`

कांग्रेससहितको सरकारले अरुलाई दोष दिएर उम्कन मिल्दैन, परिणामुखी काम गर्नुपर्छ – महामन्त्री थापा

Nepal One HD २८ चैत २०७९ २१:१०
राजनीति

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेससहितको सरकारले अरुलाई दोष दिएर उम्कन नमिल्ने बताएका छन् । मंगलबार नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन् ।

सरकारले अरुलाई दोष दिएर उम्कन नमिल्ने भन्दै उनले परिणामुखी काम गर्नुपर्ने बताए ।उनले भने “वर्तमान सरकारले एमाले र पूर्वराजालाई दोष दिएर उम्कन्न मिल्दैन, पाँच वर्षपछि जनतामाझ जाँदा यो÷यो काम ग¥यौँ भनेर जान सक्ने अवस्था बनाउनुपर्छ, परिणामुखी काम गर्नुपर्छ”

केन्द्र सरकार, प्रदेश सरकार र अधिकांश सरकारको नेतृत्व गरेको कांग्रेसले जनतामाझ काम गरेर देखाउनुपर्ने उनको भनाई छ । उनले सङ्घीय शिक्षा ऐन चार महिनाभित्र संसद्बाट पारित गर्नुपर्ने बताए ।


प्रतिक्रिया