धि खारेज गर्, नालयक सरकार होसियार,युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन,७७ जिल्लाका युवा एक हौं,प्रचण्ड सरकार मुर्दावादलगायतका नारा लगाएका थिए । 

त्यस क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ गरेर गाडीमा राख्ने क्रममा प्रहरीले उनीहरुको मुख थुनेको भिडियो सार्वजनिक भएको थियो, जसको सार्वजनिक रुपमा आलोचना भएको थियो ।

लागुऔषधसहित २ जना पक्राउ

काठमाडाैं – झापा र पर्साबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । 

झापाकाे बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्रामसहित ईलाम चुलाचुली गाउँपालिका-४ बस्ने २७ वर्षीय सुरेश लिम्बुलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

पर्साकाे कालिकामाई गाउँपालिका-१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेश प्रसाद कुर्मीलाई अवैध लागुऔषध चरेश जस्तो देखिने बस्तु करिब १० केजीसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला पेशी स्थगित

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज तोकिएको पेशी स्थगित भएको छ । जिल्ला अदालत काठमाडौँमा आज लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षका वकिलको निवेदनमा स्थगित गरिएको हो ।

बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो । यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो ।

प्रहरीमा रिक्त ४ एआईजीमा बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरीमा रिक्त चार अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएको छ।

बढुवा सिफारिसको सोमबार बसेको बैठकले  सुदीप गिरी,  मीरा चौधरी, सन्दीप भण्डारी र टेकप्रसाद तामाङलाई बढुवा सिफारिस गरेको छ।

यसअघि गत असार १४ गते डीआईजीमा बढुवा हुँदाको वरियता अनुसार नै एआईजी बढुवा गरिएको हो। असारमा १७ जना एकसाथ डीआईजीमा बढुवा भएका थिए।

भोलि बेलुकी ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने शीर्ष नेताबीच सहमति

काठमाडौं – मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए ।

छलफलमा तीन शीर्ष नेताबीच भोलि बेलुकी ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले बतायो ।

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच बालुवाटार छलफल सुरू

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटार छलफल सुरू भएको छ ।

सोमबार प्रधानमन्त्रीसँग भेट्न कांग्रेस सभापति देउवा आधा घण्टाअघि बालुवाटार गएका हुन् । भेटमा मन्त्रीपरिषद विस्तारका विषयमा छलफल गर्ने स्रोतले बताएको छ ।

स्रोतका अनुसार आजै मन्त्रिपरिषद विस्तारका लागि सहमति जुटाएर भोलि शपथ ग्रहण हुनसक्ने बताए ।

प्रधानमन्त्री प्रचण्डलाई कमल थापाकाे आग्रह : ‘मिटरब्याजी’ पीडितहरूलाई सरकार भएको प्रत्याभूति दिनुस् 

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मिटरब्याजी पीडितहरूलाई सरकार भएको प्रत्याभूति दिन प्रधानमन्त्री सँग अनुरोध गरेका छन् ।

सोमवार बिहान सामाजिक सञ्जालमा एक पोष्ठ गर्दै उनले मिटरब्याजी समस्यालाई सधैँको लागि समाप्त गर्न सरकारसँग आग्रह गरे ।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘मिटरब्याज नेपाली समाजमा रहेको शोषण र विकृति हो । यो समस्यालाई सधैँको लागि समाप्त पार्नुपर्छ । ‘मिटरब्याजी’ पीडितहरूको समस्याको स्थायी समाधान गरी देशमा सरकार छ भन्ने प्रत्याभूति दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अनुरोध गर्दछु ।’

Казино Вавада рабочее зеркало для свободного доступа



Казино Вавада рабочее зеркало для свободного доступа теперь здесь


Казино Вавада рабочее зеркало для свободного доступа

Секрет к качественному времяпрепровождению раскрыт: доступ к искренним азартным играм стал проще. Оцените неограниченное количество возможностей с помощью альтернативного входа. Выигрывайте, наслаждайтесь уникальными предложениями и выбирайте из разнообразия любимых слотов и настольных игр.

Сайт имеет отличную навигацию! Разработан для удобного использования на всех устройствах. Вы также найдете щедрые акции и быструю регистрацию, что обеспечивает плавный старт. Особое внимание уделено безопасности и конфиденциальности ваших данных.

Присоединяйтесь к энтузиастам азартных игр и открывайте новые горизонты для выигрышей, просто сделав выбор! Позвольте себе развлечение без лишних сложностей.

Как использовать рабочее зеркало Вавада для обхода блокировок

Загляните в настройки браузера и выберите режим “Инкогнито”. Это поможет скрыть вашу активность и обойти некоторые ограничения. В этом режиме нет истории, что обеспечивает дополнительную безопасность.

Поддерживайте актуальную версию браузера. Устаревшие версии могут не работать с некоторыми ресурсами или иметь недостатки в безопасности. Проверьте обновления и установите их, если они доступны.

Попробуйте использовать альтернативные браузеры, такие как Firefox или Opera. Каждый из них имеет свои особенности и преимущества, которые могут помочь с доступом к заблокированным доменам.

Используйте VPN-сервисы. Эти приложения зашифровывают соединение и скрывают ваш IP-адрес, предоставляя возможность подключаться к ресурсам, которые могут быть недоступны в вашем регионе.

Для быстрого доступа создайте закладку на странице альтернативного домена. Это значительно ускорит процесс, и вам не придется каждый раз вводить адрес сайта.

Если возникают проблемы с загрузкой страницы, попробуйте очистить кэш браузера. Эта процедура помогает устранить накопленные данные, которые могут мешать корректному отображению ресурсов.

Подписывайтесь на обновления в социальных сетях, чтобы быть в курсе изменений и новых доступных ссылок. Это поможет вам оперативно находить актуальные варианты для входа на нужные страницы.

Преимущества доступа к казино Вавада через зеркало

Становясь пользователем альтернативного портала, вы получаете возможность обойти блокировки. Это особенно актуально для азартных игр, ведь доступ к сайтам может быть ограничен в разных регионах.

Скорость работы ресурсов на таких платформах может быть значительно выше. Благодаря оптимизированным серверам, пользователи замечают уменьшение времени загрузки страниц и плавность работы интерфейса.

  • Поддержка различных устройств. Возможность играть на смартфонах и планшетах без потери функционала.
  • Регулярные обновления, предлагающие новые акции и бонусы для пользователей.
  • Высокий уровень безопасности и защиты персональных данных клиентуры.

Удобство в игре – важный аспект. Личный кабинет всегда остается под рукой, а процесс регистрации упрощен до минимума. Это позволяет быстро приступить к развлечениям.

Часто альтернативные площадки имеют улучшенное оформление и интуитивно понятный интерфейс. Персонажи, фон и анимация создают большее погружение в атмосферу.

  1. Бонусы на пополнение счета.
  2. Фриспины на новые автоматы.
  3. Программы лояльности для постоянных клиентов.

Антифрод-системы обеспечивают долгосрочную работу платформы, защищая ресурсы от недобросовестных игроков. Пользователи могут быть уверены в легальности своих действий.

Таким образом, доступ к азартным развлекательным ящикам через альтернативные адреса предлагает множество преимуществ. Для большего удобства, советуем ознакомиться с предложениями, представленными на вавада казино онлайн.

Сравнение рабочего зеркала Вавада с другими методами обхода ограничений

Обход блокировок с помощью альтернативных адресов предлагает значительные преимущества. Эти платформы предоставляют пользователям стабильный доступ к услуге без необходимости дополнительных настроек или программного обеспечения.

VPN-сервисы часто требуют установки приложения. Защитные решения подразумевают использование внешнего ПО, которое может быть нежелательным для менее опытных пользователей. К тому же, качество соединения может варьироваться. В отличие от описываемого способа, такие инструменты могут замедлять интернет.

Прокси-серверы обеспечивают анонимность, однако их функционал иногда ограничен. Часто они не поддерживают все протоколы, используемые в популярных приложениях. Это может привести к сбоям в работе при попытке подключения, что малопривлекательно для пользователей.

Использование Tor-сети предлагает высокий уровень конфиденциальности. Тем не менее, скорость доступа может значительно падать, что неудобно при посещении ресурсов с тяжелым контентом. Сравнивая с альтернативами, данный подход не всегда подходит для азартных развлечений.

На практике, рекомендуем выбирать проверенные пути организации доступа. Такие адреса демонстрируют устойчивую работу и минимальные временные затраты. Это особенно важно для пользователей, которые ценят комфорт и скорость.

Следует учитывать и возможность использования приложений, которые помогают в обходе блокировок. Однако такие решения могут требовать постоянных обновлений, что приводит к необходимости следить за актуальностью приложения. И это в свою очередь приводит к дополнительным затратам времени.

Пользователям стоит принимать во внимание наличие поддержки со стороны платформы. Ответственная команда обеспечит обновления и стабильную работу, что вызывает больше доверия и снижает риск пробелов в доступе.

Сравнение показывает, что оптимальным выбором остается доступ через альтернативные адреса. Доступный и надежный способ сочетает в себе преимущества простоты и стабильности, что особенно важно для пользователей, ценящих время и качество услуг.


एकैदिन १६ जनामा कोरोना संक्रमण

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९२१ नमुना परीक्षणमा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

२७९ पीसीआर परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

साथै पछिल्लो २४ घण्टामा दुई जना कोरोनाभाइरस संक्रमणमुक्त हुँदा १५ हजार ५५९ जना कोरोनाभाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ४२ रहेको छ । 
 

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ लाई विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट पारित

काठमाडौँ – राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई राष्ट्रियसभाले पारित गरेको छ ।

आइतबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा राष्ट्रियसभा सांसद डा. बेदुराम भुसालले उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । त्यसअघि विधेयकमाथिको छलफलका क्रममा राष्ट्रियसभा सदस्यहरूले मुलुकका लागि योगदान दिएका व्यक्तिहरूलाई सेवा सुविधाका साथै मर्यादा कायम गर्नका लागि कानुन अपरिहार्य भएको धारणा राखेका थिए । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै भुसालले विधिको शासन व्यवस्थालाई कायम राख्न कार्यपालिकाले पनि विधिमा बाँधिएर कार्यसम्पादन गर्नका लागि ऐन नै बनाएर व्यवस्थापन गर्न खोजिएको बताउनुभयो । यसलाई परिमार्जन र समृद्धि बनाउनका लागि संशोधन र छलफल आवश्यक रहेको उहाँको भनाइ छ ।

त्यसअघि आइतबार नै बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए भने बैठकको सुरुमै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको निर्धारित समयमा नेपाल सरकारका मन्त्रीहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिनुभयो । राष्ट्रियसभाको अर्को बैठक चैत १६ गते बिहीबार बोलाइएको छ ।

प्रचण्डको मति सप्रिन्छ कि भनेर मौका दिन खोजेको थिएँ : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डप्रति संकेत गर्दै मति बिग्रेको मति सप्रिन्छ कि भनेर मौका दिएको बताउनुभएकाे छ । आइतबार मिसन ग्रासरुट अभियानअन्तर्गत अर्घाखाँचीको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रचण्डतर्फ संकेत गर्दै यस्तो बताउनुभएकाे हाे । 

‘दुईतिहाइका पार्टी फुटाए। फेरि अस्ति आफू पछाडि बसेर सरकार बनाउन खोजियो। मति बिग्रेको मति सप्रिन्छ कि भनेर मौका दिन खोजियो। तर, त्यसका बाबजुद हामीले देख्यौँ सरकार बनाएको भोलिपल्टबाट मैले हेरेँ चालमाल ठिक छैन। सरकार ढाल्न लागिरहेको छ,’ उहाँले भन्नुभयाे। 

अध्यक्ष ओलीले सरकार ढाल्ने खेल खेलेपछि आफूहरूले देशलाई समृद्ध नेपाल र सुखी नेपाल बनाउने संकल्प गर्नैपर्ने बताउनुभयाे। अध्यक्ष ओलीले दुईतिहाइको पार्टी फुटाइएको बताउनुभयाे। 

‘हामीले मिहिनेतले झण्डै दुईतिहाइका स्थिति बनायौँ। हामीलाई अहिले हटाइयो जालझेल गरेर। आवश्यकता एकतिर थियो। तर, संसदको अंकगणित गलत ढंगले प्रयोग गरेर हटाइयो। तर, हामी जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेसनबाट होइन, हामी सिंहदरबारको मूल ढोकाबाट फेरि सिंहदरबार फर्किन्छौँ भन्ने मैले हामीलाई हटाउने बेलामा भनिएको थियो,’ उहाँले भन्नुभयाे। 

सरकारको साझा नीतिगत प्रतिबद्धताका आधारमा नयाँ सरकारले पूर्ण आकार पाउँछ : माधव कुमार नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको साझा नीतिगत प्रतिबद्धताका आधारमा नयाँ सरकारले पूर्ण आकार लिने बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले अहिले सरकारको साझा नीति तथा कार्यक्रमसहितको नीतिगत प्रतिबद्धतामाथि गठबन्धनभित्र छलफल भइरहेको भन्दै त्यसैको आधारमा सरकारले पूर्ण आकार लिने बताएका हुन ।

उनले बाहिर चर्चामा आएजस्तो आफ्नो पार्टीले कुनै विशेष मन्त्रालयमा दाबी नगरेपनि मुलुकको अर्थतन्त्रलाई बुझ्ने र समस्या समाधान गर्ने व्यक्तिलाई अर्थमन्त्रालयको र देशका सामु देखिएका चुनौती र अन्तर्राष्ट्रिय परिस्थितिलाई मूल्याङ्कन गर्न सक्नेलाई परराष्ट्रको जिम्मेवारी दिनुपर्नेमा जोड रहेको धारणा राखे । अध्यक्ष नेपालले एक वा दुई मन्त्रालय आफ्नो पार्टीका लागी कम हुने समेत बताए ।

उनले पछिल्लो समय सभामुखको कार्यशैलीले आपसी विश्वास कायम नरहने भएकाले संसदको नियमावलीमा विस्तृत रूपमा छलफल गरेर टुङ्गोमा पुग्नुपर्ने जिकिर गरे ।

जनताकाे माया सबैभन्दा बढी काेही व्यक्तिले नेपालमा पाएकाे छ भने मैले पाएकाे छु : अध्यक्ष ओली

अर्घाखाँची – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा जनताकाे सबैभन्दा धेरै माया पाउने व्यक्ति आफू भएकाे बताउनुभएकाे छ ।

पार्टीकाे मिसन ग्रासरुट अभियान अन्तर्गत आइतबार अर्घाखाँचीकाे सन्धिखर्कमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले जहाँ पुगेपनि आफूलाई जनताले निक्कै माया गर्ने बताउनुभयाे।

आफू र आफ्नाे पार्टी एमालेलाई जनताले निक्कै माया गर्ने गरेका उहाँले सुनाउनुभयाे । उहाँ भन्नुहुन्छ, ‘त्याे जाेसुकैले प्राप्त गर्दैन, मैले त्यसै कारण आफूलाई भाग्यमानी भन्ने गरेकाे छु, ठूला-ठूला भनेका देशहरुले लखेट्छन्, ठूला-ठूला शक्ति भनेकाले लेखट्छन्, तर जनताकाे माया सबभन्दा बढी काेही व्यक्तिले नेपालमा पाएकाे छ भने मैले पाएकाे छु, त्याे साैभाग्य मलाई मिलेकाे छ।’

अर्घाखाँचीले आफूलाई अन्यत्र जस्तै अत्यन्त माया गरेकाे भन्दै उहाँले सबैलाई धन्यवाद दिनुभयाे । अध्यक्ष ओलीले लामाे समयपछि अर्घाखाँची आएर पुराना,जेल बसेका र नयाँ साथी भेट्दा खुशी लागेकाे बताउनुभयाे ।

आफू अर्घाखाँची जिल्लाप्रति आफू सानैदेखि प्रभावित भएकाे बताउनुभएकाे छ।

एमाले सचेतकको नियमापत्तिपछि कांग्रेस उपसभापतिले मागे क्षमा

काठमाडौँ – प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्को सांसद बोलिरहेका बेला अगाडिबाट हिडेकाेमा  कांग्रेस उपसभापतिले मागे क्षमा मागेका छन् । 

सांसद बलराम अधिकारी विशेष समयमा आफ्ना धारणा राखिरहेका बेला सत्तारुढ कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खड्का  अगाडिबाट हिडेका थिए । 

प्रतिनिधिसभा नियमावलीमा कुनै सांसद बोलिरहेको बेला अगाडिबाट हिँड्न नहुने प्रावधान छ । सभामुख र बोलिरहेको सांसदको बीचबाट हिँड्न नहुने नियमावलीको नियम खड्काबाट उल्लंघन भएको थियो ।

सांसद अधिकारीले बोलिसकेपछि एमालेका सचेतक महेश बर्तौलाले नियमापत्ति जनाउनुभयाे । उहाँले भविष्यमा अरु सांसदहरूलाई पनि काम लाग्ने तर्क गर्दै पटक-पटक हाउसमा एउटा मर्यादाविपरीत काम भइरहेको बताउनुभयाे । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २० (६) बमोजिम सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति हुँदैन । पटक-पटक यो सदनको गरिमा र मर्यादालाई धज्जी उडाउँदै यसप्रकारको काम सत्तापक्षको माननीयहरूबाट यस प्रकारको काम भइरहेको छ ।

नियमावलीको उक्त व्यवस्था कडाइका साथ पालना गराउन सचेतक बर्तौलाले सभामुखको ध्यानाकर्षण गराउनुभयाे । सभामुख देवराज घिमिरेले नियमापत्तिको विषयमा ध्यान दिन सांसदहरूलाई आग्रह गर्नुभयाे ।

एमाले सचेतक बर्तौलाको नियमापत्तिका आधारमा सभामुख घिमिरेबाट ध्यानाकर्षण भएपछि कांग्रेसका उपसभापति खड्काले आफूबाट नियम मिचिएको स्वीकार्दै क्षमा मागेका हुन्। उहाँले भन्नुभयाे – अनदेखाको कारणले माननीयले उल्लेख गर्नुभएअनुसार मैले नियमावलीको त्यो दफालाई उल्लंघन गरेँ, त्यसका लागि म क्षमा माग्न चाहन्छु ।

लुम्बिनी प्रदेशसभामा  समर्थन फिर्ता लिइनसक्दै नयाँ सरकारका लागि दाबी पेश

काठमाडौं – नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेश गर्नुभएको छ ।

माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।

५४ जना सांसदको समर्थनसहित चौधरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरेको प्रदेशसभाको सचिवालयले जनाएको छ ।
विश्वासको मत फिर्ता लिएपछि हालका मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिन पाउने समय हुन्छ । उक्त समयका लागि १ महिना बाँकि छदै कांग्रेस चोरबाटोबाट सरकार गठनको तयारीमा लागेको हो । 

कोसी प्रदेशमा माओवादी र एमाले सहकार्य नटुट्ने, कांग्रेसकाे असन्तुष्टी

काठमाडौं – केन्द्रमा नयाँ समीकरणसँगै प्रदेश सरकारमा उथलपुथल देखिए पनि कोसी प्रदेशमा भने एमाले र माओवादीबीचको सहकार्य कायमै रहने देखिएकाे छ । दुईवटा प्रदेशमा मुख्यमन्त्री लिइसकेको र केहीमा साढे दुई वर्षपछि आलोपालो पाउने रोलक्रममै बसेको माओवादीले कोसीमा भने एमालेसँग मिलेरै सरकार चलाउन खेजेकाे हाे ।

माओवादी नेताहरु  अंक गणितका कारण कोसी प्रदेशमा समीकरण परिवर्तन गर्न अप्ठेरो भएको  बताउँछन् । ९३ सदस्यीय कोसी प्रदेशसभामा सबैभन्दा ठूलो दल एमाले छ । एमालेको ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, एकीकृत समाजवादीको चार र जसपाको एक मत छ ।

यहाँ बहुमतको सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ । नयाँ समीकरणअनुसार सरकार बनाउन राप्रपाले साथ दिनुपर्ने हुन्छ । नभए माओवादीले सभामुख छाड्नुपर्ने हुन्छ ।

दुवै पक्षसँग स्पष्ट बहुमत नभएकोले तत्काल माओवादी केन्द्रले सरकारबाट हात झिक्न नमानेको हाे ।

लुम्बिनी र गण्डकी प्रदेश सरकारबाट समर्थन फिर्ता लिँदै बाहिरिएको माओवादी कोसी सरकारबाट भने नहट्ने भएको छ । माओवादी कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पार्टीले सरकार तत्काल नछाड्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशमा सरकार आलोपालो चल्ने घोषणा गरिसकेका छन् ।

उनकै निर्देशन मानेर लुम्बिनी र गण्डकी प्रदेशबाट माओवादी मन्त्रीहरू बाहिरिसकेका छन् । तर कोसीमा भने माअाेवादीहरु सरकार नछाड्ने मनस्थितिमा छन् ।   प्रचण्डलाई  कांग्रेस र एकीकृत समाजवादीका नेताहरूले अन्य प्रदेशमा १० दलीय गठबन्धनअनुसार चल्ने तर कोसीमा नचले ठीक नहुने भन्दै चेतावनी दिइसकेका छन् । कोसीकै कारण केन्द्रमा पनि नेताहरूबीच सम्बन्ध बिग्रिने सम्भावना  छ । कांग्रेसले  माओवादीको डबल स्ट्यान्डर्ड भूमिका भाे भन्दै आपत्ति जनाएइरहेको छ ।

११ दिन पैदल हिँडेरै काठमाडौँ आइपुगे मिटर ब्याज पीडित,भोलिदेखि प्रदर्शन गर्ने

काठमाडौँ – महोत्तरीको बर्दिबासबाट पैदल हिँडेका मिटर ब्याज पीडितहरू आज ११ औँ दिन काठमाडौँ आइपुगेका छन् । बर्दिबासबाट पैदल हिँडेका ७२ जनाको टोली आज आइतबार काठमाडौँको मातातीर्थ आइपुगेको हो । 

मिटर ब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा उनीहरूले विरोध स्वरूप पैदल हिँडेका हुन् । गाउँ–गाउँबाट आएका पीडितहरूले र्‍यालीसँगै नाराबाजी गर्दै हिँडिरहेका छन् ।

मिटरब्याजी साहुले दुःख दिन थालेकाले महोत्तरीका मिटर ब्याज पीडित चैत २ गते काठमाडाै‌ँका लागि हिँडेका थिए । भोलि सोमवारदेखि माइतीघर मण्डलामा आएर विरोध प्रदर्शन गर्ने तयारी रहेको सङ्घर्ष समितिले जनाएको छ ।