`

कर्णाली प्रदेश सरकारको बेरुजु साढे चार अर्ब

कर्णाली । कर्णाली प्रदेश सरकारको पछिल्लो पाँच वर्षमा चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ बेरुजु रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

कर्णाली प्रदेशसभा सचिवालयद्वारा प्रदेशसभाको छैटौँ स्थापना दिवसका अवसरमा वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रदेशसभाका पदाधिकारीसँग पत्रकारहरूको संवाद कार्यक्रममा बेरुजुको तथ्याङ्क सार्वजनिक गरिएको हो । उक्त बेरुजु प्रदेश सरकारका मन्त्रालय र त्यसअन्तर्गतका निकायको रहेको सार्वजनिक लेखा समितिका सभापति जीतबहादुर मल्लले जानकारी दिए ।

कूल बेरुजुमध्ये नियमित गर्नुपर्ने रु दुई अर्ब ६३ करोड ६५ लाख तीन हजार नौ (५८ दशमलव ८२ प्रतिशत), असुलउपर गर्नुपर्ने ३७ करोड ५३ लाख ३८ हजार ८६ (आठ दशमलव ३७ प्रतिशत) र पेश्की रु एक अर्ब ४७ करोड एक लाख ९२ हजार एक सय ८९ (३२ दशमलव ८० प्रतिशत) रहेको सभापति मल्ले बताए ।

“त्यसमा ३५ करोड ६८ लाख ७३ हजार चार सय ३५ फछ्र्यौ भएको छ”, उनले भने, “विगत पाँच वर्षमा रु ११ करोड ७९ लाख ८० हजार चार सय पाँच बेरुजु फछ्र्यौट भएकामा यस समितिको एक वर्षको अवधिमा रु २३ करोड ८८ लाख ९३ हजार २९ बेरुजु फछ्र्यौट भएको छ ।”

उनका अनुसार बेरुजु फछ्र्यौट गर्नुपर्ने निकायमा आठ मन्त्रालय, नौ निर्देशनालय, एक सय १८ कार्यालय र आयोग तथा अन्य छ छन् । बेरुजु सबैभन्दा बढी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय रु दुई अर्ब २२ करोड ६३ लाख ७१ हजार आठ सय ६६ रहेको जनाइएको छ । सबैभन्दा कम मुख्य न्याधिवक्ताको कार्यालयको रु एक लाख ४५ हजार ५९ बेरुजु रहेको जनाइएको छ ।

काठमाडौँ महानगरले छुट्याइएको फोहर सङ्कलन वडा नं २७ बाट सुरु ,हरियो र निलो रङको गाडी तयार

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले स्रोतमा वर्गीकरण गरिएको फोहर सङ्कलन कार्यक्रम वडा नं २७ बाट सुरु गर्ने भएको छ । यसका लागि महानगरपालिकाले हरियो र निलो रङको सङ्केतसहितको गाडी समेत तयार पारिसकेको जनाएको छ ।

फोहरको स्रोतमै वर्गीकरण गरी सङ्कलन, ढुवानी तथा व्यवस्थापन गर्नका लागि गाडीको व्यवस्था गरिएको हो । वडा नं २७ मा जनसङ्ख्या पाँच हजार छ । जहाँ एक हजार चार सय घरधुरी छन् । वडा नं २७ का स्थानीय रमेश महर्जनले महानगरको प्रशंसा गर्दै आफूहरूले स्रोतमै फोहोर छुट्याएर राख्ने बताउनुभयो ।
वडा नं २७ का अध्यक्ष योगेश खड्गीले यसका लाग घरघरमै पुगेर फोहर छुट्याउने विधि सिकाउने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “फोहोर सङ्कलन गर्न जाने कर्मचारीलाई छुट्याइएको फोहर गाडीमा राख्ने प्रभावकारी तरिका सिकाउँछौँ । यसका लागि वडावासीबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ ।”

आगामी एक हप्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, छुट्याइएको फोहरको नमूना सङ्कलन गर्ने अभ्यास गर्ने वडाको योजना छ । यसपछि कार्यक्रम पूर्ण कार्यान्वयनमा ल्याइने छ ।

महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले स्रोतमै छुट्याइएको फोहर व्यवस्थापनका लागि तीन दशमलव पाँच क्युविक मिटर क्षमता भएको गाडी तयार पारिएको छ । सो गाडीमा हरियो र निलो रङका दुई खण्ड तयार पारिएको छ । एउटा खण्डको क्षमता एक दशमलव पाँच क्युविक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “बाहिरबाट हेर्दा गाडी दुई रङको देखिन्छ । कुहिने फोहर सङ्कलन गरिने कोठा तिर हरियो छ भने नकुहिने तथा अन्य फोहर सङ्कलन गरिने कोठातिर निलो रङ पोतिएको छ ।” वडा न २७ मा कार्यक्रम सफल भएपछि अन्य वडामा पनि विस्तार गरिने छ ।
 

नेपालमा पश्चिमी वायुको प्रभाव, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं – आइतबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका हल्का हिमपातको सम्भावना रहेको छ।

सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट छुट्याउन आवश्यक : डा कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कुनै पनि देशको विकास गर्नका लागि खेलकुद क्षेत्रकोे विकास आवश्यक रहेको बताउनुभएको छ ।तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको समापन समारोहमा उहाँले सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट छुट्याउन आवश्यक रहेको बताउनुभएको हो । “खेलकुद क्षेत्रको विकासका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्न सकेको छैन, अहिले विनियोजन गरेको बजेटले खेलकुद क्षेत्रको विकास हुन सक्दैन”, उहाँले भन्नुभयो । खेलाडीलाई घोषणा गरिएको रकम सरकारले चाँडै उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो ।

नेता डा कोइरालाले खेलकुदको विकास गर्नसके मात्रै युवाहरू आकर्षित र अनुशासित हुने बताउनुभयो । खेलकुद क्षेत्रलाई सबै राजनीतिकर्मीले महत्त्वपूर्ण विधाका रूपमा लिएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले खेलकुद पढाइजत्तिकै महत्त्वपूर्ण भएकाले अनुशासित भएर खेल खेलेमात्र देशको नाम विश्वस्तरसम्म राख्न सकिने बताउनुभयो । नेता डा कोइरालाले आगामी आर्थिक वर्षको बजेटमा खेलक्षेत्रको बजेट बढाउने गरी आफूले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

चलचित्रका लागि अभिनेता सौगात मल्लले घटाए २० किलो तौल

काठमाडौँ-नेपाली चलचित्रमा आफूले निर्वाह गर्ने भूमिकाप्रति कलाकार गम्भीर नरहेको चर्चा हुने गर्छ । सीमित बजेट र समयका कारण कलाकारले पात्रलाई आफूअनुकूल तयार गर्न नसकेको गुनासो गर्ने गरेका छन् । तर पछिल्लो समय अभिनेता सौगात मल्लले अभिनय गर्नुभएको ‘द अनब्रेकेबल : अगस्त्य’ को श्रव्यदृश्य सार्वजनिक भएसँगै मेहनतको प्रशंसा भइरहेको छ ।

अभिनेता मल्लले उक्त चलचित्रका लागि आफ्नो तौल २० किलोग्राम घटाउनुभएको जानकारी दिनुभयो । “पात्रबारे बुझेरै मैले यसको तयारी तीन–चार महिना अगाडिदेखि नै गरिरहेको थिएँ । खानपानबाटै मैले उक्त तौल घटाउन सफल भएँ”, अभिनेता मल्लले भन्नुभयो, “तौल घटेको दृश्य सकेर बढेको भागको छायाङ्कन गरेको हुँ । उक्त पात्रलाई सक्दो जीवन्त बनाउने प्रयास गरेको छु ।”उहाँले चलचित्रमा लगभग दुवै आवरणमा आफूलाई देख्न सकिने जानकारी दिनुभयो । चलचित्रका निर्देशक सौरभ चौधरी यसको निर्माण दुई भागमा गरिएको जानकारी दिनुभयो ।“हिन्दू धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको शीर्षकमै रहेर कथालाई तयार गरिएको छ । यसले मनोरञ्जनसँगै हाम्रो समाजमा घटिरहेको घटनालाई देखाइने छ”, निर्देशक चौधरीले भन्नुभयो । चलचित्रमा प्रमोद अग्रहरि, रवीन्द्र झा, मलिका महतलगायतका कलाकारले अभिनय गर्नुभएको छ । यो फागुन १८ मा नेपालमा प्रदर्शन हुँदैछ । 

हेर्नुहोस् माघ २१ गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – बाणीका कारण आफन्ंतंजंनंंंहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भाबना रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ ।

बृष राशि- जीबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ ।

मीथुन राशि- प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ ।

कर्कट राशि- अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि – पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक श्रोतसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला ।

कन्या राशि- मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा बिभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ ।

तुला राशि- कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । मित्र जनको साथ सहयोगमा कमि रहला । अध्यन अध्यापनका क्षेत्रमा त्यति मन जानेछैन ।

बृश्चिक राशि – पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने सामान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न समय उत्तम रहेकोछ ।

धनु राशि- मानसिक चन्चलताका कारण मित्रजन सगँको सम्बन्धमा फाटो आईपर्नेछ । जिबन साथीको सहयोमा गरीएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परीणत हुनेछन ।

मकर राशि- अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । प्रतिपक्क्षी तथा प्रतीस्पर्दीहरुको बृद्धि हुन सक्नेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ तथापि साजेदारी काममा भने सजग रहनु राम्रो रहनेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ ।

कुम्भ राशि – मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नु पर्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मिन राशि – सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित हुन सक्नेछ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध, पहिरोमा परी एक घाइते

किमाथाङ्का, (सङ्खुवासभा) २० माघ : सङ्खुवासभाको उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथाङ्का सडक सुक्खा सडक पहिराका कारण अवरुद्ध भएको छ । मकालु-३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर-दक्षिण कोशी अवरुद्ध भएको हो ।

मकालु-३ नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिनुभयो ।

आज बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर रामेछापका २१ वर्षीय स्काभेटर सहचालक सविन केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । घाइते केसीको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । पहिरोमा बरुण निर्माण सेवा कम्पनीको एक थान स्काभेटसमेत पुरिएको छ । उक्त क्षेत्रमा बरुण निर्माण सेवा कम्पनीले सडक स्तरोन्नतिको काम गरिहेको छ । अवरुद्ध कोशी राजमार्गको पहिरो हटाउने काम भइरहेको उत्तर-दक्षिण कोशी सडक आयोजनाका प्रमुख इन्जिनियर कोइरालाले बताउनुभयो ।

सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने दर्जनौँ यात्रु नयाँबस्ती नजिकै अलपत्र परेका छन् ।

जन्मका आधारमा शासन गर्ने व्यवस्था लोकतान्त्रिक हुन सक्दैन : अध्यक्ष नेपाल

काठमाडौँ, २० माघ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जन्मका आधारमा शासन सञ्चालन गर्ने व्यवस्था लोकतान्त्रिक हुन नसक्ने बताउनुभएको छ ।

पार्टी निकट एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राजतन्त्रको बहस औचित्य नभएको बताउनुभयो । उहाँले जनताबाट अनुमोदित नेतृत्व नै लोकतान्त्रिक व्यवस्था भएको उल्लेख गर्नुभयो । राजतन्त्रको विषय अहिले असान्दर्भिक भएको बताउँदै उहाँले राजतन्त्र चाहिन्छ भन्नेहरूलाई चुनावमा सहभागी हुन आग्रह गर्नुभयो ।

विद्यार्थीलाई उत्पादनसँग सम्बन्धित शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै उहाँले समाजको आवश्यकतालाई ध्यानमा राखी दक्ष जनशक्ति उत्पादनले राष्ट्रको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले प्रचलित शिक्षा प्रणालीले स्वरोजगार सिर्जना गर्न नसकेकाले समाजमा चुनौती थपेको भन्दै समयसापेक्ष शिक्षा नीति परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले एकीकृत समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने सङ्कल्पका साथ अगाडि बढेको भन्दै देशलाई समृद्ध बनाएर जनतालाई सुखी बनाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको बताउनुभयो

शान्ति प्रक्रियाको बाँकी काम दलहरुको सहमतिमा टुङ्ग्याइन्छ : प्रधानमन्त्री

उदयपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको बाँकी काम राजनीतिक दलहरुको सहमतिमा टुङ्गिने बताएका छन् ।

रौतामाई गाउँपालिका नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै उनले वर्तमान गठबन्धन सरकारले विगत जनयुद्धकाकालदेखि थाती रहेका शान्तिप्रक्रियाका बाँकी टुङ्ग्याउनका लागि राजनीतिक दलबीच सहमतिको प्रयास जारी रहेको बताए ।

प्रधानमन्त्री दाहालले अहिले पहिले जस्तो आर्थिक सङ्कट नभएको भन्दै अर्थतन्त्रका सूचकहरु सकारात्मक भएको बताए । प्रधानमन्त्री दाहालले आजे उदयपुरको जलजलेमा रहेको उदयपुर सिमेन्ट उद्योगको पनि अनुगमन तथा निरीक्षण गरे ।

पाँच हजार ७६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना अध्ययनमा

काठमाडौँ, २० माघ : सरकारले पाँच हजार सात सय ६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन अगाडि बढाएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले एक सय मेगावाट क्षमताका आठ आयोजनाको अध्ययन गरिरहेको छ । यस्तै, एक सय मेगावाटभन्दा कम क्षमताका विभिन्न १२ आयोजनाको पनि अध्ययन गरिरहेको छ । अध्ययनमा रहेका आयोजनालाई शीघ्र काम सम्पन्न गरी निर्माण प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ ।

विभागले एक हजार सात सय २० मेगावाट क्षमताको खिम्ती ठोसे शिवालय जलविद्युत् आयोजनाको अध्ययन गरिरहेको छ । सो आयोजना रामेछाप र दोलखा भएर बहने खिम्ती नदीमा निर्माण हुनेछ । पर्वत र बाग्लुङको सिमाना भएर बहने कालीगण्डकी नदीमा निर्माण हुने आठ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी बहुउद्देश्यीय आयोजनाको पनि अध्ययन जारी छ ।

विभागका अनुसार पाँच सय १२ मेगावाट क्षमताको बुरबाङ्ग, एक सय १० मेगावाट क्षमताको कोखाजोर जलाशयुक्त आयोजना, नौ सय १६ मेगावाट क्षमताको हुम्ला कर्णाली क्यास्केड, सात सय मेगावाट क्षमताको कालीगण्डकी दोस्रो, तीन सय ५० मेगावाट क्षमताको तल्लो बडीगाड र एक सय १५ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको पनि अध्ययन अन्तिम चरणमा पुगेको छ । ती आयोजनाको कूल क्षमता पाँच हजार दुई सय ६७ मेगावाट छ ।

सरकारले अध्ययन गरिरहेका यी आयोजनालाई तत्काल आवश्यक प्रक्रिया पूरा गर्न जोडबल लगाएको छ । त्यसका लागि आवश्यक मार्गदर्शन एवं सहजीकरण गर्न मन्त्रालयले निर्देशन समेत दिएको छ ।

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले अध्ययनमा रहेका ती आयोजनाको शीघ्र काम सम्पन्न गर्न विभागका महानिर्देशक चिरञ्जीवी चटौतलगायत उच्च पदस्थ कर्मचारीलाई निर्देशन दिनुभएको छ । लामो समयसम्म आयोजना अध्ययनमा मात्रै सीमित रहने प्रवृत्तिको पनि अन्त्य गरिनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सबै तयारी समयमै सकिनुपर्छ । त्यसो भए मात्रै अपेक्षित लाभ हासिल गर्न सकिन्छ ।”

विभागले ५३ मेगावाट क्षमताको माथिल्लो चमेलिया, ६२ मेगावाट क्षमताको हुम्ला कर्णाली, ६० मेगावाटको यान्मा खोलाको अध्ययन गरिरहेको छ । त्यसैगरी, मध्य इन्खु २५, कवाडी खोला एक १६, हिमा खोला छ दशमलब सात, डाँडागाउँ खलङ्गा भेरी ८०, टोम डोगर ४३ मेगावाट क्षमताको आयोजना अध्ययनको चरणमा छ । तिला ४३, मस्र्याङ्दी तेस्रो ४१, सुपर बूढीगण्डकी ३४ र अपर होङ्गु ३२ मेगावाट क्षमताको आयोजना अध्ययनका क्रममा छ । ती आयोजनाको कूल क्षमता चार सय ९६ मेगावाट बराबर छ ।

विभागले २३ जलविद्युत् आयोजनाको भने सम्भाव्यता तथा वातावरणीय अध्ययन सम्पन्न गरिसकेको छ । आगामी १२ वर्षमा २८ हजार पाँच सय मेगावाट क्षमता बराबर विद्युत् उत्पादन गर्ने लक्ष्य निर्धारण भएको छ । सो लक्ष्यअनुसार विद्युत् उत्पादनका लागि पनि अध्ययनको काम सम्पन्न गरी आयोजना निर्माणको तयारी गर्नु जरुरी भइसकेको छ ।

मुलुकभित्र निर्माणमा रहेका, निर्माणमा जाने तयारीमा रहेका अधिकांश आयोजना नदी प्रवाही प्रकृतिका छन् । जलाशययुक्त आयोजनाको अभावमा बढी बिजुली माग हुने हिउँदको समयमा विद्युत् आपूर्तिमा सधैँ समस्या पैदा हुने गरेको छ । यो तथ्यलाई मनन गरेर सरकारले पछिल्ला दिनमा अर्धजलाशय र जलाशय प्रकृतिका आयोजनालाई विशेष प्राथमिकतामा राखेको छ ।

समयमै उपचार गरे क्यान्सर निको हुन्छ, यस्ता छन् रोगथामका उपाय

काठमाडौँ, २० माघ : समयमा उपचार गर्न सके क्यान्सर रोग निको हुने चिकित्सक बताउँछन् । क्यान्सर लागेपछि यसको पहिचान समयमा नै गर्न सके सफल उपचार भई बिरामीलाई मृत्युबाट बचाउन सकिने चिकित्सक बताउँछन् ।

क्यान्सर रोग प्रारम्भिक चरणमा पहिचान भएर उपचार गरे जस्तोसुकै क्यान्सर पनि निको हुने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले बताउनुभयो । “समयमा नै क्यान्सर पहिचान गर्न सके निको हुन्छ”, उहाँले भन्नुभयो, “क्यान्सरका चार चरण (स्टेज) रहेका छन् । शून्यदेखि तीन स्टेजसम्मको क्यान्सर केही हदसम्म निको पार्न सकिन्छ ।”

पहिचान लगत्तै उपचार नगराउँदा रोग फैलिएर मानिसको मृत्यु हुने गरेको डा शाहीले बताउनुभयो । उहाँका अनुसार नेपालमा वर्षेनी २५ हजार क्यान्सरका नयाँ बिरामीको पहिचान हुने भन्दै करिब १५ हजारको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क रहेको छ ।

क्यान्सर रोग लाग्दैमा डराउनुपर्दैन

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा शाहीले भन्नुभयो, “फोक्सोको सानो क्षेत्रमा मात्र क्यान्सर भएर शरीरको अन्य भागमा गएको छैन भने त्यसलाई चरण–शून्य, अलिकति क्यान्सर बढेर गयो भने चरण–एक, फोक्सामा अलि धेरै क्यान्सर फैलियो भने चरण–दुई, फोक्सोबाट काखीसम्म गएर गिर्खा आएको छ भने चरण–ती र त्यहाँबाट अर्को अङ्ग कलेजो वा पेटमा गयो भने चरण–चार भनिन्छ ।”

क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा गयो भने खतरनाक हुने डा शाहीको भनाइ थियो । शरीरका अन्य अङ्गसम्म नसर्ने बेलासम्म क्यान्सरलाई उपचार गर्न सकिने भन्दै क्यान्सर लाग्दैमा डराउनु नपर्ने उहाँले बताउनुभयो ।

भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा उज्ज्वल चालिसेले क्यान्सर एक ठाउँबाट अर्को ठाउँमा फैलिएपछि उपचार गर्न गाह्रो हुने भन्दै समयमा नै पहिचान भए उपचार सम्भव हुने बताउनुभयो । उहाँले प्रि–क्यान्सर (क्यान्सर पूर्वको अवस्था) मा खासै लक्षण नहुने भएकाले मानिसले यो रोग लागेको थाहा नपाउने बताउनुभयो ।

“क्यान्सरको सुरुको चरणमा शरीर नदुख्ने भएका थाहा पाइदैन । त्यसैले यसलाई झुक्काउने रोग पनि भनिन्छ”, डा चालिसेले भन्नुभयो, “शरीर नदुख्ने भएपछि बिरामीले पनि आफूलाई केही नभएको अनुभव गर्दछन् । जब क्यान्सर फैलिन थाल्छ अनि बिरामीले दुखेको महसुस गर्ने हुँदा रोग लागेको थाहा पाउँछन् ।”

पहिलो चरणमा बिरामीले क्यान्सर भएको थाहा पाएमा ९० प्रतिशत निको हुने, दोस्रो चरणमा ७० प्रतिशत र तेस्रो चरणमा प्रवेश गरेको क्यान्सरको उपचार गर्दा ५० प्रतिशत निको हुने सम्भवना रहने भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा चालिसेले जानकारी दिनुभयो । उहाँले जति छिटो रोग पत्ता लगाउन सक्यो त्यति नै चाँडो उपचार गरेर निको हुने बताउनुभयो ।

क्यान्सर हरेक अङ्गमा हुन सक्छ

पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा शाहीले विश्वसँगै नेपालमा पनि क्यान्सरका रोगी बढ्दै गइरहेका बताउनुभयो । “पहिलापहिला क्यान्सर दशमध्ये एक रोगमा पर्दैनथ्यो । अहिले विश्वमा मुटु रोगपछि क्सान्सर दोस्रो नम्बरमा पर्ने गरेको छ”, उहाँले भन्नुभयो ।

डा शाहीले नेपालमा सबैभन्दा बढी फोक्सो त्यसपछि महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रहेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यसपछि क्रमशः स्तन क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर र रगतको क्यान्सर हुने गर्दछ । नेपालमा फोक्सोको क्यान्सरबाट सबैभन्दा धेरैले ज्यान गुमाउने गरेका छन् ।

क्यान्सर के कारण हुन्छ ?

क्यान्सर हुने कारण यहीँ हो भनेर यकिन गर्न नसकिएको पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार अत्यधिक धुमपान तथा मद्यपान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकिरणको प्रभाव, जीवाणुको तथा, वंशाणुगतलगायत कारणले क्यान्सर रोग नित्याउँछ ।

“भातदाल, तरकारी, अचार नखाएर हामी बढी जसो फास्टफुड, जङ्कफुड, धूमपान, मद्यपान, पोलेको खाने, व्यायाम नगर्ने, सडेगलेका तथा बासी खानेकुरा खाँदा क्यान्सर हुने सम्भावना धेरै हुन्छ”, डा शाहीले भन्नुभयो, “पहिलापहिला खाना नपाएर बच्चा दुब्लाउने गर्दथ्ये । अहिले मोटोपनले गर्दा क्यान्सर हुने दोस्रो कारक बन्दै गएको छ ।” उहाँले खानपिन, आराम, व्यायाम, धुम्रपान, मद्यपान र मोटोपनलाई रोक्न सके क्यान्सरलाई कम गर्ने सकिने बताउनुभयो ।

“शरीरको कोष तथा कोषिकाको समूहको अस्वाभिक वृद्धि नै क्यान्सर रोग हो । यसलाई एक प्रकारको गिर्खा वा ट्युमर पनि भनिन्छ”, भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा चालिसेले भन्नुभयो । उहाँका अनुसार शरीरमा रहेका कोषको जन्म, विकास, निर्माण तथा मृत्युसम्मको प्रक्रियालाई नियन्त्रण गर्ने जीन रहेका हुन्छ । ती जीनमा खराबी उत्पन्न भएपछि कोषको अनियन्त्रित वृद्धि हुँदै जाने र अन्त्यमा मानिसमा क्यान्सर देखापर्ने गर्दछ ।

डा चालिसेले जीनमा खराबी उत्पन्न गराउने कारक तत्वमध्ये सुर्तीजन्य तथा मादकपदार्थ सेवन, अखाद्य तत्व, व्यायामको कमीलगायत प्रमुख रहेका जानकारी दिनुभयो ।

रोगथामका उपाय

क्यान्सरको रोकथामका लागि धूमपान मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, सन्तुलित र स्वस्थ भोजन खाने, नियमित शारीरिक व्यायाम गर्ने, महिलाले आफ्नो स्तन र पाठेघरको मुखको नियमित परीक्षण गराउने गर्नुपर्दछ । भोलि विश्वसहित नेपालमा पनि ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदैछ ।

एक सय २१ वर्षको उमेरमा बाटुली लामिछानेको निधन

त्रिशूली (नुवाकोट), २० माघ : ककनी गाउँपालिका–८ निवासी एक सय २० वर्षिया बाटुली लामिछानेको आज निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा उहाँको शुक्रबार घरमै निधन भएको उहाँका आफन्त उद्धव हुमागाँईले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो एक सातादेखि ज्येष्ठ नागरिक लामिछानेलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । ककनी गाउँपालिका र उहाँको संरक्षण तथा रेखदेखमा सक्रिय बाला फाउन्डेसनले उहाँको घरमै चिकित्सक ल्याएर उपचार गराउँदै आएको थियो ।

बाटुली लामिछानेको चाहनाअनुसार शुक्रबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिएको छ । उहाँलाई ८२ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने दागबत्ती दिनुभयो ।

नेपाली नागरिकताको प्रमाणपत्रअनुसार बाटुली लामिछानेको जन्म विसं १९५९ चैत १० गते भएको हो । उहाँलाई विश्वकै ज्येष्ठ नागरिक घोषणाका लागि बाला फाउन्डेसनमार्फत आवश्यक पहल भइरहेको थियो ।

निर्माण व्यवसायी समृद्धिको सम्वाहक : अध्यक्ष सिंह

मनहरि (मकवानपुर) । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले देशको समृद्धिको संवाहक निर्माण व्यवसायी रहेको बताएका छन् । शनिबार हेटौँडामा निर्माण व्यवसायी सङ्घ मकवानपुरको २४औँ वार्षिकसभामा उनले देशको समग्र भौतिक संरचना निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहने भएकाले राज्यले व्यवसायीलाई सहज ढङ्गले काम गर्ने वातावरण बनाइदिनुपर्ने बताए ।

उनले सार्वजनिक खरिद ऐन र नियमावली पूर्वाधार र व्यवसायीमैत्री नभएको बताउँदै उक्त ऐन संशोधनको आवश्यकता रहेको उल्लेख गरे । उनले महासङ्घ अब साना व्यवसायीलाई पनि साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उपभोक्ता समितिमार्फत काम गर्दा ध्यान दिन व्यवसायीलाई आग्रह गर्दै स्रोत सुनिश्चितता नभएका काम योजनामात्रै राख्न आग्रह गरे । “स्रोत सुनिश्चिता नभएका योजनाले गर्दा हामी समस्यामा बढी परेका छौँ । त्यसतर्फ तीन तहकै सरकारले ध्यान दिनुपर्छ”, अध्यक्ष सिंहले भने ।

उनले देशभर २४ हजार निर्माण व्यवसायी रहेका र आठ–दश हजारले कम बजेटका आयोजना मात्रै ठेक्का लिने र काम नगर्ने गरेकाले निर्माण व्यवसायी बदनाम हुनु परेको समेत उल्लेख गरे । सरकारसँग चरणबद्ध आन्दोलन गरेर म्याद थपका विषयमा सहमति जनाए पनि सरकारको निर्देशन कर्मचारीले नमान्दा पनि निर्माण व्यवसायी समस्यामा परेको उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले निर्माण व्यवसायीबाट भएको कमजोरी हटाउनुपर्ने बताउँदै अस्वस्थ प्रतिस्पर्धाको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले स्रोतको सुनिश्चितता नभइ ठेक्का लाग्ने र काम अलपत्र छाड्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए ।

निर्माण व्यवसायी सङ्घ मकवानपुर सङ्घका अध्यक्ष बालगोपाल कँडेलको अध्यक्षतामा सम्पन्न सभामा नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष इन्जिनियर आङदोर्जे लामा, महासचिव रोशन दाहाल, बागमती प्रदेश अध्यक्ष सुमित श्रेष्ठलगायतको आतिथ्यता थियो ।

इजरायल नीतिको विरोध गर्न अमेरिका, बेलायत, युरोपका ८०० भन्दा बढी अधिकारी एकजुट

संयुक्त राज्य अमेरिका, बेलायत र युरोपेली संघका ८०० भन्दा बढी अधिकारीहरूले गाजा द्वन्द्वमा इजरायललाई आफ्नो सरकारको समर्थनको विरुद्ध असहमति व्यक्त गर्दै सार्वजनिक पत्र जारी गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

यस प्रयासलाई सङ्गठित पार्न वा समर्थन गर्ने वर्तमान र पूर्व अधिकारीहरूले बताएका छन्- यो जमघट “एट्लान्टिक पारका सहयोगी राष्ट्रहरूमा भएका युद्धमा आफ्ना सरकारहरूको नीतिको खुलेर आलोचना गर्न एकसाथ आयोजित पहिलो उदाहरण हो यसले न्यायको पक्षमा आफ्ना धारणा राख्छ”।

द न्यु योर्क टाइम्सले अधिकारीहरूले जारी गरेको आशय अनुसार आफ्ना सरकारहरूको वर्तमान नीतिले स्वतन्त्रता र नैतिक बललाई कमजोर पार्ने दल्लेख गरेको छ ।

“हाम्रा सरकारका नीतिहरूले अन्तरराष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन, युद्ध अपराध, र नरसंहारमा सहयोग पुर्या उने सम्भावित जोखिम छ,” जारी पत्रमा भनिएको छ।प्रतिवेदनका अनुसार हस्ताक्षरकर्ताहरूमध्ये करिब ८० अमेरिकी एजेन्सीहरूसँग सम्बद्ध छन्। त्यसैगरी हस्ताक्षरकर्ताहरू मध्ये, सबैभन्दा बढी प्रतिनिधित्व गर्ने प्रशासकीय अधिकारयुक्त सामूहिक ईयु संस्थाहरू हुन् ।

जनप्रतिनिधिले प्रत्येक नागरिकलाई सेवा सुविधा पुर्‍याउनुपर्छ : मुख्यमन्त्री कार्की

बेलबारी (मोरङ), २० माघ : कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले जनप्रतिनिधि आम नागरिकको सुख, दुःखमा साथ हुनुपर्ने बताउनुभएको छ । विराटनगर–६ मा आयोजित निःशुल्क स्वास्थ्य शिविर समापनका क्रममा उहाँले प्रत्येक नागरिकलाई हरेक सेवा सुविधा जनप्रतिनिधिले पुर्‍याउनुपर्ने बताउनुभएको हो ।

“नागरिकको स्वास्थ्य अवस्था कस्तो छ र त्यसमध्ये रोग देखिएकालाई अस्पतालसम्म पुर्याएर उपचार गराई स्वस्थ नागरिक बनाउने अभियान हो”, उहाँले भन्नुभयो । उहाँले प्रदेश सरकारले १० वर्षमुनिमा बालबालिकाको निःशुल्क उपचार र शैलजा आचार्य हृदयरोग केन्द्रमा उपचार सुरु गरिसकेको समेत उल्लेख गर्नुभयो । आर्थिक अभावमा यस प्रदेशका कुनै नागरिकलाई मृत्यु हुन नदिने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

विराटनगमा देखिएको खानेपानीको समस्या समाधानका लागि रु पाँच अर्बको योजना सम्झौता भइसकेको र अब आगामी आर्थिक वर्षबाट प्रदेश सरकारले सर्वसाधारणलाई निःशुल्क खानेपानी उपलव्ध गराउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाउनुभएको छ ।

दश वर्षपछि दुधौलीले विकास निर्माणमा गति लिएको प्रत्यक्ष देखेँ : प्रधानमन्त्री

कमलामाई (सिन्धुली), २० माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुलीको दुधौली नगरपालिकाले विकास निर्माणमा गति लिएको बताउनुभएको छ । आज दुनपा–५ सिर्थौलीमा नवनिर्मित दुधौली नगर अस्पताल उद्घाटन समारोहमा उहाँले भन्नुभयो, “दश वर्षपछि दुधौलीमा विकास निर्माणले गति लिएको प्रत्यक्ष देख्न पाएँ ।” विसं २०७० मा निर्वाचनको सन्दर्भमा यहाँ आउँदाको तुलनामा अहिले दुधौलीवासीको चेतना तथा जीवनस्तर उकाशिएको आफूले पाएको उहाँको भनाइ थियो ।

रु १६ करोडको लागतमा निर्माण भएको १५ शय्याको नगर अस्पताल उद्घाटन हुनुले यहाँको विकासमा थप सहयोग पुगेको उहाँको भनाइ थियो । अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक उपकरण, प्रविधि, दक्ष जनशक्ति र कर्मचारी व्यवस्थापनका लागि काठमाडौँ फर्केपछि पहल गर्ने समेत प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस क्षेत्रमा विषालु सर्पको टोकाइबाट धेरैको ज्यान जाने गरेकाले सर्पदंश उपचार केन्द्र स्थापना तथा सञ्चालन गर्ने व्यवस्था मिलाइने उहाँको भनाइ थियो । दुधौलीसहित देशको समग्र विकासका लागि वर्तमान सरकारले नेपाल र नेपालीको पक्षमा काम गरिरहेका भन्दै आश्वस्त पार्नुभयो ।

देशमा रोजगारी सिर्जना गर्न बन्द अवस्थामा रहेका उद्योग पुनःसञ्चालन, नयाँ उद्योग स्थापनाको प्रयास भइरहेको साथै सरकारले कृषि, स्वास्थ्य, सुशासन र शिक्षालाई विशेष प्राथमिकता दिएर काम गरिरहेको उहाँले बताउनुभयो ।

पछिल्लो समय अर्थतन्त्रका सूचक उत्साहजनक रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “रेमिट्यान्स र राजस्व पनि वृद्धि भएको छ । पर्यटकको उत्साहजनक उपस्थितिले अर्थतन्त्र सुधारमा सहयोग पुगेको छ ।”

दुधौली नगरपालिकाका प्रमुख दिनेशकुमार अधिकारी (दनुवार)को अध्यक्षतामा सञ्चालन भएको दुधौली नगर अस्पताल उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रतिनिधिसभा सदस्य, प्रदेशसभाका सदस्यलगायतको बाक्लो उपस्थिति थियो ।

पार्टीमा गुट बनाउने प्रवृत्तिलाई रास्वपाले प्राथमिकता दिँदैनः उपसभापति वाग्ले

दमौली (तनहुँ) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले अनुशासन र विधिमा टेकेर पार्टीमा नेतृत्व छान्नुपर्ने बताएका छन् । रास्वपा व्यास नगर समितिको शनिबार दमौलीमा आयोजित भेलालाई सम्बोधन गर्दै डा वाग्लेले पार्टीमा अनुशासन र विधिको शासनलाई कडाइका साथ पालना गर्नुपर्ने उल्लेख गरे ।

पार्टीमा गुट बनाउने, नेताको नजिक हुन खोज्ने प्रवृत्ति भएकाले त्यस्ता प्रवृत्तिलाई रास्वपाले प्राथमिकता नदिने वाग्लेको भनाइ थियो । उनले भने, “राजनीतिक दलभित्र गुटबन्दी, नेताको चाकरी गर्ने प्रवृत्ति हुन्छ, हाम्रोमा पनि त्यस्तो प्रयास हुनसक्छ । त्यसमा हामी सचेत छौँ ।”

वाग्लेले भ्रष्टाचार, विकृति र कुशासन भित्राउन खोज्ने तत्वविरुद्ध सचेत हुँदै त्यस्ता तत्वलाई हटाउन निर्मम बनिने उल्लेख गरे । पार्टीमा देशैभर सर्वसाधारण जनताको आकर्षण बढेको बताउँदै आगामी चुनावमा रास्वपाको लहर आउने वाग्लेले दाबी गरे ।

उनले भने,“तनहुँ र चितवनको उपनिर्वाचनले पार्टीमा जनलहर आएको प्रमाणित भइसकेको छ । आगामी चुनाव २०८४ मा पार्टी सभापति रवि लामिछानेकै नेतृत्वमा हामी चुनावमा जाने हो ।” डा वाग्लेले पार्टीका १९ जना सांसद ४९ वर्षभन्दा कम उमेर समूहका रहेको बताउँदै अगाडि थपे, “हामीले अझै २० वर्षका लागि नेतृत्व तयार गरिसकेका छौँ । पाका नेताहरूलाई समेत पार्टीमा उचित जिम्मेवारी दिइन्छ ।”

डा वाग्लेले राजनीतिलाई सङ्ल्याउने अभियानलाई अगाडि बढाउँदै सामाजिक न्यायसहितको उद्धार अर्थतन्त्रकोे नीति लिइएको बताए । कांग्रेसलाई कम्युनिष्ट बन्न गाह्रो र कम्युनिष्टलाई कांग्रेस बन्न गाह्रो हुने भन्दै वाग्लेले रास्वपामा भने सबै अट्ने दाबी गरे ।

उनले भने, “सबै नेपाली अटाउन सक्ने पार्टी भनेको रास्वपा हो । नेपाली माटो सुहाउँदो पार्टीको छ ।” पार्टीमा नेतृत्व गर्न आउनेलाई केन्द्रबाट हस्तक्षेप नगर्ने भन्दै उनले तल्लो तहबाटै नेतृत्व छनोट गरिने बताए । रास्वपा राजावादी पार्टी नभएको बताउँदै राजा चाहिन्छ भन्नेहरू पार्टीमा रहन नसक्ने वाग्लेको भनाइ थियो ।

सङ्घीयताप्रति पार्टीको स्पष्ट धारणा रहेको भन्दै उनले नेपाललाई भार पार्ने खालको संरचना आवश्यक नरहेको बताए । आफूहरू सङ्घीयताको विरोधी नभएको उनको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने

काठमाडौँ, २० माघ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आज रातिबाट नेपालमा सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने देखिन्छ, आइतबारका लागि विषेश गरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।” यसैगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले काठमाडौँको वायुको तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको तथा पारदर्शिता चार हजार पाँच सय मिटर रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम तीन दशमलव तीन डिग्री सेल्सियस रहेको तथा आज अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस बीचमा रहने मौसमविद् अधिकारीले बताउनुभयो ।

आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा फाट्टफुट्टदेखि हल्का वर्षाको सम्भावना रही कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला सम्मानित

काठमाडौँ, २० माघ : परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालालाई सम्मान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उहाँलाई सम्मान प्रदान गर्नुभएको हो ।

हजारौँ सङ्ख्यामा मानव मुटु चिरफार गरी जीवनलाई पुनःजीवन दिन पुर्याएको विशिष्ट योगदानको कदर गर्दै प्रतिष्ठानले यस वर्षको परशुराम–शकुन्तला विशिष्ट सेवा सम्मान प्रदान गरेको छ । साहित्यकार प्रा डा रामप्रसाद दाहाल, प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहाल र उपप्राध्यापक केशवप्रसाद दाहालद्वारा आफ्ना माता–पिता शकुन्तला दाहाल र परशुराम उपाध्यायको स्मृतिमा विसं २०६८ मा उक्त प्रतिष्ठान स्थापना गर्नुभएको थियो ।

प्रतिष्ठानले समाजका विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई प्रत्येक वर्ष विशिष्ट सम्मान प्रदान गर्दै आएको छ । प्रतिष्ठानले पछि परेका वर्ग, क्षेत्र र समुदायलाई अघि बढ्न छात्रवृत्तिका माध्यमबाट उत्पे्ररणा र हौसल्ला प्रदान गर्दै आएको छ । सो अवसरमा प्रतिभा प्रोत्साहन मोर्डन कन्या कलेजकी छात्रा सरस्वती परियार र श्लेषा दर्नाललाई प्रदान ग¥यो ।

सो अवसरमा सभामुख घिमिरेले मुटुको उपचारका क्षेत्रमा क्रियाशील रही उदाहरण प्रस्तुत गर्ने डा कोइरालाको जहाँ इच्छा त्यहाँ उपायको प्रतीकका रूपमा रहनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिष्ठान पनि संस्कारद्वारा समाजमा समृद्धि ल्याउन सकिन्छ भन्ने अभियानमा जुटेको छ । डा कोइरालाले पनि इच्छालाई प्रयत्नमा बदलेर परिणाम दिइरहनुभएको छ ।”

मानिसले मृत्युलाई असल कामबौ जित्न सक्ने भन्दै सभामुख घिमिरेले झापामा बच्चाहरूको मुटुको उपचारका लागि डा कोइरालाकै निष्ठा, योगदान, सक्रियता र अग्रसरतामा ठूलो योजना अघि बढिरहेकाले त्यस क्षेत्रको स्वास्थ्य सेवामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

सुशासनका माध्यमबाट मात्रै राष्ट्र र समाजलाई अघि बढाउन सकिने र त्यसका लागि आफूलाई लागेका र देखेका विषय स्पष्टसँग राख्दै कमी–कमजोरी हटाउन दिशानिर्देश गर्ने प्रतिष्ठानका अध्यक्ष दाहालको व्यवहार, शैली र अभिव्यक्ति प्रशंसायोग्य रहेको बताउनुभयो ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय मुद्दामा दलभन्दा माथि उठेर देशलाई समृद्धि तुल्याउने अभियानमा सहभागी हुन सबै तह र तप्कालाई आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “परशुराम–शकुन्तला दाहाल परिवार संस्कार, संस्कृति, सद्भाव र विचारका माध्यमद्वारा मुलुकमा समृद्धि र सुगन्ध छर्न सफल हुनुभएको छ ।”

सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मानिसको जीवनदान भगवान्ले मात्रै दिन सक्छन् भन्ने मान्यता रहेको नेपाली समाजमा डा कोइरालाले भगवान्कै स्वरुपमा कार्यजिम्मेवारी गरिरहनुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “परिवर्तित समाजमा समाजिक मूल्य, मान्यतामा विखण्डित देखिएको छ । परिवार टुटेको छ । वृद्ध बाबाआमालाई छाडेर सन्तान टाढा रहनुपरेको छ । सामाजिक दायित्व कमजोर भएको छ । यो बेला समाजलाई जोड्ने नयाँ सूत्र आवश्यक छ ।”

सम्मानित व्यक्तित्व डा कोइरालाले राज्यले सुम्पिएको कार्यजिम्मेवारीभित्र रही मुटुरोगका क्षेत्रमा कर्तव्य पूरा गर्ने कोसिस गरेकाले त्यसलाई अस्वाभाविक कामका रूपमा नबुझिदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकमा असल काम गर्नेको सङ्ख्यामा कमी आएको छ, राम्रो काम गर्नेलाई उत्साहित र प्रोत्साहित गर्न जरुरी छ । समाजमा अध्यक्ष दाहालजस्तो इमान्दार, प्रभावशाली र बेजोड प्रस्तुति भएका व्यक्तित्व पाउन कठिन छ ।”

उद्योगी डा उपेन्द्र महतोले सम्मानित व्यक्तित्व डा कोइराला आफ्नो क्षेत्रका मेहनती, इमान्दार र सक्षम चिकित्सक भएको बताउँदै आर्थिक अवस्था कमजोर भए पनि नेपाली संस्कार र संस्कृति विश्वमै अद्वितीय रहेको विचार प्रकट गर्नुभयो ।

प्रतिष्ठानका संरक्षक प्रा डा दाहालले असल बाटोमा हिँड्न प्रेरित गर्ने पिता र माताले सिरहाको बन्दीपुर क्षेत्रमा पाटी, पौवा, मन्दिर, पोखरी र चौतारोलगायतका सामाजिक कार्यमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । उहाँले नेपाली समाजमा परम्परादेखि स्थापित संस्कार, संस्कृति र परम्पराको जगेर्ना गर्ने प्रेरित गर्ने हिसाबले प्रतिष्ठान स्थापना गरेको बताउनुभयो ।

लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो : महामन्त्री थापा

पर्सा, २० माघ : नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताउनुभएको छ । वीरगन्जबाट प्रकाशित हुने अंकुश दैनिकको आज आयोजित रजत महोत्सवमा नेता थापाले अब मुलुकमा लोकतन्त्र सुधारको अपरिहार्यता रहेको धारणा राख्नुभयो ।

उहाँले अब राजनीतिक दलमा पनि उच्च तहका नेतामा सुधारको आवश्यकता रहेको बताउनुभयो । “राजनीतिक दलका उच्च नेता, कर्मचारी, स्थानीय तहका प्रमुखसम्ममा सुधारको आवश्यकता छ”, उहाँले भन्नुभयो, “सबैक्षेत्रमा सुधार गर्न सकिए मात्रै राष्ट्र विकास गर्न सकिन्छ ।” माथिलो तहबाट सुधारको प्रयास हुनुपर्ने र सबैले आ–आफ्नो ठाउँबाट सुधारको प्रयास गरे मात्रै मुलुकमा आमुल परिर्वतन ल्याउन सकिने उहाँको भनाइ थियो ।उहाँले बढदो महङ्गी, बेरोजगारी, भ्रष्टाचार र भागबन्डाको राजनीतिले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाएकाले लोकतान्त्रिक व्यवस्थाप्रतिको विश्वास बढाउन र आमनागरिकको जीवनमा सुधार ल्याउन शुद्धीकरण आवश्यक छ भन्नुभयो ।केही व्यक्तिका कारण लोकतान्त्रिक व्यवस्थालाई नै बदनाम गर्ने प्रयास भइरहेको भन्दै उहाँले लोकतन्त्रको रक्षाका लागि आम सञ्चारमाध्यले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । राजनीतिक, प्रशासनिकलगायत हरेक क्षेत्रमा देखिएका समस्याबारे सञ्चारमाध्यमले तिखो प्रहार गर्नुपर्ने भन्दै उहाँले सबैका लागि समान अवसरको व्यवस्थालाई बलियो बनाउन सञ्चारक्षेत्रले रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।त्यस अवसरमा जनता समाजवादी पार्टी नेपालका मुख्य सचेतक एवम् प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रतिनिधिसभा सदस्य अजय चौरसिया, वरिष्ठ पत्रकार हरिहर विरही, कविर राणालागयतका वक्ताले व्यक्तिले गरेका कमी कमजोरीको आडमा लोकतन्त्रलाई केही अवसरवादीहरले बदनाम गर्ने चेष्टा गरिरहेको बताउनुभएको थियो ।अंकुश दैनिकका प्रधान सम्पादक दिपेन्द्र चौहानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही, ईश्वरचन्द गौतम, कविर राणालाई महामन्त्री थापाले दोसल्ला र कदर पत्रले सम्मानित गर्नुभयो ।

देश निर्माणमा समर्पित हुन युवालाई अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, २० माघ : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवा तथा विद्यार्थीलाई देशप्रति समर्पित हुन आह्वान गर्नुभएको छ । एमाले काठमाडौँ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित ‘युवा महोत्सव’मा उहाँले देश निर्माणका लागि युवाको सहभागिताको आवश्यकता औँल्याउदै देशलाई प्रेम गर्न समेत आग्रह गर्नुभयो । “आफनो देशलाई माया गरौँ । म भाईबहिनीहरुलाई भन्न चाहन्छु कुनै पनि देश अर्काले आएर बनाइदिन्न, आफैले बनाउनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले देशमा विद्यमान समस्या समाधानका लागि युवाको भूमिका महत्वपूर्ण हुने पनि उल्लेख गर्नुभयो । “हाम्रा अघि समस्या छन्, युवा जनशक्ति विदेश पलायन भइरहेका छन् । यो समस्यासँग भाग्ने होइन जुधेर समाधान गर्ने हो”, उहाँले भन्नुभयो, “देशमा निरकुंश राजतन्त्र र पञ्चायती तानाशाह थियो त्यसविरुद्ध हामी भागेको भए अहिले लोकतान्त्रिक गणतन्त्र यहाँ आउदैन थियो ।”देशको उत्पादन र उत्पादकत्व बढाएर सुदृढ हुनुपर्नेमा जोड दिँदै विप्रेषणमा भरपर्नु अर्थतन्त्रका लागि राम्रो नभएको अध्यक्ष ओलीको भनाइ थियो । उहाँँले युवालाई सहज ढङ्गले रोजगारी उपलब्ध गराउनेदेखि उद्यमशिलतातिर प्रेरित गर्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले देशमा ज्येष्ठ नागरिकको सङ्ख्या बढदो र प्रजनन दर घटदै गएकोप्रति चिन्ता समेत प्रकट गर्नुभयो ।महोत्सवमा एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले राजनीतिमा युवाको सक्रिय सहभागितालाई जोड दिनुभयो । ‘सामाजिक परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउने लक्ष्यका साथ सुरु महोत्सवले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवा शक्तिलाई समाज रूपान्तरणका दिशामा अभिप्रेरित गराउन सहयोग उहाँको भनाइ छ ।—

हामीले सरकार एकलौटी ढंगले अघि बढेको महसुस गरेका छौंः सांसद जोशी

काठमाडौँ । पछिल्लो समय  संसदको विधायिकी भूमिका कमजोर हुँदै गएको भनेर नागरिकस्तरबाट चर्को आलोचना भइरहेको छ । वास्तवमा यो सत्य पनि हो । संसदमा हामी एक वर्ष पूरा भएर दोस्रो वर्ष लागिसक्यौँ । दोस्रो वर्षको पहिलो चरणसम्म पुग्दा पनि हामीले अपेक्षित काम गर्न सकेका छैनौँ । अघिल्लो सदनमा एउटामात्रै विधेयक पारित भयो । आर्थिक विधेयक र विनियोजन विधेयकबाहेक हेर्ने हो भने अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विधेयक मात्रै संसद्बाट स्वीकृत भयो । उक्त विधेयकको कार्यान्वयनको अवस्थाबारे पनि प्रश्न छ ।


हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भन्ने गरिन्छ । यसपाली हिउँदे अधिवेशन ढिला हुन पुग्यो । पुस महिनाबाटै हिउँदे अधिवेशन सुरु भइदिएको भए राम्रो हुन्थ्यो । पुसपछिका तीन महिना संसद् राम्रोसँग चलिदिएको भए धेरै विधेयकमाथि काम गर्न सकिन्थ्यो । माघ २२ गतेदेखि अधिवेशन सुरु गरेर अब हामी कति प्रभावकारी रुपमा काम गर्न सक्छौँ भन्ने प्रश्न छ । संसद्मा ल्याउनुपर्ने विधेयक चाँडो ल्याउनु भनेर प्रधानमन्त्रीले सबै मन्त्रालयलाई निर्देशन दिनुभएको छ । साठी वटाभन्दा बढी विधेयक संसद्मा प्रस्तुत गर्ने तयारीमा सरकार रहेको भन्ने सुनिन्छ । अब कानुन बनाउने कामले अपेक्षित गति लिन सकोस् । हाम्रा प्राथमिकता कानुन निर्माणमा केन्द्रित हुन सकुन् । 


संसदीय समितिमा आएका विधेयकमाथि पनि तदारुकताका साथ काम गर्न सकिएको छैन । म आफैँ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति छु । यो समितिमा चारवटा विधेयक छलफलका लागि आएका छन् । विद्यालय शिक्षा विधेयक, नेपाल विश्वविद्यालय विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक र सुरक्षण मुद्रण विधेयक शिक्षा समितिमा आएका छन् । एक महिनादेखि विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्दा पनि अहिलेसम्म समितिबाट विधेयकमाथि दिनुपर्ने सुझाव तयार हुन सकेका छैनन् । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकै ठाउँमा ल्याउने भनेर ल्याइएको सार्वजनिक सेवा प्रशारण विधेयकमाथिको छलफल पनि टुङ्गो लागिसकेको छैन । तैपनि हामी निरन्तर छलफलमा छौँ । 


सांसद विधेयक बनाउने, नीति, नियम, कानुन बनाउने कुरामा जति जिम्मेवार भएर लाग्नुपर्ने हो, त्यति लाग्न सकेका छैनन् । कानुन बनाउन जति समय दिनुपर्ने हो, त्यसभन्दा अन्यत्र बढी समय दिइरहेका छन् भन्ने कुरामा व्यक्तिगत रुपमा म सहमत छु । संसद्का कामलाई कसरी प्रभावकारी बनाउने र गति दिने भनेर हामी निकासमा पुग्न सकेका छैनौँ । एउटा समितिको सभापति भएको नाताले सबै सांसद तथा दलका सचेतकलाई संसद्मा र समितिमा रहेका कानुनलाई अन्तिमरुप दिन सांसदलाई बैठकमा उपस्थित भैदिन ह्वीप जारी गरिदिनुपर्यो भनेर आग्रह पनि गरेको छु । त्यो मेहनत गर्दागर्दै पनि विभिन्न कारणले हामीले समितिको बैठक नियमितरुपमा बसाल्न सकेका छैनौँ । यद्यपि, प्रयास जारी नै राखेका छौँ ।


संसद् भनेको जनताका समस्या उजागर गर्ने र समाधानका लागि सम्बन्धित निकायलाई घच्घचाउने थलो हो । जनताबाट निर्वाचित जनप्रतिनिधिले उनीहरुलाई परेका समस्या, उनीहरुका गुनासा सुन्नु जिम्मेवारी हुन आउँछ । संसद्मा बोलेका कुराको ठूलो महत्व हुन्छ । कार्यान्वयनका लागि सरकार जिम्मेवार हुनुपर्दछ र जनताले पनि त्यसलाई विश्वास गर्दछन् । तर, अहिलेसम्मको हाम्रो अभ्यास हेर्दा सांसदले बोलेका कुरालाई सरकारले त्यति महत्व दिएको देखिँदैन । कार्यान्वयनमा ध्यान दिएको देखिँदैन । 


सांसदहरु आफैँले संसद्मा बोलेका कुरा सरकारले सम्बोधन गर्न नसकेको भनेर गुनासो गरिरहेका हुन्छन् । गुनासो सुनुवाइ नभएको भनेर संसद्मै गुसानो गर्नुपर्ने अवस्था छ । संसद्मा उठेका कुरा सुन्ने र त्यसको समाधान खोज्ने विषयमा सरकार र सम्बन्धित पदाधिकारी जिम्मेवार हुन सकुन् । आगामी सदनमा हामी यो कुरालाई थप प्रभावकारी रुपमा उठाउँछौँ । अघिल्लो सदनमा पनि हामीले नागरिकका समस्या संसद्मा उठायौँ । तर सरकारबाट सम्बोधन भएन । अब थप सशक्त रुपमा उठाउँछौँ । 


म दुर्गममध्येको एक जिल्ला बझाङको प्रतिनिधित्व गर्छु । बझाङमा सामान्य कर तिर्नका लागि कर कार्यालय छैन । त्यसका लागि डडेलधुरा पुग्नुपर्छ । जनताले सरकारलाई कर तिर्नका लागि सहज होस् भनेर जिल्लामै कर कार्यालय राख्नुपर्यो भनेर संसद्मा पटक–पटक कुरा उठाएको छु । तर अहिलेसम्म सुनुवाइ भएको छैन । बझाङ जिल्लाबाट सामान्य रकमको कर तिर्नका लागि पनि डडेलधुरा आउनुपर्ने अवस्थाले नागरिकलाई पनि सास्ती भएको छ । 


सङ्घीय र प्रदेश सरकारअन्तर्गतका जिल्लामा सेवा दिनुपर्ने कार्यालय अहिले त्यहाँ छैनन् । बझाङको अवस्था हेर्दा संघ सरकारअन्तर्गतका खानेपानी आयोजनाको काम हेर्ने कार्यालय कैलालीमा छ । सडक आयोजना हेर्ने कार्यालय बैतडीमा, ऊर्जा, सिँचाइ, तटबन्धलगायतका आयोजना हेर्ने कार्यालय दार्चुलामा र सहरी विकासका योजना हेर्ने कार्यालय डोटीमा छ । सङ्घीय सरकारअन्तर्गतका योजना तथा कार्यक्रम सञ्चालन गर्नका लागि अहिले जिल्लामा कार्यालय छैनन् । प्रदेशअन्तर्गतका योजना र कार्यक्रममा पनि यही समस्या छ । यस्ता गम्भीर विषयमा सरकारले ध्यान दिओस् । हामीले सङ्घीयता कार्यान्वयन प्रभावकारी बनाउने र सिंहदरवारको अधिकार गाउँ–गाउँमा पुर्याउने भनिरहेका छौँ । तर अहिले सेवा पाउन झन् टाढा पुग्नुपर्ने भएको छ । पहिले सङ्घअन्तर्गतका सडक, खानेपानी, सिँचाइका कार्यालय जिल्लामै थिए । केहि पुराना कार्यालय जिल्लामा छन्, तर त्यहाँबाट सेवा दिन सकिरहेका छैनन् । यी विषय संसद्मा पटक–पटक उठाउँदा पनि सरकारले सुनुवाइ गरेको छैन । सांसदले उठाएका जनताका समस्या सम्बोधन गर्ने कुरामा सरकार जिम्मेवार हुन सकोस् भनेर हामी आगामी संसद् अधिवेशनमा पनि कुरा उठाउँछौँ ।


जनताका समस्या÷गुनासो संसद्मा उठाउने सवालमा हाम्रा पनि कमी–कमजोरी छन् । किन भने, हामी पनि अन्य काममा बढी अल्झिनुपर्ने बाध्यता छ । विकास निर्माणका कामका लागि विभिन्न मन्त्रालय धाउने, विभागमा दैडनुपर्ने अवस्था छ । एउटा विधि पद्धति नहुँदा यस्तो समस्या सिर्जना भएको हो । यी र यस्तै अनेक कारणले सांसद सदनमा पनि कम समय दिइरहेका छन् ।


निर्वाचनका बेला मत माग्दा जनतासँग गरेका प्रतिबद्धता र त्यसको नतिजा प्राप्तिको अहिलेसम्मको अवस्था हेर्दा हामी असफल भएको मान्न सकिन्छ । हामी निर्वाचित भएको एक वर्षभन्दा बढी समय भयो । यो एक वर्ष अवधिमा मैले के काम गरे भनेर जनतालाई के जवाफ दिने ? म आफैँ विभिन्न मन्त्रालयमा गएर विकास निर्माणका कामलाई गति दिन आग्रह गरेको छु । तर, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइलगायतका क्षेत्रमा मैले के काम गरे ? भन्ने प्रश्नको जवाफ दिन सक्ने अवस्था अहिले छैन । हामी आफ्नै वार्षिक समीक्षा गर्दा कति प्रगति देखिएला भनेर पनि मैले भन्ने गरेको छु । सामान्य काम त भइरहेकै होलान् । तर हामीले जसरी, जुन गतिमा काम गर्ने भनेर सोचेका थियौँ, त्यो पूरा हुन सकेको छैन । हामीले चुनावका बेला गरेको प्रतिबद्धताअनुसारको ३० प्रतिशत जति पनि उपलब्धि हासिल गर्न सकेका छैनौँ । यो एक वर्ष अवधिमा हामीले के गर्यौं भनेर हामी आफैँ समीक्षा गर्न जरुरी छ । 


सरकारले सत्तापक्ष दलसँग समेत सरसल्लाह गर्दैन । सत्तापक्ष दलसँग सबै विषयमा गम्भीर छलफल गर्न र सुझाव लिन आवश्यक छ । सरकारले सत्तापक्ष दलहरुसँग पर्याप्त छलफल गर्ने र प्रतिपक्षलाई पनि विश्वासमा लिएर सदनका काम अगाडि बढाइनुपर्ने हो । कानुन निर्माण, वार्षिक नीति तथा कार्यक्रम, योजना तथा बजेटलगायतका कुरामा सत्तापक्षको साथ र प्रतिपक्षको विश्वास लिएर सरकार अघि बढ्नुपर्छ । अहिलेसम्मको काम गर्ने शैली र व्यवहार हेर्ने हो भने सरकारले सत्तापक्षकै दल र सांसदसँग पनि पर्याप्त छलफल परामर्श गर्ने र उनीहरुको कुरा सुन्ने गरेको देखिँदैन । ऐन, नियम, कानुन बनाउने, नीति योजना कार्यक्रम ल्याउने विषयमा सत्तापक्षसँग व्यापक छलफल गरियोस् ।


देशको अर्थतन्त्र विस्तारै लयमा फर्किएको भनिएको छ । तर आम नागरिकमा त्यसको अनुभूति अझै भइसकेको छैन । निर्माण व्यवसायी आफूले काम गरेको भुक्तानीसमेत पाउन नसकेर आन्दोलन गर्नुपर्ने अवस्थामा छन् । अरु क्षेत्र पनि समस्यामा छन् । अर्थतन्त्रसँग सरोकार राख्ने, विज्ञ र सरोकार राख्ने सबै क्षेत्रसँग सरकारले निरन्तर छलफल गरेर अब कसरी अघि बढ्ने भनेर सुझाव लिन जरुरी छ । 


चालु आर्थिक वर्षको बजेटमा विनियोजन कुशलता देखिएन । सत्तापक्षकै सांसदले पनि बजेटमा विभेद भयो भनेर संसद्मा कुरा उठाएका थिए । सन्तुलित ढङ्गको विकास हुने गरी सन्तुलित बजेट आउन सकेन । राज्यबाटै अहिलेसम्म हेपिएका, ठगिएका, पछाडि पारिएका क्षेत्रले प्राथमिकताका साथ बजेट पाउनुपर्ने हो । तर यसपटक पनि बजेटमा विभेदको महसुस भयो । कुनै निश्चित जिल्लामा मात्रै बजेट धेरै पार्ने प्रवृत्ति छ । त्यो व्यवहार अब नदोहोरिओस् । शक्ति र पहुँचको आधारमा बजेट विनियोजन हुने अवस्थाको अन्त्य गरेर आवश्यकताका आधारमा सन्तुलित बजेट ल्याउन सक्नुपर्छ । विकास निर्माणमा पछि परेका क्षेत्रलाई बजेटको प्राथमिकतामा राखियोस् भनेर सरकारसँग माग गर्न चाहान्छु । 


हाम्रो काम गर्ने शैलीप्रति सत्तापक्ष प्रतिपक्ष सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला भइसकेको छ । हाम्रो साधारण खर्च बर्सेनि बढ्दो छ । पुँजीगत खर्चको हिस्सा कम हुँदै जाने र त्यसमा पनि वास्तविक खर्च झन कम हुने अवस्था विगतका वर्षमा देखिएको छ । लक्ष्यअनुसार राजस्व उठ्न सकेको छैन । पुँजीगत शीर्षकमा विनियोजन हुने  आधा जति पनि विकास खर्च हुन सकेको छैन । हाम्रो विकास खर्चभन्दा बढी वित्तीय व्यवस्थापन शीर्षकबाट सार्वजनिक ऋणको साँवा र ब्याज तिर्नमा खर्च भइरहेको छ । 


आन्तरिक र बाह्य दुवै ऋण जोड्दा करिब  २४ खर्ब पुग्न लागिसकेको छ । त्यस्तो सार्वजनिक ऋणको साँवा ब्याज तिर्नका लागि हामीले विकास बजेटभन्दा बढी खर्च गर्नुपर्ने स्थिति आइसकेको छ । विसं २०५१/५२ तिर साधारण खर्च करिब २२/२३ प्रतिशत बराबर मात्रै थियो भने अहिले प्रतिशत करिब ६३ प्रतिशत पुगिसकेको छ । त्यो बेला ७० प्रतिशत रहेको पुँजीगत बजेटको हिस्सा अहिले १७ प्रतिशतमा खुम्चिएको छ । पुँजीगत शीर्षकमा छुट्याइएको सबै रकम खर्च पनि हुन सकेको छैन । बेरोजगारीका कारण ठूलो युवाशक्ति विदेशिनु परिरहेको छ । हाम्रो यो अवस्थाले मुलुकको अर्थतन्त्रलाई भोलिका दिनमा थप अप्ठेरो पार्नसक्छ । सबै राजनीतिक दल र जनप्रतिनिधिले यो अवस्थाको आत्मसमीक्षा गर्दै समाधानका लागि गम्भीर हुन सकुन् ।

सांसद भानुभक्त जोशीसँग  हेमन्त जोशीले गरेको कुराकानीमा आधारित

मृत सागर म्याराथनमा छ हजार ६०० धावक दौडमा

पृथ्वीको सबैभन्दा तल्लो स्थान भनेर चिनिने दक्षिणपूर्वी इजरायलको नुनिलो तालको दक्षिणी किनारमा शुक्रबार आयोजित मृत सागर म्याराथन प्रतियोगितामा छ हजार ६०० खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन् ।

तामार क्षेत्रीय परिषद्ले आयोजना गरेको म्याराथनमा इजरायल र जोर्डन बीचको सीमानाको किनारमा तालको केन्द्रतर्फको खण्ड दटडका लागि खिला गरिएको थियो । सामान्यतया सुरक्षा बल र अधिकृत कर्मचारीको पहुचमा सीमित यो खण्ड वर्षको एक पटक मात्र म्याराथनको दिनमा सर्वसाधारणका लागि खुला गरिन्छ ।

पुरुषतर्फको म्याराथनमा इजरायलको प्रतिनिधित्व गर्ने हागाई कोहेन–श्लोमोले दुई घण्टा ४१ मिनेट २६ सेकेण्डको समय पूरा गरी प्रथम भएका छन् भने महिला म्याराथनमा इजरायलकी लिज शापिरोले ३ मा दौड पूरा गर्दै विजयी भइन् । कार्यक्रममा हाफ म्याराथन, ५० किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर दौडलगायत अन्य दौड विधाहरू पनि समावेश थिए ।

जनवरीमा श्रीलङ्कामा डेंगीका बिरामीको सङ्ख्या १० हजार नाघ्यो,४ जनाको मृत्यु

श्रीलङ्कामा जनवरी महिनामा १० हजारभन्दा बढी डेंगीका बिरामीहरू फेला परेका छन् । साथै डेङ्गी सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको राष्ट्रिय डेंगी नियन्त्रण एकाइले शुक्रबार जानकारी गराएको छ । एनडीसीयुले शुक्रबारसम्म १० हजार ६३५ जनामा सङ्क्रमण भएको उल्लेख गरेको छ र तीमध्ये १० हजार ४१७ जनवरी महिनामा मात्र भएको बताएको छ।

पश्चिमी प्रान्तमा सबैभन्दा बढी ३ हजार ४८९ जनामा सङ्क्रमण फेला परेको छ भने त्यसपछि उत्तरी प्रान्तमा २ हजार ७३४ जनामा सङ्क्रमण भएको पाइएको छ । गत वर्ष ८८ हजारमा डेंगी सङ्क्रमण भएको थियो र तीमध्ये ५७ जनाको सङ्क्रमणबाट मृत्यु भएको थियो।यसै बीच स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट हुने रोगको फैलावट रोक्न देशव्यापी डेंगी रोकथाम सप्ताह घोषणा गरेको छ ।

नारायणी नदी किनारमा माघ २६ र २७ गते नेपाली चियाको बृहत प्रदर्शनी गरिने

चितवन, २० माघ : चितवनस्थित नारायणी नदी किनारमा यही माघ २६ र २७ गते नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ गरिने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र चिया क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ–संस्थाको सहकार्यमा उक्त प्रदर्शनी आयोजना हुन लागेको हो ।

‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउन, चियाका फाइदाको विषयमा जानकारी दिन तथा सही चियाको सहीरूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्न कार्यक्रम आयोजना गर्न लागिएको बोर्डका कृषि बिकास अधिकृत चन्द्र पुरीले जानकारी दिनुभयो ।यसअघि बुटवलमा प्रदर्शनीको आयोजना गरिएको थियो । प्रदर्शनी चितवनमा पहिलोपटक गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो । नेपालको चिया उत्पादन तथा बजारीकरण गर्न यसबाट मद्दत पुग्ने विश्वास गरिएको छ । प्रदर्शनीको कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्योग वाणिज्य सङ्घ र होटल व्यवसायी सङ्घ सहआयोजक रहेको सो प्रदर्शनीको प्रवद्र्धक भरतपुर महानगरपालिका रहेको छ ।

उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान, ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म पाइने

काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवप्रवर्धन (स्टार्टअप) उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । प्रतिष्ठाले शुक्रबार सूचना सार्वजनिक गरेर परियोजनाले प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यममा सहुलियतपूर्ण कर्जा दिने कार्यविधि हालै स्वीकृत गरेसँग कर्जा लिनका लागि परियोजना प्रस्ताव आह्वान गरिएको हो । स्टार्टअप उद्यमका मापदण्डहरू पूरा गरेका तोकिएको क्षेत्रका नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका स्टार्टअप उद्यमीले यस्तो कर्जा लिन सक्ने सूचनामा उल्लेख गरिएको छ । यस्तो कर्जा लिन चाहनेले सूचना प्रकाशित भएको २१ दिनभित्र तोकिएको ढाँचामा प्रस्ताव पेस गर्नुपर्ने प्रतिष्ठानले आह्वान गरेको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षमा स्टार्टअप कर्जाका लागि २५ करोड रुपियाँ विनियोजन गरेको छ । ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप कर्जा उपलब्ध गराइने व्यवस्था छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

एकीकृत समाजवादी सधै जनताको पक्षमा : अध्यक्ष नेपाल

देउखुरी (दाङ)-नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तमा चलेको बताउँदै जबजको विरोध गर्नेहरु कम्युनिष्ट हुन नसक्ने धारणा राख्नुभएको छ ।

दाङ निर्वाचन क्षेत्र नम्बर १ देउखुरीमा पार्टीको भेलामा उहाँले जबजको सान्दर्भिकता आगामी दिनमा अझै बढ्दै जाने बताउनुभयो । एकीकृत समाजवादी पार्टी सधै जनताको पक्षमा रहेको बताउँदै उहाँले देश तथा विदेशमा पनि पार्टीमा आकर्षण रहेको जिकिर गर्नुभयो । उहाँले समाजबादी जागरण अभियानले समाजमा भावनात्मक सम्वन्ध कायम गर्ने बताउनुभयो ।पूर्वमन्त्री एवं दाङ क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनको विकल्प नरहेको बताउनुभयो । गठबन्धन कमजोर पार्न केही शक्तिले निकै बल गरे पनि उनीहरु निरन्तर असफल भइरहेको उहाँको भनाइ थियो । 

रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काइदिन माग

काठमा- रुसी सेनामा भर्ती गरिएका नेपालीलाई स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न परिवारले सरकारलाई आग्रह गरेका छन् । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिवारका सदस्यहरूले परिबन्धले रुसी सेनामा भर्ती भएका उनीहरूको उद्धार गरी सकुशल स्वदेश फिर्ताको वातावरण बनाइदिन माग गरेका हुन् ।

कार्यक्रममा टिना घिमिरेले आफ्ना पति पदम घिमिरे केही महिनादेखि सम्पर्कविहीन पारिएकाले सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारसमक्ष आग्रह गर्नुभयो । उदयपुरका स्थायी बासिन्दा उहाँ नेपाली सेनाबाट अवकाश भएपछि करिब रु नौ लाख खर्चेर रुस जानुभएको परिवारले जनाएको छ ।

केही आफन्तहरू बेपत्ता भएको र केहीको अवस्था नाजुक रहेको भन्दै इलामकी सुमी चाम्लिङले भाइ राजकुमार मुखियाको खोजी गर्न सरकारसमक्ष आग्रह गर्नुभयो । उहाँले आफ्नो गाउँका विक्रम भुजेल र राजेन्द्र तामाङ पनि रुसी सेनामा भर्ती भएको र हाल सम्पर्कमा नरहेकामा चिन्ता व्यक्त गर्नुभयो । त्यस्तै भक्तपुरकी चाँदनी विष्टले आफ्ना पति विभाजन, देवर निराजन र नाति लोकेन्द्र सम्पर्कमा भए पनि स्वदेश फिर्ता गराइदिन माग गर्नुभयो ।रुसी सेनामा भर्ती भएर पनि नेपाल आउनुभएका सुमन राईले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बार, दोहोरी र क्लबलाई मनोरञ्जन कर तिर्न काठमाडौँ महानगरपालिकाको ताकेता

काठमाडौँ – काठमाडौँ महानगरपालिका राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । यसपटक महानगरले ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न ताकेता गरेको हो । प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ । यो व्यवस्था सालबसाली ऐनमा उल्लेख भएबमोजिमको दरमा लाग्ने राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले १५ दिनको समय दिएर पत्र पठाएका छौँ ।

यस अवधिमा कर तिर्नुभएन भने काठमाडौँ महानगरपालिका आर्थिक ऐनको दफा २१ बमोजिम कारबाही हुनेछ । यसमा आपत्कालीनबाहेकका सेवा सुविधा बन्द गर्ने, व्यवसाय बन्द गर्ने र सरकारी बाँकीसरह असुल गर्नेसम्मका व्यवस्था छन् ।” यी मनोरञ्जनस्थलमा प्रवेश गर्ने प्रतिटिकट पाँच प्रतिशत मनोरञ्जन कर लाग्ने व्यवस्था रहेको छ । राजस्व अधिकृत सोना शर्मा भन्नुहुन्छ, “टिकट नलाग्ने ठाउँमा कसरी कर लिने हामीले प्रदेश सरकारलाई सोधेका छौँ । यो कर प्रदेश सरकार र स्थानीय सरकारको साझा अधिकार क्षेत्रमा रहेको कर शीर्षक हो ।”

महानगरपालिकाले पत्राचार गरेको क्लब, दोहोरी तथा बारहरू जेपी रोडको रिफ्रेस डान्स बार, क्षेत्रपाटीको नटराज डान्स बार, पकनाजोलको आरके डान्स बार, फायर चोकको कारटार क्लब, ड्रिडक होस्टन डान्स बार, होनी वी डान्स बार, नरसिंह चोकको स्कुटी क्लब, ओलो क्लब, डेला सोलबार, नमस्ते पप बार, द क्लब हाउस, घामछायाँ रोधी क्लब, बेबो डान्स बार, टकिला डान्स बार, क्विनमहल डान्स बार, बज्र डान्स बार, सञ्चयकोष चोकको ओमनिया क्लब, भिआइपी क्लब, नसा डान्स बार, मिडनाइट डान्स बार, ज्याठाको चाहना डान्स बार र अमृत मार्गको ड्रागन डान्स बारलाई कर तिर्न पत्राचार गरेको हो ।

यस्तै ठमेल क्षेत्रका एलओडी क्लब, क्लाइमेट क्लब, पोताला क्लब, टेनएक्स क्लब, फूलमुन क्लब, सफर क्लब, काराओके, टप राजधानी दोहोरी, मुजुरा डान्स बार, ठमेल डान्स बार, डान्सिङ याक बार, वियरवार डान्स बार, भगवती मार्गको रोज डान्स बार, स्काई डान्स बार, चाक्सीबारी मार्गको अमिर डान्स बारलाई पनि पत्राचार गरिएको महानगरले जनाएको छ । यस्तै गल्कोपाखाका गुन्यूचोली दोहोरी, अल्फाबिटा बारलाई पत्र पठाइएको छ । ठमेल क्षेत्र लक्षित मनोरञ्जनात्मक व्यवसाय गर्ने साम्स बार, दुनियाँ बार, टिफिने बार र एच ट्वान्टी बार क्लब रहेका छन् ।

काठमाडौँ महानगरभित्र पहेँला पेट्रोलपम्प काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका पेट्रोलपम्पमा पहिचान तथा एकरुपताका लागि पहेँलो रङ लगाइने भएको छ । काठमाडौँ महानगरपालिकाको सम्मन्वयमा पेट्रोलपम्प सञ्चालक, सरोकारवाला सङ्घसंस्था तथा निकायका प्रतिनिधिको बैठकले उक्त निर्णय गरेको हो ।काठमाडौँ महानगर क्षेत्रमा ४९ वटा पम्प रहेका छन् । पहिलो चरणमा फागुन पहिलो सातासम्म नमूनाका रूपमा चारवटा पम्पमा पहेँलो रङ लगाइने छ ।

त्यसपछि अन्य पम्पमा रङ लगाइँदै जाने महानगरको तयारी छ । बैठकले पेट्रोलपम्पमा सेवाग्राहीलाई निःशुल्क शौचालय उपलव्ध भएको जानकारीमूलक बोर्ड झुन्ड्याउने, पम्पमा इन्धन भर्ने व्यक्तिले खैरो रङको व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) लगाउने र पम्प परिसरलाई हरियाली बनाउने निर्णय गरेको नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो । पम्पमा कार्यरत कर्मचारीलाई काठमाडौँ महानगरले आधारभूत अग्निनियन्त्रण तालिम दिने निर्णय भएको छ ।

गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

काठमाडौँ । काठमाडौँकी २३ वर्षीया सिर्जना शर्मा ( नाम, थर परिवर्तन ) दुई साताअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि प्रसूति गृह पुगिन् । उनी निरन्तर रक्तस्राव भयो भन्ने समस्या लिएर त्यहाँ पुगेकी थिइन् ।

उनले आपत्कालीन बेलामा खानुपर्ने गर्भनिरोधक औषधि पटकपटक सेवन गरेका कारण समस्या आएको उपचारमा संलग्न प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. मधु श्रेष्ठले बताइन् । उनले अविवाहित अवस्थामै प्रेमीसँग सम्बन्धमा रहेकाले आपत्कालीन गर्भनिरोधक औषधि सेवन गर्थिन् । ‘विवाह नभएकाले उनीहरूमा बच्चा जन्माउने योजना हुने कुरा भएन तर सम्बन्धमा रहेकाले पटकपटक यस्तो चक्की खाएको देखियो,’ डा. श्रेष्ठले भनिन् ।

पटकपटक आकस्मिक गर्भनिरोधक औषधि प्रयोग गर्दा स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुग्ने धेरै छन् । गर्भनिरोधक औषधि प्रयोग गर्नेमा विवाहितको तुलनामा अविवाहित र कम उमेरका बढी छन् । ‘धेरै त अविवाहित तर सम्बन्धमा रहेका युवतीले आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गरेको पाइन्छ,’ वरिष्ठ स्त्रीरोग विशेषज्ञ गीता गुरुङले भनिन् । आजको नागरिक दैनिकमा समाचार छ ।

पार्टीभित्रको मतभेद चिर्दै अघि बढ्नुपर्छ : महामन्त्री थापा

बारा-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र देखिएको मतभेद चिर्दै सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । आदर्श कोतवाल गाँउपालिकामा पार्टीले आयोजना गरेको संवाद कार्यक्रममा उहाँले पार्टीभित्रको मतभेद अन्त्य गर्दै जनताको अवस्था बदल्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले पार्टीको आगामी महासमितिको बैठकमा पार्टीको भावी कार्यदिशा, नीति तय गर्दै पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताउनुभयो । उहाँले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले कसरी जनतामुखी काम गर्ने भन्ने विषयमा पनि बहस हुने जानकारी दिनुभयो ।महामन्त्री थापाले मधेसमा सिँचाइको उचित व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । “मधेसमा जनसङ्ख्या बढ्दो छ भने खाद्यान्न उत्पादनलगायतका क्षेत्रमा पनि ध्यान दिन जरुरी छ ।” उहाँले बाराको निजगढमा चाँडै अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण हुनेमा विश्वास व्यक्त गर्नुभयो ।त्यस अवसरमा स्थानीयहरुले महामन्त्री थापा समक्ष पालिकाले भोग्दै आएका समस्या अवगत गराउनुभएको थियो ।महामन्त्री थापा मेचीदेखि महाकालीसम्मको ‘समुदायमा कांग्रेस’ अभियानका क्रममा बारा आइपुग्नु भएको हो । उहाँलाई नेपाली कांग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बिजयशङ्कर यादवले स्वागत गर्नु भएको थियो ।कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव, बारा जिल्ला सभापति राजेशराय यादव, मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्री बीरेन्द्र सिहलगायतले धारणा राख्नुभएको थियो । 

पशुपतिनाथले सबैको कल्याण गरुँन, हेर्नुहोस् माघ २० गते शनिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय को क्षेत्रमा मध्यम दिन रहेको छ । तपाईले कसैमाथी गरेको बिश्वासमा बिश्वसघात हुन सक्छ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

बृष राशि- आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । प्रिय ब्यक्ति को भेटले मन प्रशन्न रहला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । प्रतिस्पर्दाजन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ ।

मीथुन राशि – साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ । बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ ।

कर्कट राशि – परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ ।सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ ।

सिंह राशि – भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । प्रिय खबर द्वारा मन प्रशन्न रहला । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

तुला राशि- साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

बृश्चिक राशि – मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला ।

धनु राशि – निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।

मकर राशि – पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । आफन्त जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

कुम्भ राशि- अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । यात्रा सामान्य झन्झटमय रहन सक्नेछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।

मिन राशि – मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ ।

सङ्घीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि

काठमाडौँ, २० माघ : सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ ।

संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको हो । यस हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सभामुखबाट विधेयकबारे कानुनी, न्याय तथा संसदीय मामिलासम्बन्धी मन्त्रीसँग परामर्श भइसकेको छ । नियमितरुपमा गर्नुपर्ने सबै कामसमेत पूरा भएका छन् ।”

नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ । यस पटकदेखि अधिवेशनलाई कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन पाक्षिकरुपमा क्यालेण्डर बनाएर जानुपर्छ भन्नेमा दुवै सभामा तयारी भएको छ ।

तयारीका सन्दर्भमा हरेक १५–१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन गर्ने भएपछि त्यसको कार्यान्वयनका लागि दुवै सदनका नेतृत्व प्रतिबद्ध हुनुहुन्छ । विधेयक अधिवेशनकारुपमा रहने यस हिँउदे अधिवेशनका लागि हाल सङ्घीय संसद्मा २४ विधेयक छन् । त्यसमध्ये १६ विषयगत समिति छन् । हाल १५ विधेयकमाथि दफावार छलफल भइरहेको छ । एउटा भने छलफल पुरा भई प्रतिवेदन निर्माणको चरणमा छ । एउटा विधेयक लामो समयदेखि राष्ट्रियसभामा थाँती छ ।

जनताको सार्वभौमसत्ताको प्रयोग हुने सबैभन्दा माथिल्लो सभाकारुपमा रहने सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच ६ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ । सङ्घीय संसद्को दोस्रो अधिवेशन गत कात्तिक १६ गते अन्त्य भएको थियो ।

संसद्मा जनप्रतिनिधिले निर्वाचन क्षेत्र, जिल्ला तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तुमा आकस्मिक, शून्य समय र विशेष समय मार्फत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने चलन छ । सो क्रममा कतिपय अवस्थामा सांसदले सरकारका काम कारबाहीलाई प्रभावकारी तुल्याउन सार्वजनिक महत्व, जरुरी, सार्वजनिक, स्थगन, सङ्कल्प, संशोधन, खर्च कटौतीजस्ता प्रस्ताव प्रस्तुत गरी छलफल गराउने परम्परा छ ।

यस अधिवेशनको सौन्दर्यकारुपमा प्री बजेट छलफलसमेत हुने सहायक प्रवक्ता धमलाले जानकारी दिनुभयो । सरकारले बजेट प्रस्तुत हुने समय जेठ १५ गतेभन्दा तीन महिनाअघि नै उक्त कार्य सम्पन्न गर्न अध्यादेश जारी गरिसकेको छ । उक्त अध्यादेशलाई सभाले स्वीकृत प्रदान गरेपछि प्री बजेटसम्बन्धी विषय सदनमा अघि बढ्ने छ ।

अघिल्ला अधिवेशनमा प्री बजेटमाथिको छलफल लामो समयसम्म भए पनि त्यसमा सुधार र संशोधन नहुँदा निरर्थक बन्दै आएको थियो । त्यस बेला सांसदले दिएका सुझाव र उठेका प्रश्नका आधारमा सरकारले यस पटक प्री बजेट छलफलसम्बन्धी नयाँ अभ्यास गर्न लागेको हो ।

अहिले प्रतिनिधिसभामा नेपाली काग्रेसका ८८, नेकपा (एमाले) का सभामुुखसहित ७८, नेकपा (माओवादी केन्द्र) का ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभामुखसहित २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपाल (जसपा) का १२, नेकपा (एकिकृत समाजवादी) का १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका चार र नागरिक उन्मुक्ति पार्टीका चार सांसदको प्रतिनिधित्व छ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीका एक–एक तथा दुई स्वतन्त्र सांसदको प्रतिनिधिसभामा प्रतिनिधित्व छ । भूगोल र जनसङ्ख्याका आधारमा कायम गरिएको निर्वाचन क्षेत्रबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीद्वारा निर्वाचित एक सय ६५ तथा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित एक सय १० समेत गरी प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय रहने संवैधानिक व्यवस्था छ ।

प्रबुद्ध वर्गको प्रतिनिधित्व हुने ५९ सदस्यीय राष्ट्रियसभा भने प्रदेशगतरुपमा निर्वाचित भएर आउने ५६ र सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत हुन तीन जना रहने व्यवस्था छ । हिउँदे अधिवेशन सरकारले दिने ‘बिजनेस’ र सदनका गतिविधिका आधारमा कति समय चल्छ भन्ने निर्धारण हुनेछ ।

यसअघिका अधिवेशनजस्तै पहिलो बैठकमा सभामुख र राष्ट्रियसभा अध्यक्षबाट स्वागतसहितको शुभकामना तथा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरिने छ । बैठकको अन्य कार्यसूची भने कार्यव्यवस्था परामर्श समितिले तय गर्ने छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शनिबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। सुदूर पश्चिम प्रदेशको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

अब सातामा तीन दिन संसद् र तीन दिन समितिका बैठक हुने

काठमाडौँ ।  संसद्को आउँदो हिउँदो अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन सातामा तीन दिन संसद बैठक र तीन दिन संसदीय समितिका बैठक हुने गरी कार्यतालिका तयार गरिएको छ ।

संसद् सचिवालयले बनाएको तीन महिने प्रस्तावमाथि शुक्रबार सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकबीच छलफल भएको हो । पहिलो चरणमा यही माघ २२ गतेदेखि १५ दिनसम्मका लागि कार्यान्वयन हुने गरी समर्थन गरिएको बैठकमा सहभागी नेकपा एमालेका सचेतक महेश बर्ताैलाले जानकारी दिए ।

उनका अनुसार कुन दिन संसद् बैठक बस्छ भन्ने पहिल्यै जानकारी हुने भएकाले सांसदलाई समय व्यवस्थापन गर्न सहज हुने बताउँदै त्यही बीचमा सरकारले कस्ता विधेयक पेस गर्ने पूर्व निर्धारण गर्नेगरी सहयोग गर्नुपर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।

साथै हरेक महिनाको अन्तिम साता संसद्का बैठक आयोजना नगरी सांसदलाई आफ्ना क्षेत्र र जनताका बीचमा जानका लागि समय दिने विषयमा पनि छलफल भएको छ ।

सिंहदबारस्थित संसद सचिवालयमा भएको छलफलमा सभामुख घिमिरेले यही माघ २२ गतेदेखि हुने अधिवेशनलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा सरकार र राजनीतिक दल गम्भीर भई संसद् सचिवालयलाई सघाउन आग्रह गरेका थिए ।

छलफलमा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र) मुख्य सचेतक हितराज पाण्डेलगायत सहभागी थिए ।

राष्ट्रियसभा निर्वाचनमा कोशीको परिणाम अनेपक्षित रहेको कांग्रेसको ठहर

काठमाडौँ, १९ माघ : नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० मा कोशी प्रदेशको परिणाम अनपेक्षित रहेको ठहर गरेको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले गठबन्धनको साझा उम्मेदवारमध्ये एकजना पराजित भएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको हो ।

साथै बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनले वर्तमान सत्ता गठबन्धनलाई थप सवल बनाएको समेत ठहर गरेको छ । यही माघ ११ गते सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका तर्फबाट प्रस्तुत १९ जना साझा उम्मेदवारमध्ये १८ जना विजयी हुनुभएको थियो । निर्वाचनमा कांग्रेसका १० जना उम्मेदवार विजयी हुनुभएको थियो ।कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले कांग्रेसका सम्पूर्ण सांसदहरूलाई संसद् र समितिका सम्पूर्ण गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील रहन, राष्ट्र र जनताका हितमा तत्परतापूर्वक काम गर्न निर्देशन गरेको छ ।कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा संविधानको व्यवस्थाबमोजिम धेरै कानुन निर्माण गर्न बाँकी रहेको सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो । बैठकले संविधानको कार्यान्वयनका लागि आवश्यक विधेयक तत्काल संसद्मा प्रस्तुत गर्न साथै संसद्मा विचाराधीन विधेयकहरू आउँदो अधिवेशनमा पारित गर्नका लागि आवश्यक भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।बैठकले चालु आर्थिक वर्षको बजेटमा उल्लेखित विकास आयोजनाहरू तत्काल कार्यान्वयन गर्न र बजेट कम भएका कारण सम्पन्न हुन नसक्ने योजनामा बजेटको थप व्यवस्था गरी योजना सम्पन्न गर्न सरकारलाई आग्रह गरेको छ ।कांग्रेसले संसद्को आगामी अधिवेशनमा संसद्मा विचाराधीन र अब प्रस्तुत हुने विधेयक पारित गर्न संसदीय गतिविधिहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन संसद्भित्र रहेका सबै राजनीतिक दललाई अपिल गर्ने निर्णय गरेको प्रमुख सचेतक लेखकले बताउनुभयो ।यसैगरी संसद् र समितिका बैठकहरूमा सम्बन्धित मन्त्रीहरूको उपस्थिति अनिवार्य हुनुपर्ने र बैठकमा उठेका विषयलाई सरकारले गम्भीरतापूर्वक लिई संसद्प्रति सरकार उत्तरदायी हुनुपर्ने भएको हुँदा मन्त्रीहरूको उपस्थिति सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ ।सङ्घीय संसद्को अधिवेशन चालु रहेको समयमा कांग्रेस संसदीय दलका सदस्यलाई राजधानी बाहिर नजान आग्रह गरेको छ । यस्तै अत्यावश्यक कामले राजधानी बाहिर जानुपरेमा कारणसहित उल्लेख गरी संसदीय दलको प्रमुख सचेतक वा सचेतकसँग लिखित स्वीकृत लिनुपर्ने बैठकको निर्देशन छ ।बैठकले संसदीय दलको विधानको धारा १७ (३) बमोजिम काम गर्न १० विभिन्न समितिका संयोजक चयन गरेको छ । जसअनुसार अर्थ समितिमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोइराला पौड्याल, कानुन न्याय तथा मानवअधिकार समितिमा नागिना यादवलाई चयन गरिएको उहाँले जानकारी दिनुभयो ।त्यस्तै कृषि, सहकारी तथा प्राकृति स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समितिमा आशा विक, राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्रप्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लीलादेवी बोखिम (लिम्बू र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरेलाई चयन गरिएको छ ।साथै बैठकले कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन गर्न निर्वाचन समिति गठन गर्नका लागि पार्टी केन्द्रीय कार्यसमितिलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

श्रीलङ्काले विश्व बैंकबाट १५ करोड अमेरिकी डलर ऋण लिने

श्रीलङ्काले वित्तीय क्षेत्र सुरक्षा नेट सुदृढीकरण परियोजनालाई आर्थिक सहयोग गर्न विश्व बैंकबाट १५ करोड अमेरिकी डलर ऋण लिने भएको छ । अर्थ मन्त्रालयले शुक्रबार जनाए अनुसार यो परियोजना विशेष गरी केन्द्रीय बैंकद्वारा प्रबन्धित श्रीलङ्का निक्षेप बीमा योजनामा केन्द्रित हुने बताएको छ।

यस परियोजनाले प्रभावकारी निक्षेप बीमा योजनाका लागि अन्तरराष्ट्रिय उत्कृष्ट अभ्यासहरू अनुरूप वित्तीय र संस्थागत क्षमतालाई सुदृढ गर्ने लक्ष्य राखेको बताइएको छ । मन्त्रालयले जनाए अनुसार यसले रिजर्भ पनि बढाउनेछ जसले गर्दा भुक्तानी र बैंक रिजोलुसनका दायित्वहरू पूरा गर्न र वित्तीय प्रणालीमा जनताको विश्वास पनि बढ्ने छ ।

सभामुख घिमिरे र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल

काठमाडौँ, १९ माघ : संसद्को आउँदो हिउँदे अधिवेशनका सन्दर्भमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकबीच आज छलफल भएको छ ।

सिंहदबारस्थित संसद् सचिवालयमा भएको छलफलमा यही माघ २२ गतेदेखि हुने अधिवेशनलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा गृहकार्य भएको बैठकमा सहभागी नेकपा (एमाले) का सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयो । उहाँले लामो समयदेखि थाँती रहेका विधेयकहरू निर्माण र जनसरोकारका विषयमा उचित सुनुवाइ हुनुपर्ने विषयमा आफूहरूले ध्यानाकर्षण गराएको बताउनुभयो ।

छलफलमा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, नेपाली काग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र) प्रमुख सचेतक हितराज पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो ।

कार्यकर्ताले नेता बोक्ने होइन, पार्टी बोक्ने हो : महासचिव पोखरेल

मलेखु (धादिङ), १९ माघ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलका कार्यकर्तामा सिङ्गो पार्टीलाई भन्दा नेतालाई बढी विश्वास गर्ने परिपाटी बढेसँगै दलहरूमा फुटको अवस्था सिर्जना भएको धारणा राख्नुभएको छ ।

एमाले धादिङको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै पोखरेलले कार्यकर्ताकै कमजोरीले पार्टीमा विभाजित हुने अवस्था सिर्जना भएको बताउनुभयो । कार्यकर्ताले पार्टी नबोक्ने तर नेतामात्र बोक्दा पार्टी सकिने बताउनुभयो ।“कार्यकर्ताले नेता बोक्ने होइन, पार्टी बोक्नुपर्छ, त्यसपछि मात्रै पार्टी मजबुत बन्नेछ”, उहाँले भन्नुभयो, “नेताहरूले आफूलाई धुरी ठान्नुहुन्न, पार्टीलाई धुरी ठान्नुपर्छ, जनतामा बढ्दै गएको निराशालाई आशामा बदल्न सकिएन भने मुलुकमा समस्या सिर्जना हुन्छ । राष्ट्र जोगाउने हो भने जनतालाई निराश हुनबाट जोगाउनुपर्छ”, उहाँले भन्नुभयो ।सात सय प्रतिनिधि सहभागी हुने अधिवेशनले एक सय पाँच सदस्यीय जिल्ला कार्यसमिति चयन गर्नेछ ।

एक करोड आठ लाख नगदसहित जुवातास खेलाउने तीन जना पक्राउ

काठमाडौँ, १९ माघ : नेपाल प्रहरीले अनलाइनमार्फत जुवातास खेलाउने तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित क्यासिनो प्यालेसको अण्डरग्राउण्डमा अनलाइनमार्फत जुवा खेलाउने र विदेशी मुद्रा कारोबार गरेको आरोपमा तीन भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारत पञ्जावका ३२ वर्षीय रिसव पावा, भारतको सिद्धार्थ पोष्टमौका ५२ वर्षीय गुलाव सिंह र भारत विकासपुरीका ३९ वर्षीय गौरव सिंह छन् । परिसरका सूचना अधिकारी एव प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल अधिकारीले नेपालको कानुनले बन्देज गरेको अवैध जुवा र नेपाल राष्ट्र बैंक ऐन, २०५८ विपरीत विदेशी तथा स्वदेशी मुद्राको वित्तीय कारोबार गर्ने गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकासँग प्रहरीले अवैध अनलाइन जुवा खेलाउने विद्युतीय उपकरण, तास, कागजात, ठूलो मात्रामा स्वदेशी तथा विदेशी मुद्रा बरामदसमेत गरेको छ । उनीहरूसँग प्रहरीले रु एक करोड नौ लाख चार सय ४५ बरामद गरेको छ भने तीन थान ल्यापटप, सात थान कम्युटर बरामद गरेको छ । पक्राउ परेका तीनैजनालाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।