`

बिवाहित र अबिवाहित महिलाको सौन्दर्य प्रतियोगीता मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५ सम्पन्न

काठमाडौं । बिवाहित र अबिवाहित महिलाहरु बिचको सौन्दर्य प्रतियोगीता मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५ सम्पन्न भएको छ । आइतबार साँझ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरको हलमा आयोजीत फिनालेबाट चारजना बिजेता छानियो । जसमा अबिवाहित अर्थात मिस रोयल ग्लोबल क्विन नेपाल २०२५ तर्फ दिपा क्षेत्री बिजेता बनिन् भने मेरिता पोखरेल फस्र्ट रनरअप बन्न सफल भइन् ।

यस्तै बिवाहित अर्थात मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५ तर्फ सारिका बुढा बिजेता बन्न सफल भइन् भने सिर्जना राई फस्र्ट रनरअप बनिन् । आयोजक शाह स्टुडियो एण्ड कम्पनी प्रा।ली।का अध्यक्ष मोनु शाहले चारैजना बिजेताहरुले नेपाललाई प्रतिनिधित्व गर्दै मलेसिया र मुम्बईमा हुने प्रतिस्पर्धामा सहभागीता जनाउन पाउने जानकारी दिए ।

शाहका अनुसार मिस तर्फकी बिजेता दिपा र मिसेस तर्फकी बिजेता सारिकाले मलेसियामा प्रतिनिधित्व गर्न पाउनेछन् भने मिस तर्फकी फस्र्ट रनरअप मेरिता र मिसेस तर्फकी फस्र्ट रनरअप सिर्जनाले मुम्बईमा प्रतिनिधित्व गर्न पाउनेछन् । उनीहरु मलेसिया र मुम्बई जाने तालिका आउन बाँकी रहेको र दुईमहिना भित्रमा पुगिसक्ने जानकारी गराइयो ।

मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५का बिजेताहरुले आफूहरुमा आत्मबल बढेको बताए । सुरुमा आफूहरुलाई सामुहिक रुपमा बस्दा कन्फिडेन्ट नहुने समस्या धेरै भएको तर अहिले यस प्रतियोगीतामा आइसकेपछि धेरै कुरामा कन्फिडेन्ट बढेर आएको बताएका थिए ।

डेनमार्कमा नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने

डेनमार्कमा सन् २०२५ को मे महिनामा बिक्री भएका नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने सवारी रहेका छन्। यो तथ्यांकले हरित यातायातप्रतिको जनचासो बलियो रहेको देखाएको छ, यद्यपि आगामी कर प्रणालीबारे अनिश्चितता रहेको जनाइएको छ।

‘मोबिलिटी डेनमार्क’ नामक यातायात सम्बन्धी संस्थाले आइतबार सार्वजनिक गरेको विवरणअनुसार, मे महिनामा डेनमार्कमा १७ हजार ९५३ वटा नयाँ यात्रुवाहक सवारी दर्ता गरिए, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा २३.३ प्रतिशतले बढी हो। तीमध्ये ६१ प्रतिशत सवारीहरू विद्युतबाट सञ्चालन हुने रहेका थिए। निजी खरिदकर्ताहरूमा विद्युत सवारीको अनुपात अझै उच्च रहेको बताइएको छ।

संस्थाका प्रमुख म्याड्स रोर्विगले भन्नुभयो, “जनतामा नयाँ प्रविधिप्रतिको रुचि, विशेषगरी हरित प्रविधिप्रति आकर्षण रहेको देखिएको छ। तर आगामी समयको कर व्यवस्था कस्तो हुने भन्ने स्पष्ट नभएकाले ग्राहकहरू निर्णय लिन हिचकिचाइरहेका छन्।”

हालको बिक्री वृद्धि मुख्यतया अघिल्लो महिनाहरूमा गरिएको अर्डरको परिणाम रहेको जनाइएको छ। अहिले करसम्बन्धी अन्योलले ग्राहकहरूलाई सवारी खरिदमा रोकिरहेको बताइएको छ।

यसैबीच, डेनमार्कको कर मन्त्रालयले हालै घोषणा गरेको छ कि सन् २०२५ को अन्त्यसम्म सवारी कर नबढाइनेछ र ग्रीष्म अवकाशअघि राजनीतिक दलहरूसँग छलफल गरिनेछ। यस घोषणाले बजारमा केही स्थिरता ल्याउने अपेक्षा गरिएको छ।

मे महिनामा सबैभन्दा धेरै बिक्री भएको सवारी स्कोडा एलरोक हो, जसको १ हजार ४५७ वटा बिक्री भएको थियो। अन्य लोकप्रिय मोडेलहरूमा भोल्क्सवागन आईडी. ४, टेस्ला मोडल वाइ, र भोल्क्सवागन टी-रोक रहेका छन्।

डेनमार्कको अहिलेको सवारी कर प्रणालीले शून्य प्रदूषण गर्ने सवारीहरूलाई विशेष छुट दिएको छ। यस्तो सवारी सन् २०२५ भित्र दर्ता गरिएमा निर्धारण गरिएको करमध्ये केवल ४० प्रतिशत मात्र तिर्नुपर्ने व्यवस्था छ। यो छुट क्रमशः घट्दै सन् २०३५ मा पूरै कर लाग्ने व्यवस्था गरिएको छ।

त्यस्तै, शून्य प्रदूषण गर्ने सवारीमा कर गणनाका क्रममा १ लाख ६५ हजार डेनिस मुद्रा बराबरको छुट पनि दिइन्छ।विशेषज्ञहरूका अनुसार डेनमार्कको कर नीतिले पछिल्ला वर्षहरूमा विद्युत सवारीप्रति आम नागरिकलाई आकर्षित गराउन ठूलो भूमिका खेलेको छ। आगामी कर नीतिमा गरिने परिवर्तनहरूले आम उपभोक्ता र सवारी उत्पादक दुवैका लागि गहिरो प्रभाव पार्ने अनुमान गरिएको छ।

बागमती प्रदेशसभाबाट दुई विधेयक पारित

मकवानपुर, १९ जेठः बागमती प्रदेशसभाको आज बैठकले दुई वटा विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ । बैठकले प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८२ र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।

बैठकमा उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले सो विधेयकहरुलाई पारित गरियोस् भने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामुख भुवनकुमार पाठकले ती विधेयकलाई निर्णयार्थ प्रस्तुत गदाई सभाले सर्वसम्मतिले पारित गरेको घोषणा गर्नुभयो ।

विधेयक पारित हुनुअघि मन्त्री तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ को सम्बन्धमा उद्योग, पर्यटन तथा वातावरण समितिले तयार गरेको प्रतिवेदनमाथि छलफल गरियोस् भने प्रस्ताव पेस गर्नुभएको थियो ।

यसैगरी उहाँले प्रादेशिक व्यापार तथा व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ को सम्बन्धमा उद्योग, पर्यटन तथा वातावरण समितिले तयार गरेको प्रतिवेदनमाथि छलफल गरियोस् भने प्रस्तावसमेत प्रस्तुत गर्नुभएको थियो ।

कोटिहोममा गुरुङ समुदायको पोसाकमा भागवत मञ्जरी राधिका दासी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासी गुरुङ समुदायको पोसाकमा देखिएकी छन् ।

कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ समुदायको पोसाकमा कथा वाचन गरिन् । आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले गुरुङ समुदायको पहिरनमा रहेर कथा वाचन गरेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

कुनै जात विशेष, कुनै धर्म विशेष, कुनै सम्प्रदाय विशेष नभएर नेपाल भित्र रहेका धार्मिक सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउने उद्देश्य कोटिहोमको रहेको छ । जसको उदाहरण आज कोटिहोममा भागवत मञ्जरी राधिका दासीले प्रस्तुत गरेकी थिइन् । उनी मखमल र भेल भेटको चोलो, घलेक, कटनको लुङ्गी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरी लगाएर पाण्डलमा आएका थिइन् ।

काठमाडौँबाट कोटिहोम दर्शन गर्न आएकी प्रतिनिधि सभा सदस्य पूर्व स्वास्थ्य राज्य मन्त्री डा.तोसिमा कार्कीले कोटिहोम र महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको खुलेरै प्रशंसा गरिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय नेता समेत रहेकी उनले पोखरा आफैमा पर्यटकीय राजधानी भएकोले यो कोटिहोमले धार्मिक पर्यटन भित्र्याउन ठुलो मद्दत मिल्ने बताइन् । उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्र देखि जिल्ला तहका नेताले कोटिहोम दर्शन गरेका थिए ।
कोटिहोममा सविता खत्री क्षेत्री पोखरा–१७ बाट २५ हजार, निलम गुरुङ सपरिवार पोखरा–१७ बाट २५ हजार ५, राम बहादुर खाँड ठकुरी पोखरा–८ बाट २५ हजार १ सय ५५, अनिता कुमारी शर्मा पोख्रेल पोखरा–१७ बाट २५ हजार, शोभा महत पोखरा–८ बाट २५ हजार ६ सय ५, झपटबहादुर केसी, देवका केसी तनहुँबाट १० हजार २ सय १०, डिल्लीराम अधिकारी माछापुच्छे–४ बाट २५ हजार, मानव मिलन नारी जागरण नेपाल पोखराबाट २५ हजार १ सय, हरिराज कोइराला पोखरा–६ बाट २५ हजार १ सय ५, हरिराम देवकोटा पोखरा–१७ बाट २५ हजार १ सय ५, नारी परोपकार केन्द्र पोखरा–८ बाट २५ हजार १ सय १५, भवानी आमा समूह पोखरा–८ बाट २७ हजार ५ सय ५५, चन्द्र सुर्य टोल विकास संस्था पोखरा–१७ बाट २५ हजार १ सय, रमेश राज भुसाल काठमाण्डौं बाट १५ हजार ५ सय ५५, शिखतानी चेलीबेटी पोखरा–११ बाट २८ हजार ५५ सहयोग प्राप्त भएको छ ।

महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार महायज्ञ उत्तरार्ध तर्फ आउँदै गर्दा पनि भक्तजनको उपस्थिति दिनहुँ बढ्दो छ । यति वेला गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन बन्द भए पनि भक्तजनको उपस्थिति भने घटेको छैन ।

सुरुको अवस्थामा केही विरोधका आवाज आए पनि कोटिहोममा भक्तजनको उपस्थिति देखेर धेरैले सामाजिक सञ्जालमा कोटिहोमको खुलेरै तारिफ गर्ने गरेको प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए । कोटिहोममा लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमाल र चर्चित लोक दोहोरी गायिका टिका सानुले भजन प्रस्तुत गरी भक्तजन र अतिथिलाई छमछम नचाएका थिए ।

कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्नेछिन् । देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ ।

अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं। दिनबन्धु पोखरेललगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान जारी छ ।

कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् ९हरिवंश पुराण०, कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ ९चण्डी पाठ० जारी छ ।

साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर–परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

जनजातिहरूको विकासका लागि गम्भीर हुन राष्ट्रिय प्रतिष्ठानलाई मन्त्री गुप्ताको निर्देशन

काठमाडौँ, १९ जेठः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले देशको करिब ३७ प्रतिशत जनसङ्ख्या ओगटेका आदिवासी जनजातिको विकास र उत्थानको विषयमा गम्भीर भएर पहलकदमी लिन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई निर्देशन दिनुभएको छ । प्रतिष्ठानको २५औँ सञ्चालक परिषद्को बैठकमा आज मन्त्री गुप्ताले नेपालमा आदिवासी जनजाति सूचीकरणको विषय निकै जटिल र पेचिलो भएको बताउनुभयो ।

हुम्लो समुदायलाई आदिवासी जनजातिभित्र सूचीकृत गर्ने विषय लामो समयदेखि छलफलमा रहेको सुनिएको भन्दै मन्त्री गुप्ताले सूचीकरणका लागि प्रतिष्ठानबाट आवश्यक कागजात प्राप्त भए मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेस गरिने बताउनुभयो ।

प्रतिष्ठानको कार्यालय सञ्चालनका लागि हालसम्म आफ्नो भवन नहुँदा कामकाजमा समस्या भइरहेको गुनासोमा मन्त्री गुप्ताले प्रतिष्ठानको आफ्नै भवन निर्माणका लागि आवश्यक पहल गर्ने विश्वास दिलाउनुभयो ।

प्रतिष्ठानका सह–अध्यक्षसमेत रहनुभएका मन्त्री गुप्ताले कर्मचारीको आवश्यक वृत्तिविकाससँग जोडिएको नियमावली र विनियमावली संशोधनका लागि अध्ययन गरी पेस गर्न मन्त्रालयका सम्बद्ध अधिकारीलाई निर्नेशन दिनुभयो ।
बैठक मङ्गलबार सम्पन्न हुने परिषद्ले जनाएको छ ।

प्रमुख तीन दलको बैठक: संसद्को गत्यावरोध अन्त्यका लागि प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १९ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको गत्यावरोध अन्त्य गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा उहाँले संसद्को बैठक सञ्चालन गर्नुपर्ने विषयमा आफ्नो धारणा राख्नुभएको नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

“सत्तापक्षका तर्फबाट सदन खोल्नुपर्छ भन्ने आयो, प्रधानमन्त्रीले पनि यो विषय राख्नुभयो । गृहमन्त्रीलगायतले पनि राजिनामा होइन, संसद् खोलेर अघि बढनुपर्छ भन्ने कुरा राख्नुभयो”, प्रमुख सचेतक पाण्डेले भन्नुभयो, “हामीले सुशासनको विषय महत्वपूर्ण हो भनेका छौँ । अरु नयाँ कुरा केही भएन, दलबीच छलफल गर्दै जाआँै भन्ने भएको छ ।”

प्रमुख सचेतक पाण्डेले आफूहरूले राख्दै आएको विषयवस्तु यथावत नै रहेको जनाउँदै ‘भिजिट भिसा’का विषयमा उठेको प्रश्नलाई छानबिन र अनुसन्धान गर्न गृहमन्त्रीले सहयोग गर्नुपर्ने मत राखेको बताउनुभयो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेता सहभागी हुनुहुन्थ्यो ।

महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा थाइल्यान्डसँग नेपाल पराजित भएको छ । थाइल्यान्डको पथुम थानीस्थित थम्मासत रङ्गशालामा सोमबार खेलमा घरेलु टोली थाइल्यान्डसँग नेपाल २–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफमा थाइल्यान्डले दुई गोल गर्यो ।

खेलको ५९औँ मिनेटमा थाइल्यान्डले पहिलो गोल गर्यो । थाइल्यान्डकी चात्चावान रोडथोङले करिब ३५ यार्डबाट प्रहार गरेको बलले जाली चुमेको थियो । त्यसैगरी खेलको ७४औँ मिनेटमा दोस्रो गोल गर्यो ।

थाइल्यान्डकी कप्तान जिरापुरन मोङकोल्डीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः नेपाल थाईल्यान्डसँग २–० गोलअन्तरले पराजित भयो । यसअघि शुक्रबार भएको खेलमा पनि नेपाल थाइल्यान्डसँग १–० गोलअन्तरले पराजित भएको थियो ।

थम्मासत रङ्गशालामा विद्युतीय समस्या देखिएका कारण खेल निर्धारित समयभन्दा ३० मिनेट ढिला सञ्चालन भएको थियो । उक्त खेल नेपाली समयअनुसार ४ः४५ बजे सुरु हुने तालिका थियो ।

उज्वेकिस्तानमा हुने महिला एसियन कप छनोटको तयारी स्वरुप नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेलेको हो । महिला एसियन कप फुटबल यही जुन २९ तारिखदेखि हुँदैछ । एसिनय कप छनोटमा नेपाली महिला टोली समूह एफमा परेको छ । नेपालको समूहमा आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंका छन् ।

स्कटल्यान्डले नेपाललाई दियो २९७ रनको लक्ष्य

काठमाडौँ, १९ जेठः आइसिसी विश्वकप लिग–२ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि २९७ रनको लक्ष्य दिएको छ ।

स्कटल्याण्डका डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रनको योगफल बनायो । स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ८० रन बनाएका हुन् ।

त्यसैगरी फेन्ली म्याक्रिथले ६७ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५५ रन जोडे । कप्तान रिची बेरिङ्टन ४६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रनमा आउट भए ।

यसैगरी म्याथ्यु क्रस ५६ बलमा ३ चौकाको सहयोगमा ३९ रनमा आउट भए । माइकल लिस्क १५ बलमा १८ रन जोड्दै आउट भए । ब्रेण्डन मक्कमुलनले ३१ बलमा २ चौकाको सहयोगमा १९ रन जोडे । त्यस्तै ओपनर जर्ज मुन्सी १२ रनमा आउट भए

नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान दुई÷दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

खानेपानीका आयोजना निर्माणमा ढिला सुस्ति गर्नेलाई उन्मुक्ति दिइने छैन : मन्त्री यादव

ईलाम । खानेपानी मन्त्री प्रदीप यादवले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताएका छन् ।

सोमबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, ईलाम अन्तर्गत कन्याम–पञ्चकन्या खानेपानी योजना सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले खानेपानी जस्तो अत्यावश्यक सेवामा ढिलासुस्तीको कुनै बहाना स्वीकार्य नगरिने र तोकिएको समयमा आयोजना सम्पन्न नगर्ने ठेकेदारविरुद्ध कानुनी दायरामा ल्याइने बताए ।

उनले भने, ‘खानेपानी जस्तो अत्यावश्यक चिजलाई ढिला सुस्ति गर्ने कार्य किमार्थ स्वीकार्य छैन् । खानेपानीका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नु पर्छ । अब सहेर बसिदैन, कानुनी दायरामा ल्याइने छ ।’

यसैगरी मन्त्री यादवले निर्माण व्यवसायीहरूले विभिन्न बाहना बनाएर खानेपानीका आयोजनाहरुमा काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको गुनासो सुन्नमा आएकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरिने जानकारी गराए ।

उनले भने, ‘कन्याम–पञ्चकन्या खानेपानी योजनाको समस्या समाधानका लागि म मन्त्री स्वयंम यहाँ आएको छु । आज यहाँको समस्या समाधानको बाटो निकाल्नु पर्छ । कि ठेकेदारले काम गर्नु पर्छ, यात अब ठेक्क रद्द गर्नुपर्छ ।’

यस्तै उनले नागरिकलाई सुरक्षित, स्वच्छ एवं शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा रहेका सबै खानेपानी आयोजनाहरुमा नतिजा देखिने गरी समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्री यादवले खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कडा कारवाही गर्ने संकेत गर्नुका साथै खानेपानीका क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता समेत जनाए ।

उक्त कार्यक्रममा सुर्योदय नगरपालिका, फिक्कल ईलामका नगर प्रमुख रणबहादुर राई उपप्रमुख दुर्गाकुमार बराल, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, कर्मचारी, स्थानीयवासी लगायतको सहभागीता रहेको थियो ।

नेपाल सरकारले आधारभुत स्तरको खानेपानी सेवा जनताको पहुँचमा पुर्याउने उदेश्यले आर्थिक वर्ष २०६८,६९ देखि खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत जलवायु अनुकुलित वृहत खानेपानी आयोजना तर्जुमा गरेको र सोही आयोजना अन्तर्गत कन्याम पञ्चकन्या खानेपानी आयोजना स्थल सुर्योदय नगरपालिका–३, ६–८, १०–१४, ईलाम नगरपालिका–१० र रोङ गाँउपालिका–३ मा पर्नेगरेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, ईलामले जनाएको छ ।

लोकप्रियभन्दा पनि यथार्थपरक बजेट बनाउने कोशिस गरेको छु :अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२, ८३ को बजेटला लोकप्रियभन्दा पनि यथार्थपरक बनाउने कोशिस गरेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित बजेटपछिको छलफल कार्यक्रममा उनले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउछ भन्ने एउटा मानक बनेको भन्दै यसपटकको बजेटलाई यथार्थपरक बनाउने प्रयास गरेको बताए ।

उनले भने, ‘एमालेको नेतृत्वको सरकार होस अथवा एमाले पृष्ठभूमिको अर्थमन्त्री होस त्यसले लोकप्रिय र राम्रो बजेट ल्याउछ भन्ने एउटा मानक बनेको छ । यसपटक मैले लोकप्रियताको खोजीभन्दा पनि यथार्थपरक बजेट बनाउने कोशिस गरेको छु । मैले लोकप्रिय हुनु पर्छ, के गर्दा भइएला, कस्तो कार्यक्रमको छनोट गर्दा लोकप्रिय भइएला भन्ने कुरामा होईन के गर्दा अनुशासित भइएला, स्रोत व्यवस्थापन गर्न सकिएला, प्रभावकारी तरिकाले खर्च व्यवस्थापन गर्न सकिएला भन्ने तर्फ बढि केन्द्रीत भएको छु ।’
यस्तै, उनले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले बजेट बनाउदा लोकप्रिय मात्र होईन, अनुशासित बजेट पनि बनाउन सक्छ भन्ने कुरा स्थापित गर्ने तर्फ पनि बढि केन्द्रीत भएको बताए ।

बजेट निर्माण गर्दा अनुशासनमा बस्नु पर्ने, मुलुकको वित्तिय अवस्थालाई राम्रो तरिकाले हेर्नुपर्ने, स्रोत व्यवस्थापन गर्नुपर्ने जस्ता जिम्मेवारीहरु भएको भन्दै सोही जिम्मेवारी र सिमाभित्रबाट बजेट निर्माण गर्ने कोशिस गरेको पनि उनको भनाई छ ।

उनले भने, ‘आर्थिक वर्ष २०८२, ८३ को बजेटप्रति आएका सबै धारणाको सम्मान गर्न चाहान्छु । आलोचना र बजेटको पक्षमा आएको विचार दुवैप्रति मेरो सम्मान छ । बजेट निर्माण गर्दा अर्थमन्त्री अनुशासनमा बस्नु पर्ने, मुलुकको वित्तिय अवस्थालाई राम्रो तरिकाले हेर्नुपर्ने, सिमाहरुलाई ख्याल गर्नुपर्ने, स्रोत व्यवस्थापन गर्नुपर्ने र त्यो स्रोतलाई प्राथमिकताको आधारमा अधिक प्रतिफलयुक्त तरिकाले खर्च गर्ने कुरा तय गर्नुपर्ने जिम्मेवारीहरु थिए र सोही जिम्मेवारी र सिमाभित्रबाट मैले बजेट निर्माण गर्ने कोशिस गरेको हो ।’

नयाँ बनाउनुभन्दा भएकै स्वास्थ्य संस्थाको क्षमता विस्तार गरेर सञ्चालन गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, १९ जेठः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नयाँ अस्पताल निर्माण गर्नुभन्दा भएकै स्वास्थ्य संस्थाको क्षमता विस्तार गरेर सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । मानवअधिकार तथा शान्ति समाजको २९औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित ‘वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाः आधारभूत अधिकार’ विषयक नागरिक संवाद कार्यक्रममा उहाँले ठूला अस्पतालमै पनि उपकरण र जनशक्ति अभाव रहेको भन्दै भएकै स्वास्थ्य संस्थाको स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन सके राम्रो हुने धारणा राख्नुभएको हो ।

मन्त्री पौडेलले सबै घरपरिवारलाई स्वास्थ्य बिमाको दायरामा ल्याइ त्यसैबाट उपचार गर्ने व्यवस्था मिलाउन प्रयासरत बताउनुभयो । उहाँले गर्छु भनेका कतिपय काम स्रोत सुनिश्चितताको अभावले पनि पूरा गर्न जटिल भइरहेको बताउनुभयो । “अनेक प्रयासका बावजुद स्वास्थ्य क्षेत्रमा बजेट बढेर त आएको छ तर यो पर्याप्त छैन । कुल बजेटको पाँच प्रतिशत पनि पुगेको छैन । स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा पर्नुपर्छ । राज्यले आफ्नो दायित्वबाट विमुख हुनुभएन”, मन्त्री पौडेलले भन्नुभयो ।

शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षामा लगानी नै समान रूपमा हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षक र विद्यार्थीको अनुपात मिलेको छैन । कतै भवन छ, विद्यार्थी छैनन् । कर्णाली र मधेस प्रदेशमा शिक्षामा पर्याप्त लगानी हुनसकेको छैन । गुणस्तरीय शिक्षाका लागि लगानी आवश्यक छ ।”

मानवअधिकार तथा शान्ति समाजका सभापति कृष्ण पहाडीले शिक्षा र स्वास्थ्यबारे देशभर बहस र पैरवी गरिरहेको बताउनुभयो । शान्ति समाजले वैज्ञानिक शिक्षा र स्वास्थ्यमा जोड दिएको भन्दै उहाँले विशेषगरी कर्णाली प्रदेशमा सरकारको ध्यान पुग्नुपर्ने धारणा राख्नुभयो ।

सभापति पहाडीले मानवअधिकार, शान्ति एवं जलवायु शिक्षा प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश गर्नुपर्ने, निःशुल्क आधारभूत स्वास्थ्य सेवामा समतामुलक पहुँच हुनुपर्ने माग गर्नुभयो ।

वामपन्थी एकतासहित समाजवाद कार्यान्वयनमा जोड

काठमाडौँ, १९ जेठः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुराना कम्युनिष्ट नेता एवं नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहसँग भेटवार्ता गर्नुभएको छ । वनस्थलीस्थित सिंहको निवासमा आज भएको वार्तामा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र वामपन्थी एकताका विषयमा छलफल भएको हो ।

भेटघाटका क्रममा उहाँहरूबीच यथास्थितिवाद, पुनःरुत्थानवाद र वामपन्थी आन्दोलनभित्र प्रकट भइरहेका अवसरवादी चरित्रले कम्युनिष्टमा आएको विचलनलाई न्यूनीकरण गर्ने, कम्युनिष्ट सिद्धान्त तथा सोही आदर्शलाई जीवन पद्धति बनाएका निष्ठावान् नेताहरुलाई एकताबद्ध गरी वामपन्थी आन्दोलनलाई ध्रुवीकरण गर्ने, भ्रष्टाचार अन्त्य तथा सुशासन कायम गरी देश विकास गर्नुपर्नेलगायत विषयमा छलफल गरिएको पूर्वप्रधानमन्त्री खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

सम्मानित नेता खनालले समाजमा विद्यमान शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समस्या समाधान गर्न वामपन्थी शक्तिबीच एकताको खाँचो औँल्याउनुभयो ।

महामन्त्री सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिएको लामो समयसम्म जनताको आर्थिक तथा सामाजिक रुपान्तरण हुन नसकेकाले समाजवादको कार्यान्वयन महत्त्वपूर्ण हुने बताउनुभयो ।

पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ, १९ जेठः सन् २०२५ का पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार जनवरीदेखि मे महिनासम्म कूल पाँच लाख एक हजार २६४ पर्यटक नेपाल आएका हुन् । मेमा मात्रै ८६ हजार २१६ विदेशी पर्यटक नेपाल आएका छन् । यस्तै, जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ८०० र अप्रिल महिनामा एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

मे महिनामा सबैभन्दा बढी भारतबाट २८ हजार एक सय ६०, अमेरिकाबाट नौ हजार ७४, चीनबाट आठ हजार ८२४, बङ्गलादेशबाट चार हजार २८०, संयुक्त अधिराज्य बेलायतबाट तीन हजार ४७३ पर्यटक नेपाल भित्रिएका छन् ।

बोर्डका अनुसार मेमा दक्षिण एसियाली मुलुकबाट ३४ हजार ३५०, एसिया र अन्य मुलुकबाट १८ हजार ६९ पर्यटक नेपाल आएका छन् । युरोपबाट १३ हजार ३३० र मध्यपूर्वी मुलुकबाट एक हजार ५१५ पर्यटक भित्रिएका छन् । अघिल्लो वर्ष सन् २०२४ को सोही महिनाको तुलनामा ९५ दशमलव छ प्रतिशतबढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ को तुलनामा १११ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ ।

यस वर्षको मनसुन सुरु भएसँगै सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

सिमकोट, (हुम्ला), १९ जेठ : यहाँस्थित जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै यस वर्षको मनसुन सुरु भएसँगै जिल्लावासीलाई सतर्क र सुरक्षित रहन आग्रह गरेको छ ।

मनसुन सक्रिय भएसँगै वर्षाका कारण जिल्लाभर बाढी, पहिरो र डुबानलगायत विपद् जोखिमका घटना घट्न सक्ने जनाउँदै जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो  । जल तथा मौसम विज्ञान विभागद्वारा प्राप्त जानकारीअनुसार हुम्लासहित कर्णाली र सुदूरपश्चिम प्रदेशभर भारी वर्षाको सम्भावना छ । त्यसैले बाढी पहिरोको उच्च जोखिम रहेकाले सुरक्षित रहन र विशेष सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।

सम्भावित जोखिम तथा धनजनको क्षति रोक्न र खोज, उद्धार तथा राहत सामग्री वितरण प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकाय तयारी अवस्थामा रहेको जिप्रका हुम्लाले जनाएको छ ।

स्थानीय तहहरूलाई विपद्को समयमा आफूसँग भएको स्रोतसाधन तयारी अवस्थामा राखी आवश्यकताअनुसार आम नागरिकलाई सतर्कता अपनाउन पहल गर्न समेत प्रशासनले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनका कारण यस वर्ष चार लाख ५० हजार बढी घरपरिवार, करिब २० लाख व्यक्ति प्रभावित हुने अनुमान गरिएको छ । हुम्लामा मनसुन सुरु नहुँदै ठूलो क्षति भएका कारण उच्च सतर्क अपनाउन आग्रह गरिएको हो ।

यातायात व्यवसायी र सरकारले बनायो वार्ता टोली, वन्द फिर्ता लिन आग्रह

काठमाडौं । सार्वजनिक यातायात सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले उठाएका मागका सवालमा वार्ता र संवादमार्फत हल गर्न कार्यदल गठन गरिएको छ ।

सोमबार बिहान गृहमन्त्री रमेश लेखकले आन्दोलनरत व्यवसायीसित गृह मन्त्रालयमा छलफल गरी व्यवसायीको मागका सम्वन्धमा वार्ता गर्न कार्यदल गठन गरेको हो । कार्यदलको संयोजकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा कार्यदल गठन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

कार्यदलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव र ट्राफिक प्रहरी उपरीक्षक सरकारकातर्फबाट कार्यदलमा रहेका छन् ।

त्यसैगरी आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरसहित आठ जना कार्यदलमा रहेका छन् भने गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्य कार्यदलको सदस्य सचिव रहेका छन् ।

त्यसैगरी बैठकले वार्ता र संवादमार्फत समस्याको समाधान गर्न सरकार सकरात्मक रहेको सन्र्दभमा बन्द लगायतका कार्यक्रम फिर्ता लिन आन्दोलनरत यातायात व्यवसायीसित अनुरोध समेत गरिएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिएका छन् । छलफलमा बोल्दै गृहमन्त्री रमेश लेखकले व्यवसायीका विषयमा सरकार गम्भीर रहेको बताउँदै उक्त विषय संवाद र वार्ताका माध्यमबाट हल गर्न सकिने बताए ।

उनले प्रदेश सरकारसित पनि कतिपय विषय जोडिएको सन्र्दभमा प्रदेश सरकारसित पनि आवश्यक समन्वय गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी कार्यदलका सदस्य सचिव रविन्द्र आचार्य कार्यदलले छलफल सुरु गरिसकेको जानकारी दिएका छन् ।
उनले भने, ‘गृह मन्त्रालयमा कार्यदल गठनपछि आजैदेखि वार्ता र संवाद सुरु भइसकेको छ ।’

गृह मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव एकनारायण अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

सार्वजनिक यातायात बन्द भएपछि हेटौंडामा जनजीवन प्रभावित

हेटौंडा । सार्वजनिक यातायात बन्द भएपछि सोमबार बिहानदेखि हेटौंडाका सडकहरू सुनसान देखिएका छन् । नियमितरूपमा व्यस्त रहने शहरका मुख्य चोकहरूमा सवारीसाधनको चहलपहल एकाएक घटेको हो ।

यातायात सेवा बन्द हुँदा सर्वसाधारणलाई अत्यधिक असर परेको छ । विशेषगरी कार्यालय जाने कर्मचारी, विद्यार्थी र दैनिक काममा निस्कने सर्वसाधारणलाई आवतजावतमा समस्या परेको छ । निजी सवारीसाधन नभएका नागरिकहरू गन्तव्यमा पुग्नका लागि वैकल्पिक साधनको खोजीमा रहेका छन् ।

स्थानीय प्रशासनले सार्वजनिक यातायात बन्दको कारणबारे कुनै स्पष्ट जानकारी नदिए पनि नागरिकहरू अत्यावश्यक सेवामा प्रभाव नपरोस् भन्ने माग गरिरहेका छन् । यस अवस्थाले दैनिक जनजीवनमा थप कठिनाइ ल्याउने संकेत देखिएको छ ।

आइसिसी विश्वकप लिग–२ मा स्कटल्याण्डसँग खेल्दै नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले सोमबार स्कटल्याण्डविरुद्ध खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह ३ः४५ देखि सुरु हुनेछ ।नेपाली टोलीका लागि यो खेल केवल पुनरागमन मात्र होइन, तालिकामा सुधार गर्ने अवसर पनि हो ।

तीन सिरिजबाट जम्मा ६ अंक जोडेको नेपाल अहिले आठौँ स्थानमा रहेको छ ।यसपटक चारवटै खेल जित्न सके नेपाल छैटौँ स्थानमा उक्लन सक्छ । तर, चुनौती भने सहज छैन । सिरिजअघिका दुई अभ्यास खेलको नतिजा हेर्दा नेपाली टोली अझै सानदार लयमा फर्किएको देखिँदैन ।

एकदिवसीय अन्तर्राष्ट्रियमा स्कटल्याण्डविरुद्ध नेपालको प्रदर्शन मिश्रित तर सकारात्मक रहेको छ । अहिलेसम्म यी दुई टिमबीच आठ ओडिआई खेल भएको छ, जसमा नेपालले चारमा जित र तीन खेलमा पराजय बेहोरेको छ ।सोमबार स्कटल्याण्डविरुद्धको खेलमा नेपाल उत्कृष्ट समिकरणसहित मैदान उत्रने तयारीमा छ

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, १९ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४७, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ३८, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ३५, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु १८, भन्टा डल्लो प्रतिकिलो रु ३०, तनेबोडीको मूल्य प्रतिकिलो रु ५५ कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३०, राजमा मूल्य प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ३५, परबर (तराई) प्रतिकिलो रु ६५, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु २५, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७५, पिँडालु प्रतिकिलो रु १२०, रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो साग प्रतिकिलो रु ३५, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो रु १००, प्याज हरियो प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु २६०, कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकिलो रु ११०, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकेजी रु ५०, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ६५, आँप (दशहरी) प्रतिकिलो रु ८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकिलो रु ६५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु १३०, लिची (भारतीय) प्रतिकिलो रु २१० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ५५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५५, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ४०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १९०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

म्याग्दी, १९ जेठ : पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले गरेको अन्नपूर्ण हिमालको कीर्तिमान आरोहणले नेपालको पर्वतारोहणको सम्भावनालाई अन्तराष्ट्रिय क्षेत्रमा उजागर गरिदिएको थियो । सन् १९५० जुन ३ मा मौरिस र लुईस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । हर्जोग र लचेनलले आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलोपटक सफल आरोहण गरेर कीर्तिमान बनाएपछि फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको थियो ।

आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले बताउनुभयो । “मौरिसले अन्नपूर्ण आरोहणको अनुभव समेटेर लेखेको पुस्तकले नेपालको पर्वतारोहण पर्यटनलाई विश्व बजारमा उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ”, उहाँले भन्नुभयो, “अन्नपूर्ण रेञ्जका हिमाल हेर्न र चक्रिय अन्नपूर्ण पदमार्ग भ्रमणका लागि आउने पर्यटकका कारण पोखरा र गण्डकी प्रदेशलाई मात्र नभई देशलाई नै फाइदा पुगेको छ ।”

प्रमुख लामिछानेका अनुसार मौरिस हर्जोग, अन्नपूर्ण रेञ्जका हिमाल, पोखरा, गण्डकी प्रदेश र नेपालको पर्यटन क्षेत्रको अन्तरसम्बन्ध छ । मौरिसले लेखेको ‘अन्नपूर्णमा पहिलो पाइला’ नामको पुस्तक २० करोडप्रति बिक्री भएको पर्यटन व्यवसायीहरुको भनाइ छ । जुन पुस्तक विश्वमा धेरैप्रति बिक्री हुनेमध्येमा पर्ने ट्रेकिङ एजेन्सिज एशोसिएशन (टान) गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले बताउनुभयो ।

“हामीले अन्नपूर्ण हिमाल आरोहण गरेपछि फ्रान्सेलीहरू आठ हजार मिटरभन्दा अग्लो हिमालमा गए”, हर्जोगले आफ्नो पुस्तकमै लेख्नुभएको छ, “हिमालमा फ्रान्सेली झण्डा फहराएपछि ती त्यत्रा हिमाल कसरी चढे, उनीहरू को हुन? भनेर हल्लीखल्ली मच्चियो । संसारभरिका मानिसको आँखा खुल्यो ।”

एकतीस वर्षको उमेरमा अन्नपूर्ण आरोहणको क्रममा उहाँको दुवै हात र दुवै खुट्टा हिउँले खाइदिएपछि शेर्पाहरूले हिमालबाटै बोकेर आधार शिविर झारेका थिए । फ्रान्सको लियोन सहरमा १५ जनवरी १९१९ मा जन्मिएका हर्जोगको १३ डिसेम्बर २०१२ मा ९३ वर्षको उमेरमा निधन भएको थियो ।

भारतको नयाँदिल्लीमा सामान्य उपचार गरेर जन्मथलो फर्किएका उहाँले फ्रान्समा पनि राम्रो उपचार नभएपछि अमेरिका पुगेर कृत्रिम हातखुट्टा राख्नुभएको थियो । तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले हर्जोगलाई पत्र पठाएर निमन्त्रणा गर्नुभएको थियो । हर्जोगसँगै आरोहण यात्रामा रहेका लुइस र चिकित्सक मार्सेलोसहितको टोलीले मोहन शमशेरलाई भेट गरेको थियो । तत्कालीन सरकारले काठमाडौँमा समारोह आयोजना गरेर हर्गोजलाई गोरखा क्रस पदक प्रदान गरी सम्मान गरेको थियो । हर्जोगले प्राप्त गरेको पदक नेपाल सरकारबाट विदेशी नागरिकले प्राप्त गरेको उच्च तहको सम्मान हो ।

हिमाल चढेर विश्व इतिहास बनाएकै कारण फ्रान्स सरकारले उहाँलाई झण्डै एक दशकसम्म खेलकुदमन्त्री, सांसद र समोनी सहरको मेयर चुनेको थियो । हर्जोगले आफ्नो पुस्तकमा ‘हिमाल चढ्दा के हुन्छ, के हुँदैन’ भनी अविवाहित बसेको र अन्नपूर्ण चढेपछि बिहे गरेको उल्लेख गर्नुभएको छ ।

हर्जोगको टोली अन्नपूर्ण चढ्न दुई सय ५० जना भरिया लिएर अन्नपूर्ण आधार शिविर पुगेको थियो । पर्यटन विभागका अनुसार हालसम्म पाँच सय ३२ जनाले अन्नपूर्ण आरोहण गरेका छन् ।

प्रथम आरोहीको नाममा पदमार्ग

नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो ।

पदमार्गको प्रवेशबिन्दुमा पर्ने नारच्याङमा आएका हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरको बारेमा जानकारी गराएपछि स्थानीयवासीहरुको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको अगुवा गुरुङले बताउनुभयो ।

“दुई दशक अघिसम्म अन्नपूर्ण आधार शिविर म्याग्दीको भूगोलमा पर्ने तथ्य र त्यहाँ जाने पदमार्गको पहिचान भएको थिएन,” उहाँले भन्नुभयो “पदमार्ग पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धनका कार्यक्रम गरेपछि पछिल्लो दुई वर्षयता अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्ग गुल्जार बनेको छ ।”

कास्की र म्याग्दीका दुईवटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ । अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग विश्वको प्रसिद्ध पदमार्ग मानिन्छ । हर्गोजले इतिहास रचेको अन्नपूर्ण आधार शिविर र उनले प्रयोग गरेको पदमार्गको पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धन गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको छ ।

नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य हो ।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।

पदमार्गको स्तरोन्नति, खोलामा झोलुङ्गे पुल निर्माण, आश्रयस्थलको क्षमता विस्तार, खानेपानी, शौचालय, सञ्चार, विद्युत् सुविधा र सुरक्षाको व्यवस्थापनका लागि गाउँपालिकाले एकीकृत गुरुयोजना तयार पारेर पूर्वाधार निर्माण थालेको अध्यक्ष पुनले बताउनुभयो ।

अन्नपूर्ण आरोहणको हीरक जयन्ती

हरेक वर्ष नेपाल र विश्वभर विविध कार्यक्रम गरेर अन्नपूर्ण आरोहण भएको दिनको सम्झना गरिन्छ । अन्नपूर्ण आरोहणको ७५ वर्षपछि पहिलो पटक सम्बन्धित भूगोलमा विविध कार्यक्रमका साथै हीरक महोत्सव मनाउन थालिएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार काठमाडौँ र पोखरामा कार्यक्रम गरेर अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएको थियो । अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल पर्वतारोहण संघ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आयोजना र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समिति सहआयोजक भएर महोत्सव गर्न लागिएको हो ।

हीरक जयन्तीको अवसरमा आइतबारदेखि नारच्याङ गाउँदेखि आधार शिविर जोड्ने मौरिक हर्जोग पदमार्गमा पदयात्रा शुरु भएको छ । पदयात्रा टोलीमा प्रथम आरोही मौरिसका छोरा माथिएस, नाती इथेन हर्जोगलगायत फ्रान्सका छ, बेलायतका तीन, भारतका पाँच र इटलीका एक जना सहभागी भएका छन् ।

नेपाल सरकारको निमन्त्रणामा अन्नपूर्ण आरोहणको हीरक जयन्ती मनाउने कार्यक्रममा सहभागी हुन विदेशी पाहुनाहरु आउनुभएको हो । आरोहीका परिवारका सदस्य, पर्यटन व्यवसायी, पत्रकारसहित दुई सय जना सहभागी टोली नारच्याङ बेसीदेखि हुमखोला, फुतफुते झरना, साँधीखर्क, भुसकेत, पञ्चकुण्ड ताल हुँदै सोमबार साँझ चार हजार एक सय मिटर उचाईा रहेको अन्नपूर्ण आधार शिविरमा पुग्ने कार्यक्रम छ ।

टोलीका साथै मङ्गलबार अन्नपूर्ण आधार शिविरदेखि नारच्याङ गाउँसम्म हुने ३० किलोमिटर दुरीको म्याराथुन प्रतियोगितामा सहभागी ४२ जना धावकहरुको टोली पनि आधार शिविरतर्फ गएका अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले बताउनुभयो । पदयात्रा र धावकहरुको टोलीलाई आइतबार बिहान नारच्याङ बेसीमा बिदाइ गरिएको थियो ।

माथिएसको नेतृत्वमा विदेशी कलाकारहरुले सोमबार साँझ आधार शिविरमा आरोहीहरुको सांगितिक कार्यक्रम गर्दैछन् । उनिहरुले शनिबार साँझ नारच्याङ बेसीमा पनि सांस्कृति कार्यक्रम गरेका थिए ।

आफ्ना बुवाले आरोहणका क्रममा प्रयोग गरेको पदमार्ग र आधार शिविरमा पुग्न पाउँदा खुसी लागेको माथिएसले बताउनुभयो । उहाँ गत असोजमा उक्त पदमार्गको यात्रामा जानुभएको थियो ।

हीरक महोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मङ्गलबार हुने कार्यक्रमको तयारी पूरा भएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दीवा तिलिजा पुनले बताउनुभयो । पहिलो आरोही हर्जोग, लुइस लचेन र पहिलो नेपाली आरोही सोनाम वाङचुक शेर्पाको आधार शिविरमा स्थापना भएको शालिक अनावरण, खुला सङ्ग्रहालय र मौरिस हर्गोज पदमार्गको उद्घाटन, नारच्याङ बेसीमा मुल समारोह, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम तय भएको छ ।

मङ्गलबारदेखि नारच्याङ बेसीमा अन्नपूर्ण गाउँपालिकाका आठवटै वडाको सहभागितामा मगर संस्कृतिमा आधारित पुर्खौली नृत्य, झाँकी तथा खुला नृत्य प्रतियोगिता सुरु हँुदैछ । २१ गते पर्यटकीयस्थल घोडेपानी पुनहिलमा पदयात्रा गर्ने कार्यक्रम छ ।

२२ गते पोखरामा प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उनका परिवारबाट नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण र हर्गोजले लेखेर फ्रान्सेली राजदूतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’ को विमोचन गर्ने कार्यक्रम तय भएको छ ।

आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा

काठमाडौं । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ ।सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरिएको छ ।

यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको गण्डकी प्रदेश सरकारले देशको संविधानको धारा ५७ को उपधारा ६ उपधार ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित हुने गरी राईडर शेयरिङ्को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका पुराना १० वर्षे दुई पाङ्ग्रे सवारी साधन, १५ वर्ष पुराना निजी ४ पाङ्गे सवार िसाधनलाई भाडाका सवारी सधान सरहन प्रयोज गर्ने गरी वैशाख ३१ गते गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी जेठ १ गते सञ्चालन गर्ने गरी नियमावली बनाइ कार्यान्वयन तर्फअगाडि बढेको हुँदा गण्डकी प्रदेश सरकार, सङ्घीय सरकारका सम्बन्धित मन्त्रालयहरुमा माग पत्रसहित पटक–पटक ध्यानाकर्षण पत्र बुझाइ यथाशिघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएको हुँदा यातायात व्यवसायी, मजदुरका समस्या राखी सात बुँदे माग पत्र नेपाल सरकारसमक्ष पेश गरेका छौँ ।’

रास्वपाको सचिवालय र संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय र संसदीय दलको बैठक आज बस्दैछ । सचिवालय बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने रास्वपाले जनाएको छ ।

बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता, पार्टीका गतिविधि, समसामयिक राजनीतिकलगायतका विविभ विषयमा छलफल हुनेछ ।पछिल्लो समय रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि संलग्न भएको भन्दै राजीनामा मागिरहेको छ ।

सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता : आठ टिमको सहभागिता हुने

सिरहा, १९ जेठ : सिरहा नगरपालिकाको आर्थिक सहयोग र जिल्ला फुटबल सङ्घ सिरहाको प्राविधिक सहयोगमा सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुने भएको छ ।

सिरहा–७ स्थित सिरहा क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता यही जेठ २५ गतेसम्म सञ्चालन हुने आयोजक सलहेश युवा क्लब सिरहाले जनाएको छ । ‘युवाको सम्मान, नगरको पहिचान, फुटबल खेल हाम्रो अभियान’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगितामा स्थानीय र राष्ट्रियस्तरका गरी आठ टिमको सहभागिता हुने गोल्डकपका संयोजक राजीपकुमार यादवले बताउनुभयो । उहाँका अनुसार चित्लाङ फुटबल क्लब काठमाडौँ, चत्या सा फुटबल क्लब झापा, न्यू स्टार युथ क्लब सुनसरी, वीरगञ्ज युनाइटेड पर्सा, बागमती युवा क्लब सर्लाही, गाईघाट फुटबल क्लब उदयपुर, गोलबजार स्पोट्र्स क्लब सिरहा र आयोजक सलहेश युवा क्लब सिरहाले सहभागिता जनाउने छन् ।

आयोजकका अनुसार प्रतियोगितामा विजेता टिमले नगद रु दुई लाख, उपविजेताले रु एक लाखसहित गोल्डकप ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता नगद पुरस्कार र ट्रफीसहित सम्मानित गरिने बताइएको छ ।

सिरहा जिल्लाबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्नुका साथै राजा सलहेशको नामलाई खेलकुदको माध्यमबाट चिनाउने उद्देश्यले बर्सेनि प्रतियोगिता सञ्चालन गर्दै आएको सलहेश युवा क्लबका अध्यक्ष यादवको भनाइ छ ।

पञ्जाब आईपीएलको फाइनलमा, कप्तान श्रेयसको प्रेरणादायी कप्तानी

काठमाडौं । एक सिजन अघि कोलकाता नाइट राइडर्सलाई आईपीएल उपाधि दिलाएका कप्तान श्रेयस अय्यरले यसपटक पञ्जाबलाई पहिलोपटक आईपीएलको फाइनलमा र्पुयाएका छन् । क्वालिफायर–२ मा पञ्जाबले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

२०४ रनको विशाल लक्ष्य पाएको पञ्जाबले कप्तान अय्यरको ४१ बलमा ८७ रनको तूफानी पारीको मद्दतले एक ओभर बाँकी छँदै लक्ष्य भेट्टायो। अय्यरको पारीमा ५ चौका र ८ छक्का समावेश थिए। यो मुम्बईका लागि आईपीएल इतिहासमै पहिलोपटक २०० भन्दा माथिको स्कोरको रक्षा गर्न नसकेको खेल बन्यो।

पञ्जाबका शशाङ्क सिंहले कप्तान अय्यरको निःस्वार्थ खेल भावना र प्रेरणालाई टोलीको सफलता पछाडिको मुख्य कारण बताए। गुजरातविरुद्धको खेल सम्झँदै शशाङ्कले अन्तिम ओभरमा अय्यरले आफूलाई स्ट्राइक दिने निर्णयकै कारण टोलीले खेल जितेको बताए। त्यही ओभरमा शशाङ्कले २३ रन जोडेर खेल जिताएका थिए।
प्रशिक्षक रिक्की पोन्टिङको अनुसार, गुजरातविरुद्ध २४३ रन बनाएको खेलले टोलीमा आत्मविश्वास भरिदिएको थियो। पोन्टिङ र अय्यरको सहकार्यले युवा खेलाडीहरूमा आत्मविश्वास बढाएको हो।

यस सिजन पञ्जाबका चार अनक्याप खेलाडी – प्रम्भिरमन सिंह, प्रियांश आर्य, शशाङ्क सिंह र नेहाल बाधेरा – ले २५० रनभन्दा बढी योगदान दिएका छन्, जुन आईपीएल इतिहासमै पहिलो हो।टोलीका लागि नवनिर्मित आत्मबल र कप्तानको प्रेरणादायी नेतृत्वले पञ्जाबलाई उपाधिबाट अब एक खेल मात्र टाढा र्पुयाएको छ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । सोमबार नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे लोत्से हल बानेश्वरमा बस्न लागेको हो ।
बैठकमा संसदमा प्रस्तुत भएको बजेट र समसामयिक विषयमा छलफल हुने छ ।

जेठ १५ गते बजेट पेश भए पनि विपक्षीहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म अवरोध नहट्ने अडान राखेका छन् ।

देशका केही भूभागमा आज मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । कोसी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ ।

राजवादी समूहले घोषणा गरेको उपत्यका बन्द फिर्ता

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले आह्वान गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिइएको छ । समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेता तथा कार्यकर्ता रिहा भइसकेको भन्दै बन्दको कार्यक्रम फिर्ता लिइएको बताए ।

आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेपछि समितिले बन्दको घोषणा गरेको थियो । यसअघि हिजो नारायण चौरमा आयोजित कार्यक्रमस्थलबाट प्रहरीले हस्तक्षेप गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा लगायत केही नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।

कमल थापालाई भेट्न काठमाडौं प्रहरी परिस पुगेका राप्रपाका सांसद तथा नेता दीपकबहादुर सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।नेता तथा कार्यकर्ता पक्राउ परेपछि संयुक्त जनआन्दोलन समितिले आन्दोलनलाई थप चर्काउने र उपत्यका बन्द गर्ने घोषणा गरेको थियो ।

तर, पक्राउ परेका कुल आठ जनामध्ये कमल थापा र दीपकबहादुर सिंहसहित सात जनालाई भने अबेर साँझ रिहा गरिएको थियो । आफ्ना नेता तथा कार्यकर्ता रिहा भएपछि समितिले बन्दको कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र : सुदूरपश्चिमको विकासमा नयाँ सम्भावना

दोधारा चाँदनी (कञ्चनपुर), १९ जेठ : दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र भइरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह निर्माणका लागि तीव्र रुपमा काम भइरहेकोे जानकारी दिनुभयो । उहाँका अनुसार बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनमा हालसम्म एक हजार रुख कटानी भएका छन् । “बन्दरगाह निर्माणस्थलमा एक हजार पाँच सय ९३ रुख काट्नुपर्ने थियो । हालसम्म एक हजार रुख कटानी भइसकेका छन् ।” उहाँले भन्नुभयो, “यो महिनाभित्र रुख कटानको काम सम्पन्न गरेर निर्माण कार्य अगाडि बढाउने तयारी छ, त्यसका लागि भारतले निर्माण कम्पनी छनौट गरिसकेको छ ।”

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रकम लागतमा बोलपत्र आह्वान गरेर निर्माण कम्पनी छनौट गरिसकेको छ । नेपाली पक्षले बन्दरगाहस्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण भएपछि पूर्वाधार निमार्ण सुरु हुनेछ ।

बन्दरगाहका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, अध्यागमन भवन, सुरक्षा भवनल लगायतका पूर्वाधार निमार्ण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहँुच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ । भारत बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ । सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

शिलान्यासको छ वर्षपछि बल्ल नमूना सदरमुकाम निर्माण थालियो

त्रिवेणी (नवलपरासी), १९ जेठ : शिलान्यासको छ वर्षपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणले गति लिएको छ । विसं २०७६ वैशाख ७ गते जिल्लामा रहने सबै सरकारी कार्यालय एकै ठाउँमा निर्माण गर्ने गरी सदरमुकामको शिलान्यास गरिएको थियो ।

जिल्लाको कावासोती नगरपालिका–३, मा रहेको एक सय ८७ बिघा जग्गामा सदरमुकाम निर्माण गर्ने महत्वकाक्षी योजनाअघि सारिएको थियो । तर शिलान्यास भएको लामो समयसम्म काम अघि बढ्न सकेको थिएन । हाल आएर सदरमुकाम निर्माण
ले गति लिएको छ ।

नमूना सदरमुकाम निर्माणस्थलमा हाल दुई वटा ठेक्काबाट अलगअलग कार्यालयका भवन निर्माणको काम अघि बढेको छ । पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयको भवन र अन्य दुई वटा कार्यालय रहने गरी एउटा एकीकृत भवन निर्माणको काम थालिएकोमा अहिले थप भवन निर्माणको काम सुरु गरिएको छ । चौधरी कष्ट्रक्सनले रु ३० करोड ६५ लाख छ हजार पाँच सय २७ को लागतमा जिल्ला प्रशासन कार्यालय र एउटा एकीकृत भवन निर्माणको काम गरिरहेको छ ।

विसं २०८३ पुस २१ सम्म निर्माण सम्पन्न गर्ने गरी कामअघि बढिरहँदा अहिले दोस्रो चरणमा भ्याटबाहेक रु तीन अर्ब ६१ करोडको लागतमा सदरमुकाम निर्माणस्थलमा थप काम अघि बढेको सघन सहरी तथा भवन निर्माण आयोजना, चितवनका प्रमुख झपटबहादुर थापाले बताउनुभयो ।

समानान्तर–बुद्ध हिमाली जेभीले अहिले अदालत भवन, सरकारी वकिलको कार्यालय, सभाहल, तीन वटा एकीकृत भवन, ब्यारेक, आवास गृह, सदरमुकामस्थल कम्पाउन्ड, निर्माणस्थलसँगै जोडिएको केरुङ्गे खोला तटबन्ध, सदरमुकामस्थलको मूल सडक कालोपत्र, खानेपानी र विद्युत् लाइन विस्तार लगायतको काम गर्ने गरी ठेक्का प्राप्त गरेको आयोजनाका प्रमुख थापाले बताउनुभयो ।

सोहीअनुसार अहिले निर्माणका काम अघि बढेको उहाँले बताउनुभयो । विसं २०८२ वैशाख २९ गते निर्माणको सम्झौता भएको र विसं २०८४ कात्तिक २८ गते निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको आयोजना प्रमुख थापाले बताउनुभयो । आयोजनाको काम सुरु गर्न विविध कारणले ढिलो भएको र अब निर्धारित समयमा सम्पन्न गराउनका लागि आफूहरू लाग्ने उहाँले बताउनुभयो । “सदरमुकामस्थलमा निर्माणको काम अहिले धमाधम अघि बढेको छ, निर्धारित समयमा थालिएका काम सम्पन्न गराउने गरी हामी लागि परेका छौँ”, आयोजना प्रमुख थापाले भन्नुभयो ।

नवलपुरको नमूना सदरमुकाम निर्माणस्थलका लागि छुट्टाइएको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालयहरू निर्माण हुनेछ । अहिले सङ्घस्तरका कार्यालयहरू निर्माणको काम अघि बढेको छ । तर प्रदेश मातहतका कार्यालय निर्माणको काम थालिएको छैन ।

नमूना सदरमुकाम निर्माणको गुरु योजनाअनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय , पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल स्टेडियम, १५ हजार दर्शक क्षमताको क्रिकेट स्टेडियम, कर्मचारीका लागि आवास गृह, अतिथि गृह, सभाहल, पुस्तकालय, खाजा घरलगायत संरचना निर्माण हुनेछन् । प्रारम्भिक गुरु योजनाअनुसार आयोजनाको कूल लागत रु १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रहेको छ ।

बजेट सकारात्मक : निकासी पैठारी सङ्घ

काठमाडौँ, १९ जेठः नेपाल समुद्रपार निकासी पैठारी सङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई सकारात्मक रूपमा लिँदै त्यसमा राखिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

सङ्घले निजी क्षेत्रलाई अर्थतन्त्रको चालक शक्तिको रूपमा स्वीकार गरेर सहकार्य गर्ने घोषणालाई सकारात्मक रूपमा लिएको छ । यसपालिको बजेटमार्फत सङ्घले लामो समयदेखि उठाउँदै आएको मूल्य अभिवृद्धि करको बहुदरका विषयमा अध्ययन गरिने र आयातकर्ता व्यापारीको ठूला चासोमध्येको एक भन्सार मूल्याङ्कनलाई यथार्थपरक बनाउने घोषणा गरिएकामा प्रसन्नता व्यक्त गरेको हो ।

बजेटमार्फत खाद्यान्न, गेडागुडी, फलफूल, वनस्पति र पशुजन्य पदार्थ आयातमा भन्सार बिन्दुमा तिर्नुपर्ने अग्रिम आयकर खारेज भएको छ । एक्जिम कोड लिँदा राख्नुपर्ने बैङ्क ग्यारेन्टी नलाग्ने भएको छ । करदाताले करयोग्य कारोबार नगरेको अवस्थामा समेत न्यूनतम कर तिर्नुपर्ने व्यवस्था खारेजी बजेटको अर्को सकारात्मक पक्ष भएको सङ्घको ठहर छ ।

नेपाली व्यवसायीलाई विदेशमा लगानी गर्न अनुमति दिने घोषणा, सेजको जग्गा भाडा कटौती, उत्पादनको ३० प्रतिशतभन्दा बढी निकासी गर्ने उद्योगलाई सेजको सरह सुविधा दिने घोषणा, विद्युत्ीय सवारीसाधनसम्बन्धी नीति, हवाई र स्थलमार्गबाट नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई भन्सार बिन्दुमा घोषणा गरेर ल्याउने पाँच हजार अमेरिकी डलरभन्दा बढी रकमको हकमा सहजीकरण गर्ने घोषणाले अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुग्ने सङ्घको ठहर छ ।

सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट दिने व्यवस्था र आय विवरण पेश नगरेका करदातालाई कार्यालयबाट गरिएको संशोधित कर निर्धारणबाट सिर्जित बक्यौता फरफारक गर्ने मौका दिने घोषणा पनि सकारात्मक रहेको उल्लेख छ ।

सङ्घले आगामी आवको बजेट समग्रमा यसपालिको बजेट सन्तुलित र आस जगाउने खालको रहेको उल्लेख गर्दै घोषित नीति, कार्यक्रम र योजनाको सफल कार्यान्वयनमा केन्द्रित गर्न आग्रह गरिएको महासचिव जयन्तकुमार अग्रवालले जानकारी दिनुभयो ।

हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै

अदानचुली, (हुम्ला) १९ जेठः यहाँको अदानचुलीगाउँपालिका–१ कुम्णामा ३३ केभि प्रसारण लाइन क्षमताको सबस्टेसन निर्माण हुन लागेको छ । नेपाल विद्युत् प्राधिकरणको लगानीमा उक्त सबस्टेसन निर्माण हुन लागेको हो ।केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको हो । हाल हुम्लामा दुई वटा ३३/३३ केभि क्षमताका सबस्टेसन बनिरहेका छन् । सदरमुकाम सिमकोटमा र अदानचुली गाउँपालिकाको कुम्णामा निर्माण भइरहेका यी दुवै सबस्टेसन निर्माणधीन छन् ।

यी दुबै सबस्टेसन निर्माण सम्पन्न भएपछि यहाँका सात वटै गाउँपालिकामा विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरण, हिल्दुम विद्युत्् वितरण केन्द्र प्रमुख जितेन्द्र शाहले बताउनुभयो । “प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत्् अभाव हुने छैन, यहाँ मात्र नभएर मुगु र बाजुराका स्थानीय तहमा पनि विद्युत् विस्तार हुनेछ ।”

जिल्ला सदरमुकामस्थित हिल्दुम वितरण केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत्् पहुँच पुर्याए पनि अन्य गाउँपालिकामा अझै लघु जलविद्युत्को भरमा गाउँले छन् ।

जिल्लाको तल्लो क्षेत्रको ताँजाकोटमा कादुरी नामक संस्थाले लघु जलविद्युत् उत्पादन गरी विद्युत् वितरण गरेको छभने अदानचुलीमा हाल स्थानीयस्तरमा उत्पादन भएका १०० किलोवाटका दुई वटा विद्युत् आयोजना भएपनि पटकपटक बिग्रने गरेको छ । हाल कुकुर फाल्ना लघु जलविद्युत् आयोजना मात्र सञ्चालनमा छ । तर, सो विद्युत् सबै वडामा नभई ४, ५ र ६ वडाका केही घरमा मात्र बलेको छभने वडा नम्बर १, २ र ३ का लागि बनेको छहराखेत जलविद्युत्को पावर हाउस गतवर्ष पहिरोले बगाउँदा पुनःनिर्माण हुन सकेको छैन ।

ती प्रसारण लाइनबाट गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेपछि ३३ केभि प्रसारण लाइनका सबस्टेसन निर्माण गर्न लागिएको हो । यसले विद्युत् आपूर्ति नियमित हुने अपेक्षा गरिएको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनुभयो ।

यतिबेला ३३ केभि सबस्टेसन बन्न सुरु गरेको छ भने यता सुदुरपश्चिम हुँदै ११ केभिको एलटीलाईन तान्ने काम भइरहेको निर्माणको जिम्मा लिएको न्यु स्मार्ट इलेक्ट्रीक एण्ड प्लम्बिङ सर्भिस प्रालिका सुनिल घिसिङले बताउनुभयो । उहाँका अनुसार बाजुराको मार्तडी सबस्टेसनबाट, कोल्टी, खत्त्याड हुँदै अदानचुली सबस्टेसनमा आउने भएकाले हाल तीन हजार ओटा पोल गाड्ने काम भइरहेको र सकेसम्म दसैँमा विद्युत् बाल्ने तयारी छ ।

हुम्लाको विद्युत्् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन सदरमुकाम सिमकोट र अदानचुलीको कुम्णामा ३३ केभी सबस्टेसन र ११ केभीको लाइन तान्ने काम भइरहेको प्राधिकरण प्रमुख शाह बताउनुहुन्छ । हुम्ला र मुगुका चार सब स्टेसन निर्माण गर्ने ठेक्का हेन्स टिसी कम्पनीले लिएर काम गरिरहेको तुम्च सब स्टेशन कुम्णामा खटिनुभएका इन्जिनियर योगेन्द्र रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार हाल मुगुको खत्याड र माङ्ग्रीमा, हुम्ला सदरमुकाम सिमकोट र अदानचुलीमा सबस्टेशन निर्माण भइरहेको छ । हाल ३३ केभीमा स्तरोन्नति भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख शम्भु कुसियत यादवले बताउनुभयो ।

राष्ट्रिय प्रसारण लाइन जोडिँदै
विसं २०८० भदौ २५ गते मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगु सदरमुकाम गमगढीसम्म विद्युत् पुर्याएको थियोे ।

मुगुमा राष्ट्रिय ग्रिड पुगेपछि अब हुम्ला मात्र जोडिन बाँकी रहेकामा अबको केही महिनामा राष्ट्रिय प्रसारण लाइनमा जोडिने निश्चित भएको हो । हुम्लामा राष्ट्रिय प्रसारण लाइन पुर्याउन ठेक्का सम्झौता सम्पन्न भई हाल सदरमुकाम सिमकोट, जिल्लाको तल्लो क्षेत्र अदानचुलीको तुम्च र कुम्णामा सब स्टेसन निर्माण भइरहेको छ ।

ठिमुरा पुलसम्मको सडकमा म्याद सकिनु एक महिना अगावै कालोपत्र सम्पन्न

दमौली (तनहुँ), १९ जेठ- यहाँको देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद सकिनु एक महिना अगावै कालोपत्र सम्पन्न भएको छ । निर्माण कम्पनी दक्ष इन्जिनियिरिङ चितवनले सम्झौता अवधिभन्दा एक महिना अघि कालोपत्र पूरा गरेको हो । सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार १३० मिटर लम्बाइको उक्त सडक कालोपत्र गर्ने प्रयोजनका लागि सो कम्पनीसँग गत कात्तिक २७ गते सम्झौता भएको थियो । निर्माण सम्झौताअनुसार विसं आगामी असार २० गतेसम्ममा कालोपत्र गर्नुपर्ने थियो ।

सडक डिभिजन कार्यालय चितवनमार्फत सो कालोपत्र ठेक्का लगाइएको हो । कुल ७३० मिटर पक्की नालामध्ये ४०० मिटर सडक डिभिजन चितवनमार्फत र बाँकी ३३० मिटर शहरी विकास मन्त्रालय अन्तरगतको पूर्वाधार कार्यालय पोखरामार्फत् गरिएको हो । उक्त सडक कालोपत्रका लागि रु एक करोड ५६ लाख लागत इष्टमेट भएपनि ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनीले रु एक करोड सात लाख ६५ हजारमा निर्माण गरेको हो ।

देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ स्थित ठिमुरामा बनेको मोटरवेल पुल जोड्ने उक्त बाटो कच्ची हुँदा सर्वसाधारणलाई सास्ती थियो । सडक कालोपत्र भएपछि सर्वसाधारणलाई आवतजावतमा सहज भएको देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुवरले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक कच्ची हुँदा धुलो र हिलोले स्थानीयवासी आजित थिए । अहिले नालासहित सडक कालोपत्र सम्पन्न भएको छ ।”

विदेशको कमाइ छाडेर कृषिमा रमाएका देउकुमार,वार्षिक १८ लाख आम्दानी

भद्रपुर (झापा), १९ जेठः “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत सम्झिँदै मुस्कुराएर भन्नुभयो “अहिले त्यो निर्णय मेरो जीवनको सही निर्णय सावित भएको छ” ।

देउकुमार लिम्बुको कथा सुन्दा लाग्छ, इच्छाशक्ति, परिश्रम र देशप्रतिको माया भएमा विदेशिनै पर्छ भन्ने जरुरी छैन् । यहाँको भद्रपुर नगरपालिका–१ का उहाँ हाल ‘लिङ्देन कृषि फार्म’ सञ्चालन गरिरहनुभएको छ । तर यहाँसम्म आइपुग्न उहाँले गर्नुभएको सङ्घर्षको फेहरिस्त निकै लामो छ । २४ वर्षअघि राम्रो कमाइको आशामा मलेसिया जानुभएका उहाँले त्यहाँ १३ वर्ष बिताउनुभयो ।

विगत सम्झना गर्दै उहाँ भन्नुहुन्छ, “मलेसिया जाँदा सपना थियो, धेरै पैसा कमाउने, परिवारलाई सुख दिने । काम पनि राम्रै पाइयो, तलब बढ्दै गयो । मासिक रु एक लाख २५ हजारसम्म कमाउँथे, साहुले ११ महिनासम्म पनि बिदा दिएर काममा बोलाएका थिए । तर मलाई लाग्यो, त्यही मेहनत आफ्नै देशमा गरे उस्तै आम्दानी गर्न सकिन्छ” ।

मलेसियाबाट फर्किएपछि देउकुमार तत्कालै खेतीमा लाग्नुभएन । सुरुवाती दुई वर्ष देशमै के गर्न सम्भव होला ? सफल भइएन भने पुनःविदेश जानुपर्ने अवस्था आउला कि नआउला ? भन्ने दोधारमै बित्यो । अन्ततः उहाँलाई लाग्यो विदेशमा अरुको खेतबारीमा काम गर्दा कमाइ भए पनि मनमा सन्तुष्टी हुँदैन । आफ्नै माटोमा पसिना बगाएर भविष्य बनाउन सकिन्छ भने किन सुरुवात नगर्ने, यही सोचबाट उहाँले कृषि फार्म सुरु गर्ने अठोट लिनुभयो । “म मलेसियामा पनि कृषि फार्ममै काम गर्थेँ”, उहाँले भन्नुभयो, “त्यही सीप र अनुभवले गर्दा यहाँ फार्म खोल्न सजिलो भयो ।”

मलेसियाबाट ल्याएको थोरै पुँजीबाट देउकुमारले ‘लिङ्देन कृषि फार्म’ स्थापना गर्नुभयो । सुरुमा सानो क्षेत्रफलमा केही तरकारी लगाउनुभएका उहाँको मेहनतले हाल चार विघाहभन्दा बढी क्षेत्रफलमा फार्म विस्तार भएको छ । हाल उहाँको फार्ममा करिब एक करोड रुपैयाँ बढी लगानी छ । फार्ममा साग, टमाटर, काँक्रो, आलु, करेला, बन्दागोभी, भान्टा, बोडीजस्ता तरकारीको साथै केरा, सुपारी खेती, बङ्गुर र माछापालन गर्नुभएको छ ।

उहाँ बेमौसमी तरकारी उत्पादनमा विशेष ध्यान दिनुहुन्छ, “बजारमा जब तरकारीको अभाव हुन्छ, त्यतिबेला हाम्रो फार्ममा उत्पादन भइरहेको हुन्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले कहिलेकाहीँ त अग्रिम पैसा तिरेर तरकारी बुकिङ गर्न आउने व्यापारीको भीड लाग्छ ।”

देउकुमारले फार्ममा रासायनिक मलभन्दा बढी जैविक मल प्रयोग गर्ने गरेको बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ, “जैविक तरकारीको स्वाद, गुणस्तर र माग बढी छ, ग्राहक पनि खुसी हुन्छन् ।” उहाँको सफलताको अर्काे पाटो हो, स्थानीय युवालाई रोजगारी उपलब्ध गराउनु । अहिले उहाँको फार्ममा सात जना स्थानीय युवाले नियमित रोजगारी पाएका छन् । तर सिजनमा २०–२२ जना श्रमिकले काम पाउँछन् । “सिजनमा मजदुर पाउन गाह्रो पर्छ,” उहाँ भन्नुहुन्छ, “मानिस विदेश जान चाहन्छन् तर देशमै राम्रो सम्भावना देख्दैनन्”।

फार्म सञ्चालन बापत् खर्च कटाएर वार्षिक १८ लाख रुपैयाँ बढी आम्दानी लिने गरेको उहाँ बताउनुहुन्छ । “मेहनत गरे आम्दानी पनि राम्रो हुन्छ,” उहाँ भन्नुहुन्छ, “मलजल, बिउको छनोट, समयमा स्याहार गर्नुपर्छ ।” उहाँले मलेसियामा पनि मेहनत गर्नुहुन्थ्यो । तर, त्यो अरूको लागि थियो, अहिलेको मेहनत आफ्नो सपना र देशका लागि भएको उहाँको बुझाइ छ ।

देउकुमारको बुझाइमा नेपालमा कृषिमा सम्भावना र चुनौती दुवै छन् । उहाँ भन्नुहुन्छ, “मुख्य चुनौती खुला सीमानाका कारण भारतबाट सस्तोमा तरकारी नेपाल भित्रिनु, हाम्रो उत्पादन सस्तोमा बिक्री गर्न नसक्नु हो ।” यदि सरकारले बजारमा नेपाली तरकारीलाई प्राथमिकता दिन उपयुक्त वातावरण बनाइदिने होभने सहजै प्रतिस्पर्धा गर्न सकिने उहाँ बताउनुहुन्छ ।

कृषकलाई दिइने सरकारी अनुदानबारे पनि उहाँ स्पष्ट हुनुहुन्छ, “कतिपय किसानले अनुदान पाउँदैनन्, पाएकाले सही तरिकाले प्रयोग गर्दैनन्, नियमनको अभाव छ,” देउकुमार भन्नुहुन्छ “यदि वास्तविक किसानलाई अनुदान दिइयो भने देशमै सस्तोमा अर्गानिक तरकारी खुवाउन सकिन्छ ।”

देउकुमार युवापुस्तालाई आग्रह गर्नुहुन्छ, “देशमा केही छैन भनेर हतारमा विदेशिने निर्णय नगर्नुहोस, सानो पुँजी, सही सोच र सिकेका सीपलाई आफ्नै माटोमा प्रयोग गर्न सकियो भने यहीँ पनि सम्मानजनक आम्दानी सम्भव छ ।”

अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !

खोटाङ, १९ जेठः अकबरे खुर्सानीको मूल्य यहाँ हालसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ ।दिक्तेलका व्यापारीले गाउँका कृषकबाट प्रतिकिलो रु ७०० देखि ८०० सम्ममा खरिद गरी ग्राहकलाई रु एक हजारमा बिक्री गर्ने गरेका छन् । मूल्य महङ्गो भएपनि स्वादिलो र औषधीय गुण भएकाले उपभोक्ताले अकबरे खरिद गरिरहेका छन् ।

अकबरे खुर्सानीको बेमौसमी खेती गरेर हाल हप्तामा १४/१५ किलो बिक्री गरिरहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका इन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । “मैले यस वर्ष करिब एक हजार २०० बोट अकबरे खुर्सानीको बिरुवा रापेको छु । अहिले हप्तामा १४/१५ किलो उत्पादन दिन थालेको छ”, उहाँले भन्नुभयो, “जिल्लामा अकबरे खुर्सानीको माग राम्रो छ । आगामी दिनमा बेमौसमी अकबरे खुर्सानी खेतीलाई थप विस्तार गर्ने योजनामा छु ।”

दिक्तेल बजारमा खाल्ले, बुइपा, बाम्राङ, लफ्याङ, सोल्मा, नेर्पा र दोर्पाका कृषकले उत्पादन गरेका खुर्सानीका साथै तरकारी खपत हुने गरेको छ । व्यावसायिक तरकारी खेती गर्ने सीमित कृषकले राम्रो आम्दानीसमेत गर्दै आएका छन् ।

जिल्लामा अकबरे खुर्सानीसँगै सबै प्रकारका तरकारी तथा फलफूलको मूल्य हालसम्मकै उच्च बनेको भएको छ । कृषकका लागि भनेर सरकारले उपलब्ध गराउँदै आएको अनुदान नेताका नजिकका व्यक्तिले लिने र खेती नगरी फरफारक गर्नाले जिल्लामा तरकारी तथा फलफूलको मूल्य उच्च भएको उपभोक्ताको गुनासो छ ।

दिक्तेलमा हाल गोलभेडा प्रतिकिलो रु १५०, कन्य च्याउ प्रतिकिलो रु ३००, प्याज प्रकिकिलो रु ९०, आलु प्रतिकिलो रु ६०, बन्दागोभी प्रतिकिलो रु ४० तथा काउली प्रतिकिलो रु १५० रहेको छ । सरकारी अनुदानमा वास्तविक कृषकको पहुँच नपुगेसम्म तरकारीको मूल्य अझै आकाशिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका अगुवा कृषक गङ्गाबहादुर विश्वकर्मा बताउनुहुन्छ ।

जिल्लामा उत्पादित फलफूल तथा तरकारीको मूल्य वृद्धि भएपछि तराईका विभिन्न जिल्लाबाट ल्याइएका तरकारी र फलफूलले बजार भरिएको छ । तराईबाट सस्तो मूल्यमा खरिद गरेर ल्याइएको तरकारी तथा फलफूल बिना विषादी परीक्षण खुलेआम बिक्री भइरहँदा सम्बन्धित निकाय मौन छन् ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १९ जेठः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ११ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०६ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १६ पैसा र बिक्रीदर चार रुपैयाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २५ पैसा र बिक्रीदर १४ रुपैयाँ ३१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७९ पैसा र बिक्रीदर २० रुपैयाँ ८८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ २७ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ९१ पैसा र विक्रीदर ३५६ रुपैयाँ ४६ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा), १९ जेठः चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत रु एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा पाँचै थरिका पेट्रोलियम पदार्थको समग्र आयातमा रु एक अर्ब ३५ करोड रकम अर्थात ०.८६ प्रतिशतले गिरावट आएको हो ।

गत आवको १० महिनाको तुलनामा चालु आवको १० महिनामा पेट्रोलियम पदार्थको आयातमा गिरावट आएपछि समग्र पेट्रोलियम पदार्थबाट प्राप्त राजस्वमा भने उल्लेखनीय वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको परिमाणको आधारमा आयात घटेपनि राजस्व सङ्कलनमा वृद्धि भएको बताउनुभयो ।

चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले रु ६४ अर्ब ५० करोड रकम राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थ आयातबाट रु ५८ अर्ब ४८ करोड राजस्व सङ्कलन भएको थियो । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थबाट सङ्कलन हुने राजस्व १०. ३१ प्रतिशतले वृद्धि भएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको वैशाख मसान्तसम्म रु ७९ अर्ब ५२ करोड मूल्य पर्ने नौ लाख २९७ किलोलिटर डिजेल आयात भएको छ । गत आवको सोही अवधिमा रु ८३ अर्ब ४७ करोड मूल्यपर्ने आठ लाख १३ हजार ८४६ किलोलिटर डिजेल आयात भएको छ ।

कार्यालयका अनुसार चालु आवमा डिजेल आयात वापत कार्यालयले रु ३५ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छभने गत आवको सोही अवधिमा रु ३२ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको थियो ।

चालु आवको १० महिनामा रु ३१ अर्ब ७१ करोड मूल्य पर्ने तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकी गत आवको १० महिनामा रु ३२ अर्ब ६० करोड मूल्य पर्ने तीन लाख २६ हजार ३८७ किलोलिटर पेट्रोलको आयात भएको थियो ।

चालु आवको १० महिनामा पेट्रोल आयातबाट कार्यालयले २० अर्ब ७१ करोड राजस्व सङ्कलन गरेको छभने गत आवको सोही अवधिमा रु १८ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको थियो । यो नाका हुँदै चालु आवको १० महिनामा रु ३० अर्ब २८ करोड मूल्य पर्ने रु २६ करोड ४१ लाख सात हजार ५४८ किलोग्राम एलपीजी ग्याँस आयात भएको छ ।

जबकी गत आवको सोही अवधिमा रु २५ अर्ब १९ करोड मूल्य पर्र्ने २३ करोड ५५ लाख ४५ हजार ७४० किलोग्राम एलपीजी ग्याँस आयात भएको थियो । कार्यालयले चालु आवको १० महिनामा एलपी ग्याँस आयात वापत रु पाँच अर्ब ६७ करोड राजस्व सङ्कलन गरेको छभने गत आवको सोही अवधिमा एलपीजी ग्याँस आयातबाट रु चार अर्ब ७० करोड राजस्व सङ्कलन गरेको थियो ।

वीरगञ्ज नाका हुँदै चालु आवको १० महिनामा रु १३ अर्ब ८८ करोड मूल्य पर्ने एक लाख ५३ हजार १९२ किलोलिटर एटिएफ आयात भएको छ । जबकी गत आवको १० सोही अवधिमा रु १५ अर्ब ४७ करोड मूल्य पर्ने एक लाख ४५ हजार ३३६ किलोलिटर एटिएफ आयात भएको थियो ।

कार्यालयले चालु आवको १० महिनामा एटिएफ आयात वापत रु दुई अर्ब १७ करोड राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा रु दुई अर्ब २२ करोड राजस्व सङ्कलन गरेको थियो । यो नाका हुँदै चालु आवको १० महिनामा रु ५५ करोड मूल्य पर्ने छ हजार १३० किलोलिटर मट्टितेल आयात भएको छ ।

जबकी गत आवको सोही अवधिमा ५६ करोड मूल्य पर्ने पाँच हजार ३६० किलोलिटर मट्टितेल आयात भएको थियो । कार्यालयले चालु आवको १० महिनामा मट्टितेल आयातबाट रु १५ करोड राजस्व सङ्कलन ग¥यो भने गत आवको सोही अवधिमा पनि १५ करोड नै राजस्व सङ्कलन गरेको थियो ।

जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस

काठमाडौँ, १९ जेठ : पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो ।

त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो । अर्ध मूच्र्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र अर्ध मूच्र्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो ।

दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो । तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो ।

छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिएपनि आम नेपालीले यसलाई स्वीकार गरेका छैनन् । पूर्वराजा वीरेन्द्रको परिवार मारिएको सम्झनामा आज विशेष कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । यस अवसरमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि सभा आयोजना गरेको छ ।

‘आत्मबलले क्यान्सरलाई पराजित गर्न सकिन्छ’ – वरिष्ठ गायिका राणा

काठमाडौँ, १८ जेठः वरिष्ठ गायिका मिरा राणाले आत्मबलले नै आफूले क्यान्सर रोगलाई पराजित गरेको बताउनुभएको छ । नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले ३८औँ क्यान्सर सर्भाइभर्स दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आत्मबलले नै क्यान्सर जित्न सकिने बताउनुभएको हो । आफूलाई पाँच वर्षअगाडि क्यान्सर भएको र हाल निको भएको उहाँले सुनाउनुभयो ।

वरिष्ठ गायिका राणाले क्यान्सर भएकाहरू आत्तिन नहुनेमा जोड दिनुभयो । “क्यान्सर भएकाहरू घरमा बसेर आफूलाई यस्तो भयो, उस्तो भयो भनेर सोचेर बस्न हुँदैन । घरभन्दा बाहिर निस्किनुस् । साथीभाइसँग काम गर्नुस् । यसले नै फाइदा हुन्छ”, उहाँले भन्नुभयो ।

गायिका राणा ३० वर्ष उमेर पुगेका महिलाले क्यान्सरको नियमित परीक्षण गर्नुपर्ने सुझाव दिनुभयो । आफूलाई क्यान्सर भए पनि निको भएर गीत गाउँदै र सबैलाई नचाउँदै आएको उहाँले सुनाउनुभयो ।

कार्यक्रममा आफ्ना अनुभव सुनाउँदै गीता रानाभाटले आफ्नी छोरीले तीनवटा क्यान्सर जितेको बताउनुभयो । आफ्नो छोरीलाई घाँटी, मुख र पाठेघरको क्यान्सर भए पनि आत्मबलले जितेको उहाँको भनाइ छ । कक्षा १ मा पढदा आफ्नो छोरीलाई क्यान्सर भएकामा निको भएर हाल इन्जिनियरिङ सातौँ सेमेष्टरमा अध्ययन गरिरहेको रानाभाटले सुभाउनुभयो । “दिनमा ३० पटकसम्म रगत ‘भमिट’ गरिन् । चिकित्सकले पनि तेरो छोरी बाँच्दिनन् भन्थ्ये,” उहाँले भन्नुभयो, “तर छोरीले हिम्मत हारिनन्, मैले नि हारिन । आत्मबल र समयमा उपचारपछि निको हुँदै भयो । यसर्थ क्यान्सरबाट मरिँदैन । आत्मबल बलियो भए क्यान्सरलाई जितिन्छ ।”

रानाभाटले आफ्नो छोरीलाई नौ पटक घाँटीको क्यान्सर भएको र हाल बढेर मुखमा संक्रमण भएकाले त्यसलाई ब्रेनमा नपुग्न नदिन महिनामा दुईपटक उपचार गर्ने गरिएको बताउनुभयो । छोरीमा भएको पाठेघरको क्यान्सर भने नियन्त्रणमा आएको उहाँले उल्लेख गर्नुभयो ।

त्यस अवसरमा क्यान्सर विजेता तथा वरिष्ठ गायिका राणा र क्यान्सर विजेता साइकलयात्री नमिता बस्नेतलाई सम्मान गरिएको थियो ।

सन् १९८७ नोभेम्बर २० का दिन न्यू मेक्सिकोमा भएको क्यान्सर सर्भाइभर्सहरूको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको निर्णयअनुसार ५ जुन १९८८ देखि दिवस मनाउन थालिएको हो ।

क्यान्सर सर्भाइभर्सलार्ई आयमूलक कार्यक्रमहरू सञ्चालन गर्ने, सर्भाइभर्स तथा तिनका परिवारलाई मनोसामाजिक परामर्श दिने, स्वास्थ्य शिविर आयोजना गर्ने र सर्भाइभर्सको सर्वसुलभ तथा निःशुल्क उपचार गरिरहेको सोसाइटीकी कोषाध्यक्ष विनु केसीले जानकारी दिनुभयो ।

निर्धारित समयमा आयोजना सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन

मन्थली (रामेछाप), १८ जेठः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निर्माणाधीन सुनकोशी मरिन ड्राइभर्सन आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री खड्काले सुनकोशी मरिन ड्राइभर्सनअन्तर्गतको रामेछापको सेलेघाट र सिन्धुलीको खुर्कोटमा निमाणाधीन ड्याम र सिन्धुलीको कुसुमटारमा भएको आयोजनाको कामको प्रगतिका बारेमा आज जानकारी लिँदै सो आयोजना कार्यालयका कर्मचारी र निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको हो । अवलोकनपछि मन्थलीस्थित सेलेघाटमा रहेको आयोजनाको कार्यालयमा गरिएको अन्तरक्रिया कार्यक्रममा मन्त्री खड्काले आयोजना निर्धारित समयमा सम्पन्न गर्न सके सबैलाई फाइदा हुने भन्दै यसमा आयोजना, मन्त्रालय र निर्माण व्यवसायीमार्फत भएका केही कमी कमजोरीलाई सच्याएर कामलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा निर्माण व्यवसायीहरुले गत असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले निर्माणाधीन धेरै संरचनामा क्षति पुर्याएको र खुर्कोट पुलबाट एक पटकमा १५ टनभन्दा बढी सामान ढुवानी गर्न नमिल्ने भएकाले निर्धारित समयमा आयोजना सम्पन्न गर्न नसकिने र त्यसका लागि करिब २ वर्षको अवधि थप गर्नुपर्ने माग राखेका थिए ।

सुनकोशी मरिन ड्राइभर्सन आयोजना निर्माण सम्पन्न भएपछि तराईका आठभन्दा बढी जिल्ला सिँचाइ सुविधाबाट लाभान्वित हुनेछन् ।

भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट

भक्तपुर, १८ जेठ : एक सय २१ वर्ष पुरानो भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषणा गरिएको छ । भक्तपुर अस्पतालमा आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तरगत न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्याङ्कन सार्वजनिक कार्यक्रममा देशभरका अस्पतालमध्ये भक्तपुर अस्पताल १०० पूर्णाकमा ९० अङ्क प्राप्त गर्दै सर्वोत्कृष्ट अर्थात् पहिलो भएको घोषणा गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर अस्पताल लगातार चौथो पटक प्रथम हुन सफल भएको उल्लेख गर्दै अस्पतालको गुणस्तरमा कुनै कमि आउन नदिन कर्मचारीले इमान्दार भएर काम गर्नुपर्ने बताउनुभयो । अस्पतालमा न्यूरो सेवा सञ्चालन गर्न मन्त्रालयले रु एक करोड विनियोजन गरिएको उल्लेख गर्दै उहाँले एक महिनाभित्र सो अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गर्ने तथा अस्पतालको पुरानो भवन निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिव डा सुमित्रा गौतमले एक सय २१ वर्षको एउटा इतिहास बोकेको देशकै दोस्रो अस्पताल पहिलो हुन सफल भएको उल्लेख गर्दै कर्मचारीको लगनशीलता, व्यवस्थापन समितिको सहयोग र गलत तत्वको प्रभावबाट अस्पताललाई जोगाउन सके सबै अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्नसक्ने बताउनुभयो ।

भक्तपुर अस्पतालको उदाहरण प्रदेशका बाँकी १२ वटा प्रादेशिक अस्पतालमा पनि लागू गर्नुपर्ने उल्लेख गर्दै सचिव गौतमले मन्त्रालयमै बसेर दैनिक रुपमा प्रदेशका १३ अस्पतालमा कति बिरामी आए, कति भर्ना भएलगायत विवरण सबै हेर्न सकिने गरी बागमती स्वास्थ्य एप्स जडान गर्न लागिएको बताउनुभयो । सङ्घीय सरकारले स्वास्थ्य संस्थाको गुणस्तर मापन गर्न बनेको न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्याङ्कन टिमका संयोजक एवं वीर अस्पताल नर्सिङ कलेजका प्रमुख एवं उपप्राध्यापक रोशनी तुईतुईले देशभरका सकेण्डरी ‘बी’ लेवलको अर्थात देशभरका तीन सय शय्यामा सञ्चालित अस्पतालको मूल्याङ्कन टोलीले गुणस्तर मापन गर्दा भक्तपुर अस्पताल देशभरमा प्रथम भएको घोषणा गर्दै भक्तपुर अस्पताललाई अब प्रतिष्ठान बनाउनुपर्ने बताउनुभयो ।

घोषणाअनुसार लुम्बिनी प्रदेशिक अस्पतालले ८९ अङ्क प्राप्त गरी दोस्रो र भरतपुर अस्पताल ८८ अङ्क प्राप्त गरी तेस्रो भएका छन् । बागमती प्रदेशमध्येका १३ अस्पतालमध्ये धादिङ अस्पतालले ८२ अङ्क ल्याएर दोस्रो र त्रिशूली अस्पताल ८१ अङ्क ल्याएर तेस्रो भएको मूल्याङ्कन टोलीका सदस्य एवं वीर अस्पतालका डा फणिन्द्रप्रसाद बरालले बताउनुभयो । अस्पतालका निमित्त निर्देशक सुरेन्द्रप्रसाद भट्टले अस्पतालले दिँदै आएको सेवा तथा सुविधाबारेमा जानकारी गराउदै यसवर्ष बहिरङ्ग, अन्तरगत, शल्यक्रिया, प्रसूतिलगायतका सेवामा बिरामीको आगमन विगतका वर्षमा भन्दा बढेको बताउनुभयो ।

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा प्रदीप ज्ञवाली, टोलीका सदस्य एंव बागमती प्रदेश अस्पताल विकास तथा अनुगमन शाखाका प्रमुख नवीन दर्नाल, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा नरेन्द्रकुमार झा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष तथा अस्पताल विकास समितिका सदस्य रवीन्द्र ज्याख्व, अस्पतालका वरिष्ठ नर्सिङ निरीक्षक रोशनी श्रेष्ठलगायतले असल नेतृत्व आएमा अस्पतालमा सुधार गर्न सकिने बताउनुभयो ।

बाढीले विद्युत् सेवा अवरुद्ध, २५० परिवार अन्धकारमा

किमाथाङ्का (सङ्खुवासभा), १८ जेठ : सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले जलविद्युत् आयोजना बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ । भोटखोला–३ मा दुई वटा जलविद्युत् आयोजना बगाउँदा दुई सय ५० परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।

शनिबार रातिको वर्षासँगै आएको बाढीले भोटखोला–३ स्थित एक सय २० किलोवाटको हुङगुङ जलविद्युत् आयोजना र १७ किलोबाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना बगाउँदा सिङ्गो गाउँनै अन्धकार भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो । बाढीले विद्युत् गृह र विद्युत् उत्पादन गर्ने सामग्रीमा क्षति पु¥याउँदा गाउँ अन्धकार भएको विजुलीबिहीन भएको हो ।

बाढीले जलविद्युत् आयोजना बगाउँदा करोडौँ रुपैयाँको क्षति भएको छ । बाढीका कारण ध्वस्त भएको विद्युत् गहृ बनाउन र पुनः विजुली बाल्न समय लाग्ने अध्यक्ष भोटेले बताउनुभयो । त्यस्तैगरी बाढीले कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोला–३ हटिया र हुङहुङ सडक बगाएको छ । बाढी खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ । बाढीले खाँदबारी–किमाथाङ्का सडक खण्डमा करिब ५० मिटर कच्ची सडक बगाएको छ ।