`

नेपाल प्रहरीको मनोबल बढाउँदै सरकार

काठमाडौँ – नेपाल प्रहरीको मनोबल बढाउन सरकार लागि परेको छ । उनीहरुको आत्मसम्मान, निष्पक्षता र पेशागत स्वतन्त्रता सुनिश्चितामा सरकार प्रतिबद्ध रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताउनुभएको छ । जेनजी आन्दोलनका क्रममा बढी प्रभावित नेपाल प्रहरीको मनोबल बढाउन सरकारले चालेको कदमबारे मन्त्री अर्यालले राष्ट्रियसभाअन्र्तगत प्रत्यायोजित समितिको बैठकमा जानकारी दिनुभएको हो ।

प्रहरीले भोग्नुपरेको मनोवैज्ञानिक, सञ्चालनगत र संरचनागत असरलाई न्यून पार्न सरकारले दतारुकताका साथ पहल गरिरहेको उहाँको भनाइ थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्न महत्वपुर्ण भूमिकामा रहेको प्रहरीको मनोबच उच्च बनाउनु आवश्यक भएको मन्त्री अर्यालले बताउनुभयो ।

“सरकारले बर्दीको प्रतिष्ठालाई मुख्य प्राथमिकतामा राख्दै गैरघातक हतियारको उपलब्धता, सेवा सुविधामा सुधार र नागरिक प्रहरीको सहकार्य जस्ता कदम चालेका छौँ । अहिले प्रहरीको मनोबल बढाउन उनीहरुको आत्मसम्मान एवं प्रतिष्ठा सुनिश्चित गर्नुपर्छ”, मन्त्री अर्यालले भन्नुभयो । बढुवा, सरुवा तथा परिचालनमा कुनै राजनीतिक हस्तक्षेप नगरेको दाबी गर्दै उहाँले त्यसले प्रहरीभित्र सकारात्मक ऊर्जा देखिएको विश्वास व्यक्त गर्नुभयो । त्यसका लागि नागरिकस्तरबाट प्राप्त सहयोगले प्रहरीमा सकारात्मक ऊर्जा भर्न मद्दत पुगेको उहाँको भनाइ थियो ।

“सेवा सुविधाको कुरा त छँदै छ । प्रहरीको मनोबल बढाउन उहाँहरुको ‘डिग्निटी’ मुख्य कुरा हो । बर्दीको प्रतिष्ठा बढाउने काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “प्रहरीको बढुवा, सरुवा र परिचालनमा कुनै पक्षपात गरेको छैनौँ ।” गृहमन्त्री अर्यालले टियर ग्यास र गैरघातक हतियार अभावले प्रहरीलाई जोखिम बढेको देखिएको भन्दै सरकारले गैरघातक हतियारको खरिद तीव्र बनाएकोे जानकारी दिनुभयो ।

“गैरघातक हतियार पर्याप्त भयो भने प्रहरी ‘घातक’ हतियार प्रयोग नगरी हानिकारक भिड नियन्त्रण गर्न सक्षम हुन्छ । यसले मानवीय क्षति न्यून गर्नेछ”, गृहमन्त्री अर्यालले भन्नुभयो, “प्रहरीले आत्मरक्षा होस् या अथवा आफूले संरक्षण गर्नुपर्ने, सुरक्षा दिनुपर्ने सम्पत्तिको रक्षाका लागि होस् । गैरघातक हतियारको प्रयोगका लागि त्यसको खरिदलाई अगाडि बढाएका छाँैै ।”

जेनजी आन्दोलनमा ४५० भन्दा बढी प्रहरी कार्यालय क्षतिग्रस्त भएका उल्लेख गर्दै मन्त्री अर्यालले अधिकांश पुनःनिर्माण भइसकेका बताउनुभयो । यी संरचनाहरु निर्माणमा नागरिकस्तरबाट स्वेच्छिक सहयोग प्राप्त हुनुलाई प्रहरीप्रति नागरिकको विश्वास र मायाको सङ्केतका रूपमा बुझनुपर्ने उहाँको भनाइ थियो । आन्दोलनका क्रममा बाहिरिएका हतियारमध्ये धेरैजसो फिर्ता भइसकेका छन् । फरार कैदी दैनिक फिर्ता ल्याउने काम भएको र सुरक्षा संयन्त्र पुनः सुदृढ हुँदै गएको मन्त्री अर्यालले बताउनुभयो ।

सेवा सुविधा समानता र रासनवृद्धि सम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको र छिट्टै निर्णय हुने मन्त्री अर्यालले बताउनुभयो । “प्रहरीको ‘लजिस्टिक’ सँग सम्बन्धित सेवा सुविधाका विषयवस्तुलाई हामीले प्राथमिकतामा राखेका छौँ । स्वयं प्रहरी सङ्गठनबाट आएका फाइललाई धेरै विलम्ब नगरिकन अगाडी बढाएका छौँ । त्यसलाई हामीले अर्थमन्त्रालयको सहमति लिएर मन्त्रिपरिषद्सम्म पुर्याइरहेका छौँ”, उहाँले भन्नुभयो । नेपाल प्रहरीतर्फ नियमित बजेटबाट एक सय ५६ वटा र थप बजेटबाट १०६ वटा सवारीसाधन खरिदको प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।

मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको बताउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोह समूह, नेकपा विद्रोही समूहबीचको एकता घोषणा कार्यक्रममा राष्ट्रियता कमजोर भएकाले नेपाली जनताको आत्मसम्मान तथा देशको सार्वभौमसत्ता रक्षाका लागि वामपन्थी शक्ति र कम्युनिष्ट एकता गरिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षाका लागि प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गरिने उल्लेख गर्दै संयोजक दाहालले देशभक्तको अभियानमा सबै दलको सहयोगको अपेक्षा गर्नुभयो । मुलुकमा विद्यमान समस्या समाधान कम्युनिष्टले मात्र गर्न सक्ने भएकाले एकता अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले यसमा सबैले उदारता देखाउनपर्ने तथा भिन्न परिवेशबाट आएका नेता कार्यकर्ताबाट एकापसमा गरिने सद्भाव र अनुभब आदानप्रदानले नयाँ घटनाक्रमबारे सश्लेषण गर्दै नयाँ समाजवाद कार्यान्वयन गर्न सकिने बताउनुभयो।

पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपाली विशेषताको वैज्ञानिक समाजवादको कार्यक्रममा विचार, सिद्धान्त मिलेका दलहरु एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने बताउनुभयो । उहाँले देशभर जनतामा एकताको सन्देश प्रवाह गर्न सबै प्रदेशमा सभा गरिने त्यसैले जनतामा उत्साह बढाउने र निर्वाचनको वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा गर्नुभयो ।

जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूहका नेता राजेन्द्र श्रेष्ठले सो पार्टीले ल्याएको राजनीतिक कार्यक्रम राम्रो रहेकाले मुलुकको समृद्धिको यात्रामा एकीकृत भएर अगाडि बढने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

क्रिकेटमार्फत आमाको सम्मान र प्रकृति संरक्षणको सन्देश

काठमाडौँ – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत नयाँ सन्देश दिन खोजिएको छ । एनपिएलका फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले क्रिकेटको माध्यमबाट सामाजिक सन्देश दिन खोजेका हुन् ।

आज यी दुवै एक अर्का विरूद्ध खेल्दा अरू दिनको भन्दा फरक जर्सीमा उत्रिए । जनकपुर गुलाबी रङ्गको जर्सीमा खेल्दा सबै खेलाडीको जर्सीमा आमाको नाम लेखिएको छ । ‘आमाको सम्मान’ स्वरुप जनकपुरले आज आमाको नाम लेखिएको जर्सीमा खेलेको हो ।

जनकपुरका महाप्रबन्धक निरोज खतिवडाले आमाको सम्मानका लागि खेलाडीहरूले आमाको नाम अङ्कित जर्सी लगाएर खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली क्रिकेटमा पहिलोपटक नयाँ अभ्यास गरेका हौँ । क्रिकेटका माध्यमबाट आमाको सम्मान र सामाजिक कार्य गर्छाैँ ।”

यसका साथै आज खेलेका जर्सी अक्सनबाट लिलामी गरेर सङ्कलित रकम आमाहरूद्वारा सञ्चालित सामाजिक कार्य र जेनजी आन्दोलनमा सन्तान गुमाएका आमाहरूलाई सहयोग गरिने जनाएको छ ।

पोखराले जर्सी परिवर्तन गर्दै आज हरियो जर्सीमा खेलिरहेको छ । प्रकृति संरक्षण र जलवायु परिवर्तनको चेतना जगाउने सन्देश दिन खेलाडीले हरियो जर्सी लगाएका पोखरा एभेन्जर्सका प्रमुख सुवोध त्रिपाठीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पोखराले गत वर्ष ग्लोबल वार्मिङको मुद्दा उठाउँदै आफ्नो जर्सीको अगाडिको भागमा ‘ग्लेसियर म्याटर्स’ लगाएर खेलेको थियो । यसवर्ष नयाँ सन्देश दिन हरियो जर्सी लगाएर खेलेका हौँ । हिमाल सुरक्षित राख्न यो अभियान चलाएका छौँ ।”

नगरप्रमुख गोइतसहित १० जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौँ, ११ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमला नगरपालिका, धनुषाका तत्कालीन नगरप्रमुख राम उदगार गोइतसहित १० जना विरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार लग्मा बजार नजिकको पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणमा ठेक्का प्रक्रियामा मिलेमतो गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा उनीहरूमाथि आरोपत्र दायर गरिएको हो ।

आर्थिक वर्ष २०७६÷७७ का लागि स्वीकृत करसहित रु ७५ लाख लागत अनुमान भएको योजनामा बोलपत्र प्रक्रियामा सबैभन्दा कम कबोल (रु ४२ लाख ७४ हजार ५५१ दशमलव ७१) गर्ने ‘सेट स्क्वायर कन्सट्रक्सन प्रालि’ सँग सम्झौता नगरी दोस्रो घटी कबोल (रु ७२ लाख २१ हजार ७३० दशमलव ७) गर्ने ‘इन्फ्रास्ट्रक्चर एस एण्ड बी बिल्डर्स प्रालि’ लाई गैरकानुनी रूपमा ठेक्का दिएको आयोगको ठहर छ ।

आयोगको अनुसन्धानमा नगरपालिकाका पदाधिकारीहरूले सेट स्क्वायर कन्सट्रक्सनले पेस गरेका कागजात तथा बैंक जमानत बदनियतपूर्वक लुकाइ नष्ट गराई सम्झौता नदिन निर्णय गराएको र उल्टै उक्त फर्मको विड बोण्ड जफत गरी दोस्रो प्रस्ताव दातासँग सम्झौता प्रक्रियामा अघि बढाएको पाइएको छ ।

विसं २०७७ जेठ २१ गते इन्फ्रास्ट्रक्चर एस एण्ड बी बिल्डर्स प्रालिसँग रु ७२ लाख १८ हजार ६८० को दरले सम्झौता गरी भुक्तानीसमेत दिइएको र यसरी गरिएको ठेक्का हेरफेरबाट रु २९ लाख ४४ हजार १३७ दशमलव २९ बराबरको सरकारी धन हिनामिना भएको आयोगले निष्कर्ष निकालेको छ ।

आरोपपत्रमा गोइतसहित कार्यपालिका सदस्य धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम, समसुल मिया मोमिन, निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जिवकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव तथा ठेक्का पाउने कम्पनीका अध्यक्ष सन्तोषकुमार यादवसमेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको मागसहित प्रतिवादी बनाइएको आयोगका प्रवक्ता पौडेलले जनाकारी दिनुभयो ।

आगामी निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौँ, ११ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृति प्रदान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज जारी विज्ञप्तिमा निर्वाचन सुरक्षालाई सुदृढ बनाउन सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति पौडेलले सेना परिचालनका लागि अनुमोदन गर्नुभएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को २०८२ साल मङ्सिर ८ गतेको निर्णयका आधारमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षा व्यवस्था गर्न सेना परिचालन गरिने विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

प्रधानमन्त्री कार्कीसँग लोसपा अध्यक्ष ठाकुरको भेट

काठमाडौँ, ११ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीसँग लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेट गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन आग्रह गर्नुभयो ।

अध्यक्ष ठाकुरले आफूहरू चुनावको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी स्पष्ट छौँ । चुनावमा भाग लिनुपर्छ, लिन्छौँ नै । चुनाव नै अबको एक मात्र निकास हो ।”उहाँले तराई–मधेसको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने महत्वपूर्ण परियोजनाहरूलाई गति दिन सरकारसँग आग्रह गर्नुभयो ।

राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पुर्‍याउने तीन जनालाई ब्रिज वाटर एजुकेसनले गर्‍यो अभिनन्दन

काठमाडौँ, ११ मङ्सिरः नेपालको राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पु¥याउनुभएका तीन जना विशिष्ट व्यक्तित्वहरुलाई आज यहाँ आयोजित एक कार्यक्रमकाबीच अभिनन्दन गरिएको छ । ब्रिजवाटर एजुकेशन फाउण्डेशनले आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कवि एवं प्रस्तोता डा नवराज लम्साल, कलाकार एवं श्रव्य–दृश्य अभिनेता दीपकराज गिरी तथा बैंकिङ एवं वित्ततर्फ नबिल बैंकका मुख्य कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवालीलाई अभिनन्दन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले स्राष्टालाई सम्मान गर्नु आफैँका निकै ठूलो विषयमा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशका लागि विभिन्न माध्यमबाट योगदान दिने स्राष्टाको सबै क्षेत्रबाट सम्मान हुनु निकै गौरबको विषय हो । स्रष्टा सम्मानित हुँदा काम गर्न थप ऊर्जा प्रदान हुन्छ ।”

फाउण्डेशनका अध्यक्ष दीपक पाण्डेले अभिनन्दित व्यक्तित्वहरू सबैका लागि मार्गदर्शक प्रेरणा स्रोत भएका तथा उहाँहरुको जीवन र कर्मले हामीलाई सही मार्गतर्फ प्रेरित गरिरहने बताउनुभयो । उहाँले भन्नुभयो, “आज तीन जना ख्यातिप्राप्त विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा ब्रिजवाटर परिवार धन्य भएको छ । आगामी दिनहरुमा पनि यस्ता सम्मानित कार्यक्रमहरुलाई निरन्तरता दिने छौँ ।”
अभिनन्दित हुनु भएका व्यक्तित्वहरूले आफ्नो जीवन, कर्म र अनुभवको सार व्यक्त गर्दै नयाँ पुस्तालाई शिक्षा, साहित्य, कला, संस्कृति, अर्थ, वित्त र मानवीय विकासका लागि आ–आफ्नो कर्म क्षेत्रमा दृढ भई समर्पण र मेहनतका साथ अगाडि बढ्न प्रेरित गर्नु भएको थियो ।

फाउण्डेसनका प्राचार्य कृष्ण पौडेलले समाज र राष्ट्रका पृथक क्षेत्रहरुमा अतुलनीय योगदान पु¥याउनु हुने व्यक्तित्वको सम्मानको संस्कार ब्रिजवाटरको विशिष्ट पहिचान बनिसकेको चर्चा गर्नु हुँदै नवागन्तुक विद्यार्थीको स्वागत एवं पढाइ सकेर जाँदै गरेका विदयार्थीलाई बिदाइ शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा कलेजका सहायक प्राचार्य विष्णु शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कलेजले अभिनन्दन समारोह प्रत्येक वर्ष मनाउने गरेको छ । कार्यक्रममा कलेजका शिक्षक, कर्मचारी, विद्यार्थी, पत्रकार, शुभेच्छुक र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको सो कार्यक्रमको दोस्रो सत्रमा विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति गरिएको थियो ।

कर प्रणालीको सरलीकरण र नीतिगत समन्वय अपरिहार्यः अर्थमन्त्री खनाल

भैरहवा (रुपन्देही), ११ मङ्सिरः अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको आर्थिक विकासलाई तीव्र गतिमा अगाडि बढाउन पुँजीगत खर्चको क्षमता अभिवृद्धि, कर प्रणालीको संरचनागत सुधार र आर्थिक नीतिहरूबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ ।

अर्थमन्त्री खनालले अहिले अर्थतन्त्रले नीतिगत स्थिरताभन्दा बढी कार्यान्वयनको समस्या भोगिरहेको स्पष्ट पार्नुभयो । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवामा आज भएको अन्तरक्रिया कार्यक्रममा उहाँले पुँजीगत खर्च र कार्यान्वयनमा जोड दिनुभयो । नेपालको प्रमुख आर्थिक चुनौती बजेटको आकार नभई खर्च गर्ने क्षमता रहेको अर्थमन्त्री खनालले औँल्याउनुभयो । कमजोर पुँजीगत खर्चले विकास निर्माणमा गतिरोध आएको उहाँको भनाइ थियो ।

“हाम्रो समस्या बजेटको आकारमा छैन, समस्या त खर्च गर्ने क्षमतामा छ । पुँजीगत खर्च गर्ने प्रणालीमा देखिएको ढिलासुस्ती र कमजोर कार्यान्वयन पक्षलाई तत्काल सुधार गर्नुपर्छ”, अर्थमन्त्री खनालले भन्नुभयो । उहाँले नीति र योजनालाई प्रभावकारी बनाउन हरेक तहमा प्रक्रियाको सरलीकरण अपरिहार्य रहेको बताउनुभयो । साथै, सार्वजनिक खर्च र परियोजनाको कार्यान्वयनमा पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा उहाँको जोड थियो ।

लगानी आकर्षित गर्न वर्तमान कर प्रणाली जटिल र झन्झटिलो रहेको स्वीकार गर्दै मन्त्री खनालले कर प्रणालीमा ठूला सुधार आवश्यक रहेको बताउनुभयो । करदाता र कर प्रशासनबीच विश्वासको वातावरण स्थापित गर्नुपर्ने तथा कर तिर्ने प्रक्रियालाई सहज बनाउन पूर्ण रूपमा डिजिटलाइज्ड गर्ने र अनावश्यक कागजी प्रक्रिया हटाउने उहाँले बताउनुभयो । उहाँले कर प्रणालीलाई सरल, पारदर्शी र पूर्वानुमानयोग्य नबनाएसम्म ठूलो लगानी आउन नसक्ने बताउनुभयो ।

अर्थमन्त्री खनालले आर्थिक विकासको इन्जिनको रूपमा रहेको निजी क्षेत्रलाई विश्वास गरेर उनीहरूलाई काम गर्ने स्वतन्त्रता दिनुपर्नेमा जोड दिनुभयो । सरकार नियन्त्रणकारी नभई सहजीकरणको भूमिकामा रहनुपर्ने र लगानीकर्तालाई फाइल बोकेर भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्न ‘एकल बिन्दु सेवा’लाई प्रभावकारी बनाइने उहाँको भनाइ थियो । यसका साथै, उहाँले आर्थिक नीति र मौद्रिक नीतिबीच पूर्ण समन्वय हुनुपर्नेमा जोड दिँदै यी दुई नीतिलाई एकै लयमा हिँडाएर बजारमा अस्थिरता आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

औपचारिक व्यापारलाई संस्थागत गर्न भैरहवा भन्सारले जाँचपास परीक्षण कार्यालयको स्थापना गरी आर्थिक पारदर्शिताको सुरुवात गरेको अर्थमन्त्री खनालले बताउनुभयो । सबै व्यवसायी खराब नहुने भन्दै उहाँले केही व्यवसायीका कारण समस्या आउने र व्यवसायी तथा सरकारको सम्बन्ध सुमधुर हुनुपर्ने जिकिर गर्नुभयो ।

भूमि व्यवस्थापन नियमावली कार्यान्वयनमा रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले कृषि क्षेत्र तथा भूमि र जग्गा प्लटिङको नियमलाई सरकारले व्यवस्थापन गर्न सुरु गरेको जानकारी दिनुभयो । उहाँले पर्यावरणिय सन्तुलनलाई क्षति नपुग्ने तरिकाले ढुङ्गा गिट्टी निकासीको ठूलो सम्भावना रहेको बताउनुभयो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणस्थल निर्माणपछि व्यवसायीले यस क्षेत्रमा अर्बौँ रुपैयाँ लगानी विभिन्न क्षेत्रमा गरेको भन्दै अर्थमन्त्री खनालले यो विमानस्थल पूर्ण सञ्चालनमा आफूले सहजीकरण गरिरहेको बताउनुभयो ।

उद्योगी तथा व्यवसायीले अर्थमन्त्री रामेश्वरप्रसाद खनालको ध्यानाकर्षण गराउँदै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले विमानस्थल सञ्चालनमा नआउँदा निजी क्षेत्रले गरेको अर्बौँ रुपैयाँ लगानी धरापमा परेको भन्दै देशको आर्थिक समृद्धिको अपेक्षा पूरा गर्न अर्थमन्त्रीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

उद्योग बाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले प्राकृतिक स्रोत (गिट्टी–बालुवा, खनिज) निकासीमा व्यवसायीमैत्री नियम नहुँदा निर्यात गर्न नसकिएको बताउनुभयो । उहाँले नेपालमा रहेको प्राकृतिक स्रोत त्यत्तिकै नासिएर जानुभन्दा उनिहरुको सदुपयोग गरी राज्यलाई ठूलो रकम प्राप्त गर्न सकिने भएकोले यसतर्फ सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा सङ्घका पूर्वअध्यक्षहरु ठाकुरकुमार श्रेष्ठ, कुलप्रसाद न्यौपाने, विष्णु शर्मालगायतले निजी क्षेत्रले सरकारसँग स्थिर, विश्वसनीय र दीर्घकालीन नीतिगत वातावरणको अपेक्षा गर्दै कर तथा प्रशासनिक सुधारका लागि आग्रह गर्नुभयो ।

निकासी उद्योगलाई दिइँदै आएको अनुदान कटौती भएकाले निर्यात प्रवर्द्धनका लागि तत्काल नीति निर्माण गर्न र सिमेन्ट, जडीबुटीलगायत वस्तु निकासीका लागि नगद अनुदानको माग उद्योगीहरुले राख्नुभयो ।

देशका विभिन्न भन्सार नाकामा फरक–फरक नियम हुँदा भैरहवा भन्सारमा मात्र ओभरलोडको नाममा ढुवानीमा रोक लगाइएकाले नीतिगत असमानता हटाउन रसीमा क्षेत्रमा अवैध चोरीतस्करी बढेको र यसले वैध व्यापारमा गम्भीर असर पु¥याएको भन्दै सीमा सुरक्षा र अनुगमनका लागि प्रभावकारी भूमिका खेल्नुपर्नेमा उहाँहरुको जोड थियो । कार्यक्रममा अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्याय, सहसचिव उत्तमकुमार खत्री, भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी, राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवाललगायत सहभागी हुनुहुन्थ्यो ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरको अडान : कार्यतालिका नभइ महाधिवेशन चाहिएको हो

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरहरुले कार्यतालिका नभइ महाधिवेशन नै माग गरेको बताएका छन् । विहीबार काठमाडौंमा आयोजित एक भेलापछि विज्ञप्ति जारी गर्दै उनीहरुले नियमित महाधिवेशनको तालिकामा प्रस्तुत भए पनि विशेष महाधिवेशनको माग निष्क्रिय नहुने स्पष्ट पारेका हुन् ।

‘हामीले केवल महाधिवेशनको कार्यतालिका मागेका होइनौं । हामीले महाधिवेशन मागेका नै हौं । हामीले चुनावअघिको शक्ति–व्यवस्था होइन, नयाँ नीति र नयाँ नेतृत्व खोजेका हौं‚’ विज्ञप्तिमा भनिएको छ ।

वर्तमान कार्यसमितिको समयावधि थप नगरी नियमित महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व निर्वाचित हुने भएमा मात्र विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुनेछ। अन्यथा, पार्टी विधानले दिएको वैधानिक अधिकार विशेष महाधिवेशन कसैले पनि रोक्न वा अतिक्रमण गर्न पाउँदैन‚’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले सुदृढ, एकताबद्ध र जनअपेक्षित नेपाली कांग्रेस निर्माणका लागि विधानले तोकेको समयसीमा अर्थात् पुस २८ भित्र विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न हुनैपर्ने जनाएका छन् ।

गीतकार भोला नाथको ‘राधिका’ मा स्मारिका र बद्रीको छमछमी

काठमाडौँ । नेपाल आइडलका विजेताद्वय करण परियार र गङ्गा सोनामले पहिलो पटक सहकार्य गरेको गीत राधिका सार्वजनिक गरिएको छ । बुधवार एक कार्यक्रमको आयोजना गरी आइडल विजेता परियार र सोनामको युगल स्वर रहेको गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

परियार सिजन ५ र सोनाम सिजन ६ का विजेता हुन् । भोला नाथ पाठकको शब्द र लेखु सहयात्रीको सङ्गीतमा तयार गीत तयार भएको हो । कृष्णदेव रुपाखेतीको निर्देशन तथा पुनम श्रेष्ठको कोरियाग्राफीमा तयार भिडियोमा स्मारिका ढकाल र बद्री प्रसाद तिवारी फिचर्ड छन् ।

राधा कडरिया निर्माता रहेको भिडियोमा मीन रावलको सम्पादन छ तथा उत्सब दाहालको छायांकन रहेको छ । गीतकार पाठकले प्रेमिल मुड जगाउने प्रकारको गीत भएकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरे । गीत गायनमा करण र गङ्गाको पहिलो सहकार्य हो । निर्देशक कृष्ण देव रुपाखेतीले अडियो नै अब्बल रहेको र गीतको भाव अनुसारको गुणस्तरीय भिडियो निर्माणमा कुनै पनि कम्परमाइज नगरेको दाबी गरे । प्रेम रोमान्सले भरिएको छमछम नचाउने खालको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो ।

आठौं सामाजिक सुरक्षा दिवस आज मनाइँदै

काठमाडौं । ‘सामाजिक सुरक्षा सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नारासहित आज देशभर आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै छ ।

‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’ भन्ने मूल मन्त्रसहित आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा भएको दिनको सम्झनामा प्रत्येक वर्ष मङ्सिर ११ मा सामाजिक सुरक्षा दिवस मनाइन्छ ।

नेपालको संविधानमा सुनिश्चित सामाजिक सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने उद्देश्यसहित सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा घोषणा गरेको थियो ।

श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा हक सुनिश्चित गर्दै योगदानकर्तालाई आवश्यक सुरक्षा प्रदान गर्ने लक्ष्यका साथ स्थापना गरिएको कोषले सो कार्यक्रम सञ्चालन गर्दै आएको छ । कोषका अनुसार, सबै श्रमिकलाई योजनामा समावेश गरी आर्थिक तथा सामाजिक जोखिम न्यूनिकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणा मूर्तरूप दिनेजस्ता उद्देश्यसहित कोषका कार्यक्रम अघि बढाइएका छन् । साथै आज देश भरी सामाजिक सुरक्षा दिवस मनाइँदै छ ।

विद्युत नियमन आयोगलाई साफिर सदस्यता दिने सरकारको निर्णय

काठमाडौं । सरकारले विद्युत नियमन आयोगलाई साउथ एसिया फोरम फर इन्फ्रास्टक्चर रेगुलेशन (साफिर) अर्थात् दक्षिण एसियाली पूर्वाधार नियमन मञ्चको सदस्यता प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई साफिरको सदस्यताका लागि अनुमति प्रदान गरेको हो । आयोग विगत केही वर्षदेखि सदस्यता प्राप्त गर्ने प्रक्रियामा सक्रिय रूपमा संलग्न हुँदै आएको थियो ।

आयोगका अनुसार क्षेत्रीय तथा अन्तरराष्ट्रिय नियामक संस्थाहरूसँग अनुभव साटासाट गर्न, उत्कृष्ट अभ्यास अपनाउन तथा नियामकीय सीप र क्षमता विकास गर्न साफिरको सदस्यता अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ ।

सदस्यता प्राप्त भएपछि आयोग तथा नेपाल सरकार दुवैले विविध लाभ उठाउन सक्नेछन् । विद्युत क्षेत्रको सुधारका लागि आवश्यक नियामकीय अभ्यासबारे जानकारी हासिल गर्न, अन्य देशका नियामक निकायहरूसँग ज्ञान÷अनुभव साटासाट गर्न, ऊर्जा सम्बन्धी अनुसन्धानलाई प्रोत्साहन गर्न र प्राविधिक तथा संस्थागत क्षमता विकासमार्फत मानव स्रोत सुदृढ बनाउन योगदान पुग्ने विश्वास सरकार राखेको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, गृहमन्त्रीसँग विशेष छलफल हुने

काठमाडौं । आज राष्ट्रिय सभा अन्तरगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३०८ औँ बैठक बस्ने भएको छ ।

बैठक बिहीबार दिउँसो १ः३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको हो । बैठकमा गृहमन्त्रीसँग समसामयिक विषयमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

जेनेस सलुशनले ओमान डेटा पार्कसंग गर्यो समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ – युकेमा मुख्यालय रहेको गुणवत्तापूर्ण आईटी तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशन तथा ओमान डेटा पार्कबीच क्लाउड ट्रान्सफर्मेसन, कृत्रिम बुद्धिमत्ता (एआइ) समाधान, साइबर सुरक्षा सेवा तथा सफ्टवेयर इन्जिनियरिङको क्षेत्रमा संयुक्त रूपमा काम गर्ने विषयमा एक सहमति भएको छ।

सोमबार मस्कटस्थित ओमान डेटा पार्कको मुख्यालयमा आयोजित एक समारोहमा जेनेस सलुशनका संस्थापक तथा सीइओ अञ्जनी फुयाँल र ओमान डेटा पार्क (ओडीपी) का सीइओ मकबुल अल–वाहैबीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

“हामीले जेनेस सलुशनसँग क्लाउड कम्प्युटिङ, एआइ, साइबर सुरक्षा र सफ्टवेयर विकासका क्षेत्रमा सहकार्य सुदृढ गर्न औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर गरेका छौँ। यो साझेदारीले जेनेसको विश्वव्यापी विशेषज्ञता र हाम्रो स्थानीय रूपमा होस्ट गरिएको सुरक्षित पूर्वाधारलाई एकीकृत गर्दै ओमान तथा क्षेत्रीय स्तरका ग्राहकहरूलाई अझ बढी मूल्य प्रदान गर्नेछ,” ओमान डेटा पार्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। “साथै, हामीले मिलेर क्लाउड सेन्टर अफ एक्सिलेन्सलाई प्रवर्द्धन गर्नेछौँ, संयुक्त रूपमा एआइ समाधान विकास गर्नेछौँ र स्थानीय तथा क्षेत्रीय बजारमा नयाँ सम्भावनाहरू खोल्नेछौँ।”

जेनेस सलुशनका सीइओ फुयाँलका अनुसार यस साझेदारीमार्फत जेनेस सलुशनले क्लाउड रुपान्तरण, एआइ, साइबर सुरक्षा तथा सफ्टवेयर इन्जिनियरिङका क्षेत्रमा आफ्नो विश्वव्यापी अनुभव प्रयोग गरी ओमान डेटा पार्कको दक्षता अझ मजबुत बनाउने छ। “हामी ओमान डेटा पार्कको क्लाउड सेन्टर अफ एक्सिलेन्सलाई उन्नत गर्ने, नयाँ समाधानहरू विकास गर्ने र ओमान लगायत अन्य मुलुकका ग्राहकहरूलाई अझ उन्नत, विस्तार गर्न मिल्ने सेवा प्रदान गर्न मद्दत गर्नेछौँ,” उनले भने।

नेपालको सन्दर्भमा यो साझेदारीले जेनेसको विश्वव्यापी उपस्थिति झनै सुदृढ हुनुका साथै सीमापार सहकार्यका नयाँ ढोका खोल्नेछ। “यसले नेपालका टेक प्रतिभाहरूलाई उच्च मूल्यका अन्तरराष्ट्रिय परियोजनामा काम गर्ने अवसर मिलाउनेछ, क्लाउड र एआइ सेवामा नेपाली क्षमता बलियो बनाउनेछ र नेपाललाई विश्व मंचमा डिजिटल विशेषज्ञताको उदाउँदो केन्द्रका रूपमा प्रस्तुत गर्नेछ,” युके तथा आयरल्याण्डका लागि अमेजन वेब सर्भिसेज (एडब्लुएस) एम्ब्यासडर समेत रहेका फुयाँलले भने।

सन् २०१६ मा स्थापना भएको जेनेस सलुशन एक सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी परामर्शदाता कम्पनी हो, जसले विश्वभरका संस्थाहरूलाई आधुनिक, नवप्रवर्तनशील र सुरक्षित डिजिटल भविष्य निर्माण गर्न सक्षम बनाउँदै आएको छ। एडब्लुएस प्रिमियर टिएर सर्भिसेज पार्टनरको रूपमा जेनेसले विभिन्न क्षेत्रका संस्थाहरूलाई क्लाउड ट्रान्सफर्मेसन र व्यवसाय आधुनिकीकरणका लागि परामर्श दिंदै आएको छ।

एसिया, युरोप, अफ्रिका तथा उत्तर अमेरिकाका १० वटा देशमा उपस्थिति राखेको जेनेस सलुशनले विश्व अनुभवलाई स्थानीय आवश्यकतासँग संयोजन गरी प्रभावकारी परिणाम सुनिश्चित गर्दछ । आफ्ना कार्यालयहरुमार्फत जेनेस सलुशनले साना तथा ठूला सबै प्रकारका संस्थाहरूलाई क्लाउड, एआइ, डेटा तथा साइबर सुरक्षामा आधारित लागत-प्रभावी डिजिटल रुपान्तरण समाधानमार्फत सञ्चालन उत्कृष्टता हासिल गर्न मद्दत गर्दै आएको छ।

यसै वर्ष नोभेम्बरको सुरुमा अमेरिकास्थित नास्दाक (NASDAQ) मा सूचीबद्ध अग्रणी इन्टरप्राइज एआइ समाधान प्रदायक कम्पनी फ्युजमशिन्स इंकले आफ्नो फ्युजमशिन्स एआइ स्टुडियो तथा एआइ इन्जिन्सका लागि जेनेस सलुशनलाई विश्वव्यापी ‘अधिकृत रिसेलर’ नियुक्त गरेको थियो।२०१२ मा स्थापना भएको ओमान डेटा पार्क ओमानको प्रमुख सूचना प्रविधिमा आधारित सेवा प्रदायक कम्पनी हो।

विवाह पञ्चमी महोत्सव सम्पन्न, श्रद्धालुहरु घर फर्किए

जनकपुर । सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । हिजो अन्तिम दिन जानकी मन्दिरको प्राङ्गनमा रामकलेवा विधि भएसँगै महोत्सव सम्पन्न भएको हो ।रामकलेवा विधिमा अयोध्याबाट आएका सम्पूर्ण बाराती, साधुसन्त र भक्तजनहरुलाई जानकी मन्दिरको प्राङ्गनमा बसाएर ५६ भोग खुवाईन्छ ।

सो पश्चात उनीहरुलाई सरसामान र दक्षिणा दिई विदाई गरिन्छ । रामकेलवा विधि भईरहँदा मिथिलानी नारीहरुले सम्पूर्ण बारातीहरुलाई मैथिली परम्परा अनुसार गालि गर्ने चलन रहेको छ ।

रामकलेवा हेर्न हजारौं श्रद्धालुभक्तजनको घुँईचो लागेको थियो । रामकलेवा सम्पन्न भएपछि जानकी मन्दिरका छोटे महन्त राम रोशन दासले महोत्सव समाप्त भएको घोषणा गरेका थिए ।भारतलगायत नेपालका विभिन्न स्थानहरुबाट महोत्सव हेर्न आएका भक्तजनहरु घर फर्किएका छन् ।

जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

अर्घाखाँची, ११ मङ्सिरः समयको पाना फेरिँदै गए पनि जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरुको परिवारको मनमा लागेको घाउ भने अझै पनि रगताम्य छ । आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छभने उनीहरुको बलिदानीअनुसार राज्यमा परिवर्तन आउँदैन कि भन्ने चिन्ता पनि उत्तिकै रहेको छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते काठमाडौँको बानेश्वरमा प्रहरीको गोली लागेर मृत्यु हुनुभएका अर्घाखाँची भूमिकास्थान नगरपालिका–४ धारापानीका माधव सारु मगरको परिवारमा पनि यो पीडा र चिन्ता रहेको पाइन्छ ।

परिवारले छोरा गुमाएको दुःखमाथि सरकारले दिएको प्रतीक्षाको बोझ बोकिरहेका छन् । औपचारिक रूपमा सहिद घोषणा भएको सुन्दा एकछिन मन बलियो बने पनि खोइ त त्यो सम्मानसँगै आउने जिम्मेवारी ? परिवार आज पनि यही प्रश्नले तड्पिएको छ । बीस वर्षीय सहिद माधव सारू मगरको परिवार आज पनि न्यायको प्रतीक्षामा छ ।

सहिद माधव सामान्य किसान परिवारका सम्भावना बोकेका युवा थिए । बुटवलको कान्ति माविबाट १२ कक्षा पास गरेपछि भविष्य खोज्दै काठमाडौँ धाउनुभयो । पढाइमा अब्बल, सबैसँग सहज बोल्ने, अनुशासित र सक्रिय युवाका रूपमा टोल–समुदायमा सबैले चिन्थे उहाँलाई । बढ्दो भ्रष्टाचार, राज्य संयन्त्रको बेथिति र युवापुस्ताको भविष्यसँग खेलवाड भइरहेको अनुभूति गर्दा माधव जेनजी आन्दोलनमा सहभागी हुनुभएको थियो । परिवर्तनका लागि सडकमा उत्रने निर्णय उहाँको अन्तिम यात्राको कारण बन्न पुग्यो ।

आन्दोलनका क्रममा हाम्रो परिवारको सदस्य गुमेको छ, त्यसको पीडा हामीलाई छँदैछ, राज्यले जति सुकै गरे पनि त्यसको पूर्ति पारिवारिक हिसाबले हुन सक्दैन माधवका बुबा चन्द्र भन्नुहुन्छ, “तैपनि राज्यले सम्झेको छ, सहिद घोषणा गरेको छ र केही क्षतिपूर्ति पनि दिएको छ, त्यसका लागि हामी आभार व्यक्त गर्न चाहन्छौँ तर त्योभन्दा अझ बढी हाम्रो अपेक्षा के हो भने अहिले युवा पुस्ताले जुन खालका आवाजहरू सडकमा उठाएको थियो–राज्यमा व्याप्त भ्रष्टाचार, बेथिति, निराशा, बेरोजगारीको विकराल र बढ्दो समस्या, यो देशमा केही पनि सम्भव छैन भनेर युवाहरू विदेश पलायन पनि भइरहेका थिए । अब त्यो खालको आवाज फेरि अर्को पुस्ताले उठाउनु नपरोस् ।”

पछिल्ला नौ वर्ष कतारमा काम गरिरहेका माधवका बुबा चन्द्रबहादुर छोराको मृत्युको खबर पाएलगत्तै स्वदेश फर्किनुभयो । सरकारबाट सहिद परिवारको पुनःस्थापनाबारे स्पष्ट योजना आउन ढिलाइ भएपछि घरको आर्थिक भारले थिचिएर उहाँ फेरि विदेशिन बाध्य हुनुभएको छ । रोजगारीको लागि र घरमा रहेका श्रीमती तथा छोरा, छोरी पाल्नका लागि केही दिनअघि फेरि रोजगारीको लागि कतारमा जानुभयो । परिवारमा अहिले श्रीमती, १२ वर्षीय छोरा र १० वर्षीया छोरी छन् । छोराले कक्षा ७ मा र छोरीले कक्षा ५ मा अध्ययन गरिरहेका छन् ।

आन्दोलनमा सहभागी हुनु अपराध थिएन, तर निहत्था युवामाथि गोली चलाउने अधिकारी आजसम्म कारबाही बाहिर रहेको परिवारको गुनासो छ । माधवकी आमा मधु सारु भने अझै पनि शोकबाट उठ्न सन्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “घरमा माधवको कोठा, किताब र गीत बजाउने बानी सबै उस्तै छन्, तर माधव मात्र छैनन् ।” उहाँको मौनता र आँसु घरैभरि छ । पीडाको प्रत्यक्ष प्रमाण बनेर बसेको छ ।

पुत्र शोकको पीडा सहँदै आमा मधु भन्नुहुन्छ, “देशका लागि जसले ज्यान दियो, त्यहीका परिवारलाई देशले बचाउन सक्दैन भने हामीले कसरी गर्व गर्ने ?” उहाँको गुनासो छ । “देश बदल्ने सपनामा लागेका छोरालाई हामी गुमायौँ तर त्यो सपनालाई मर्न दिनुहुँदैन । जबसम्म न्याय स्थापित हुँदैन, तबसम्म छोराको बलिदानको अर्थ अधुरै रहन्छ ।” गोली हान्नेहरूलाई कानुनी सजाय दिनु र सहिद परिवारका लागि स्वदेशमै स्थायी रोजगारी प्रदान गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।

परिवारको जेठो छोरा माधव परिवारकै मुख्य सहारा थिए । बुटवलको कान्ति माध्यमिक विद्यालयबाट १२ कक्षा पास गरी रोजगारी र पढाइका लागि काठमाडौँ जानुभएका उहाँ परिवर्तन, सुशासन र प्रणाली सुधारको सपना बोकेर जेनजी आन्दोलनमा सहभागी हुनुभएको थियो । तर निहत्था आन्दोलनकारी माथि गोली प्रयोग हुँदा उहाँको कलिलो उमेरमै जीवन समाप्त भयो ।

उहाँका साथी पुस्कर पौडेल भन्नुहुन्छ, माधव एउटा व्यक्ति मात्र होइन, युवापुस्ताको पीडा र आक्रोशको प्रतिनिधि थिए । उनको मृत्युले परिवर्तन खोज्ने पुस्ता कति असुरक्षित छ भन्ने सन्देश दिएको छ । जबसम्म उनीहरुको योगदानको सम्मान हुँदैन, सहिदको आत्मा शान्त हुँदैन ।” माधवको बलिदानलाई अर्थपूर्ण बनाउन राज्यले पारदर्शी छानबिन, दोषीमाथि कारबाही र सहिद परिवारको पुनःस्थापनामा गम्भीरता देखाउन ढिलाइ गर्नुहुँदैन उहाँ भन्नुहुन्छ ।

मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गरेका छन् ।निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा त्यहाँ भइरहेको कामको जानकारी लिएका हुन् ।

आगामी फागुन २१ को चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा मन्त्री घिसिङले पटक पटक तीन सिफ्टमा काम गराउन शहरी विकास मन्त्रालयका अधिकारी र निर्माण व्यवसायीयलाई निर्देशन दिएका थिए ।

तर, बुधबार भएको आकस्मिक भ्रमणका क्रममा मन्त्री घिसिङले तीन सिफ्टमा काम गर्ने भनिएको तर फिल्डमा नदेखिएको बताए । उनले तीन सिफ्टमा काम गरी निर्माण सम्पन्न नगरेमा निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिए ।

त्यस्तै, घिसिङले नियमित सुपरीवेक्षण गर्ने आयोजना व्यवस्थापन र परामर्शदातालाई पनि कारबाही गरिने बताए । संसद भवन निर्माण एकदमै महत्वपूर्ण भएकाले आगामी चैत अगाडि नै निर्माण सम्पन्न हुनु पर्ने उल्लेख गर्दै मन्त्री घिसिङले उक्त समयमा निर्माण सम्पन्न नभएमा लापरवाही गर्ने सबैलाई कारबाही गरिने चेतावनी समेत दिए ।

संसद भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो । पाँचौपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी १६ पुसमा सकिँदैछ । आयोजनाको सिभिललगायतका संरचना निर्माणको प्रगति करिब ८७ प्रतिशत रहेको छ । इन्टेरियर, सुरक्षा प्रणालीलगायतका काम गर्न २०८० मा अर्को ठेक्का सम्झौता भएको थियो।

यस प्याकेजको निर्माण प्रगति ३० प्रतिशत रहेको छ । यसअघि ८ कात्तिकमा स्थलगत अनुगमन गरी निर्माण भइरहेको भवनहरुमध्ये सबैभन्दा ठूलो र महत्वको परियोजना रहेकाले १६ पुसभित्र सम्पन्न सुनिश्चित हुने गरी हरेक दिनको कार्यतालिका बनाएर काम गर्न आग्रह गरिएको थियो ।

धेरै मेहनत नगरिएमा तोकिएको समयमा निर्माण सम्पन्न हुन गाह्रो रहेकाले हरेक दिनको बेलुका निर्माण कार्य प्रगतिको समीक्षा गरी सोहीअनुसार आवश्यक स्रोतसाधन परिचालन गर्न निर्देशन दिंदै उनले निर्माण कार्यको आफैंलेसमेत नियमित अनुमगन गर्ने बताए ।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ११ मङ्सिरः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ११५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १२०, आलु रातो प्रतिकिलो रु ६०, आलु रातो (भारतीय) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३४ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १४५, गाजर (तराई) प्रतिकिलो रु १३५, बन्दा (तराई) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ६५, रातो मूला प्रतिकिलो रु ६५, सेतो मूला (लोकल) प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ६०, भन्टा लाम्चो प्रतिकिलो रु ७०, कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, तिते करेला प्रतिकिलो रु १४०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो १००, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७० र पिँडालु प्रतिकिलो रु १०० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकेजी रु २००, चमसुर प्रतिकिलो रु हरियो प्याज प्रतिकिलो रु ७०, बकुला प्रतिकिलो रु १६०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८०, निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १५०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ५००, कागती प्रतिकिलो रु १२०, काक्रो (लोकल) प्रतिकिलो रु ५५, काक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, लप्सी प्रतिकिलो रु ६५, अमला प्रतिकिलो रु ७५, अदुवा प्रतिकिलो रु ७०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु १५०, भेडे खुर्सानी प्रतिकिलो रु १८०, हरियो लसुन प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु २००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १३०, रूख टमाटर प्रतिकिलो रु १५०, काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ५० निर्धारण गरिएको छ ।

एनपिएलले विदेशी खेलाडीबाट सिक्ने मौका मिलेको छः रञ्जित कुमार

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजका रञ्जित कुमारले विदेशी खेलाडीबाट सिक्ने मौका जुरेको बताउनुभएको छ । बुधबार सम्पन्न खेलमा विराटनगर किङ्सलाई ४८ रनले पराजित गरेपछि रञ्जितले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताउनुभयो ।

उहाँले भन्नुभयो, “विदेशी खेलाडीसँग खेल्न पाउँदा हामीले धेरै सिक्ने मौका मिलेको छ । खेल्ने क्रममा केही कमजोरी भए पनि विदेशी खेलाडीले पनि सम्झाउनुहुन्छ । राम्रो सल्लाह दिनुहुन्छ ।”

कुमार डेब्यु खेलमै पाँच विकेट लिने पहिलो खेलाडीसमेत बन्नुभएको छ । टोली कप्तान कुशल मल्लले ढुक्कसँग बलिङ गर्न हौसला दिएको बताउँदै उहाँले आफूले पाएको अवसरमा राम्रो गरेर देखाउनुपर्छ भन्ने लागेको प्रतिक्रिया दिनुभयो । कुमारले भन्नुभयो, “मैदानमा आउदादेखि नै आज राम्रो गर्छु भन्ने आत्मविश्वास बढेको थियो । बलिङ मात्रै नभएर फिल्डिङमा पनि राम्रो गर्छु भन्ने विश्वास थियो ।”

बुधबार सम्पन्न विराटनगर किङ्ससँगको खेलमा उहाँले चार ओभरमा २१ रन खर्चेर पाँच विकेट हात पार्नुभयो । १९ वर्षीय देब्रे हाते स्पिनर बलर रहेका रञ्जितको उत्कृष्ट प्रदर्शनमा अपराजित विराटनगर किंग्सको यात्रामा ब्रेकसमेत लाग्यो । उहाँ ‘प्लेयर अफ दी म्याच’ समेत हुनुभयो ।

लगातार तीन खेल जितेको विराटनगर आज चौथो खेलमा चितवनसँग पराजित भयो । पराजित भएपछि विराटनगरका प्रशिक्षक धम्मिका प्रसादले ब्याटिङ नचल्दा पराजित हुनुपरेको बताउँदै आगामी खेलमा पुनरागमन गर्ने बताउनुभयो । उहाँले नेपाली क्रिकेटको प्रशंसा गर्दै एनपिएल नवयुवा खेलाडीका लागि राम्रो प्लेटफर्म रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीको सचिवालयमा अब छ जना मात्र

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा अब सचिवालयमा छ जना मात्र रहने उल्लेख छ ।

सचिवालयमा मुख्य सल्लाहकार एक, जनसम्पर्क सल्लाहकार एक, प्रमुख स्वकीय सचिव एक, प्रेस संयोजक एक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) एक र जनस्वास्थ्यविज्ञ (अवैतनिक) एक गरी छ जना मात्र कायम राखिएको विज्ञप्तिमा जनाइएको छ । बाँकी सबै नियुक्ति प्रधामन्त्री कार्कीले मङ्सिर ११ गतेदेखि लागू हुनेगरी खारेज गरिएका छन् ।

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि २०७४ (एघारौँ संशोधन २०८१) अनुसार प्रधानमन्त्रीको सचिवालयमा विभिन्न पदका ६६ जनाको दरबन्दी कायम रहेको छ । प्रधानमन्त्री कार्कीले अति जरुरी पदमा मात्र नियुक्ति गरी जम्मा २० जनाको मात्र सचिवालय बनाउनुभएको थियो । अब २० जनाबाट पनि घटेर छ जनामा सीमित हुने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

पाटन (ललितपुर- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी शुक्रबार बस्ने भएको छ ।पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार मङ्सिर ११ गते बिहीबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्ने भनिएको बैठक २०८२ मङ्सिर १२ गते शुक्रबार दिउँसो २ः०० बजे बस्ने भएको हो ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश कार्यसमितिका सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको उहाँले जानकारी गराउनुभयो ।

चार महिनामा वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

वीरगञ्ज (पर्सा), ११ मङ्सिरः वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् ।

गत आवको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए । वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु १७ अर्ब ३२ करोडको भटमासको तेल र रु दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ ।

व्यावसायिक तरकारीखेतीबाट वार्षिक १० लाख बचत गर्छन् महतो

बरहथवा (सर्लाही), ११ मङ्सिरःसर्लाहीको लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा परिचित छ । यहाँ उत्पादन भएका तरकारी हरेक दिन काठमाडौँ, चितवन, हेटौँडा, विराटनगरलगायत देशका प्रमुख सहरहरूसम्म पुग्छन् । उत्पादनले सजिलै बजार पाएपछि व्यावसायिक तरकारीखेती गर्ने किसानहरूसमेत बढिरहेका छन् ।

जिल्लाको लालबन्दी, हरिवन, बाग्मती, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, बरहथवालगायत पालिकामा ठूलो क्षेत्रफलमा, आलु, गोलभेँडा, बोडी, भिन्डी, भान्टा, काउली, बन्दा, खोर्सानी, परबरलगायत तरकारी उत्पादन हुँदै आएको छ । यसले किसानहरूको आयआर्जनमा समेत ठूलो टेवा पुगेको छ ।

लालबन्दी नगरपालिका–१०, हिरापुरका तरकारी किसान सीयाशरण महतो व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी गर्ने अवस्था रहेको बताउनुहुन्छ । उमेरले ३५ लाग्नुभएका महतोले २० वर्षको उमेरदेखि नै व्यावसायिक तरकारीखेतीमा लागेदेखि कहिल्यै पछाडि फर्केर हेर्नु नपरेको सुनाउनुभयो । बुबा हजुरबुबाबाट तरकारीखेती गर्न सिकेका महतोले आधुनिक खेती प्रणाली भने आफैँले छ महिने कृषि ‘जेटिए’ कोर्ष गरेपछि सिक्नुभएको हो । उहाँले मौसमीभन्दा बढी बेमौसमी तरकारीखेती गर्दै आएको र यसले मौसमी खेतीभन्दा १० गुणासम्म बढी आम्दानी हुने उहाँले सुनाउनुभयो ।

“हाल चार बिगाहा खेतमा तरकारी गरिरहेको छु । त्यसमध्ये २५ कट्ठामा गोलभँेडा, सात कट्ठामा हरियो सिमी र आठ कट्ठामा भिन्डी लगाएको छु । यस सिजनको अन्तिममा निस्कने गरी १४ कट्ठा खेतमा कविता जातको टमाटर रोप्ने योजनासहित बेर्ना उत्पादन गरिरहेको छु”, महतोले भन्नुभयो ।

सुरुमा पढाइपछिको फुर्सदको समयमा बुबाआमालाई खेतीमा सघाउने गर्दागर्दै तरकारीखेती गर्न सिकेको उहाँले सुनाउनुभयो । “पहिला बाउबाजेले गरेको देखेरै सिकेको हो,” उहाँले भन्नुभयो, “पढाइबाट फुर्सद हुने बित्तिकै आमाबुबाले खेतमा काम लगाउनु हुन्थ्यो । पछि बुबाले एउटा छोराले कम्तीमा जेटिए पढे हुन्थ्यो भन्ने धारणा राख्नुभयो । आफूलार्ई पनि खेतीपातीतर्फ लगाव बढ्यो यतै लागियो । परिवारसँगै बसेर तरकारी बेचेर विदेशको भन्दा राम्रो आम्दानी भइरहेको छ ।”

महतोले तरकारीखेतीबाट भएको आम्दानीबाट दुई वर्ष पहिला मात्र पाँच कट्ठा खेत जोडेको सुनाउनुभयो । “तरकारीखेती मेरो एक मात्र आय आर्जनको माध्यम हो । यसैबाट मैले पाँच कट्ठा खेत जोडेको छु । तरकारी बेचेर महिनाको रु दुई लाखसम्म आम्दानी गरेको अनुभव छ”, उहाँले भन्नुभयो, “गत वर्ष ‘अफ सिजन’मा सिमी निकाले दुईदेखि तीन हप्तामा रु ६०÷७० हजारसम्म भयो । सबै तरकारी बेच्दा महिनाको रु दुई लाखसम्म आम्दानी भयो ।”

तरकारी खेतीबाट आफूले वर्षभरिमा मलखाद, बीउबिजन, औषधि, मजदुरी, ढुवानी खर्च सबै कटाएर रु १० लाखसम्म बचत गर्ने गरेको महतोका भनाइ छ । यसमा श्रीमतीले राम्रो सहयोग गरिरहेको उहाँको भनाइ छ । मौसम र मूल्य सधैँ एकनास नरहने भएकाले आम्दानी तलमाथि भइरहने बताउने महतोले यसै कमाईबाट एक छोरा र एक छोरीलाई राम्रो शिक्षा दिनुका साथै परिवारको लालनपालन भइरहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय कृषि गणना २०७८ अनुसार सर्लाहीमा १७ हजार ६६२ परिवारले तीन हजार ८४२ दशमलव सात हेक्टर क्षेत्रफलमा विभिन्न तरकारी खेती गर्दै आएका छन् । यहाँ उत्पादन भएका तरकारी जिल्लाको लालबन्दीस्थित थोक तरकारी तथा कृषिउपज सङ्कलन केन्द्रमा जम्मा गरेर देशका अन्य सहरमा निर्यात हुँदै आएको छ ।

पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

काठमाडौँ, ११ मङ्सिरः विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भएपछि हटाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले मूल मन्दिरभित्र लाम व्यवस्थित गर्न राखिएको फलामलाई काठ र डोरीले प्रतिस्थापित गरिने जानकारी दिनुभयो ।
पुरातत्व विभागले पनि कोषलाई फलामका बार र फलामबाट बनाइएको आकाशेपुल हटाउन भनेको थियो ।

विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले विश्वसम्पदा क्षेत्रलाई यसरी राखिएका फलामे सामग्रीले असर गर्ने भएपछि हटाउन पत्राचार गरिएको जानकारी दिनुभयो ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ११ मङ्सिरः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११० रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ११ पैसा र बिक्रीदर नौ रुपैयाँ १५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १३ पैसा र बिक्रीदर २० रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ०० पैसा र बिक्रीदर ३८ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ११ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५ रुपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०८ पैसा र बिक्रीदर २२ रुपैयाँ १८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ १९ पैसा र बिक्रीदर ४६६ रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३७० रुयैयाँ २३ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ७९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न

काठमाडौँ, ११ मङ्सिरः दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६१औँ बैठक श्रव्यदृश्यका माध्यमबाट बुधबार सम्पन्न भएको छ । बैठकको उद्घाटन गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव तथा कार्यक्रम समितिका अध्यक्ष किरण शाक्यले सार्क यस क्षेत्रको प्रमुख क्षेत्रीय सङ्गठनका रूपमा सदस्य राष्ट्रहरूबीच संवाद, सहकार्य र सामूहिक कदम चाल्नका लागि महत्वपूर्ण मञ्च भएको बताउनुभयो ।

यहाँस्थित सार्क सचिवालयका अनुसार त्यस अवसरमा सार्कका महासचिव मोहम्मद गोलाम सरवरले सदस्य राष्ट्रहरूबाट निरन्तर प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समितिको भूमिकाको महत्वको चर्चा गर्नुभयो । साथै उहाँले दक्षिण एसियाली मुलुकहरूको उन्नयनको साझा उद्देश्यका खातिर सार्क स्थापना भएको बताउँदै सामूहिक रूपमा सार्कले धेरै उपलब्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

बैठकले आगामी वर्षका लागि सार्कका विशेष निकाय तथा क्षेत्रीय केन्द्रहरूको बजेट तथा गतिविधिका वार्षिक तालिकाहरूको समीक्षाका साथै त्यसलाई अन्तिम रूप दिएको छ । नेपालको अध्यक्षतामा भएको समितिको बैठकमा बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका परराष्ट्र मन्त्रालयका सहसचिव सार्कका विशेष निकाय तथा क्षेत्रीय केन्द्रका प्रमुखका साथै सचिवालयका उच्च अधिकारीहरूको सहभागिता थियो ।

‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’

चरिकोट (दोलखा), ११ मङ्सिरः काँचका पर्दामा नेताहरूलाई खरो प्रश्न सोध्ने आफ्नो विद्यार्थी जगदीश खरेल मन्त्री बनेपछि उहाँलाई विद्यालय शिक्षा दिने यहाँका गुरुहरू खुसी छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रूपमा गाउँमा स्वागत गर्न पाउँदा कालीनाग माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक रामबहादुर सिवाकोटीको खुसीको सीमा थिएन । सिवाकोटीले खरेललाई मन्त्री वा सञ्चारकर्मीका रूपमा भन्दा बढी आफ्नो विद्यार्थीका रुपमा सम्झनुहुन्छ ।

उत्तरी दोलखाको सिँघटीमा आयोजित हालैको एक कार्यक्रमका क्रममा सिवाकोटीले खरेललाई पढाउँदाका दिनको विगत सम्झना ताजा भएको बताउनुभयो । “खरेल विद्यार्थीकालमै भाषण कलामा तेज थिए, उनी तथ्य र तर्कसहित गज्जबको प्रस्तुति दिन्थे, विद्यालयका तत्कालीन प्रधानाध्यापक देवराज शर्माले यो भाइले बोलेरै खान्छ भन्नुहुन्थ्यो, नभन्दै त्यस्तै भयो”, उहाँले सुनाउनुभयो ।

बाल्यकालका तिनै विद्यार्थी खरेल हाल मन्त्री बन्नुभएको छ । करिब २५ वर्ष टेलिभिजनका पर्दामा तथ्यलाई अगाडि सारेर नेता तथा राज्य सञ्चालकलाई खरो प्रश्न गर्ने उहाँको शैली धेरैले मन पराए । टेलिभिजन कर्मबाट विकास र सुशासनका पक्षमा आवाज उठाएकै कारण आज खरेल मन्त्री बन्नुभएको छ ।
निर्वतमान प्रधानाध्यापक सिवाकोटी आफूले पढाएको विद्यार्थीलाई मन्त्रीका रूपमा विद्यालयमा स्वागत तथा अभिनन्दन गर्न पाउँदा एकछिन भावुक हुनुभयो । उहाँले भन्नुभयो, “हामीले पढाएको विद्यार्थी मन्त्री हुनुभयो, हाल विद्यालयमा पढिरहेका विद्यार्थी पनि भोलि यो ओहदामा पुग्छन् भन्ने मेरो विश्वास अझ बलियो भएको छ । यसका लागि विद्यार्थीले अवसर पाउनुपर्ने र शिक्षक तथा अभिभावकले अवसर दिनुपर्ने आवश्यकता छ ।”

सिवाकोटी फेरि बाल्यकालमै फर्कनुभयो । उहाँका अनुसार विद्यालयमा हुने वक्तृत्वकला, सांस्कृतिक पर्व, मेलाहरूमा खरेलको आवाज छुट्दैनथ्यो । वाककलामा मात्रै होइन, खेलकुदमा पनि उहाँ उत्तिकै अब्बल हुनुहुन्थ्यो । सहभागी भएपछि पदक नजित्ने कुनै खेल थिएनन् ।
सिवाकोटीको भनाइ सुनेपछि सञ्चारमन्त्री खरेलले आफू एउटा जिम्मेवारीका साथ सरकारमा पुगेको र इमान्दारिताका साथ काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाल म जुन जिम्मेवारीमा छु, यो सम्पूर्ण उपलब्धिको श्रेय विद्यालय र गुरुवर्गलाई सुम्पन चाहन्छु ।”

खरेलले सुनखानीको कालीनाथ माध्यमिक विद्यालयमा कक्षा १ देखि प्रवेशिका (१० कक्षा) सम्मको अध्ययन गर्नुभएको थियो । सञ्चारमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पुग्नुभएका मन्त्री खरेललाई विद्यालयले भव्य कार्यक्रमबीच अभिनन्दन गरेको थियो । उहाँलाई अभिनन्दन गरेपछि सिवाकोटीले फेरि भन्नुभयो, “एउटा गुरुको हैसियतले मैले धेरै गर्न सकिन होला, जीवनमा कति काम लाग्ने कुरा सिकाएँ त्यो भन्न सक्दिनँ, तर जे भए पनि तपाईं यहाँसम्म आफ्नो मेहनत, इमान्दारिता र लगशीलताका कारण पुग्नुभएको हो, थपबढी प्रगतिको शुभकामना दिन्छु ।”

सञ्चारमन्त्री खरेलले विद्यार्थी तथा अभिभावकले सपना बोकेर र कल्पना गरेर मात्र नहुने भन्दै जीवन सफल बनाउनका लागि ठूलो त्याग र मेहनत आवश्यक हुने धारणा राख्नुभयो । उहाँले विद्यालयमा उपस्थिति बालबालिकालाई लक्षित गर्दै भन्नुभयो, “अल्छीपन जीवनको शत्रु हो, त्यसैले जे कुरा गर्न चाहनुहुन्छ, आजैबाट सुरु गर्नुस् अनि तपाईं सफल हुनुहुन्छ । बच्चाको सफलताका लागि अभिभावकले व्यवहार, आचरण र सभ्यता सिकाउनु पर्छ ।”

अध्ययन, खेलकुद, भाषणलगायत सबैखाले प्रतियोगितामा सुनखानीका विद्यार्थी अब्बल रहेको उल्लेख गर्दै मन्त्री खरेलले विद्यालयमा राजनीति नगर्न शिक्षक र अभिभावकलाई अनुरोध गर्नुभयो ।

विद्यार्थी रोशन आचार्यले पनि मन्त्रीका रूपमा अग्रजलाई स्वागत गर्न पाउँदा खुसी लागेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “टेलिभिजनको पर्दामा देखेको व्यक्ति मन्त्री भएर विद्यालय आउँदा हामीलाई निकै खुसी लागेको छ, हामीलाई मेहनत गर्नका लागि अझ बढी हौसला मिलेको छ ।”

त्यस अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले सञ्चारमन्त्रीलाई आफ्नो कार्यकालमा केही उदाहरणीय र दीर्घकालीन महत्त्वका कामलाई प्राथमिकता दिन सुझाव दिनुभयो ।

कालिञ्चोक—७ का वडाध्यक्ष रामबहादुर पाण्डेले मन्त्री पाएकामा गौरवको अनुभूति भएको बताउँदै वडामा इन्टरनेट पूर्वाधार विकासका लागि सहजीकरणको अपेक्षा गर्नुभयो । नागरिक समाज दोलखाका अध्यक्ष दीपशङ्खर चौलागाईंले खरेललाई सञ्चारमन्त्रीका रूपमा पाउँदा दोलखावासी खुसी भएको बताउनुभयो । उहाँले परिवर्तनलाई आत्मसात् गरी नागरिक अधिकारको सुनिश्चित गर्न सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले विद्यालयको उन्नयनमा भूमिका खेलिनुपर्नेमा जोड दिनुभयो । विद्यालयका प्रधानाध्यापक ऋषिराम शर्माले विद्यालयको शैक्षिक गुणस्तर बढाउन विभिन्न प्रयास भइरहेको जानकारी दिनुभयो ।

यस्तै, कालिञ्चोक गाउँपालिका–८ का अध्यक्ष सूर्यबहादुर आचार्यले जिल्लाको धार्मिक पर्यटन विकासका लागि समन्वय र सहकार्य जरूरी भएको उल्लेख गर्नुभयो ।सञ्चारमन्त्री खरेल कालिनाथ माध्यमिक विद्यालय प्राङ्गणमा आउने क्रममा स्थानीयवासीले उहाँको स्वागतका लागि फूलका गुच्छा लिएर सडकका दुई किनारमा धेरै सङ्ख्यामा जम्मा भएका गाउँले लामबद्ध देखिन्थे । उहाँलाई पञ्चेबाजाको धुनले स्वागत गरिएको थियो । सडकदेखि करिब एक किलोमिटरको पैदल यात्रामा स्थानीयको भव्य स्वागत लिएर विद्यालय प्राङ्गण प्रवेश गर्दा सयौँ विद्यार्थीले हातहातमा फूल र अबिर लिएर सञ्चारमन्त्रीको स्वागत गरेका थिए ।

भ्रमणका क्रममा मन्त्री खरेलले सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रियासमेत गर्नुभएको थियो । उहाँले सुशासन प्रवर्द्धनका लागि नागरिक सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो । उहाँले निर्वाचनका लागि सरकारले सम्पूर्ण तयारी गरेको र राजनीतिक दलहरूले पनि निर्वाचन माहोल बनाइरहेको भन्दै यसलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका खेल्न पनि आग्रह गर्नुभयो ।

चरिकोटमै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा पनि मन्त्री खरेल सहभागी हुनुभयो । जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायतसँग पनि सञ्चारमन्त्रीले भेटघाट तथा अन्तरक्रिया गर्नुभयो । मन्त्री खरेलले जिल्लाका विभिन्न सरकारी कार्यालयको निरीक्षणसमेत गर्नुभएको थियो । उहाँले त्यहाँको कालिनाग मन्दिर र भीमेश्वर मन्दिरमा पूजाअर्चनासमेत गर्नुभएको थियो ।

एनपिएलः आज दुई खेल हुँदै

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ र दोस्रो खेल अपराह्न ४ः०० बजे हुनेछ ।

रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटाँै स्थानमा छ ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार चौथो जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले ६ अङ्क बटुलेको छ

अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन् । यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए ।

साततले दरबार र तलेजु मन्दिरको पुनःनिर्माण सुरु

त्रिशूली (नुवाकोट), १० मङ्सिर : नुवाकोटको ऐतिहासिक तुलजा भवानीको मन्दिर (तलेजु) र साततले दरबारको पुनःनिर्माण आजदेखि औपचारिक थालनी गरिएको छ । तलेजु र साततले दरबारको भूकम्पले क्षतिग्रस्त बनेका संरचना हटाई नयाँ निर्माण प्रारम्भ गर्नुअघि जग सतहको आज पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गसहित सरोकारवालाबाट ‘भूमिको क्षमा पूजा’ गरेर पुनःनिर्माण कार्य प्रारम्भ गरिएको हो ।

विसंं २०७२ वैशाख १२ को गोरखा भूकम्पले क्षति पु¥याएको तलेजु मन्दिरको संरचना पूर्ण रूपमा हटाई जग निर्माण थालिएको छ भने दरबारको सात तलामध्ये पाचौँ तलासम्म हटाइएको छ । प्राविधिक अध्ययनअनुसार थप संरचना हटाउँदै लगिने पुरातत्व विभागका महानिर्देशक प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँको अनुसार नेपाल सरकार (पुरातत्व विभाग) सँग भएको सम्झौताअनुसार निर्माणको जिम्मेवारी लिएको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले पहिलो चरणमा ती दुई संरचनाको निर्माणका लागि जगसतहको निर्माण थालिएको विभागका महानिर्देशक प्रधानाङ्गले जानकारी दिनुभयो । पुनःनिर्माण कार्य प्रारम्भमा विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठसहित जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख एवं सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

दश वर्षअघि गएको भूकम्पले क्षति पु¥याएको साततले दरबारसहितको संरचना निर्माणको कार्य ढिलो भएरसँगै अन्योल रहेको पुनःनिर्माणले अब थप तीव्रता पाउने विदुरका प्रमुख श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । दरबार पुनःनिर्माणका लागि चिनियाँ प्राविधिकको मागअनुसार विदुर नगरपालिकाले पानी, विद्युत् आपूर्ति, भण्डारणस्थल, पहुँचमार्गको निर्माणमा सहयोग पु¥याएको छ ।

भूकम्पपछिको पुनःनिर्माण सहयोगअन्तर्गत चीन सरकारसँग विसंं २०७६ जेठमा भएको सहमतिअनुसार भूकम्पले क्षति पुगेका यहाँका आठ वटा धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्त्वका संरचना चीन सरकारले निर्माण गर्ने उल्लेख छ । त्यसका लागि चिनियाँ कम्पनीले ४५ महिनाभित्रै काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, काम सुरु नहँुदै निर्धारित समय सकिएकाले नयाँ सम्झौतामा सोही अवधि नै निर्धारण गरिएको छ । पहिलो चरणमा एक वर्षभित्र तलेजु मन्दिर र साततले दरबारको निर्माण सम्पन्न गर्ने र बाँकी संरचनाको पुनःनिर्माण दोस्रो चरणमा गर्ने समझदारी भएको छ । सोहीअनुसार दरबार परिसरमा रहेका गारदघर, रङ्गमहल, विष्णु र नारायण मन्दिर, भैरवीदेवी मन्दिर परिसरका लामपाटी र शीतलपाटीलाई दोस्रो चरणमा निर्माण गर्ने उल्लेख छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथि विसं १८०१ मा विजय गरेपश्चात् साततले दरबारको निर्माण गर्न लगाएको पाइन्छ । काठमाडौँ उपत्यकामाथि विजयी हुनुअघिसम्म सोही दरबारबाट प्रशासनिक कामकाज सञ्चालन गर्नुभएको थियो । उक्त दरबारलाई नेपालमा गणतन्त्र स्थापना भएसँगै ‘नुवाकोट दरबार सङ्ग्रहालय’मा परिणत गरेर सर्वसाधारणका लागि खुला गरिएको थियो ।

पृथ्वीनारायण शाहले तत्कालीन समयमा प्रयोग गरेको लत्ताकपडा, पलङ, ओछ्यान, युद्धकौशलका सामग्री, पृथ्वीनारायण शाहसहित दुई रानीका प्रतिमालगायतका पुरातात्विक सामग्रीसहितको साततले दरबारलाई विश्व सम्पदा सूचीमा प्रस्ताव गरिएको छ ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न

काठमाडौँ, १० मङ्सिरः नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको सभा आज यहाँ सम्पन्न भएको छ ।प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको उक्त सभामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी रहेको जनाइएको छ ।

उक्त सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता ओमकार श्रेष्ठले पार्टीकै केही पदाधिकारीहरूले महाधिवेशन रोकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा महाधिवेशनको विकल्प छैन ।”

कांग्रेसका अर्का नेता गुरुराज घिमिरेले बीसौँ वर्ष सत्ताको चास्नीमा डुबेकाले पार्टीका योद्धाको हस्ताक्षरलाई नक्कली भन्ने अधिकार नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “कसको हो नक्कली हस्ताक्षर ? निकाल्न हामी चुनौती दिन्छौँ । पार्टीका साथीहरूको योगदानका आधारमा पदमा बसेर साथीहरूको आग्रहलाई लल्कार्न पाइँदैन ।”

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गरिसकेका छन् । आजको उक्त सभाका वक्ताहरुले विशेष महाधिवेशनमा जोड दिएका थिए ।

पहाडी र तराई जिल्लाबीच विकासको सन्तुलन कायम गर्न आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली, १० मङ्सिर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहाडी र तराई जिल्लाबीच विकासको सन्तुलन कायम गर्न आवश्यक रहेको बताउनुुभएको छ । आज यहाँ लम्कीचुहा–४ मा निर्माण हुन लागिरहेको सिटी हल, सङ्ग्रहालय तथा घेरापर्खाल निर्माण कार्यको शिलान्यास कार्यक्रममा उहाँले प्रदेशमा सन्तुलित बजेट निर्माणप्रति आफू चिन्तित रहेको बताउनुुभयो ।

सातै जिल्लाको भ्रमण सकेर फर्किनुभएका मुख्यमन्त्री शाहले बाजुरा–बझाङजस्ता विकट पहाडी क्षेत्रमा विकासका कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । तराईका क्षेत्रमा विकासले फड्को मारेकाले अब विकास पहाड र दुर्गम बस्ती केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।

मुख्यमन्त्री शाहले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत ठूला परियोजना पनि शीघ्र शिलान्यास तथा उद्घाटनको चरणमा रहेको जानकारी दिनुभयो । प्रदेशको सर्वाङ्गीण विकासका लागि आफूले निरन्तर सक्रिय भूमिका खेल्ने उहाँले बताउनुुभयो ।जननिर्वाचित प्रतिनिधिबीच समन्वय र साझा उद्देश्य आवश्यक भएको बताउँदै उहाँले सङ्ग्रहालयलाई प्रभावकारी रूपमा अघि बढाउन स्थानीय तह र सरोकारवाला सबै सचेत र जिम्मेवार हुनेपर्ने जोड दिनुभयो ।

प्रदेश सरकारको बजेटबाट बन्न लागेका लम्कीचुहा सिटी हल, सङ्ग्रहालय तथा पर्खाल निर्माणका लागि काम गोरखनाथ–पूर्वपश्चिम–निधि जेभी, काठमाडौँसँग रू १३ करोड १९ लाख तीन हजार २१४ रूपैयाँ सात पैसामा ठेक्का सम्झौता भएको छ । यस परियोजनाको कूल लागत रू २२ करोड ८९ लाख १७ हजार सात रूपैयाँ ५६ पैसा रहने जनाइएको छ ।

बहुउद्देश्यीय रूपमा प्रयोग गर्न मिल्ने सिटी हलबाट सार्वजनिक सभा, सांस्कृतिक कार्यक्रम, प्रदर्शनी तथा अन्य गतिविधिमा सहजता हुने अपेक्षा गरिएको छ । निर्माण कार्य २०८४ साल असोज ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य तोकिएको छ ।

एनपिएलमा रञ्जितको नयाँ कीर्तिमान

काठमाडौँ, १० मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजका रञ्जित कुमारले एकै खेलमा ५ विकेट लिने कीर्तिमान राखेका छन् । रञ्जित जारी सिजनमा ५ विकेट लिने पहिलो खेलाडी समेत बने ।

आज सम्पन्न विराटनगर किङ्ग्ससँगको खेलमा उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर ५ विकेट हात पारे । १९ वर्षीय देब्रे हाते ‘स्पीनर बलर’ रञ्जितको उत्कृष्ट प्रदर्शनमा अपराजित विराटनगर किङ्ग्सको यात्रामा ब्रेक समेत लाग्यो । उनी ‘प्लेयर अफ द म्याच’ समेच चुनिए । उनको यो ‘डेब्यु’ खेलसमेत हो । लगातार तीन खेल जितेको विराटनगर आज चौथो खेलमा चितवनसँग ४८ रनले पराजित भयो ।

यसअघि जारी सिजनमा कुनै पनि बलरले एकै खेलमा ५ विकेट लिन सकेका छैनन् । वीरगञ्जका रञ्जित मधेस प्रदेशबाट क्रिकेट खेल्ने गर्दछन् । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र विराटनगरका कप्तान सन्दीप लामिछानेले भने ४÷४ विकेट लिइसकेका थिए ।

नेपाल प्रहरीका एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १० मङ्सिर – नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच तीन अधिकृतलाई आज दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेमा एआईजी ईश्वर कार्की तथा डिआइजी विश्व अधिकारी र प्राविधिक डिआईजी इञ्जीनीयर रामकुमार चौधरी रहनुभएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले ज्येष्ठता, कार्यकुशलता, विधि एवम् पद्धतिका साथै व्यावसायिक निष्ठाका साथ निर्वाह गरेको जिम्मेवारीको मूल्याङ्कनको आधारमा पदोन्नति भएको बताउनुभयो ।

उहाँले पदोन्नति भएका प्रहरी अधिकृतको नेतृत्वदायी भूमिका र नेतृत्व क्षमताबाट प्रहरी सेवामा प्रभावकारी योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले मुलुक संवेदनशील अवस्थामा रहेकाले यस्तो अवस्थामा प्रहरी जनताको सेवामा समर्पित हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

निःस्वार्थ सेवाभाव, शिष्ट व्यवहार, उत्कृष्ट आचरणलाई आत्मसाथ गरी नागरिकको अपेक्षा अनुरूप प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारी थप क्रियाशील हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले प्रहरी प्रतिको नागरिक विश्वास अभिवृद्धि गर्न व्यावसायिक कार्यसम्पादनमा जोड दिई सेवा प्रवाहलाई थप चुस्त बनाउनसमेत निर्देशन दिनुभयो ।

कार्यक्रममा बढुवा हुनुभएका प्रहरी अधिकृतलाई उहाँले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा बढुवा हुनुभएका एआईजी ईश्वर कार्कीले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूर्ण व्यावसायिक निष्ठा र इमानदारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति रहेको थियो ।

इयूले युक्रेनलाई हरेक कदममा सहयोग गर्ने इयू प्रमुख भोन डेर लेयेनको भनाइ

न्यायपूर्ण र स्थायी शान्ति नभएसम्म युरोपेली सङ्घ (इयू) ले युक्रेनलाई समर्थन गरिरहने र रूसलाई दबाब दिइरहने प्रतिबद्धता व्यक्त गरेको छ । युक्रेन इयूको एक सहयोगी राष्ट्र भएकोले उसको सहयोगमा इयूले कुनै कमी नगर्ने इयू प्रमुख उर्सुला भोन डेर लेयनले बुधबार बताउनुभएको हो ।

भोन डेर लेयनले इयूका सांसदहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “म सुरुदेखि नै स्पष्ट हुन चाहन्छु । युरोप युक्रेनको साथमा उभिनेछ र युक्रेनलाई हरेक कदममा समर्थन गर्नेछ ।”

संयुक्त राज्य अमेरिकाले लडाई अन्त्य गर्ने रूसको मागप्रति भारी झुकाव भएको योजना बनाएपछि युरोपले किएभलाई किनारा लगाउन र आफ्नो प्रभाव बलियो बनाउन संघर्ष गरिरहेको छ ।

युरोपेली आयोगका अध्यक्षले सम्भावित समाधानका लागि आधार तयार पार्न अमेरिकी योजनालाई परिष्कृत गर्न धेरै दिनको वार्ता सुरु भएको बताउनुभयो । रूसले युद्ध रोक्न चाहेको कुनै सङ्केत नदेखाएको उहाँले चेतावनी दिनुभयो ।

“स्थिति अस्थिर र खतरनाक छ । तर मलाई विश्वास छ यहाँ युद्धविराम र शान्तिका लागि वास्तविक प्रगति गर्ने अवसर पनि छ,” उहाँले भन्नुभयो ।

संयुक्त राज्य अमेरिकाले लडाई रोक्न आफ्नो प्रयास तीव्र पारेको छ । युद्धमा प्रमुख सहयोगी रहँदै आएको अमेरिकाले आगामी दिनमा युक्रेनलाई सहयोग गर्न अनिच्छुक देखिएपछि इयूले किएभको लागि १४० अर्ब युरो (१६२ अर्ब डलर) को विशाल ऋण कोषको लागि रोक्का गरिएको रूसी सम्पत्ति प्रयोग गर्ने प्रस्तावमा विवाद भइरहेको छ ।

भोन डेर लेयनले भन्नुभयो, “सम्पत्तिको ठूलो हिस्सा राखिएको बेल्जियमले रोक्का रकम युक्रेनलाई दिने कुरामा सहमति नदिइरहेको समयमा इयूले ऋणको लागि कानुनी प्रस्ताव प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

“युरोपेली करदाताहरूले मात्र बिल तिर्ने बिषयमा धेरै स्पष्ट हुनको लागि म कुनै पनि परिदृश्य देख्दिन,” उहाँले भन्नुभयो । इयू नेताहरूले डिसेम्बरमा हुने शिखर सम्मेलनमा किएभलाई बचाउन महत्त्वपूर्ण देखिएको ऋण योजनालाई औपचारिक रूपमा अनुमोदन गर्नेमा इयूका अधिकारीहरूले विश्वास लिएका छन् ।

युरोपेली सङ्घका विदेश मन्त्रीहरूले बुधबार भिडियो कन्फरेन्समार्फत युक्रेनमा अमेरिकी धक्का र आफ्नो आवाज सुनाउने युरोपेली प्रयासबारे छलफल गरिरहेका छन् ।भोन डेर लेयनले भन्नुभयो, “भविष्यको शान्ति सम्झौताको योजना जेसुकै भए पनि कार्यान्वयनका लागि धेरै युरोपेली सङ्घ र नेटो साझेदारहरूबीच सहमति रहनेछ ।

“युक्रेन बिना युक्रेनको बारेमा केही पनि निष्कर्ष हुनेछैन र युरोप बिना युरोपको बारेमा केही पनि निर्णय गर्न सम्भव छैन भन्ने एउटा सिद्धान्त सवै सदस्य राष्ट्रले स्वीकार गरिएको कुरा हो,” उहाँले भन्नुभयो।

फर्जी उपाधि प्रयोग गरी पद प्राप्त गरेको आरोपमा चार प्राध्यापकविरुद्ध आरोपपत्र दायर

काठमाडौँ, १० मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यावारिधि (पिएचडी) उपाधि नपाइकन झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सह–परीक्षा नियन्त्रक बनेको आरोपमा त्रिविअन्तर्गतका चार प्राध्यापकविरुद्ध विशेष अदालत, काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, पूर्वाञ्चल, विराटनगरका सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंले उपाधि नपाइकन आफूलाई विद्यावारिधिधारीका रूपमा प्रस्तुत गरी पद तथा सुविधा प्राप्त गरेको आयोगको आरोप छ ।

सह–परीक्षा नियन्त्रक छनोट समितिका संयोजक प्रा डा जया लक्ष्मी प्रधान तथा सदस्य प्रा डा मोतिलाल शर्मा र प्रा डा मेघराज पोख्रेलले प्रसाईंसँग मिलेमतो गरी परीक्षा परिणाम गणनामा अनियमितता गरेको, मापदण्डविपरीत अङ्क प्रदान गरेको र झुटो विवरणका आधारमा नियुक्ति सिफारिस गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।

अनुसन्धानका क्रममा प्रसाईंले आवेदन दिने समयमा विद्यावारिधि उपाधि प्राप्त भएको भनी झुटो कागजात पेस गरेको, मौखिक परीक्षा रोकिएको अवस्थामा नै उपाधि प्राप्त भएको दाबी गरेको र सोही आधारमा अतिरिक्त अङ्क पाई अन्तिम नामावलीमा परेको पुष्टि भएको आयोगले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले २०८१ साउन १७ र २२ गते सो पदका लागि सूचना प्रकाशित गरेको थियो । त्यसअनुसार तीन सदस्यीय समितिले प्रसाईंलाई विद्यावारिधि शीर्षकको आठ अङ्क प्रदान गरी २०८१ मङ्सिर १९ गतेदेखि लागू हुने गरी नियुक्ति सिफारिस गरे पनि प्रस्तुत कागजातको आधिकारिकता जाँच नगरेको आयोगको निष्कर्ष छ ।

प्रसाईंले नपाएको ‘डा’ उपाधिको प्रयोग विभिन्न कागजात, नेमप्लेट, क्यालेन्डर तथा विदेश सेमिनारसम्बन्धी प्रमाणपत्रमा गरेको पाइएको आयोगले जनाएको छ । आयोगले समितिका संयोजक तथा सदस्यहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ तथा १९(२०) बमोजिम र प्रसाईंविरुद्ध दफा १६, १७(१०) र २४ बमोजिम सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

एनपीएल : विराटनगरको पहिलो हार, चितवन ४८ रनले विजयी

काठमाडौँ, १० मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले ब्रेक लगाएको छ । लगातार तीन खेल जितेको विराटनगर आज चौथो खेलमा चितवनसँग ४८ रनले पराजित भयो । जीतका लागि पाएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रनमा समेटियो ।

जसमा मर्चेन्ट डे लाङले सर्वाधिक ३९, प्रतिश जिसीले ३० रन जोडे पनि हार टार्न सकेनन् । चितवनका रञ्जित कुमारले ५, कमलसिंह ऐरीले २ विकेट लिए ।

यसअघि, त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनायो । जसमा रवी बोपराले अर्धशतक हिर्काउँदै ६५, सैफ अली जैवले ३२ र देव खनालले २८, कप्तान कुशल मल्लले अविजित २० रनको योगदान गरे । विराटनगरका कप्तान सन्दीप लामिछानेले २, मर्चेन्ट डे लाङले २, शुभम रञ्जनेले १ विकेट लिए ।

विशेषज्ञ चिकित्सक नहुँदा बेनी अस्पतालमा शल्यक्रिया सेवा बन्द

म्याग्दी – विशेषज्ञ चिकित्सक नहुँदा म्याग्दी सदरमुकामस्थित प्रादेशिक अस्पताल बेनीमा शल्यक्रिया सेवा बन्द भएको छ । ५० शय्या क्षमताको अस्पतालमा शल्यक्रिया विशेषज्ञ चिकित्सक नहुँदा ‘हाइड्रोसिल’, ‘एपेण्डिसाइटिस’ र ‘हर्निया’लगायतका सामान्य शल्यक्रियामार्फत गरिने सेवा बन्द भएको हो ।

विशेषज्ञ डा अशोक पन्त मङ्सिर १ गतेदेखि राजीनामा दिएर गएको र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले अर्का चिकित्सक पठाउन नसक्दा सेवा बन्द भएको हो । गत कात्तिक १५ गतेदेखि बन्द भएको शल्यक्रियामार्फत गरिने प्रसूति सेवा पनि अझै सूचारु भएको छैन् । अस्पतालको करार दरबन्दीमा कार्यरत चिकित्सक सरोज यादवले राजीनामा दिएपछि शल्यक्रियामार्फत गरिने प्रसूति सेवाका लागि बागलुङ र पोखरा जानुपर्ने बाध्यता सुरु भएको छ ।

प्रदेश सरकारले विषेशज्ञ चिकित्सक खटाउन ढिलाइ गर्दा शल्यक्रियामार्फत गरिने प्रसूति सेवाका लागि समय र रकम खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्था सिर्जना भएको बेनीका स्थानीय दिनेश ढुङ्गानाले गुनासो गर्नुभयो । सेवा बन्द हुँदा म्याग्दी, मुस्ताङ, पर्वतको जलजला, बागलुङको तमानखोला गाउँपालिकाका सर्वसाधारण मर्कामा परेका छन् । म्याग्दी १(क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले चिकित्सकको ब्यवस्थाका लागि स्वास्थ्यमन्त्री कृष्ण पाठकलाई ताकेता गरेको बताउनुभयो ।

“चिकित्सक खटाउन स्वास्थ्यमन्त्रीलाई दैनिकजसो फोन गरेर ताकेता गरेका छौँ,” उहाँले भन्नुभयो “एक दुई दिनमा चिकित्सक आउने प्रतिबद्धता जनाए पनि ढिलाइ भएको छ ।”

गत भदौदेखि बेनीलगायत गण्डकी प्रदेश सरकार मातहतका अस्पतालको व्यवस्थापन समिति नेतृत्वविहीन छ । सम्बन्धित जिल्लाको समन्वय समिति प्रमुख समितिको अध्यक्ष रहने कार्यविधि खारेज भएपछि अस्पताल नेतृत्वविहीन भएका हुन् ।

बेनी अस्पतालले अन्तरङ्ग र बहिरङ्गसहित हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । मेडिसिन, दन्तरोग, मनोसामाजिक विशेषज्ञ र ११ जना मेडिकल अधिकृत कार्यरत रहेका अस्पतालका निमित्त प्रमुख डा रामु सापकोटाले बताउनुभयो । वार्षिक ६० हजारभन्दा बढीले सेवा लिने बेनी अस्पतालको विसं २०७४ देखि सुरु भएको भवन निर्माणले पूर्णता नपाउनु र दरबन्दी अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु मुख्य चुनौती बनेको छ ।

चिनियाँ अन्तरिक्ष संस्थाद्वारा निजी क्षेत्र र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने योजना सार्वजनिक

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले आगामी दुई वर्षका लागि निजी अन्तरिक्ष क्षेत्रलाई प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यसहित विस्तृत योजना सार्वजनिक गरेको छ ।

कार्ययोजनामा निजी अन्तरिक्ष संस्थाहरूलाई विदेशी बजारमा प्रवेश गर्न र विकासोन्मुख देशहरूलाई उपग्रह प्रविधि निर्माणमा सहयोग गर्न आमन्त्रण गरिएको छ । संस्थाले निजी अन्तरिक्ष परियोजनाहरूलाई चीनको अन्तर्राष्ट्रिय सहकार्य कार्यक्रम भित्र समावेश गर्ने प्रतिवद्धता जनाएको छ ।

योजनाअनुसार, निजी क्षेत्रका लागि नागरिक नियन्त्रण, सञ्चार केन्द्र, डाटा सङ्कलन तथा परीक्षण क्षेत्रका साथै रकेट इञ्जिन परीक्षण स्थल र अन्तरिक्ष वातावरण अनुकरण गर्ने प्रयोगशाला उपलब्ध गराइनेछ ।

खुला प्रतिस्पर्धा मार्फत छानिएका निजी संस्थाहरूलाई उन्नत इन्धन प्रणाली, नयाँ पुस्ताका उपग्रह संरचना र उपकरण साथै सञ्चार, मार्गनिर्देशन र दूरदर्शन प्रबन्धजस्ता महत्वपूर्ण परियोजनामा सहभागी गराइनेछ ।

संस्थाले राष्ट्रिय निजी अन्तरिक्ष विकास कोष स्थापना गर्ने र सरकारी खरिद प्रक्रियामा उपग्रह, प्रक्षेपण स्थल समावेश गर्ने योजना पनि अघि सारेको छ ।स्थानीय सरकारहरूलाई पुनः प्रयोग गर्न मिल्ने रकेट र स्मार्ट उपग्रह सम्बन्धी प्रविधि केन्द्र स्थापना गर्न साथै परीक्षणका लागि खुला मंच निर्माण गर्न निर्देशन दिइएको छ ।

योजनामा निजी प्रक्षेपण स्थल निर्माण, अन्तरिक्ष मापदण्ड एकीकरण, र अन्तरिक्ष फोहोर सम्बन्धी जानकारी निजी क्षेत्रका लागि खुला गर्ने व्यवस्था समेत समावेश गरिएको छ । यसले निजी अन्तरिक्ष यानका लागि टक्कर चेतावनी प्रणालीलाई प्रभावकारी बनाउनेछ ।

निजी संस्थाहरूलाई अन्तरिक्ष स्रोत उपयोग, कक्षमा मर्मत सेवा, फोहोर हटाउने प्रविधि, अन्तरिक्ष पर्यटन र अन्तरिक्षमै जैविक उत्पादन जस्ता क्षेत्रमा अगाडि बढ्न प्रोत्साहित गरिएको छ ।

यस कार्ययोजनाको लक्ष्य सन् २०२७ सम्म निजी अन्तरिक्ष क्षेत्रको उच्चस्तरीय विकास सुनिश्चित गर्नु हो । साथै, चीनको १५औँ पञ्चवर्षीय योजना (सन् २०२६/२०३०) मा अन्तरिक्ष क्षेत्रलाई रणनीतिक उदीयमान उद्योगको रूपमा उल्लेख गरिएको छ ।

निर्वाचनका लागि दलले निवदेन दिने समय चार दिन थपियो

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले निवेदन दिने समय चार दिन थप्ने निर्णय गरेको छ ।

यसअघिको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि आजसम्मका लागि सो समय दिइएकामा विभिन्न पक्षको आग्रहमा आयोगको आजको बैठकले चार समय थप्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आयोगमा दर्ता कायम रहेका ठूलालगायत नयाँ–पुराना अधिकांश दलले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रयोजनका लागि निवेदन दिइसकेका छन् । आयोगका हाल दर्ता कायम रहेका १३२ दलमध्ये ८० दलले निर्वाचनमा भाग लिन निवेदन दिइसकेका छन् । यो निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फमा उम्मेदवारको मनोनयन आगामी माघ ६ गते हुने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा निर्वाचनको मिति आउन अब ९९ दिन बाँकी रहेको छ ।

यसैगरी आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पनि सँगसँगै गरेको छ ।

निजी क्षेत्रसँग सहकार्य अत्यावश्यक छ : मुख्यमन्त्री शाह

लम्की (कैलाली) – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको आर्थिक तथा पूर्वाधार विकासलाई गति दिन निजी क्षेत्रको साथ र सहकार्य अत्यावश्यक रहेको बताउनुभएको छ ।

आज ‘सम्मुनत लम्कीचुहाको आधार– कृषि, शिक्षा, पर्यटन, उद्योग र व्यापार’ भन्ने नारासहित सुरु भएको लम्की महोत्सव–२०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकार निजी क्षेत्रसँगको सहकार्यमार्फत नीतिगत तथा कानुनी सुधारका काममा अघि बढ्न तयार रहेको स्पष्ट पार्नुभयो ।

“निजी क्षेत्रसँग सहकार्य गर्दै कानुनी अवरोध हटाउने प्रतिबद्धता गर्दछु,” उहाँले भन्नुभयो, “लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारले निजी क्षेत्र, उद्योग वाणिज्य सङ्घ, दातृ निकाय र विकास साझेदारसँग निरन्तर संवाद गर्दै आएको छ ।” उहाँले प्रदेशमा विद्यमान कानुनी अवरोध, प्रक्रिया र नियमहरूको समीक्षा तथा संशोधनमार्फत समस्या समाधान गर्दै जाने विश्वास दिलाउनुभयो ।

सुदूरपश्चिममा राष्ट्रिय तथा अन्तरराष्ट्रिय लगानी आकर्षित गर्न लगानी सम्मेलन–२०८२ तयारीको सन्दर्भ उल्लेख गर्दै मुख्यमन्त्री शाहले सम्भावित लगानीकर्तासँग अन्तरक्रिया भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनले प्रदेशको सम्भाव्यता, स्रोत–साधन र अवसरलाई व्यापक रूपमा प्रस्तुत गर्नेछ ।