`

कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्छ – राजेन्द्र लिङदेन

Nepal One HD २९ चैत २०७९ ८:२८
राजनीति

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्ने बताएका छन् । राप्रपा गण्डकी प्रदेशस्तरीय विस्तारित बैठक तथा कार्यकर्ता भेलामा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले सुशासन, विकास र जनताको सेवालाई केन्द्रविन्दुमा राखेर सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने हामीले देशकोे व्यवस्था त परिवर्तन ग¥यौँ तर जनताको अवस्था फेर्न सकेका छैनाँै ।

नेपालमा राजनीति उद्योगका रूपमा विकास भएको भन्दै उनले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्ने बताए । उनले भने म ऊर्जामन्त्री हुँदा ठूलाठूला निर्णय भए तर मैले एक रुपैयाँ पनि अनियमितता गरिनँ”, उनले थपे “भ्रष्टाचार गर्नु भनेको नेपाली आमाको रगत खानु सरह हो ।”


प्रतिक्रिया