`

स्याङ्जामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

स्याङ्जा। स्याङ्जामा आज दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।वालिङ–चापाकोट पक्की सडकखण्डअन्तर्गत वालिङ–७ धोडेपानीमा लु३त ५१७३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा वालिङ–७ केवरेका ६५ वर्षीय डोलराज कोइराला र कैलालीको टीकापुर–७ का ३५ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।

ट्र्याक्टर दुर्घटनामा परी घाइते भएका सबैलाई वालिङस्थित गर्हौं प्राथमिक अस्पताल पठाइएकोमा चिकित्सकले अपराह्न ४ः०० बजे मृत घोषणा गरेका थिए ।

ट्र्याक्टर दुर्घटनामा परी घाइते हुनेमा ट्र्याक्टर चालक पश्चिम नवलपरासी सरल गाउँपालिका–१ अनन्दनगर बस्ने २८ वर्षीय लालबहादुर सुनार, कैलालीको लम्की नगरपालिका–५ पाँचचौर बस्ने २२ वर्षीय श्याम चौधरी, लम्की नगरपालिकाकै ३९ वर्षीय लक्ष्मण चौधरी र दाङको राप्ती गाउँपालिका–५ बस्ने ३५ वर्षीय हुकुमबहादुर दर्लामी घाइते भएका सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो । घाइते भएका चार जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

वालिङबाट ढुङ्गा लिएर चापाकोटतर्फ जाँदै गरेको उक्त ट्र्याक्टर अनियन्त्रित भई सडकबाट झण्डै १० मिटर तल खोल्सामा खसेको हो ।

क्यान अध्यक्ष चन्दले गरे बैतडीमा मनोनयन दर्ता

बैतडी। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बैतडीबाट मनोनयन दर्ता गराउनुभएको छ ।

नेपाली कांग्रेस बैतडीका जिल्ला सभापतिसमेत रहनुभएका चन्दले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयमा मनोनयन दर्ता गराउनुभएको हो ।

बैतडीमा नेपाली कांग्रेस आठ वर्षपछि प्रत्यक्ष जनतामाझ जाँदै छ । विसं २०७४ को निर्वाचनमा कांग्रेसबाट नरबहादुर चन्द उम्मेदवार थिए भने २०७९ मा माओवादीसँगको गठबन्धनका कारण उम्मेदवार उठाएको थिएन ।

निर्वाचन संविधान र राष्ट्रिय स्वाधीनता बचाउने अवसर हो – महासचिव पोखरेल

दाङ। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले निर्वाचनलाई संविधान र राष्ट्रिय स्वाधीनता बचाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

आज दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्र्रिया दिँदै उहाँले भन्नुभयो, “यो निर्वाचनले शान्ति रोज्ने र हिंसा रोक्ने बीचको विकल्प प्रस्तुत गर्छ । हामीले यसलाई देशभर संविधानको रक्षाको अवसरका रूपमा लिएका छौँ ।”

महासचिव पोखरेलले दाङको भूमि सधैँ परिवर्तनको पक्षमा रहेको बताउँदै यसपटक पनि सुशासन र विकासको पक्षमा हाल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनः बेलुकीसम्म २९२५ को उम्मेदवारी दर्ता

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा बेलुकी ६ः०० बजेसम्म दुई हजार ९२५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता भएपछि आज बेलुकी निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव कृष्णबहादुर राउतले ३३६ महिला र दुई हजार ५८९ महिलाले उम्मेदवारी दर्ता गराएको आयोगको प्रणालीमा आएको जानकारी गराउनुभयो । अझै कतिपय निर्वाचन क्षेत्रमा रुजुको काम भइरहेकाले यसमा केही बढ्न सक्ने उहाँले बताउनुभयो ।

कम दर्ता भएको मसस्ताङमा चार वटा मात्र उम्मेदवारी दर्ता भएको छ । यसैगरी मनाङमा पाँच जनाको उम्मेदवारी दर्ता भएको जानकारी पनि सचिव राउतले दिनुभयो । यी दुवै जिल्लाका उम्मेदवारीको रुजु भइसकेको जनाइएको छ । सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको रुपन्देही निर्वाचन क्षेत्र नं २ र ३ मा ३५÷३५ उम्मेदवारी दर्ता भएको छ । रुपन्देही निर्वाचन क्षेत्र नं २ को रुजु भइसकेको छ भने ३ नंं क्षेत्रको बाँकी छ ।

सामान्यतया शान्तिपूर्ण रुपमै उम्मेदवारी दर्ताका काम भएको निर्वाचन अधिकृतको कार्यालयहरुबाट जानकारी आएको जनाइएको छ । आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको थियो ।

उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयत्रपत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले आह्वान गरेको थियो । आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम रहेको पनि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउनुभयो ।

माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ ।

माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

रौतहट–४ मा उम्मेदवार बनेका पत्रकार ऋषि धमलासँग को-को प्रतिस्पर्धा गर्दैछन् ?

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि चर्चित पत्रकार ऋषि धमलाले उम्मेदवारी दर्ता गराएका छन । उनले आम जनता पार्टी ९आजपा० बाट रौतहट क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दर्ता गराएका हुन ।

मंगलबार चन्द्रपुरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर धमलाले मनोनयन पत्र बुझाएका हुन ।उनले रौतहट क्षेत्र नम्बर–४ को समग्र विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पारे ।

o:t} नेपाली कांग्रेसका तर्फबाट पूर्व प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै, नेकपा एमालेका तर्फबाट रामजी साह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गणेश पौडेल र नेपाली कम्युनिष्ट पार्टीबाट रामकुमार भट्टराईले मनोनयन पत्र दर्ता गराएका हुन ।

सप्तरी–३ मा उपेन्द्र यादवले गराए उम्मेदवारी दर्ता

राजविराज ।अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसअघिको निर्वाचनमा उहाँ सप्तरी क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएको थियो । त्यसबखत उहाँ जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुभएको थियोे ।

सर्लाही ३ बाट नारायणकाजी श्रेष्ठको उम्मेदवारी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचको लागि आफ्नो उम्मेदवारी दिएका छन् ।

मंगलबार सर्लाही ३ बाट उनले आफ्नो उम्मेदवारी दिएका हुन् ।०७० मा मकवानपुर र २०७४ मा गोरखाबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लडे । उनी दुवै पटक पराजित भए ।

२०७६ मा राष्ट्रिय सभा सदस्यमा विजयी भए ।

काठमाडौं ९ मा कांग्रेसबाट नानू बास्तोलाको उम्मेदवारी

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट नेपाली कांग्रेसका तर्फबाट नानू बास्तोला उम्मेदवार बनेकी छिन्। उनले मंगलबार मनोनयन दर्ता गराएकी छिन् ।बास्तोला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्। उनी काठमाडौं ९ मा लोकप्रिय नेतृका रुपमा चिनिन्छिन।

बास्तोलाले महिला सशक्तीकरण र सामाजिक कार्यमा समेत पहिचान बनाएकी छिन्।उम्मेदवारी दर्तापछि उनले युवालाई साथ लिएर हिड्ने तथा अग्रजलाई सम्मान गर्ने आफ्नो अभियान रहेको औंल्याइन् ।

कालिकोटमा महेन्द्रविरुद्ध जीवनले दिए उम्मेदवारी

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध नेकपाका केन्द्रीय सदस्य जीवन बुढाले उम्मेदवारी दर्ता गराएका छन् ।
कालिकोटबाट उम्मेदवार बन्ने चर्चामा रहेका बुढालाई मनोनयन दर्ता गर्ने अन्तिम दिन टिकट खोसिएपछि उनले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय सभाका पूर्वसदस्य जीवन बुढा टिकटको मुख्य दाबेदार मानिएका थिए । अन्तिममा टिकट नपाएपछि उनले बागी उम्मेदवारी दर्ता गराएका हुन्। ०७० सालको संविधान सभादेखि महेन्द्र शाही निरन्तर चुनाव लड्दै आएका छन् ।

०७० सालमा चुनाव जितेका शाही २०७४ मा प्रदेश सभा चुनाव लडेर कर्णालीको पहिलो मुख्यमन्त्री बनेका थिए । ०७९ सालको चुनावमा प्रतिनिधि सभा सदस्य शाहीले निरन्तर अवसर पाउँदै आएका छन् । आगामी निर्वाचनका लागि जीवन बुढाकोे बलियो दाबेदारी रहेको भएपनि पुष्पकमल दाहाल प्रचण्डको विश्वास पात्र मानिएका महेन्द्रले टिकट खोसेपछि निरंकुशताको विरुद्व आफ्नो उम्मेदवारी रहेको बुढाले बताए ।

२० बर्षमा पनि एउटै ब्यक्तिले अवसर लिनु र अरुलाई वेवास्ता गर्ने प्रवृत्तिबिरुद्ध आफ्नो उम्मेदवारी रहेको बुढाले बताए । कालिकोटबाट नेत्र विक्रम चन्द विप्लव नेतृत्वका प्रबक्ता खड्कबहादुर बिश्वकर्मा रहेपनि उम्मेदवारी दिएका छन् । माओवादी भित्रको आन्तरिक विवादले नेपाली काँग्रेस र एमालेका लागि निर्वाचन परिणााम आफ्नो पक्षमा पार्न सहन हुने आँकलन गरिएको छ ।

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन् ।मंगलबार अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनले राजीनामा दिएको जानकारी दिएका हुन्

अर्थमन्त्री खनालले लेखेका छन्  ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो’, ।

पत्रकार ऋषि धमला रौतहट–४ बाट चुनाव लड्ने

काठमाडौं – चर्चित पत्रकार ऋषि धमला आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट रौतहट–४ बाट चुनाव लड्न लागेका हुन् ।

उनकी पत्नी एजिला गौतमले सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छन्। ऋषि पत्नी एलिजा त्यस पार्टीकी उपाध्यक्ष छिन्। उनी केही समयअघि पार्टी प्रवेश गरेकी थिइन्।

राप्रपाले टुङ्ग्यायो १६० क्षेत्रमा उम्मेदवार, को कहाँबाट चुनाव लड्दैछन् ?

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १६० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ। बाँकी पाँच निर्वाचन क्षेत्रमा उम्मेदवार आज बिहानसम्म टुङ्ग्याइने पार्टीका प्रवक्ता मोहन श्रेष्ठ बताएका छन् ।

निर्वाचन कार्यतालिकाअनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। यसका लागि राप्रपाका उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्र पुगिसकेका छन्।

राप्रपाले झापा क्षेत्र नम्बर ३ बाट पार्टी अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनलाई उम्मेदवार बनाएको छ भने काठमाडौं क्षेत्र नम्बर १ बाट रवीन्द्र मिश्र, काठमाडौं ५ बाट कमल थापा र काठमाडौं–३ बाट डा. सुन्दर सिंह बोहोरालाई उम्मेदवार बनाएको छ।

यी हुन् राप्रपाका उम्मेदवार :
ताप्लेजुङ– इन्द्र प्रसाद थापा
पाँचथर– तेज कुरुम्वाङ
इलाम– ज्वाला नेपाल दाहाल
झापा क्षेत्र नं १– हेमराज कार्की
झापा क्षेत्र नं २– स्वागत नेपाल
झापा क्षेत्र नं ३– राजेन्द्र प्रसाद लिङ्देन
झापा क्षेत्र नं ४– भक्ति प्रसाद सिटौला
झापा क्षेत्र नं ५– लक्ष्मी प्रसाद संग्रौला
संखुवासभा– पदम बहादुर तामाङ्ग
तेह्रथुम– टंक प्रसाद अधिकारी
भोजपुर– जनक नेपाल
धनकुटा– बिभत्सु थापा
मोरङ्ग क्षेत्र नं १– पुर्ण बहादुर वाइवा
मोरङ्ग क्षेत्र नं २– बंशराज राजवंशी
मोरङ्ग क्षेत्र नं ३– प्रेम सुवेदी
मोरङ्ग क्षेत्र नं ४– रवि रिजाल
मोरङ्ग क्षेत्र नं ५– कुमुद राय
मोरङ्ग क्षेत्र नं ६– गोपाल बहादुर क्षेत्री कटुवाल
सुनसरी क्षेत्र नं १– उद्धव श्रेष्ठ
सुनसरी क्षेत्र नं २– दिनेश कुमार बस्नेत
सोलुखुम्बु– राजेन्द्र बस्नेत
ओखलढुंगा– डिक प्रसाद बास्तोला
उदयपुर क्षेत्र नं १– सुभाष चन्द्र खड्का
सप्तरी क्षेत्र नं १– सत्यजित कुमार झा
सप्तरी क्षेत्र नं ३– उम्देश्वर साह
सप्तरी क्षेत्र नं ४– रुपक न्यौपाने
सिराहा क्षेत्र नं १– वासुदेब साह
सिराहा क्षेत्र नं २– जागेश्वर महत्तो
सिराहा क्षेत्र नं ३– विनोद कुमार यादव
सिराहा क्षेत्र नं ४– शुभेन्द्र कुमार साह
धनुषा क्षेत्र नं १– मनोज मल्ल ठकुरी
धनुषा क्षेत्र नं २– सुरेश मण्डल
धनुषा क्षेत्र नं ३– बिरेन्द्र प्रसाद लाल कर्ण
धनुषा क्षेत्र नं ४– बिरेन्द्र कुमार महत्तो
महोत्तरी क्षेत्र नं २– नवीन ठाकुर
महोत्तरी क्षेत्र नं ३– राजेश्वर राय यादव
महोत्तरी क्षेत्र नं ४– शिव शंकर यादव
सर्लाही क्षेत्र नं १– राजेन्द्र प्रसाद मैनाली
सर्लाही क्षेत्र नं २– ज्ञानेन्द्र महत्तो
सर्लाही क्षेत्र नं ३– ढोलाराम वाराकोटी
सर्लाही क्षेत्र नं ४– विन्ति प्रसाद चौधरी
बारा क्षेत्र नं १– लक्ष्मी साह कलवार
बारा क्षेत्र नं २– लाल बहादुर प्रसाद तेली
बारा क्षेत्र नं ४– दिलीपकुमार शर्मा नेपाल
पर्सा क्षेत्र नं १– नन्दकिशोर प्रसाद श्रीवास्तव
पर्सा क्षेत्र नं २– विना जैसवाल
पर्सा क्षेत्र नं ३– सुमेश्वरनाथ उपाध्याय
पर्सा क्षेत्र नं ४– शान्त कुमार जोशी
दोलखा क्षेत्र नं १– प्रविण कुमार थोकर तामाङ
सिन्धुली क्षेत्र नं १– ई. इन्द्र कुमार श्रेष्ठ
सिन्धुली क्षेत्र नं २– प्रा.डा. मुकुन्द प्रसाद गजुरेल
नुवाकोट क्षेत्र नं १– विमल थापा
काठमाडौं क्षेत्र नं १– रवीन्द्र मिश्र
काठमाडौं क्षेत्र नं २– कुन्ती देवी पोखरेल
काठमाडौं क्षेत्र नं ३– डा. सुन्दर सिंह बोहोरा
काठमाडौं क्षेत्र नं ४– डा. सुरेन्द्र भण्डारी
काठमाडौं क्षेत्र नं ५– कमल थापा
काठमाडौं क्षेत्र नं ६– उद्धव राज भेटवाल
काठमाडौं क्षेत्र नं ७– लालकुमार लामा
काठमाडौं क्षेत्र नं ८– नवीन साही
काठमाडौं क्षेत्र नं ९– दिलीप कुमार कार्की
काठमाडौं क्षेत्र नं १०– बलराम थापा
भक्तपुर क्षेत्र नं १– भरत बहादूर खडका
भक्तपुर क्षेत्र नं २– विक्रम थापा
ललितपुर क्षेत्र नं १– ई. सजिना कार्की
ललितपुर क्षेत्र नं २– रघुबर राज थापा
ललितपुर क्षेत्र नं ३– सबिन खड्का
नुवाकोट २– झनक प्याकुरेल
काभ्रेपलान्चोक क्षेत्र नं १– नबराज सत्याल
काभ्रेपलान्चोक क्षेत्र नं २– रन्जिब श्रेष्ठ
सिन्धुपाल्चोक क्षेत्र नं १– राममणि न्यौपाने
सिन्धुपाल्चोक क्षेत्र नं २– ई. गोपीकृष्ण चौलागाई
मकवानपुर क्षेत्र नं १– दीपक बहादुर सिंह
मकवानपुर क्षेत्र नं २– राम बहादुर थोकर
चितवन क्षेत्र नं १– बलराम खनाल
चितवन क्षेत्र नं २– रीना गुरुड
चितवन क्षेत्र नं ३– विक्रम पाण्डे
मनाङ्ग– कुबेर सिंह गुरूङ्ग
लमजुंग– मेघ बहादुर गुरूङ्ग
कास्की क्षेत्र नं १– बाबुराम थापा
कास्की क्षेत्र नं २– हेमजंग गुरूङ्ग
कास्की क्षेत्र नं ३– अर्जुन खनाल
तनहुँ क्षेत्र नं १– अभिषेक जोशी
तनहुँ क्षेत्र नं २– यम बहादुर खाँण ठकुरी
स्याङ्जा क्षेत्र नं १– हुकुम बहादुर राना
स्याङ्जा क्षेत्र नं २– रबिन पाठक
नवलपरासी (पूर्व) क्षेत्र नं १– दीपक कुमार वास्ताकोटी
नवलपरासी (पूर्व) क्षेत्र नं २– रून कुमारी महतो
मुस्तांग– कमला लालचन
म्याग्दी– डम्बर बहादुर सुबेदी
बागलुङ क्षेत्र नं १– कल्याण विक्रम आचार्य
बागलुङ क्षेत्र नं २– अञ्चल शाही ठकुरी
पर्वत– यादव राज पाण्डे
गुल्मी क्षेत्र नं १– अजित कुमार श्रेष्ठ
गुल्मी क्षेत्र नं २– जनक सेन
पाल्पा क्षेत्र नं १– वृहस्पति अर्याल
पाल्पा क्षेत्र नं २– नारायण प्रसाद कोईराला
अर्घाखांची – कविन्द्र फुल्लेल
रुपन्देही क्षेत्र नं १– प्रज्वल बोहरा
रुपन्देही क्षेत्र नं २– कार्भिका थापा
रुपन्देही क्षेत्र नं ३– गौरव बोहोरा
रुपन्देही क्षेत्र नं ५– मीन प्रसाद घिमिरे
कपिलवस्तु क्षेत्र नं १– ध्रुब बहादुर रायमाझी
कपिलवस्तु क्षेत्र नं २– बिष्णु प्रसाद भण्डारी
रुकुम पूर्व– केशव चन्द्र समाल
रोल्पा– पूर्ण बहादुर घर्ती मगर
प्यूठान– सुभाष पण्डित
दाङ क्षेत्र नं १– बिनय बुढाथोकी
दाङ क्षेत्र नं २– यादव बहादुर श्रेष्ठ
दाङ क्षेत्र नं ३– दामोदर भण्डारी
बाँके क्षेत्र नं १– प्रदीप कुमार शाह
बाँके क्षेत्र नं २– ऋषिराज देवकोटा
बाँके क्षेत्र नं ३– तारक सिंह थारू
बर्दिया क्षेत्र नं १– हेमन्त प्रकाश गिरी
बर्दिया क्षेत्र नं २– विनय रावल
नवलपरासी (पश्चिम) क्षेत्र नं १– नवनित कुमार मिश्र
नवलपरासी (पश्चिम) क्षेत्र नं २– ध्रुब बहादुर प्रधान
सल्यान– अनिशा नेपाली
डोल्पा– हरिप्रसाद डाँगी
मुगु– बल बहादुर मल्ल
जुम्ला– ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)
कालिकोट– सुर्यबहादुर शाह
जाजरकोट– कृष्ण विक्रम शाह
दैलेख क्षेत्र नं १– कुन्ती कुमारी शाही
दैलेखनक्षेत्र नं २– बबिता शाही
सुर्खेत क्षेत्र नं १– रवि किरण हमाल
सुर्खेत क्षेत्र नं २– कविराम पुरी
रुकुम पश्चिम– गोपाल खड्का
बाजुरा– जंग कुमार गिरी
अछाम क्षेत्र नं १– लोकेन्द्र बहादुर शाह
अछाम क्षेत्र नं २– तेज बहादुर थापा
बझाङ– विश्व प्रकास जेठारा
डोटी– खडग प्रसाद अग्रवाल
कैलाली क्षेत्र नं १– लोकेन्द्र कुँवर
कैलाली क्षेत्र नं २– भरत सिंह वि.सी.
कैलाली क्षेत्र नं ३– वीरेन्द्र बम
कैलाली क्षेत्र नं ४– कमल बम रजवार
कैलाली क्षेत्र नं ५– रोशन शाही
दार्चुला– राजेश बहादुर चन्द
बैतडी– भुपेन बहादुर चन्द

द्वन्द्व चर्काउनुको सट्टा वार्ता र छलफलबाट समाधान निकाल्नु इयूको प्राथमिकता

ब्रसेल्स, बेल्जियम – ग्रीनल्याण्ड विवादका कारण युरोपेली मुलुकमाथि अतिरिक्त कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएपछि युरोपेली सङघ (इयू)ले सोमबार अमेरिकासँग वार्ताबाट नै समस्याको समाधान खोज्न चाहेको बताएको छ ।

राष्ट्रपति ट्रम्पले शनिबार इयूका सदस्य राष्ट्रहरु डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, स्वीडेन तथा गैरसदस्य बेलायत र नर्वेलाई ग्रिनल्याण्ड अमेरिकालाई हस्तान्तरण नगरेसम्म थप कर लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

इयू अर्थात् २७ राष्ट्रको समूहका नेताहरूले बिहीबार साँझ ब्रसेल्समा आपतकालीन शिखर सम्मेलन आयोजना गर्नेछन् र ट्रान्सएटलान्टिक सम्बन्धलाई प्रभावित पार्ने वर्षौंको सबैभन्दा गम्भीर सङ्कटबारे छलफल गर्नेछन् ।

इयूका व्यापार प्रवक्ता ओलोफ गिलले भन्नुभयो, “हाम्रो प्राथमिकता तनाव बढाउनु होइन, वार्ता र छलफलका माध्यमबाट समस्याको समाधान निकाल्नु हो । कहिलेकाँही नेतृत्वको सबैभन्दा जिम्मेवार रूप संयम हो ।” गिलले अमेरिकासँग सबै तहमा छलफल जारी रहेको बताउनुभयो । “हामी शान्त हुन, दृढ हुन, गम्भीर हुन, जिम्मेवार हुन कोशिस गरिरहेका छौँ, किनकि हाम्रो विचारमा नेतृत्व यस्तै देखिन्छ,” गिलले पत्रकारहरूसँग भन्नुभयो । उहाँले थप्नुभयो, “यदि चेतावनी अनुसार अतिरिक्त कर लगाइयो भने इयूसँग यसको निपटानका लागि उपाय छन् र प्रतिक्रिया दिन तयार छ ।”

राष्ट्रपति ट्रम्प पछि नहटे इयूले विभिन्न उपायबारे सोचिरहेको छ, जसमा पहिलो उपाय भनेको गत वर्ष अमेरिकासँग भएको वर्तमान कर विवाद सम्झौता अघि नबढाउनु हो । दोस्रो उपायमा इयूमा पनिसंयुक्त राज्य अमेरिकाबाट आयात हुने ९३ अर्ब युरो (१०८ अर्ब डलर) बराबरको आयातमा युरोपेली करहरू लागू हुन सक्छन्, जुन अहिले फेब्रुअरीको सुरुसम्मका लागि रोकिएको छ । यदि स्थिति परिवर्तन भएन भने तेस्रो प्रतिक्रियामा ‘बाजुका’ भनेर चिनिने ‘एन्टी–कोर्सियन इन्स्ट्रुमेन्ट’ सहित उपायहरूको अवलम्बन समावेश हुनेछ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँका सहयोगीसमेत रहनुभएका गिलले यदि ट्रम्पले आफ्नो चेतावनीलाई सही साबित गरे वासिङ्टनविरुद्ध पहिले कहिल्यै प्रयोग नगरिएको उपाय सक्रिय गर्न इयूलाई आग्रह गर्ने बताउनुभएको छ।

“मानिसहरूले मलाई सोध्छन्, के कडा उपाय टेबलमा फिर्ता आएको छ? यो कहिल्यै तालिकाबाट बाहिर थिएन,” गिलले भने ।

प्रतिनिससभा निर्वाचन : प्रत्यक्षतर्फ यस्तो छ कास्कीमा उम्मेदवारी मनोनयनको दर्ता कार्यतालिका

गण्डकी, ६ माघ : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् ।

तीनवटा निर्वाचन क्षेत्र रहेका जिल्लामा स्थापित निर्वाचन अधिकृतका कार्यालयहरूमा मनोनयनका लागि जम्मा भएर जान दलहरूले सार्वजनिक सूचना जारी गर्दै त्यसको तयारीमा जुटेका हुन् । उम्मेदवार छनोटका लागि सोमबार दिनभर नै आन्तरिक छलफल गरी दलहरूले उम्मेदवारी तय गरेका हुन् ।

दलहरूले कास्की क्षेत्र नं १ मा पशुपन्छी अनुसन्धान, विकास तथा परीक्षण केन्द्र रामघाटमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नेछन् भने क्षेत्र नं २ का लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालय ड्यामसाइडमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेछन् । त्यस्तै क्षेत्र नं ३ का लागि कृषि, भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ ।

उम्मेदवारी मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार दलहरूले उम्मेदवारी दर्ता गर्न आउने समयबारे पनि जानकारी गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज १०.०० देखि ११.०० बजेसम्म, राष्ट्रिय प्रजातन्त्र पार्टीले दिउँसो १.०० बजे उम्मेदवारी दर्ता गर्न आउने जानकारी गराएको उहाँले बताउनुभयो । नेकपा (एमाले)ले १.०० देखि २.०० बजेसम्म उम्मेदवारी दर्ताका लागि आउने जानकारी गराएको र अन्य दलबाट जानकारी आउने क्रममा रहेको उहाँले बताउनुभयो ।

जिल्लामा निर्वाचनका लागि एक सय ५३ मतदानस्थल र तीन सय ६३ मतदान केन्द्र निर्धारण गरिएको छ । कास्कीका तीन निर्वाचन क्षेत्रमा कुल तीन लाख आठ हजार ५७२ जना मतदाता रहेका छन् । कास्की क्षेत्र नं १ मा एक लाख १६ हजार ८७८, क्षेत्र नं २ मा ८४ हजार १३४ मतदाता रहेका छन् । त्यस्तै, क्षेत्र नं ३ मा एक लाख सात हजार ५६० मतदाता रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ७० रुपैयाँ, आलु रातो प्रतिकिलो २६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४२ रुपैयाँ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ५० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, बन्दा (नरिवल) प्रतिकिलो ४५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ७० रुपैयाँ, रातो मूला प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १२ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो १६ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ८० रुपैयाँ, मकै बोडी प्रतिकिलो ४० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ११० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, टाटे सिमि प्रतिकिलो ८० रुपैयाँ, तितो करेला प्रतिकिलो १४० रुपैयाँ, लौका प्रतिकिलो ७५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, सलगम प्रतिकिलो ७० रुपैयाँ, भिन्डी प्रतिकिलो ११० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, पिँडालु प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, समितिले रायोसाग प्रतिकिलो १५ रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ६० रुपैयाँ, चमसुर प्रतिकिलो ६० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो ६० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।

बकूला प्रतिकिलो ९० रुपैयाँ, तरुल प्रतिकिलो ६० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो ८० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४५० रुपैयाँ, राजा च्याउ प्रतिकिलो २८० रुपैयाँ, कुरीलो प्रतिकिलो १७५० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ५० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, जिरीको साग प्रतिकिलो ११० रुपैयाँ, सेलरी प्रतिकिलो २०० रुपैयाँ, पार्सले प्रतिकिलो ५०० रुपैयाँ, सौफको साग प्रतिकिलो ७० रुपैयाँ, पुदिना प्रतिकिलो २५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ ।

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १४० रुपैयाँ, कागती प्रतिकिलो ९० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैँया, सुन्तला (नेपाली) प्रतिकिलो ११० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो १०० रुपैयाँ, जुनार प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो १०० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

राँझा (बाँके), ६ माघ : नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन चार लेन पुल अन्तिम चरणमा छ । पुल निर्माण सम्पन्न गर्ने सम्झौता २०८३ वैशाख १८ गतेसम्म भए पनि निर्माणको गति हेर्दा समयावधिभन्दा अगावै पुल निर्माण हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “खजुरावासीले भोगिरहेको लामो समयदेखिको सास्ती अबको केही समयमै अन्त्य हुनेछ, निर्माण कम्पनीले तोकिएको समयभन्दा अगावै सम्पन्न गर्नेगरी काम अघि बढाएको छ ।” काम छिटो गर्ने नाममा गुणस्तरमा सम्झौता नहोस् भन्नका लागि हुलाकी राजमार्ग निर्देशनालयले नियमित रूपमा कार्यस्थलमै पुगेर अनुगमन गरिरहेको छ । नेपालगन्ज–गुलरिया सडक खण्डकै लाइफ लाइन मानिने यो पुलले बाँके र बर्दियाको आवागमनलाई थप सहज र सुरक्षित बनाउने विश्वास गरिएको छ ।

नयाँ निर्माण गर्न लागिएको पुल २२ मिटर चौडाइ र ३४.४ मिटर लम्बाइको छ । पुलको दुवैतर्फ दुई सय मिटर एप्रोच सडक पनि निर्माण गरिनेछ । नारायणम निर्माण सेवासँग २०८३ वैशाख १८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी भ्याटसहित रु आठ करोड ९६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले खजुरावासीको निरन्तरको पहलले यो काम सम्भव भएको उल्लेख गर्दै भन्नुभयो, “खजुरावासीको लामो समयदेखिको सपना पूरा हुँदैछ, निर्माण कम्पनीको काम गर्ने शैलीबाट हामी सबै उत्साहित छौँ ।”

उहाँका अनुसार खजुराका स्थानीय बासिन्दामात्र होइन, यहाँबाट दैनिक ओहोरदोहोर गर्ने यात्रुहरू पनि पुल निर्माणको गति देखेर खुसी छन् । वर्षाको समयमा नाला थुनिएर सडकमा पानी आउँदा घण्टौँसम्म यातायात अवरुद्ध हुने समस्या अब इतिहास बन्नेछ ।
खजुरामा चार लेन सडक भए पनि वर्षौँ पहिले निर्माण भएको साँघुरो र जीर्ण पुल भएका कारण सानो वर्षातमा समेत नालाको पानी सडक भएर बग्दा बर्षायाममा आवागमन प्रभावित हुने गरेको थियो ।

पर्यटकको रोजाइमा रत्नेचौर : धवलागिरि हेर्दै तोरीबारीमा रमाउने पर्यटकको घुइँचो

म्याग्दी, ६ माघ : बेनी नगरपालिका–१ रत्नेचौर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ ।

कात्तिक–मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खानका लागि यहाँ पर्यटकको भीड लाग्ने गर्छ ।

सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको रत्नेचौरको तोरी बारीमा रमाउँदै टिकटक र भिडियो बनाउन आउनेहरूको चहलपहल बढेको स्थानीय शङ्कर महतले बताउनुभयो । “चार वर्षअघिसम्म सुनसान हुने यो ठाउँमा अहिले दैनिक दुई हजार जनासम्म पर्यटक आएका छन्”, उहाँले भन्नुभयो, “पर्यटकको चहलपहलले व्यापार वयवसाय र आर्थिक गतिविधि बढेको छ ।”

उत्तरतिर हेर्दा चाँदीझैँ टल्किने सेता हिमशृङ्खला, पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पर्यटक आउने गरेका हुन् ।

अहिले पहेँलपुर तोरीबारीले रत्नेचौर झकिझकाउ बनेको छ । उत्तरतर्फ मनोरम धवलागिरि हिमशृङ्खलाको दृश्य, हरियाली फाँट र तोरी फुलेर पहेँलपुर वातावरणले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप निखार दिएको कुश्माबाट आएका सागर भट्टराईले बताउनुभयो ।

रत्नेचौरबाट संसारको सातौँ अग्लो धवलागिरि हिमाल (आठ हजार १६७ मिटर) स्पष्ट देखिन्छ । यस्तै, समथर भूभागमा फुलेका तोरीबारीसँगै बेनी–बागलुङ सडकखण्डको कालोपत्र गरिएको चिल्लो सडकले थप आकर्षण प्रदान गरेको छ ।

तोरीबारीमा मौरी र भमरा रस चुस्दै गरेका रमाइला दृश्यले गाउँलाई जीवन्त बनाएको छ । बारीको छेउकुना तथा सडकको दायाँबायाँ मानिस तोरीबारी र हिमाल हेर्दै रमाइरहेका देखिन्छन् । पहेँलै फुलेको तारीको बीचबीचमा हुर्कँदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण टिकटक बनाउन, नाच्दै रमाउन व्यस्त छन् ।

शुक्रबार, शनिबार र सार्वजनिक बिदामा अन्य दिनमा भन्दा बढी भीड लाग्ने गरेको स्थानीय युवा कुशल शर्माले बताउनुभयो । पर्यटकको भीडले गर्दा तोरी र गहुँबालीमा क्षति हुने गरेको स्थानीयवासीले गुनासो पनि गरेका छन् । तोरी र गहुँको खेतभित्र नपसिदिन पनि स्थानीयको आग्रह छ ।

रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण बनेको छ । वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धवलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।

रत्नेचौरको प्रचारप्रसार र संस्कृति संरक्षण गर्ने उद्देश्यले यही माघ १६ गते एकदिने बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । स्वदेश तथा विदेशमा रहेका रत्नेचौरवासीबाट सहयोग जुटाएर लोकगायक गायिकाहरूको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गर्न लागिएको स्थानीय अगुवा नेत्र महतले जानकारी दिनुभयो ।

पर्यटकहरूले मगर, क्षेत्री, थकाली, ब्रह्माणलगायत जातजातिको पोशाक लगाएर तस्बिर, भिडियो खिच्ने गर्दछन् । पर्यटकहरूलाई जातजातिको मौलिक पोशाक भाडामा लगाएर स्थानीयले आम्दानी गरेका हुन् । तोरीबारीमा मौलिक पोशाक लगाएर तस्बिर खिच्ने र सामाजिक सञ्जालमा राख्ने भिडियो बनाउने गरेका व्यवसायी रामकृष्ण पुनले बताउनुभयो । एक जोडा पोशाक एक घण्टा प्रयोग गरेबापत रु दुई सयदेखि तीन सय ५० शुल्क लिने गरेको बताउनुभयो ।

“मसँग १५ जोड मगर ड्रेस छन्”, उहाँले भन्नुभयो, “दिनमा १० देखि १५ जनाले भाडामा लिनुहुन्छ ।” रेष्टुरेन्ट सञ्चालकसमेत रहेका थापाले पर्यटकको तस्बिवर खिचिदिने पनि गर्नुभएको छ । एउटा तस्बिर खिचेबापत रु २० शुल्क लिने गरेको थापाले बताउनुभयो ।

रत्नेचौरमा महिला सहकारी संस्था र अन्य रेष्टरेन्ट तथा पसलहरूले पनि जातिय पोशाक भाडामा लगाउने गरेका छन् । आकर्षक देखिने भएकाले जातीय पोशाक पर्यटकहरूको रोजाइमा परेको हो । बागलुङबाट रत्नेचौर आएकी रश्मी रानाले मौलिक पोशाकमा सजिएर खिचेको तस्बिर र बनाएको भिडियो स्मरणयोग्य भएको बताउनुभयो ।

“तोरी र गहुँखेती भएको फाँटको बीचमा रहेको पक्की सडकमा मगर पोशाक लगाएर खिचेको फोटो र भिडियो आकर्षक देखियो”, उहाँले भन्नुभयो, “पृष्ठभूमिको धवलागिरि हिमाल र वरपरका मौलिक घरहरूले यहाँको दृश्यलाई क्यान्भासजस्तै बनाएको छ ।

ग्रामीण क्षेत्रको विकासमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका छ – डा प्रकाशकुमार श्रेष्ठ

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले ग्रामीण क्षेत्रको विकासमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले यहाँ आयोजना गरेको ‘ग्रामीण अर्थतन्त्रबारे छलफल’मा उहाँले स्थानीय सरकार स्थायी सरकार भएकाले ग्रामीण क्षेत्रको विकासमा उक्त सरकारको महत्वपूर्ण भूमिका रहेने बताउनुभएको हो ।

“स्थानीय सरकारले ग्रामीण विकासमा ‘डेलिभरी’ दिन सक्छ, राष्ट्रिय योजना आयोगले पछाडि परेका स्थानीय सरकारलाई समपुरक बजेट प्रदान गर्दै पिछडिएको बस्तीको विकासमा काम गरिरहेको छ”, उहाँले भन्नुभयो । उहाँले विसं २०४६ को राजनीतिक परिवर्तनपछि ग्रामीण क्षेत्रको विकासले गति लिन थाले पनि माओवादी द्वन्द्वकालका कारण गाउँहरु उजाड हुँदै गएको बताउनुभयो । ग्रामीण विकासका लागि सङ्घीयता महत्वपूर्ण कडी भएको उहाँको भनाइ थियो ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले हाल मुलुकको जनसाङ्ख्यिक लाभलाई लिएर मुलुकको विकासमा लाग्नुपर्ने बताउनुभयो । उहाँले प्रत्येक वर्ष रु एक खर्ब ७४ अर्ब रकम सङ्घीयतामा खर्च भए पनि त्यसको प्रतिफल सोचेजस्तो हुन नसकेको बताउनुभयो ।

संविधानसभा सदस्य डा खिमलाल देवकोटाले सङ्घीयताको विकासले ग्रामीण क्षेत्रमा शक्तिको बाँडफाँट, स्थानीय शासन सुदृढ, पूर्वाधार विकास, वित्तीय हस्तान्तरण, कृषि आधुनिकीकरण, सामाजिक समावेशिकरण, आर्थिक विकासमा सहयोग पुगेको बताउनुभयो । महिला अधिकारकर्मी भारती सिलवालले ग्रामीण अर्थतन्त्रको विकासमा महिलाको ठूलो भूमिका रहेको बताउनुभयो ।

प्रतिष्ठानकी अध्यक्ष गायत्री अधिकारीले विविध कार्यक्रम आयोजना गरी श्रीकान्त अधिकारीको जन्म शताब्दी मनाइने जानकारी दिनुभयो ।

फागुन २१ को चुनाव : म्याग्दीबाट को–को मैदानमा ?  

बेनी (म्याग्दी), ६ माघ : आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य राजनीतिक दलले म्याग्दीबाट उम्मेदवारको टुङ्गो लगाएका छन् ।

जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोकामगर र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट ध्रुव घिमिरेले उम्मेदवारी दिने हुनुभएको छ ।

पाँचै जनाले सम्बन्धित पार्टीको तर्फबाट मनोनयनपत्र प्राप्त गरिसक्नुभएको छ । मुख्य दलबाट उम्मेदवारको टुङ्गो लागेसँगै दलहरू आज हुने मनोनयन दर्ताको तयारीमा जुटेका छन् । एमालेबाट उम्मेदवार बन्न लाग्नुभएका श्रेष्ठ पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ भने उहाँ विसं २०७९ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजासँग पराजित हुनुभएको थियो ।

नेपाली कांग्रेसबाट उम्मेदवारी दिन लाग्नुभएका भण्डारी पार्टीको जिल्ला उपसभापति हुनुहुन्छ । नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिन लाग्नुभएका थापा विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा होमिनुभएको थियो । उहाँ अहिले पार्टीको विशेष प्रदेश समन्वय समितिको सचिवालय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।

रास्वपाबाट उम्मेदवार हुन लाग्नुभएका मगर पार्टीको जिल्ला सभापति हुनुहुन्छ भने नेकपा (माओवादी)बाट उम्मेदवार बन्न लाग्नुभएका घिमिरे पार्टीको पोलिटब्युरो सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज हुनुहुन्छ । एमालेबाट उम्मेदवार बन्न लाग्नुभएका श्रेष्ठबाहेक अन्य चार जना पहिलो पटक चुनावमा होमिनुभएको हो ।

यसपटक जिल्लामा दल गठबन्धन नगरिकन चुनावमा होमिएका छन् । आगामी निर्वाचनका लागि म्याग्दीमा कूल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र छ । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

गण्डकी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन कास्कीमा सुरक्षा रणनीति तयार गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त एवं सुदृढ बनाउन तीनवटै सुरक्षा निकाय परिचालित हुने बताउनुभयो । “निर्वाचन केन्द्रित सुरक्षा योजना तयार भई कार्यान्वयनमा गइसकेको छ”, उहाँले भन्नुभयो ।

प्रजिअ शर्माका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीबाट गरी दुई हजार सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटिनेछन् । त्यस्तै, दुई हजार ३०३ जना निर्वाचन प्रहरी परिचालनका लागि छनोट तथा नियुक्तिको प्रक्रिया सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

निर्वाचन सुरक्षालाई दृष्टिगत गरी सुरक्षा निकायले नियमित गस्ती र सुरक्षा निगरानी बढाइएको प्रजिअ शर्माले बताउनुभयो । जिल्ला सुरक्षा समितिले मतदानस्थलको स्थलगत अनुगमन तथा निरीक्षण गरिरहेको उहाँको भनाइ छ ।

मतदातालाई सहज रूपमा आवतजावत गर्ने व्यवस्थाका लागि बाटोघाटो मर्मतसुधारका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको जनाइएको छ । आज हुने उम्मेदवारको मनोनयन दर्ताका लागि सुरक्षादेखि सबै व्यवस्थापकीय तयारी चुस्त बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा तीन प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छन् ।

कास्की–१ को रामघाट, कास्की–२ को ड्यामसाइड र कास्की–३ को मालेपाटनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिने कार्यालयका सहायक निर्वाचन अधिकृत राजन खनालले बताउनुभयो ।भीडभाड हुन नदिन राजनीतिक दललाई आलोपालो गरेर मनोनयन दर्ताका लागि समय व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने

काठमाडौँ, ६ माघ : पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने हुनुभएको छ ।

विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आउनुभएका उहाँ यसपटक भने उम्मेदवार नहुने उहाँको सचिवालयले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फ मुलुकभर मनोनयन दर्ता हुँदैछ ।

प्रतिनिधिसभा निर्वाचन : काठमाडौँमा कहाँकहाँ स्थापना भए निर्वाचन कार्यालय

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ ।

कार्यालयका अनुसार काठमाडौँ क्षेत्र नं १ को कार्यालय सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा निर्धारण गरिएको छ । क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको नगर भवनमा कार्यालय स्थापना गरिएको छ ।

काठमाडौँ क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकको वडा नं ४ को कार्यालय, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको ज्येष्ठ नागरिक समाज भवन चपलीका निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

यस्तै, काठमाडौँ क्षेत्र नं ५ का लागि टोखा नगरपालिकाको श्री समाज भवन, काठमाडौँ क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकाको भवन धर्मस्थलीका कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

काठमाडौँ क्षेत्र नं ७ का लागि बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्र जुडोहल खुसिबु बालाजस, क्षेत्र नं ८ को नागाजुर्न नगरपालिकाको नगरपालिका भवन, क्षेत्र नं ९ को चन्द्रागिरि नगरपालिकाको भवनमा कार्यालय स्थापना गरिएको छ ।

यस्तै, काठमाडौँ क्षेत्र नं १० को कीर्तिपुर नगरपालिकाको वडा नं २ को भवन बाघभैरवमा कार्यालय स्थापना गरिएको छ । ललितपुर र भक्तपुरको पनि पायकपर्ने स्थानका निर्वाचन कर्यालय स्थापना भई सञ्चालनमा आइसकेको छ ।

मेची भन्सार कार्यालयबाट २५ अर्ब तीन करोडको सामग्री आयात

भद्रपुर (झापा), ६ माघः चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २५ अर्ब तीन करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ९३ करोड ७८ लाख अर्थात् आठ दशमलव ३९ प्रतिशतले आयात बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवको पहिलो छ महिनामा रु २३ अर्ब नौ करोड ८८ लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

चालु आवको पहिलो छ महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा रु १३ अर्ब ६७ करोड ३७ लाख मूल्य बराबरको सामान विभिन्न मुलुक निर्यात भएको थियो । गत आवको सोही अवधिमा रु १३ अर्ब ८४ करोड चार लाखको वस्तु तथा सामान निर्यात भएको थियो । यो नाकाबाट हुने निर्यात एक दशमलव २० प्रतिशतले घटेको कार्यालयका सूचना अधिकारी हुमागाईंले बताउनुभयो ।

पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, काउली, बन्दागोपी, ब्रोकाउली, जडीबुटीलगायत रहेका छन् भने आयात हुने मुख्य मालवस्तुमा पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन र तिनका पाटपुर्जा, तरकारी, सिमेन्ट क्लिङ्कर, शृङ्गारका सामान, कफी, प्लास्टिकका कच्चा पदार्थ, अलकत्रा बिटुमिनलगायत रहेका छन् । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पुस मसान्तसम्ममा आयात निर्यातबाट रु आठ अर्ब ४० करोड ९१ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ ।

निर्वाचन आउन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौँ, ६ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार आज देशभर उम्मेदवारको मनोनय हुँदैछ । नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रहेको छ । यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी छ ।

उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउनेगरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि आवश्यक पर्दछ । सम्बन्धित अनुसूचीबमोजिमका प्रतिनिधि मुकरर गरेको फाराम पनि आवश्यक पर्नेछ ।

प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र अर्को एक जना समर्थक भई विवरण भरी सहिछाप गरेको मनोनयन पत्र आवश्यक पर्नेछ ।

दलको तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोनयनको औपचारिक पत्र आवश्यक पर्नेछ ।

यस्तै, एकल चुनाव चिह्न लिइ संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र पनि उपलब्ध गराउनुपर्नेछ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि रु १० हजार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर पनि आवश्यक पर्नेछ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

आर्थिक विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र पनि जरुरी पर्ने आयोगले जनाएको छ । उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको स्वघोषणा पत्र पनि उपलब्ध गराउनुपर्नेछ ।

यस्तै, आफ्नो चल, अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र सेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण पनि उपलब्ध गराउनुपर्नेछ । वैयक्तिक विवरण फाराम भर्नुपर्नेछ ।

उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए सो पेस्की फछ्र्योट भएको व्यहोराको निस्सा पनि उपलब्ध गराउनुपर्नेछ । लेखा परीक्षणबाट कुनै पनि उम्मेदवारका नाममा किटानी साथ असुल उपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए सो बेरुजु फछ्र्योट गरेको निस्सा पनि जरुरी पर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु (नवलपरासी) । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएको जानकारी दिए।

“गत वर्षको पक्षी गणनामा ४१ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका पक्षी भेटिएका छन्”, उनले भने, “गत वर्षकोभन्दा यस वर्ष चराको सङ्ख्या र प्रजाति वृद्धि भएको छ ।”

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको नारायणी नदी र आसपासको सिमसार क्षेत्रमा गत वर्षभन्दा बढी चरा फेला परेका छन् । नारायणी नदी र आसपासका क्षेत्रमा विज्ञ समूहले गरेको चरा गणनाको एकीकृत तथ्यांकअनुसार यस वर्ष नारायणी क्षेत्रमा ४२ प्रजातिका १२ हजार ८८७ चरा भेटिएको संयोजक चौधरीले जानकारी दिए।

“सन् २०२४ मा ४१ प्रजातिका नौ हजार ५४८ र सन् २०२४ मा ४१ प्रजातिका १० हजार २५७ चरा गणना गरिएको थियो”, उनले भने, “यस वर्ष विगत केही वर्षको तुलनामा थप एक प्रजातिको चरा भेटिएको छ भने सङ्ख्या धेरै देखिएको छ ।”

नेपालमा ९०३ प्रजातिका पक्षी सुचीकृत भएका छन् । तीमध्ये जल क्षेत्रमा १६२ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नारायणी नदी क्षेत्रमा यस वर्ष उक्त प्रजाति फेला परेका संयोजक चौधरीले बताए । नवलपरासी (बर्दघाट सुस्तापूर्व)तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा पाँच समूह बनाएर चरा गणना गरिएको थियो ।

सिघ्रौलीबाट अमलटारी, सिघ्रौलीबाट पिठौली, पिठौलीबाट अमलटारी र अमलटारीबाट त्रिवेणी गण्डक ब्यारेजसम्म गरी पाँच समूहमा चरा गणना गरिएको हो । गत वर्षको तुलनामा यस वर्ष चराको समग्र सङ्ख्या तीन हजार ३३९ ले बढेको प्रारम्भिक अनुमान गरिएको संयोजक चौधरीले जानकारी दिए । उनका अनुसार साइबेरियालगायत उत्तरी गोलार्द्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा बढी सङ्ख्यामा खोया हाँस देखिएका छन् ।

एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ ।

केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार मतपत्र छपाइ भएको हो । निर्वाचन आयोगले उपलब्ध गराएको समानुपातिकतर्फको कूल दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्नेछ । केन्द्रले हालसम्म ५० प्रतिशत मतपत्रको छपाइ गरिसकेको छ ।

यस्तै, केन्द्रले आयोगलाई कूल १० लाख ९८ हजार २०० थान मतपत्र उपलब्ध गराइसकेको छ । केन्द्रले पछिल्लो २४ घण्टामा एक हजार ४३१ बाकस मतपत्रको प्याकिङसमेत सम्पन्न गरेको छ । कूल सात हजार ८४१ बाकस मतपत्र प्याकिङ भइसकेको र १२ हजार ९८९ बाकस भने बाँकी छ ।

प्रत्यक्षतर्फको मतपत्र भने उम्मेदवारको मनोनयन, दाबी विरोधको प्रक्रिया सम्पन्न भई अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिसकेपछि सुरु हुने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७० पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १९ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८५ पैसा र बिक्रीदर २० रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाईभाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५ रुपैयाँ ९५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ तीन पैसा र बिक्रीदर ३८६ रुपैयाँ ६३ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ पाँच पैसा र बिक्रीदर ३७८ रुपैयाँ ६१ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं, माघ ६ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो ।

आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ ।

आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ ।

आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया सुरु गरिसकेको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्ने छन् ।

नेपाली कांग्रेसले केही क्षेत्रका उम्मेदवार छनोटको प्रक्रियामा रहेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ । एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार छनोट गरी उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन् ।

आयोगले निर्धारण गरेको कार्यसूची अनुसार आज देशभर उम्मेदवारको मनोनय हुँदैछ । उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ ।

त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । आयोगले अन्य केही कागजातसमेत लिएर आउन आग्रह गरेको छ ।

आयोगले आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । आज उत्साहपूर्वक रूपमा देशभर उम्मेदवार मनोनयनको कार्यक्रम अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ । विसं २०७९ मा भएको प्रतिनिधिसभा गत भदौको आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो ।

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल। अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य एक दर्जनभन्दा बढी घाइते भएको एक गैरसरकारी संस्थाले जानकारी दिएको छ ।

शार–ए–नव क्षेत्रमा फूल बेच्ने व्यक्तिहरूका लागि परिचित सडकमा विस्फोट भएपछि आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका देखिएका एएफपीका एक पत्रकारले बताएका छन् ।

अफगानिस्तानमा इमर्जेन्सी स्वास्थ्य सेवा दिइरहेको इटालीको एक गैरसरकारी संस्थाले आफ्नो अस्पतालमा उपचारका क्रममा सात जनाको मृत्यु भएको जनाएको छ भने अन्य १३ जनालाई शल्यक्रिया विभागमा भर्ना गरिएको छ ।

“घाइतेहरूमा चार महिला र एक बच्चा पनि छन्,” एनजीओका राष्ट्रिय निर्देशक डेजान प्यानिकले एक विज्ञप्ति जारी गरी जानकारी गराउनुभएको छ। एक फूल पसलका मालिकले सुरक्षाको कारण नाम नबताउने शर्तमा भने, “विस्फोट दिउँसो ३ः३० बजे आफ्नो अगाडि सडकको अर्को छेउमा भएको थियो।”

उनले भीडभाड भएको क्षेत्रमा विस्फोटको ‘कडा आवाज’ सुनेको एएफपीसँग बताएका छन्। उनले भने, “यो एक आपतकालीन अवस्था थियो। सबैलाई आफ्नो ज्यानको डर थियो, त्यसैले सबैले ज्यान जोगाएर भागे। मैले कम्तिमा पाँच जना सख्त घाइते भएको देखेको थिएँ।

काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले विस्फोटको कारण खुलिनसकेको तर अनुसन्धान भइरहेको बताए । यस क्षेत्रमा रहेका धेरै रेस्टुरेन्टहरूलाई प्रहरीले घेरा हाली अनुसन्धान गरिरहेको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले एक रेष्टुरेन्टका कर्मचारीलाई उद्धृत गर्दै विस्फोटमा परी दुई जना चिनियाँ नागरिक गम्भीर घाइते भएको जनाएको छ ।

आक्रमणमा परी एक जना अफगानी सुरक्षा गार्डको मृत्यु भएको र रेष्टुरेन्टमा गम्भीर क्षति पुगेको सिन्ह्वाले जनाएको छ ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग कांग्रेसका चुन्नु पौडेलले प्रतिस्पर्धा गर्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाली कांग्रेसका चुन्नु प्रसाद पौडेलले प्रतिस्पर्धा गर्ने भएका छन् ।

रुपन्देहीको क्षेत्र नं। २ बाट नेपाली कांग्रेसले व्यवसायी पौडेललाई उम्मेदवार बनाएपछि विष्णु पौडेलसँग प्रतिस्पर्धा हुने निश्चित भएको हो । चुन्नु यस क्षेत्रको स्थापित व्यवसायी हुन् ।

रौतहट–१ मा माधव नेपालसँग एमालेका गुप्ताले प्रतिस्पर्धा गर्ने

काठमाडौं – आगामी निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा रा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

नेकपा एमालेले रौतहट–१ मा अजयकुमार गुप्तालाई नै उम्मेदवार बनाउने निर्णय गरेसँगै यी दुई नेताबीचको पुरानै प्रतिस्पर्धी दोहोरिने भएको हो ।२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यस क्षेत्रमा नेपाल र गुप्ताबीच कडा प्रतिस्पर्धा भएको थियो ।

एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले पार्टी केन्द्रले क्षेत्र नं ५ मा पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिनुभयो । पोखरेल विगतको प्रतिनिधिसभा र संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट उम्मेदवार हुँदै आउनुभएको छ ।

अध्यक्ष निरौलाका अनुसार काठमाडौँ क्षेत्र नं ४ बाहेक सबै उम्मेदवारको नाम टुङ्गो लागिसकेको छ । काठमाडौँ क्षेत्र नं १ मा मोहन रेग्मी, क्षेत्र नं २ मा मणिराम फुयाल, क्षेत्र नं ३ मा रामेश्वर फुयाल, क्षेत्र नंं ६ मा अमनमान मास्के, क्षेत्र नं ७ मा प्रकाश श्रेष्ठ, क्षेत्र नं ८ मा राजु शाक्य, क्षेत्र नं ९ मा अजयक्रान्ति शाक्य र क्षेत्र नंं १० मा विनोद श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

सिमेन्ट उद्योगमा कार्यरत एक मजदूरको काम गर्ने क्रममा मृत्यु, एक घाइते

दाङ। लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर आज एक मजदुरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही नगरपालिका–७ कमानपुरका ३६ वर्षीय अरविन्द चौधरी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । घाइते हुनेमा वडा नं ७ हसनापुरका २७ वर्षीय शङ्कर चौधरी रहेका छन् ।

उद्योगमा पावर प्लान्टको काम भइरहेका बेला खनिएको ठूलो खाडलमा माटोको ढिस्को खस्दा दुईजना पुरिएका थिए ।

दुवै जनालाई उद्धार गरी लमही अस्पताल लगिएकामा अरविन्दको उपचारका क्रममा मृत्यु भएको र घाइतेको सोही अस्पतालमा सामान्य उपचारपछि शिक्षण अस्पताल कोहलपुर पठाइएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

एन्फा फुटबलः नवजनजागृति क्लबलाई पराजित गर्दै लालीगुराँस विजयी

काठमाडौँ। एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा लालीगुँरास एसोसिएसन क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आज भएको खेलमा लालीगुँरासले नवजनजागृति क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

लालीगुँरासको जितमा आशिष गुरुङले दुई, अब्दुल युसुफ र अकोएटे जुनियरले एक–एक गोल गरे । नवजनजागृतिका लागि उमेश सञ्जेलले गरेको गोल सान्त्वना बन्यो ।

यसैगरी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा न्यूरोड टिम (एनआरटी)ले सातदोबाटो युवा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भयो ।

एनआरटीका लागि विज्ञान खड्काले दुई गोल गरे । यस्तै एक गोल टिमोथे एकिरिकेको नाममा रह्यो । सातदोबाटोको लागि फोडे फोफानाले एक गोल फर्काएका थिए ।

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३ हजार ६४५ मतदाता र ५३१ मतदान केन्द्र कायम गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार जिल्लाका चारवटा सङ्घीय निर्वाचन क्षेत्रअन्तर्गत पर्ने स्थानीय तहहरूमा निर्वाचनको तयारी तीव्र पारिँदै मतदाता र मतदान केन्द्रको अन्तिम सङ्ख्या टुङ्गो लगाइएको हो ।

निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो तथ्याङ्कअनुसार निर्वाचन क्षेत्र नं १ मा ५८ हजार ८५५ पुरुष र ५३ हजार ९४ महिला गरी कूल एक लाख ११ हजार ९४९ मतदाता र १३० मतदान केन्द्र रहेका छन् । निर्वाचन क्षेत्र नं २ मा ६२ हजार ६५२ पुरुष, ५३ हजार १०६ महिला र दुई अन्य गरी कूल एक लाख १५ हजार ७६० मतदाता र १३६ मतदान केन्द्र कायम गरिएको छ ।

क्षेत्रगत विवरणअनुसार निर्वाचन क्षेत्र नं ३ मा ६३ हजार ३९१ पुरुष र ५५ हजार ८५९ महिला गरी कूल एक लाख १९ हजार २५० मतदाता र १३६ मतदान केन्द्र तोकिएको छ भने ४ नं क्षेत्रमा ५६ हजार ७१७ पुरुष र ४९ हजार ९६९ महिलासहित एक लाख छ हजार ६८६ मतदाता र १२९ मतदान केन्द्र कायम गरिएको छ ।

सिरहाका मुख्य निर्वाचन अधिकृत डा श्रीप्रकाश उप्रेतीका अनुसार निर्वाचनलाई व्यवस्थित बनाउन चारवटै क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू सञ्चालनमा ल्याइएको छ ।

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

बागलुङ। बागलुङको ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको लु१च ५५७१ नम्बरको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा परी ढोरपाटन नगरपालिका–७ की ४० वर्षीया रेशमाया श्रीस, सोही ठाउँका आठ वर्षीय सरोज श्रीस, निसीखोला गाउँपालिका–६ की १५ वर्षीया मनिषा बुढा मगर, ढोरपाटन नगरपालिका–२ की २८ वर्षीया जुना थापा र चालक चालक ढोरपाटन–७ का २८ वर्षीय सुजन घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिनुभयो ।

घाइते पाँचै जनालाई स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरी बुर्तिबाङ अस्पतालमा ल्याइएको प्रहरी निरीक्षक थापाको भनाइ छ । गाडीको ब्रेकफेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो ।

सूचना मन्त्रालयद्वारा मन्त्री खरेलको बिदाइ

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई बिदाइ गरेको छ ।

आज साँझ आयोजित कार्यक्रममा मन्त्रालयका निमित्त सचिव उदय रानाले उहाँलाई माला, खादा र उपहार प्रदान गरी मन्त्रालयका तर्फबाट बिदाइ गर्नुभयो । मन्त्री खरेलले आजै साँझ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्नुभएको थियो । जेनजी आन्दोलनका बलमा गठन भएको वर्तमान सरकारमा उहाँ गत असोज ६ गते मन्त्री नियुक्ति हुनुभएको थियो ।

बिदाइ कार्यक्रममा उहाँले चार महिनाको अवधिमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रुपमा देश र जनताको सेवा गर्ने महत्त्वपूर्ण अवसर प्राप्त गरेको बताउनुभयो ।
निवर्तमान मन्त्री खरेलले मन्त्रालय र मातहतका निकायबाट यस अवधिमा पूर्ण रुपमा सहयोग प्राप्त भएकाले छोटो अवधिमै पनि महत्त्वपूर्ण काम गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “थोरै समय भए पनि राज्य सञ्चालनका विषयमा धेरै सिक्ने अवसर मिल्यो, यहाँ प्राप्त अनुभव देश र जनताका लागि समर्पित गर्नेछु । मेरा काम पारदर्शी छन्, मूल्याङ्कन होस् । मन्त्रीका रुपमा कार्य सम्पादन गर्दा दुःखद् अनुभूति केही छैनन् । सबै सुखद र उपलब्धिमूलक, परिणाममुखी तथा सौहार्दपूर्ण रह्यो ।”

उहाँले कर्मचारी वा राजनीतिकर्मीको एकल प्रयासले देश अघि बढ्न नसक्ने भएकाले दुवैको सामूहिक प्रयासको आवश्यकतामा जोड दिनुभयो । मन्त्रालयका निमित्त सचिव रानाले राजनीतिक वृृत्तको अनुभव नभए पनि पत्रकारिता क्षेत्रको लामो अनुभवले मन्त्री खरेलको छोटो अवधिमा महत्त्वपूर्ण प्रगति र अतुलनीय कामको अभिलेख भएको बताउनुभयो ।

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यद्वारा राजीनामा

बागमती। बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गर्न उनीहरुले प्रदेशसभा सदस्य पदबाट आज राजीनामा दिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि भोलि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

आज साँझसम्म नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल र बसन्तप्रसाद मानन्धर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनिल केसीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।

काफ्लेले प्रदेशसभा सचिवालयमै पुगेर उपसभामुख अप्सरा चापागाईलाई राजीनामा बुझाउनुभएको छभने प्रदेशसभा सदस्य मास्के, श्रेष्ठ, दुलाल, मानन्धर र केसीले प्रदेशसभा सचिवालयको इमेलमार्फत राजीनामा पठाउनुभएको सचिव पौडेलले बताउनुभयो ।

राजीनामा दिनुभएका मास्के प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट काठमाडौैँ क्षेत्र नम्बर ६ मा टिकट पाउनुभएको छ ।

यसैगरी दुलाल नेपाली कम्युनिष्ट पार्टीबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि टिकट पाउनुभएको छ । प्रदेशसभा सदस्यहरुको राजीनामा पत्र सचिवालयमा आइसकेको र दर्ता गरी स्वीकृत प्रक्रिया अघि बढेको सचिव पौडेलको भनाइ छ ।

भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारी – डा भट्टराई

गोरखा – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय स्वाधीनता र भू–राजनीतिक सन्तुलनको आवश्यकताले आफूले गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिन लागेको बताउनुभएको छ ।

गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईले यसअघि चुनाव नलड्ने घोषणा गरेको भए पनि पछिलो राजनीति परिस्थिति र गोरखाका जनताको अनुरोधलाई स्वीकार गरेर आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।

“प्रतिनिधिसभा राज्यको जनप्रतिनिधिको सर्वोच्च थलो भएकाले त्यहाँ रहेर नै राष्ट्रिय स्वाधीनता, सर्वभौमसत्ता र सुरक्षा नीतिसम्बन्धी महत्वपूर्ण निर्णय गर्नुपर्छ,” उहाँले भन्नुभयो, “भू–राजनैतिक सन्तुलन मिलाएर देशलाई स्वाधीनताको मजबुत दिशातर्फ लैजान प्रतिनिधिसभामा सक्रिय भूमिका खेल्नुपर्छ भन्ने लागेर उम्मेदवारी दिन लागेको हुँ ।”

संसद् बाहिरबाट भन्दा संसद्भित्र बसेर राष्ट्रहितका एजेन्डा प्रभावकारी रूपमा अघि बढाउन सकिने डा भट्टराईको भनाइ थियो । लामो छलफलपछि उहाँले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट गोरखा–२ मा उम्मेदवारी दिने निर्णय गर्नुभएको हो ।

ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा

मस्को। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘शान्ति समिति’ मा सामेल हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आमन्त्रित गरिएको रूसले बताएको छ ।

समिति विश्वव्यापी रूपमा द्वन्द्व समाधान गर्न, गाजामा प्रशासन चलाउन र पुनर्निर्माणको निरीक्षण गर्न सक्रिय रहने बताइएको छ ।

मस्कोले वर्षौंसम्म इजरायल र प्यालेस्टिनीसहित मध्यपूर्वका सबै प्रमुख शक्तिहरूसँग सम्बन्ध सन्तुलनमा राख्ने प्रयास गर्दै आएको छ । इजरायल–हमास युद्ध र युक्रेनमा रुसको आक्रमणपछि पुटिन इजरायलसँगको सम्बनधबाट टाढा रहनुभएको छ र इरानजस्ता आफ्ना शत्रुहरूसँग सम्बन्ध बलियो बनाउनुभएको छ ।

बढ्दो पश्चिमा एक्लोपनका बीच मस्कोले खाडी राष्ट्रहरूसँग पनि घनिष्ठ सम्बन्ध खोजेको छ। रूसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले एएफपीसहितका सञ्चारकर्मीसँगको कुराकानीका क्रममा भन्नुभयो, “राष्ट्रपति पुटिनलाई पनि शान्ति समितिमा आवद्ध हुन निमन्त्रणा प्राप्त भएको छ।”

रुसले वाशिङ्गटनको प्रस्तावको ‘सबै सूक्ष्मताहरू स्पष्ट’ गर्न खोजिरहेको बताउनुभयो तर उहाँले क्रेमलिन प्रमुख पुटिन सामेल हुन इच्छुक भएको वा नभएकोबारे भने केही जनाएको छैन ।

ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति आफैको अध्यक्षतामा रहेको तथाकथित शान्ति समितिमा बस्न संसारभरका विभिन्न व्यक्तित्वहरूसँग सम्पर्क गरेको छ।

पुटिनले यसअघि द्वन्द्व समाधानका लागि ट्रम्पको प्रयासको प्रशंसा गरिसक्नुभएको छ। “उहाँले दशकौँसम्म चलेका यी जटिल सङ्कटहरू समाधान गर्न वास्तवमै धेरै काम गरिरहनुभएको छ,” पुटिनले गत अक्टोबरमा भन्नुभएको थियो ।

मध्यपूर्वको अवस्थाबारे सङ्केत गर्दै पुटिनले भन्नुभएको थियो, “यदि हामी अमेरिकी राष्ट्रपति ट्रम्पले प्रयास गरेका सबै कुरा हासिल गर्न सफल भयौँ भने यो एक ऐतिहासिक घटना हुनेछ।”

युक्रेनमा आक्रमण र गाजामा युद्धले रुसमा जन्मेको ठूलो समुदायको घर इजरायलसँग मस्कोको परम्परागत रूपमा राम्रो सम्बन्धलाई बिगारेको छ ।क्रेमलिनले अक्टोबर ७ को आक्रमणमा इजरायलको प्रतिक्रियाको बारम्बार आलोचना गर्दै संयम अपनाउन आग्रह गरेको छ ।

गत मे महिनामा प्यालेस्टिनी नेता महमुद अब्बाससँगको भेटमा पुटिनले भन्नुभयो, “गाजा पट्टीले पूर्ण अर्थमा मानवीय विपत्तिको अनुभव गरिरहेको छ।”“प्यालेस्टिनी जनताको मित्रको रूपमा रूसले नियमित सहयोग प्रदान गर्न कोशिस गरिरहेको छ,” रूसी राष्ट्रपतिले गाजा शान्ति सम्बन्धबारे भन्नुभयो ।