`

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

पोखरा, २९ पुस -गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्ती खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज १ बजे विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिन उनले संसद सचिवालयलाई जानकारी गराइसकेका छन् ।

अधिकारी एमालेको २२, माओवादीको ८, राप्रपाको २ र स्वतन्त्र १ सहित ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले भने विश्वासको मत नदिने बताएका छन् । त्यसो हुँदा अधिकारीको पक्षमा ३१ सांसदले मत दिने छन् ।

एमालेकै १ सांसद जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गर्ने छन् । ६० सांसद रहेको यहाँ सरकार बनाउन कम्तिमा ३१ सांसदको समर्थन चाहिन्छ । अधिकारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि विश्वासको मत मागेका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिएसँगै सरकार विस्तार र मन्त्रीहरुको कार्यविभाजन तोक्ने तयारी गरेका छन् । उनले मुख्यमन्त्रीमा सपथ लिएकै दिन ३ मन्त्रीहरुले विना विभागीय सपथ लिएका छन् ।

उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा महिलाहरुमा पाठेघर खस्ने समस्य देखियो

सुर्खेत ३० पुस;उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा मुगुका महिलाहरुमा पाठेघर खस्ने समस्य देखिएको छ । सुत्केरी तथा गर्भवती अवस्थामा पोशिलो खाना , भार बढी हुने काम गर्दा स्वास्थ्यमा समस्य आएको हो ।
स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८÷७९ मा छायाँनाथ रारा नगरपालिकामा पहिलो, दोस्रो र तेस्रो चरणमा जाँच गर्दा २५ जना महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ  । सदरमुकाम रहेको पालिका भित्र पाठेघर धेरै समस्य भएका महिलाहरुको उमेर कम रहेको पाइएको छ । सदरमुकाम स्वास्थ्य सेवा कार्यालय सम्मा पहुँच भएको पालिका हो । अन्य पालिका सदरमुकाममा रहेको स्वास्थ्य संस्थासँग पहुँच नभएका कारण त्यहाँ संख्य भारी भएको अनुमान लगाएको छ ।

स्वास्थ्य सेवा र्काालय मुगुकी सिनियर अनमी रामदेवी केसी सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकाको स्वास्थ्य कार्यालयबाट पाठेघर खस्नेबाट पीडित भएका महिलाको विवरण आउन बाँकी रहेको बताइन्  । पाठेघर खसेका वा समस्यमा परेका महिलाहरुले सेवा लिनका लागि लाज मान्ने , नखुल्ने भएका कारण वषौँ देखि समस्या लुकाएर बसिरहेको उनले बताइन् । सोरु गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चरित्र धामीले दिएको जानकारी अनुसार पाठेघरसम्बन्धी स्क्रिनिङ जाँच गर्दा हालसम्म ३६ महिलामा पाठेघरसम्बन्धी समस्या भएको पाइएको छ । खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकामा पाठेघरसम्बन्धी पीडित महिलाको संख्य धेरै भएपनि पीडित खुल्न नसकेको बताइएको छ ।

डा। मीना हमाल ९चौलागाईं०ले उमेर नपुग्दै विहे तथा सुत्केरी हुँदा दुर्गम जिल्लामा अत्यधिक महिलाहरुमा समस्य देखिएको बताइन् । शिक्षा तथा पारिवारिक दबाबका कारण समस्य लुकाएर बस्न बाध्य भएको उनको भनाई छ । पाठेघरमा ‘रिङ पे्रसरी’को माध्यमबाट वैकल्पिक सामान्य उपचार दिँदै आएको समेत उनको भनाइ छ ।

एकपछि अर्को नीति खुकुलो बनाउँदै राष्ट्र बैंक, एलसीमा नगद मार्जिन हट्दै

काठमाडौं- अर्थतन्त्रको प्रणलीमा गरिएका हरेक कडाइलाई क्रमश: खुकुलो बनाउँदै गएको केन्द्रीय बैंकले आयातमा पनि खुकुलो नीति लिने तयारी गरेको छ ।केन्द्रीय बैंकले प्रतिपत्र (एलसी) मा नगद मार्जिन चाहिने व्यवस्था हटाउने तयारी गरेको हो । उच्च आयातका कारण अर्थतन्त्रमा समस्या देखिन थालेपछि नेपाल राष्ट्र बैंकले २०७८ पुस ५ र २०७८ माघ २६ मा गरी दुई पटक ३ सय भन्दा बढी वस्तुको वस्तुको आयातका लागि एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।

आयात नीति खुकुलो बनाउँदै गएको राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था गरेको करिब एक वर्षपछि यसलाई हटाउने तयारी गरेको हो । एलसीमा लगाइएको नगद मार्जिन हटाउनका लागि राष्ट्र बैंकलाई निजी क्षेत्रका साथै अन्तर्राष्ट्रिय मुद्रा कोषमा समेत दबाब छ। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने

लण्डन् -उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने भएका छन् । गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार मन्त्री पौडेलले ‘पढ्दै कमाउदै’ परियोजनाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् ।

आइतवार साँझ नेपाली समय ५ बजे पछि भर्चअल प्रविधिमार्फत आयोजना हुने सो अन्तरक्रिया कार्यक्रमलाई संघका पूर्वअध्यक्षहरु डा..उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त लगायत एक दर्जन सांसद सहित करिब डेढ दर्जन वक्ताले सम्बोधन गर्ने भएका छन् ।

सुदूरपश्चिम प्रदेशसभा सभामुखका लागि आज फेरि मतदान हुँदै

धनगढी – सुदूरपश्चिम प्रदेशसभाको सभामुख पदका लागि आज शुक्रबार फेरि मतदान हुने भएको छ ।

बिहीबारको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेशसभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त नगरेपछि आज फेरि मतदान हुन लागेको हो । आज बिहान ११ बजे बस्ने बैठकमा फेरि सभामुख चयनका लागि मतदान हुनेछ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मतदानमा ५० जनाले भाग लिएका थिए । यसरी सभामुखमा निर्वाचित हुन २७ मत ल्याउनुपर्दथ्यो ।

तर, सत्ता गठबन्धनका माओवादी केन्द्रका भीमबहादुर भण्डारीले २६ मत र कांग्रेसका मानबहादुर रावलले २३ मत प्राप्त गरे । भण्डारीले माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति र राप्रपाको कुल  २९ मत पाउनुपर्नेमा दुई सांसद अनुपस्थित रहे भने एक मत बदर भएको थियो ।रावललाई कांग्रेस, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थन रहेको थियो ।

साढे २ वर्षपछि गण्डकीमा मुख्यमन्त्री पाउने माओवादीको दाबी

पोखरा – गण्डकीमा माओवादीले पनि मुख्यमन्त्री दाबी गरेको छ । दलका नेता हरिबहादुर चुमानले साढे २ वर्षपछि मुख्यमन्त्री बन्ने दाबी गरेका हुन् । सुरुमा पनि मुख्यमन्त्री दावी गरेको चुमान अन्ततः मन्त्री मात्रै बनेर सरकारमा गएका छन् । उनले मुख्यमन्त्री खगराज अधिकारीसँगै विना विभागीय मन्त्रीको रुपमा सोमबार सपथ लिएका हुन् ।

चुमानले २ वर्षपछि मुख्यमन्त्री बन्ने तयारीका साथ सरकारमा गएको बताएका छन् । ‘पहिलो पटक एमालेका संसदीय दलका नेतालाई दिने भन्ने निर्णय आएपछि खगराज जी मुख्यमन्त्री बन्नुभएको हो,’ उनले भने, ‘यो भनेकै आलोपालोको कुरा हो । त्यही कुरा आएको छ, अहिले अझै स्पष्ट भएर आएको छ । नेतृत्वले पनि केन्द्रमा आलोपालो भन्ने मानसिकता बनाएको छ ।’

चुमानले सरकारलाई सफल बनाउनका लागि दलको नेता जानुपर्छ भनेर आफु सरकारमा गएको दावी गरे । ‘म सरकारमा जाँदा भोली माओवादीलाई पालो आउँदा मुख्यमन्त्री बन्न कुनै बाधा हुँदैन । हाम्रो नेतृत्वसँग सम्पर्क गरिरहेका छौं । उहाँले आलोपालो होइन भन्नुभएको छैन,’ उनी भन्छन्, ‘अरु पनि प्रदेशमा आलोपालोको कुरा भैरहेको छ । त्यसले गर्दा गण्डकीमा पनि आलोपालो स्वभाविक हो ।’

चुमानले मुख्यमन्त्रीपछिको प्रमुख मन्त्रालय आफुले पाउने बताएका छन् । ‘हामी संयुक्त मोर्चामा रहेका दलहरुबीच छलफल हुने र नेताहरुले टुंग्याउने कुरा हो । मुख्यमन्त्री पछिको दोश्रो मन्त्रालय स्वभाविक रुपमा हाम्रो भागमा पर्छ,’ चुमान थप्छन्, ‘अहिले १२ मन्त्रालय छ, त्यो घट्दै छ । कति मन्त्रालय बन्छ र संरचना के हुन्छ भन्ने टुंगिएको छैन । तर दोश्रो मन्त्रालय माओवादीको भागमा पर्छ ।’ उनका अनुसार अर्थ वा भौतिक मध्ये १ मन्त्रालय रोजेर माओवादीले पाउने छ ।

रुपन्देहीको मर्चवारमा गाेली चल्याे, भारतीयसहित तीन जना नियन्त्रणमा

भैरहवा – रुपन्देहीको नेपाल भारत सिमा क्षेत्रमा गाेली चलेकाे छ । बिहीबार राति करिब ७ बजे कोटहीमाई गाउँपालिका वडा नम्बर ३ क्षेत्रमा हवाइ फायर भएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले पुष्टि गरे ।

जिल्ला प्रहरी कार्यालय अहिले तस्करी न्युनिकरण गर्न लागेकाे छ, तस्करीकाे सम्भावित क्षेत्रकाे रुपमा मानिने साे ठाउँ तस्करहरुले बर्चस्व देखाउनका लागि हवाई फायर गरेकाे अनुमान गरिएकाे छ ।

गाेलीकाे आवाज सुनिए पनि कसले किन चलायाे भन्ने खुल्न सकेकाे छैन, अनुसन्धानकाे काम जारि रहेकाे र मानवीय क्षति केही नभए पनि गाेलीकाे खाेका बरामद भएकाे प्रहरीले जनाएकाे छ । घटना स्थल नजिकैबाट प्रहरीले  भारतीय नागरिकसहित ३ जनालाई नियन्त्रणमा लिएकाे छ । बढ्दाे हुस्सुकाे कारण घटना स्थलतर्फ प्रहरी साेचे अनुरुप अनुसन्धान गर्न सकेकाे छैन ।केही दिन देखि प्रहरीले सीमामा तस्करी शून्य गर्न कडाई गरेकाे छ ।

विश्व इतिहासमा आजः एल सालभाडोरको विनाशकारी भूकम्पदेखि ट्रम्पमाथि महाअभियोग

आज १३ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

एल सालभाडोरको विनाशकारी भूकम्प
सन् २००१ मा मध्ये अमेरिकी देश एल साल्भाडोरमा शक्तिशाली भूकम्प गएको थियो । १३ जनवरीमा गएको सो भूकम्प देशकै विनाशकारी भूकम्पमध्येको एक थियो । भूकम्पमा परेर एक हजार जनाको मृत्यु हुनुका साथै ३१५ जना घाईते भएका थिए । ठीक एक महिनापछि अर्को शक्तिशाली भूकम्प जाँदा ३१५ जनाको मृत्यु भएको थियो ।

माइक्रोसफ्टको स्थापना
आज नै अमेरिकाका धनाढ्य तथा माइक्रोसफ्टका मालिक बिल गेट्सले माइक्रोसफ्टको सीईओबाट राजीनामा दिएका थिए । पाउल एलनसँग मिलेर सन् १९७५ मा गेट्सले माइक्रोसफ्ट स्थापना गरेका थिए ।

इटालीको विनाशकारी भूकम्प
आज नै अर्थात सन् १९१५ मा इटालीमा शक्तिशाली भ्रकम्प गएको थियो । इटालीको इतिहासमै सवैभन्दा विनाशकारी मानिएको सो भूकम्पमा परेर कम्तीमा ३० हजार जनाको मृत्यु भएको थियो । भूकम्पबाट राजधानी रोमबाट १०० किलोमिटर पूर्वमा रहेको एभेजानो सहर नराम्रोसँग प्रभावित भएको थियो ।

ट्रम्पमाथि महाअभियोग
सन् २०२१ को १३ जनवरीमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि माथिल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले महाअभियोग लगाएको थियो । माथिल्लो सदनबाट दुई पटक महाअभियोग लाग्ने उनी अमेरिकाकै पहिलो राष्ट्रपति हुन् । सन् २०२० को राष्ट्रपति निर्वाचनमा जोन बाइडेनसँग पराजित भएपछि उनका समर्थकले मतपरिणाम अस्वीकार गर्दै संसद बैठक चलिरहेको स्थान क्यापिटोलमा हुलदंगा मच्चाएका थिए ।

आज थुनामुक्त हुँदै सन्दीप लामिछाने

काठमाडौं – राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज शुक्रबार थुनामुक्त हुने भएका छन् ।नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो ।

केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले बिहीबार रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्‍याएर लामिछानेलाई आज मात्र रिहा गर्न लागिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको थियो ।यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा पुनरावदेन भएको थियो । उनी गत भदौ २० गते नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका थिए ।

लामिछानेले गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।

तराईमा हुस्सु, अन्य क्षेत्रको मौसम कस्तो छ ?

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने तराईमा हुस्सु-कुहिरो लागेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका  उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरिएको छ ।

सन्दीपले यी ५ शर्त उल्लंघन गरे फेरि जेल जानुपर्ने, यस्तो छ अदालतले दिएको आदेश [पूर्णपाठ]

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको हो ।

सकियो प्रचण्ड–ओलीबीचको छलफल

काठमाडौं, २८ पुस-नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच संघीय सरकारको मन्त्रालय भागवण्डा र प्रदेश सरकारको भागवण्डाको विषयमा छलफल भएको बताइएको छ ।

अब संघीय मन्त्रिपरिषदलाई पूर्णता दिने र सातवटै प्रदेश सरकार बनिसकेको अवस्थामा प्रदेश सरकारलाई पूर्णता दिने विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ ।ओली र प्रचण्डबीच सभामुख र उपसभामुखको निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषयमा समेत छलफल भएको छ ।

रमेश दर्नालको शब्द संगीतमा तयार दिलराजामा सुधिर र गरिमाको बेजोड अभिनय

काठमाडौँ । गायिका रचना रिमाल र गायक भिम दोर्जे तामाङको स्वर रहेको दिलराजा बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा शब्द र संगीत रमेश दर्नालको रहेको छ । काठमाडौँको चोभार, कपन, भद्रकाली लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय गरिमा शर्मा र सुधिर श्रेष्ठको कलात्मक अभिनय देख्न सकिन्छ ।

भिडियोले गहिरो प्रेममा रहेको एक मायालु जोडीको सफलताको प्रेम कथालाई देखाएको छ । लोकप्रिय गीतकार लोकराज अधिकारी क्रिएटिभ डाइरेक्टर रहेको भिडियोमा सुब्रत आचार्य अतिथी कलाकारको रुपमा छन् । शरद पाण्डेको कन्सेप्ट र निर्देशन रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् । जसको निर्माण दिपखुशी लामाले गरेकी हुन् । भिडियो निर्मात्री लामाकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

 

माधव नेपाल र जापानी प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जापानको संसद्को प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । बिहिबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल र जापानी संसद्का सदस्य मासाकी जैराबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत् परियोजना, पर्यटन, नारायणहिटी दरबार सङ्ग्रहालयलगायत जापान सरकारको सहयोगका विषयमा छलफल भएको छ । यस्तै जापानमा क्रियाशील राजनीतिक दल र नेपालका विभिन्न राजनीतिक दल बीचका अन्तरसम्बन्धका बारेमा छलफल भएको थियो ।

सुर्खेतमा ३५० जनाले पाए लालपुर्जा

सुर्खेत – सुर्खेतमा ३५० परिवारलाई जग्गाधनी पुर्जा  वितरण गरेको छ। आयोगले जिल्लाका नौवटा पालिकामध्ये पाँचवटा पालिकामा लालपुर्जा वितरण सुरु गरिसकेको गरेको बतााएको छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अनुसार कोट माझखर्कअन्तर्गतका र तत्कालीन राप्ती बसोबास आयोगले नापजाँच गरेका जग्गाको लालपुर्जा उपलब्ध गराएको हो । गुर्भाकोट, भेरीगङ्गा, चौकुने र पञ्चपुरी गाउँपालिकामा केही परिवारलाई जग्गाधनी पुर्जा दिइएको बताए ।  पाँच सय परिवारको लालपुर्जा तयारी अवस्थामा भए पनि कतिपयले राज्यलाई दिनुपर्ने १० प्रतिशत राजस्व तिर्न नसकेका कारण पुर्जा पाउन सकेका छैनन् । विभिन्न पालिकामा गरी त्यस्तो सङ्ख्या १५० छ। उनीहरू भारत तथा बाहिर भएकाले पनि लालपुर्जा नलिएको हुन् ।

वीरेन्द्रनगर र लेकबेँसी, सिम्ता र चिङ्गाड गाउँपालिकामा लालपुर्जा वितरणको काम हुन सकेको छैन । वीरेन्द्रनगर नगरपालिकाले नगर उपप्रमुख नीलकण्ठ खनालले जग्गा नापजाँचका लागि प्रक्रिया सुरु बताए । केही पालिकामा कित्ताकाट रोकिएकाले पनि लालपुर्जा वितरणको कार्य अघि बढ्न सकेको हो ।

लेकबेँसी नगरपालिकाले भूउपयोग नीति बनाएर जग्गाको वर्गीकरण गरेपछि मात्रै प्रक्रिया अघि बढ्ने जनाएको छ। नगरप्रमुख उमेशकुमार पौडेलले अब तत्काल भूउपयोग नीति बनाएर प्रक्रिया थालिने बताए ।

सिम्ता गाउँपालिकामा पनि भूउपयोग नीति बनाइँदै गरेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । भूउपयोग नीति बनाउँदै गरेकाले यसको टुङ्गो लगाएपछि मात्रै थप काम अघि बढ्ने छ ।  चिङ्गाड गाउँपालिकामा तथ्याङ्क सङ्कलनमै ढिलाइ भइरहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकबहादुर हमालले निवेदन लिन छुटेकालाई फेरि सूचना जारी गरेर लगत सङ्कलन गर्नुपर्ने माग आएपछि आयोगले निर्णय गरेको जानकारी दिए ।  चिङ्गाड गाउँपालिकाले पनि भूउपयोग नीति बनाएको छैन ।

अव्यवस्थित बसोबास, भूमिहीन दलित र सुकुम्बासीका गरी झन्डै ४८ हजार निवेदन सङ्कलन भएका थिए। तीमध्ये ४२ हजार आवेदन अव्यवस्थित बसोबासीका थिए ।

शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालनका लागि प्रतिवद्ध छु : गृहमन्त्री

चितवन – चितवनका उद्योगीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग उद्योगीले भोगेका समस्याको बारेमा छलफल गरेका छन् । चितवन उद्योग संघको आयोजनामा उद्योग क्षेत्रमा देखिएका वर्तमान समस्या र औद्योगिक विकासका लागि सरकारसँगको अपेक्षा विषयमा आज छलफल भएको हो ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा भएको छलफलमा संघका उपाध्यक्ष युग राज वस्तीले संघले अघि सारेका महत्वपूर्ण परियोजना चितवन प्रदर्शनी केन्द्र, प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्र, औद्योगिक पाठशाला, औद्योगिक शिक्षालय, बिक्री केन्द्र, वर्तमान समयमा उद्योगीहरुका समस्या र समाधानकालागि सुझावहरु सहितका विषयमा लामिछानेलाई जानकारी गराएका थिए ।

जानकारीपछि गृहमन्त्री लामिछानेले संघले अघि सारेका परियोजना निकै महत्वपूर्ण रहेको बताए । आफूलाई चितवनका जनताले दिएको मतको कदर गर्दै आफूले उद्योगीहरुको समस्यालाई समाधान गर्ने मुख्य लक्ष्य लिएको समेत उनले बताए ।

कालिका नगरपालिकामा डीपीआर र ईआईए समेत भई अगाडि बढिरहेको प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा आफूहरुले अगाडि देखिनै चासोका साथ हेर्दै आइरहेको उनले बताए । उनले शक्तिखोर औद्योगिक क्षेत्र विशेष प्राथमिकतामा राखेकोले आफ्नो कार्यकालमा यसको सञ्चालनको लागि आफू पूर्ण रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

टिकटकबाट जुवा खेलाउने चार जना पक्राउ

काठमाडौं – प्रहरीले सामाजिक सञ्जाल टिकटक लाइभमार्फत जुवा खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ४० लाख १९ हजार १७६ रुपैयाँ कारोबार गर्ने चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो  ।

पक्राउ पर्नेमा प्रकाश योगी, कपिल गिरि, प्रेम कठायत र डिल्लीराज अवस्थी रहेका छन् । उनीहरुले ईसेवामार्फत सो रकम कारोबार गरेको पाइएको हो ।

ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायतका स्थानबाट उनीहरू पक्राउ परेको परेको प्रहरीको भनाइ छ । उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकीमा शनिबार सभामुखको निर्वाचन हुने

पोखरा – गण्डकी प्रदेशमा सभामुखको निर्वाचन पुस ३० गते शनिबार हुने भएको छ । संविधान अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । १८ गते गण्डकीमा पहिलो बैठक बसेको थियो ।

त्यसैले बढीमा माघ २ गतेभित्र सभामुख निर्वाचित भैसक्नुपर्छ । विहिबार सर्वदलीय बैठक बसेर ३० गते नै सभामुखको निर्वाचन गर्ने र २ गते उपसभामुखको निर्वाचन हुने निर्णय गरिएको हो ।

सत्तारुढ दलको शीर्ष निर्णय अनुसार गण्डकीमा माओवादीले पाँचै वर्ष सभामुख पाउने छ भने उपसभामुख एमालेको भागमा परेको छ । माओवादीले कृष्ण धिताललाई सभामुखमा अघि सारेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेद्वार उठाउने वा नउठाउने निर्णय गरिसकेको छैन । दलको बैठक शुक्रबार बसेर यसबारे निर्णय लिने संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । बलात्कार अभियोग लागेका पूर्वक्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

बिहिबार न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले २० लाख धरौटी र विदेश जान नपाउने गरी रिहा गर्न आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश नन्द र ढकालको संयुक्त इजलासमा आज भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो ।

लामिछानेको तर्फबाट उक्त आदेशविरुद्ध बलात्कार आरोप लगाउने युवती नाबालिक नभएको जिकिरसहित पुनरावेदन निवेदन गरिएको थियो । वेरितको आदेश बदर माग गर्दै लामिछानेको तर्फबाट रिहाइको लागि गरिएको पुनरावेदनमाथिको सुनुवाई पटकपटक स्थगित भएको थियो । यो आदेशसँगै लामिछाने अब थुनामुक्त हुने भएका छन् ।

सन्दीप नाबालिगमाथि बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीप उच्च अदालत पुगेका हुन् ।

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो ।
यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।

पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको छ ।

लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ । तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्।  उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो ।असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।

कर्णालीमा मुख्यमन्त्रीको सपथसँगै मन्त्रीमण्डल विस्तार

सुर्खेत – कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएसँगै  मन्त्रिमण्डल पनि विस्तार गरेका छन् ।

मुख्यमन्त्री शर्माले एमालेका विनोदकुमार शाह र  नेकपा ( माओवादी केन्द्र)का प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरेका हुन् । दैलेखको निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित शाह र मुगुको प्रदेशसभा (ख) बाट निर्वाचित शाहीले पनि बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नयाँमन्त्रीको मन्त्रालय तोकिएको छैन  । सत्ता गठबन्धनमा थप छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने र मन्त्रालयको पनि भागबण्डा गर्ने तयारीमा मुख्यमन्त्री  शर्माले बताए । सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच एमालेले तीन र माओवादीले मुख्यमन्त्री तथा अरु तीन वटा मन्त्रालय लिने सहमति भएको छ ।

कर्णालीमा मन्त्रालयको संख्या सात बनाउने सत्ता गठबन्धनको तयारी छ । सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच एमालेले तीन र माओवादीले मुख्यमन्त्री तथा अरु तीनवटा मन्त्रालय लिने सहमति भएको छ ।

शर्मालाई माओवादीका १३,एमालेका १०,एकीकृत समाजवादीका एक र राप्रपाका एक जना सांसदको समर्थन छ । ४० सदस्यीय प्रदेशसभा रहेको कर्णालीमा बहुमतको सरकार गठन गर्न कम्तिमा २१ जना प्रदेशसभा सदस्य  आवश्यकता रहेको थियो ।  शर्माको पक्षमा २५ जना प्रदशसभा सदस्यको समर्थन रहको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

लमजुङ  २८ पुस । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई ६ वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीले राईनास नगरपालिका ९ बस्ने वर्ष ४२ का बेलराम गुरुङलाई पक्राउ गरेको हो । ०७४ मंसिर ११ गते राति साढे ९ बजेको समयमा  लमजुङ राईनास नगरपालिका ९ कुडुले बस्ने वर्ष ५४ को हितमान श्रेष्ठलाई चिरपाट दाँउरा(काठ) टाउकोमा प्रहार गरी कर्तव्य गरी मारी निज घटनापश्चात फरार रहेका थिए ।

घटनालगत्तै फरार रहेका प्रतिवादी चितवन जिल्लातर्फ लुकिछिपी बसेको हुन् सक्ने विशेष रुपमा सूचना संकलन गरी जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको विशेष अनुसन्धान प्रहरी टोलीले निज प्रतिवादी बेलराम गुरुङलाई जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १६ विजयनगरस्थित लुकिछिपी बसेको अबस्थामा  बुधबार पक्राउ गरेको हो ।

प्रतिवादी चितवन बस्दाको समयमा निजले आफ्नो नाम र ठेगाना समेत परिवर्तन गरि बसेका थिए । पक्राउ परेका  प्रतिवादीलाई लमजुङ जिल्ला अदालतबाट पहिलो पटक पाँच  दिनको म्याद थप अनुमति लिई निज उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान कार्य भइरहेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसूरअन्तर्गत कर्तव्य गरी मानिस मार्ने व्यक्तिलाई जन्मकैदको सजाय हुने कानुनी व्यवस्था छ ।

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

मोरङ, २८ पुस ।  विराटनगरबाट स्राेत नखुलेकाे रकमसहित एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट स्रोत नखुलेको नगद ७ लाख ९ हजार रुपैयाँ, विभिन्न बैंकको एटिएम कार्ड १४ थान, विभिन्न बैंकको चेक ९ थान र को.२४ प ७९८४ नम्बरको मोटरसाइकल सहित सोही महानगरपालिका-१८ बस्ने ३६ वर्षीय रवि प्रकाश साहलाई  प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यतालय मोरङबाट खटिएको प्रहरीले रविलाई उक्त नगद र विभिन्न बैंकका चेक तथा एटिएम कार्डसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जिपको ठक्करबाट एक जनाकाे मृत्यु

अर्घाखाँची, २८ पुस । अर्घाखाँचीको सितगंगा नगरपालिका-४ मा  जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय ज्ञान बहादुर नेपाली रहेका छन् । घाइते भएका नेपालीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको हो ।

भेडामारेबाट अमराई तर्फ आउँदै गरेको लु ३ च ३३२० नम्बरको जिपले नेपालीलाई बिहीबार बिहान साढे ९ बजे ठक्कर दिएको हो । ठक्कर दिने जिपसहित चालकलाई ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीले नियन्त्रणमा लिएको छ ।

भोलि राष्ट्रिय सभा बैठक

काठमाडौं, २८ पुस । राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दै छ । शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

एक बुँदे सार्वजनिक सम्भावित कार्यसूचीका अनुसार संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक माननीय खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने

काठमाडौं, २८ पुस । आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने भएको छ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको माओवादी समाजवादीबीच एकता हुन लागेको हो ।

एकतापछि नयाँ पार्टीको नाम भने आम जनता पार्टी नै रहने आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए । उनका अनुसार अग्रगामी शक्तिहरुको ध्रुवीकरणको रुपमा विभिन्न राजनीतिक दलहरुसँग एकताको अभियानमा आजपा लागेको हो ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदै रौतहट ३ बाट लगातार चौथोपटक निर्वाचित भएका साहले केही समयअघि आफ्नै नेतृत्वमा पार्टी गठन गरेका हुन् ।

आजपा गठन भएलगत्तै जनता समाजवादी पार्टीका रौतहट जिल्ला सचिव लखिन्द्र यादव, नेपाल संघीय समाजवादी पार्टीबाट रौतहट १ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार जाजुल देवानलगायत सयौ आम जनता पार्टीमा प्रवेश गरेका थिए । पूर्वसहरी विकास राज्यमन्त्री एवं काठमाडौ ७ बाट संविधानसभा सदस्य र प्रतिनिधि सदस्य रहिसकेका रामवीर मानन्धर पनि आजपामै आवद्ध भएका थिए ।

अनमोल केसी अभिनित फिल्म ‘छड्के २’ मा भिटेनको र्‍याप

काठमाडौं – चर्चित र्‍यापर भिटेनले फिल्म ‘छड्के २’का लागि र्‍याप गीत गाएका छन् । अनमोल केसीको मुख्य अभिनय रहेको यस फिल्मका लागि उनले आफ्नै शब्द, सङ्गीत र स्वर रहेको र्‍याप गीत रेकर्ड गराएका हुन् ।बुधबार काठमाडौँस्थित एक स्टुडियोमा रेकर्ड सकिएपछि कथा सुहाउँदो रहेकाले फिल्मसँग जोडिएको बताए ।

फिल्मका निर्माता प्रशान्त गिरीले र्‍याप आवश्यक परेकाले भिटेनलाई जोडिएको बताए । उनले फिल्म ग्याङस्टार जनरामा निर्माण भएकोबताए ।  निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको यस फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आलेमगरको समेत अभिनय रहेको छ ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिला गिरीसँगै दुई मन्त्रीले लिए शपथ

बुटवल, २८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकता मुगेर मुख्यमन्त्री गिरीलाई शपथ गराएका हुन् ।बुधबार संविधानको दफा १६८(२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री गिरीले आज देउखुरी उपत्यकामा बनेको नवनिर्मित प्रदेशसभा भवन अगाडि आयोजित विशेष कर्याक्रममा शपथ लिएका हुन् ।

मुख्यमन्त्रीको शपथलगत्तै प्रदेश प्रमुख शेरचनले नवनियुक्त मन्त्रीद्वय चेतनारायण आचार्य र कृष्णा केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रीहरुलाई हाल बिना विभागीय नियुक्त गरिएको छ । दलहरुबीच भागवण्डा मिलेपछि उनीहरुले जिम्मेवारी पाउनेछन् ।मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुखको कार्यालय बुटवलबाट नियुक्ति दिइएपनि प्रदेश प्रमुख शेरचन शपथ खुवाउन आज बिहानै देउखुरी हिँडेका थिए ।

साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं, २८ पुस-साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कर्पोरेसनको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

युक्रेन हमलाः पुटिनले नियुक्त गरे नयाँ कमान्डर

मस्को, २८ माघ-युक्रेन युद्धको जिम्मेवारीमा सर्गेई सुरोभिकिनलाई नियुक्त गरेको तीन महिनापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई प्रतिस्थापन गरेको घोषणा गरेका छन् । जनरल भ्यालेरी गेरासिमोभले सुरोभिकिनको स्थान लिनेछन् । भ्यालेरीलाई सैन्य वृत्तमा ‘जनरल आरमागेडोन’ उपनामले चिनिन्छन् । देशको रक्षा मन्त्रालयले आफ्नो आधिकारिक टेलिग्राम अकाउन्टमा यो घोषणा गरेको हो ।

‘रुसी सशस्त्र सेनाका जनरल स्टाफका प्रमुख सेनाका जनरल भ्यालेरी गेरासिमोभलाई संयुक्त समूहको सेना (फोर्स) को कमाण्डर नियुक्त गरिएको छ’, मन्त्रालयले भनेको छ ।

नेपाल टी२० क्रिकेट लिग स्पट फिक्सिङमाथि छानबिन जारी छ, जथाभावी समाचार नलेखौं : सिआइबी

काठमाडौं – हालै सम्पन्न नेपाल टी२० क्रिकेट लिगमा स्पट फिक्सिङसँग सम्बन्धित समाचारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई उदृद्ध गर्दे विभिन्न सञ्चारमाध्यमले समाचार लेखेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिआइबीसँग कुराकानी नै नगरी समाचार लेखेकोमा ती सञ्चारमाध्यमको कामप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

सिआइबीले बिहीबार विज्ञप्ति जारी गर्दै  शंकास्पद गतिविधिमा सम्लग्नमाथि छानबिन गर्न ब्यूरोले समिति गठन गरेको र छानबिन जारी नै रहेको जनाएको छ । समितिले अनुसन्धान र छानबीन प्रतिवेदन पेश गरी निष्कर्षमा पुगी नसकेको अवस्थामा ब्यूरोको श्रोत उल्लेख गरी समाचार नलेख्न आग्रह गरेको छ ।

केही पूर्व खेलाडी, तथा अन्य व्यक्तिका नाम उल्लेख गरी समाचार प्रकाशित गरेको पाइएकोले यस किसिमका तथ्यहीन र दिग्भ्रमित हुने किसिमका समाचारले ब्यूरोप्रतिको आम नागरिकको विश्वास टुट्ने उल्लेख छ ।

बागमती प्रदेसभाको सभामुखमा तीन जनाकाे उम्मेदवारी दर्ता

काठमाडौं, २८ पुस । बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक, शिवराज अधिकारी र सृजना सायजुको उम्मेदवारी परेको छ ।सत्ता गठबन्धनका तर्फबाट राप्रपाका भुवन पाठकले सभामुखमा उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा एमाले जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल छन् ।

शिवराज अधिकारी कांग्रेसका उम्मेदवार हुन् भने सायजु नेपाल मजदुर किसान पार्टीकी हुन् । बागमती प्रदेश कांग्रेस संसदीय दलको निर्णयअनुसार अधिकारीले कुन्दनराज काफ्ले प्रस्तावमा र रामकृष्णा चित्रकारको समर्थनमा उम्मेदवारी दिएका हुन् । नेमकिपाका सांसद सुरेन्द्र राज गोसाइ प्रस्तावक र गीता काफ्लेको समर्थकमा सायजुले सभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् ।

कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बिहीबार दिउँसो आफ्नो निवास धुम्बाराहीमा बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पदाधिकारी बैठकमा देउवाले पार्टीका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरेका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक १५ माघमा सारिएको छ । पहिले २२ पुस र २८ पुसमा बस्ने भनिएको बैठक माघमा सारिएको हो ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेपछि चौतर्फी आलोचना भएको छ । आलोचनाकै बीचमा देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

आगामी ५ माघमा प्रतिनिधिसभाको सभामुखको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको स्रोतले बतायो ।

नायिका मलाइका आरोरा काठमाडौंमा, दरबारमार्गमा धमाका मच्चाउदै

काठमाडौं – भारतीय सुन्दरी नायिका मलाइका अरोरा काठमाडौँ आइपुगेकी छन् । उनी उनी ज्वेलरी फेशन शोमा होटल याक एन्ड यतिमा आज साँझ ६ बजे हुने नेपाली र्याम्प शोमामा आफ्नो जादु छर्न काठमाडौं आएकी हुन् ।

नेपाल रत्न तथा आभुषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा आयोजना गर्न लागेको चौथो जेम एण्ड ज्वेलरी एक्स्पोले गर्न लागेको हो ।शोमा अरोराले नेपाली पोशाक र आभुषण ¥याम्पमा प्रस्तुत गर्नेछिन् । पुस २९ देखि माघ १ गतेसम्म हुने एक्स्पोको अघिल्लो दिन अर्थात पुस २८ गते बिहीबार ज्वेलरी फेशन शो आयोजना हुन लागेको हो ।

बलिउडकै फेसन क्विनका रुपमा परिचय बनाएकी मलाइकाको स्टाइललाई पछ्याउने किशोरी नेपालमा प्रशस्तै छन् । फेसन रनवेमा गहना डिजाइनर, निर्माता, डिलर र खुद्रा बिक्रेता सहभागी हुने जनाइएको छ ।

भारतमा निर्मित खोकीका दुई झोल औषधि उज्वेकिस्तानका बालबािलकालाई प्रयोग नगर्न सिफारिस

न्युयोर्क, २८ पुस-विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नोएडास्थित कम्पनी मेरियन बायोटेकले बनाएको खोकीका दुईवटा झोल औषधि उज्वेकिस्तानका बालबालिकाका लागि प्रयोग नगर्न सिफारिस गरेको छ ।बुधवार एक मेडिकल उत्पादन चेतावनीमा डब्ल्यूएचओले मारियन बायोटेकद्वारा निर्मित कमजोर गुणस्तरका मेडिकल उत्पादनले गुणस्तरको मापदण्ड वा विशिष्टताहरू पूरा गर्न असफल भएको जनाएको छ ।

डब्लूएचओका अनुसार उज्वेकिस्तान गणतन्त्रको स्वास्थ्य मन्त्रालयको राष्ट्रिय गुणस्तर नियन्त्रण प्रयोगशालाहरूद्वारा गरिएको कफ सिरपको नमूनाहरूको प्रयोगशाला विश्लेषणले दुवै उत्पादनहरूमा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोलको मात्रा अस्वीकार्य रूपमा प्रयोग भएको जनाएको छ ।

एनआरएनए चीनले ज्येष्ठ नागरिकलाई न्यानाे कपडा वितरण

ललितपुर, २८ पुस । गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले खाेकना आराेग्य आश्रमका ज्येष्ठ नागरिक र तिनका कुरुवालाई न्यानाे कपडा वितरण गरेकाे छ।

दक्षिणकाली २ खाेकानामा रहेकाे नेपाल कुष्ठराेग निवारण संघबाट सञ्चालित खाेकना आराेग्य आश्रममा उपाचारत दुई सय २५ जना ज्येष्ठ नागरिक कुष्ठराेगी विरामी र तिनका कुरुवालाई न्यानाे कपडा वितरण गरेकाे हाे।

ज्येष्ठ नागरिकलाई न्यानाे कपडा वितरण गर्दै एनआरएनए चीनका उपाध्यक्ष निर्मल चाैलागाईंले एनआरएनए चीनले नेपाल र नेपालीकाे लागि विपत्तिदेखि सामाजिक सेवा र जनसचेतना कार्यक्रम गर्दै आएकाे र त्यसलाई निरन्तर जारी राख्दै जाने बताए ।

एनआरएनए चीनले खाेकना आराेग्य आश्रमका ज्येष्ठ नागरिकहरुलाई न्यानाे कपडा वितरण कार्यक्रममा उपाध्यक्ष निर्मल चौलागाईं, महासचिव यादव अर्याल, सह-कोषाध्यक्ष रवीन्द्र माली, युवा संयोजक सुवर्ण श्रेष्ठ (कार्यक्रम संयोजक) र कार्य समिति सदस्य तुलसी न्यौपाने,विजय पराजुली , युवराज थापा, दिपक अग्रवाललगायतका सहभागी थिए ।

नेपाली संघ चीनले ‘वान एनसीसी वान प्रोजेक्ट’अन्तर्गत ‘महिनावारी स्वच्छता सचेतना अभियान’ देशभरका विभिन्न स्थानका विद्यालयका विद्यार्थीहरुलाई महिनावारी सचेतना कार्यक्रम गरिरहेको छ।

त्रि–धार्मिकस्थल हलेसीमा आउने दर्शनार्थीलाई लक्षित गर्दै पर्यटक गाइड तालिम सुरु

खोटाङ, २८ पुस -हलेसी तुवाचुङ नगरपालिकाले त्रि–धार्मिकस्थल हलेसीमा आउने पर्यटक तथा दर्शनार्थीलाई लक्षित गर्दै पर्यटक गाइड तालिम सुरु गरेको छ । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटक एवं दर्शनार्थीलाई हलेसीको धार्मिक, ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय महत्वका बारेमा जानकारी गराउने जनशक्ति उत्पादनका लागि नगरपालिकाले पर्यटक गाइड तालिम सुरू गरेको हो ।

नगरभित्रका हलेसीसहित अन्य धार्मीक स्थलमा आउने पर्यटक, तिर्थालु भक्तजन एवं अतिथिलाई धार्मिकस्थलहरूको महिमा र महत्व बुझाउनका लागि नगरपालिकाले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेजमेण्टसँगको सहकार्यमा आठ दिने पर्यटक गाइड तालिम सुरु गरेको हो ।

तीन धर्मको धार्मिक सहिष्णुतालाई कायम राख्दै आन्तरिक तथा वाह्य पर्यटक र दर्शनार्थीलाई हलेसीको वास्तविक विषयवस्तु बारे जानकारी गराउने र सो काम गरेबापत स्थानीयलाई स्वरोजगार बनाउने लक्ष्यका साथ नगरपालिकाले पर्यटक गाइड तालिम आयोजना गरेको हो । बुधबार सुरु भएको तालिममा सात महिला र १८ पुरुष गरी २५ जना सहभागी भएका छन् । पर्यटक गाईड तालिमका लागि नगरपालिकाका ३३ जनाको आवेदन परेको थियो । तालिममा सहभागिताका लागि नगरपालिकाले गत ८ मंसिर आवेदन खुलाएको थियो ।

हलेसी आइपुगेका पर्यटक एवं दर्शनार्थीलाई कतिपय स्थानीयले हलेसी तथा हलेसी आसपासका धार्मिक तथा पर्यटकीयस्थलको विषयमा आ-आफ्नो तरिकाले व्याख्या र वर्णन गर्दै आएकाले आधिकारिक गाईड तयार पार्न लागिएको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले बताइन् । स्थानीयले मनोमानी तरिकाले हलेसीको वर्णन गर्दा हलेसीको ऐतिहासिकता ओझेलमा पर्ने र कतिपय अपव्याख्या हुने भएकाले नगरपालिकाले तालिम प्राप्त टुरिष्ट गाइड तयार पार्न लागेको हो ।

तालिममा सहभागीलाई हिन्दु, बौद्ध र किरात धर्मावलम्बीसँग सम्वन्धित धर्मगुरु एबं जानकारमार्फत हलेसी, बसाहा गुफा, मञ्जुश्री गुफा, तुवाचुङ, ताराखसे लगायतको धार्मिक, ऐतिहासिक र साँस्कृतिक महत्वका विषयमा जानकारी दिने व्यवस्था मिलाइएको छ । तालिम प्राप्त गाइडलाई सूचीकरण गरेर कार्यविधि तयार पारेर परिचालन गरिने छ ।

पर्यटक गाइड नहुँदा हलेसीमा कतिपय स्थानीयले हलेसीको बारेमा अध्ययन नै नगरी आ-आफ्नै तरिकाले वर्णन गर्ने गरेको नगरपालिकाले जनाएको छ । हलेसीको तथ्य बंग्याएर वर्णन गरिँदा कतिपय अवस्थामा धार्मिक सहिष्णुतामाथि खलल पुग्ने अवस्था देखिएको मयर राईले बताइन् ।

पर्यटक गाइड तालिममा सहभागीलाई नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेजमेण्टका विभागीय प्रमुख अजयकुमार ढकाल, वरिष्ठ प्रशासन अधिकृत नरेश डंगोल, सह-प्राध्यापक तथा संकृतविद् डा. लोकनाथ दुलाल, बौद्धधर्म गुरु पुण्यप्रसाद पराजुली र किरात मुन्धुम अध्येता भोगीराज चाम्लिङले सहजीकरण गरिरहेका छन् ।

मध्यपहाडी लोकमार्गले छोएको हलेसीमा स्वदेशीबाहेक चीन, सिंगापुर, जापान, रुस, फ्रान्स, युक्रेन, अमेरिकालगायतबाट पर्यटक आउने गरेका छन् । त्यसमा पनि बढीजसो धार्मिक पर्यटक छन् । धार्मिक तथा साँस्कृतिक दृष्टिले प्रसिद्ध तिर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा महादेव गुफा, धर्मद्धार, पापद्धार, बसासा गुफा, भैरब गुफा, मञ्जुश्री गुफा, दुङ्देलो गुफालगायतका प्राकृतिक आकृतिको अवलोकन गर्न पर्यटक तथा दर्शनार्थी हलेसी आउने गरेका छन् ।

भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसंभवले बोधिसत्व प्राप्त गरेको, नजिकै किरात समुदायको आदिम थलो तुवाचुङ स्थल रहेको लगायतका आधारमा हलेसीलाई त्रि–धार्मिकस्थल मान्ने गरिएको छ । मारातिका गुम्बा रहेकाले हलेसीमा हरेक हिउँद विश्वभरका बौद्धमार्गीहरुले ४-५ महिनासम्म बसेर ध्यान गर्ने गरेका छन् ।

राष्ट्रपतिबाट शम्भुजित बाँस्कोटादेखि सनम कठायतसम्म सम्मानित

काठमाडौं, २८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्रष्टा सम्मानीत भएका छन् । रारा राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रममा  नेपाली गीत संगीतमा  योगदान पुर्‍याएका स्रष्टाहरुलाई राष्ट्रपति भण्डारीबाट सम्मानित गरिएको हो ।

वरिष्ठ संगीतकार/गायक शम्भुजीत बाँस्कोटा, गायक/संगीतकार संस्कृतीविद्व नन्दकृष्ण जोशी, वरिष्ठ समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ, मोडल सनम कडायतलाई सम्मान गरिएको हो । मोडल कठायत राष्ट्रिय युवा प्रतिभाबाट सम्मानित भएका हुन् ।

लुम्बिनी प्रदेशमा मन्त्रालय भागबण्डामै कुरा मिलेन

बुटवल, २८ पुस ।  लुम्बिनी प्रदेशमा बिहीबार मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने भनिए पनि मन्त्रिपरिषदकाे भागबण्डा नमिलेपछि मुख्यमन्त्री लिला गिरीको मात्र शपथ हुने देखिएको छ । मुख्यमन्त्री एमालेले पाएपछि अर्थ र शहरी विकास मन्त्रालय माओवादीले माग गरेको छ । तर, एमालेले दिन आनाकानी गरेपछि माओवादीबाट मन्त्रिमण्डलमा प्रस्तावित गरिएका नेताहरुले शपथ बहिस्कार गर्ने तयारी गरेको माओवादी स्रोतले दाबी गरेको छ ।

माओवादीको बटम लाईनमा अर्थ र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय रहेकोमा एमालेले ती मन्त्रालयहरु दिन आनाकानी गरेपछि शपथमा सहभागी नहुने तयारी गरिएको स्रोतको दाबी छ ।

प्रदेश प्रमुखको कार्यालयले बुटवलमा मुख्यमन्त्रीको नियुक्ति गरेर देउखुरीमा शपथ गराउने तयारी गरेपनि माओवादी नेताहरु दाबी गरिएको मन्त्रालय नपाए शपथमा नजाने अडानमा रहेका छन् । लुम्बिनी प्रदेश सभा परिसर राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ ग्रहण समारोह राखिएको छ । मुख्यमन्त्रीले आजै कम्तीमा ३ सदस्सीय मन्त्रिपरिषद गठन गरी शपथ लिने तयारी गरेका छन् ।

एमाले, माओवादीको सहभागितामा सानो आकारमा मन्त्रिपरिषद् बनाउने तयारी गरेको नव नियुक्त मुख्यमन्त्री लिला गिरीले बताए । बाँकी दलहरुको लागि भने सत्ता गठबन्धनभित्र छलफल चलिरहेको गिरीले बताए ।

बिहीबार हुने सपथ ग्रहणमा नवनियुक्त मुख्यमन्त्री लिला गिरी सहित उपनेता चेतनारायण आचार्य र माओवादीबाट दलका नेता जोखबहादुर महरालाई शपथ गराउने तयारी भएको थियो । एमाले भित्र पनि मन्त्रालयको कुरा नमिलेपछि शुरुमा मुख्यमन्त्री सहित २ जना विनाबिभागिय मन्त्री नियुक्त गरी ३ सदस्सीय मन्त्रिपरिषद बनाउने तयारी भएको एमाले स्रोतको दाबी छ । एमालेभित्र पनि सहरी विकास मन्त्रालयमा चेतनारायण आचार्य र भूमिश्वर ढकालको दाबी रहेपछि विनाविभागिय मन्त्री बनाउने तयारी भएको स्रोतले बतायो । राजधानी व्यवस्थापनमा सहरी विकास मन्त्रालयमा बढी बजेट रहने भएकाले माओवादी र एमालेको आँखा सो मन्त्रालयमा गएको हो । माओवादीले सहरीमा ईन्द्रजीत थारुलाई पठाउने तयारी गरेको छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले पनि मुख्यमन्त्रीको दाबी गरेका थिए । दाबी अनुसारको पहिलो नेतृत्व नपाए पछि महरा लुम्बिनी सरकारलाई समर्थन नगर्ने जनाए पछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विशेष सहमति भएको बताइएको छ । सहमतिअनुसार पहिलो नेतृत्व अढाई बर्ष एमाले र दोस्रो नेतृत्व अढाई बर्ष माओवादीले आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमती भएको भनिएपछि मुख्यमन्त्री गिरीले भने सो सहमति भएको कुरालाई अस्वीकार गरिसकेका छन् ।

मुख्यमन्त्री र सभामुखमा केन्द्रीय निर्णयलाई समर्थन जनाए पनि मुख्यमन्त्रीमा एमालेले पहिलो नेतृत्व लिएपछि माओवादीले अर्थ मन्त्रालय र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय पाउनु पर्ने दावी गरेका छन ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले भने सपथमा माओवादीको सहभागिता रहने बताए । अध्यक्ष बरालले अर्थ र सहरीमा दाबी भएको कुरा सत्य भएको बताउँदै आज विना विभागिय मन्त्रीकारुपमा एकजना नेताले सपथ लिने जानकारी दिए । ‘कसलाई पठाउने भन्ने विषयमा छलफल जारी छ, तर एकजना माओवादीबाट सपथ लिन जानुहुन्छ,’ उनले भने ।

माओवादीका निवर्तमान मन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रजित थारुले शक्ति सन्तुलन र सम्मानजनक भागवण्डा नभए माओवादीले सरकार गठनमा समर्थन गरेपनि सपथ ग्रहणमा सहभागी नहुने बताए । उनले मुख्यमन्त्री र सभामुखमा केन्द्रको निर्णय अनुसार भएपछि मन्त्रालय बाँडाफाँटमा एमालेले सहझदारी गर्नु पर्ने बताउँदै पेल्न खोजिए सपथमा नजाने जनाए । ‘शक्ति सन्तुलनका आधारमा सम्मानजनक स्थान नदिएर पेल्न खोजिए माओवादी सपथ खान जान सक्दैन ।’ उनले भने ।

अर्थ मन्त्रालयमा जोख बहादुर महरा र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयमा ईन्द्रजीत थारु र बाँकी एक मन्त्रालयमा बाँकेकी कृष्णा केसी नमुनाले दाबि गरेका छन । यी २ मन्त्रालय र अन्य १ गरी तिन मन्त्रालय टुङ्गो नलाग्दा सम्म माओवादीले सपथ ग्रहण नगर्ने गरि वार्ता गर्न माओवादी नेताहरुलाई सांसदहरुले दवाव दिएको स्रोतको दाबी छ ।

कर्णालीमा आज मुख्यमन्त्रीकाे शपथ

सुर्खेत, २८ पुस । कर्णाली प्रदेशका  नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मासहित थप ३ जना मन्त्रीले बिहीबार पद तथा गाेपनीयता शपथ  लिँदैछन् । बिहीबार अपरान्ह ३ बजे प्रदेश प्रमुख तिलक परियारबाट उनीहरु पद तथा गाेपनीयताकाे शपथ  लिने कार्यक्रम रहेकाे छ ।

माओवादी प्रदेश ईन्चार्ज कालीबहादुर मल्लका अनुसार माओवादीबाट दुई र एमालेबाट एक जना मन्त्रीले बिहीबार शपथ लिनेछन् ।मन्त्रालयकाे विषयमा छलफल सुरु भएकाे छ।

सुनको मूल्य बिहीबार २ सय रुपैयाँले बढ्यो

काठमाडौं – सुनको मूल्य बिहीबार तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ९ सय रुपैयाँ तोकिएको हो । अघिल्लो दिन तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेका छ । चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।