`

हिन्दु धर्म अनुसार बैशाख महिनामा के के गर्नुपर्छ ? जानिराखौं

काठमाडौं । हिन्दू पात्रो अनुसार केही दिनमा नै नयाँ बर्ष अर्थात वैशाख महिना सुरू हुदैछ । यसै महिनामा रामको अवतारमा भगवान विष्णुको जन्म भएको जनविश्वास छ ।

ज्योतिषीहरुका अनुसार स्कन्द पुराणमा यो महिना निकै पवित्र र फलदायी मानिएको छ । यस महिनामा अक्षय तृतीया, बरुथिनी र मोहिनी एकादशी, प्रदोष व्रत, मासिक शिवरात्रि, वैशाख अमावस्या र वैशाख पूर्णिमा जस्ता धेरै व्रत र पर्वहरू पनि छन्। 

आउनुहोस् जानौं यो महिना कहिले सुरु हुँदैछ र यस महिनामा के–कस्ता कामहरू गर्दा शुभ फल प्राप्त हुन्छ।

वैशाखमा के गर्ने ?

यस महिनामा भगवान विष्णुको माधव स्वरूपको पूजा गरी ऊँ माधवाय नमः मन्त्रको जप गर्नुहोस्। यसले जीवनमा सुख र समृद्धि ल्याउनेछ। विष्णुजीको पूजामा पञ्चामृत र तुलसी मिसाउनु पर्छ ।

यस महिनामा गीता वाचन गर्नु शुभ मानिन्छ । यसो गर्दा घरमा सुख शान्ति कायम रहन्छ। वैशाख महिनामा कथा आदि आयोजना गर्नु शुभ र फलदायी हुन सक्छ। यस महिनामा पर्ने अमावस्याको दिन पनि महत्त्वपूर्ण छ।

अमावस्यामा पितृहरूलाई प्रसाद र पिण्डदान गर्नुहोस्। वैशाख अमावस्यामा शनिदेवको पूजा गर्नाले कुंडलीमा शनिदोष र पितृदोषको प्रभावलाई कम गर्न सकिन्छ ।

वैशाख महिनामा गर्मी उत्कर्षमा हुने भएकाले यस महिनामा पशुपक्षीलाई पानी र खाना खुवाउनु पवित्र मानिन्छ । जसका कारण पशु पन्छिहरु भोकै बस्दैनन् र भगवानको कृपा पनि प्राप्त हुन्छ।

रात्री बजारका लागि वीरगन्ज नाका तीन दिन चौबिसै घण्टा खुला हुने

पर्सा । वीरगन्ज–रक्सौलको मुख्य नाका तीन दिनका लागि चौबिसै घण्टा खुला हुने भएको छ। 

नयाँ वर्षको उपलक्ष्यमा वीरगन्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको ‘रात्रि बजार’का सञ्चालनका लागि भारतबाट नेपाल प्रवेश गर्ने नाका तीन दिनसम्म चौविसै घन्टा खुल्ला गरिन लागिएको हो । 

राति १० बजेपछि बिहान ५ बजेसम्म बन्द गरिदै आएकोमा चैत ३० देखि भने वैशाख २ गतेसम्म वीरगन्ज नाका २४ सै घण्टा खुल्ला गराउन लागिएको हो ।  

बिरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका अनुसार भारतीय पर्यटकहरूलाई लक्षित गरी महानगरपालिकाले नयाँ वर्षमा अवसरमा आयोजना गर्न लागिएको रात्रीकालिन बजारका लागि वीरगन्ज नाका चौबिसै घण्टा खुला रहने छ । 

सो बारेमा जानकारी दिदै नगर प्रमुख  सिंहले रात्रि बजार लाग्ने तीन दिनका लागि नाका खुला राख्न नेपाल र भारतका सीमावर्ती सुरक्षा निकायसँग महानगरले सहमति गरे अनुसार सो निर्णय भएको हो । उनका अनुसार बिरगञ्जलाई दिर्घकालिन रुपमा रात्री बजार सञ्चालन गर्न सकिन्छ कि सकिन्न ? भन्ने वारेमा रात्रीकालिन बजारले मार्गचित्र दिनेछ । 

सेतो कपालाई कालो बनाउन बारहमासी फूलको पेस्ट बनाएर लगाउनुहोस्

के तपाईलाई थाहा छ, बाह्र बारहमासी फूलले कपाल सम्बन्धी समस्या समाधानका लागि कत्तिको फाइदा पुर्‍याउन सक्छ भनेर ?

आजकल सानै उमेरमा कपाल झर्नु र सेतो हुनु युवा पुस्ताका लागि समस्याको कारण बनेको छ । यसबाट छुटकारा पाउन मानिसहरु केमिकलजन्य पदार्थको प्रयोग गरिरहेका छन् ।

तर यदि तपाइँ सस्तो र दिगो समाधान चाहनुहुन्छ भने, तपाइँ ‘फ्लावर हेयर डाई’ (flower hair dye) बनाएर सेतो कपाल र खैरो कपाल कालो बनाउन सक्नुहुन्छ। यदि तपाइँ कपाल सेतो भएर फूल्न सुरु गरेको मात्र छ भने यसको प्रयोगले कपाल छिट्टै कालो बनाउन सकिन्छ ।  त्यसो भए जानौं कि यसलाई बनाउन के के चीजहरू आवश्यक छन्।

आवाश्यक सामाग्रीहरु

  • २०  देखि ३० वटा  फूलहरू
  • १५ देखी २० वटा पातहरू

– २ चम्चा चिया पति 

  • ०१ थैली कफी

बनाउने तरिका

– यसलाई बनाउनको लागि सबैभन्दा पहिले आधा कप पानीमा चियाको पात हालेर राम्ररी उमाल्नुहोस् । त्यसपछि यसलाई फिल्टर गर्नुहोस् र चिसो गर्न राख्नुहोस्। चिसो भएपछि त्यसमा फूल र पातहरू मिसाएर ग्राइन्डरमा राम्ररी पीस्नुहोस्। त्यसपछि एउटा कचौरामा पेस्ट निकालेर कफीमा राम्ररी मिलाउनुहोस्।

– यदि तपाइँ यसलाई अझ प्रभावकारी बनाउन चाहनुहुन्छ भने, यसलाई फलामको प्यानमा २ घण्टासम्म छोप्नुहोस्। वास्तवमा, फलामकाे प्यानमा प्रशस्त मात्रामा आइरन हुन्छ, जुन कपालका लागि आवश्यक पोषक तत्वहरूमा समावेश हुन्छ। यसले कपाललाई प्राकृतिक कालो रंग दिन सजिलो बनाउँछ।

कसरी लगाउने ?

अब कपाल डाई ब्रसको मद्दतले यसलाई कपालमा लगाउनुहोस् र १ घण्टासम्म छोड्नुहोस्। त्यसपछि हल्का शैम्पूले कपाल धुनुहोस्। यसरी तपाईले सदाबहार फूलबाट बनेको प्राकृतिक हेयर डाई हप्तामा दुई पटक लगाउनुभयो भने चाँडै तपाईको सेतो कपालमा कालो रंगको तह आउन थाल्छ र तपाईले बिना कुनै हिचकिचाहट आफ्नो कपाल खुला राख्न सक्नुहुनेछ।

नेपाल ट्रस्टको जग्गा व्यक्तिका नाममा वितरण

काठमाडौं । नेपाल ट्रस्टको मातातीर्थ, महादेवस्थान, थानकोट, सतुंंगल र इचंगुनारायणमा रहेका १ सय ७३ रोपनी जग्गा व्यक्ति (मोही) का नाममा वितरण गरिएका छन्। बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला मालपोत कार्यालय कलंकीले २०७० असार ७ गते ती जग्गामा मोही कायम गराएको थियो।

त्यतिबेला सबैभन्दा बढी साविक थानकोट र महादेवस्थान गाविसमा रहेको ट्रस्टको १ सय २ रोपनी ३ आना जग्गा मोहीका नाममा कायम गरिएको थियो। त्यस्तै, मातातीर्थको ५९ रोपनी एक आना तीन पैसा, सतुंगलको एक रोपनी ६ आना एक पैसा र बालाजु (इचंगु)को १० रोपनी ६ आना एक पैसा जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता गरिएका थिए। मन्त्रिपरिषद्बाट निर्णय गरी मालपोत कार्यालयमार्फत ती जग्गा मोहीका नाममा व्यक्तिलाई वितरण गरिएका थिए।

त्यतिबेलाको मन्त्रिपरिषद् बैठकले जग्गासम्बन्धी तीनवटा कानुन तथा नियमावली उल्लेख गर्दै त्यस्ता प्रकृतिका अधिकांश जग्गा मोहीरजोताहाका नाममा दर्ता भइसकेको निष्कर्ष निकालेको थियो। मन्त्रिपरिषद्का तत्कालीन सचिव जयमुकुन्द खनालले ०६९ भदौ ३ मै ट्रस्टका नाममा दर्ता भएका तत्कालीन राजपरिवारका विभिन्न सदस्यका नाममा रहेका साविकका ‘फर्मायसी बिर्ता’ जग्गा सम्बन्धित जग्गा कमाउने जोताहारमोहीका नाममा दर्ता गर्नुपर्ने भन्दै मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेका थिए।

नेपाल ट्रस्ट ऐन, २०६४ अनुसार ट्रस्टको नाममा रहेका जग्गामा स्वतः ट्रस्टको हक कायम हुन्छ। मालपोत कार्यालय, कलंकीको अभिलेखले २०६४ सालताका ती सबै जग्गा ट्रस्टकै नाममा रहेको पनि देखाउँछ। तर, मन्त्रिपरिषद्को निर्णयमा ट्रस्टको जग्गामा मोही खडा गरेर जग्गा वितरण गरिएका थिए। नेपाल ट्रस्ट ऐनको दफा १३ मा ‘ट्रस्टको सम्पत्ति बिक्रीवितरण र भोगाधिकार गर्नमा प्रतिबन्ध हुने’ व्यवस्था छ। ऐनविपरीत मोही कायम गरेर व्यक्तिको नाम दर्ता गरिएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

विश्वविद्यालयमा किन घट्न थाले विद्यार्थी ?

काठमाडौँ । विश्वविद्यालयमा विद्यार्थी घटिरहेका छन्। विगतमा विद्यार्थीको अत्यधिक चाप हुने र भर्ना हुन चर्को प्रतिस्पर्धा हुने विषयमा समेत विद्यार्थीको विकर्षण देखिन थालेको छ।

काठमाडौँ विश्वविद्यालयमा कुल विद्यार्थी भर्ना क्षमताको ३० प्रतिशत कोटा रिक्त छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले विद्यार्थीको आकर्षण बढाउन अनेक अभियान सञ्चालन गरिरहे पनि सफल नभएको बताए ।

काठमाडौँ विश्वविद्यालयमा सबैभन्दा धेरै विद्यार्थी कोटा स्कुल अफ आर्ट्स र स्कुल अफ मेडिसिनमा रिक्त छ। विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र एमफिल तथा पीएचडीसमेत गरेर दुई सयवटा कार्यक्रम सञ्चालन गरिरहेको छ।

स्कुल अफ मेडिसिनअन्तर्गतको बीएनएस ९केएमसी०मा कुल विद्यार्थी भर्ना कोटा ४० रहेकोमा नौ जना मात्रै भर्ना भएका छन्। त्यस्तै बीएस्सी नर्सिङ (एनएमसी)मा ४० जना विद्यार्थी भर्ना कोटा रहेकोमा १५ जना मात्रै भर्ना भएका छन्। स्कुल अफ नर्सिङअन्तर्गत ३७ वटा कार्यक्रम सञ्चालनमा छन्।

तीमध्ये १८ वटा कार्यक्रममा मात्रै कोटाअनुसार विद्यार्थी भर्ना भएका छन्। त्यस्तै स्कुल अफ आटर्सअन्तर्गत १२ वटा शैक्षिक कार्यक्रम सञ्चालन रहेकोमा कुनैमा पनि कोटाअनुसार विद्यार्थी भर्ना भएका छैनन्।

स्कुल अफ एजुकेसनअन्तर्गत १९ वटा शैक्षिक कार्यक्रम सञ्चालन भएकोमा आधाभन्दा बढीमा विद्यार्थी कोटा रिक्त छ। स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ मेडिसिन, स्कुल अफ म्यानेजमेन्टलगायतमा पनि कोटाअनुसार विद्यार्थी भर्ना नभएको उपकुलपति थापाले जानकारी दिए । हरेक वर्ष विद्यार्थी भर्ना क्षमताभन्दा निकै कम भर्ना हुन थालेपछि शैक्षिक कार्यक्रमलाई हटाउने विषयमा छलफल भइरहेको विश्वविद्यालयले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयको अवस्था अझै नराम्रो छ। यहाँ पनि कुनै विषयमा ५० प्रतिशतभन्दा बढी विद्यार्थी भर्ना कोटा रिक्त छ। विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालका अनुसार त्रिविमा तीन सयभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालनमा छन्। यो समाचार गोरखापत्र दैनिकमा छ ।

अमेरिकामा फेरी गोलाबारी, ५ जनाको मृत्यु

काठमाडौं, २८ चैत । अमेरिकाको केन्ट सहरमा भएको गोलाबारीमा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।

लुईसिवका प्रहरी प्रवक्ताका अनुसार यसरी घाइते हुनेमा प्रहरी अधिकारी पनि रहेका छन । साथै, सो गोलावारीमा संलग्न रहेका संदिग्धलाई गोली हानि मारिएको छ ।  

प्रहरी अधिकारीले भने ‘अब सर्वसाधारणका लागि कुनै खतरा छैन, अवस्था सहज बनार्ईएको छ ।’

गर्भनर एन्डी बेसियरले टविट गर्दै भनेका छन, ‘कृपया, सो घटनामा प्रभावित भएको पीडित परिवारका लागि एक पटक प्राथना गरिदिनुहोस् ।’

पछिल्लो समयमा अमेरिकाका सहरहरुमा धेरै गोलाबारीका घटना हुन थालेको छ । केही दिन पहिले पनि बिधालयमा एक महिला संदिग्धले गोली हानेर आधा दर्जनको हत्या गरेकी थिइन । 

सुरक्षा अधिकारीका अनुसार सो घटनामा बालिबालिकासहित ६ जनाको मृत्यु भएको थियो । गोली हानिएको बिद्यालय पुर्व प्राथमिक थियो । सो बिद्यालयमा पढने सबै बिद्यार्थी १२ बर्ष भन्दा कम उमेरका रहेको थिए ।

सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक कम्पनी अब अख्तियारको क्षेत्राधिकारमा आउने

काठमाडौँ । सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक कम्पनी अब अख्तियारको क्षेत्राधिकारमा आउने भएका छन्। पब्लिक कम्पनीलाई अख्तियारको क्षेत्राधिकारमा पर्ने गरी विधेयक पारित भएका हुन्। २०७६ माघदेखि राष्ट्रिय सभामा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सोमबार पारित भएका हुन्।

राष्ट्रिय सभाबाट पारित विधेयक प्रतिनिधि सभाले पनि पारित गरेमा अख्तियारको अधिकार क्षेत्र बढ्नेछ। यसअघि पब्लिक कम्पनीलाई अख्तियारको अधिकार क्षेत्रमा राख्न लागिएको भन्दै विरोध भएपछि विधेयक पारितको प्रक्रिया नै अन्तिम समयमा रोकिएको थियो। सभाले पारितको कार्यसूची तय गरेपछि अन्तिम समयमा रोकिएका थिए।

पारित विधेयकले सार्वजनिक संस्थाको परिभाषा थप गर्दै पब्लिक कम्पनीलाई अधिकार क्षेत्रमा पारेको हो। सार्वजनिक संस्थाको थप गरिएको परिभाषामा भनिएको छ, “नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको स्तर वा प्रकारका बैङ्क तथा वित्तीय संस्था, बिमा, मेडिकल कलेज र सोसँग सम्बद्ध अस्पताल, अन्य महाविद्यालय वा कलेज, सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक कम्पनी वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको अनुदान प्राप्त गरी राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थाबाट सञ्चालित परियोजनाका हकमा त्यस्तो सूचनामा तोकिएको काम–कारबाहीको हदसम्म त्यस्तो संस्था, निकाय वा परियोजना,” सार्वजनिक संस्था वा निकाय सम्झनुपर्छ।

विधेयकले नियुक्ति, निर्वाचित वा मनोनीत पदलाई पनि राष्ट्रसेवकको परिभाषामा समेटेको छ। यो व्यवस्था राज्यकोषबाट पारिश्रमिक पाउने निर्वाचित र मनोनीत पदमा पनि लागू हुने पारित विधेयकमा उल्लेख छ। मध्यस्थतामा नियुक्त भएको व्यक्ति, लिक्विडेटर, सार्वजनिक संस्थामा कर्जा प्रवाह तथा मूल्याङ्कनमा रहेको व्यक्ति, सार्वजनिक संस्थाको भवन, पूर्वाधार डिजाइन वा स्पेसिफिकेसनमा संलग्न व्यक्तिलाई पनि सार्वजनिक पदको परिभाषामा समेटिएको छ। यो परिभाषाअनुसार सबै व्यक्ति अख्तियारको छानबिनको दायरामा आउनेछन्।

पारित विधेयकले दण्ड र जरिवाना पनि बढाएको छ। १० करोड रुपियाँ वा सोभन्दा बढीको कसुरमा १० देखि १४ वर्षसम्म कैद सजाय हुने गरी विधेयक पारित भएको छ। पदीय हैसियत दुरुपयोगको परिभाषा थप गर्दै कैद र जरिवाना व्यवस्था गरिएको छ।

पदीय हैसियत दुरुपयोग गरेमा एक वर्षसम्म कैद र पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। कानुनले तोकेको काम नगरी राष्ट्रसेवकका कारण क्षति भएमा बिगो खुलेकोमा बिगोबमोजिम जरिवाना र छ महिनासम्म कैद हुने व्यवस्था थप गरिएको छ। यस्तै बिगो नखुलेका हकमा ५० हजार रुपियाँसम्म जरिवाना हुनेछ। यो समाचार गोरखापत्र दैनिकममा छ ।

नयाँ स्टक एक्सचेन्ज र ब्रोकरका लागि मापदण्ड

नेपालको धितोपत्र बजारलाई नयाँ आयाम दिने भन्दै नियामक निकायले नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर कम्पनी थप्न लागेको छ । हाल धितोपत्रको दोस्रो बजार सञ्चालकका रूपमा एक मात्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) सञ्चालनमा छ ।

सरकारी स्वामित्वको दोस्रो बजार सञ्चालक नेप्सेलाई प्रतिस्पर्धी बनाउन नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेन्ज थप्नेतर्फ कदम चालेको बताइन्छ ।

बोर्डले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर र कमोडिटी एक्सचेन्ज थप्न सम्बद्ध नियमावलीमा गरेको संशोधनलाई गैरकानूनी दाबी गर्दै सर्वोच्च अदालतमा परेका दुईओटा रिट खारेज भएपछि बोर्डले अनुमतिपत्रका लागि आवेदन माग गर्ने प्रक्रिया अघि बढाउन जतिसक्दो चाँडो बोर्ड सञ्चालक समितिले काम गर्ने बताइसकेको छ ।

बजारको विकासमा पूँजीको महत्त्व बढी हुने हुनाले नयाँ ब्रोकर कम्पनीले पूँजी संरचनाका आधारमा सेवा प्रवाह गर्ने बोर्डका अध्यक्ष रमेशकुमार हमालको भनाइ छ । नयाँ कम्पनीहरू नयाँ जोश, जाँगर र नयाँ प्रविधिका साथ आउने हुँदा यसले बजारमा सकारात्मक प्रभाव पार्ने हमालको तर्क छ ।

बोर्डले पुराना ब्रोकर कम्पनीलाई समेत नयाँ पूँजी संरचनाका आधारमा अघि बढ्ने अवसर दिएको छ । पुराना ब्रोकरलाई प्रतिस्पर्धी रूपमा अघि बढाउन पूँजी वृद्धिका लागि बोर्डले २०८२ असारसम्मको समय दिएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

ताइवानलाई ‘हवाई नाकाबन्दी’ गर्न चीनकाे युद्ध अभ्यास

 काठमाडौं, २८ चैत । चीन र ताइवानको बिचको द्धन्द्ध चरम अवस्थामा पुगेको । ताइवानको सिमा नजिक युद्ध अभ्यास सुरु गरेको चीनले ताइवान माथी ‘हवाई नाकाबन्दी’को लगाउने प्रयास स्वरुप नयाँ युद्ध अभ्यास गरेको छ । 

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार चीनले सोमवार युद्ध अभ्यासको क्रममा अप्रत्यक्ष रुपमा ताइवानको घेराबन्दीसमेत गरेको छ । सो क्रममा दर्जनौ लडाकु बिमानलाई ताइवानको हवाई क्षेत्रलाई बन्द गर्ने गरी अभ्यास गरेको जनाईएको छ ।

ताइवानकी राष्ट्रपति साई इंग वेनले अमेरिकाका प्रतिनिधिसभाका सभाका सभामुख केविन मैक्कार्थीलाई भेट गरे पछि आक्रोशित चीनले ‘हवाई नाकाबन्दी’को अभ्यास गरेको हो ।

चिनले जारी गरेको एउटा जानकारीमा भनिएको छ कि ‘गोला बारुदले भरिएको बिमान ताइवान माथी हमला गर्नका लागि अभ्यास गरिएको हो ।’ यो युद्ध अभ्यासमा चीनले शेडोंग बिमानबाहक युद्धपोत पनि समावेश गरिएको थियो । 

चिनका इस्टर्न थिएटर कमाण्डका अनुसार गोला बारुदले भरिएका दर्जनौं एच–सिक्स के लडाकु बिमान ताइवान माथी हमला गर्नका लागि अभ्यासमा ल्याईएको हो ।

चिनले ताइवानलाई धम्काएको यो पहिलो घटना भने होइन, यस्तो धम्काउने कार्य चीनले बेला बेलामा गर्दै आएको छ । जो अहिले सिमा क्षेत्रमा युद्ध अभ्यास गरेर फेरी सुरु गरेको हो ।

उता, सो युद्ध अभ्यासलाई लिएर ताइवानको रक्षा मन्त्रालयले हिन्द–प्रशान्त क्षेत्रमा चीनले शान्ति र स्थिरताको गम्भिर उलङघन गरिरहेको जनाएको छ । ताइवानले अन्य देशलाई यो पनि आग्रह गरेको छ कि चीनको यो अन्तर्राष्ट्रिय सिमामा गरेको युद्ध अभ्यास बिरुद्ध आफनो धारणा बाहिर ल्याउन जरुरी छ .

महाधिवेशनको १६ महिना बित्दा पनि कांग्रेसको नीति तय हुन सकेन

काठमाडौं । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चुनेर मंसिर २०७८ मा १४औं महाधिवेशन सम्पन्न गरेको दल नेपाली कांग्रेसले महाधिवेशनको १६ महिना बित्दा पनि पार्टीको नीति तय गर्न सकेको छैन।

१४औं महाधिवेशनबाट नेतृत्व चयन गरेर पार्टीको नीतिका लागि ६ महिनाभित्र छुट्टै अधिवेशन गर्ने निर्णय गरे पनि महाधिवेशनको १६ महिना बित्दासम्म कांग्रेस नीतिविहीन अवस्थामा छ । नीति निर्धारण नहुँदा कांग्रेसको मार्गदिशा नै अनिश्चित बनेको छ ।

कांग्रेसले १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवालाई चयन गरेको थियो भने पार्टीमा उपसभापति दुईसहित महामन्त्री दुई र विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी आठ जना सहमहामन्त्री निर्वाचनमार्फत चुनेको थियो ।

यस्तै, कांग्रेसले १४औं महाधिवेशनलाई नेता र नेतृत्व छान्ने महाधिवेशनका रूपमा लिएर नीति तय गर्न विधानमा भएको सुविधालाई प्रयोग गर्दै ६ महिनाभित्र छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

कांग्रेस विधानको दफा १७ (५) मा केन्द्रीय महाधिवेशनको कार्यविधि उल्लेख छ । जसमा ‘महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गर्ने र नीति निर्माण तथा विधान पारित गर्न फरक फरक समयमा महधिवेशन गर्न सकिने छ,’ भनिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

पुर्ण रुपमा सञ्चालनको लागि तातोपानी नाका आजवाट बैशाख २ सम्म बन्द रहने 

काठमाडौं । पुर्ण रुपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ । 

नेपालस्थित चिनियाँदूतावासका अनुुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पुर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखी बैशाख २ गतेसम्म बन्द हुने भएको हो ।  

‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिदैँ भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’ 

यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखी देखि बैशाख २ सम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो ।

सरकारी टोली र मिटर ब्याज पीडित बिच आज पनि बार्ता

काठमाडौं । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः बार्ता हुने भएको छ । 

गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच मंगलबार पनि बार्ता हुन लागेको हो ।

दुई दिनसम्म चलेको बार्तामा पनि सहमति हुन नसके पछि आज वार्ता गरेर सहमतिमा पुग्ने प्रयास गरिने भएको हो ।

संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतवार र सोमवार छलफल भए पनि सहमति नभए पछि मंगलबार पुनः छलफल गर्न लागिएको संयोजक अबधेस कुशवाहले जानकारी दिए ।

उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रीपरिदषकाे निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुदेँ मागमा सरकारी बार्ता टोली समक्ष राखिएको छ ।

पहिलो र दोस्रो दिनको बार्तामा सहमति हुन नसके पछि पुनः मंगलबार वार्ता हुन लागेको हो।

आजको मौसमः गण्डकी, कर्णाली र सुदुर पश्चिमको पहाडी भु–भागमा पानी पर्ने

काठमाडौं, २८ चैत । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहने छ।

राती भने  देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ।  गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भु–भागहरुका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू–भागको एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भारतले जस्तै पाकिस्तानले पनि सस्तो रुसी कच्चा तेल ल्याउने बारेमा सोचाेस्– पूर्वप्रधानमन्त्री खान 

इस्लामाबाद, २७ चैत । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश नीतिको प्रशंसा गरेका छन् । 

रुस–युक्रेन युद्धका बाबजुद पनि भारतले रुसवाट सस्तो तेल निरन्तर लिन सफल भएको भन्दै खानले मोदीको बिदेश नीतिको प्रशंशा गरेका हुन । 

‘म पनि भारतले जस्तै सस्तो रूसी कच्चा तेल प्राप्त गर्न चाहन्थे तर त्यसो गर्न सकिएन किनभने कुराकानी जारी रहेको बखतमा मेरो नेतृत्वको सरकार माथी अविश्वास प्रस्ताव आयो र म सरकारवाट बाहिरिने अवस्था आयो ।’  राष्ट्रका नाममा एक भिडियो सन्देश दिँदै उनले उक्त कुरा बताएका हुन् ।

स्मरण रहोस, पछिल्ला २३ वर्षमा मस्को भ्रमण गर्ने उनी पहिलो पाकिस्तानी प्रधानमन्त्री हुन् । 

पाकिस्तान अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको बखतमा खानको यो टिप्पणी आएको हो ।  

इमरान खानका अनुसार  युक्रेन युद्धको बावजुद भारतले किनिरहेको रसियाको सस्ताे कच्चा तेल झै अझै पनि सहुलियत दरमा किन्न सक्छ तर पाकिस्तानी प्रधानमन्त्रीलाई यो कुराको मतलब छैन ।

उनका अनुसार पाकिस्तानी प्रधानमन्त्री आफनो पैसा बिदेशमा लुकाउनमा नै ब्यस्त छन । उनले भने, ‘हाम्रो (पाकिस्तनी) प्रधानमन्त्रीको जति पैसा अरु देशमा कसैले राखेको छैन, यदी छ भने मलाई भन्नुहोस ।’

खानले पश्चिमी दबाबको बाबजुद पनि आफ्नो अर्थतन्त्रको विकास र रूसी तेल खरिदमा भारतले लिएको उपलब्धिको बारेमा खुलेर प्रशंशा गरेका छन । उनले अगाडी यो पनि भनेका छन कि, ‘पाकिस्तानले पनि यो बारेमा सोचोस् ।’

यसअघि मे २०२२ मा खानले संयुक्त राज्य अमेरिकाको दबाबको बाबजुद रुसबाट सस्तो तेल खरिद गर्ने भारतीय प्रधानमन्त्री  मोदीको निर्णयको प्रशंसा गरेका थिए।

आफ्नै विवाहमा गोली चलाएर बेहुली ‘फरार’

नेपालसँगको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशको प्रहरीले आफ्नै बिहेमा गोली चलाएर फरार भएकी दुलहीको खोजी गरिरहेको जनाएको छ।सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा दुलाहाको छेउमै बसेकी ती महिलाले हावामा चार राउन्ड गोली चलाएको देखिन्छ।

स्थानीय प्रहरीले घटनापछि फरार ती महिलाविरुद्ध मुद्दा गर्दा गराएको जनाएको छ।कतिपय उत्तरी भारतीय राज्यहरूमा उत्सवहरूमा हर्षबढाइँ गर्न बन्दुक पड्काउने चलन छ।उत्सव मनाउन बन्दुक पड्काउँदा कहिलेकाहीँ मानिसहरू घाइते हुने र मृत्यु हुने सम्मका घटना पनि हुने गरेको पाइन्छ।

भारतको कानुनअनुसार उत्सवहरूमा अरूलाई जोखिम हुनेगरी “लापरबाहीपूर्वक वा पर्याप्त सावधानी नअपनाई बन्दुक चलाउने” व्यक्तिलाई जेल सजाय, जरिवाना वा दुवै सजाय हुन सक्छ।सन् २०१६ मा उत्तर प्रदेशको राजधानी लखनऊको एउटा अदालतले उत्सव मनाउन बन्दुक पड्काइने हरेक गतिविधिको उजुरी दर्ता नभए पनि अनुसन्धान गर्न आदेश दिएको थियो।

‘पक्राउ पर्ने डरले फरार’
भारतीय पत्रिका टाइम्स अफ इन्डियाका अनुसार दुलहीले गोली चलाएको भिडिओ एक आफन्तले खिचेर सामाजिक सञ्जालमा राखेकी थिइन्।प्रहरीले उक्त पत्रिकासँग आफू पक्राउ पर्ने डरले ती महिला “फरार” भएको हुनसक्ने जनाएको छ।

गत साता पश्चिमी भारतीय राज्य महाराष्ट्रमा आगोको फोहोरा निस्किने ‘स्पार्कल गन’ चलाउँदा उक्त उपकरण आफूतिरै फर्किएर दुलहीको अनुहारमा लागेको भिडिओ भाइरल भएको थियो।

बिहेको उपहारमा बम, बेहुलाको मृत्यु
गत साता नै भारतको छत्तीसगढमा विवाहमा आएको एउटा उपहारमा जडान गरिएको विस्फोटक पदार्थका कारण दुलाहा र उनका भाइको मृत्यु भएको थियो।विस्फोटमा १८ महिने एक शिशुसहित चार जना घाइते भएका थिए।

शक्तिशाली विस्फोटक पदार्थका कारण घरको पर्खाल र छत समेत भत्किएको थियो।प्रहरीले उक्त उपहार पठाएको आशङ्कामा बेहुलीका पूर्वप्रेमीलाई पक्राउ गरिएको जनाएको छ।छिमेकी राज्य मध्यप्रदेशका ती युवा यसअघि नै विवाहित थिए।

उनले दोस्रो श्रीमतीको रूपमा ती महिलालाई विवाह गर्न चाहेको तर महिलाको परिवारले अस्वीकार गरेपछि उनी रिसाएको दाबी गरिएको छ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको काममा प्रगति भएको देखेर खुसी लागेको बताएका छन् । सोमबार सडकको स्थलगत अनुगमन गर्दै उनले विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिए ।

उनले भने “सडक अनुगमनका क्रममा काम सन्तोषजनक देखियो । यतिमै खुसी हुने अवस्था भने छैन”, उनले थपे, “एकपटक म्याद थप भइसकेको आयोजनाको काम गुनासो नआउने गरी चाँडो सम्पन्न गर्नुहोला ।”

आफू भौतिक पूर्वाधारमन्त्री हुँदा सो सडकको निरीक्षण गरेको बताउदै उनले त्यस बेलामा सडकलाई कसरी चाँडो सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा निर्देशन दिएको बताए । त्यसपछि अहिले तीव्र गतिमा काम हुन थालेको आफ्नो निरीक्षण र निर्देशनको परिणाम भएको उनले बताए।

१६ वर्षीया किशोरीले गरिन् आत्मदाह प्रयास

सोलुखुम्बु, २७ चैत – एक किशोरीले आत्मदाहको प्रयास गरेकी छन्  । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका-५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले आइतबार राति खुम्बु पासाङल्हामु गाउँपालिका-२ लुक्लामा आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेकी हुन् ।

किशोरीले राति साढे ८ बजे शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहले बताए । 

आगोले उनको शरीरको विभिन्न भाग जलेको प्रहरीले जनाएको छ । उनलाई बचाउन गएका किशोरीकी आमा राधा कुमारी राई तामाङ समेत सामान्य घाइते भएकी छन् । 

घाईते दुवै जनाको खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ स्थित पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

जनतासँग गरिएका प्रतिवद्धता सरकारले पुरा गर्छ : रक्षामन्त्री खड्का

सुर्खेत, २७ चैत – उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले सरकार निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेकाले जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरि सरकारले काम गर्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्वर-२ को प्रथम क्षेत्रीय अधिवेशनको सोमबार पन्चपुरी नगरपालिकाको बावियाचौरमा उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानको सुदृढीकरण गर्न र देशको तीब्र विकासका लागि वर्तमान सरकारले काम गर्ने बताए । 

‘संघ र प्रदेशको निर्वाचनमा जनतासँग हामीले मत माग्दा शान्ति प्रक्रियालाई पूर्णता दिन्छौं, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्छौं, तीब्र गतिमा देशको विकास गर्छौं भनेका थियौं,´ उपप्रधानमन्त्री खड्काले भने, `चुनावका बेला मतदातासँग गरिएका बाचा अनुसारका कामहरू गर्न अहिलेको सरकार लागिरहेको छ ।’

उपप्रधानमन्त्री खड्काले द्वन्द्व पीडितहरूलाई न्यायिक निरूपणमार्फत न्याय दिने र आर्थिक प्याकेजमार्फत परिपूरण र राहत उपलब्ध गराइने बताए । 

उनले पुस १० गते बन्नुपर्ने सरकार चैत १७ गते बनेको बताउँदै यो बीचको समय खेर गएको बताए । उनले पुस १० को अप्राकृतिक गठबन्धन भत्केर प्राकृतिक गठबन्धन बनेको बताउँदै यसले देश र जनताका पक्षमा काम गर्ने बताए । उनले अजेण्डामा सहमत भएका दलहरू एक ठाउँमा रहेकाले ती अजेण्डाहरू पूरा हुने बताए ।

सरकारले अहिले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको जगमा टेकेर बजेट ल्याउने उनले बताए ।

उनले कर्णालीमा भएका विकासका बहुआयामिक सम्भावनालाई सदुपयोग गर्दै विकनसको गतिलाई तीब्र पार्नेगरि केन्द्रबाट विशेष बजेटको व्यवस्था गर्ने बताए ।

स्टार सिटी गौरीगंगा गोल्ड कपको फाइनलमा 

धनगढी, २७ चैत – कैलालीको स्टार सिटी क्लब तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बाँकेको कोहलपुर रेसिङ सहारा क्लबले श्रम स्वीकृति विनाका तीन जना विदेशी खेलाडी खेलाउन बल प्रयोग गरेपछि आयोजकले उक्त क्लबलाई कारबाही गरेको छ । उक्त क्लबको कारबाहीसँगै स्टार सिटी उपाधि नजिक पुगेको हो । 

सोमबार खेल सुचारु हुनु पूर्व रेसिङ सहाराको टिमले तीन जना विदेशी खेलाडी समावेश गरेर टोली तयार परेको थियो । आयोजकले श्रम स्वीकृति माग्दा तीनै जनाको कागजात उपलब्ध गराउन सकेन । क्लबको नियमावली विपरीत हुन जाने भन्दै श्रम स्वीकृति विनाका विदेशी खेलाडी नखेलाएर स्वदेशी खेलाडी मात्र खेलाउन आयोजकले माग गरेपछि उल्टै गालीगलौज गरेर बल प्रयोग गर्न खोजेपछि उक्त क्लबलाई कारबाही गरिएको आयोजकले जनाएको छ । 

‘खेल बहिस्कार गरी मैदान छोडेर जाने टिमलाई ५० हजार जरिवाना सहित कारबाही गरिने क्लबको नियमावली अनुसार रेसिङ सहाराको टिमलाई कारबाही गरिएको आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश कलेलले बताए । ‘हामीले खेल सुचारु हुनु पूर्व कागजात माग गरेको थियौँ,’ उनले भने, ‘तर उहाँहरू (रेसिङ सहारा क्लब) को टिमले कागजात नचाहिने भन्दै जबरजस्ती गर्न खोजेपछि टिम डिस्क्वालीफाइ भएको छ । आगामी संस्करणहरूमा खेल्न नपाउने गरी उक्त क्लबलाई ५० हजार जरिवाना पनि गरिएको छ ।’ अनधिकृत नम्बरको प्रयोग गरी अध्यक्ष कलेललाई गालीगलौज गरिएपछि आगामी संस्करणमा उक्त क्लबलाई प्रतिबन्ध लगाउने निर्णय गरिएको आयोजकले जनाएको छ । यस अघि क्वाटर फाइनलमा एपीएफसँगको खेलमा उक्त क्लबले स्वदेशी खेलाडी मात्र समावेश गरेर सहभागिता जनाएको थियो । 

‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप’ अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा मङ्गलवार बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब र नवलपरासीको फोर ब्रदर्श एफसी प्रतिस्पर्धा गर्ने छन् । फाइन खेल स्टार सिटी र मङ्गलवारको विजेता टोलीबिच ३० गते बिहीबार हुने छ । 

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गते समापन हुने छ । १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । 

प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जग शक्ति गोल्ड टिएमटी फलामे छड रहेको छ । मुख्य प्रवर्द्धकमा गौरीगङ्गा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरूमा सनराज ईन्टरनेशनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।

सङ्क्रमणकालीन न्यायलाई अघि बढाउँदा बृहत् विस्तृत शान्ति सम्झौताको मर्मअनुसार नै अघि बढ्नुपर्छ – महरा

काठमाडौं – नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महराले सङ्क्रमणकालीन न्यायलाई अघि बढाउँदा बृहत् विस्तृत शान्ति सम्झौताको मर्मअनुसार नै अघि बढ्नुपर्ने बताएका छन् ।

सोमबार नेकपा (माओवादी केन्द्र)सहित माओवादी घटकहरुले आयोजना गरेको ‘नेपालमा शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । उनले सङ्क्रमणकालीन न्याय दशवर्षे द्वन्द्वकालीन समयको भएको हुनाले आयोगबाटै निष्कर्षमा पु¥याउनुपर्ने बताए ।

उनले भने “सङ्क्रमणकालीन न्याय दशवर्षे जनयुद्धको विषय हो, यो विषय न्यायाधीश वा अदालतले हस्तक्षेप गर्ने विषय होइन”, उनले थपे, “यो विषयमा आयोगबाटै टुङ्ग्याउनुपर्छ ।” उनले राज्यको पुनःसंरचनासहितको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्ने बताए ।

२० हजार घुस लिएको आरोपमा इन्जिनियर पक्राउ

काठमाडौं, २७ चैत – सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरीले  सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर महानगरपालिकास्थित पुलचोकबाट सोमबार नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर मेहताले सेवाग्राहीबाट घरको नापनक्सा पास गरिदिने भन्दै घुस लिएका थिए ।

नेपाली कांग्रेस कैलालीले जिल्ला सम्मेलनका लागि खटायो प्रतिनिधि

धनगढी, २७ चैत -नेपाली कांग्रेस कैलालीले वडा तथा जिल्ला सम्मेलनका लागि प्रतिनिधि खटाएको छ ।

महोन्याल गाउँपालिका वडा नम्बर ३ को फलेबिसौनामा बसेको १० औं बैठकको निर्णय अनुसार निर्वाचन क्षेत्र तथा वडा सम्मेलन भव्यताका साथ सम्पन्न गराउन प्रतिनिधि खटाएको हो ।

जिल्लाको १० औं बैठकले बैशाख ५ गते वडा सम्मेलनको प्रारम्भ गरि जेष्ठ ५ गते मध्यवर्ती क्षेत्र कैलारी गाउँपालिकाको हसुलियामा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम प्रतिनिधि सभा निर्वाचन क्षेत्रदेखि वडातहसम्म प्रतिनिधि खटाएको पार्टीका प्रचार–प्रसार विभाग प्रमुख तपेन्द्र भुषालले जानकारी दिए ।

पाँच वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कैलालीको १ मा जिल्लाकी कोषाध्यक्ष देवकी कार्की, क्षेत्र नम्बर २ मा उपसभापति भीम बडुवाल, क्षेत्र नम्बर ३ मा खेमराज डंगौरा थारु, क्षेत्र नम्बर ४ मा सचिव केशवराज मिश्र र क्षेत्र नम्बर ५ मा नृप सुनारलाई खटाएको उनले जानकारी दिए ।

यस्तै, १० वटा प्रदेश निर्वाचन क्षेत्र र १३ वटा स्थानीय तहमा महासमिति सदस्यलाई खटाएको छ भने वडाहरुमा जिल्ला सदस्यलाई खटाईएको उनले बताए ।

नेपाली कांग्रेस कैलालीले बैशाख ५ देखि १० गतेसम्म वडा सम्मेलन, बैशाख १२ देखि १५ सम्म पालिका स्तरिय सम्मेलन, १७ देखि २० सम्म प्रदेश क्षेत्र स्तरिय सम्मेलन, २२ देखि २२ सम्म संघीय क्षेत्र स्तरिय सम्मेलन सम्पन्न गर्ने र जेठ ५ गते जिल्ला सम्मेलन गर्ने कार्यतालिका तय गरेको थियो ।

जिल्ला सम्मेलन तयारीका लागि पार्टीका उपसभापती खेमराज डगौरा थारुको संयोजकत्वमा अन्य जिल्ला पदाधिकारी, जिल्ला सदस्यहरु रहने गरि मुल तयारी समिति गठन गरिएको उनले जानकारी दिए ।



 

काभ्रेबाट २५ वर्षदेखि फरार अभियुक्त पक्राउ

काठमाडाैं, २७ चैत – काभ्रेबाट २५ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ परेका छन् । 

जिउ मास्ने बेच्ने मुद्दाको अनुसन्धानका सिलसिलामा वारदात पश्चात फरार रहेका काभ्रेको तेमाल गाउँपालिका-३ का ५९ वर्षीय ओमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट पत्राचार भई आएकोमा निजको खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट गरेको हो । 

नेपालमा ४४४ पुग्यो कोरोनाका सक्रिय संक्रमितको संख्या

काठमाडौं, २७ चैत – नेपालमा पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् ।

पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । 

मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा २१ जना, आईसीयूमा १० जना र भेन्टिलेटरमा ४ जना रहेको देखिएको छ । 

टेबल टेनिसको १० सदस्सीय टोली आज कोरिया जाँदै

काठमाडौं, २७  चैत । दोश्रो एसपिसीए टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन खेलाडीहरु आज दक्षिण कोरिया जाँदैछन् ।

सो प्रतियोगितमा भाग लिनका लागि ९ खेलाडी सहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्न लागेका हुन । 

सो नेपाली टिममा जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र आशिष महता रहेका छन् भने भेट्रान खेलाडीमा पूर्णशंकर श्रेष्ठ, सुमन खड्गी, अरोजकुमार खड्गी, सुरेन्द्र शाही र संघरत्न डंगोल रहेका छन् । साथै, टेबल टेनिस प्रशिक्षक ज्याकी महर्जन पनि टोलीमा रहेका छन् ।

प्रतियोगिता अप्रिल १० देखि १८ तारिखमा हुनेछ । टेबल टेनिसमा ओलम्पिककी स्वर्ण विजेता दक्षिण कोरियाकी याङ योङ जाको निमन्त्रणामा दक्षिण कोरिया जाने लागेको प्रशिक्षक महर्जनले जानकारी गराए ।

दक्षिण कोरिया जान लागेका टोलीलाई सफलताको शुभकामना दिदै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बिदाइ गरेका छन् ।

ताइवानकाे सिमामा चीनिया लडाकु बिमानवाट गोलाबारी 

काठमाडौं, २७ चैत । चीनले सिमा क्षेत्रमा युद्ध अभ्यास गरेर ताइवानका लागि ‘कडा चेतावनी’ दिएको छ । 

ताइवानका राष्ट्रपति साइ इङ्ग वेनको अमेरिकी भ्रमण गए पछि आक्रोशित चीनले सिमा क्षेत्रमा युद्ध अभ्यास गरेर चेतावनी दिएको हो । उनी गत हप्ता अमेरिका भ्रमणमा गएकी थिइन् । 

ताइवानका अनुसार आइतवार करिब ७० चिनियाँ विमान नजिकैबाट उडेका थिए।  शनिबार भने ४५ चिनियाँ लडाकु विमानहरूले ताइवान स्ट्रेट लाइनमा आएका थिए भने दुई देशको सिमा रेखा पार गरेर दक्षिणपश्चिम भागमा उडान भरेका थिए । 

सैन्य अभ्यासको पहिलो दिन चिनियाँ जहाज पिङटान टापु नजिकैबाट गुज्रेका थिए भने तीनले गोलाबारीसमेत गरेका थिए । यो टापु ताइवानको सबैभन्दा नजिक छ।

चीनले सो सैन्य कारबाहीलाई ‘जोइन्ट सोर्ड’ नाम दिएको छ । यो अभियान सोमबारसम्म जारी रहनेछ ।

उता, ताइवानको काउन्सिल फर ओशन अफेयर्सले जारी गरेको भिडियो फुटेजमा भो ताइवानी जहाजले चिनियाँ युद्धपोतलाई पछ्याइरहेको देखिन्छ।

यसैगरी, अर्को भिडियोमा ताइवानको युद्धपोत डी ख्वा र कोस्ट गार्डको जहाज देख्न सकिन्छ जसमा कोस्ट गार्डका अधिकारीहरूले चिनियाँ डुङ्गालाई चुनौती दिइरहेका छन्।

ताइवानको प्रशासन भने चीनको यो अभियानप्रति आक्रोशित छ। ताइवानका रक्षा अधिकारीहरूले शनिबार आरोप लगाएका छन् कि चीनले ताइवानका राष्ट्रपति साई इङ्गवेनको अमेरिका भ्रमणको बहानामा सैन्य अभ्यास गरिरहेको छ। यसले यस क्षेत्रको शान्ति, स्थायित्व र सुरक्षामा गम्भीर खतरा निम्त्याएको छ ।

तर, ताइवानको राजधानी ताइपेईका जनतामा भने चीनको सो सैन्य अभ्यास र युद्धको चेतावनीको खासै प्रभाव देखिएको छैन। राजधानीका मानिसहरू भन्छन् कि यसले हामीलाई केही फरक पर्दैन, यसमा हामी अभ्यस्त भईसकेका छौं ।

२२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, २७ चैत । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । 

उक्त ट्रेजरी बिल मंगलबार जारी हुने र आज दिउँसो ३ बजे बोलकबोल गरिने छ । 

यसैगरि, केन्द्रीय बैंकले २८ दिनको लागि ३ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० वैशाख २८ गते परिपक्व हुनेछ ।

९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी असार २६ गते परिपक्व हुनेछ ।

यता, १८२ दिनको लागि ६ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी असोज २३ परिपक्व हुनेछ । 

त्यस्तै, एक वर्ष अर्थात ३६४ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० चैत २७ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । 

बैंकका अनुसार सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
 

एमाले निकट महिला संगठनको अध्यक्षमा टुका हमाल

काठमाडौं, २७ चैत । टुका हमालको नेतृत्वमा नेकपा एमालेनिकट महिला भ्रातृ संगठन अखिल नेपाल महिला संघको नयाँँ कार्यसमिति चयन भएका छ ।

गत चैत २५ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेको सो सम्मेलनवाट उपाध्यक्षमा  शर्मिला कार्की, मेनुका काफ्ले, सुमित्रा विसी, मेनका पोखरेल, रूकमणी राना र विमला राई पौडेल चयन भएका छन । बिमला राई निवर्तमान परराष्ट्र मन्त्रीसमेत हुन । 

महासचिवमा भने पेम्बा लामा र उपमहासचिवमा शान्ति अधिकारी नयाँ कार्यसमितिमा आएका छन् ।  

यसैगरी ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरी सचिवहरूमा विणा राई, नरदेवी पुन, बीना ज्ञवाली, मीना रखाल, बीना साह, आशा बिक र शारदा कुमाल कार्यसमितिकाे नयाँ नेतृत्वमा आएका छन भने कोषाध्यक्षमा इन्दिरा फुयाँल चयन  भएकाे सुजिता शाक्यले जानकारी दिएकी छिन् ।

घरमा हुन सक्छ बास्तुदोषः राशि अनुसार यी उपायवाट हटाउनुहाेस्

काठमाडौं, २७ चैत । अक्सर मानिसहरू घरमा वास्तु दोष छ कि भनेर चिन्तित हुन्छन्। घरमा वास्तु दोषका कारण पनि जीवनमा समस्या आउने गर्दछ।

राशिसँग सम्बन्धित चीजहरू घरमा राख्ने हो भने जीवनका सबै समस्याहरू समाप्त हुन्छन्। हरेक क्षेत्रमा सफलता हात पार्न सकिनेछ । यी सामान्यतया साधारण चीजहरू हुन् र तिनीहरूको विशेष प्रयोग र रखरखाव अद्भुत छ।

आउनुहोस्, ज्योतिष शैलेन्द्र पाण्डेबाट जानौं राशि अनुसार के–के उपाय अपनाउनु पर्छ, जसबाट घरको वास्तु दोष हटाउन सकिन्छ । 

मेष राशिः  घरमा घाम लाग्न जरुरी छ । यसमा अधिकतम ध्यान दिनुहोस्। भान्सामा आगो प्रयोग गर्दा सावधान रहनुहोस्।

बृष राशिः घरमा रंग र सुगन्धमा विशेष ध्यान दिनुहोस्। रंगको सही प्रयोगले वास्तु दोष हट्छ। साथै, घरमा डस्टबिन राम्रोसँग राख्नुहोस्। 

मिथुनः घरमा हावाको आगमनलाई ठीक राख्नुहोस्। धेरै भीडभाड भएको ठाउँबाट टाढा रहनुहोस्। घरमा सधैं सुगन्ध राख्नुहोस्। 

कर्कटः  घरमा पानीको स्थानमा विशेष ध्यान दिनुहोस्। पानीलाई पटक्कै बर्बाद नगर्नुहोस्। उत्तर पूर्व दिशामा पानीको व्यवस्था गर्नुहोस्। 

सिंहः घरमा सूर्यको किरणमा विशेष ध्यान दिनुहोस्। विद्युतीय वस्तु र स्थानहरूमा ध्यान दिनुहोस्। घरमा धेरै अँध्यारो हुनुहुँदैन । 

वृश्चिकः घरमा पानी जम्ने ठाउँमा विशेष ध्यान दिनुहोस्। घरमा ओसिलोपन र पानी चुहावट हुनु हुँदैन। पूर्वोत्तर दिशा सफा राख्नुहोस्। 

धनुः घरमा घामको विशेष ख्याल राख्नुहोस्। यसका साथसाथै घरको सिँढी राम्रोसँग बनाउनु पर्छ । घरको बीचमा रहेको ठाउँ सफा राख्नुहोस्। 

मकर राशिः घरमा अनावश्यक चीजहरू जम्मा नगर्नुहोस्। बाथरूम सफा र सुघ्घर राख्नुहोस्। कुनै पनि बेकारको वस्तु उत्तर दिशामा नराख्नुहोस्। 

कुम्भ राशिः घरमा रंग र सुगन्धमा विशेष ध्यान दिनुहोस्। पूजास्थलको पवित्रता कायम राख्ने । यदि घर सुगन्धित रह्यो भने राम्रो हुनेछ। 

मीनः घरमा पानी जम्ने ठाउँमा विशेष ध्यान दिनुहोस्। भान्सामा पानीको ट्याङ्की र चुलो सँगै नराख्नुहोस्। घरको कुनाको सरसफाईमा विशेष ध्यान दिनुहोस्। 

अमेरिकी डलरको कारोबार स्थिर हुदाँ युराेकाे भाउ ओरालो

काठमाडौं, २७ चैत । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

सोमबार पनि अमेरिकी डलरको कारोबार स्थिर रहेको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । यसअघि आइतबार पनि उक्त डलरको खरिदबिक्री सोहि मूल्यमा भएको थियो ।

 
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरोमा ओरालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा १८ पैसाले घटेको हो । आइतबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ६५ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ३१ पैसा कायम गरिएको थियो।

सोमबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ २९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३ पैसा तोकिएको छ। यो मूल्य आइतबारको तुलनामा एक रुपैयाँ ३३ पैसाले घटेको हो । शुक्रबार यसको खरिदमूल्य १६२ रुपैयाँ ६२ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ३६ पैसा कायम गरिएको थियो ।  

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ १८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९७ रुपैयाँ २१ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । 

सोमबार साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिट कारोबार स्थिर रहेको छ। जसअनुसार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६९ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसामा पाइनेछ । यसअघि आइतबार पनि सोहि मूल्यमा कारोबार भएकाे थियो ।

 
उता, कुवेती दिनार एकको खरिदमा सोमबार ४२६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८७ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३२ पैसा तोकिएको छ।
 

यस्ताे छ आजकाे तरकारी तथा फलफूलको मूल्य

काठमाडौं, २७ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आजकाे मुल्य सार्बजनिक सुरु गरेकाे छ ।

जसअनुसार सोमबार रातो आलु २७ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

यसैगरी कालो अंगुर प्रतिकेजी १५०, अनार २२५ रुपैयाँ, हरियो अंगुर १००, आभोकाडो र किवि ४०० प्रतिकेजी, अमला १२० रुपैयाँ केजी केरा दर्जनकाेा १५० रहेकाे छ ।

यस्तै कन्य च्याउ प्रतिकेजी १४० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २५० रुपैयाँ छ । 

यता, ब्रोकाउली ७० रुपैयाँ, काउली स्थानिय ज्यापु ६० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ, रायोको साग ३०, तोरी साग ३० रुपैयाँ, रातो मुला ५० रुपैयाँमा किनबेच हुनेछ । 

तामा ९० रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, खु्र्सानी सुकेको ४५० रुपैया, हरियो खु्र्सानी ९० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ११० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । 

यसैगरी, राजमा घिउ सिमी र तिते करेला ९० रुपैयाँ, प्याज हरियो ५० रुपैयाँ, सुकेको प्याज ३२ रुपैयाँ, भिण्डी ९० रूपैयाँ, लौका ४० रुपैयाँ, नेपाली सुकेको लसुन ९० रुपैयाँ, हरियो धनिया ३० रुपैयाँ र कागती २०० रुपैयाँ प्रतिकेजी रहेको छ ।
 

भक्तपुरमा आजवाट बिस्केट जात्रा सुरु, नौ दिनसम्म चल्ने

भक्तपुर, २७ चैत । भक्तपुरको  बिस्केट (बिस्काः) जात्रा आज साँझवाट सुरु हुँदैछ ।

आठ रात नौ दिनसम्म मनाइने यो जात्रा आजवाट सुरु हुन लागेको हो । जिब्रो छेडने जात्राको रुपमा पनि यो जात्रा चर्चित छ ।

सोमबार साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरूवात गरिने प्रचलन रेको छ । जसअनुसार जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिने गरिन्छ । 

साे रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पु‍र्‍याए पछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन रहदैँ अाएकाे छ ।

लिच्छविकालदेखि सुरु भएको जात्रा नयाँ वर्षको अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि सुरु हुन्छ भने वैशाख ५ गते पनि भैरवनाथको नै रथ तानेर समापन गरिने प्रचलन रहेको छ ।

चट्याङ लागेर बैतडीमा आमा-छोरा घाइते

धनगढी, २७ चैत – बैतडीमा आइतबार चट्याङ लागेर आमा-छोरा घाइते भएका छन्।

आइतबार साँझ ५ बजेको समयमा परेको चट्याङ लागेर जिल्लाको पुर्चौडी नगरपालिका-६ की ३५ वर्षीया पार्वती साउँद र उनका ८ वर्षीय छोरा विवेक साउँद सामान्य घाइते भएका हुन्। 

यस्तै  चट्याङ लागेर  दुई भैँसी पनि मरेका र  घरमा समेत क्षति पुग्नुका साथै घरमा जडित सोलार व्याट्रीसहितका उपकरण समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रक्ता प्रहरी निरीक्षक प्रहरी प्रवक्ता योगेश खत्रीले बताए।

चट्याङ लागेर  घाईते भएका आमा-छोराको अवस्था सामान्य रहेको बैतडीका प्रहरी प्रक्ता खत्रीले जानकारी दिए।

बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु पर्‍यो – बालेन्द्र शाह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु परेको बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत मेयर बालेनले यस्तो बताएका हुन् ।

उनले त्यो लहडमा अनायासै गरिएको निर्णय नभई बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको निष्कर्ष रहेको बताएका छन् । उनले पटक पटकको कोशिस पछि ९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरु कार्यान्वयन गर्न मुस्किल परेको बताएका छन् । उनले सबै मन्त्रालयमा आफूले गरेको पहलको बारे पनि जानकारी दिएका छन् ।

उनले लेखेको स्टाटस यस्तो छ ।

केहि दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु पर्यो । त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन, बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिलेसम्मको निष्कर्ष थियो । जसका कारणले त्यो बाध्यात्मक कदम उठाउनु परेको थियो, उनीहरुलाई यसबारेमा जानकारी हुने भइहाल्यो तर सर्वसाधारणलाई यो बारेमा थाहा भएन । मिडिया र सर्वसाधारणबाट यो सम्बन्धि धेरै प्रश्नहरु उठेका छन् । प्रश्नहरु स्वभाविक पनि छन् ।

सिंहदरबार काठमाडौँ महानगरमै पर्छ । अझ महानगरको कार्यालयबाट ५०० मिटरको दुरीमा सिंहदरबार सुरु हुन्छ । यति हुँदा पनि सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नु पर्छ । संघीय सरकारकारुपमा रहेको सिंहदरबारले जनजिविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न । पटक पटकको कोशिस पछि ९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरु कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ ।
जसका केहि उदाहरणहरु :
१. गृह मन्त्रालय : अव्यवस्थित बस्ति व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी – ३ मन्त्रीसँग पटक पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन नभएको ।
२. परराष्ट्र मन्त्रालय : विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार
३. शिक्षा मन्त्रालय : सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा – दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको ।
४. स्वास्थ्य मन्त्रालय : सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौँ उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन – दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।
५. पर्यटन तथा नागरिक उड्ययन : एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संबत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल – दुई मन्त्रीलाई पटक पटक पहल गरिएको ।
६. अर्थ मन्त्रालय : ५२ बर्षदेखि तिनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौमा मेलम्चीको पानी ल्याउने कार्यक्रम – २ मन्त्रीसँग पटक पटक पहल
७. सहरी विकाश : खोला कोरीडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साईटको ग्यास पाईपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौमै फोहोर ब्यबस्थापन गर्न कानुन र जग्गा – ४ मन्त्रीसँग पटक पटक पहल ।
८. भौतिक यातायात : रिङरोड बिस्तार, उपत्यका यातायात प्राधिकरण गठन – दुई मन्त्रीहरूसँग पटक पटक पहल ।
९. सूचना तथा सञ्चार : ISP र टेलिकमबिच एकिकृत पुर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् – २ मन्त्रीसँग पहल
१०. ऊर्जा मन्त्रालय : सडक बत्ति अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग – २ मन्त्रीसँग पहल
११. खानेपानी : मेलम्चीको पानी र पाइप व्यवस्थापन, KUKL को उचित व्यवस्थापन पहल – २ मन्त्रीसँग पटक पटक पहल
१२. भूमिसुधार मन्त्रालय : सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण – मन्त्रीसँग पटक पटक पहल
१३. सङ्घीय मामिला : तिनकुने विवाद पहल, कर्मचारी सरुवा – दुई मन्त्रीसँग पटक पटक पहल
१४. कृषि मन्त्रालय : मल खरिद तथा उपत्यकामा आउने तरकारीको परिक्षण – मन्त्रीसँग पटक पटक पहल
५०० मिटरको दुरीमा रहेको स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका यस्ता मुद्दा त अगाडि बढ्दैनन्, सुनेको नसुनै हुन्छ भने दुरदराजका स्थानीय तहहरुमा भएको नीतिगत अफ्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतका कुराहरुको सम्बोधनको अवस्था कस्तो होला ? जुन सरकारले अर्को सरकार र जनप्रतिनिधीको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्विकारेको भनेर कसरी मान्ने ? संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ?
स्थानीय समस्याहरु स्थानीय तहमा नै समाधान हुन सकून् । संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस् । देश विकेन्द्रीकरणको उच्चतम् लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा छ तर न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौँ आइरहनु पर्ने अवस्था छ, त्यो नहोस् ।
यसैका लागि असमन्वयकारी भुमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो । यो दबाब आवश्यक छ भन्नेमा सायदै दुइमत रहला ।

फ्रान्सको हिम पहिरोमा परी ५ जनाको मृत्यु

काठमाडाैं, २७ चैत । फ्रान्समा आइतबार गएको हिमपहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । 

दक्षिणपूर्वी फ्रान्सको मोन्ट ब्लाङ्क नजिकै गएको हिम पहिरोमा परी ५ जनाको मृत्यु भएको फ्रान्सेली समाचार संस्थाहरुले जनाएका छन । 

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिन ट्वीटरमा लेखेकासमेत छन्, ‘हिम पहिरो गएको सूचना पाउदासाथ विपद् व्यवस्थापन टोलीहरू घटनास्थलमा पठाइएको छ । उनीहरूले अझै काम गरिरहेका छन् ।’

हिम पहिरो गएको स्थानमा उद्धारकार्य जारी राखिएको तर घटनास्थलबाट कसैलाई जीवित उद्धार गर्नसक्ने आशा क्षीण बन्दै गएको जनाईएको छ । समाचार अनुसार हिम पहिरो गएको उक्त स्थानमा एक दर्जन भन्दा बढी व्यक्ति रहेका थिए । 

प्रिमियर लिगमा आर्सनल र लिभरपुलको बराबरी गोल

काठमाडौं, २७ चैत । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल घरेलु टोली लिभरपुलसँग बराबरीमा रोकिएको छ ।

सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले लिभरपुलसँग अंक बाँडन बाध्य भएको छ । साे खेल २–२ को बराबरीमा सकिएको थियो । 

आइतबार राति एनफिल्डमा  भएको खेलको ८ औं मिनेटमा मार्टिनेलीको गोलबाट आर्सनलले अग्रता लिएको थियो । पहिलो हाफको २८औं मिनेटमा गाब्रिएल जेससले अर्को गोल थपे पछि आर्सनल २–० को अग्रता कायम गर्न सफल भयो । 

तर, त्यो अग्रतालाई आर्सनलले जोगाउन सकेन । र, ४२औं मिनेटमा सलाहले गोल गर्दे लिभरपुललाई २–१ को स्थितिमा फर्काए ।

दोस्रो हाफको ५४औं मिनेटमा सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले आर्सनलसँग बराबरी हुने मौका गुमायो । तर, निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा अर्थात ७८ औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई हारबाट मात्रै जाेगाएनन,, खेल नै बराबरीमा राखिदिए ।

यस खेलवाट आर्सनलको ३० खेलबाट ७३ अंकसहित अग्रस्थानमा छ भने लिभरपुल २९ खेलबाट ४४ अंक जोडेर आठौं स्थानमा सिमित रहेको छ ।

पर्यटन मन्त्रालयद्वारा सबै पर्यटन दुत बर्खास्त

काठमाडौं । पर्यटन मन्त्रालयले बहालवाला सबै पर्यटन पर्यटन दूत बर्खास्त गरेको छ । 

‘पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै प्रक्रिया पूरा गरी पुनः नियुक्ति हुन सक्ने गरी बहाल रहेका सबै पर्यटन दूतहरूलाइ बर्खास्त गरेको हो ।

निवर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठको कार्यकालमा विभिन्न मुलुकमा नियुक्त गरिएका २५ जना पर्यटनदूतको नियुक्ति खारेज गरेकाे जनाइएकाे छ ।  

यसैगरी, पर्यटनमन्त्री सुदन किरातीले आइतबार मन्त्रीस्तरीय निर्णय गरी नेपालगञ्जबाट भारतका विभिन्न सहरमा अन्तर्राष्ट्रिय उडान पहल गर्नका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि लिएका छन् ।

एसईई परीक्षामा सम्मिलित भई घर फर्कने क्रममा जिप दुर्घटना, एकको मृत्यु

धनगढी, २७ चैत – कैलालीमा आइतबार सु.प प्र ०१००१ ज १४२३ नम्बरबको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

चुरे गाउँपालिकाको-६  भिमदत्त राजमार्ग अन्र्तगत फल्टुँडेमा जिप दुर्घटना हुँदा भएको हो। चुरे गाउँपालिका-६ का वर्ष १८ का भानु ठकुन्नाको निधन भएको हो।

मेलकट्टेश्वर मावि चुरे-६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसईई परीक्षामा सम्मिलित भई घर फर्कने क्रममा जिप दुर्घटनामा परेर  निधन भएको प्रहरीले जनाएको छ।

यस्तै दुर्घटनामा वर्ष १७ का हरिश धामी,वर्ष १८ की सरस्वती र वर्ष १६ का प्रकाश धामी परि घाइते भएका छन। घाइतेहरूको पदमा अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यलय फलटुडेका अनुसार घाइतेहरू पनि एसईई दिइएर घर फकिरहेका मेलकट्टेश्वर माविकै विद्यार्थी हुन्।

जिपको स्टेरिङ्ग कन्ट्रोल गर्न नसक्दा नालिमा ठोक्किएर गाडि दुर्घटना भएको खुलेको छ। गाडि चालक नरसिँ धामीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

नयाँ मुख्य सचिव को होला ?

काठमाडौं । मुख्य सचिव शंकरदास वैरागीको पदावधि सकिन केही महिनामात्रै बाँकी रहदा नयाँ मुख्य सचिवका बारेमा चर्चा शुरू भएको छ । वैरागीको समयावधि छोटिँदै जाँदा निजामती प्रशासनको सर्वोच्च पद मुख्य सचिव बन्न वरिष्ठ सचिवहरूले समेत आन्तरिक लबिङ थालेका छन् ।

मुख्य सचिव वैरागीलाई महत्वपूर्ण देशको राजदूत वा संयुक्त राष्ट्रसंघ (यूएन)को स्थायी प्रतिनिधिमा पठाएर नयाँ मुख्य सचिव नियुक्त गर्न सकिन्छ कि भन्ने विषयमा उच्च सरकारी तहमा छलफल शुरू भएको स्रोतको दाबी छ । मुख्य सचिव पनि पदावधि सकिनै लाग्दा नयाँ अवसरको खोजीमा रहेको बताइएको छ ।

भारत, चीन, अमेरिका, बेलायतलगायतका मुलुकमा राजनीतिक नियुक्ति भइसकेकाले मुख्य सचिव वैरागीलाई क्यानडाको राजदूत बनाउन सकिने विषयमा समेत छलफल हुन थालेको स्रोतको दाबी छ । स्रोतका अनुसार उनलाई यूएनको स्थायी प्रतिनिधिको रूपमा समेत पठाउन सकिने छ ।

मुख्य सचिव वैरागीको पदावधि यही २०८० साल असोज १५ मा सकिने छ । पूरै अवधि मुख्य सचिवमा बस्दा राजदूत वा यूएनको स्थायी प्रतिनिधिमा नियुक्ति लिन कठिन हुने भएकाले वैरागी सेवानिवृत्त हुनुभन्दा केही महिनाअघि नै नियुक्ति भएर जाने चर्चा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चल्न थालेको छ ।

अतः मुख्य सचिव वैरागीको अन्यत्र नियुक्ति हुने समयले भावी मुख्य सचिव को हुने भन्ने कुराको निर्धारण गर्छ । मुख्य सचिव वैरागी आगामी २०८० साल वैशाख वा जेठ सम्ममा राजदूत भएर जाने अवस्था आएमा जेष्ठताका आधारमा तीन जना सचिवहरू मुख्य सचिवको प्रमुख दाबेदार हुनेछन् । सो समयमा मुख्य सचिवको दाबेदार हुनेमा राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइराला, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्याल र राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रामप्रसाद थपलिया रहेका छन् ।

स्रोतका अनुसार मुख्य सचिव वैरागीले साउन तथा भदौमा राजदूतमा नियुक्ति लिएर गएको अवस्थामा भने त्यसपछि सबैभन्दा वरिष्ठतामा रहेका सूर्यप्रसाद गौतम, देवकुमारी गुरागाईँ, केवलप्रसाद भण्डारी र दिनेश कुमार घिमिरेमध्ये एकलाई मुख्य सचिव बन्ने बाटो खुल्ने छ । यी चारमध्ये गुरागाईं मुख्य सचिव बनेमा नेपालको इतिहासमा नै मुख्य सचिव हुने पहिलो महिला बन्ने छिन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

गहुँ आयात अनुमति दिनका लागि भारतलाई पत्राचार

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन लाख मेट्रिक टन गहुँ आयात अनुमति दिनका लागि भारतलाई पत्राचार गरेको छ । बजारमा आपूर्ति व्यवस्था सहज बनाउन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत तीन लाख मेट्रिक टन गहुँ उपलब्ध गराउन पत्राचार गरेको हो ।

स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा थप परिणाममा गहुँ आयात गर्न पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले तीन लाख मेट्रिक टन गहुँ आयातका लागि इजाजतपत्र खुला गर्न पत्राचार गरिएको जानकारी दिइन् । “बजारमा गहुँको अभाव हुन नदिनका लागि भारत सरकारलाई परराष्ट्रमार्फत पत्राचार गरेको छौँ,”

उनले भनिन्, “प्रक्रिया गर्दा समय लाग्ने हुँदा आगामी आर्थिक वर्षका लागि माग गरिएको हो ।” रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा सङ्कटको सङ्केत देखिएपछि गत ३० वैशाखमा भारतले आफ्नो मुलुकको खाद्य सुरक्षालाई ध्यानमा राख्दै नेपाललगायतका मुलुकमा गहुँ निर्यात प्रतिबन्ध लगाएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।