`

चलचित्र ‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक

काठमाडौं, २९ चैत । नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक भएको छ। आगामी १५ वैशाखबाट देशभर रिलिज हुने यो चलचित्रको ट्रेलर युट्युब मार्फत सार्वजनिक भएको हो।

सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको यो चलचित्रलाई सनम कुमार बैरागले निर्देशन गरेका हुन्। चलचित्रको दुई मिनेट ४७ सेकेण्ड लामो ट्रेलरमा एक युवक, उसको वरपर सबन्धित हुने  व्यक्तिहरु र प्रेम सम्बन्धमा आउने उतार चढावलाई चित्रण गरिएको छ।

प्रेम र रोमान्सको कथामा बनेको फिल्मले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको निर्देशक बैरागले बताए । यो चलचित्रमा समावेश सबै गीतमा शब्द, चलचित्रको पटकथा तथा संवाद पनि निर्देशक बैरागले नै तयार पारेका हुन्। साहित्यकार स्व. ईश्वर मानन्धरले लेखेको कथा ‘कैदीको पत्र’मा आधारित रही यो चलचित्र बनाइएको हो।

यस चलचित्रमा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी निर्माता हुन् । रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ ।

सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत रहेको चलचित्रमा प्रताप दास, अन्जु पन्त, सागर आले, प्रविशा अधिकारी, शुभानी मोक्तान र अभिषेक कार्कीको स्वर रहेको छ। चलचित्रको मार्केटिङ श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टले गरेको छ भने काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन्।
 

वैदेशिक वस्तु तथा सेवा व्यापार घाटाको वृद्धिदर ऋणात्मक छ : राष्ट्र बैंक

काठमाडौं, २९ चैत – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुन सम्ममा वैदेशिक वस्तु तथा सेवा व्यापार घाटाको वृद्धिदर ऋणात्मक रहेको जानाएको छ । 

केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै वैदेशिक व्यापारमा आयात, निर्यात र व्यापार घाटाको वृद्धिदर ऋणात्मक रहेको जनाएको हो ।  

आव २०७९–८० को ८ महिनामा कुल निर्यात वस्तु २९.१० प्रतिशतले कमी भएर १०४ अर्ब ८० करोड कायम भएको बैंकले जनाएको छ । अघिल्लो वर्षको भने सोही अवधिमा ८२.९० प्रतिशतले निर्यात वृद्धि भएको थियो । त्यस्तै, कुल वस्तु आयातमा १९.१० प्रतिशतले कमी आएर १०५८ अर्ब ३९ करोड कायम भएको छ । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा ३८.६० प्रतिशतले आयात बढेको थियो । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १७.९० प्रतिशतले घटेर ९५३ अर्ब ५९ करोड कायम भएको हो । साथै अघिल्लो वर्षको सोही अवधिमा ३४.५० प्रतिशतले बढेको थियो ।

यसैगरी वैदेशिक सेवा व्यापारको घाटामा पनि सुधार भएको राष्ट्र बैंकले जानाएको छ । समीक्षा अवधिमा खुद सेवा आय ४९ अर्ब ८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६६ अर्ब २५ करोडले घाटामा रहेको थियो ।

बैंकले सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९८.६० प्रतिशतले वृद्धि भई ३७ अर्ब १२ करोड पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा आय १८ अर्ब ७० करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ५०.७०प्रतिशतले वृद्धि भई ७६ अर्ब १२ करोड पुगेको हो ।

गौरीगंगा गोल्डकपको उपाधि जित्ने स्टार सिटी र फोर ब्रदर्शको दाबी

धनगढी, २९ चैत – कैलालीको गौरीगंगा–११ स्पोर्ट्स क्लबले आयोजना गरेको तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताले बिहीबार विजेता पाउने छ । उपाधिका लागि कैलालीको स्टार सिटी क्लब र नवलपरासीको फोर ब्रदर्श एफसीले प्रतिस्पर्धा गर्ने भएका छन् । स्टार सिटीले बाँकेको कोहलपुर रेसिङ सहारा क्लबको कारबाही पछि बाइ पाएर फाइनलमा स्थान बनाएको हो भने बर्दियाको नव युवा मैत्री भाव क्लबलाई पराजित गरी फोर ब्रदर्श उपाधि नजिक पुगेको हो । उपाधि भिडन्त अघि बुधबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । 

‘मध्यपश्चिमबाट आएर क्वाटर फाइनल, सेमी जितेर यो रमाइलो यात्रा तय गरेका छौँ,’ फोर ब्रदर्शका टिम कोच धर्मराज भुसालले भने, ‘अब फाइनल पनि जित्ने गरी रणनीति बनाइरहेका छौँ र फाइनल जित्छौँ  पनि ।’ फोर ब्रदर्शका टिम कप्तान विनोद केवटले पनि उपाधि जित्ने गरी खेल्ने बताए । ‘हामी सुरुवाती १०/२५ मिनेटसम्म केही चुकेर पछि गेम राम्रो बनाउँदै आएका छौ,’ उनले भने, ‘दोस्रो खेलमा त्यो केही सुधार पनि गरेऊ । साथै फिनिसिङ लाइनमा पनि केही कमजोरी भइरहेको छ । अब त्यसलाई सुधारेर उपाधि जित्नेमा विश्वस्त छौँ ।’ उनले प्रतिद्वन्द्वी टिम बलियो भए पनि आफ्ना खेलाडी प्रति आफू विश्वस्त रहेकाले उपाधि जित्ने बताए । 

स्टार सिटीका टिम कोच गजेन्द्र शाहीले उपाधि जित्ने गरी रणनीति बनाइएको बताए । ‘हामीले यो मैदानसँगै अन्यत्र पनि अहिलेकै सेटमा खेल खेल्दै नतिजा निकाल्दै आएका छौँ,’ उनले भने, ‘त्यसैले हामीलाई गाह्रो छैन । हामीले प्रतिद्वन्द्वी टिमको अवस्था हेरेर रणनीति तयार पारेका छौँ ।’ स्टार सिटीका कप्तान सन्दीप कुँवरले आफू यस अघि पनि यो प्रतियोगिताका दुवै संस्करणमा सहभागी भइसकेकालाई सजिलो हुने बताए । ‘होम ग्राउन्ड, होम सपोर्टर भएर पनि खेलमा राम्रो प्रभाव पर्छ,’ उनले भने, ‘तर हामी त्यसो भनेर मात्र हैन राम्रो खेलेर नतिजा निकाल्छौ । पहिलो र दोस्रो संस्करण खेलिसकेको मैदान पनि हो र हामी यस अघि फाइनलिस्ट पनि हो । त्यसैले हामीले बलियो रहेको प्रतिद्वन्द्वीलाई जित्ने गरी खेल्छौँ ।’ 

पत्रकार सम्मेलनमा आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश कलेले दुवै टिमलाई जितको शुभकामनासहित गोल्डकपका आगामी संस्करणहरू थप व्यवस्थित र परिष्कृत बनाउँदै लैजाने बताए । ‘२०७४ सालबाट हामीले यस क्षेत्रका खेलाडी, यो खेल मैदान र युवाहरूको सृजनशीलताका लागि अभियान थालेर यो गोल्ड कप गर्दै आएका छौँ,’ उनले भने, ‘हाम्रो मुख्य उद्देश्य यहाँ एउटा सरकारी मापदण्ड अनुसार स्थानीय तहमा बन्नुपर्ने रङ्गशाला बनाउने हो । साथै यस क्षेत्रका खेलाडीको खेल जीवन र युवाहरूमा बढ्दो लागू औषधको विकराल स्वरूपलाई कम गर्न सकिन्छ भन्ने उद्देश्यले यसको आयोजना गर्दै आएका छौँ ।’ 

उनले प्रतियोगितामा सहभागिता जनाउने १० वटै टिमका खेलाडी तथा व्यवस्थापक, प्रशिक्षक र यस क्षेत्रका सम्पूर्ण  प्रायोजकहरूमा धन्यवाद ज्ञापन गरे । ‘सरकारी स्तरबाट खेल क्षेत्रलाई हेर्नुपर्ने नजरीया सुधार हुन सकेको छैन,’ उनले अगाडी भने, ‘तर पनि हामी यी प्रतियोगिताको व्यवस्थापनलाई बढवा दिने र खेल क्षेत्र तथा खेलाडीको जीवनस्तर उकास्ने अभियानमा अनवरत लागिरहने छौँ ।’

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल बिहीबार दिउँसो २ बजे सुरु हुने छ । १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । 

प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जग शक्ति गोल्ड टिएमटी फलामे छड रहेको छ । मुख्य प्रवर्द्धकमा गौरीगङ्गा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरूमा सनराज ईन्टरनेशनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।

अडियो सार्वजनिक गर्नु पार्टीविरुद्धको षड्यन्त्र हो : ढाकाकुमार श्रेष्ठ

काठमाडौं, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले आफू जोडिएको अडिओ सार्वजनिक गर्नु पार्टीविरूद्धको षड्यन्त्र रहेको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर उनले उपनिर्वाचनमा आफ्नो पार्टीलाई हराउन षड्यन्त्र स्वरूप आफ्नो अडियो सार्वजनिक गरिएको आरोप लगाएका छन् । उक्त अडियोमा सत्यता नरहेको जिकीर गर्दै उनले आफू र पार्टीबिरुद्ध अडिओ इडिटिङ गरेर बनाएको आरोप लगाए ।

फसाउने गरि गत जनवरी, फेब्रुअरीमा भएको अडिओ अहिले ल्याएर हाल्नु हाम्रो पार्टीबिरुद्ध गररिएको प्रहार रहेको उनको भनाइ छ ।

रिएको हो, पार्टीलाई तीनवटै क्षेत्रमा हराउने सुनियोजित हो’ उनले भने ।

यस विषयमा आफू न्यायलयमा गइसकेको र क्लिनचिट लिएर आउने उनको  दाबी छ ।

मलेशिया घटना : कति छन् अलपत्र कामदार ?

मलेशिया पुर्‍याएर रोजगारदाताले काम नदिइकन न्यूनतम अत्यावश्यक सुविधासमेत नभएको आवासमा राखिएका सयौँ नेपाली कामदारको “उद्धार वा रोजगार पुनर्स्थापना”का लागि पहल थालिएको अधिकारीहरूले बताएका छन्।

नेपालको परराष्ट्र मन्त्रालयकी प्रवक्ता एवं क्वालालम्पुरस्थित नेपाली दूतावासका अधिकारीकाअनुसार मलेशियाली निकायसँगको समन्वयमा त्यस्तो कार्य थालिएको हो।

मलेशियामा आप्रवासी कामदारको हकहितका लागि काम गर्ने एउटा गैरसरकारी संस्थाको पहलमा ‘दयनीय अवस्था’मा नेपाली र बाङ्ग्लादेशी कामदारलाई राख्ने कम्पनीविरुद्ध त्यहाँको श्रम विभागमा उजुरी समेत दिइएको विवरण प्राप्त भएको छ।

दुई महिनाअघि देखि अलपत्र अवस्थामा रहेका नेपाली श्रमिकहरूले चाहिँ रोजगारदाताले आफूहरूलाई “मलेशियामै रोजगारीको व्यवस्था गर्नुपर्ने वा क्षतिपूर्ति सहित नेपाल फर्किने वातावरण मिलाउनुपर्ने” बताएका छन्।

घटना के हो?
मलेशिया पुगेर काम नपाएका कामदार तथा उनीहरूको उद्धार तथा पुनर्स्थापनाको पहलमा जुटेकाहरूका भनाइमा नेपालबाट मलेशियाको एउटा कम्पनीले ठूलो सङ्ख्यामा कामदारहरू लगेको थियो।उक्त कम्पनीले नेपालका तीन/चारवटा म्यानपावर कम्पनीमार्फत कामदार त्यहाँ पुर्‍याएको विवरण सार्वजनिक भएको छ।

त्यो कम्पनीले बाङ्ग्लादेशबाट पनि ठूलो मात्रामा कामदारहरूले लगेको थियो।तर ती कामदारहरूलाई न्यूनतम सुविधासमेत नदिइएको र दुई महिनादेखि काम समेत नदिइएको अवस्था रहेको बताइएको छ।

“हामी कामदारहरू बसेको स्थानमा पुग्दा त्यहाँ न्यूनतम सुविधा समेत थिएन। कामदारहरूलाई खानका लागि खाद्यान्न त थिएन नै उनीहरूसँग किन्ने पैसा पनि थिएन,” मलेशियामा आप्रवासी कामदारको हकहितबारे पैरवी गर्ने एउटा संस्था नर्थ-साउथ इनिसिएटिभमा जोडिएका एक नेपाली रमेशकुमार पंजियारले बीबीसीसँग भने।

“नेपाल र बाङ्ग्लादेशबाट आएका ठूलो सङ्ख्यामा कामदारहरूलाई न्यूनतम सुविधा र रोजगारी नदिइकन अमानवीय हिसाबले राखेको जानकारी आएपछि हामी त्यहाँ पुगेका थियौँ।”

उनका अनुसार त्यसबारे मलेशियास्थित नेपाली दूतावाससहित त्यहाँको श्रम विभाग र मानव संशाधन मन्त्रालयलाई समेत जानकारी गराएर आवश्यक कारबाहीका लागि आग्रह गरिएको छ।

मलेशियाको श्रम विभाग र मानव संशाधन मन्त्रालयले “न्यूनतम मापदण्ड पूरा नगरी आवासमा राख्ने र रोजगारी नदिइ अलपत्र पार्ने कार्य उपयुक्त नभएको” भन्दै उक्त कम्पनीलाई कारबाही गर्ने जनाएको उनले बताए।

उजुरीपछि मलेशियाको श्रम विभाग अन्तर्गतको एउटा निकायले नेपाली र बाङ्ग्लादेशी कामदारहरूलाई पुरानो आवासबाट अर्को सुरक्षित आवास भवनमा सारेको क्वालालम्पुरस्थित नेपाली दूतावासका श्रम सहचारी दिलिप खड्काले बीबीसीलाई बताए।उनले मङ्गलवार हाल नेपाली कामदारहरू राखिएको आवास भवनको निरीक्षण समेत गरेका थिए।

कति छन् अलपत्र कामदार?
क्वालालम्पुरस्थित नेपाली दूतावासका अधिकारीका अनुसार उक्त रोजगारदाता भनिएको कम्पनीले करिब एक हजार जना विदेशी कामदार ल्याउने कोटा पाएको थियो।त्यसमध्ये करिब साढे पाँच सय जति नेपालबाट लैजानका लागि उसले मागपत्र प्रमाणीकरण गराएको थियो।

त्यसमध्ये हालसम्म २७८ जना नेपाली उक्त कम्पनीमार्फत काम गर्न मलेशिया पुगिसकेको प्रारम्भिक विवरण प्राप्त भएको श्रम सहचारी खड्काले बताए।“उनीहरूलाई अहिले नयाँ होस्टेलमा सारिएको छ, यहाँको श्रम विभाग अन्तर्गतको एउटा निकायले त्यसका लागि पहल गरेको हो,” उनले भने।

“होस्टलमा अहिले कुल २७८ जना रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ त्यसलाई थप पुष्टि गर्न बाँकी छ। त्यसमध्ये नेपाली कामदारले दिएको जानकारी अनुसार ४३ जना बाहेक अरु कामविहीन छन्।”

उक्त आवासमा बाङ्ग्लादेशी कामदारहरूलाई पनि राखिएको छ। “अहिले राखिएको होस्टलको अवस्था हेर्दा ठिकै देखिन्छ,” उनले भने।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। बुधबार अमेरिकी डलरको भाउ बढेकामे छ भने अन्य देशको विनिमय दर पनि केही घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर २३ पैसाले वृद्धि भएको छ । आज अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा रहेको छ। यस्तै युरोपियन युरोको भाउ बढेर एकको खरिददर १४३ रुपैयाँ ९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा कायम गरिएको छ।

यस्तै अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ २९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ११ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा कायम भएको छ

यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ १२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८७ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा कायम गरिएको छ। यस्तै साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसा रहेको छ ।

युइएफए च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको सानदार जित

काठमाडौँ – गए राति युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको खेलमा म्यानचेस्टर सिटीले जर्मन क्लब बार्यन म्युनिखलाई ३–० गोलअन्तरले पराजित गरेको छ।

खेलमा सिटीको जितमा रोड्री, बर्नाडो सिल्भा र एर्लिङ ब्राउट हालान्डले गोल गरे। जितसँगै सिटीले च्याम्पियन्स लिगका सेमिफाइनलमा पुग्ने सम्भावना बढेको छ ।

कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्छ – राजेन्द्र लिङदेन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्ने बताएका छन् । राप्रपा गण्डकी प्रदेशस्तरीय विस्तारित बैठक तथा कार्यकर्ता भेलामा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले सुशासन, विकास र जनताको सेवालाई केन्द्रविन्दुमा राखेर सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने हामीले देशकोे व्यवस्था त परिवर्तन ग¥यौँ तर जनताको अवस्था फेर्न सकेका छैनाँै ।

नेपालमा राजनीति उद्योगका रूपमा विकास भएको भन्दै उनले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्ने बताए । उनले भने म ऊर्जामन्त्री हुँदा ठूलाठूला निर्णय भए तर मैले एक रुपैयाँ पनि अनियमितता गरिनँ”, उनले थपे “भ्रष्टाचार गर्नु भनेको नेपाली आमाको रगत खानु सरह हो ।”

बैतडीमा जिप दुर्घटना हुँदा बझाङका एकै गाउँका ५ जनाको मृत्यु, पाँच जनाले हामफालेर ज्यान जोगाए

काठमाडौं – बैतडीमा जिप दुर्घटना हुँदा एकैगाउँका छ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा जिप दुर्घटना भएको हो । दुर्घटनामा परी बझाङको एकै गाउँका छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन् ।

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नंको जिप गए राति दुर्घटनामा परेको बैहो । जिपमा सवार अन्य पाँच जनाले हामफालेर ज्यान जोगाएको जनाइएको छ ।

पहरो फुटाउने फाइल नै हरायो

विस्फोटक पदार्थको अभावमा पहाड फोर्न नसक्दा नारायणगढ–मुग्लिन सडकअन्तर्गतको तुइन खोलामाथिको पुल निर्माण कार्य लामो समयदेखि रोकिएको छ । पुलसँगै रहेको पहाड काट्न विस्फोट नै गर्नुपर्ने तर त्यसका लागि आवश्यक पर्ने बारुदको खरिद प्रक्रिया ढिला हुँदा समस्या भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकृत कृष्ण आचार्यले जानकारी दिए ।

“मेसिनले पहाड काट्न नसकिने अवस्था भयो । त्यो चट्टान काट्न विस्फोट नै गराउनुपर्छ तर विस्फोटक पदार्थ लिन माग गरिएको अनुमतिको फाइल नै सदर भएको छैन,” उनले भने । नारायणगढ–मुग्लिन सडक दिउँसो ४ घण्टा रोकेरै मेसिनले चट्टान काट्न लाग्दा पनि नसकिएपछि बारुदको खोजी भएको हो ।

तुइन खोलासँगै रहेको ११ मिटर अग्लो र ४० मिटर चौडाइको चट्टान फुटाउन कम्तीमा पनि छदेखि सात टन बारुद आवश्यक पर्ने अनुमान गरिएको छ । कुनै पनि आयोजनामा विस्फोट गराउन आयोजनाको जिल्लास्थित सुरक्षा समितिको सिफारिसमा गृह र रक्षा मन्त्रालयको स्वीकृतिले मात्रै गर्न पाउने व्यवस्था छ । विस्फोटक पदार्थ आयातका लागि रक्षाले स्वीकृति दिँदा पनि नेपाली सेनाको अनुमति चाहिन्छ । सेनाकै प्रत्यक्ष निगरानीमा नै त्यो विस्फोटक पदार्थ आयात, ढुवानी, भण्डारण र विस्फोट गराउने व्यवस्था छ । भारतबाट बारुद आयातका लागि अनुमति माग भइगएको फाइल नै अहिले कहाँ छ भन्ने अन्योल छ ।

यही प्रक्रियामा जिल्लाबाट छ महिनाअघि नै माग भएर गए पनि मन्त्रालयमै फाइल अड्किएको आचार्यको भनाइ छ । “मलाई लाग्छ फाइल अहिले रक्षा मन्त्रालयमा अड्किएको छ,” उनले भने । तर रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद ढुङ्गाना भने फाइल आफूहरूले गृहमा फिर्ता पठाइसकेको बताए ।

“हामीकोमा यति लामो समय फाइल नै बस्दैन । गृहबाट माग भई आएको थियो, नेपाली सेनाको राय लिएर हामीले तुरुन्तै गृहलाई अनुमतिका लागि पत्र पठाइसकेका हौँ,” उनले भने । तर गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले भने सो फाइल गृहमा नभएको बताए । “विस्फोटक पदार्थ खरिद गर्नेसम्बन्धी नारायणगढ–मुग्लिन सडक आयोजनाको फाइल अहिले गृहमा छैन ।यो समाचार गोरखापत्र दैनिकमा छ ।

यसको गृहले गर्ने प्रक्रिया अगाडि बढिसकेको हुनुपर्छ,” उनले भने । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी देशैभरका आयोजनामा आवश्यक विस्फोटक पदार्थ खरिद प्रक्रिया अहिले ढिलै भएको बताए ।

९ लाख बुझाएको ३ वर्ष पुग्दा पनि विदेश जान पाइएन

काठमाडौं । विदेश जानेको लर्को बढ्दै जाँदा दैनिक करिब ३ हजारको हाराहारीमा बिदेसिने गरेका छन्।

विदेश जाने चक्करमा फसाउने एजेन्ट र फस्ने पीडितको संख्या पनि उत्तिकै रहेको छ। विदेश जाने सपना बुन्दै गर्दा विद्यार्थी तथा कामदारहरू विभिन्न एजेन्सीसँग पुग्छन् तर आफू कहाँ गएर फसिने हो, त्यो कसैलाई पत्तो हुँदैन। भोजपुर दावा नगरपालिका-३ का उत्तम खड्कासँग बसुन्धारामा रहेको जुम इन्टरनेसनल कम्पनीले क्रोएसिया पठाउने भन्दै ९ लाख ३८ हजार रूपैयाँ लिएको अहिले ३ वर्ष भयो। तर पनि खड्का विदेश जान पाएका छैनन्।

करिब १० लाख रूपैयाँ असुल गर्ने रूपन्देही सैनामैना नगरपालिका-६ का धनबहादुर घर्ती जुम कम्पनीका कर्मचारी हुन्। लाखौं पैसा उक्त म्यानपावरलाई बुझाउँदा खड्का जस्तै अन्य व्यक्ति पनि वर्षौं बितिसक्दा पनि बिदेसिन पाएका छैनन्। जुम इन्टरनेसनल कम्पनीले केही वर्षदेखि नै खड्का लगायत अन्य नेपालीलाई क्रोसिया पठाउने भन्दै लाँखौंलाख असुल गरेको पीडितको आरोप छ। उक्त कम्पनीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी परेको विभागले पनि जानकारी दिएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

क्रोसिया जाने सपनाले अहिले घर न घाट भएको खड्का भन्छन्, ‘ऋण काढेर साडे ९ लाख पैसा जुम इन्टरनेशनल कम्पनी म्यानपावरलाई बुझाएको करिब ३ वर्ष हुँदा न विदेश जान सकियो न त पैसा नै फिर्ता आयो।’ वैदेशिक रोजगार विभागमा उजुरी दिएको महिनौ बित्दा पनि पैसा उठ्ने आसा अझै नभएको खड्काले बताए। भोलिर्समा नै भिजा आउँछ भन्दै पैसा असुल गर्ने गरेको जुम म्यानपावरले दुब्लिकेट भिजा बनाएर सयौं नेपालीलाई अन्योलमा पारी फसाउने गरेको पीडितहरूको गुनासो रहेको छ।

सिन्धुलीमा कार दुर्घटना हुँदा ४ भारतीय नागरिकको ज्यान गयो

काठमाडौं – सिन्धुलीमा कार दुर्घटना हुँदा ४ भारतीय नागरिकको ज्यान गएको छ । गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका(३ गढीगेट नजिक भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार दुर्घटना भएको हो ।

दुर्घटनामा ४ जनाको ज्यान गएको हो भने एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको जनाइएको छ । कारमा सवार ५ जनाको परिचय खुली नसकेको जनाइएको छ ।

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं। बुधबार प्रतिनिधिसभा बैठक बस्ने भएको छ। बैठक दिउँसो १ बजे याँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै बैठकमा सभामुख देवराज घिमिरले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

फोहोर संकलन र ढुवानी बन्द गरेपछि शीतलनिवास र सिंहदरबारमा थुप्रियो फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबारदेखि शीतल निवास, सिंहदरबार र प्रधानमन्त्री कार्यालयको फोहोर संकलन र ढुवानी बन्द गरेको कारण ती क्षेत्रमा करिब १२ टन फोहोर थुप्रिएको छ ।

देशको राष्ट्र प्रमुख तथा सरकार प्रमुखको कार्यालय र आवासमा फोहोर थुप्रिँदा गृह मन्त्रालय भने रमिते भएको बसेको छ । जबकि, गृह मन्त्रालय आफैंले जारी गरेको आवश्यक सेवामा निषेध गर्न नपाइने २५ बुँदे सूचीकोे १४औँ बुँदामा फोहोरमैला, संकलन र ढुवानीमा अवरोध गर्न नपाइने उल्लेख छ । सिंहदरबारभित्रै रहेको गृह मन्त्रालयले आफ्नै परिसर नजिकैको पुतली बगैंचामा फोहोर थुप्रिँदा पनि कुनै प्रतिक्रिया जनाउन सकेको छैन ।

तीन दिनअघि चितवनमा पत्रकारसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्ताबाटै समस्या समाधान गर्ने बताएका थिए । तर, अहिलेसम्म यस विषयमा गृह र कामपाबीच औपचारिक वार्ता हुन सकेको छैन ।

कमपाका प्रवक्ता नवीन मानन्धरले हालसम्म सरकार र कमपाबीच कुनै वार्ता नभएको जानकारी दिँदै भने, ‘आज चार दिन भयो, सरकारले वार्ता गर्ने विषयमा कुनै खबर गरेको छैन । तर, मेयर बालेन्द्र साह र गृहमन्त्री श्रेष्ठबीच सोमबार अनौपचारिक छलफल भएको थियो । छलफलको क्रममा मेयर साहले आफूले सार्वजनिक गरेको १४ बुँदे सम्बोधन नभएसम्म शीतल निवास वालुवाटार र सिंहदरबारको फोहोर नउठाउने स्पष्ट पार्नुभएको थियो ।’

फोहोर संकलन हुन नसक्दा सिंहदरबार परिसरमा ६, शीतल निवासमा ४ र प्रधानमन्त्री निवास वालुवाटारमा २ टन गरी १२ टन फोहोर थुप्रिएको छ । फोहोरको कारण सिंहबारमा दुर्गन्ध फैलन शुरू भएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

संकटउन्मुख बनेको अर्थतन्त्र लयमा फर्किन थाल्यो

काठमाडौं । कोभिड – १९ को प्रभाव को प्रभाव र रुस-युक्रेनबीचको तनावले आर्थिक गतिविधि प्रभावित हुँदा संकटउन्मुख बनेको अर्थतन्त्र लयमा फर्किन थालेको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थिति मजबुत हुनुका साथै आन्तरिक अवस्था पनि विस्तारै लयमा फर्किन थालेको देखाएको छ ।

राष्ट्र बैंकले मंगलवार पत्रकार सम्मेलन नै गरेर चालू आर्थिक वर्षको आठ महीनासम्मको आर्थिक अवस्था सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र ट्र्याकमा आएको दाबी गरे । ‘अर्थतन्त्रको आन्तरिक र बाह्य अवस्था सुध्रिएको छ,’ उनले भने, ‘अब ब्याजदर पनि घट्दै जान्छ ।’ यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

दुई करोड रूपैयाँको डिल गरेको अडियो बाहिरिएपछि ढाकाकुमारको पद धरापमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रूपैयाँको डिल गरेको अडियो (श्रव्य सामग्री) बाहिरिएपछि उनको सांसद पद धरापमा छ । सञ्चारमाध्यमबाट आइतबार उक्त अडियो सार्वजनिक भएलगत्तै रास्वपाले विज्ञप्ति निकालेर श्रेष्ठलाई तत्काल सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले कुनै पनि कामकारवाही नगर्नरनगराउन निर्देशन दिएको थियो ।

त्यस्तै रास्वपा केन्द्रीय अनुशासन तथा आचरण समितिले पनि २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न श्रेष्ठलाई निर्देशन दिएको थियो । सांसद श्रेष्ठले सोमबार अनुशासन तथा आचरण समितिमा स्पष्टीकरण पत्र पेस गरेका थिए ।

स्पष्टीकरणमा उनले उक्त अडियोको आवाज आफ्नो नभएको दलील गरेको स्रोत बताउँछ । सोही कुरा सोमबार श्रेष्ठको सचिवालयले जारी गरेको विज्ञप्तिमा पनि उल्लेख छ ।

श्रेष्ठले स्पष्टीकरण दिएपछि केन्द्रीय अनुशासन तथा आचरण समितिले मंगलवार आफ्नो प्रतिवेदन तयार पारी केन्द्रीय समितिमा पेस गरेको छ । ‘उहाँ (ढाकाकुमार श्रेष्ठ) ले २४ घण्टा नाघेर स्पष्टीकरण दिनुभयो । केही ढिला भए पनि उहाँको स्पष्टीकरण लियौं,’ अनुशासन तथा आचरण समितिका संयोजक भरतमणि देवकोटाले भने,’ यस्तै उहाँसँग मंगलबार बयान पनि लियौं ।’ यो समाचार नागरिक दैनिकमा छ ।

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, अडिओबारे के निर्णय आउँला ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बोलाइएको छ। बैठक आज बिहान ९ बजे बस्नेछ । बैठकमा सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिइने बताइएको छ

केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन बैठक बस्न लागेको हो । सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको र दुर्गा प्रसाईलाई पनि आफूले नचिनेको बताएका छन् ।

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं। बुधबार देशका केही स्थानको मौसम बदली हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तीनवटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । आज कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक -दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का पानी पर्ने विभागले जनाएको छ ।

यस्तै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जनाइएको छ ।

गठबन्धनका उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो जाँदैन – नेता सिंह

तनहुँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनका उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो नजाने बताएका छन् ।

आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईको चुनाव प्रचारका लागि पुगेका उनले मंगलबार यस्तो बताएका हुन् । उनले उपनिर्वाचन नजिकै आइसकेकाले असन्तुष्टि थाँती राखेर एकढिक्का हुनुपर्ने बताए ।

उनले भने “हरेक पार्टीमा असन्तुष्टि होला, चुनाव मुखैमा आइसक्यो । अरु कुरालाई पछि सम्बोधन गरौँला । गठबन्धनका नेताहरू इमान्दार भएर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।”

उनले पुराना दलले केही गर्न सकेन भनेर जन्मिएका नयाँ दलले पनि केही गर्न नसकेको बताएयो । उनले भने “बोल्नका लागि नारा दिन सजिलो छ, काम गरेर देखाउन गाह्रो छ, नयाँ दलले पनि केही गर्न नसकेको त देखिहालियो नि”

बहुविवाह मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

झापा, २८ चैत – बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले उनीहरूलाई सोमबार पक्राउ गरी मंगलबार जिल्ला अदालतमा उपस्थित गराएको हो ।

पक्राउ पर्नेमा शिवसताक्षि नगरपालिका १० का ३७ वर्षीय मोहन शम्शेर योङ्हाङ र सोही ठाउँकी २७ वर्षीय पुजन सेलिङ अधिकारी रहेकी छन् । उनीहरूलाई फैसला कार्यान्वयनको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए । 

कांग्रेससहितको सरकारले अरुलाई दोष दिएर उम्कन मिल्दैन, परिणामुखी काम गर्नुपर्छ – महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेससहितको सरकारले अरुलाई दोष दिएर उम्कन नमिल्ने बताएका छन् । मंगलबार नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन् ।

सरकारले अरुलाई दोष दिएर उम्कन नमिल्ने भन्दै उनले परिणामुखी काम गर्नुपर्ने बताए ।उनले भने “वर्तमान सरकारले एमाले र पूर्वराजालाई दोष दिएर उम्कन्न मिल्दैन, पाँच वर्षपछि जनतामाझ जाँदा यो÷यो काम ग¥यौँ भनेर जान सक्ने अवस्था बनाउनुपर्छ, परिणामुखी काम गर्नुपर्छ”

केन्द्र सरकार, प्रदेश सरकार र अधिकांश सरकारको नेतृत्व गरेको कांग्रेसले जनतामाझ काम गरेर देखाउनुपर्ने उनको भनाई छ । उनले सङ्घीय शिक्षा ऐन चार महिनाभित्र संसद्बाट पारित गर्नुपर्ने बताए ।

दार्चुलामा जिप दुर्घटना

दार्चुला, २८ चैत – दार्चुलामा जिप दुर्घटना भएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ मा जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लाको खलंगाबाट गोकुले जाँदै गरेको से १ ज ८४९ नम्बरको जिप र विपरीत दिशाबाट आउदै गरेको म १ ज २७६ नम्बरको जिप आपसमा ठोकिएका हुन् ।

जिपमा सवार १४ वर्षिय सुनिता चैसीर सामान्य घाइते भएकी छन् । अन्य यात्रुलाई चोटपटक लागेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
 

गोरखाको बलुवा केन्द्रविन्दु बनाएर गयो भूकम्प

गोरखा, २८ चैत – गोरखाको बलुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५० मिनेटमा चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का गोरखा, लमजुङलगायतका जिल्लामा महसुस गरिएको थियो । 
 

गर्मीमा काखीमा आउने पसिनाको दुर्गन्ध हटाउन यी उपाय अपनाउनुहोस्

काठमाडौं, २८ चैत । बैशाख महिना सुरु हुन लागेको छ, जसले गर्दा मौसम गर्मिलो हुन थालेको छ । बैशाखको यो गर्मिमा पसिना आउनु स्वभाविक हो । 

गर्मी मौसममा पसिना आउनु र त्यसको शारीरिक गन्धका मुख्यतः काखी गन्हाउनु सबैभन्दा ठूलो टाउको दुखाइको बिषय बन्न जान्छ । त्यसले आत्मविश्वासमा पनि कमी ल्याउँछ । 

जतिसुकै सफा र राम्रो लुगा लगाए पनि पसिनाको गन्धका कारण आसपासका मानिस सामु  हात उठाउन सहज हुदैँन र त्यसले ‘कन्फिडेन्स लेभल लुज’ समेत गराउँछ । अझ यो समस्या विशेष गरी ती मानिसहरूका लागि विपत्तिको रूपमौ आउँछ, जसको शरिरवाट औसत मानिसलाई आउने पसिना भन्दा बढी आउने गर्छ । जसका कारण ती मानिसहरु गर्मी महिना नै नआईदिओस भन्ने सोच्छन तर तिनले सोचेर गर्मि महिना नआउने भने हुन्न ।  

अत्याधिक पसिना आउनुलाई चिकित्सकिय भाषामा ‘हाइपर हाइड्रोसिस’ भनिन्छ । यो अवस्था दुई कारणले हुन सक्छ । पहिलो, प्राकृतिक रूपमा शरीरमा अत्याधिक पसिना आउनु र दोस्रो बाहिरी अवस्थाका कारण अत्याधिक पसिना आउनु ।

 ‘हाइपर हाइड्रोसिस’ ले शरीरको एक विशेष भागलाई बढी असर गर्छ, जसको अर्थ हो शरिरको कुनै भागमा अन्य भागहरूमा आउने भन्दा बढी मात्रामा पसिना आउनु। यसमा सबैभन्दा बढी काखीमा बढी मात्रामा पसिना आउँछ र साथै हात खुट्टामा पनि अत्याधिक पसिना आउने समस्या पनि हुन सक्छ । 

जसकाकारण सबन्धित ब्यक्तिलाई धेरै लज्जास्पद बनाउन सक्छ । धेरै पटक, आत्मविश्वासलाई असर गर्दै, यसले सामान्य जीवनलाई पनि असर गर्छ । यस्तो अवस्थाबाट बच्न ‘एन्टिपर्स्पिपरेन्ट डिओडोरेन्ट’ प्रयोग गर्न सकिन्छ । 

यसका लागि पाँच उपाय अपनाउहोस

१) काँखीमा पसिनाबाट कसरी छुटकारा पाउन ‘डिओड्रेन्ट’को प्रयोग गर्ने 

२) दिनमा दुई पटक ‘एप्पल साइडर भिनेगर’ को प्रयोग गर्ने, 

३) कागतीको प्रयोग गर्ने 

४) नियमित रुपमा काँखीका रौँहरु हटाउने 

५) नियमित रुपमा पानी प्रयोग गरेर काँखी पखाल्ने
 

स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २८ चैत – स्लोभाकिया पठाईदिन्छु भन्दै नगद १२ लाख रूपैयाँ  ठगी गरेको अभियोगमा पाँचथर फागुनन्द गाउँपालिका-३ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका- १४ नख्खीपोट बस्ने ४६ वर्षीय एकराज नेम्बाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

वैदेशिक रोजगारीको लागि स्लोभाकिया जान प्रतिव्यक्ति १५ लाख रूपैयाँ लाग्छ, स्लोभाकियामा पुगेपछि कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिन्छु, मासिक २ लाख रूपैयाँ भन्दा बढी तलव हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट उक्त रकम ठगी गरी फरार भएका नेम्बाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ । 

माओवादी केन्द्रको सचेतकमा चौधरी

काठमाडौं, २८ चैत – सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रूपा सोसी चौधरीलाई मनोनीत गरेको छ । 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको संसदीय दलको बैठकले चौधरीलाई सचेतक मनोनीत गरेको सांसद माधव सापकोटाले जानकारी दिए। समानुपातिक सांसद चौधरी कैलालीबाट प्रतिनिधित्व गर्छिन् ।

माओवादीले यसअघि हितराज पाण्डेलाई प्रमुख सचेतक तोकिसकेको छ । बैठकले संसदीय दलको विधान संशोधन गर्न प्रमुख सचेतक पाण्डेको संयोजकत्वमा पाँचसदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ। कार्यदलमा प्रतिनिधिसभाबाट पूर्णबहादुर घर्ती र बिमला सुवेदी तथा राष्ट्रिय सभाबाट जगप्रसाद शर्मा र गंगा बेल्वासे सदस्य छन् । 

कार्यदलले अर्को बैठकमा मस्यौदा प्रस्तुत गर्ने संयोजक पाण्डेले बताए। बैठकमा दलका नेता प्रचण्डले कानुन निर्माणलगायत संसदीय गतिविधिमा प्रभावकारी भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिएका थिए ।
 

नवलपरासीको फोर ब्रदर्श गौरीगंगा गोल्डकपको फाइनलमा

धनगढी, २९ चैत नवलपरासीको फोर ब्रदर्श एफसी कैलालीको गौरीगङ्गामा जारी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनल खेलमा मङ्गलवार बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लबलाई ४–१ गोल अन्तरले पराजित गरी फोर ब्रदर्श उपाधि नजिक पुगेको हो । 

गौरीगंगा–११ स्पोर्ट्स क्लबको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा नवलपरासीका लागि कप्तान विनोद केवटले व्यक्तिगत दुई र हरि कठायतले १ गोल गरे । खेल सुरु भएको ५ मिनेटमै हरि कठायतको गोल मार्फत फोर ब्रदर्शले अग्रता लिएको थियो । २० औँ मिनेटमा कप्तान विनोद केवटले १ गोल थप्दा फोर ब्रदर्श २–० को अग्रतामा पुग्यो । 

पहिलो हाफको २५ औँ मिनेटमा बर्दियाका तर्फबाट फागुराम थारुले १ गोल फर्काए । त्यसको १५ मिनेटपछि खेलको ४० औँ मिनेटमा बर्दियाका सुजन गुरुङले आत्मघाती गोल गर्दा पहिलो हाफको खेल ३–० को अग्रतामा सकियो । दोस्रो हाफको २० औँ मिनेटमा कप्तान विनोद केवटले फोर ब्रदर्शलाई थप १ गोलको योगदान दिँदै सहज जित दिलाए । उनी म्यान अफ दी म्याच पनि चुनिए । 

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गते समापन हुने छ । १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । 

प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जग शक्ति गोल्ड टिएमटी फलामे छड रहेको छ । मुख्य प्रवर्द्धकमा गौरीगङ्गा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरूमा सनराज ईन्टरनेशनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।

ढाकाकुमारबारे रास्वपाले भोलि निर्णय लिने

काठमाडौं, २८ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको बारेमा भोलि निर्णय लिने बताएका छन् ।

श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएपछि रास्वपाले भोली निर्णय लिने भएको हो ।

केन्द्रीय समितिको बैठक बोलाएर भोलि निर्णय गर्ने रास्वपा सभापति लामिछानेले बताए । चितवनमा भएको चुनावी सभामा उनले  उक्कत कुरा बताएका हुन् ।

अडियोमा उल्लेख भएका व्यक्तिहरु आफू वरपरका भए पनि उनीहरुलाई कारबाही गरिने उनले प्रतिवद्धता व्यक्त गरे । 

द्यो स्वगं बियगु जात्रालाई व्यवस्थित गर्न भक्तपुरमा चोकसभा

भक्तपुर, २९ चैत – विश्व प्रसिद्ध भक्तपुरको बिस्का जात्राको क्रममा २०८० बैशाख ४ गते हुने द्यो स्वगं बियगु दिन  र बो छायगु ज्याझ्व (देउतालाई सगुन दिने दिन) व्यवस्थित रुपमा सञ्चालन गर्न भक्तपुर मंगलाछेमा चोक सभा सम्पन्न भएको छ । मंगलाछे दुमलाचा परिवार समितिका अध्यक्ष राजेन्द्र माकको अध्यक्षता सम्पन्न गरिएका हुन् ।

कार्यक्रममा संस्कृतिविद् ओम प्रसाद धौभडेलले बिस्का जात्राको इतिहासबारे चर्चा गरेका थिए । हरेक साँस्कृतिक गतिविधिले विश्वका संस्कृतिप्रेमी व्यक्तिहरु प्रभावित भएको कारण नेपालमा विदेशीहरु नेपाल भ्रमण आउने गरेको धौभडेलले स्मरण गरे । साथै उनले विदेशीहरु नेपाल भ्रमण गरेकै कारण नेपालमा अर्थतन्त्रमा सकारात्मक प्रभाव र पर्यटन विकास भई रोजगारीको अवसर सृजना भएको बताए । किबदन्ती अनुसार देवताहरुको परिवारमा पनि विस्का जात्राको कारण खुसीको बातावरण सृजना भई मानिसहरु बीच बाँचुन्जेलले खुसी भएर बाच्नुपर्ने सन्देश दिएको बताए । 

त्यस्तै आयोजक समितिले कार्यक्रम सफल पार्नको लागि आर्थिक तथा भौतिक सहयोगको अपिल गरेका थिए ।

साथसाथै उक्त बो छायगु ज्याझ्व सफल पार्न हालसम्म भएको गतिविधिहरुबारे आर्थिक उपसमितिका पुरुषोत्तम जाकिबंजार, स्वयम सेवक तथा युवा उपसमितिका राधेश्याम सैँजु, प्रचारप्रसार उपसमितिका लक्ष्मी सुन्दर कर्माचार्य, साँस्कृतिक तथा जिन्सी सामान व्यवस्थापन उपसमितिका पुरुषतम जाकिबंजार, महिला उपसमितिका केशरी मंक, स्वास्थ्य उपसमितिका राजेश जाकिबंजारले आ आफ्नो प्रतिवेदन प्रस्तुत गरेको थियो । सल्लाहकार राजकुमार कर्माचार्यले पनि बोल्नुभएको थियो ।
 

अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ

काठमाडौं, २८ चैत – ८ हजार बढी अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ परेका छन् । सोमबार साँझ दुबई जान लागेका उनीहरूलाई त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको त्रिअबि प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये ८ जना दुबई हुँदै क्रोयसिया र रोमानिया जाने तयारीमा थिए । अर्का एक जन भने ती आठ जनालाई पठाउन विमानस्थल पुगेका थिए ।

उनीहरूको साथबाट ८ हजार ४०४ अमेरिकी डलर र ९१६ युरो बरामद भएको प्रहरीको भनाइ छ । प्रहरी स्रोतका अनुसार उक्त रकम दुबई हुँदै क्रोयसिया, रोमानियाजस्ता मुलुकहरूमा पुर्‍याउने गरिएको छ ।  

मंगलबार पनि त्रिअबि प्रहरीले २० हजार अमेरिक डलरसहित दुई जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

सिंहदरबारको फोहोर नउठाउने मेयरको अभिव्यक्तिप्रति सरकार गम्भीर

काठमाडौं – सरकारले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुखको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था विपरीत महानगर प्रमुखले अभिव्यक्ति दिएपछि यो विषयलाई गम्भीरतापूर्वक लिएको हो । 

बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिएको बताइन् ।

सरकारले आयाति र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्न मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ ।

रिमोट क्रन्टोलवाट बम बिष्फोट गराउँदा पाकिस्तानमा चारको मृत्यु

इस्लामवाद, २८ चैत । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा भएको बम बिस्फोटमा परी चार जनाको मृत्यु भएको छ ।बलुचिस्तानको प्रान्तीय राजधानी कवेटामा सुरक्षाकर्मीको गाडीमा लक्षित गरी गराइएको सो विस्फोटमा परी दर्जनौ घाइते भएका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमले जनाए अनुसार तैनाथीमा रहेको प्रहरी भ्यान नजिकै रहेको मोटरसाइकलमा बम राखिएको र सो बमलाई रिमोट कन्ट्रोलमार्फत विस्फोट गराउँदा चार जनाको मृत्यु हुनुका साथै दर्जनौ घाइते हुन पुगेका हुन । सुरक्षा अधिकारीका अनुसार घाइते मध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ ।

सो बम बिष्फोट पछि घटनास्थल सुरक्षा घेरा राखेर थप अनुसन्धान अघि जारी राखिएको छ ।

आर्थिक संकट बढदै गएपछि राष्ट्र बैंकका गर्भनरकाे आज पत्रकार सम्मेलन

काठमाडौं, २८ चैत । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछन । 

बैंक तथा लघुबित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिदै गएकाे, आर्थिक बृदीदर घटेकाे, आयातकाे मात्रा बढेकाे तर निर्यात घटेकाे, राजश्व कम उठेकाे लगायतकाे समस्यालाइ लिएर गर्भनर अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन आज अपरान्ह १ बजे हुनेछ । 

बैंकहरुले बैशाख १ गतेदेखि लागू गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका बेला गभर्नर अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका हुन । उनले सो पत्रकार सम्मेलनमार्फत ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का बारेमा जानकारी गराउने छन् ।

रुस–युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहावट भएपछि अनुसन्धान सुरु

काठमाडौं, २८ चैत । रुस र युक्रेनबीच १४ महिनायता जारी युद्धसँग सम्बन्धित गोप्य दस्तावेज चुहावट भए पछि अमेरिका तनावमा फसेको छ ।

बीबीसीका अनुसार अमेरिकी दस्तावेजसँग सम्बन्धित तस्वीर, नक्शा तथा सूचनाहरू इन्टरनेटमा चुहावट भए पछि पेन्टागन तनावमा फसेको हो । चुहावट भएका दस्तावेजहरु मध्ये २० वटा दस्तावेज भने बीबीसीको हातमा परेको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी गोप्य दस्तावेज चुहावट स्विकार गर्दै सो  विषयमा अनुसन्धान भइरहेको जनाएको छ । उसका अनुसार चुहावट भएका दस्तावेजमा ६ हप्ता पुरानो जानकारीसमेत रहेको छ । चुहावट भएको दस्तावेजहरु कस्ले इन्टरनेटमा हाल्यो ? भनेर खुलाइएको छैन तर यसका बारेमा अमेरिकी रक्षा मन्त्रालयले गम्भिर रुपमा अनुसन्धान सुरू गरेकाे छ । 

चुहावट भएका ती दस्तावेजहरूमा सैन्य ब्रिगेड्स, बख्तरबन्द सवारी, गोलाबारुद, गाेप्य रूपमा गरिएका आर्थिक सहयाेगकाे जानकारीसहित रुस र युक्रेन दुबैलाई पश्चिमा राष्ट्रबाट दिइने हतियार तथा गोलाबारुदको अभिलेखसमेत उल्लेख भएको उक्त दस्तावेजहरु चुहावट भएका हुन । 

दोल्ती पावर कम्पनीकाे आइपीओ आजवाट निष्कासन

काठमाडौं, २८ चैत । दोल्ती पावर कम्पनीले सर्वसाधारणका लागि मंगलबारबाट आइपीओ निष्कासन गरेकोछ ।उक्त सेयरमा आवेदन दिने समय २०८० वैशाख ३ गतेसम्म रहेको छ । सो अवधीमा सबै सेयर बिक्री नभएमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिने छ ।

 
कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसअनुसार दोल्तीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको हो । यसमध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । कम्पनीले १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ ।

बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।  यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले दोल्ती पावरलाई ‘इक्रा एनपी इस्यूअर डबल बी’ रेटिङ प्रदान गरेको छ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ ।

अमेरिकी डलर भाउ बढ्दा युरो पनि उकालाे लाग्याे

काठमाडौं, २८ चैत । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । मंगलबार अमेरिकी डलरको भाउमा सामान्य वृद्धि भएको छ । आज अमेरिकी डलर १६ पैसाले वृद्धि भइ उसको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । यसअघि सोमबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ७२ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ३२ पैसामा कारोबार भएको थियो ।  

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरोकाे भाउ पनि उकालाे लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४३ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ३१ पैसाले बढेको हो । सोमबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ १३ पैसा कायम गरिएको थियो।

मंगलबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५० पैसा तोकिएको छ। यो मूल्य सोमबारको तुलनामा एक रुपैयाँ ४७ पैसाले बढेको हो । सोमबार यसको खरिदमूल्य १६२ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ३ पैसा कायम गरिएको थियो ।  

त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ३० पैसा र बिक्रीमा ८७ रुपैयाँ ७० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४४ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । 

मंगलबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा मंगलबार ४२६ रुपैयाँ ६८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६४ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७८ पैसा तोकिएको छ।
 

यस्तो छ, आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य

काठमाडौ, २८ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १६० रुपैयाँ, हरियो अंगुर १०० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २६ रुपैया, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २२० रुपैयाँ, कुरीलो ३५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ५० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, घिरौला ६० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ९० रुपैयाँ, तोरीको साग ३० रुपैया, लोकल परवर १२० रुपैयाँ, न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३१ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ७० रुपैयाँ, भान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ११० रुपैया केजी, मूला रातो ५० रुपैयाँ, रुख कटहर ७० रुपैयाँ, भुई कटहर १८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा २३० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
 

उद्योग बाणिज्य महासंघको साधारणसभा आजवाट, चन्द्र ढकाल अध्यक्षतामा नयाँ कार्यसमिति चयन हुने 

काठमाडौं, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु हुँदै छ ।

उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । 

आजवाट सुरु हुने साधारणसभाले वरिष्ठ उपाध्यक्ष  चन्द्र ढकाल बिद्यानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने भोलीवाट निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिने यस अघि नै घोषणा गरिसकेका छन । यसरी निर्वाचित हुने महासंघकाे बरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।

साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।

यसैगरी, वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिवाट १९ जना र जिल्लावाट ७ जना सदस्य केन्द्रिय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ ।

जीबनशैली: राति अन्डरवियर लगाएर सुत्दा स्वास्थ्यमा असर

काठमाडौं, २७ चैत । धेरैजसो महिलाहरु रातमा ब्रा खोलेर सुत्छन किनभने ब्राका कारण स्तनमा समस्या नहोस र सुत्नलाई सहज होस । यो एकदम राम्रो काम हो । 

तर प्यान्टी लगाए सुत्नु चाँही ठीक हो त ? के तपाईंले यो बारेमा कहिल्यै सोच्नुभएको छ ? आज यस लेखमा हामी यस बारे कुरा गर्नेछौं।  आखिर प्यान्टी लगाउनाले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ, त्यसैले ढिलो नगरी डा. प्रियका दासले दिएको सुझावलाई मनन गर्नुहोस । 

१. राती प्यान्टी लगाएर सुत्दा यौनाङ्गमा चिलाउने समस्या हुन्छ । यदि तपाइँ राति आफ्नो प्यान्टी बाहिर निकालेर सुत्नुहुन्छ भने, दाग, छाला र जलनको समस्या छैन।

२. विशेषगरी गर्मीमा प्यान्टी फुकालेर लगाउनु पर्छ किनभने पसिनाको कारण यौनाङ्गबाट ​​दुर्गन्ध आउन थाल्छ । त्यसैले यदि तपाईं यसलाई राती बाहिर निकालेर सुत्नुहुन्छ भने यो तपाईंको स्वास्थ्यको लागि राम्रो हुन्छ।

३. धेरै टाइट प्यान्टी लगाएर सुत्दा यौनाङ्गमा संक्रमण हुने खतरा हुन्छ । यससँगै चोटपटक पनि लाग्ने गरेको छ । त्यसैले यसरी सुत्नु हुँदैन ।

४. राति प्यान्टी लगाएर नसुत्दा धेरै आराम हुन्छ। शरीरमा आराम महसुस हुन्छ। योनीबाट गन्ध पनि आउँदैन। 

त्यसैले अबदेखि राती अन्डरवियर लगाएर नसुत्नुहोस्।

यो सुझाव स्विकार गर्न पर्छ भन्नेमा डा. दास मान्दिनन तर उनी यो चाँही भन्छिन, राती भने खुल्ला भएर सुत्नुहोस । त्यसले तपाईमा बेग्लै स्फुर्ती दिलाउँछ ।  

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

काठमाडौं, २८ चैत । घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना जिरोनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

स्पोटिफाई क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोनाले पटक पटक गोलका लागि प्रयास गरेको भए पनि जिरोनाका गोलरक्षक पाउलो गाजानिगाले उसको कुनै पनि प्रयासलाई सफल हुन दिएनन । 

र, खेल गोलरहित बराबरीमा टुंगियो । ला लिगामा बार्सिलोनाको यो तेस्रो बराबरी हो ।

दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई १३ अंकले पछि पारेको बार्सिलोनाले २८ खेलबाट ७२ अंक बटुलेको छ भने जिरोना ३५ अंक जोडेर ११औं स्थानमा छ । दोस्रो स्थानको रियलसँग ५९ अंक रहेको छ ।