`

भरुवा बन्दुक पड्किँदा बालिकाको मृत्यु, तीन घाइते

सल्यान, २१ चैत – सल्यानको कालीमाटी गाउँपालिकास्थित स्थानीय बेलबहादुर आलेको घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ । त्यसको छर्रा लागेर तीन जना घाइते भएका छन् ।

आलेको घरको आँगनमा खेल्दै गरेको क्रममा बन्दुक पड्किँदा छर्राले लागेर कालिमाटी गाउँपालिका ७ स्वायनवासकी ९ वर्षीया पुजा घर्तीको मृत्यु भएको हो । ३ वर्षीया देवी घर्ती, ५ वर्षीया यमुना आले र ८ वर्षीय तेजेन्द्र आले घाइते भएका छन् ।

घाइते भएकी यमुना आलेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने अन्य दुई जनालाई नेपालगन्जमा उपचार गरिएको छ ।
 

देशको आर्थिक अवस्था अत्यन्तै जटिल र सङ्कटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ – कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको आर्थिक अवस्था अहिले अत्यन्तै जटिल र सङ्कटग्रस्त अवस्थाबाट गुज्रिरहेको बताएका छन् । मंगलबार राप्रपा नेपालले काठमाडौँमा आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्थाः सङ्कट, चुनौती र समाधानका उपाय’ विषयक अन्तक्र्रिया कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।

उनले भने – ‘आममानिसको बुझाइमा देश चरम आर्थिक सङ्कटतर्फ गइरहेको अनुभव भइरहेको छ । प्रत्येक घर–चुलोमा सङ्कटको आभास देखिन थालिसकेको छ । हाम्रै निकायले पनि केही परिसूचक भयावह अवस्थामा रहेको बताइरहेका छन्’

अहिले उद्योगी व्यवसायीले सहजरुपमा कर्जा नपाएको र उनीहरु ऋण तिर्न नसक्ने अवस्थामा पुगेको विषयलाई गम्भीररुपमा लिननुपर्ने उनले बताए । उनले राप्रपा नेपालले अर्थतन्त्रबारे विभिन्न क्षेत्रबाट सुझाव लिएर सरकारलाई ज्ञापनपत्र बुझाउने बताए ।

इन्डो नेपाल कपको उपाधि डिसिएलाई

धनगढी, २१ चैत – इन्डो नेपाल मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि धनगढी क्रिकेट एकेडेमी(डिसिए)ले जितेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार सम्पन्न सिरिजका ४ वटै खेल आफ्नो पक्षमा पार्दै डिसिए च्याम्पियन बनेको हो । 

डिसिएले भारतको उत्तरप्रदेशस्थित सजाहनपुर क्रिकेट क्लब र बरेली क्रिकेट क्लबलाई निम्त्याउँदै उक्त प्रतियोगिता आयोजना गरेको हो । जसमा पाहुना दुई टोली र आयोजक दुई टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा भएका चारवटै खेलहरू डिसिएले आफ्नो पक्षमा पारेको छ । 

चैत्र १९ गतेको भएको उद्घाटन खेलमा डिसिएले सजाहनपुर क्रिकेट क्लबलाई,  दोस्रो खेलमा बरेली क्रिकेट क्लबलाई र २० गते भएका दुबै खेलमा डिसिए विजयी भएको थियो । यस्तै मंगलबार भने भारतका दुबै टोलीबीच मैत्रीपूर्ण खेल खेलाइएको थियो । 

प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि तथा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राज बहादुर ऐरले यस खाले प्रतियोगिताले नेपाल र भारतबीचको सम्बन्ध सुधार्न अझैँ सहयोग पुग्ने बताए ।

यस्तै आयोजक धनगढी क्रिकेट एकेडेमीका प्रबन्धक समुयल न्यौपानले ग्रासरुट लेभलबाटै क्रिकेट खेलको विकास र डिसिएका खेलाडीहरुको प्रतिभा तिखार्न इन्डो नेपाल कप महत्वपूर्ण भएको बताए । उनले आगामी दिनमा डिसिएको टोलीले भारत भ्रमण गर्ने समेत जनाए ।

नेपालमा एकैदिन थपिए ८० कोरोना संक्रमित

काठमाडौं, २१ चैत – नेपालमा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा ११ सय १७ जनाको परीक्षण गरिएकोमा ८० जनामा संक्रमण देखिएको हो ।

तीमध्ये ४ सय ६६ जनाको पीसीआर गर्दा ६४ जना तथा ६५१ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । सोही अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३० हजार २ सय ३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा पीसीआर गरेर पुष्टि भएका सक्रिय संक्रमितको संख्या २७९ रहेको छ ।

घट्यो हवाई भाडा, कहाँ जान कति ?

काठमाडौं, २१ चैत – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्नेछ ।

काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ३०० रुपैयाँ भाडा घटेको छ । विराटनगरलाई २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ ।

काठमाडौंबाट भैरहवा उडानको भाडा २०५ रुपैयाँले घटेर ३ हजार २९५ रुपैयाँ कायम भएको छ । नेपालगञ्जमा ३२५, तुम्लिङटारका लागि १८५, सिमराका लागि ९० रुपैयाँ, सुर्खेतका लागि ३४५ र राजविराजका लागि २०५ रुपैयाँ भाडा घटेको छ । यो भाडादर २२ चैतदेखि लागु हुनेछ ।

निर्देशक र कलाकारको जीवनसँग मिलेको बहाव

काठमाडौं, २१ चैत । यही शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘बहाव’ यतिबेला रिलिजको संघारमा छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्मले अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक अन्तरद्वन्द्वलाई प्रस्तुत गरेको छ ।

फिल्मलाई समाजको कथा भनिए पनि निर्देशक कँडेल, अभिनेत्री पन्त र अभिनेता नेपालसँग केही हदमा कथाको अंश मिल्दोजुल्दो रहेको स्वयंले खुलासा गरेका छन् । राजधानीमा मंगलबार पत्रकारमाझ उनीहरूले यो कुराको खुलासा गरेका हुन् ।

सुरक्षाले ‘बहाव’मा वैचारिक मनोरञ्जन भए यसको कथा केही हिसाबले आफ्नो जीवनसँग पनि मिल्ने खुलाइन् । ‘यो फिल्मको हिरोहिरोइन भनेकै बाबु छोरी अर्थात् कमलमणि दाई र म हौं । यसका केही कथाहरू मसँग पनि सम्बन्धित छ । किनकी हाम्रो घरमा दुई आमा र एक बुवा हुनुहुन्छ । उहाँहरुका धेरै सन्तान छोरी नै छन्’, सुरक्षाले भनिन्, ‘फिल्म राखिएका केही दृश्य र कथा मसँग पनि मेल खान्छ ।’

अभिनेता कमलमणिले फिल्मको एक दृश्यमा सुरक्षासँग अभिनय गर्दा आफू रोएको खुलाए । उनले फिल्मको स्क्रिप्ट पढ्दा सामान्य लागे पनि स्क्रिप्ट गहिरिएर पढ्दा फिल्ममा सुरक्षाको मनोभावलाई बुझेको बताए । ‘हामीले समाजको चरित्र लिँदा त्यसको सारतत्व लिने हो । सुरक्षाले सन्ध्याको चरित्र निर्वाह गरिरहँदा मैले मेरो बुवा अथवा काकाबाट आफ्नो सारतत्व लिएको थिएँ । सन्ध्या र म बीच संवाद हुँदा त्यो दृश्यले मलाई यति छोयो कि आफूलाई थाम्न सकिनँ र रोएँ’, कमलमणिले खुलाए, ‘मेरो घरमा छोरी पनि छिन् । यो दृश्य खिचिरहँदा एउटा यस्तो परिस्थिति थियो, जहाँ म छोरीलाई माया पनि गर्छु, छोरी प्रति घृणा पनि गर्छु । त्यो अवस्थामा आफूलाई रोक्न सकिनँ । दर्शकले यो दृश्य हेर्दा कहीँ न कतै आफूलाई पाउनुहुनेछ ।’

निर्देशक कँडेलले फिल्ममा सुरक्षाको भाइको चरित्र निर्वाह गर्ने कलाकारको वास्तविक जीवन आफू रहेको बताए । ‘यो कथा लेखिरहँदा भाईको पात्रमा आफूलाई समेटेको छु । मैले जीवनमा जे कुरा भोगें, ती कुरा दर्शकले भाईको चरित्रमा पाउनुहुन्छ’, उनले भने ।

निर्माता श्रीधर पौडेलले आफूलाई फिल्म रिलिजमा कुनै समस्या नभएको दाबी गरे । ‘हामीसँग एउटा कथा थियो, त्यसलाई भनेर दर्शकमाझ ल्याउने बेलामा एउटा प्रोडक्ट रेडी भयो । हरेक उत्पादन बजारमा ल्याउने बेलामा समस्या परेकै हुन्छन् । यसको आफ्नै प्रक्रिया हुन्छ । तर आत्तिनु पर्ने अवस्था छैन’, उनले भने ।

उनले नेपाली फिल्ममा केही नयाँ प्रयोग गर्न आफूले एआई थिममा पोस्टर बनाएको बताए । उनले फिल्मको मार्केटिङ नीतिमा ३ देखि ४ वटामात्र पोस्टर बनाउने र त्यो पोस्टर सन्ध्या चरित्रलाई नै लक्षित गर्ने भन्ने योजना अनुरुप एआई पोस्टर बनाएको खुलाए । ‘नेपालमा यस्तो किसिमको पोस्टर बनेको मैले सुनेको छैन । सोहीकारण नेपालमा पनि व्यावसायिक रुपमा काम गरौं भनेर एआई थिममा पोस्टर बनायौं’, उनले भने ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्म ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ थिममा आधारित छ । फिल्ममा अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको पनि अभिनय छ । 

चोरीपैठारीको सामानसहित मोटरसाइकल नियन्त्रणमा

सप्तरी, २१ चैत – डाक्नेश्वरी नगरपालिका-४ स्थित कुशाहा सीमा इलाकाबाट चोरीपैठारी तथा निकासीको सामानसहित मोटरसाइकल नियन्त्रणमा लिइएको छ । 

मंगलबार करिव २ लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो । 

उक्त मोटरसाइकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा तथा चिनी र भारततर्फ लैजाँदै गरेको मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पातो (बिओपी पातो)ले नियन्त्रणमा लिएको हो ।

बरामद सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालयमा बेल्ही तिलाठीमा बुझाइएको छ ।
 

नेविसंघमा १० दिनभित्र समिति विस्तार र आठ महिनाभित्र महाधिवेशन गर्ने सहमति

काठमाडौं, २१ चैत – नेपाल विद्यार्थी संघमा संस्थापन र इतर पक्षबीच सहमति भएको छ । असन्तुष्ट पक्षले संगठनलाई पूर्णता दिनुपर्ने मागसहित आइतबारदेखि रिले अनशन थालेको थियो ।

आइतबार पार्टी सहमहामन्त्री भीष्मराज आङ्दम्वेको रोहबरमा असन्तुष्ट पक्षबाट उज्जवल बज्राचार्य, अध्यक्ष दुजाङ शेर्पा र पार्टी सचिव प्रेम केसीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । उनीहरूबीच चार बुँदे सहमित भएको छ । 

उनीहरूबीच १० दिनभित्र शेर्पाको अध्यक्षतामा रहेको संघको तदर्थ समितिलाई पूर्णता दिने, संघको १२औं महाधिवेशन आठ महिनाभित्र सम्पन्न गर्ने सहमित भएको छ ।

अपर तामाकोशी हाइड्रोपावरको सिईओमा मोहन गौतम

काठमाडौं, २१ चैत । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा मोहनप्रसाद गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको २७२औं बैठकले नेपाल विद्युत् प्राधिकरणका ११औं तह (निर्देशक)का गौतमलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

अपर तामाकोशी हाइड्रोपावर स्वदेशी लगानीमा निर्माण भएको राष्ट्रिय गौरबको ४५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न संस्थापना भएको कम्पनी हो । कम्पनीले प्रवद्र्धन गरेको आयोजना निर्माण सम्पन्न भई हाल सञ्चालनमा छ । 

नवनियुक्त सिईओ गौतमले कम्पनीले अगाडि बढाएको २१ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माणलाई तिब्रता दिने, संस्थागत सुशासन कायम गर्ने र आयोजना निर्माणका क्रममा बाँकी रहेका विषयहरुलाई फरफारक गर्नेलगायतका काम आफ्नो प्राथमिकतामा रहेको बताए । 

रोल्वालिङ खोलाको पानीलाई पथान्तरण गरी माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको जलाशयमा मिसाउँदा प्राप्त हुने हेडलाई प्रयोग गरी कम्पनीले २१ मेगावाटको छुट्टै आयोजना निर्माण गर्न लागेको छ । 

इन्जिनियरिङ, खरिद र निर्माण ढाँचामा आयोजना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । आयोजनाबाट थप १० करोड ५० लाख युनिट वार्षिक ऊर्जा प्राप्त हुनेछ । साथैै, रोल्वालिङ खोला  माथिल्लो तामाकोशीमा मिसाउँदा २१ करोड ६० लाख युनिट थप ऊर्जा प्राप्त हुनेछ । योसँगै प्रणालीमा वार्षिक रुपमा ३२ करोड १० लाख युनिट ऊर्जा थप हुनेछ । 

रसियाको मस्को विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गौतमसँग जलविद्युत क्षेत्रमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव छ । उनीसँग बुटवल पावर कम्पनीमा कार्यरत रहँदा नर्वेजियन लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्ती–१ जलविद्युत आयोजनाको डिजाइन र निर्माण सुपरीवेक्षण गरेको अनुभव छ । 

२०६०मा प्राधिकरणको सेवा प्रवेश गर्नु भएका उनले २०६४/२०७२ सम्म माथिल्लो तामाकोशी जलविद्युत आयोजनामै विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए । सिईओ गौतमले २०७२/२०७३ सम्म ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा आयोजना प्रबन्धक भएर काम गरेका थिए । 

उनले २०७३/२०७९सम्म ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनीको प्रबन्ध–सञ्चालक भई काम गरिसकेका छन् ।  उनी प्राधिकरणको प्रतिनिधित्व गर्दै हाल त्रिशुली र जगदुल्ला हाइड्रोपावर कम्पनीको सञ्चालकसमेत हुन् । 

चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको अपर तामाकोशी हाइड्रोपावर लि.मा  प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चार कम्पनीको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २÷२ प्रतिशत संस्थापक सेयर स्वामित्व रहेको छ । 

कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मजारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ ।  
 

लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइ बुधबार

काठमाडौं, २१ चैत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ ।

मंगलबारका लागि सुनुवाइको पेसी तोकिए पनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि बुधबार १० बजेका लागि न्यायाधीश सिन्हारहितको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्चका न्यायाधीश सिन्हाले मंगलबार विज्ञप्ति जारी गर्दै यसअघि संवैधानिक इजलासमा आफ्ना राय आइसकेकाले आफूरहितको इजलासमा निवेदन पेस गर्नुपर्ने जनाएका छन् ।

नेता लामिछानेविरुद्ध पासपोर्टसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधीवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध युवराज पौडेल (सफल) सर्वोच्च पुगेका थिए ।

सातदोबाटोलाई पराजित गर्दै जावलाखेल शीर्ष स्थानमा उक्लियो

काठमाडौं, २१ चैत

जावलाखेल युथ क्लब रोयल ब्लु सातदोबाटो युथ क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थान उक्लिएको छ । 

मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटोलाई २-१ गोलअन्तरले हराउँदै जावलाखेल शीर्ष स्थान उक्लिएको हो । 

जावलाखेललाई जिताउन फोडे फोफाना र एनकोटो मोसाबीले एक एक गोल गरे । पराजित सातदोबाटोका दीपकसिंह ठकुरीले सान्त्वना गोल गरे । 

यो जितपछि जावलाखेलले ६ खेलबाट १३ अंक जोड्दै लिगको स्थानमा उक्लिएको छ । पराजित सातदोबाटो ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा झरेको छ ।

गठबन्धन उम्मेदवार विजयी गराउन प्रमुख पाँच दलका शीर्ष नेताको आह्वान

काठमाडौं, २१ चैत – वैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धनका प्रमुख पाँच दलका शीर्ष नेताले आह्वान गरेका छन् । 

आज संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै सत्ता गठबन्धनका शीर्ष नेताले तनहुँ-१, चितवन-२ र बारा-२ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका हुन् ।

आह्वानमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गर्नुभएको छ । 

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आगामी २०८० वैशाख १० गते आइतबारका दिन हुन लागेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि गठबन्धन दलका तर्फबाट तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादवको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा
गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पङ्क्ति एकीकृत रूपमा परिचालित हुन आवश्यक छ ।’ 

मन्त्रीहरुलाई प्रधानमन्त्रीको सम्बोधनः खादा मालामा भुल्न हामीसँग समय छैन्

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका सामु जटिल चुनौती रहेकोले जनताका पक्षमा परिणाममुखी काम गन मन्त्रीहरुलाई निर्देशन गरेका छन् ।

प्रधानमन्त्रीकाे सचिवालयका अनुसार मन्त्रीपरिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले खादामाला भुल्ने समय नभएको बताए ।  ‘राष्ट्र चौतर्फी सङ्कटमा छ। अब तदर्थ ढंगले सरकार चलाएर हामीले परिणाम दिने र जनताको विश्वास जित्ने अवस्था छैन,’  उनले भने, ‘खादा-मालामा भुल्न हामीसँग समय छैन,  “सम्भव छैन” भन्ने निराशावादी निष्क्रियतालाई सरकारमा कुनै ठाउँ नहोस् ।’ 

मन्त्रीहरुले अहिले नै बधाई लिने बेला नभएको बताउदै उनले अगाडी भने, ‘बधाई अहिले म भनिहाल्दिनँ किनकि त्यसका लागि पहिले हामीले आफ्नो भूमिकामाथि न्याय गर्दै राष्ट्रले दिएको परीक्षा उत्तीर्ण गर्नु छ।’ सत्तारुढ गठबन्धनका दलहरुबीचको वैचारिक भिन्नताको प्रभाव सरकार सञ्चालनमा पर्न हुँदैन भन्दै प्रधानमन्त्रीले न्यूनतम साझा कार्यक्रमको मार्गनर्देशनमा काम गर्नुपर्ने बताएका छन् ।  

यस्ता छन् प्रधानमन्त्रीले दिएका केही निर्देशन:

  • मन्त्रालयका फजुल खर्चको समीक्षा गरेर त्यस्तो खर्च कटौतीको प्रस्ताव ल्याउनुहोस्। अनावश्यक सेमिनार, गोष्ठी र भ्रमण नियन्त्रण गर्नुहोस्। मन्त्रालयको खर्चमा मितव्ययिता, पारदर्शिता र स्वच्छता होस्। मन्त्रालयमा अधिकतम समय दिनुहोस्।
  • कर्मचारीतन्त्रलाई परिणामका लागि प्रेरित र प्रोत्साहित गर्नुहोस् र खराब नियत वा कार्यक्षमतामा समस्या देखिए कारवाही गर्नुहोस्।
  • मैले राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यालयलाई पूर्ण रूपमा क्रियाशील बनाउँदै छु। यसलाई माननीयहरूले दवाव होइन उत्प्रेरक मान्नुपर्नेछ।
  • रेमिट्यान्सको अनौपचारिक च्यानल भत्काउन अनि पर्यटन, राजस्व र निर्यात बढाउन मन्त्रालयहरुबीच सहकार्य जरुरी छ।
  • मन्त्रालयहरूले खासगरी अन्तरसम्बन्धित विषयमा निर्णयहरू गर्दा वा निर्णयको लागि मन्त्रिपरिषद्‌मा प्रस्ता पेश गर्नुपूर्व सम्बन्धित मन्त्रालयका माननीय मन्त्रीज्यूहरु र सचिवहरुले छलफल गरेर मात्र निर्णयमा पुग्नुहोस्।
  • संसारभरिका हाम्रा कूटनीतिक नियोगहरूलाई लगानी र पर्यटक ल्याउन सक्रिय बनाउने गरी हरेक मन्त्रालयले कार्ययोजना बनाउनुहोस्। निजी क्षेत्रसँग पनि अधिकतम क्षेत्रमा सहकार्यमा जोड गर्नुहोस्।
  • सबै मन्त्रालयले हरेक दिन जनताका पक्षमा जनताले बुझ्ने गरी कम्तिमा एउटा उल्लेखनीय निर्णय गर्नुहोस्। मन्त्रालयहरूमा नियमले नचिनेका नियुक्तिहरू नगर्नुहोस्, नियमबाहेकका सुविधाहरू पनि नलिनुहोस्। • जनताका गुनासाहरु तत्काल सम्बोधन गर्ने प्रबन्ध मिलाउनुहोस्।
  • अन्तरमन्त्रालय समन्वय एकदमै कमजोर देखिन्छ। विकास(निर्माणको तीव्रता र जनसरोकारका मुद्दाहरुको प्रभावकारी समन्वयका लागि वन, कृषि, उद्योग, स्वास्थ्य अर्थलगायतका बिभिन्न मन्त्रालयबीच अब फाइलमार्फत् दोहोरी नखेलौं। सरोकारवाला मन्त्री र सचिवहरु सँगै बसेर तत्काल समाधान खोजौं। यसका लागि नीतिगत या कानुनी सुधार आवश्यक भए त्यो पनि तत्काल गरौं।
  • बजेट अनुशासनभित्र रहेर काम गर्नु पर्दछ, नयाँ नयाँ योजना थप्ने भन्दा कार्यान्वयनमा रहेका योजनाहरुलाई छिट्टै सम्पन्न गर्नेतर्फ जोड दिनुहोस्।
  • आगामी बजेटमा देशकै मुहार फेर्ने र इतिहासले सम्झिने गरी क्रमभंगता जरुरी छ। हरेक मन्त्रालयले उत्पादन बृद्धि र रोजगारीमा केन्द्रित रहेर बजेट बनाउनोस्। राष्ट्रिय ढुकुटी अनावश्यक रुपमा खर्च हुने तर लाभको सुनिश्चितता भने हुँदै नभएका वा अत्यन्त थोरै भएका आयोजनामा खर्च प्रस्ताव नै नगर्नुस्।
  • सार्वजनिक सेवा प्रवाहमा पछिल्ला दिनमा केही सुधार भएको छ तर पर्याप्त छैन। सम्बन्धित निकायहरुको सुधार र कार्यसम्पादन प्रभावकारी बनाउने किसिमले कार्ययोजना बनाउनुस्।
  • बजेटमार्फत राखेका लक्ष्यहरुको नियमित अनुगमनका लागि बनेको इन्टिग्रेटेड मनिटरिंग सिस्टम ९एकीकृत अनुगमन प्रणाली० को पूर्ण कार्यान्वयन गर्नुहोस्। मैले सम्मानित संसदमा हरेक पटक सरकारको रिपोर्ट कार्ड लिएर आउने प्रतिवद्धता जनाएको छु। तपाईहरु पनि संसद र प्रेसमा आ(आफ्ना मन्त्रालयको व्यवस्थित रिपोर्ट कार्डका साथ उपस्थित हुनुहोस्।
  • आन्तरिक र बाह्य सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शीरुपमा सम्पन्न गर्न डिजिटल नेपाल अवधारणाले अघि सारेका पेपरलेस, क्यासलेस, फेसलेस सेवा प्रणालीको विकासलाई प्राथमिकतामा राख्नुस्। साथै, विभिन्न निकायहरुमा प्रयोग गरिने अनलाइन प्रणालीको क्ष्लतभनचबतष्यल मार्फत् निकायपिच्छे एउटै कामका लागि पटक पटक उही कागजातहरू पेश गर्नुपर्ने झन्झटलाई हटाउने गरी समन्वयात्मक ढंगले काम अगाडी बढाउनुहोस्।
  • आर्थिक अवस्थामा सुधार, सुशासनको प्रत्याभूति, सेवा(प्रवाहमा पारदर्शिता र प्रभावकारिता हाम्रा प्राथमिकता हुन्। आर्थिक अनियमितता, अकर्मण्यता र बेथितिमाथि निर्मम हुनुहोस्।
  • भौतिक पुर्वाधार र विकास निर्माणका हरेक काम अब कम्तिमा दुई सिफ्टमा हुनुपर्छ। समयअगावै आयोजनाहरु पूरा गर्न यो सरकारको अत्यन्त उच्च प्राथमिकताको विषय हो। यसका लागि आ(आफ्ना मन्त्रालयको तत्काल कार्ययोजना बनाउनोस्। सीमान्त वर्ग र समुदायका लागि पनि हरेक मन्त्रालयले विशेष योजना ल्याउनुहोस्।
  • संघीय निजामती सेवासम्बन्धी कानून लगायतका अत्यावश्क कानूनहरु बनाउन प्राथमिकताकासाथ तत्कालै अगाडि बढ्नुहोस्।मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्नेगरी कार्य गर्नुहोस्। • राष्ट्रिय विकास समस्या समाधान समितिका निर्णयहरू कार्यान्वयनमा तदारुकता देखिने गरेको छैन, यसमा यहाँहरूले विशेष ध्यान दिनुहोस्।
  • राज्यका ३ वटै तहको समन्वयात्मक पहलले संघीयता कार्यान्वयनमा सकारात्मक नतिजा हासिल हुन सक्दछ। यसको लागि अन्तर प्रदेश परिषद्, राष्ट्रिय समन्वय परिषद् जस्ता संयन्त्रहरूलाई पनि क्रियाशील बनाउनेतर्फ जोड दिनुहोस्।

कर्णालीमा एमाले कांग्रेससँगै लिएर जाने दाउमा मुख्यमन्त्री: कांग्रेस छलफलबाट भाग्दै

सुर्खेत – नेकपा ( माओवादी केन्द्र)को नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकार निल्नु न औकल्नु झैँ भएको छ ।

अहिलेको गठबन्धनसँग आवद्ध कांग्रेससँगै अघिल्लो गठबन्धनको दल नेकपा एमालेले विश्वासको मत दिएपछि सरकारको नेतृत्व गरेको माओवादी निल्नु न औँकल्नु झैँ भएको हो ।

संघीय सरकारसँगै ६ वटा प्रदेशबाट बाहिरिएको एमालेले कर्णालीमा माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि माओवादी झस्किएको छ । माओवादी केन्द्रले केन्द्रको सहमति अनुसार कर्णालीमा कांग्रेससँग छलफल गरेर सरकारमा ल्याउन गरिएका प्रयासहरु कांग्रेस पक्षबाट स्वीकार नहुँदा माओवादी नेतृत्वको सरकारले हैरानी ब्यहोनु परेको छ । 

मुख्यमन्त्री राजकुमार शर्माले सबै दललाई सरकारमा ल्याइ मन्त्रालय समेत सबैले मिलेर चलाउने दाउँमा भएपनि त्यो चाहना पुरा हुन सकेको छैन । माओवादी र एमालेको भागमा परेको केही मन्त्रालय घटाएर कांग्रेसलाई सरकारमा सहभागी गराउने नीतिमा मुख्यमन्त्री शर्मा रहेका छन् । कांग्रेसलाई पटक पटक छलफलमा बोलाएपनि छलफलमा सहभागी हुन नमानेको माओवादीको आरोप लगाएको छ । मुख्यमन्त्री शर्मालाई विश्वासको मत समेत नदिन र केन्द्रको स्पीड अनुसार अगाडी बढन आग्रह गरिएपनि विश्वासको मत दिएर एमालेले अकै सन्देश दिन खोजेको नेकपा ( माओवादी केन्द्र) का कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । 

शुक्रबार कर्णाली प्रदेश सभाको नवौँ बैठकमा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेसले समेत मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको थियो । यद्यपि काँग्रेसले एमाले सत्तामा रहेसम्म आफू नै प्रतिपक्षको भूमिकामा रहने बताइरहेको छ ।  मुख्यमन्त्री शर्माले राप्रपाबाहेक सबै दलको भोट प्राप्त गरेका थिए । अब सत्तामा काँग्रेस कहिले जाने, एमाले कहिले बाहिरिने भन्ने कुरा नै मुद्दा बनेको छ । १० पुसको सहमतिअनुसार एमालेले अहिलेसम्म तीन वटा मन्त्रालयको जिम्मेवारीसहित सरकारमै छ । यसो हुनुका पछाडि सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले प्रष्ट निर्णय नगर्नु नै हो ।

माओवादी केन्द्रले एमालेसँग सहकार्य गरेर अघि बढ्न नसकिने बताइरहे पनि मुख्यमन्त्री शर्माले एमालेका मन्त्रीहरूलाई सरकार छाड्न निर्देशन दिन सकेका छैनन् । शुक्रबार विश्वासको मत लिनुभन्दा अगाडि बसेको माओवादी संसदीय दलको बैठकमा एमालेसँग विश्वासको मत माग्ने तर सहकार्य गरेर अगाडि बढ्न नसकिने कुरा भएको थियो । तर व्यवहारतः दलका नेता स्वयम् मुख्यमन्त्री शर्मा रहेकाले सरकारलाई निकास दिनुपर्ने जिम्मेवारी उनमा निर्भर रहन्छ । 

माओवादीका कतिपय प्रदेशसभा सदस्य र मन्त्रीले तीन दलको सहकार्य गरेर कर्णालीको विकास र परिवर्तनमा जुट्नुपर्ने बताइरहेका छन् । यो कुरामा एमाले लचक देखिए पनि काँग्रेसले भने मानिरहेको छैन । एमालेका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले अझै पनि मुख्यमन्त्री शर्मासँग सौहार्दपूर्ण वातावरण रहेको र शर्माले तीनवटै दल मिलेर अघि बढ्नुपर्ने आश्वासन दिइरहेको बताएका छन् । 

मन्त्री शाहले एमाले–माओवादीबीच अहिलेसम्म सरकार छाड्ने विषयमा कुनै कुरा नभएको बताए । बरु तीन वटै दल एक ठाउँमा उभिएर प्रदेशको परिवर्तनका पक्षमा उभिनुपर्ने कुरा मुख्यमन्त्रीले भनेको उनको भनाइ छ । मुख्यमन्त्री शर्माले शुक्रबारको बैठकमा समेत यही कुरा बताएका थिए । शाह भन्छन्,‘मुख्यमन्त्रीले सरकार छाड् भने हामी छादिउँला तर उहाँले त्यस्तो भन्नु भएको छैन ।’

सरकारको विषयमा एमाले र काँग्रेस दुवै दल माओवादीमा निर्भर छन् । तर मुख्यमन्त्री शर्माले अहिलेसम्म प्रष्ट निर्णय गर्न सकिरहेका छैनन् । माओवादीकै सांसदहरू सरकारको विषय चाँडो टुङ्गोमा पु¥याएर निकास दिनुपर्ने बताउँछन् । एमाले सकेसम्म सरकार बाहिरिन चाहिरहेको छैन । मुख्यमन्त्री शर्मा निकट स्रोतका अनुसार आन्तरिक रूपमा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिने प्रयास भइरहेको छ । 

उता काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही सत्तामा जाने–नजाने कुरा माओवादीमा नै निर्भर रहने बताउँछन् । माओवादीले भनेजस्तो तीन दलीय सहकार्यमा सत्ता सञ्चालन गर्न नसकिने शाहीले प्रष्ट पारे । उनले आफू सरकारको नेतृत्व दाबी गरिरहेको र त्यो अडानबाट पछि नहटेको बताए । कांग्रेस र एमाले मिल्ने डरले माओवादीलाई अर्को तनाव दिएको छ । किनकी यि दल मिलेर पनि सरकार बनाउन सकिन्छ । 

माओवादीले मुख्यमन्त्री शर्मा भन्दा पछाडी नेकपा एमालेका यमलाल कडेँललाई मुख्यमन्त्री बनाउने सहमति गरेको थियो । कांग्रेसका दलका नेता जीवनबहादुर शाहीले कर्णालीमा मुख्यमन्त्री कांग्रेसलाई दिने प्रचण्डले पहिले नै बचन दिएको बताउदै आएका छन् । यही कुराले माओवादीलाई झस्काउने गरेको छ  । जाजरकोट (क) का प्रदेशसभा सदस्य बेदराज सिंहले केन्द्रबाट नै निर्णय आउने भएकाले कर्णालीमा छुट्टै बहस गर्नुपर्ने अवस्था नभएको बताए । प्रदेशले आफै निर्णय गर्नुपर्ने भएपनि यहाँ सातवटा प्रदेशको कुरा भएकाले केन्द्र सरकारकै निर्णय मानेर अगाडी बढनुपर्ने अवस्था रहेको सिंहले बताए । 

अदालतमा उपस्थित हुन न्युर्योक पुगे ट्रम्प

न्युयोर्क, २१ चैत । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा बयान दिन न्युयोर्क पुगेका छन् ।ट्रम्प न्युयोर्क आइपुगेको एक दिन अघि उनले आफूलाई कानून प्रवर्तनमा फर्काउने र म्यानहट्टन अदालतमा गत हप्ताको ऐतिहासिक ग्रान्ड जूरी अभियोग पछि ३० भन्दा बढी आपराधिक आरोपहरूको सामना गर्ने अपेक्षा गरिएको छ।

ट्रम्पको कानुनी टोलीले भनेका छन कि पूर्व राष्ट्रपति ट्रम्पले स्वेच्छाले आत्मसमर्पण गर्नेछन् र अभियोग अनसिल भएपछि हरेक सम्भावित मुद्दालाई चुनौती दिनेछन।

सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचन ताका पोर्न स्टार स्टर्मी ड्यानियल्सलाई अवैध रकम दिएको र उक्त भुक्तानीलाई ब्यापारी कारोबारमा देखाएको आरोपमा ट्रम्पमाथि छानविन भइरहेको छ ।

‘उनले यसलाई धेरै गम्भीरताका साथ लिइरहेका छन् र कानुनी सल्लाह पछ्याउँदैछन्,’ ट्रम्पका सल्लाहकारले सोमबार राति भने। उनले मंगलबार राती मारएलागोमा अमेरिकीहरूलाई आफ्नो कुरा राख्नेछन्।

समाचार आउटलेटहरूलाई मंगलबारको अभियोग प्रसारण गर्न अनुमति दिइने छैन, एक न्यायाधीशले सोमबार राती फैसला सुनाए।

७६ वर्षीय ट्रम्प आपराधिक मुद्दाको सामना गर्ने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन । तर, उनले कुनै गलत काम नगरेको दावी गर्दै आएका छन् ।

मंगलबार पुलिस र अदालतका अधिकारीहरूका साथै सेक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई तल्लो म्यानहट्टन अदालत परिसरमा लैजाने तयारी गरेका छन्। ट्रम्प म्यानहट्टन अदालतमा उपस्थित हुनुअघि उनी जिल्ला अधिवक्ता एल्भिन ब्रागको कार्यालयमा आत्मसमर्पण गर्नेछन् भने त्यसपछि मात्र न्यायाधीश समक्ष उपस्थित हुनेछन् । 

पूर्वराष्ट्रपति ट्रम्प जमानतमा रिहा हुने र मंगलबार साँझ आफ्नो निवास फ्लोरिडा फर्कने अनुमान गरिएको छ ।

मलेसियाको संसदले खारेज गर्यो यस्तो सजाय, झन्डै १४ सय कैदीको ज्यान जोगिने सक्ने 

क्वालालम्पुर । मलेसियाको संसद्ले अनिवार्य मृ त्युद ण्डको सजाय हटाउने पक्षमा मतदान गरेको छ । 

मृ त्युद ण्डको अन्त्यका लागि गत हप्ता संसदमा दर्ता भएका दुई वटा विधेयकलाई बहुमतले पारित गरे पछि अनिवार्य मृ त्युद ण्डको सजायको ब्यवस्था खारेज भएको हो ।

बिबिसीका अनुसार मलेसियन संसद्ले पारित गरेको ति बिद्येयकहरु ऐनका रुपमा कार्यान्वयनमा आएसँगै ह त्या, आत ङ्कवादसहित ११ प्रकारका गम्भीर अपराधमा दिइने अनिवार्य मृ त्युद ण्डको सजाय अब हटेको छ । तर, असाधारण घटनाहरूमा भने मृ त्युद ण्डको आदेश दिनका लागि न्याधीशहरूले पाइरहेको स्वविवेकीय अधिकार भने कायमै राखिएको छ ।

मलेसियामा ३४ वटा अपराधमा मृ त्युद ण्ड दिने व्यवस्था रहेकोमा ११ वटामा भने अनिवार्य मृ त्युद ण्ड दिइने गरिन्थ्यो । नयाँ कानुन निमार्णसँगै अब त्यो हटेको छ । 

मलेसियाका बिभिन्न अदालतको फैसाला पछि मृ त्युद ण्ड तोकिएका एक हजार तीन सय ४१ जना कैदीहरू हाल मृ त्युद ण्डको पर्खाइमा रहेको मलेसियन समाचार संस्थाहरुले जनाएका छन । नयाँ कानुन निमार्ण भएसँगै अब उनीहरूको ज्यान जोगिनसक्ने वाटो खुल्ला भएको छ । जसअनुसार यसअघि नै मृ त्युद ण्डको फैसला सुनाइएका तर सजाय पाउन बाँकी कैदीहरुले अब ९० दिनभित्र सजायबारे पुनरावेदन माग गर्ने समयसमेत पाउने व्यवस्था गरिएको छ ।

अझैसम्म मृ त्युद ण्डको सजाय दिइने विश्वका ५३ देशहरूमध्ये मलेसिया पनि एक हो ।

सिटी होटलको आइपीओ बिक्री खुला

काठमाडौं,- सिटी होटलले आईपिओ आज चैत २१ गतेदेखि बिक्री खुला भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि उक्त आईपिओ निष्काशन गरेको हो । होटलले सर्वसाधारणको लागि भने वैशाख २५ गतेदेखि आईपिओ बिक्री खुला गर्ने जनाएको छ । 

सिटी होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख  रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । 

जसअनुसार प्रति सेयर १ सय अंकित मूल्यमा १६ लाख ७४ कित्ता सेयर निष्कासन गर्न लागेको हो । सोमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय सेयर निष्कासन गर्न लागेको छ । 

यसैगरि कम्पनीले कर्मचारीहरुका लागि जारी पुँजीको ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा वैशाख ५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताहरुले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई ‘केयरएनपी डब बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

नवजात शिशु र गर्भवती महिलाको तस्विर खिचाउने लिटिल लभ स्टुडियो संचालनमा

काठमाडौँ । गर्भवती (म्यार्टनिटी) र नवजात शिशुको तस्विर खिचाउने सोचमा हुनुहुन्छ ? यदी तपाईले आफ्नी गर्भवती पत्नि सुत्केरी हुनुपूर्वका तस्विरहरु र बच्चा जन्मिसकेपछिका तस्विरहरु जिन्दगी भर सम्झनाका लागि, रमाइलो गरी सजाएर घरमा राख्न चाहानुहुन्छ भने तपाईका लागि खुशीको खबर छ ।

विगत १५ वर्षदेखि फोटोग्राफिमा काम गर्दै आएको टिमले कालीमाटीको वान सिनेमा घरसँगै संचालनमा ल्याएको लिटिल लभ स्टुडियोमा अब तपाईको आवश्यकता अनुसार फोटो सुट गर्न सक्नुहुनेछ । जसमा प्रोफेसनल महिला फोटोग्राफर विशेषता पोखरेल (९७६१६१३०१५)ले तपाईका तस्विरहरु खिच्नेछिन् ।

लिटिल लभ स्टुडियोकी संचालक विशेषताका अनुसार गर्भवती महिला र भर्खरै जन्मिएको शिशुलाई स्टुडियोले आफ्नै ड्रेस समेत उपलब्ध गराएर सन्तुलित तापक्रम र उपयुक्त वातावरणमा फोटोसुट गराइनेछ ।

‘बर्दिवासको घाम’ बोलको गीत मार्फत चर्चा बटुल्दै गायक वाङछिरीङ भोटिया

काठमाडौँ । बर्दिवासको घाम बोलको गितमा युवा युवा गायक वाङ छिरीङ भोटियाले सांगितिक फाँटमा अर्को सफलता प्राप्त गरेकाछन् । संखुवासभा भोटखोलका गायक भोटियाले एक पछि अर्को सफलता प्राप्त गर्दे गएका छन् । सानै उमेर देखि सांगितिक फाँटमा लागेका उन्ले थुप्रै गीतमा स्वर दिई सेकाछन् । पछिल्लो गित बर्दिवासको घाम उन्को निकै चर्कीएको छ ।

पूर्व–पश्चिमको मायाँलाई जोड्दै उक्त भिडियोमा कलाकारहरुले आफ्नो पर्फम जादूगर रुपमा पस्केकाछन् । लोकप्रिय गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको यो बर्दिवासको घाम बोलको लोकगितको भिडियो सार्वजनिक गरीए पछि चर्चा पनि पाउन थालेको छ । अर्जुन पोख्रेलको शब्द, संगित, एरेन्ज रहेको सार्वजनिक गीतमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर बिष्टको अभिनय देख्न सकीन्छ । भिडियोमा प्रथम ,नग्मा, लक्ष्मी र अमर गज्जबसंग खुलेकाछन् ।

जहाँ बैशालु उमेरका साथिभाईसंग घुम्दै रमाईलोमा बिताउने समय र प्रेमलाई निर्देशक क्षेत्रीले देखाउन खोजकाछन् । डान्सिङशैलीको भिडियोबाट राम्रो प्रतिक्रिया आई रहेको निर्माण युनिटले जनाएको छ । नरेश बीबीसीको मिक्सिङ र मास्टरीङ रहेको सार्वजनिक गीतमा दिनेश पराजुलीको छायांकन र मिन रावलको सम्पादन रहेको छ । सम्पादक रावलले म्युजिक भिडियो सम्पादनबाट पाएको अवसरलाई नेपाली म्युजिक भिडियो क्षेत्रलाई बिकास र सुदृढ गर्ने कार्यमा सदुपयोग गरी रहेकाछन् ।

सन्देशमुलक भिडियो सम्पादकको रुपमा आफ्नो राम्रो पहिचान पनि बनाएकाछन् । तर, यति मिठो स्वरका धनि गायक वाङछिरीङ भोटियालागि अर्को एल्वम र गीत रेकर्ड गर्नु चुनौति बन्ने देखिन्छ । कीन भने स्रोता र दर्शकले रुचाएका कारण उन्ले अर्को गीतको तयारी गर्नु पर्ने देखिन्छ । किन भने समय र दर्शकले उन्लाई साथ दिएको दखिन्छ ।

अमेरिकी डलरसँगै युरोको पनि भाउ बढ्यो

काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
मंगलबार अमेरिकी डलरको भाउ २७ पैसाले बढेको छ । यसअघि सोमबार भने डलरको कारोबार स्थिर रहेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा कायम गरिएको छ । यसअघि सोमबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको थियो। 

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरोमा उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५३ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ६८ पैसाले बढेको हो । सोमबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ २० पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ८५ पैसा कायम गरिएको थियो। 

मंगलबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ २८ पैसा तोकिएको छ। यो मूल्य सोमबारको तुलनामा ७४ पैसाले वृद्धि भएको हो । सोमबार यसको खरिदमूल्य १६१ रुपैयाँ ८० पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ ५४ पैसा कायम गरिएको थियो ।  

त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ४४ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३ पैसा कायम भएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा, साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ ४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसामा पाइनेछ । यसअघि सोमबार साउदी अरेबियन, युएई दिराम रियाल र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको थियो ।

 
उता, कुवेती दिनार एकको खरिदमा मंगलबार ४२८ रुपैयाँ ३१ पैसा र बिक्रीमा ४३० रुपैयाँ २७ पैसा पाइन्छ भने मंगलबार बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५० रुपैयाँ २३ पैसा तोकिएको छ।
 

ट्विटरको लोगो परिवर्तन, अब निलो चराको ठाउँमा कुकुर

काठमाडौं, २१ चैत । सामाजिक प्लेटफर्म टविटरमा अर्को ठूलो परिवर्तन गरिएको छ।

यसपटक एलोन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । यसको मतलब अब ट्विटरबाट निलो चरा गायब भएको छ।

यो परिवर्तन पछि प्रयोगकर्ताहरू धेरै आश्चर्यचकित छन्। किनभने  ट्विटरले आफ्नो नयाँ लोगो ‘डगी’ बनाएको छ । ट्विटरका मालिक एलोन मस्कले यसबारे चर्चा गरेका छन्, त्यसपछि यो विश्वास गरिएको छ कि डग्गी ट्विटरको नयाँ लोगो हुनेछ।

वास्तवमा, सोमबार रातीदेखि प्रयोगकर्ताहरूले आफ्नो ट्विटर खातामा नीलो चराको सट्टा कुकुर देख्न थाले। यो लोगो देखेर प्रयोगकर्ता छक्क परेका छन् । त्यो एउटा सम्झौता हो ।

उनीहरूले एकअर्कालाई प्रश्नहरू सोध्न थाले कि सबैले ट्विटरको लोगोमा कुकुर देखिरहेका छन् कि छैनन्। केही समयमै  #DOGE ट्विटरमा ट्रेन्डिङ सुरु भयो। प्रयोगकर्ताहरूले सोचे कि कसैले ट्विटर ह्याक गरेको छ। तर त्यसको केही समयपछि एलोन मस्कले ट्वीटरले आफ्नो लोगो परिवर्तन गरेको स्पष्ट पारेको छ ।
 

राहुल गान्धी माथीकाे कैद सजाँय कार्यान्वयन नहुने

नयाँदिल्ली, २१ चैत । मानहानिको मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएका भारतीय कांग्रेसका नेता राहुल गान्धीविरुद्धको सजाय तत्काल कार्यान्वयन नहुने भएको छ ।

आफूलाई मानहानि मुद्दामा दोषी ठहर गर्ने तल्लो अदालतको फैसालाविरुद्ध कांग्रेस आइका नेता गान्धीले सोमबार गुजरातको सुरत अदालतमा पुनरावेदन निवेदन दिए पछि अदालतले १३ अप्रिलसम्म तल्लो अदालतको फैसला कार्यान्वयन नर्गन आदेश दिएको छ । जसअनुसार उनले तत्काल कैद सजाय भोग्नु नपर्ने भएको छ ।   

अब १३ अप्रिलमा हुने पुनरावेदनको सुनुवाइ टुंगोमा नपुगेसम्म तल्लो अदालतको फैसला कार्यान्वयनसमेत हुने छैन । माथिल्लो अदालतले अर्को पक्षको उपस्थितिबिना अन्तिम फैसला दिन नमिल्नेसमेत बताई दिए पछि गान्धीलाई राहात मिलेको छ ।

सन् २०१९ मा एक राजनीतिक सभामा ‘सबै मोदी किन चोर हुन्छन्’ भन्ने गान्धिले दिएको अभिव्यक्ती लिएर परेको मुद्धामा फैसला गर्दै तल्लो अदालतले उनलाई दोषी ठहर गरिएको थियो । जसअनुसार अदालतले सांसद पदका लागि अयोग्य तथा दुई बर्षसम्म जेल सजाय तोकि दिएको थियो । भारतीय जनता पार्टीका नेता तथा गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले गान्धीको अभिव्यक्तिविरुद्ध हालेको मानहानि मुद्दामा अदालतले सो फैसला सुनाएको हो ।

सो फैसला पछि उनको सांसद पद गएको छ भने उनले प्रतिपक्ष दलका नेताको हैसियतमा पाउने सरकारी सुबिधावाट पनि बञ्चित हुन परेको थियो । तर, दुई बर्षे जेल सजाय भने माथिल्लो अदालतको आदेशसँगै तत्काल कार्यान्वयन नहुने भएको छ । 
 

आजकाे हरियो तरकारी तथा फलफुलको मूल्य

काठमाडौ, २१ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २३ रुपैया, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २४० रुपैयाँ, कुरीलो ३५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ,  चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ९० रुपैयाँ, तोरीको साग ४० रुपैया, लोकल परवर र न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३३ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ९० रुपैयाँ, भान्टा लाम्चो ४० रुपैयाँ, भिण्डी ९० रुपैया केजी, मूला रातो ५० रुपैयाँ, रुख कटहर ७० रुपैयाँ, भुई कटहर १४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ पाइने समितले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा र बचुवा माछा २८० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
 

बराबरीका खेल खेलेका टोटनहम र एभरटनले अंक बाँडे

काठमाडौं, २१ चैत । टोटनहम र एभरटनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको एक मात्र खेलमा टोटनहम र एभरटनले समान अंक बाडेका हुन् । 

दुवै तर्फका एक एक खेलाडीले रातो कार्ड पाउँदा दुवै टोली १०–१० खेलाडीमा सिमित हुन परेको थियो ।  

पहिलो हाफमा गोलरहित बराबरीको खेल भए पनि दोस्रो हाफको ६८औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाए  तर दोस्रो हाफको अन्तिम मिनेटमा एभरटनका माइकल किनले गोल फर्काएर खेललाई १–१ को अवस्थामा ल्याईदिए ।

बराबरीको खेल खेलर अंक बाडेका दुवै टोलीले १०–१० खेलाडीमा सिमित रहेर खेलेका थिए । दोस्रो हाफको ५८औं मिनेटमा अब्दुलाय डेकुरले रातो कार्ड पाएपछि एभरटन १० खेलाडीमा समेटिएको थियाे भने टोटनहमका लुकास माउरा खेलकाे अन्तिम समयमा अर्थात ८८औं मिनेटमा रातो कार्ड पाएर बाहिरिएका थिए ।

नेपालमा अमेरिकी सेना मिसन ‘हाई अल्टिच्युड’ तालिममा केन्द्रित

नेपालमा अमेरिकी सेना मिसन ‘हाई अल्टिच्युड’ तालिममा केन्द्रित हुन थालेको छ । लामो समयदेखि नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ । यसक्रममा अमेरिकी सेना जुनसुकै बेला उच्च हिमाली तथा पहाडी क्षेत्रमा खोज तथा उद्धार तालिममै केन्द्रित हुन थालेकाले उनीहरूको मिसन ‘हाई अल्टिच्युड’ तालिम रहेको देखिएको हो। केही वर्षअघिदेखि नेपाली सेनाले भारतीय स्थल सेना, अमेरिकी सेनासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।

गत माघमा अमेरिकी सेनासँग एक्स- बेलेन्स नेल- २३-३०११ नाम दिइएको संयुक्त अभ्यासमा उच्च हिमाली तथा पहाडी क्षेत्रमा खोज तथा उद्धार (जल उद्धार, हवाई उद्धार) सम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धि हुने गरी संयुक्त अभ्यास गरेको थियो । त्यसमा ४५ नेपाली र १९ अमेरिकी सैनिक सहभागी थिए ।

काठमाडौंको छाउनी र भक्तपुरको नगरकोटमा माघ १९ गतेसम्म संयुक्त अभ्यास चलेको थियो । नेपाली सेनाले अमेरिकासहित भारत र चीनसँग समेत संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । त्यसअघि पनि अमेरिकी सेनाले २०७९ साउनमा नगरकोट र छाउनीमा तालिम गरेको थियो । त्यतिबेला नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरीजम्मा ९६ जनाले तालिम लिएका थिए । यो समाचार नागरिक दैनिकमा छ ।

लेभी सबैभन्दा बढी कटाउने दल रास्वपा, कुन दलका सांसदले कति तिर्छन् ?

राजनीतिक दलहरूले जनप्रतिनिधिको पारिश्रमिकबाट लिने निश्चित रकम (लेभी) सबैभन्दा बढी कटाउने दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनेको छ । प्रतिनिधि सभामा पहिलो पटक प्रतिनिधित्व गरेको रास्वपाले आफ्ना सदस्यसँग मासिक २५ हजार रुपियाँ लेभी लिने गरेको छ । जुन अन्य कतिपय दलहरूको तुलानामा दोब्बरभन्दा बढी छ ।

सदस्यहरूको लेभी सम्बन्धित दलको खातामा जम्मा हुने गर्छ । त्यसका लागि सदस्यहरूले संसद् सचिवालयलाई सहमति दिने गरेका छन् । लेभी कट्टाको निर्णय भने सम्बन्धित दलले गर्ने गर्छन् । दलको निर्णयको जानकारीअनुसार संसद्ले रकम कट्टा गरी दलको खातामा र बाँकी पारिश्रमिक सदस्यको खातामा जम्मा गरिदिने प्रचलन छ ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सबै राजनीतिक दलले लेभी कट्टाको पत्राचार सचिवालयलाई गरिसकेका छन् । सोहीअनुसार पारिश्रमिकबाट मासिक रूपमा निश्चित रकम कट्टा गरी दलको खातामा जम्मा गर्ने गरिएको छ ।

सचिवालयका अनुसार सबैभन्दा कम लेभी नेपाली कांग्रेसको छ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले लेभी रकम बढाएको छैन । कांग्रेसले सदस्यहरूसँग मासिक १० हजार रुपियाँ लेभी लिने गरेको छ । यसअघि पनि समान लेभी कांग्रेसले लिने गरेको थियो । स्वतन्त्र पार्टीपछि लेभी बढी लिने अर्का दुई नयाँ दल नै छन् ।

जनमत पार्टीले सदस्यहरूलाई मासिक २२ हजार रुपियाँ लेभी तोकेको छ । यस्तै पहिलो पटक प्रतिनिधि सभामा प्रवेश पाएको नागरिक उन्मुक्ति पार्टीले पनि २० हजार रुपियाँ लेभी तोकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि मासिक २० हजार रुपियाँ नै छ ।

जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को लेभी समान रहेको छ । दुवै दलले मासिक १५ हजार रुपियाँ लेभी तोकेका छन् । जसपामा यसअघि पनि मासिक १५ हजार रुपियाँ नै लेभी रहेको थियो । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान पार्टीका सदस्यको हकमा भने दलको निर्णय र सदस्यको स्वीकृतिमा पारिश्रमिक पार्टीकै खातामा जम्मा हुने गर्छ ।

सचिवालयका अनुसार नेकपा (एमाले)ले सदस्यहरूसँग मासिक १२ हजार रुपियाँ लेभी लिएको छ । यस्तै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को पनि मासिक १२ हजार रुपियाँ लेभी तोकिएको छ। एमाले र माओवादी केन्द्र दुवैले लेभी शुल्कमा कुनै फेरबदल गरेका छैनन्। एकीकृत समाजवादी पहिलो पटक संसद्मा प्रतिनिधित्व गरिरहेको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुनसरीको इनरुवामा अभिनन्दन

इटहरी । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुनसरीको इनरुवामा अभिनन्दन गरिएको छ । राजावादी समूहले उनलाई सोमबार इनरुवामा अभिनन्दन गरेको हो । अभिनन्दन कार्यक्रमपछि सम्बोधन गर्दै उनले तन, मन, धन र पदमा लोभ्याएर सामाजिक संरचना कमजोर भएको बताए ।

देशमा देखिएको समस्यालाई आफूले नजिकबाट नियालिरहेको बताउँदै उनले परिर्वतन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै परिणाम नदिने टिप्पणी गरे । यस अघि भने प्रशासनले ‘श्री ५ महाराजधिराज’ लेखेको ब्यानर हटाएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोसाकमा खटिएका प्रहरीले पूर्वराजा शाहलाई अभिनन्दन गरिने चोकचोकमा टाँसेको श्री ५ लेखिएका ब्यानरहरू हटाएको हो ।

‘पूर्वराजा भनेर लेखिएको ब्यानर भने हटाइएको होइन,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरीले भने, ‘श्री ५ महाराजधिराज’ भनेर लेखिएको ब्यानर चाहिं हटाइएको हो ।’ पछिल्लो केही महिनायता शाह झापामा बस्दै आएका छन् । केही दिन अघि मात्रै उनी इटहरीस्थित बूढीगंगा–जमुना मुक्तिघाटमा सन्ध्याकालीन आरतीमा सहभागी हुनका लागि आएका थिए । यो समाचार राजधानी द्रैनिकमा छ ।

शेयरबजारप्रति अर्थमन्त्री महतको चासो

पछिल्लो समय शेयर बजार निरन्तर घटिरहेको छ । छोटो समयमै २२७७ सम्म पुगेको धितोपत्र बजारको सूचक नेप्से फेरि १८ सयको लाइनमा आएको छ । सोमवार बजार बन्द हुँदा नेप्से १ हजार ८७१ दशमलव ८८ विन्दुमा छ ।

यही बेला नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयरबजारप्रति चासो देखाएका छन् । सोमवार उनले लगानीकर्ता बोलाएर शेयरबजारबारे छलफल गरे ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पूँजीबजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलले शेयरबजारको वर्तमान अवस्था अर्थमन्त्रीलाई जानकारी गराए । अर्थमन्त्रीले सबै निकायसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

डाइभर्सनकाे कामले सिद्धबाबा सडक क्षेत्र मंगलबार देखि अवरुद्द हुने

भैैरहवा, २१ चैत ।  बुटवल पाल्पा सिद्धवावा सडक मंगलवार देखी अबरुद्ध हुने भएको छ ।

सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कर्पोरेसनले रामा पिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाईभर्सनको कार्य सुरु गरेकाले दैनीक दुइ पटक दिउसो र राती सडक अबरुद्ध हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयले बताए । 

सुरुङ मार्ग निमार्णका क्रममा सडक माथिवाट खुकुला ढुङ्गाहरु पहरोबाट झरी कार्य गर्न जोखिम भएकाले खुकुला ढुंगाहरु खसाल्न सडक यातायात आवागमन बन्द गर्ने निर्णय भएको र बन्दका समयमा बैकल्पिक सडक प्रयोग गर्न पनि प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् ।  सोमबार सरकोकारवाला निकायहरु संगको बैठकले राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा सहजीकरण गर्न आवश्यक देखिएकोले मंगलबार बिहान ११ बजे देखि अपरान्ह २ बजेसम्म र राति १० बजेदेखि विहान ४ बजेसम्म अर्को सूचना जारी नहुँदासम्म सवारी साधन आवतजावत बन्द गरी सुरक्षित साथ कार्य गर्न स्वीकृति दिने निर्णय गरेको प्रजिअ पोण्डेयले जानकारी दिए। 

सडक अबरुद्धका समयमा बेलवास– दोभान सडक खण्ड बैकल्पिक रुपमा प्रयोग गर्न पनि बैठकले आग्रह गरेको छ । साना तथा निजी गाडीहरु र अत्यावश्यक सवारी साधनहरुलाई उक्त बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । साथै उक्त सडकलाई ब्यवस्थित रुपमा संचालन गर्नका लागी आवश्यक पुर्वाधार मर्मत कार्य गर्न परियोजनालाई आग्रह गरेको छ । रुपन्द्येहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयको अध्यक्षतामा बसेको बैठकमा रुपन्देहीका सुरक्षा निकाय , यातायात ब्यावसायी , संचारकर्मी , लगायतको सहभागीता रहेको थियो । 

रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दामा आज प्रारम्भिक सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको प्रारम्भिक सुनवाई आजवाट हुदैँछ । 

लामिछाने बिरुद्ध नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आजवाट प्रारम्भिक सुनुवाइ हुन लागेको हो । 

अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिएको भएपनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी हालै महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने मागसहित युवराज सफलले सोमवार रिट दिएका थिए । सोही रिटका आधारमा सर्वोच्चले आज पेशी तोकेको हो ।

आजको मौसमः सुदुरपश्चिम प्रदेशलगायत पहाडी भुभागमा पानी पर्ने

काठमाडौं, २१ चैत । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती भने  देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एकदुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश लगायत देशका  पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन रचट्याङ्गबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मोटरसाइकल दुर्घटनामा बालकको मृत्यु

महेन्द्रनगर, २० चैत – कञ्चनपुरको दैजी–बेल्डाडी सडक खण्डमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

बेल्डाडीबाट महेन्द्रनगरतर्फ आइरहेको सुपप्र ०२–००३ प ४६७१ नम्बरको मोटरसाइकल बेदकोट १० मा नालामा खस्दा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले दुर्घटनामा परी बेल्डाडी गाउँपालिका–४ का अमरबहादुर ठकुरीका अन्दाजी आठ/नौ वर्षीय छोरा इस्बन्धन ठकुरीको मृत्यु भएको बताए ।

दुर्घटनामा परी मोटरसाइकल चालक टेकेन्द्रप्रसाद भट्ट र बाह्र वर्षीय अर्चना जोशी घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी बालिकालाई थप उपचारका लागि महाकाली प्रादेशिक अस्पतालले धनगढी रिफर गरेको प्रहरीले जनाएको छ ।

पार्टीको उम्मेदवारलाई विजयी गराउन एक ढिक्का भएर लाग्नुपर्छ – गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउन एक ढिक्का भएर लाग्नुपर्ने बताएका छन् । सोमबार नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उपनिर्वाचनमा जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए । उनले भने “आवधिक निर्वाचनको विशेष महत्त्व छ, निर्वाचनका बेला जनताले आफ्नो मत जाहेर गरेर प्रतिनिधि छान्छन्”, उनले थपे, “हामीले जनताको विश्वास जित्नुपर्छ ।”

आलोचना गर्ने राजनीति नभई बदलिएको राजनीति अहिलेका युवाको रोजाइ – महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीति गर्ने युवाले आकर्षित बन्नुपर्ने अहिलेको विषयवस्तु भएको बताएका छन् । सोमबार गठबन्धनको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन चितवन आएका शर्माले यस्तो बताएका हुन् ।

उनले राजनीतिक दलहरूबीच सहकार्य र हार्दिकताको आवश्यकता रहेको बताए । उनले देशभित्र अवसरको खोजी गरिरहेका नागरिकलाई सोको सिर्जना गर्नका लागि बदलिएको राजनीतिको विषय बन्नुपर्ने बताए । उनले भने, “आज दलहरू बीचमा द्वन्द्व होइन सहकार्य र हार्दिकता अहिलेको राजनीतिको चित्र हो ।” आलोचना गर्ने राजनीति नभई बदलिएको राजनीति अहिलेका युवाको रोजाइ भएको उहाँले बताउनुभयो । राजनीति गर्ने युवाले आकर्षित बन्नुपर्ने अहिलेको विषयवस्तु भएको उहाँको जिकिर थियो ।

उनले फरक प्रशंगमा कुरा गर्दै भने “घर छोडेर गएका आफ्नै घर फर्किएर रुख रोप्ने र रुखलाई जिताउने अभियानमा लाग्न अनुरोध गर्दछु”, उनले थपे,“हामीले उता पर्म लाएको हो । अब फर्कन्छौँ भन्ने कार्यकर्ता पनि पाएको छु ।”

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको कति ?

काठमाडौं, २० चैत – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा तीन रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ६० रुपैयाँमा बिक्री हुनेछ ।

गृहमन्त्री र सचिवले बुझ्ने गरेको सुराकी परिचालन खर्च प्रावधान खारेज

काठमाडौं, २० चैत – गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा खर्च गर्न पाउने प्रावधान खारेज भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले विगत ३२ वर्षदेखि मन्त्री र सचिवले सूत्र/सुराकी परिचालनका नाममा गर्न पाउने अधिकार खारेज गरेको हो ।

२०४७ जेठदेखि गृहमन्त्री र सचिवले खर्च फाँटबारी देखाउन नपर्ने गरी मनोमानी रुपमा रकम बुझ्दै आएका थिए । यस्तो रकमको हिसाब महालेखा परीक्षकको वार्षिक लेखा परीक्षणमा समेत उपलब्ध हुने गरेको थिएन ।

तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपको तयारी पुरा

कैलाली, २० चैत  – कैलालीको गौरीगंगा नगरपालिकामा भोली मंगलबारदेखि आयोजना हुने जगशक्ती गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप २०७९ को तयारी पुरा भएको छ । ‘खेलौ फूटबल रमेर, खेलकुदको संन्देश, शान्ति स्थायीत्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजनामा हुने सुदुरपश्चिम गौरीगंगा गोल्डकपको तयारी पुरा भएको आयोजकले आज सोमबार पत्रकार सम्मेल गर्दै जानकारी दिएको हो । 

प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नु हुनेछ । उद्घाटन खेलमा आयोजक गौरीगंगा ११ स्पोर्टस क्लब र डोटी जिल्लाको टीम भिड्नेछन । प्रतियोगिता चैत ३० गतेसम्म आयोजना हुनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । आयोजक गौरीगंगा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बांके, बर्दिया, नवलपरासी जिल्लाका टीमहरुका साथै नेपाल पुलिस र शसस्त्र प्रहरी बलको टीमको सहभागीता रहेको छ । 

प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेतालाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रुपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ भने प्रतियोगिताको ‘म्यान अफ द म्याच’ लाई ट्रफी सहित नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रबद्र्धधन गर्न, नगर क्षेत्रमा खेलकूदको चहलपहल बढाउन, ब्यवसायीक खेलाडी बनाउन तथा युवालाई खेलकूदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । 

प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जगशक्ती गोल्ड टिएमटि फलामे छड रहेको छ । मुख्य प्रबद्र्धकमा गौरीगंगा नगरपालिका, सुदुरपश्चिम प्रदेश खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषद, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरुमा सिराज ईन्टरनेशनल, न्यु प्लानेट ईन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।

तनहुँमा ९ दलले गराए उम्मेदवारी दर्ता, को -को बीच हुँदैछ भीडन्त ?

तनहुँ, २० चैत – तनहुँ क्षेत्र नम्बर १ मा ९ दलले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्तामा बेलुका ५ सम्म ९ दलले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गर्नेमा नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, एमालेबाट सर्वेन्द्र खनाल, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी समाजवादीबाट गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ, नेपाली कांग्रेसबाट गोविन्द्र भट्टराई, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले उम्मेदवार दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जनमत पार्टीका नेता पक्राउ, यस्तो छ अभियोग

सप्तरी, २० चैत – सप्तरीमा मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र शर्मालाई सोमबार बिहान राजविराजबाट प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय कल्याणपुरको प्रहरीले  शर्मालाई ठगी गरेको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ परेका शर्मा माथि थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।
 

पाणिनी बहुमुखी क्याम्पसमा कर्मकाण्डी साधारसभा, सञ्चालक समितिमा नेतैनेता

अर्घाखाँची, २०, चैत – अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको पाणिनी बहुमुखी क्याम्पसमा चरम राजनीति भएको छ । दलीय बाँडफाँड नमिल्दा ९ वर्षसम्म नभएको क्याम्पसको साधारणसभा प्रक्रियामात्र पुरा गर्दै सम्पन्न गरिएको छ ।

यही चैत्र १८ गते क्याम्पसमा सम्पन्न भएको साधारण सभाले राजनीतिक दलले पहिल्लै बाँडफाँड गरेको सञ्चालक समितिलाई अनुमोदन गरेको छ । आफू निकटका आजीवन सदस्यमात्र भेला गराई गरिएको कर्मकाण्डी साधारण सभाले नेपाली कांग्रेसका लुम्विनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कानको नेतृत्वमा सञ्चालक समिति गठन गरेको छ ।

दलको लामै छलफल र रस्साकस्सीका विच पनि पदाधिकारीमा बाँडफाँड नमिलेपछि पदाधिकारी पद खारेज गरी मुस्कानको नेतृत्वमा अन्य दलका नेता सदस्य रहनेगरी ९ सदस्यीय सञ्चालक समिति घोषणा गरिएको हो । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका शिर्ष नेताहरु सदस्य छन् ।

नवनिर्वाचित समितिको सदस्यहरुमा नेपाली काँग्रेसकी नेतृ लक्ष्मी श्रेष्ठ, नेता ऋषव अधिकारी, नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्वर भुसाल, उपाध्यक्ष इश्वरा पोख्रेल, नेकपा एमाले अर्घाखाँचीका पूर्व अध्यक्ष जनार्दन खनाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुर कुमार विक, जिल्ला अध्यक्ष राजेन्द्र भुसाल, महिला नेतृ कमला भण्डारी भुसाल, नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल सदस्य चयन भएका छन् ।

साधारणसभाको बन्दशत्र प्रकृयामा अगाडी नै नबढाई जवरजस्त नामावली पढेर सुनाइएको कार्यक्रममा सहभागी एक नेताले बताए । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान उपस्थित कार्यक्रममा चौहानले नै उम्मेदवारी दिने डरले प्रक्रिया नै शुरु नगरिएको स्रोतले बतायो । यस्तै शिक्षामा भैरहेको राजनीतिको विरोध गरेको स्वतन्त्र पार्टीलाई कार्यक्रममा खवर नै गरिएन ।

यसअघि २०७५ सालमा भएको साधारणसभा दलीय सहमती नजुटेपछि अलपत्र परेको थियो । उद्घामटन भएपनि समापन नभएको उक्त साधारणसभामा राष्टिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीको नेतृत्वमा संचालक समिति बनाउने निर्णय भएपनि अन्य पद नमिलेपछि अलपत्र परेको थियो ।