`

सत्ता गठबन्धनको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

काठमाडौं। सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन् । 

गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि  छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हाे । कार्यदलले तयार पारे अनुसार ९ वटा बिषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

पधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साे बारेमा पार्टी पदाधिकारी बैठकमा जानकारी दिए अनुसार गठबन्धनकाे बैठक बसेर अन्तिमम रुप दिइनेछ ।  आज बस्ने गठबन्धनकाे बैठकले अनुमाेदन गरे पछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम बनाएको हो ।

तत्कालिन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको बिषयलाई परिमार्जन गरिएको र नेपाली कांग्रेसका चुनावी अजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाईएको बुझिएकाे छ । 

कृत्रिम खुट्टाको भरमा सगरमाथा यात्रामा हरि

काठमाडौं । कृत्रिम खुट्टाको भरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्यसाथ भूतपूर्व गोरखा सैनिक हरि बुढामगर लुक्ला पुगेका छन् । शारीरिक रूपमा अशक्त बुढामगर बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुक्ला पुगेका हुन् ।

घुडामुनिको खुट्टा नभएका उनी कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा पहिले मीरा पिक आरोहण गरेर आउँदो वैशाखको मध्यसम्ममा आरोहणका लागि सगरमाथा बेस क्याम्प पुग्ने कार्यतालिका छ ।उनले कृत्रिम खुट्टाको सहायतामा यसअघि सगरमाथाको आधार शिविर पुगेर ‘स्काई ड्राइभिङ’ गरिसकेका छन् ।

आरोहणका लागि लुक्ला उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोटो प्रतिक्रिया दिँदै उनले आरोहणको तयारीअनुसार आफूलाई विभिन्न चरण पार गर्न पाँच वर्ष लागेको बताए ।

उनले भने, “शारीरिक रूपमा अशक्त भएका व्यक्ति कोहीभन्दा कमजोर हुँदैनन् भन्ने सबैमा आत्मविश्वास जगाउनका लागि सगरमाथाको सफल आरोहण गर्न लागेको हुँ । विभिन्न हिमाल आरोहण गरिसकेकाले उक्त अनुभवलाई सगरमाथा आरोहणमा प्रयोग गरेर आरोहण पूरा गरेरै फर्किन्छु ।”

हिमालयन स्कीमार्फत आरोहण गर्न लागेका उनीको साथमा एक जना आरोहीसहित आठ जना शेर्पा सहयोगीका रूपमा रहने छन् । हिमाली वातावरणमा घुममिल हुन करिब १५ दिन मीरा पिक आरोहणमा खर्चिने बताउँदै उनले सगरमाथा आरोहण पूरा गर्न दुई महिना लाग्ने बताए ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिनिधिसभा बैठक बस्दै: कार्यव्यवस्था समितिमा सदस्यहरु मनोनयन हुने

काठमाडौं, २३ चैत । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।संघीय संसद सचिवालयका अनुसार बैठक अपरान्ह १ बजे बस्नेछ ।

बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरुलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ । 

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसुची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण बिद्येयक २०७८ र सुरक्षण मुद्रण सबन्धि बिद्येयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देससहितको बिद्येयक टेबुल हुनेछ ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको संघीय संसदको महासचिव भरतराज गौतमले जानकारी दिए । 
 

आजको मौसम: देशका पहाडी भुभागमाा मेघगर्जनसहित पानी पर्ने

काठमाडौं, २३ चैत । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका  पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीː  देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी भू–भागका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

रिचर्ड–शिल्पा चुम्बन घटनाको मुद्दा खारेज

मुम्बई, २२ चैत । बलिउड अभिनेत्री शिल्पा शेट्टी एकपटक पुनः चर्चामा आएकी छन् । सन् २००७ मा शिल्पालाई हलिउड अभिनेता रिचर्ड गेरले सार्वजनिक कार्यक्रममा चुम्बन गरेका थिए । जुन घटनाको भारतका विभिन्न स्थानमा विरोध भएको थियो । केहीले यो घटनालाई अश्लील बताउँदै शिल्पामाथि देशको संस्कृतिलाई अपमान गरेको आरोपसमेत लगाए ।

यो घटनालाई लिएर राजस्थानमा रिचर्ड र शिल्पाविरुद्ध आईपीसी र आईटी एक्टको कैयौं धाराअनुसार मुद्दा दर्ता गरिएको थियो । १६ वर्ष पुरानो यो मामलामा अभिनेत्री शिल्पालाई मजिष्ट्रेटले सफाई दिएको छ । मजिस्ट्रेटको आदेशविरुद्ध उजुरी परे पनि मुम्बई सेशन कोर्टले उजुरीलाई खारेज गर्दै शिल्पालाई सफाई दिएको हो ।

मजिस्ट्रेटको आदेशविरुद्ध दर्ता भएको उजुरीलाई एडिसनल सेशन जज एससी जाधवले खारेज गरिदिएका थिए । सन् २००७ को अप्रिल १५ मा राजस्थानमा भएको एड्स जागरुकताका लागि आयोजित सार्वजनिक कार्यक्रममा रिचर्ड विशेष अतिथि बनेर पुगेका थिए । यो कार्यक्रममा उनले शिल्पालाई सार्वजनिक रुपमा नै चुम्बन गरेका थिए ।

यो घटनापछि शिल्पाविरुद्ध राजस्थानमा प्रहरीमा मुद्दा दर्ता भएको थियो । तर सन् २०१७ मा सुप्रिम कोर्टको आदेश अनुसार मुद्धालाई मुम्बई पठाइएको थियो । यद्यपि सन् २०२२ मा शिल्पालाई मजिस्ट्रेट कोर्टले सफाई दिएको थियो ।

नेपाली महिला टिम भियतनामसँग ५–१ गोलले पराजित

काठमाडौं, २२ चैत – पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपाल  भियतनामसँग पराजित भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाल भियतनामसँग ५–१ गोलले पराजित भएको हो ।

पहिलो हाफमा नेपाल ३ गोलले पछाडि परेकोमा दोस्रो हाफमा नेपालले थप २ गोल खायो भने एक गोल फर्कायो । नेपालका लागि सावित्रा भण्डारीले ८० औँ मिनेटमा गोल गरिन् । फिफा वरीयतामा भियतनाम ३३औँ र नेपाल एक सयऔँ स्थानमा रहेको छ । भियतनाम अस्ट्रेलिया–न्युजिल्यान्डमा चार महिनापछि हुने फिफा महिला विश्व कपमा प्रतिस्पर्धा गर्दैछ ।

पहिलो चरणको छनोटमा समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेलेका हुन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यो समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् । नेपाल र भियतनामको दोस्रो खेल आउँदो शनिबार हुँदैछ ।
 

उपनिर्वाचन : चितवन २, बारा–२ मा २९ लाख र र तनहुँ–१ मा ३१ लाख खर्च गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने अधिकतम खर्च तोकेको छ । बुधबार आयोगले उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने अधिकतम खर्च बारे जानकारी गराएको हो । आयोगका अनुसार उपनिर्वाचन प्रयोजनको लागि मिति २०७९ असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन–२ तथा बारा–२ को लागि २९ लाख रुपैयाँ र र तनहुँ–१ को लागि ३१ लाख रुपैयाँ खर्च गर्न पाउने निर्धारण गरेको हो । 

आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधि सभासदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ (पैंतीस) दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने समेत आयोगले निर्णय गरेको छ ।

आयोगले जारी गरेको विज्ञप्ति : निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन प्रयोजनका लागि निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद तोक्ने निर्णय गरेको छ । आयोगको आजको बैठकले उपनिर्वाचन प्रयोजनको लागि मिति २०७९ असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ तथा बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ को लागि रु.२९,००,००० (अक्षरमा उनन्तीस लाख रुपैयाँ) र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ को लागि रु.३१,००,००० (अक्षरमा एकतीस लाख रुपैयाँ) निर्धारण गरेको छ । 

आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ (पैंतीस) दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने समेत आयोगले निर्णय गरेको छ । 

शालिग्राम शर्मा पौडेल
सहसचिव एवं प्रवक्ता
 

वार २ मा टाइगरको स्थानमा जुनियर एनटीआर

मुम्बई, २२ चैत । यशराज फिल्मस्को स्पाई युनिभर्सले निर्माण गर्न लागेको फिल्म ‘वार २’मा तेलुगु सुपरस्टार जुनियर एनटीआरले अभिनय गर्ने भएका छन् । अघिल्लो संस्करणमा ऋतिक रोशन र टाइगर श्राफको अभिनय थियो । यसपटक एनटीआरले टाइगरलाई विस्थापित गर्दै फिल्ममा प्रवेश गर्न लागेका हुन् ।

फिल्म ‘वार’मा निर्देशक सिद्धार्थ आनन्दको निर्देशन थियो । अब ‘वार २’मा भने आयन मुखर्जीले निर्देशनको कमाण्ड सम्हाल्नेछन् । एक्सनपूर्ण फिल्ममा दर्शकले एनटीआर र ऋतिकको घम्साघम्सी हेर्न पाउनेछन् ।

‘यो एपिक एक्सन एडभेन्चर फिल्ममा एनटीआरको प्रवेशले फिल्म युनिट र दर्शक उत्साहित छन् । एकै देशको दक्षिण र उत्तरका दुई ठूला फिल्म उद्योगका स्टारको अभिनयले फिल्मको हाइट थप उचो बनेको छ’, फिल्म निकटले भनेका छन् ।

फिल्ममा एनटीआर भिलेनको चरित्रमा हुनेछन् । फिल्म ‘पठान’ पछि ‘वार २’ स्पाइ युनिभर्सको अर्को महत्वकांक्षी प्रोजेक्ट हुनेछ । ‘वार’ सन् २०१९ मा रिलिज भएको थियो ।

स्पाइ युनिभर्सले सलमान खानको ‘एक था टाइगर’, ‘टाइगर जिन्दा हे’, सन् २०१९ मा ऋतिक रोशन र टाइगर श्राफको ‘वार’, सन् २०२२ मा शाहरुख खानको ’पठान’ जस्ता फिल्म निर्माण गरिसकेको छ । युनिभर्सका आउन लागेका फिल्ममा सलमान खानको ‘टाइगर ३’ र ऋतिक रोशनको ‘वार २’ हो ।

गौरीगङ्गा गोल्ड कप : कोहलपुर रेसिङ सहारा क्लब बाँके सेमिफाइनलमा 

कैलाली, २२ चैत – कैलालीको गौरीगङ्गामा जारी जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपमा बाँकेको कोहलपुर रेसिङ सहारा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधवार एपिएफको टोलीलाई ३–१ गोल अन्तरले पराजित गर्दै कोहलपुर रेसिङ सहारा क्लब अन्तिम चारमा पुग्न सफल भएको हो ।

खेलको १५औं मिनेटमै पेनाल्टी पाएर अग्रता बनाउन सफल भएको एपिएफ माथि रेसिङ सहारा क्लबले पुनरागमन जित निकाल्न सफल भयो । डी बक्स भित्र रेसिङका खेलाडीको हातमा बल लागेर फल भएपछि पाएको पेनाल्टीमा एपिएफका आस तामाङले उक्त पेनाल्टीलाई गोलमा परिणत गरे ।

त्यसपछि निरन्तर दबाबमा राखेको रेसिङका अविनाश थापाले खेलको २८ औँ र ८७ औँ मिनेटमा दुई गोल गरे। उसका कृष्ण क्षेत्रीले पहिलो हाफको ४२ औँ मिनेटमा १ गोल गरे । खेलको प्लेयर अफ दी म्याच अविनाश चुनिए। प्रतियोगिता अन्तरगत बिहीबार बाजुराको रानीवन क्लब र नेपाल पुलिसको टिम प्रतिस्पर्धा गर्नेछन् । 
 
‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुने छ । आयोजक गौरीगङ्गा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्लाका टिमहरूका साथै नेपाल पुलिस र सशस्त्र प्रहरी बलको टिमको गरी १० टिको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ। साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ ।

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए। प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जग शक्ति गोल्ड टिएमटी फलामे छड रहेको छ ।

मुख्य प्रवर्द्धकमा गौरीगङ्गा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम रहेका छन्। प्रतियोगिताको प्रायोजकहरूमा सिराज ईन्टरनेशनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।
 

फिल्म ‘आदिपुरुष’ पुनः समस्यामा

मुम्बई, २२ चैत । बलिउड फिल्म ‘आदिपुरुष’ पुनः समस्यामा फँसेको छ । हालैमात्र फिल्मको नयाँ पोस्टर रिलिज भएको थियो, जुन पोस्टरलाई लिएर विवाद सुरु भएको हो ।

फिल्मका निर्देशक ओम राउत, निर्माता भुषण कुमार र कलाकारविरुद्ध मुम्बईको साकीनाका पुलिस स्टेसनमा उजुरी परेको छ । यो उजुरी सञ्जय दीनानाथ तिवारीले दिएका हुन् । जो आफूलाई सनातन धर्मको प्रचारक मान्छन् । उजुरीमा फिल्मको पोस्टरले हिन्दु धर्मको भावनामाथि ठेस पु¥याएको आरोप लगाइएको छ ।

फिल्मको नयाँ पोस्टरविरुद्ध मुम्बई उच्च अदालतका अधिवक्ता आशीष राय र पंकज मिश्राको माध्यमबाट सञ्जयले उजुरी दर्ता गराएका हुन् । ‘फिल्मका निर्माताले हिन्दी धर्मग्रन्थ रामचरितमानसको पात्रलाई अनुचित किसिमले देखाएका छन् ।

फिल्मको नयाँ पोस्टरले हिन्दु धर्म समाजको धार्मिक भावनामाथि आहत गरेको छ । यसकारण भारतीय दण्ड संहिताको धारा २९५(ए), २९८, ५००, ३४ का अनुसार एफआईआर गर्न माग गर्दै यो उजुरी दिइएको छ’, उजुरीमा लेखिएको छ ।

फिल्म हिन्दु धर्मको पवित्र ग्रन्थ रामचरितमानसबाट प्रभावित भएर बनाइए पनि पोस्टरमा पुरुष कलाकारले जनै नलगाएकोमा उजुरीकर्ताको विरोध छ ।

त्यस्तै फिल्मको पोस्टरमा अभिनेता कृति सेननलाई सीताको रुपमा प्रस्तुत गरे पनि उनलाई अविवाहित महिलाजस्तै बिना सिन्दुरमा देखाइएको आरोप छ । उजुरीकर्ताले फिल्मको पोस्टरले सनातन धर्मको अपमान गरेकाले यसले भविष्यमा भारतका विभिन्न राज्यको नीति तथा कानूनका लागि खतरा हुनसक्ने चेतावनी दिएका छन् ।

हालै सार्वजनिक पोस्टरमा प्रभास, कृति सेनन, सनी सिंह र देवदत्तलाई देखाइएको छ । यद्यपि पोस्टरले फ्यानलाई खासै प्रभावित गर्न सकेन ।

३० जना प्रहरी कर्मचारीहरूलाई हेभी सवारी चालक तालिम प्रदान

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखा सामाखुशीले ३० जना प्रहरी कर्मचारीलाई हेभि सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हेभि सवारी चालक तालिम १३औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । 

सोही महाशाखामा बुधबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिनेश केसीले प्रशिक्षार्थी तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरे । 

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक केसीले हेभी सवारी साधनको परिचालन, रेखदेख र मर्मत संभार गर्न समय सापेक्ष नयाँ प्रविधिको बारेमा दक्षता अभिवृद्धि गर्न तालिम प्रदान गरिएको बताउनुभयो । प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सिप र दक्षतालाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन १५ गतेबाट संचालित ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार १४ जना र प्रहरी जवान १५ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।
 

सालकको खपेटासहित दुई जना पक्राउ

भक्तपुर, २२ चैत – चाँगुनारायण नगरपालिका-२ बर्खेबाट अन्दाजी ९ सय ९८ ग्राम तौल भएको सालकको खपेटासहित दु्ई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-२ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ घर भएका २२ वर्षीय आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका २६ वर्षीय अमृत गजमेर रहेका छन् । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२-०२० प ८४९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

बन्द हुँदै ‘ससुराल सिमर’ का २

मुम्बई, २२ चैत  । भारतीय टेलिफिल्म ‘ससुराल सिमर का २’का फ्यानका लागि एउटा निराशको खबर छ । दुई वर्षसम्म दर्शकलाई मनोरञ्जन दिँदै आएको शो अब बन्द हुने भएको छ । यसको सुरुवात सन् २०२१ को २६ अप्रिलबाट भएको थियो ।

यसको हालसम्म ६१९ भाग प्रसारण भइसकेको छ । तर दोस्रो संस्करणको शोले पहिलो संस्करणको जस्तो लोकप्रियता पाउन सकेन । सोहीकारण निर्माताले शोलाई बन्द गर्ने निर्णय लिएका छन् ।

शोमा अविनाश मुखर्जी, राधिका मुथुकुमार, तान्या शर्मा र करण शर्मा प्रमुख भूमिकामा छन् । यो शो सुरु हुँदा दर्शकमा नयाँ आशा थियो । उनीहरुले पहिलो सिजनजस्तै दोस्रो सिजन पनि लामो समयसम्म चल्ने सोचेका थिए । शोको सुरुवात पनि दीपिका कक्कड अर्थात सिमरबाट नै भएको थियो । सुरुवातमा दर्शकले कथा मनपराए पनि विस्तारै शोको टीआरपी पनि घट्दै गयो । त्यहीकारण पनि निर्माण पक्षले शोलाई बन्द गर्ने निर्णयमा पुगेका छन् ।

शो बन्द हुने कारण दीपिकालाई मानिएको छ । किनकी दीपिकाले जब शोको घोषणा गरिन्, तब दर्शक निकै उत्साहित थिए । राधिका मुथुकुमारले नयाँ सिमरको भूमिका राम्रोसँग निभाइन्, तर उनमा दर्शकले दीपिकालाई देख्न पाएनन् । दीपिकाको राम्रो फ्यान फलोइङ छ । शोमा उनले जे काम गरे पनि दर्शकले मनपराउँथे । तर दीपिकालाई प्रमुख भूमिका नदेख्दा दर्शक निराश बने ।

यो बन्द हुने अर्को कारण सुपरनेचुरल इमिलेन्ट पनि हो । केही समयअघि देखि नै शोमा सासु बुहारीको कथाको ठाउँमा सुपरनेचुरल इलिमेन्टलाई दर्शकले हेरेका थिए । प्रमुख कलाकार अविनाश, आरवबाट नाग बनेका थिए । राम्रो शोमा मानिसलाई नागका रुपमा देखाउनु दर्शकलाई पच्न सकेन । जसकारण टीआरपी पनि घट्यो ।

मुगुमा प्रहरी जवान रानिवन जंगलमा मृत फेला

काठमाडौं, २२ चैत – मुगुमा एक प्रहरी जवान मृत फेला परेका छन् । जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका-९ का २६ वर्षीय प्रहरी जवान अनिल बुढाको शव बुधबार दिउँसो अन्दाजी २:४५ बजेतिर फेला परेको प्रहरीको भनाइ छ ।

छाँयानाथ रारा नगरपालिका-१ स्थित रानिवन जंगलमा सल्लाको रुखमा पासो लगाएको अवस्थामा उनको शव फेला परेको हो । उनले आफै ज्यान फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

उनी नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत, हाल नेपालगञ्ज, कोहलपुर बाँके दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मुगुमा काजमा खटिएका थिए ।

दाङको बसपार्कमा डिजेल चोर्ने गिरोह पक्राउ

दाङ, २२ चैत – दाङको तुलसीपुरमा रहेको बसपार्कमा पार्कीङ गरिराखेको बसबाट डिजेल चोरी गर्ने गिरोह पक्राउ परेको छ । जीपसहित उक्त गिरोह पक्राउ परेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर–९ बेलुवा निवासी २१ वर्षका विशाल रावत र रानीजरुवा निवासी १९ वर्षका नविन केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रवक्ता तथा प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

ना४ख ६४९५ नम्बरको बसबाट आज बिहान २ बजे डिजेल झिक्दै गर्दा दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट २० लिटर डिजेल, ३०-३० लिटरका दुईवटा ग्यालीन र डिजेल बोक्न प्रयोग गरिने ना४च ५७८७ नम्बरको जीपसमेत प्रहरीले बरामद गरेको छ ।

उपसचिव र अधिकृतलाई व्यक्तीगत विवरण अध्यावधिक गर्न निर्देशन

काठमाडौं, २२ चैत – राष्ट्रीय कितावखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका सबै कर्मचारीका लागि एक महिनाभित्र आफ्नो व्यक्तीगत विववरण अद्यावधिक गर्न सूचना जारी गरेको छ। कर्मचारीको सरुवा, वढुवा पुरस्कार र पदस्थापन विज्ञताका अधारमामात्र गर्ने सरकारको तयारीपछि कितावखानाले यस्तो सूचना जारी गरेको हो। 

धेरैजसो कर्मचारीको सुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा वढुवाको विवरणसमेत अद्यावधिक नरहेकोले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागीएको राष्ट्रीय कितावखानाका  महानिर्देशक डा. टोकराज पाण्डेले बताए। ‘निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्था बमोजिम यस्तो निर्णय गरिएको हो,’ महानिर्देशक पाण्डेले भने। 

उपसचिव र अधिकृतको पदमा पुगेका कर्मचारीकोपनि व्यक्तीगत विवरणमा एसएलसी वा प्रविणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहको पाइएको छ। धेरै ठाउमा सरुवा भइसकेका कर्मचारीको पिन पुरानै विवरण रहेकेले यस्तो सूचना जारी गिरएको कतावखानको भनाइ छ।  

विवरण अद्यावधिक गर्न कितावखानाको वेभसाइडमा रहेको इमेल मार्फत वा स्वय कागजात लिइ पुल्चोकस्थित कार्यालयमा गइ विवरण अवधिक गर्न सकिने कितावखानाले जनाएको छ। हाल निजामती सेवामा उपसचिव र शाखा अधिकृत सरहका करिव ७ हजार कर्मचारीहरु कार्यरत रहेका छन्। 

यसअघि कितावखानाले सचिव र सहसचिव सरहका कर्मचारीको विवरण अद्यावधिक गरीसकेको छ। सघीय निजामती सेवा ऐन जारी हुन लागेको र सरकारले विज्ञताका अधारमा कर्मचारी खटाउने भनिरहेकै समयमा व्यक्तीगत विवरण अधावधिक गर्न लाग्नुलाई महत्त्वपृर्ण कामका रुपमा हेरिएको छ।

रवि लामिछानेको उमेदवारी कायम

काठमाडौं, २२ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवन क्षेत्र नम्बर २ उमेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको उमेदवारीविरुद्ध परेका तीन उजुरी खारेज गर्दै उमेदवारी कायम भएको जनाएको हो । 

लामिछानेको उमेदवारीविरुद्ध बुधबार ४ वटा उजुरी परेका थिए । सोमध्ये तीनवटा खारेज गरिएको छ भने युवराज पौडेल (सफल)ले दिएको उजुरीबारे लामिछानेसँग सात दिने स्पष्टीकरण माग गरेको छ । 

स्पष्टीकरणको जवाफ आएपछि निर्वाचन आयोगमा पठाइने मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।
 

टिकापुर क्याम्पसमा नेबिसंघको प्यानल बिजयी

कैलाली । टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ।

मंगलवार सम्पन्न निर्वाचनबाट अध्यक्षमा नेपाली कांग्नेस निकट नेविसंघका नृप थापा नेतृत्वकाे सम्पूर्ण प्यानल विजयी भएको हो।

तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै सभापतिमा थापा ४७५ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सुन्दर विश्वकर्मा थापा ३४२ मतमा सिमित भए । 

यसैगरी, सभापतिका अन्य प्रतिस्पर्धी मध्ये नागरिक विद्यार्थी समाजका भीम चौधरीले २६६ र अखिल क्रान्तिकारीका भूपेन्द्र रावलले २३३ मत मात्रै  ल्याएका थिए ।

सचिवमा मनिराज भाट, कोषाध्यक्षमा अनिता डंगौंरा थारु, सदस्यमा कुलराज भाट, सरोज कुमार धामी, पार्वती कुमारी जोशी, निशा शाह, प्रदीपकुमार चौधरी, इन्द्रबहादुर विक र गिरेन्द्र बोहरा विजयी भएको निर्वाचन अधिकृत लालसिंह कार्कीले जानकारी दिए।

सो क्याम्पसका १ हजार ६१२ विद्यार्थी मतदाता मध्ये १ हजार ३ सय ४३ जनाले मात्रै मत खसालेका थिए । 

शंकरदेवको नेविसंघ इकाइ अध्यक्षमा विवेक लामा घिसिङ

काठमाडौं, २२ चैत पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा कांग्रेस निकट संगठन नेविसंघको १२औं इकाइ अधिवेशन सम्पन्न भएको छ।

मंगलबार भएको क्याम्पस अधिवेशनबाट विवेक लामा घिसिङ क्याम्पस इकाइ अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। नेविसंघको केन्द्रीय प्रतिनिधि शालिकराम अधिकारीको सभापतित्वमा घिसिङको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

उपाध्यक्षहरूमा देब बस्नेत, गणेश बहादुर शाही, कृष्ण थापा र अरुण केसी चयन भएका छन्। सचिवमा विजेश खड्का र सहसचीवमा नितेश जैशी, ममता लमसाल, सुरेन्द्र जाग्री, सन्तोष कार्की, अनिल शाही, छत्र रावल, अशोक मगर, सरिता पौडेल, असीम सुवेदी र नारायण सुवेदी चयन भएका हुन्। कोषाध्यक्षमा मनिषा रानाभाट चयन भएकी छन्।

त्यस्तै सदस्यमा नमिन्द्रा भट्टराई, एलिसा रिजाल कार्की, टिका रिजाल, विनोद शाही ठकुरी, पंकज कोइराला, कर्तव्य वस्नेत, एलिस विक्रम शाही, राजेन्द्र जोशी, मन्जित तामाङ, निरज काफ्ले, दिपक विष्ट, अमोद भट्ट, भुवन भट्ट, केशव जोशी, हेमन्त न्यौपाने, विपुल अधिकारी, पुष्प कुँवर, सन्तोष तिवारी, प्रशान्त गौतम, निरज शाही, ऋषी आचार्य, सागर श्रेष्ठलगायत रहेका छन्।

सफलतापूर्वक क्याम्पस अधिवेशन सम्पन्न भएको भन्दै विद्यार्थी आन्दोलन थप चलायमान हुने शंकरदेव क्याम्पसका पूर्व स्ववियु सभापति शुभराम बस्नेतले जानकारी दिए। भर्खरै स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न हुँदा त्यसले ठूलो हौसला दिएको भन्दै विद्यार्थी नेताको अबको जिम्मेवारी शैक्षिक मुद्दा उठाउनुपर्ने रहेको बताए।

सिक्किमको हिउँ पहिरोमा परेर तीन नेपालीको मृत्यु, मृत्यु हुनेमा चितवनका २ र रुपेन्देहीका एक 

सिक्किम, २२ चैत  । गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ ।

भारतीय सेनाले जारी गरेको एक बिज्ञप्ति अनुसार तीन नेपालीसहितको सातकाे मृत्यु भएको हाे । सो हिउँ पहिरोमा परेर एक दर्जन बढी घाइते भएका छन् ।

यसरी हिउँ पहिरोमा परेर मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेकाे भारतीय सेनाले जनाएकाे छ ।

स्थानीय समय अनुसार मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका पछि खोजबिन सुरु गरिएको थियो ।

जसअनुसार १४ जनालाई उद्धार गरेर नजिकैको भारती सेनाको क्याम्पमा लगिएको थियो । जसमध्ये सात जनाको मृत्यु भएको र अन्य सात जनालाई प्राथमिक उपचार गरी गान्तोक फर्काएको भारतीय सेनाको विज्ञप्तिमा उल्लेख छ ।

पर्यटकीय गन्तव्यसमेत रहेको क्षेत्र गान्तोकबाट करिब ५५ किलोमिटर टाढा पर्दछ ।
 

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने, रबि लामिछाने माथीकाे उजुरी केन्द्रमा पठाइने

काठमाडौं। निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारमाथी परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दैछ । 

आयोगले उम्मेदवारका बिरुद्धमा मंगलवार परेका उजुरीमाथि आज छानबिन गरी यउम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । 

तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मंगलबार उजुरी दर्ताको समय तोकेको थियो । तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरे पनि मुख्यतः चितवन–२ का उम्मेदवार रबि लामिछाने बिरुद्ध ४ वटा उजुरी परेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने यसअघि सर्वोच्च अदालतले सांसद पद खारेज गरे पछि सो क्षेत्र पुनः उपनिर्वाचन हुन लागेको हो । उनी माथी परेको उजुरी माथि चितवन निर्वाचन कार्यलयले छानबिन गरी रायका लागि निर्वाचन आयोग, कान्तिपथमा पत्र पठाउँदैछ । 

अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो

काठमाडौं, २० चैत । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

बुधबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यसअघि मंगलबार भने डलर २७ पैसाले बढेको थियो । बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा कायम गरिएको छ । यसअघि मंगलबार पनि उक्त डलरको खरिदबिक्री सोहि मूलयमा भएको थियो । 

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोपियन युरोमा उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४४ रुपैयाँ १९ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ६६ पैसाले बढेको हो । मंगलबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ५३ पैसा कायम गरिएको थियो। 

बुधबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६ पैसा तोकिएको छ। यो मूल्य सोमबारको तुलनामा एक रुपैयाँ ७७ पैसाले वृद्धि भएको हो । मंगलबार यसको खरिदमूल्य १६२ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ २८ पैसा कायम गरिएको थियो ।  

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ८१ पैसा र बिक्रीमा ८९ रुपैयाँ २२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा कायम गरिएको छ । 

बुधबार साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ ४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसामा पाइनेछ । यसअघि मंगलबार साउदी अरेबियन, युएई दिराम रियाल र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको थियो ।

 
उता, कुवेती दिनार एकको खरिदमा बुधबार ४२८ रुपैयाँ ३१ पैसा र बिक्रीमा ४३० रुपैयाँ २७ पैसा पाइन्छ भने  बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५० रुपैयाँ २३ पैसा तोकिएको छ।

त्रिपुरेश्वरस्थित रंगशालामा नेपाल–भियतनामबिच महिला फुटबल हुदैँ

काठमाडौं, २२ चैत । पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपाल– भियतनाम बिच खेल हुदैँछ ।

आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भियतनामबीचको खेल हुन लागेको हो । 

पहिलो चरणको छनोटको समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् । 

नेपालले दोस्रो खेलमा भियतनामसँग नै शनिबार प्रतिस्पर्धा गर्ने तालिका छ । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छ । 
 

फिफा वरीयतामा भियतनाम ३३ औँ र नेपाल १०० औँ स्थानमा छ । 

इंग्लिस प्रिमियम लिगमा चेल्सी र लिभरपुल गोलरहित बराबरीमा

काठमार्डौं, २२ चैत । इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले गोलरहित बराबरी खेलेका छन् ।

गोलरहित बराबरी खेलेर चेल्सी र लिभरपुलले लिगमा एक अर्कमा अंक बाँडेका हुन् ।

स्टामफोर्ड ब्रिजमा मंगलबार राति प्रतिस्पर्धात्मक खेल भए पनि दुवै टोलीले गोलका लागि अवसर पाएपनि सदुपयोग गर्न सकेनन । अन्ततः खेल खेल बराबरीमा टुंगियो । 

यद्दपी, दोस्रो हाफको ५०औं मिनेटमा काई हाभर्टजले गोल गरेकाे पनि भिएआरबाट मान्यता नपाउँदा चेल्सी १–० काे अग्रता लिनबाट चुक्यो । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल अन्तत बराबरीमा टुंगियो । 

यस बराबरीसँगै लिभपुल २८ खेलबाट ४३ अंक जोडेर आठौं स्थानमा  छ भने चेल्सी २९ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा यथावत छ ।

यस्तो छ आजकाे हरियो तरकारी तथा फलफुलको मूल्य

काठमाडौ, २२ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २३ रुपैया, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २५० रुपैयाँ, कुरीलो ३५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, घिरौला ७० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ९० रुपैयाँ, तोरीको साग ४० रुपैया, लोकल परवर र न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३३ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ९० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी ९० रुपैया केजी, मूला रातो ५० रुपैयाँ, रुख कटहर ७० रुपैयाँ, भुई कटहर १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा २३०रुपैयाँ र बचुवा माछा २८० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा २६० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
 

तीनवटा रातो कार्ड देखाईएको खेलमा युभेन्टस र इन्टर मिलान बराबरीमा 

काठमाडौं, २२ चैत । तीनवटा रातो कार्ड देखाइएकाे खेलमा युभेन्ट्स र इन्टर मिलान बराबरीमा टुंगिएका छन् ।

कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा भिडेका युभेन्टस र मिलानका रातो कार्डका बाबजुद १–१ को बराबरी खेलेका छन् । 

पहिलाे हाफमा गाेलरहित भए पनि अत्यन्त रोचक भिडन्त देखिएकाे सो खेलको अन्तिम समय अर्थात ८३औं मिनेटमा जुआन कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाएका थिए तर इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउन सफल भए । खेल यसैमा टुंगियाे । 

तर, एलिएन्ज एरिना टोरिनोमा मंगलबार राति भएको खेलको अन्तिम समयमा दुई गोलले बराबरीमा टुंग्याए पनि रेफ्रीले तीन खेलाडी रातो कार्ड देखाए। जुन रातो कार्ड खानेमा युभेन्टसका लुकाकु देखी इन्टरका कप्तान समिर हान्डानोभिकसमेत छन ।

ब्रेमेरले हेडरमार्फत बललाई क्लियर गर्ने क्रममा ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायतामा इन्टरलाई पेनाल्टी प्रदान गर्दा लुकाकु गोल गरेर खेल बराबरीमा ल्याएका थिए तर गोललगत्तै समर्थकमाँझ खराव व्यवहार गरेपछि रेफ्रीले लुकाकुलाई दोहोरो पहेलो कार्डसँगै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

खेल सकिएलगत्तै झगडा गर्न पुगेपछि रेफ्रीले युभेन्ट्सका अर्का खेलाडी जुआन कोर्डाडो पनि रातो कार्ड खानेमा परेका छन् । र, सोही झगडामा सामेल भए पछि मिलानका कप्तानलाई पनि रातो कार्ड दिईएको हो ।
 

रोनाल्डो चम्किदा अल नासारको सानदार जीत 

काठमाडौं, २२ चैत । अल नासरले अल एडालाहमाथि सानदार जित दर्ता गरेको छ । 

साउदी प्रिमियर लिगमा अल नासरले घरेलु टाेली अल एडालाहमाथि ५–० को सानदार जित दर्ता गरेको हो ।

प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी स्टेडियमा मंगलबार राति भएको खेलको ४०औं मिनेटमा रोनाल्डोले पेनाल्टी सुट आउटवाट गोल गर्दै अल नासरलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

दोस्रो हाफको ५५औं मिनेटमा एन्डरसन टालिस्काले गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे भने त्यसपछि निरन्तर अलनासारले गोलको बर्षा बर्षाउन थाल्यो ।  ६६औं मिनेटमा रोनाल्डो व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोलीलाई सहज जिततर्फ अघि बढाए । ७८औं मिनेटमा टालिस्काले पुन अर्को गोल थप पछि अल नासरले ४–० को फराकिलो अग्रता लियो । 

इन्ज्युरी समयमा एमन अहमदले गोल गर्दै अल नासरलाई ५–० फराकिलो अन्तरको जीत दिलाए । 

यस जितसँगै अल नासर २२ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा  छ भने पराजित अल एडालाह १७ अंक जोडेर १४ औं स्थानमा छ ।

गायक राजेशपायल राई नगर सद्भावना दुत नियुक्त

खोटाङ, २२ चैत । चर्चित गायक राजेशपायल राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सद्भावना दुत नियुक्त भएका छन् ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा जन्मिएका गायक राईलाई चैत १९ गतेको नगर कार्यपालिकाको बैठकले नगर सद्भावना दुत नियुक्त गर्ने निर्णय गरेको हो । 

  ‘राई इज किङ’का रुपमा नेपाली सांगीतिक क्षेत्रमा परिचित राईलाई नगरपालिकाको शान, मान र स्वाभिमानको रुपमा नगर सद्भावना दुत नियुक्त गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जानकारी दिएका छन् । ‘हाम्रो निर्णयपछि गायक राई नगरपालिकाको समृद्धि र पहिचानका लागि नगर सद्भावना दुतको रुपमा सक्रिय रहनु हुनेछ,’ मेयर भट्टराईले भने, ‘उहाँको नियमित हुने देश–विदेशको भ्रमणले देश विदेशमा दिक्तेल नगरपालिकाको पहिचान अझ स्थापित हुनेमा विश्वस्त छौँ ।’ 

नगरपालिकाले ३७ सदस्यीय थिंक ट्यांक (प्राज्ञ/विज्ञा समुह), २१ सदस्यीय प्रोजेक्ट बैंक सल्लाकार, २८ सदस्यीय समृद्ध नगर श्रोत व्यवस्थापन सल्लाहकार, नौ सदस्यीय अनुभवी सल्लाहकार र १९ सदस्यीय विभिन्न विद्याका सल्लाहकार चयन गरेको छ ।नगरपालिकामा देशका बरिष्ठ चित्रकारको उपस्थितिमा आगामी आर्थिक वर्ष अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको मेयर भट्टराईले जानकारी दिए । 

भारतबाट घर फर्किनेहरू कोरोनाको उच्च जोखिममा

काठमाडौं, २१ चैत-पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ। पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमितको संख्या नियमित बढिरहेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सोमबारसम्ममा देशभर सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ। नेपालमा अहिले संक्रमितको संख्या बढ्नुमा ओमिक्रोनको नयाँ सब भेरियन्ट एक्सबीबी.१.१६ मुख्य कारक देखिएको छ।

भारतमा गत जनवरीको दोस्रो साता एक्सबीबी.१.१६ नामक नयाँ सब भेरियन्ट देखिन सुरु भएको थियो। यो ओमिक्रोनको सब भेरियन्ट रहेको विज्ञहरूले बताउँदै आएका छन्। भारतको गुजरात, तेलंगाना, महाराष्ट्र, कर्नाटक लगायतका राज्यमा फैलिएको यो भाइरस नेपालमा भारतबाट नेपाल भित्रिने नाकामा देखिएका संक्रमितहरूमा बढी देखिएको छ।

भारतमा उक्त भाइरस देखिएसँगै भारतबाट घर फर्किएका नेपालीहरूमा कोरोना संक्रमण देखिन थालेको छ। भारतबाट नेपाल आएकाहरूमा कोरोना देखिएसँगै परीक्षणको दायरा पनि बढाइएको जमुनाहा नाका हेल्थ डेस्क प्रमुख गीता गिरी शाहीले बताइन्।चैत महिनामा मात्र ३० जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिइन्।

कुखुराको मासुको मूल्य घटेपछि किसान असन्तुष्ट

काठमाडौं, २२ चैत-पोल्ट्री व्यावसायीले कुखुरा मासुको मूल्य घटाएपछि किसान मर्कामा परेका छन्। मंगलबारदेखि लागू हुने गरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपियाँले घटाइएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ।

अब जिउँदो ब्रोइलर कुखुराको मूल्य २८० रुपियाँ प्रतिकिलो कायम भएको छ। यसरी मूल्य घटाउँदा आफूहरूलाई नसोथिएको कुखुरा किसानको गुनासो छ।

जिउँदो बोइलर कुखुराको मूल्य घटेसँगै तयारी मासुको मूल्य पनि घटेको छ। ४०० रुपैयाँ केजी रहेको तयारी मासुको मूल्य ३९० रुपियाँ पुगेको संघका अध्यक्ष जङ्गबहादुर बेल्बासेले बताए।

पोल्ट्री व्यवसायीले किसानको खोरबाट प्रतिकेजी २८० रुपियाँमा खरिद गरी ३९० मा बेच्ने गरेका छन्। नेपाल कुखुरा किसान सङ्घका अध्यक्ष झनक पौडेलले पोल्ट्री व्यवसायीले घटाएको मूल्य आफूहरूलाई स्वीकार नहुने चेतावनी दिएका छन्।पोल्ट्री   व्यवसायीले आफूहरूसँग २००–२५० रुपियाँ प्रतिकेजी खरिद गरेर लैजान्छन् र त्यसलाई तयारी गरेर ४०० देखि ४५० रुपियाँ प्रतिकेजीमा बिक्री वितरण गर्ने गरेको अध्यक्ष पौडेलले दाबी गरे।

अमेरिकाकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

न्युर्योक, २२ चैत । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । म्यानहट अदालतमा बयान दिन न्युर्योक पुगेका बेला उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

उनीमाथि लागेका ३४ आरोप माथी सुनवाईकाे कममा उनी पक्राउ परेका हुन । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । 

बिबिसीका अनुसार म्यानहटन अदालतमा आत्मसमर्पण गरेका उनले आफूले कुनै अपराध नगरेको जिकिर गरेका छन् । उनी अदालतमा वयान दिनका लागि मंगलवार न्युर्योक आएका थिए । 

पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, राष्ट्रपति हुदाँ ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको देखी राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोपमा ट्रम्पमाथि छानबिन भईरहेको छ ।

आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् ।

विदेशी लगानी स्वीकृत स्वचालित गरिँदै

काठमाडौँ । उद्योग विभागले दस करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट)बाट स्वीकृत हुने व्यवस्था मिलाउने भएको छ । उद्योग विभागले लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ लाई संशोधन गरेर दुई करोडदेखि दस करोड रुपियाँसम्म लगानी हुने परियोजनारप्रस्ताव स्वचालित मार्गबाट स्वीकृत हुने व्यवस्था गरेको हो ।

हाल विद्यमान रहेको प्रक्रिया झन्झटिलो भएकाले यसलाई सरलीकृत गरेर सिधै स्वचालित मार्गबाट हुने व्यवस्था गरिएको विभागले जनाएको छ । विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीले नियमावली संशोधन गरेर विदेशी लगानी स्वचालित मार्गबाट स्वीकृत हुने व्यवस्था गरिएको जानकारी दिए ।

न्यूनतम आवश्यक डकुुमेन्ट पूरा गरेका लगानीकर्ताको विदेशी लगानी स्वचालित मार्गबाट स्वीकृत हुँदा छिटोछरितो हुने उनको भनाइ छ । “यसअघि अनलाइनबाट विदेशी लगानी स्वीकृत भए पनि कर्मचारी आवश्यक पर्ने हुँदा झन्झटिलो थियो, अब स्वचालित हुँदा लगानीकर्तालाई लगानी गर्न सहज हुन्छ­­,” उनले भने । नियमावली संशोधन गरेर मन्त्रीपरिषद्मा पेस गरिएकाले पारित भएसँगै कार्यान्वयनमा आउने विभागले जनाएको छ ।

राजपत्रमा सूचना प्रकाशित स्वचालित मार्गबाट सेवा प्रदान गर्न सकिने गरी निर्धारण गरेको लगानीको सीमामा नबढ्ने गरी शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको कम्पनीको तत्काल पुँजी वृद्धिका लागि गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

स्वचालित मार्गबाट विदेशी लगानीसम्बन्धी सेवा उपलब्ध गराउने प्रयोजनका लागि विभागले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन तथा नियमावलीबमोजिम विदेशी लगानीको स्वीकृतको लागि पेस गर्नुपर्ने विवरण तथा कागजपत्र विद्युतीय प्रणालीबाट पेस गर्न सकिने गरी विद्युतीय प्रणाली सञ्चालन गरिने विभागले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

दूरसञ्चार ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदालाई लिएर राष्ट्रियसभा बैठकमा विरोध

काठमाडौं । दूरसञ्चार ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदालाई लिएर राष्ट्रियसभा बैठकमा विरोध भएको छ। विधेयकमा एनसेल नेपाल सरकारको स्वामित्वमा आउने प्रावधान गायब पारिएको भन्दै त्यस्तो विधेयक नल्याउन सांसदले सरकारलाई आग्रह गरेका हुन्।

बैठकमा विशेष समय लिएर एमालेका सांसद रामचन्द्र राईले नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेललाई सरकारले ऐन परिर्वतन गरी अनन्तकालसम्म निजी कम्पनीलाई दिने तयारी गरेको भन्दै आपत्ति जनाएका हुन्। ‘संशोधन विधेयकको मस्यौदाले ऐनमा भएका प्रावधानलाई परिवर्तन गर्न खोजेको छ। एनसेल लगायत सेवा प्रदायक संस्था २५ वर्षपछि सरकारको स्वामित्वमा आउने प्रावधान ऐन संशोधन गरी हटाउन खोजिएको छ,’ राईले भने।

नागरिक दैनिकले सूचना तथा सञ्चार मन्त्रालयले दूरसञ्चार ऐन, २०५३ संशोधन गर्न तयार पारेको मस्यौदा सम्बन्धमा निरन्तर समाचार सम्प्रेषण गरिरहेको छ। यस विषयमा सांसदहरूले पनि चासो दिन थालेका छन्। ‘दूरसञ्चार ऐन, २०५३ का विभिन्न दफा परिवर्तन गर्न खोजिएको छ। यो कसको योजनामा परिवर्तन गर्न खोजिएको हो थाहा छैन,’ एमाले सांसद राईले बैठकमा भने। दूरसञ्चार ऐन, २०५३ को दफा ३३ मा भएको व्यवस्थालाई संशोधन विधेयकको दफा ४२ मा राखेर चलखेल गर्न खोजिएको छ।

मस्यौदा विधेयकको दफा ४२ मा नेपाल सरकारलाई हस्तान्तरण गर्ने बुँदा छ। जसको उपदफा १ मा भएको प्रावधानले एनसेललाई नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्न खोजेको छ। ‘यस ऐनबमोजिम अनुमतिपत्र खारेज वा स्वतः रद्द भएमा त्यस्तो अनुमतिपत्र प्राप्त व्यक्तिले सञ्चालन गरेको दूरसञ्चार सेवा ऐनसँग सम्बन्धित दूरसञ्चार प्रणालीसँग जोडिएका जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनाको स्वामित्वसहित त्यस्तो दूरसञ्चार सेवा चालु हालतमा नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ,’ मस्यौदाको दफा ४२ को उपदफा १ मा भनिएको छ। कम्पनी नवीकरण नगरे वा सरकारलाई तिर्नुपर्ने राजस्व नतिरेमा मात्रै अनुमति पत्र खारेज वा रद्द हुने अवस्था सिर्जना हुनेछ। तर अहिले तयार पारिएको मस्यौदामा भएको प्रावधानले एनसेललाई अनन्तकालसम्म नेपाल सरकारको स्वामित्वमा आउनबाट वञ्चित गर्नसक्नेछ। यो समाचार नागरिक दैनिकमा छ ।

प्रधानमन्त्री प्रचण्डको भारत भम्रणको आन्तरिक तयारी तीव्र

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भम्रणको आन्तरिक तयारी तीव्र रूपमा भइरहेको भए पनि अझै मिति सार्वजनिक गरिएको छैन । परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्रीको भ्रमणका लागि प्रस्ताव तयार गर्ने कार्यलाई तीव्रता दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक प्रस्ताव माग भएको एक उच्च तहका कर्मचारीले बताए ।

प्रधानमन्त्रीको भारत भ्रमण अप्रिलको दोस्रो साता हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमण वैशाख पहिलो साता हुने बताएकी थिइन् । औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतलाई विद्युत् बिक्री गर्ने विषयमा सम्झौता गर्नका लागि प्रस्ताव तयार गरिएको बताइएको छ ।

भारतसँग २५ वर्षको सम्झौता गर्नका लागि नेपालले प्रस्ताव गर्ने बताइएको छ । परराष्ट्र मन्त्रालयको स्रोतका अनुसार तयारी गरिएको प्रस्तावहरूको विषयमा विस्तारमा तयारी गरिएको छ । फेब्रुअरीमा भएको ऊर्जा सहयोग सञ्चालक समितिको १०औं सचिवस्तरीय बैठकमा नेपालले ऊर्जा खरिदसम्बन्धी प्रस्ताव अगाडि सारेको थियो ।

राजस्थानको माउन्ट आबुमा भएको बैठकमा ढल्केबर–मुजफ्फरपुर ट्रासमिसन लाइनको क्षमतालाई ६ सय मेगवाटबाट वृद्धि गरी ८ सय मेगावाट बनाउने विषयमा हस्ताक्षर नै भएको थियो । वर्षायाममा नेपालबाट बिहारलाई विद्युत् बिक्री गर्नका लागि आवश्यक कार्य गर्ने विषयमा समेत सहमति भइसकेको छ । त्यसका कारण प्रधानमन्त्रीको भ्रमणमा ऊर्जासम्बन्धी महत्वपूर्ण सम्झौता हुने विश्वास ऊर्जा मन्त्रालयका एक उच्च कर्मचारीले गरे । यो समाचार राजधानी दैनिकमा छ ।

आजबाट घट्यो हवाई भाडा, सबैभन्दा धेरै ४४० रुपैयाँ धनगढीको

काठमाडौं । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्नेछ ।

काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ३०० रुपैयाँ भाडा घटेको छ । विराटनगरलाई २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ ।

काठमाडौंबाट भैरहवा उडानको भाडा २०५ रुपैयाँले घटेर ३ हजार २९५ रुपैयाँ कायम भएको छ । नेपालगञ्जमा ३२५, तुम्लिङटारका लागि १८५, सिमराका लागि ९० रुपैयाँ, सुर्खेतका लागि ३४५ र राजविराजका लागि २०५ रुपैयाँ भाडा घटेको छ । यो भाडादर २२ चैतदेखि लागु हुनेछ ।

सरकारले दिएको अनुदानको दुरुपयोग, आलु सुपरजोनमा इँटा फलाइँदै

काठमाडौं । सरकारले दिएको अनुदानको दुरुपयोग कसरी भइरहेको छ भन्ने उदाहरण काभ्रेको एउटा कृषि कार्यक्रम बनेको छ। ‘आलु सुपरजोन’का लागि अनुदान लिएर चक्लाबन्दी गरिएको जमिनमा पहिलो पटक आलु रोपियो पनि तर अहिले भने त्यही जमिनमा इँटा बनाउन थालिएको छ।

तरकारी तथा खाद्यान्न बाली उत्पादनका लागि दुई वर्षअघि १० वर्षसम्म खेती गर्ने र घडेरीकरण नगर्ने सर्तमा हस्ताक्षर गराएर साना–साना गरालाई एकीकृत गर्दै चक्लाबन्दी गरेको दोस्रो वर्षमै स्थानीयले इँटाभट्टालाई प्रतिरोपनी १५ हजार रुपियाँमा जग्गा भाडामा लगाएका छन्।

‘पाँचखाल नगर, कृषि सहर’को नारा बोकेको काभ्रेपलाञ्चोककै खाद्य भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकालाई चक्लाबन्दी गरेको जग्गामा इँटा बनाउन थाल्दासम्म पत्तो छैन। पालिकाका पदाधिकारी यसबारे आफूहरू अनभिज्ञ रहेको प्रतिक्रिया दिन्छन्। पाँचखाल नगरपालिका–२ का स्थानीयले सरकारी लगानीमा गरिएको चक्लाबन्दीमा इँटा बनाएको गुनासो गरेपछि मात्र यो विषय बाहिरिएको वडाध्यक्ष रामेश्वर दाहालले बताए।

पाँचखाल नगरपालिकाको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपर जोन)को आर्थिक सहयोगमा सो स्थानमा २०७७ सालमा २८ रोपनी क्षेत्रफलमा चक्लाबन्दी गरिएको थियो। सो जग्गामा ११ जना कृषकको स्वामित्व रहेको छ। एकीकृत खेती गर्न भनेर बनाइएको जग्गालाई प्रतिरोपनी १५ हजार रुपियाँको दरले इँटा बनाउन भाडामा लगाइएको हो।

२०७७ सालमा पाँचखालमा मात्रै चक्लाबन्दीका तीनवटा परियोजनाका लागि सरकारले ३६ लाख रुपियाँ खर्च गरेको थियो। हाल इँटा पारिएको जमिनको चक्लाबन्दी गर्दा पाँच लाख रुपियाँ खर्च गरिएको परियोजनाले जनाएको छ। चक्लाबन्दी गरेपछि उत्पादन बढ्ने अपेक्षा गरिए पनि यति बेला सोही जग्गामा धमाधम इँटा पारिएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइ आज

काठमाडौं, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

मंगलबारका लागि सुनुवाइको पेसी तोकिए भएपनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि बुधबार १० बजेका लागि न्यायाधीश सिन्हारहितको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्चका न्यायाधीश सिन्हाले यसअघि संवैधानिक इजलासमा आफ्ना राय आइसकेकाले आफूरहितको इजलासमा निवेदन पेस गर्नुपर्ने जनाएका छन् ।

नेता लामिछानेविरुद्ध पासपोर्टसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधीवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध युवराज पौडेल (सफल) सर्वोच्च पुगेका थिए ।

आजको मौसमः देशका पहाडी भुभागमा मेघगर्जनसहित पानी पर्ने

काठमाडाैं, २२ चैत । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका  पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी भू–भागका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मुस्ताङमा धमाधम ‘दुई कदम’

काठमाडौं, २१ चैत । उदय सुब्बाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘दुई कदम’को मुस्ताङमा धमाधम छायांकन भइरहेको छ । चैत १६ गतेबाट छायांकन सुरु भएको फिल्म धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि खिचिनेछ ।

दयाराम घिमिरेको कथा रहेको प्रेमकथात्मक फिल्ममा तारादेवी लिम्बुको लगानी छ । अजम्बरी फिल्मस्को व्यानरमा निर्मित फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ भंगेरी कविता आले मगर, बिमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय छ ।

विक्रम डिसीको छायांकन रहेको फिल्ममा ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व तथा रामजी लामिछानेको नृत्य छ । फिल्म भदौमा रिलिज हुने निर्माण पक्षले जनाएको छ । 

झन्डै १०,००० जनाको मस्तिष्क राखिएको सङ्ग्रहालय

यूनिभर्सिटी अफ सदर्न डेन्मार्कमा झन्डै १०,००० मानिसको मस्तिष्क राखिएको छ। दशकौँअघि मनोरोग लागेर मृत्यु भएका मानिसहरूको शवबाट ती मस्तिष्क निकालेर सङ्कलन गरिएको हो।

मानव मस्तिष्कको यति ठूलो सङ्कलन अन्यत्र नभएको ठानिएको छ। बिरामी वा तिनका आफन्तको अनुमतिबिनै सङ्कलन गरिएको भए पनि सन् १९९० को दशकमा डेनिश एथिक्स काउन्सिलले ती मस्तिष्कमा अनुसन्धान गर्न सकिने बताएको थियो।

विज्ञहरूका अनुसार उक्त सङ्कलनमा भएका मानव मस्तिष्कबाट डिमेन्श अर्थात् विस्मृति र डिप्रेशन अर्थात् अवसादजस्ता रोगहरूको अध्ययन गर्न सहयोग पुगेको छ।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।