`

सभामुख अर्यालद्वारा साङ्केतिक भाषा सेवा र इ–हाजिरी प्रणालीको अवलोकन

Nepal One HD २५ वैशाख २०८३ १९:४९
राजनीति

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सङ्घीय संसद् भवनमा सुरुवात गर्न लागिएको साङ्केतिक भाषा सेवा, इ–हाजिरी प्रणालीलगायतका व्यवस्थाको अवलोकन गर्नुभएको छ ।

उक्त अवसरमा उपसभामुख रुवीकुमारी र सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेकोसमेत उपस्थिति थियो ।

समावेशी, प्रविधिमैत्री तथा प्रभावकारी संसदीय अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्यले सुरु गर्न लागिएका यी सेवाहरूले संसद्को कार्यसम्पादनलाई अझ सहज, पहुँचयोग्य र व्यवस्थित बनाउने विश्वास लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *