`

‘विपद् जोखिम प्रतिकार्यका लागि नीति, विधि र कार्यक्रम आवश्यक’: मुख्यमन्त्री शर्मा

कर्णाली, २ माघ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विपद् जोखिम प्रतिकार्यका लागि नीति, विधि र कार्यक्रम आवश्यक रहेको बताउनुभएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा आज आयोजित २६औँ भूकम्प सुरक्षा दिवसका अवसरमा मुख्यमन्त्री शर्माले सबैखाले प्राकृतिक जोखिमबाट बच्न कर्णालीमा विपद् जोखिम विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कुरा गरेर मात्र होइन, व्यवहारिक रुपमै देखिने गरी नीति, विधि र कार्यक्रम बनाएर अगाडि बढ्नुपर्दछ ।”

विगतका प्राकृतिक विपत्तिबाट शिक्षा लिन नसक्दा अहिले मानवीय र भौतिक क्षति बेहोर्नुपरेको उहाँको भनाइ छ । गोरखाको बारपाकमा गएको भूकम्पबाट शिक्षा नलिँदा यस पटकको जाजरकोट भूकम्पको असरबाट क्षति न्यून हुन नसकेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री शर्माले भन्नुभयो, “कर्णाली प्रदेशमा प्राकृतिक विपद्बाट हुनसक्ने क्षति र न्यूनीकरणका लागि आम समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन र आवश्यक जनशक्ति तयार गर्नसकेमात्र क्षति कम गर्न सकिन्छ ।” भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादनतर्फ जोड दिनुपर्ने बताउँदै उहाँले समुदायको सक्रिय सहभागिताले मात्र भूकम्पलगायतका प्राकृतिक विपद्को सामना गर्न सकिने बताउनुभयो । भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणका काम अघि बढाउन सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्य अपरिहार्य भएको उहाँले बताउनुभयो ।

वीरेन्द्रनगरपालिका प्रमुख मोहनमाया ढकालले स्थानीय तह जनताको नजिकको अधिकार सम्पन्न सरकार भए पनि ऐन कानुनको कमी तथा सीमित स्रोतसाधन अभावले प्रभावकारी कार्यसम्पादनमा चुनौती देखिएको बताउनुभयो । दक्ष जनशक्ति अभावले स्थानीय तहमा विपद् न्यूनीकरणका कार्य गर्न अप्ठ्यारो भएको उहाँको भनाइ थियो ।

सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण हुनुपर्छ : सांसद सुवाल

भक्तपुर, २ माघ : प्रतिनिधिसभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भूकम्प गएको आठ वर्षसम्म पनि सिंहध्वाका दरबारको पुनःनिर्माण नहुँदा भक्तपुर दरबार क्षेत्र असुरक्षित र जोखिमपूर्ण बनेको बताउनुभएको छ । २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज यहाँ आयोजित सुरक्षित घर निर्माणसम्बन्धी प्रदर्शनी उद्घाटन गर्दै उहाँले विश्वसम्पदा सूचीमा सूचीकृत सिंहध्वाका दरबार मल्लकालीन शैलीमै छिट्टै पुनःनिर्माण हुनुपर्नेमा जोड दिनुभयो ।

विसं १९९० माघ २ गते गएको भूकम्पको सम्झनामा आज भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले दत्तात्रयमा संयुक्तरुपमा सो प्रदर्शनी आयोजना गरेका थिए । त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बलियो र भूकम्पप्रतिरोधी घर तथा भवन निर्माणमा नगरपालिकाले जोड दिएको बताउनुभयो ।बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले १९९० सालको भूकम्पपश्चात पनि गएका ठूला भूकम्पले पु¥याएको क्षतिबाट पाठ सिक्नुपर्ने बताउनुभयो । उहाँले पुर्खाले पनौती, चित्तपोल, कटुञ्जे, कीर्तिपुरलगायतका ठाउँमा बस्ती विकास गर्दा र मठ मन्दिर, पाटी पौवा केबल देवता राख्नका लागि मात्र नभई यहाँको जनजीवन र भौगर्भिक स्थितिलाई मध्यनजर गर्दै भौगर्भिक ज्ञान सीपबाट निर्माण गरेको चर्चा गर्नुभयो ।भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पूर्वजले सिकाएको प्रविधि, स्थानीय स्रोत र साधनको प्रयोगबाट बनेका सम्पदा अझै पनि अत्यन्त महत्वपूर्ण संरचनाका रुपमा रहेको बताउनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इञ्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिलगायतले २०७२ को भूकम्पले क्षति पु¥याएका घरको अझै पुनःनिर्माण हुन नसक्नुमा चिन्ता व्यक्त गर्नुभयो ।प्रदर्शनीमा ३१ वटा भूकम्प प्रतिरोधी नमूना घर, ४३ वटा चित्रकला, २६ वटा ‘पेपर ब्रिज’, छ वटा तस्बिर र उद्धार सामग्री राखिएका थिए । त्यस अवसरमा जनप्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षा निकाय, स्थानीय र विभिन्न विद्यालयका विद्यार्थीलगायतको सहभागिता थियो ।

शितलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरका विद्यालय तीन दिन बन्द

मोरङ, २ माघ : शितलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै यही माघ ३ गते बुधबारदेखि माघ ५ गतेसम्म तीन दिनसम्म सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो ।

चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधिमा कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई ध्यानमा राखी बिदा दिने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ ।

अब बन्ने सबै सरकारी भवन अपाङ्गमैत्री बनाउन थप कडाइ गरिने : मुख्यमन्त्री पाण्डे

कास्की, २ माघ : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा अब निर्माण गरिने सरकारी भवन तथा संरचनालाई अपाङ्गमैत्री बनाउन थप कडाइ गरिने बताउनुभएको छ ।

पोखरामा आज साँझ भएको विपद् व्यवस्थापन समिति र सरोकारवालाबीच अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तरक्रियामा उहाँले भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो । मुख्यमन्त्रीले अपाङ्गता भएकाहरुका लागि सहज र सुरक्षित हुने गरी व्यक्तिगत भवन बनाउनुपर्नेमा जोड दिनुभयो ।

“सार्वजनिक भवन अपाङ्गमैत्री नभएका धेरै गुनासा छन् । मुख्यमन्त्रीकै कार्यालयमा पनि सजिलो छैन । अपाङ्गता भएका साथीहरु आउँदा भेट्नका लागि म तल्लो तलामा झर्ने गर्दछु”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “गण्डकी प्रदेशमा अब बन्ने सरकारी भवन अपाङ्गमैत्री हुन्छन् । सबै सरकारी निकायमा कडाइका साथ लागू गर्छौँ ।”

मुख्यमन्त्री पाण्डेले विपद्का बेला अपाङ्गता भएकालाई अझ बढी कठिनाइ हुने भएकाले परिवार तथा समुदायले अझ बढी जिम्मेवार भएर विशेष ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि सुरक्षा निकायसँग मिलेर काम गरेको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेशमा रु १० करोडको विपद् व्यवस्थापन कोष स्थापना गरिएको र सबै जिल्लामा रु १० लाखको कोष रहेको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले अपाङ्गता भएका नागरिकका लागि सरकार तथा निजी क्षेत्रले सधैँ सहयोग गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डीका अध्यक्ष खोमराज सुवेदीले भवन निर्माण आचारसंहितामा सबैको पहुँचयुक्त संरचना बनाउने भने पनि अनुगमनको अभावमा कार्यान्वयन नभएको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिलाई विपद् तयारीबारे जानकारी दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तीर्थ भट्टराईले प्रादेशिक अपाङ्गतासम्बन्धी ऐन निर्माणको तयारी भइरहेको र अपाङ्गता ग्राम निर्माण गरिने सरकारको योजना रहेको बताउनुभयो । कार्यक्रममा सहभागीले प्राकृतिक विपत्ति एवं मानवीय क्रियाकलापबाट उत्पन्न हुने जोखिमबारे अझै पर्याप्त ज्ञान तथा सूचनाको अभाव, अधिकांश पुराना कार्यालय अपाङ्गमैत्री नभएको, विपद् जोखिमको पहिचान तथा नक्साङ्कन नहुनु र अपाङ्गता भएका व्यक्तिलाई विकास निर्माण कार्यको मूलप्रवाहीकरणमा समावेश नभएको बताएका थिए ।

किसानका लागि खेतसम्मै प्रसारण लाइन विस्तार गर्दै सरकार

काठमाडौँ ।  सरकारले कृषि उपजको उत्पादनमा अभिवृद्धि गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ थप कृषि मिटर उपलब्ध गराउने विषयमा छलफल सुरु गरेको छ । सिँचाइका लागि कृषि मिटर जरुरी भएको र किसानको मागअनुसार खेतसम्म ग्रीड विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन लागिएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले मंगलबार ऊर्जा मन्त्रालयमा राष्ट्रिय किसान आयोग, नेपाल विद्युत् प्राधिकरणका उच्च नेतृत्वसँग यस विषयमा छलफल गरेका छन् ।

छलफलमा सहज रुपमा कृषि मिटर वितरण गर्ने, ग्रीड विस्तारलाई विशेष प्राथमिकतामा राख्ने र सिँचाइको सहज उपलब्धताका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग मिलेर काम गर्ने सहमति भएको छ ।

मन्त्री बस्नेतले कृषि मन्त्रालय र आवश्यक सरोकारवाला निकायसँग छलफलपछि ठोस रुपमा कामको रुपरेखा तयार हुने बताए । कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यका साथ सरकार लागिपरेको, ठूला सिँचाइका आयोजनालाई विशेष प्राथमिकतामा साथ कार्यान्वयनमा लगिएको जानकारी दिँदै मन्त्री बस्नेतले नेपाल विद्युत् प्राधिकरणलाई थप लाइन विस्तारका लागि आवश्यक निर्देशन दिइसकेको उल्लेख गरे ।

सरकारको पछिल्लो विवरणअनुसार १५ लाख हेक्टरमा सिँचाइ सुविधा पुगिसकेको छ । सिँचाइ सुविधा पुग्न बाँकी १० लाख हेक्टर पहाडका टार तथा तराईका केही क्षेत्र छन् । त्यसलाई पनि सिँचाइका अनेकन विकल्प तयार भइसकेको छ ।

कूल ३२ लाख १८ हजार कृषियोग्य भूमिमध्ये बाँकी क्षेत्र बाँझो भएकाले ती क्षेत्रमा पनि सिँचाइ सुविधा उपलब्ध गराउने विकल्पबारे सरकारले आवश्यक निर्णय गर्ने तयारी गरेको छ । मन्त्री बस्नेतले कृषि मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र राष्ट्रिय किसान आयोगले आवश्यक सहजीकरण गरेर ठोस कार्ययोजना ल्याएको खण्डमा कार्यान्वयनमा लैजान कुनै समस्या नभएको बताए ।

कृषि क्षेत्रलाई आधुनिक र व्यवसायीकरण गर्न सकिए रोजगारीको अभिवृद्धि, खाद्यान्नमा आत्मनिर्भर हुने भएकाले त्यसप्रति सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ ।

सरकारले तराई मधेसमा एकीकृत सिँचाइका विभिन्न कार्यक्रम अगाडि बढाएको तथा स्यालो ट्यूबेल र डिप ट्यूबेलमार्फत पनि सुविधा उपलब्ध गराएको बताए । थप व्यवस्थाका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले प्रतियुनिट नौ रुपैयाँ ६० पैसामा खरिद गरेको बिजुली कृषि सिँचाइका लागि दुई रुपैयाँ २५ पैसामा उपलब्ध गराइएको जानकारी दिए ।

प्राधिकरणले कृषि क्षेत्रका लागि १५ करोड युनिट बराबरको बिजुली उपलब्ध गराएको उनको भनाइ छ । सिँचाइका लागि थप बिजुलीको माग भइ आएको खण्डमा उपलब्ध गराउन प्राधिकरण तयार रहेको उनले बताए ।

व्यक्तिको नाममा रहेको जग्गामा कृषि मिटर उपलब्ध गराउन समस्या नभएपनि ऐलानी वा भाडामा लिएर खेती गर्ने किसानका हकमा केही समस्या रहेको उनको भनाइ छ ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष डा प्रेमप्रसाद दङ्गालले कृषि उत्पादन बढाउन र किसानलाई थप व्यावसायिक बनाउनका लागि सहज रुपमा सिँचाइ सुविधा उपलब्ध गराउनुपर्ने बताए । उनले सहज रुपमा कृषि मिटरको प्रबन्ध गर्नुपर्ने र मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने बताए ।

छलफलमा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल, सिँचाइ सचिव सुशीलचन्द्र तिवारी, विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलगायतको उपस्थिति थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकियो, भोलि निर्णय हुने

काठमाडौँ, १४ मङ्सिर : उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ ।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा आज सुनुवाइ सकिएको र भोलि निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले राससलाई जानकारी दिनुभयो ।

जिल्ला अदालत काठमाडाँैले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले शुक्रबार निर्णय सुनाउने भएको हो ।

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काठमाडौँ, २ माघ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउनुपर्नेमा जोड दिनुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नयाँ केन्द्रीय सदस्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको बताउँदै सद्भाव र एकता जरुरी रहेको बताउनुभयो । उहाँले मुलुकको विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले पार्टीभित्र अराजकता र अनुशानहीनता स्वीकार्य नहुने स्पष्ट पार्दै आगामी वर्ष पार्टीका लागि शुद्धीकरण र सुदृढीकरणको वर्ष हुने बताउनुभयो । उहाँले उहाँले नयाँ केन्द्रीय कमिटी सदस्य वैचारिक र सूचनाका दृष्टिले निरन्तर अध्ययनबाट आफूलाई अद्यावधिक गर्न, व्यवहारमा अनुकरणीय बन्न र हरेक दृष्टिकोणबाट योग्यताका साथ पार्टीको निर्णायक तहमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले केन्द्रीय सदस्य तुलसीप्रसाद न्यौपाने (सङ्खुवासभा) रामअवतार यादव (सिराहा) केशवराज पाण्डे (नुवाकोट), विनोद शाह (दैलेख), दामोदर भण्डारी (बैतडी) र दीपक कार्की (झापा)लाई शपथ ग्रहण गराउनुभएको हो । त्यस अवसरमा महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाललगायतको उपस्थिति थियो । गत पुस २० गते बसेको सचिवालय बैठकले उहाँहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो ।

दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान

स्वर्गद्वारी (प्युठान), २ माघ : प्युठान नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु १० अनुदान दिएको छ । नगरपालिकाले नगरलाई दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सो कार्यक्रम सुरु गरेको जनाएको छ ।

नगरलाई दूध तथा दुग्धजन्य वस्तुमा आत्मनिर्भरताका लागि दुग्ध उत्पादनमा किसानलाई प्रोत्साहित गर्न दूधमा प्रतिलिटर रु दश अनुदान दिने नीति ल्याइएको नगरप्रमुख विष्णु योगीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम सुरु भएकै पहिलो तीन महिनामा रु चार लाख अनुदान उपलब्ध गराइएको छ । नगरप्रमुख योगीले भन्नुभयो, “उत्पादनमा आधारित अनुदान प्रभावकारी र प्रेरणामुखी हुन्छ भन्ने आधारमा यो कार्यक्रम सुरु गरिएको हो ।” किसानको सम्मानका लागि ‘उत्पादन हातमा अनुदान साथमा’ भन्ने नीति अवलम्बन गरिएको उहाँको भनाइ छ ।

नगरपालिकाले प्युठान नगरपालिका–१ खैरास्थित शिवालय दुग्ध सहकारी संस्था लिमिटेड र वडा नं ३ स्थित नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडमार्फत सो कार्यक्रम लागू गरिरहेको छ । दैनिक एक हजार पाँच सय लिटर दूध खपत हुने आँकलन गरिएकोमा हाल दैनिक चार सय लिटर दूध सङ्कलन हुँदै आएको छ ।

नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडमा दैनिक एक सय ५० लिटर दूध सङ्कलन हुँदै आएको सहकारीका अध्यक्ष विष्णु पाण्डेले बताउनुभयो । सहकारीले त्रैमासिकरुपमा प्रतिवेदन पेश गर्ने र सोही आधारमा नगरपालिकाले अनुदान उपलब्ध गराउने गरेको छ । अध्यक्ष पाण्डेले भन्नुभयो, “हामीले पेश गरेको प्रतिवेदनका आधारमा नगरपालिकाले सोझै किसानको खातामा राखिदिन्छ ।” नगरपालिकाका अन्य वडामा पनि छिट्टै डिपो राखी दूध सङ्कलन गर्ने उक्त सहकारीको योजना छ । भौगोलिक विकटता तथा ढुवानी समस्याले चाहे जति दूध सङ्कलन गर्न नसकिएको पाण्डेले जानकारी दिनुभयो ।

स्थानीय तहले उत्पादनमा आधारित अनुदान दिएपछि दूधको सङ्कलनमा सहजता र लागत मूल्यमा राहत मिलेको शिवालय सहकारीका अध्यक्ष विष्णु बस्नेतले जानकारी दिनुभयो । सहकारीमा दैनिक दुई सय ५० लिटरसम्म दूध सङ्कलन हुँदै आएको छ । दूधको साथसाथै छिट्टै तरकारी उत्पादनमा समेत किसानलाई अनुदान दिने कार्यक्रम ल्याउन लागिएको नगरपालिकाले जनाएको छ ।

पाकिस्तानले निर्वाचनका लागि हजारौँ सुरक्षाकर्मी परिचालन गर्ने

विवादास्पद निर्वाचअघि बढ्दो उग्रवादसँग लडिरहेको पाकिस्तानले आगामी महिना निर्वाचनअघि आफ्ना उत्तरपश्चिमी क्षेत्रमा हजारौँ सुरक्षा बल तैनाथ गर्ने अधिकारीहरूले बताएका छन् । कारागारमा रहेका लोकप्रिय विपक्षी नेता इमरान खानलाई उम्मेदवार हुनबाट रोक लगाइएको र पहिलादेखि नै निर्वाचनपूर्व धाँधलीको आरोपमा ढिलाइ भएको निर्वाचनमा फेब्रुअरी ८ मा २४ करोडले मतदान गर्नेछन् ।

पाकिस्तानमा अघिल्ला निर्वाचन अभियानहरूमा हिंसाका घटनाहरू भएका छन् जसमा धेरै उम्मेदवार र मतदातालाई इस्लामी बम विस्फोट तथा बन्दुक हमलाको निशाना बनाइएको छ । फेब्रुअरीको पहिलो सातामा करिब पाँच हजार अर्धसैनिक फ्रन्टियर कन्स्टेबुलरी (एफसी) बल अफगानिस्तानको सीमा जोडिएको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तैनाथ हुने कमान्डर मोअज्जम जाह अन्सारीले जानकारी दिनुभयो ।

गत साता प्रान्तीय विधानसभाका लागि निर्वाचन लडिरहेका एक स्वतन्त्र उम्मेदवार र उनका दुई सहयोगीको प्रान्तमा निर्वाचन प्रचार गर्ने क्रममा कारमा गोली प्रहारबाट मृत्यु भएको प्रहरीले बताएको छ । “सुरक्षा स्थिति बिग्रँदै गइरहेको छ र मतदानको दिन मतदान केन्द्रहरूमा अतिरिक्त प्रहरी टिम तैनाथ गरिने छ”, एक वरिष्ठ क्षेत्रीय सरकारी अधिकारीले भन्नुभयो । उहाँका अनुसार अतिरिक्त एक हजार सात सय एफसी बल राजधानी इस्लामाबाद र चार सय दक्षिणी तथा सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर कराँचीमा तैनाथ गरिने छ ।

एफसी बललाई आतङ्कवादी हमलाको चपेटामा परेका प्रहरीलाई सहयोग गर्ने जिम्मा दिइने छ । यसैबीच मङ्गलबार आफ्नो कार्यालयद्वारा जारी आदेशमा दक्षिणी सिन्ध प्रान्तका मुख्यमन्त्री मकबुल बकरले महिनौँदेखि विलम्ब भएको निर्वाचनका लागि उम्मेदवारहरूमाथि हमलाका धेरै रिपोर्ट प्राप्त भएको चेतावनी दिनुभएको छ । क्त हमलालाई ‘अपराधको बढ्दो लहर’ भन्दै केही मानिसलाई ‘दिनदहाडै’ अपहरण गरिएको उहाँले बताउनुभयो ।

इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार गत वर्ष एक हजार पाँच सयभन्दा धेरै सर्वसाधारण, सुरक्षा बल र आतङ्कवादी मारिएका थिए । यो पछिल्लो छ वर्षमा सबैभन्दा धेरै मृत्युको आँकडा हो । पाकिस्तानका लागि सबैभन्दा ठूलो आतङ्कवादी खतरा तहिरक–ए–तालिबान पाकिस्तान (टिटिपी) को नामले चिनिने तालिबान आन्दोलनको घरेलु अध्याय हो ।

इस्लामाबादले काबुलको तालिबान सरकारमाथि टिटिपी लडाकूहरूलाई शरण दिएको र उनीहरूलाई पाकिस्तानी भूमिमा दण्डहीनताका साथ आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ । काबुलले बारम्बार ती आरोपलाई अस्वीकार गर्दै आएको छ । गत वर्षको जनवरीमा टिटिपी खैबर पख्तुनख्वाको राजधानी पेशावर सहरको एउटा मुख्यालयमा भएको मस्जिद बम विस्फोटमा ८० भन्दा धेरै प्रहरी अधिकारी मारिएका थिए ।

डिसेम्बरमा टिटिपीका एक सहयोगीले सोही प्रान्तमा एउटा सैन्य अड्डामा विस्फोटक पदार्थले भरिएको सवारीमा ठोक्काएर २३ सैनिकको हत्या गरेका थिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न निर्देशन दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा वैकुण्ड अर्याललाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री दाहालले प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दुःख पाउने भएकाले यसलाई गम्भीररुपमा लिन निर्देशन दिएका हुन् ।

‘विधायनलाई गुणस्तरीय र एकरुपता बनाउन विधेयक महत्वपूर्ण’- मन्त्री गुरुङ

काठमाडौँ, २ माघ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गुणस्तरीय र एकरुपताका लागि ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ महत्वपूर्ण भएको बताउनुभएको छ ।

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री गुरुङले संसद्मा विधेयक पेश गर्नुअघि पूरा गर्नुपर्ने प्रक्रिया तथा प्रत्यायोजित विधायन जारी गर्दा अपनाउनुपर्ने प्रक्रियालाई व्यवस्थापन गर्न विधेयक तर्जुमा गरिएको बताउनुभयो ।

“सङ्घीय संसद्बाट निर्माण हुने कानुनलाई गुणस्तरीय बनाई कानुन निर्माणमा एकरुपतामा कायम गर्न, जारी भएका ऐनको व्यवस्थित अभिलेख राख्न, ऐनबाट प्रत्यायोजित अधिकार प्रयोग गरी विधायन निर्माण भए वा नभएको जाँच गर्ने र विधान व्यवस्थापनसम्बन्धी प्रावधानका सम्बन्धमा विधेयक महत्वपूर्ण छ । संशोधन प्रस्तावलाई गहन अध्ययन र छलफल गरी विधेयकलाई अझ मजबुत बनाउन आवश्यक छ”, मन्त्री गुरुङले भन्नुभयो ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले प्रत्यायोजित विधायनको सिद्धान्तविपरीत बनेका कानुनलाई व्यवस्थित गर्ने विधेयकलाई सुदृढ बनाई पूर्णता दिन आवश्यक रहेको औँल्याउनुभयो ।

बैठकमा सांसद खिमलाल देवकोटाले मुलुकमा प्रत्यायोजित विधायन मूल कानुनभन्दा माथि हुँदा अनियमितताको मार्गदर्शन कोरेको दाबी गर्दै उक्त विधेयकले व्यवस्थापन गर्न टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

समितिका उपसचिव नुमराज खनाल शर्माले विधायनलाई नियमन गर्ने यसअघि अन्य छुट्टै कानुन नभएको स्मरण गराउँदै विधायनको निर्माण, अभिलेख तथा व्यवस्थापनसम्बन्धी कामलाई थप व्यवस्थित गर्न मद्दत पुग्ने बताउनुभयो ।

समितिका सदस्य विधेयकको मस्यौदा तय गर्दा सांसदको सहभागिता आवश्यक रहको, संसद्मा हुने छलफलको चरण विधेयकमा हुनुपर्ने, विधेयकलाई लोकतान्त्रिक बनाउन सम्बन्धित विज्ञ, सरोकारवालाको सहभागिता हुनुपर्ने, विधेयकलाई थप व्यवस्थित र परिस्कृत बनाउनुपर्ने, विधायन नियमसङ्गत भए नभएको यकिन गर्न दर्ता गर्नुपूर्व कार्यसूची बनाउनुपर्नेलगायतका विषय उठान गर्नुभएको थियो ।

क्लाफका नवनिर्वाचित अध्यक्ष अर्यालको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अदालतमा रिट

काठमाडौँ, २ माघः संवैधानिक कानुन व्यवसायी मञ्च (क्लाफ) का नवनिर्वाचित अध्यक्ष ओमप्रकाश अर्यालको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै जिल्ला अदालत काठमाडौँमा रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ता अनन्तराज लुइँटेलले दायर गर्नुभएको रिटमा मञ्चको साधारण सदस्य हुन मञ्चकाे विधानमा संवैधानिक कानुनमा स्नातकोत्तर (एलएलएम) गर्नुपर्ने व्यवस्था भए पनि अध्यक्ष अर्यालले अन्तर्राष्ट्रिय मानवअधिकार कानुनमा स्नातकोत्तर (एलएलएम)को प्रमाणपत्र प्रस्तुत गरेको उल्लेख छ । उक्त रिटमाथिको सुनुवाई बुधबारका लागि तोकिएको छ ।

गत शुक्रबार सम्पन्न मञ्चको २१औँ साधारणसभाबाट अध्यक्षमा अर्याल निर्वाचित हुनुभएको थियो । जसमा अर्यालले १२ मत प्राप्त गर्दा रिट निवेदनकर्ता अधिवक्ता लुइँटेलले पाँच मत प्राप्त गर्नुभएको थियो । साथै अर्का उम्मेदवार अधिवक्ता रुद्र शर्मा दुई मत प्राप्त गर्नुभएको थियो ।

आफू मञ्चको संस्थापक सदस्य भएको र वरिष्ठताका आधारमा समेत आफू अध्यक्ष हुनुपर्ने अधिवक्ता लुइँटेलले रिटमा माग गर्नुभएको छ । विधानको धारा ९(क)मा संवैधानिक कानुनको विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी कानुन व्यवसायमा संलग्न वा सोही योग्यता पुगी संवैधानिक कानुनको विकास तथा सम्वर्द्धनमा क्रियाशील व्यक्ति मञ्चको सदस्य बन्न सक्ने व्यवस्था छ ।

भूकम्प जोखिम न्यूनीकरण एवं पूर्वतयारीमा जोड दिन राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

काठमाडौँ, २ माघ : राष्ट्रिय मानवअधिकार आयोगले भूकम्पलगायतका विपद्बाट मानवीय एवं भौतिक क्षतिको न्यूनीकरणका लागि पूर्वतयारी, राहत, उद्धार तथा पुनःनिर्माणमा ध्यान दिन आग्रह गरेको छ ।आयोगले सबै निकायबीच प्रभावकारी समन्वय र सहकार्य गरी व्यक्तिको जीवनको अधिकारका साथै आवासको अधिकारको संरक्षण गर्न आयोग तीन वटै तहका सरकारसँग आग्रह गरेको हो ।

‘नेपालको राष्ट्रिय भवन संहिता र मापदण्ड पालना गरी घरको नक्सा डिजाइन र निर्माण गरौँ’ स्थानीय स्रोत र प्रविधिसमेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने आह्वानका साथ विभिन्न सचेतनामूलक कार्यक्रम गरी नेपालमा आज २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । आयोगले सो दिवसका अवसरमा सबै प्रकारका विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि एकजुट हुन सबैलाई अनुरोध गरेको हो ।

नेपाल भूकम्पीय दृष्टिकोणले अतिसंवेदशील र जोखिमयुक्त देशको रुपमा रहेको छ, यस अवस्थालाई मध्यनजर गरी सरकारबाट विभिन्न आवधिक योजना, वार्षिक कार्यक्रम, सचेतनामूलक कार्यक्रम सञ्चालन, जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्ययोजना एवं कार्यक्रम हुँदै आइरहेका छन् ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “भूकम्प पूर्वजोखिम न्यूनीकरण कार्यमा सरकारको पर्याप्त ध्यान पुग्न नसक्नु र भूकम्पपश्चात् राहत, उद्धार तथा पुनःनिर्माण कार्यमा विभिन्न निकायबीच प्रभावकारी समन्वय हुन नसक्दा सर्वसाधारणले अकालमा ज्यान गुमाउनुपरेको साथै भौतिक सम्पत्तिको क्षति बेहोर्नुपरेको आयोगले यसअघि गरेको अनुगमनबाट देखिएको छ ।”

आयोगले २०७२ सालको विनासकारी भूकम्प र हालै जाजरकोटमा गएको भूकम्पको क्रममा भूकम्प प्रभावितको मानव अधिकार अवस्थाबारे अनुगमन गरी नेपाल सरकार तथा सरोकारवालालाई सिफारिस गरेको छ । हालैको जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम, सल्यान, दैलेख र जुम्लालगायतका जिल्लामा मानवीय तथा भौतिक संरचनाको क्षति भएको छ । उक्त भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय ५४ जनाको मृत्यु भएको थियो भने पूर्ण र आंशिक गरी ६५ हजार बढी घरमा क्षति पुगेको थियो ।

उत्तर कोरियाली तथा रुसी विदेशमन्त्रीद्वारा द्विपक्षीय सम्बन्धको प्रशंसा

रुसी तथा उत्तर कोरियाली विदेशमन्त्रीहरूले मङ्गलबार आफ्ना अधिनायकवादी मुलुकबिचको गहिरो सम्बन्धको प्रशंसा गर्नुभएको छ । दुवै मुलुकबिचको सम्बन्धलाई लिएर पश्चिमी मुलुकहरूले युक्रेनमा मस्कोको सैन्य हस्तक्षेपमा सहयोगका लागि मिलेर काम गरेको आरोप लगाएका छन् ।

मन्त्रीहरू सर्गेई लाभरोभ र चो सन हुईले मस्कोमा वार्ताका क्रममा सम्बन्धका बारेमा टिप्पणी गर्नुभएको हो । गत वर्ष उत्तर कोरियाली नेता किम जोङ उनको उच्च प्रोफाइल भ्रमणपछि उक्त टिप्पणी आएको हो ।

“हामी संयुक्त राष्ट्रसङ्घमा सधैँ उत्तर कोरियाको समर्थन गर्छौं र युक्रेनमा हाम्रो विशेष सैन्य अभियानसँग सम्बन्धित मामिलासहित रुसको स्थितिको अडानमा तपाईंको समान अडानको अत्यन्त सराहना गर्दर्छौं”, मन्त्री लाभरोभले आफ्नो प्रारम्भिक टिप्पणीमा भन्नुभयो ।

उत्तर कोरियाली विदेशमन्त्री चोले अनुवादकमार्फत भन्नुभयो, “भेटले ‘मैत्रीपूर्ण’ द्विपक्षीय सम्बन्ध ‘दुवै मुुलुकका नेताहरूको योजनाअनुसार विकसित भइरहेको’ प्रमाण हो ।”अमेरिकाले यसै महिना रुसले उत्तर कोरियाली क्षेप्यास्त्रबाट युक्रेनमा आक्रमण गरेको बताएको थियो । करिब दुई वर्षको द्वन्द्वमा रुसलाई हतियारको अभाव भएको छ ।

प्योङयाङ आफ्नो आणविक बम र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमहरूका लागि धेरै अन्तर्राष्ट्रिय प्रतिबन्धको दायरामा छ । किमको नेतृत्वमा ती कार्यक्रममा तीव्र प्रगति भएको देखिएको छ । युक्रेनका सहयोगीहरूले उत्तर कोरियामाथि रुसी सेनालाई तोपखानाको ठूलो भण्डार प्रदान गरेको पनि आरोप लगाएका छन् ।

लाभरोभले विवरण उल्लेख नगरी बैठकको उद्देश्य किम र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच रुसमा शिखर सम्मेलनका क्रममा भएका सम्झौताहरूको समीक्षा गर्नु रहेको बताउनुभयो । क्रेमलिनका अनुसार मन्त्रीहरूले राष्ट्रपति पुटिनलाई भेटेर आफूहरूबिचको छलफलका निष्कर्ष बताउनुहुनेछ । पुटिनले उत्तर कोरिया भ्रमणको निमन्त्रणा स्वीकार गर्नुभएको तर कहिले जानुहुने भन्नेबारे केही बताउनुभएको छैन ।

भूकम्प प्रतिरोधी संरचना इच्छा होइन दायित्वको विषय : प्रधानमन्त्री

कीर्तिपुर (काठमाडाैँ), २ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प जोखिम न्यूनीकरणका लागि चालिने कदम इच्छाको नभई दायित्वको विषय भएको बताउनुभएको छ ।आज चन्द्रागिरि नगरपालिका–१४ स्थित फुटबल मैदानमा आयोजित २६औँ भूकम्प सुरक्षा दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विपद् व्यवस्थापन रणनीति प्रदेश र स्थानीय तहको नेतृत्व र सङ्घीय सरकारको संयोजन हुने गरी निर्माण गर्न लागेको समेत बताउनुभयो ।

“विसं १९९० साल माघ २ गते र त्यसयता आएका भूकम्पले ठूलो पीडा दिएका छन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “भूकम्पले गर्ने क्षतिको अनुमान यही पुस्ताले पनि २०७२ साल वैशाख १२ को भूकम्पबाट गरिसकेको छ । त्यसैले यो भूकम्पका पीडा फेरि भोग्नु नपरोस् भन्दै सङ्कल्प लिने दिन हो ।” उक्त पीडाबाट तङ्ग्रिन नपाएका नेपालीमाथि हालै जाजरकोट र रुकुममा गएको भूकम्पले थप पीडा दिएको पनि उहाँले उल्लेख गर्नुभयो ।

जाजरकोट र रुकुमपश्चिमा हाल पुनःस्थापनाको काम भइरहेको र त्यसका लागि रु १० अर्ब बराबरको विपद् व्यवस्थापन कोष आवश्यक भएको उहाँको भनाइ थियो । प्रधानमन्त्री दाहालले देशभर भूकम्प प्रतिरोधी संरचना निर्माणका साथै आवासलगायत सबै भौतिक संरचनाको बीमा गर्ने विषयमा सरकारले अध्ययन गर्न लागेको बताउनुभयो ।

प्रधानमन्त्रीले जाजरकोट र बझाङमा गएका मध्यमस्तरका भूकम्प ठूला भूकम्पको पूर्वसङ्केतको रूपमा लिँदै त्यसकोे सामना गर्नसक्ने क्षमता विकास गर्नुपर्ने बताउनुभयो । “जोखिम आँकलन, न्यूनीकरण, पूर्वतयारी र पूर्वसूचना प्रणालीको काम अझै घनिभूत रूपमा गर्न र स्थानीय तहको क्षमता अभिवृद्धिमा जोड दिनुपर्छ”, प्रधानमन्त्रीले थप्नुभयो ।

नेपाल भूकम्प र मौसम परिवर्तनबाट हुने क्षतिको चपेटामा समेत परेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हालै भएको त्यससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा आफूले नेपालले न्याय पाउनुपर्ने कुरा उठाएको र त्यसपछि नेपाल भ्रमण गर्नुभएका राष्ट्र सङ्घीय महासचिवले समेत यसलाई समर्थन गर्नुभएको बताउनुभयो । संयुक्तराष्ट्र सङ्घमा मौसम परिवर्तनबाट उत्पन्न हुने प्रकोपको जोखिममा रहेका नेपालसहितका पर्वतीय देशको छुट्टै संयन्त्र बन्न लागेको उहाँको भनाइ थियो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट र रुकुमपश्चिमको भूकम्पमा निजी र सार्वजनिक गरी रु ७३ अर्ब बराबरको भौतिक संरचनामा क्षति भएको उल्लेख गर्नुभयो । “अहिले पनि २०७२ भन्दा अघि निर्माण भएका ८० प्रतिशत घरमा भूकम्पीय सुरक्षाका दृष्टिले उपयुक्त बन्धन भेटिँदैनन् त्यसले भूकम्पीय जोखिमको गहिराइ अनुमान गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
आगामी दिनमा निर्माण हुने कुनै पनि भौतिक संरचनालाई भूकम्पीय दृष्टिले सुरक्षित बनाउन सरकार गम्भीर भएर लाग्ने र यसका लागि राष्ट्रिय भवन संहितालाई कडाइका साथ लागू गरिने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । भूकम्पीय सुरक्षाका लागि खुला स्थानको पहिचान र संरक्षण आवश्यक देखिएकाले देशभरि त्यस्ता एक हजार स्थान पहिचान गरी संरक्षण गरिने पनि उहाँले बताउनुभयो ।

सहरी विकासमन्त्री सीता गुरुङले देशमा अधिकांश भवन निजी आवास प्रकृतिका हुनु र तिनको निर्माण दक्ष प्राविधिको रेखदेखमा नभई चिनजानका र स्थानीयस्तरमा काम गरिरहेका निर्माण व्यवसायीमार्फत हुनु भूकम्पीय सुरक्षाका दृष्टिले सर्वाधिक संवेदनशील विषय भएको बताउनुभयो । “घर बनाउँदा सुरक्षामा ध्यान दिनुको साटो कम खर्चमा बनाउन खोज्न र निर्माण सामग्रीको गुणस्तरसमेत नहेर्ने प्रवृत्ति छ”, उहाँले भन्नुभयो । राष्ट्रिय भवन निर्माण संहिता कार्यान्वयनसमेत सन्तोषजनक रुपमा हुन नसकिरहेकोतर्फ औँल्याउँदै उहाँले यस्ता समस्या समाधान गर्न सरकार लागि परेको सङ्केत बताउनुभयो ।
कार्यक्रममा नेपालका लागि राष्ट्र सङ्घीय आवासीय प्रतिनिधि हाना सिंगर हाम्डीले भूकम्पको जोखिमबाट बच्न जनतालाई ‘कसरी सुरक्षित घर बनाउने ?’ भन्नेमा शिक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

‘स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा विभिन्न संस्थाले २६ वटा स्टलमार्फत भूकम्प प्रतिरोधी संरचना र विपद् व्यवस्थापनबारे जानकारी दिने सामग्री प्रदर्शनी गरिरहेका छन् । प्रदर्शनी भोलिसम्म रहने जानकारी मूल समारोहको व्यवस्थापक रहेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले दिनुभयो ।

राष्ट्रपति सीद्वारा चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड

चीनका राष्ट्रपति सी चिनफिङले चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड दिनु भएको छ ।मङ्गलबार यहाँ आयोजित कार्यक्रममा चिनियाँ विशेषतासहितको वित्तीय विकासको मार्गमा प्रतिबद्ध रहन र वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्न उहाँले जोड दिनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले एक अध्ययन सत्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त टिप्पणी गर्नुभएको हो।

पाकिस्तानको वातावरणीय नमूनामा विश्व व्यापी पोलियो भाइरस पत्ता लाग्यो

पाकिस्तानका ढल नमुनाहरूमा थप तीनवटा विश्वव्यापी पोलियो भाइरस फेला परेको छ । सन् २०२३ मा देशमा सकारात्मक नमूनाहरूको कुल योग एक सय १५ पुगेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरबाट डिसेम्बर ११ मा, सङ्घीय राजधानी इस्लामाबादबाट डिसेम्बर १२ मा र दक्षिणी बन्दरगाह शहर कराचीबाट डिसेम्बर १३ मा सङ्कलन गरिएको वातावरणीय नमूनामा भाइरस फेला परेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो । भाइरसको सङ्क्रमणबाट बच्चाहरू अपाङ्गता पैदा गर्ने बिभिन्न खालका रोगबाट निरन्तर जोखिम रहन्छ । राष्ट्रिय स्वास्थ्य सेवा, नियमन र समन्वयका लागि पाकिस्तानी कार्यवाहक मन्त्री नदीम जानलाई उद्धृत गर्दै विज्ञप्तिमा यस्तो उल्लेख गरेको छ ।

यो भाइरसले विशेष गरी शारिरीक रूपमा कमजोर बच्चाहरूलाई पक्षाघात निम्त्याउन सक्ने उहाँले उल्लेख गर्नु भयो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाकिस्ता छिमेकी राष्ट्र अफगानिस्तानसँगै विश्वको दुई पोलियो–स्थानिक देशहरू मध्ये एक हो । पाकिस्तानमा सन् २०२३ मा छ वटा पोलियोका घटना दर्ता भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारत र बङ्गलादेश बीच द्विपक्षीय सहयोगलाई अगाडि बढाउने विषयमा छलफल

बङ्गलादेशका लागि भारतका उच्चायुक्त प्रणय वर्माले बङ्गलादेशका नयाँ विदेश मन्त्री हसन महमुदलाई भेटी बङ्गलादेश सरकारको नयाँ कार्यकालमा द्विपक्षीय सहयोगलाई अगाडि बढाउनका लागि छलफल गर्नु भएको छ । हसन महमुदलाई अब्दुल मोमेनको स्थानमा बङ्गलादेशको नयाँ विदेश मन्त्रीको रूपमा नियुक्त गरिएको छ । अघिल्लो कार्यकालमा उहाँ बङ्गलादेशको सूचना तथा प्रसारण मन्त्री हुनुहुन्थ्यो ।

एक्समा साझा गरिएको पोस्ट अनुसार बङ्गलादेशमा भारतीय उच्च आयुक्त वर्माले १५ जनवरी बङ्गलादेशका हसन महमुदसँग शिष्टाचार भेटवार्त गर्नु भएको उल्लेख गरिएको छ । भारतको तर्फबाट बधाई दिदै उनीहरूले बङ्गलादेश सरकारको नयाँ कार्यकालमा भारत–बङ्गलादेश द्विपक्षीय सहयोगलाई अगाडि बढाउन विस्तृत मुद्दाहरूमा छलफल गर्नु भएको बताइएको छ ।

जनवरी ८ मा बङ्गलादेशका लागि भारतीय उच्चायुक्त प्रणय वर्माले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्त गर्नु भएको थियो । भेटका क्रममा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको तर्फबाट शेख हसिनालाई विजयका लागि बधाइ दिनु भएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शेख हसिनालाई चुनावमा जित हासिल गरेकोमा बधाइ दिनु भएको छ । बङ्गलादेशसँगको साझेदारीलाई अझ सुदढ पार्न भारत प्रतिबद्ध रहेको कुरामा जोड दिँदै प्रधानमन्त्री मोदीले बङ्गलादेशसँगको आफ्नो स्थायी र जन–केन्द्रित साझेदारीलाई अझ सुदृढ पार्न प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सार्वजनिक गरिएको पोस्टमा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शेख हसिनासँग कुरा गरी संसदीय चुनावमा लगातार चौथो कार्यकालको ऐतिहासिक जितका लागि बधाइ दिनु भएको हो । यसै सन्दर्भमा बङ्गलादेशका जनतालाई पनि चुनावमा सहभागी भएकामा प्रधानमन्त्री मोदीले बधाइ दिनु भएको छ । साथै बङ्गलादेशसँग आफ्नो स्थायी र जन–केन्द्रित साझेदारीलाई अझ सुदृढ पार्न प्रतिबद्ध रहेको पनि उहाँले बताउनु भएको छ ।

शेख हसिनाले बङ्गलादेशको प्रधानमन्त्रीको रूपमा लगातार चौथो कार्यकाल प्राप्त गर्दै ऐतिहासिक विजय दर्ता गर्नु भएको छ । उहाँको पार्टी अवामी लिगले जनवरी ७ मा भएको चुनावमा २ सय २३ सिट जितेको थियो । उहाँले २ ४९ हजार नौ सय ६२ मत प्राप्त गर्नु भएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी मोहम्मद अतीकुर रहमानले ६ हजार ९९९ मत प्राप्त गर्नु भएको थियो । यसैबीच अर्का उम्मेदवार महाबुर मोल्लाले ४२५ मत प्राप्त गर्नु भएको थियो ।

यसैबीच, जातीय पार्टी ११ सिट, बङ्गलादेश कल्याण पार्टीले एउटा मात्र निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने स्वतन्त्र उम्मेद्वारहरूले ६२ सिटमा जित हासिल गरेका छन्। त्यैगरी जातीय समाजवादी दल र वर्कर्स पाटीर्ले अफ बङ्गलादेशले एक–एक सिट जितेको छ । बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) जमात–ए–इस्लामी र समान विचारधारा भएका दलहरूले चुनाव बहिष्कार गरेपछि देशभरि हडताल गरेका छन् ।

दक्षिण कोरियाको आयात मूल्य घट्दो क्रममा

दक्षिण कोरियामा आयातित सामानहरूको मूल्य सन् २०२३ डिसेम्बरमा लगातार दोस्रो महिनामा पनि सस्तो कच्चा तेल र स्थानीय मुद्राको वृद्धि घटेको केन्द्रीय बैंकको तथ्याङ्कले मङ्गलबार उल्लेख गरेको छ । गत महिना ४.४ प्रतिशतले घटेको आयात मूल्य सूचकाङ्क डिसेम्बरमा १.७ प्रतिशतले घटेको बैंक अफ कोरियाले जनाएको छ ।

दुबई कच्चा तेल, दक्षिण कोरियाको डिसेम्बरमा औसत ७७.३३ अमेरिकी डलर प्रति ब्यारेल, अघिल्लो महिनाको तुलनामा ७.४ प्रतिशतले घटेको छ ।औसत एक डलर विनिमय दर डिसेम्बरमा १३०३. ९८ एक प्रति डलरमा झरेको छ जुन अघिल्लो महिनामा एक हजार तीन सय १३१०.३९ थियो ।

आयातित कच्चा मालको मूल्य नोभेम्बरमा ७. ४ प्रतिशतले घटेपछि पुनः डिसेम्बरमा ४.६ प्रतिशतले घटेको छ । तेल उत्पादन सहितका सामानको आयात मूल्य गत डिसेम्बरमा ०.४ प्रतिशतले घटेको छ ।

आयातित पुँजीगत सामानको मूल्य ०.३ प्रतिशतले बढेको छ । तर गत महिना उपभोक्ता सामानको मूल्य ०.१ प्रतिशतले घटेको छ ।लगातार दोस्रो महिना गिरावटको प्रवृत्ति कायम राख्दै निर्यात मूल्य सूचकाङ्क डिसेम्बरमा मासिक आधारमा ०.९ प्रतिशतले घटेको छ ।

पर्यटनलाई समृद्धिको आधारका रुपमा स्थापित गर्नुपर्छ – राष्ट्रपति पौडेल

काठमाडौँ, २ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले जनसङ्ख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्गानिक खाद्यवस्तु सिधै होटलमा आपूर्ति गरी ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन सुझाव दिनुभएको छ ।

होटल सङ्घ नेपालले आफ्नो स्थापना दिवसका अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस, २०८०’ को आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “होटल आफैँले कृषि फार्म सञ्चालन गरेर वा कृषकले सञ्चालन गरेका फार्मसँग सम्झौता गरी कृषिउपजलाई सिधै होटलका प्लेटमा पु¥याउने कार्यक्रम सञ्चालन गर्नुस् ।”

राष्ट्रपति पौडेलले नेपालको होटल क्षेत्रले ‘अतिथि देवो भवः’ को मूल मर्मलाई जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमालाई अभिवृद्धि गर्न सफल हुनु खुसीको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सेवा, सत्कार र आतिथ्य मुलुकको पहिचानको महत्वपूर्ण पाटो रहेको हुँदा यस क्षेत्रमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सम्भव हुने भएकाले होटल व्यवसायीको यसमा विशेष ध्यान जाने मैले अपेक्षा गरेको छु ।”

उहाँले पर्यटन तथा होटलको विस्तारसँगै नेपालका नयाँ गन्तव्यको विकास र समृद्धि भएको बताउँदै मुलुकको पर्यटनलाई सफल तुल्याउन पूर्वाधारका काम भइरहेको र अगाडि बढिरहेको स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले पर्यटनलाई आयआर्जन र समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्नुपर्दछ । यस वर्ष दश लाखभन्दा बढी पर्यटक भित्रिसकेको सन्दर्भमा आगामी दिन अझ उत्साहजनक हुनेछ भन्ने मलाई आशा छ ।”

राष्ट्रपति पौडेलले नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याई मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सके समृद्धि छिट्टै हासिल गर्न सकिनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले पर्यटन क्षेत्रबाट हुने आय पछिल्लो समय आशातित ढङ्गले बढिरहेको सन्दर्भमा पर्यटकीय गन्तव्यमा खानेपानी, शौचालय, सरसफाइ, ढल व्यवस्थापन, साइकलमार्ग, निःशुल्क इन्टरनेटलगायतका आधारभूत सुविधा उपलब्ध गराउँदा यसको प्रभाव थप बढ्ने उल्लेख गर्नुभयो ।

पर्यटन उद्योगको आधारस्तम्भको रुपमा रहेको होटल क्षेत्रलाई प्राथमिकता प्राप्त उद्योगको सेवा सुविधा प्रदान गरी निजी क्षेत्र र सरकारी क्षेत्रबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।

कार्यक्रममा सङ्घका अध्यक्ष विनायक शाहले मुलुकको वार्षिक बजेटसरहको लगानी भएको होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिन सरकारसमक्ष माग गर्नुभयो । उहाँले भन्नुभयो, “एक जना पर्यटक आउँदा नौ जनाले रोजगारी पाउँछन् । एक तथ्याङ्क अनुसार मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको आठ प्रतिशत योगदान छ । विदेशी मुद्राको प्रमुख आयस्रोतमध्येको एक पर्यटनलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिनुपर्छ ।”

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा हवाईमार्ग भएर १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सरकारले आगामी वर्ष विदेशी पर्यटकको सङ्ख्या दोब्बर पु¥याउने घोषणा गरेको छ । सरकारको एकवर्षे कार्यकालको अवसरमा पुस १० देशवासीका नाममा सम्बोधन गर्दै अर्को वर्ष पर्यटकको सङ्ख्या दोब्बर बनाइने बताउनुभएको थियो । नेपालमा हाल वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने क्षमता होटल छन् । सङ्घका अनुसार हाल पाँचतारे, पर्यटकस्तरका होटल, लज र सिसोर्ट गरी १० हजारभन्दा बढी सञ्चालनमा छन् ।

सङ्घका महासचिव साजन शाक्यले नेपाललाई कृषि प्रधानबाट पर्यटन प्रधान देशका रुपमा पहिचान स्थापिन गराउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा होटल क्षेत्रमा योगदान गर्ने सङ्घका पूर्वअध्यक्षहरु श्यामबहादुर पाण्डे, योगेन्द्र शाक्य, नरेन्द्र ताम्राकार, प्रकाश श्रेष्ठ, प्रसिद्धबहादुर पाण्डे र सिर्जनालाई राणालाई सङ्घले राष्ट्रपति पौडेल दोसल्ला र कदरपत्रद्वारा सम्मान गर्नुभयो ।

सोही अवसरमा राष्ट्रपति पौडेलले सङ्घले प्रकाशन गरेको ‘इयर बुक २०२४’ विमोचन गर्नुभयो । साथै, ‘सत्कार दिवस २०८०’ अनावरण तथा ‘नेपाली हेरिटेज फुड वेस्ट’ र ई–लर्निङ भिडियो पनि अनावरण गरिएको थियो ।

पवित्र कालीगण्डकी नदी किनारका घाट दुर्गन्धित बन्दै

पर्वत, २ माघ : पवित्र कालीगण्डकी नदी किनारका घाट दुर्गन्धित बन्दै गएका छन् । शव दाहस्थल र गङ्गास्थलका रुपमा रहेका यहाँका घाटमा फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धिन बन्दै गएका हुन् ।

पर्वतको सदरमुकाम कुश्माबजार नजिकैका कालीगण्डकी र मोदीखोलाको सङ्गमस्थल प्रसिद्ध मोदीबेनी घाट, फलेवास नगरपालिका–६ मा रहेको जैमिनी घाट, गुल्मी र पर्वतको सङ्गमा रहेको पूर्तिघाट तथा विश्वकै ठूलो शालग्राम शिला रहेको सेतीवेणीलगायतका घाटमा फोहोर थुप्रिन थालेको छ ।

मोदीवेणी नृसिंहधाम व्यवस्थापन समितिका अध्यक्ष केशवदास बैरागीले प्लाष्टिकसम्बन्धी फोहोर बढी रहेकाले समस्या भएको बताउनुभयो । साथै कतिपय जातिमा शव नजलाउने र ढुङ्गाले पुरेर छाड्ने प्रचलनले पनि दुर्गन्ध फैलिएको उहाँको भनाइ छ । त्यस्ता शवका कारण गर्मी मौसममा अत्यधिक दुर्गन्ध फैलिने गरेको उहाँले बताउनुभयो । “केही शव बेवारिसे अवस्थामा पनि घाटमा भेटिन्छन्”, उहाँले भन्नुभयो, “मलामी र भक्तजनहरुले सामग्री जथाभावी फ्याँक्दा नदी किनार फोहोरले भरिन थालेको छ ।”

मोदीवेणी घाटमा दैनिक पाँचवटासम्म शव जलाइन्छ । घाट दुर्गन्धित हुन थालेपछि पछिल्लो समय घाट सरसफाइका लागि पहल सुरु भएको अध्यक्ष वैरागीले बताउनुभयो । फोहर अत्यधिक भएपछि घाट व्यवस्थापन समितिले निश्चित शुल्क लिएर सरसफाइका लागि कर्मचारी नियुक्ति गर्ने तयारी गरेको उहाँको भनाइ छ ।

फलेवास वडा नं ६ र बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरास्थित जैमिनीघाट, पूर्तिघाट र सेतीवेणीमा पनि फोहोरको अवस्था उस्तै छ । व्यवस्थापन समितिको उदासिनताले पनि धार्मिकस्थल र घाटमा फोहोर बढ्दै गएको माघे सङ्क्रान्तिमा स्नानका लागि सेतीवेणीधाम पुग्नुभएका पैँयू गाउँपालिका–५ का वडाध्यक्ष नारायण भुर्तेलको भनाइ छ ।

सेतीवेणीमा नयाँ व्यवस्थापन समिति गठन हुन ढिलाइ भएकाले समस्या देखिएको विहादी गाउँपालिका–६ शालिग्रामका वडाध्यक्ष मनबहादुर बस्यालको दाबी छ । उहाँले अब केही दिनमा नयाँ व्यवस्थापन समिति बनेपछि फोहर व्यवस्थापनको कामसमेत गरिने बताउनुभयो । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशवाट शिला संरक्षणका लागि रु पाँच लाख विनियोजन भएको भन्दै व्यवस्थापन र निर्माण समिति तत्काल गठन गरेर काम थाल्ने उहाँको भनाइ छ ।

त्यसैगरी मोदीवेणी वृद्धाश्रममा ३० वर्षदेखि बस्दै आउनुभएकी सावित्री शर्माले आफूहरुले पटक–पटक शवको उचित व्यवस्थापन गर्न आग्रह गर्दा पनि अटेर भइरहेको बताउनुभयो । कालीगण्डकी नदीको पर्वत खण्डमा पर्ने गोपाङ्घाट, नयाँ पुल, अर्मादी, मालढुङ्गा, खनियाघाट, मिलनचोक र वारीबेनीमा रहेको घाटमा पनि दाहसंस्कार गरिन्छ ।

निफको सातौँ संस्करणमा ४० देशका ८८ चलचित्र

काठमाडौँ, २ माघ : नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व(निफ) को सातौँ संस्करण आगामी चैत १ गतेदेखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष केपी पाठकले निफको यो संस्करणमा ४० देशका ८८ चलचित्र छनोट भएका जानकारी दिनुभयो ।

निफमा कान्स, लोकार्नो, बर्लिनलगायत प्रतिष्ठित महोत्सवमा प्रदर्शित चलचित्र समावेश हुनु सुखद भएको प्रतिष्ठानका सल्लाहकार तथा अभिनेता नीर शाहले बताउनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रसम्बन्धी ठोस नीति नियम नहुँदा बोर्डले अपेक्षित काम गर्न नसकेको गुनासो गर्नुभयो ।

बजेट अभावमा रोकिएको सालक संरक्षण अभियान फेरि सुरु गरिँदै

काभ्रेपलाञ्चोक, २ माघ : विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालकको अनुसन्धान तथा संरक्षणार्थ पुनःअभियान थालिने भएको छ । बजेट अभावमा चार वर्षदेखि रोकिएको अनुसन्धान एवं चेतनामूलक अभियान यस वर्षदेखि पुनः थालिने भएको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ ।

वाग्मती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा बर्सेनि विनियोजन हुने रकम रोकिएका कारण काभ्रेपलाञ्चोकमा सालकको बासस्थान अनुसन्धान तथा संरक्षण अभियान चार वर्षदेखि हुन सकेको थिएन ।

मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि रु चार लाख रकम विनियोजन गरेपछि सालक संरक्षणार्थ अभियानको कार्यक्रम बनाइने वन कार्यालयका प्रमुख शिवप्रसाद सापकोटाले बताउनुभयो । उहाँका अनुसार अघिल्ला वर्षमा गरिएका क्रियाकलापको समीक्षा गरी कुन ढाँचामा अभियान सुरु गर्नेबारे अब छलफल गरिने छ ।

संरक्षण अभियानअन्तर्गत कार्यालयले चार वर्षअघि सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । कार्यालयका अनुसार प्रदेश सरकारले आव २०७४÷७५ मा रु पाँच लाख र आव २०७५÷७६ मा रु दुई लाख बजेट पठाएको थियो । तत्कालीन समयमा कुन–कुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाएको थियो ।

विसं २०७८ असारमा पनौती नगरपालिका–८ पाल्पाली गाउँमा एउटा सालक भेटिएको थियो । उक्त सालक प्रहरी र वन कार्यालयका कर्मचारीद्वारा मल्पीस्थित सामुदायिक वनमै छाडिएको थियो । पनौतीमा भेटिएको उक्त वयस्क ‘चाइनिज पेङ्लोलिन’ रहेको कार्यालयको भनाइ छ ।
नेपालमा भेटिने गरेका अधिकांश ‘चाइनिज पेङ्लोलिन’नै रहेका छन् । सालकको उपयक्त बासस्थान मानिएको काभ्रेपलाञ्चोकको महाभारत पर्वत शङ्खलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा तीन वर्षअघि पहिलो चरणको चेतनामूलक कार्यक्रम गरिएको थियो । जिल्लाका अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा छाला (खपटा) तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यकता देखिएको छ ।

कार्यालय प्रमुख सापकोटाले सालकले बालीका कमिला र धमिरा खान्छ भने पर्यावणलाई जोगाउन मद्दत पु¥याउँछ । यसले मानिसलाई भने आक्रमण गर्दैन । सालकसँग १५ सेन्टिमिटर टाढाका कीरा श्वासले तानेर खानसक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ ।

पनौतीको बल्थलीस्थित समुदायमा आधारित चोरी–सिकारी नियन्त्रण इकाइका अनुसार स्थानीय आठ वटा सामुदायिक वनमा अध्ययन गर्दा सालकको पुरानाभन्दा नयाँ प्वालको सङ्ख्या कमी देखिएको छ । इकाइले स्थानीय दुई सय पचास विद्यालयका विद्यार्थीलाई यससम्बन्धी जनचेतना कार्यक्रम गराइसकेको छ भने इकाईकै पहलमा काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले पनि उक्त क्षेत्रमा सालकको अनुसन्धान गरेका थिए

कालो सालकको काभ्रेपलाञ्चोकको खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउनेपोखरी, पाँचखाल, ज्याम्दी, ढुंखर्क तथा पाँचखाल क्षेत्रका सामुदायिक वनमा सुरक्षित बासस्थान रहेको अनुसन्धानबाट खुलेको कार्यालयको भनाइ छ ।

अनुसन्धानकर्ता प्रतिभा कसपाल कालो सालकको प्राकृतिक बासस्थान सुरक्षित नभए केही वर्षमा लोप हुनसक्ने देखिएको बताउनुहुन्छ । एसिया र अफ्रिका महादेशमा आठ प्रजातिका सालक पाइन्छन् । त्यसमध्ये चार प्रजातिका सालक एसियामा मात्रै पाइन्छ । एसियामा पाइने चार प्रजातिमध्ये नेपालमा तामे र कालो सालक छन् ।

सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने गरेका कारण नेपालबाट यसको तस्करी समेत हुनेगरेको घटनाक्रमले देखाएको छ । वन संरक्षण ऐनअनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, रु पाँचदेखि १० लाखसम्म जरिवाना तथा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

अध्ययन प्रतिवेदनअनुसार एउटा वयष्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गर्दछ । प्वाल बनाएर जमिनमुनि बस्ने लजालु स्वाभावको जनावर सालक विशेष गरी रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ । यसको प्राकृतिक प्रजनन् पनि अत्यन्त कम भएकाले विश्वमै दुर्लभ मानिएको सालकको संरक्षणले जैविक विविधतामा ठूलो सहयोग गरिरहेको विज्ञहरु बताउँछन् ।

जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ ।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता प्रवर्द्धनमा नयाँ ‘मोडल’ विकास गर्न सङ्घ र प्रदेश सरकार तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा जोड दिएका छन् । भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडाँै महानगरपालिकाले मंगलबार भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले उक्त मोडल नेपालका सबै पालिकाका लागि अनुकरणीय हुने बताए ।

संविधानले विपद् व्यवस्थापनलाई मुलतः स्थानीय तहको एकल अधिकारको सूचीका साथै सबै तहको साझा सूचीमा  राखेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विपद् व्यवस्थापन सबै तहका सरकारको दायित्व भएको बताए ।

“सङ्घीय सरकार पालिकालाई सामथ्र्यवान् बनाउन मिलेर काम गर्न तयार छ”, उनले भने, “सङ्घीय सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई औजार तथा उपकरण उपलब्ध गराउँदै आएको छ ।”

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्वंसेवकको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले  स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको जानकारी दिए । उनले काठमाडौँ महानगरले स्वयंसेवीको परिचालन र तालिममा पहल गरेकामा खुसी व्यक्त गरे ।

जाजरकोट भूकम्पलगत्तै काठमाडौँ महानगरपालिकाले पुर्याएको सहयोगको सरहाना गर्दै उपप्रधानमन्त्री श्रेष्ठले साधन र स्रोतका हिसाबले अग्रणी कामपाको यस्ता कार्यले आगामी दिनमा निरन्तरता पाओस् भनी शुभेच्छा प्रकट गरे । राजधानी रहेको महानगर पनि भएकाले काठमाडौँ महानगरको कदम अन्य पालिकाका लागि अनुकरणीय हुने उनले बताए ।

काठमाडाँै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले नेपाल भूकम्पको जोखिममा रहेकाले भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिनुपर्ने बताइन् । भूकम्पलगायत विपद्जन्य घटनाबाट नागरिकलाई जोगाउन तीनै तहका सरकारको समन्वयात्मक भूमिका आवश्यक रहेकामा जोड दिँदै उनले स्थानीय प्रविधिको प्रयोग गरी बाबजुद संरचना निर्माण गरिनुपर्ने बताइन् ।

विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा विसं २०५५ देखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २ः२४ बजे गएको आठ दशमलव चार म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार  १९९० सालको भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पबाट ८० हजार घर ध्वस्त भएका थिए । ध्वस्त घरसहित, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवन गरी दुई लाख सात हजार दुई सय ४८ संरचना भत्किएका थिए ।

यसैगरी विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परी आठ हजार छ सय ७० जनाको निधन भएको थियो भने सात लाखभन्दा बढी आवासमा क्षति पुगेको थियो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठलगायतले १९९० सालयताका भूकम्पमा परी मृत्युवरण गर्नुभएका व्यक्तिको सम्झनामा पुष्पगुच्छा अर्पण गरेका थिए  ।

आफ्नो स्वार्थ पूरा गर्न मात्र राजनीति गर्ने प्रवृत्ति हावी भयो : सांसद अधिकारी

काठमाडौँ । संसदीय अभ्यास सबै देशमा आ–आफ्ना किसिमका हुन्छन् । देश सञ्चालनको जिम्मेवारी बोकेको सरकारको गतिमा यसको अभ्यास निर्भर रहन्छ । देश सङ्घीयतामा प्रवेश गरेपछि संविधानको मर्म र भावनाअनुरुप विभिन्न कानुन बनाएर लागू गर्ने विषयमा केही ढिलाइ भएको छ । संसदीय गतिविधि त्यति प्रभावकारी हुन सकेको छैन । प्रतिपक्षको हैसियतमा विधेयक ल्याउन हामीले दबाब दिइरहेका छौँ । माघ लागि सक्यो । अझै हिउँदे अधिवेशन प्रारम्भ भएको छैन ।

आगामी संसद्मा पेस गर्न एउटा पनि विधेयक समितिबाट निष्कर्षमा पुगेको छैन । कानुनमार्फत जनताका आवश्यकता परिपूर्ति गर्न सरकारले चुस्त र छरितोसँग जुन बेगमा काम गर्नुपथ्र्याे, त्यो अनुभूति भएन । प्रतिपक्षले जनताको माग र आवाज सम्बोधन गर्न विभिन्न क्रियाकलाप अपनाउने र सरकारलाई दबाब दिनुपर्ने हो, त्यो भने हामीले गरिरहेका छौँ ।

प्रतिपक्षले पनि देश र जनताका हितमा सरकारसँग मिलेर काम गर्नु पर्छ । विभिन्न उद्देश्य बोकेका राजनीतिक दल मिलेर परिवर्तन ल्याएका हुँदा कसको भूमिका कस्तो रह्यो भनी हेर्ने केलाउनु पर्छ । केवल आरोपमात्रै लगाउन भएन । राजनीतिक व्यवस्था परिवर्तन भए पनि अझै पुरानै कानुन लिएर हिँड्नुपरेको छ । यसबाट मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सोचअनुसार प्रगति हुनसकेको छैन ।

मुलुक गणतन्त्र र सङ्घीयतामा गइसकेपछि आवश्यक कानुन बनाएर जनतालाई अधिकार दिइनुपर्नेमा त्यसमा अझै कमी छ । त्यस्ता काममा शीघ्रता प्रदान गर्न प्रतिपक्षले निगरानी र दबाब दिनुपर्छ । यसरी अघि बढ्ने सिलसिलामा  सहकार्य जरुरी छ । सरकार गठबन्धनको छ । एउटै पार्टीको बहुमत हुने अवस्था छैन । जनताका हितका लागि मिलेर जानुपर्छ भन्ने कोणबाट आएका विषयमा एमालेले सहकार्य गर्दै आएको छ । सहमतिका आधारमा संविधान बनाइएकाले हरेक विषय पनि सहमतिमै हुनुपर्छ । कानुन निर्माण र निर्वाह गर्नुपर्ने अरु दायित्व पूरा गर्न सहकार्यको सम्भावना प्रशस्तै छ ।

परिवर्तन नचाहने र सत्ता स्वार्थका लागि उब्जिएका शक्तिद्वारा पुराना दललाई विभिन्न कोणबाट बदनाम गर्ने चेष्टा  भइरहेको छ । हिजोका गलत क्रियाकलाप र अनियमिताको विरोध गरिँदा ‘लौ एमालेले संसद् रोक्यो’ भनेर भन्ने गरिएको छ । सुनदेखि ललिता निवास काण्ड उठाएर एमालेले सदन अवरुद्ध गरेको यथार्थ हो । यसको प्रमुख उद्देश्य जनता र देशका हितमा सरकारले सही निर्णयकासाथ पाइला चालोस् भन्ने अपेक्षा हो । अझै पनि त्यसलाई तदारुकताका साथ अघि बढाएको अवस्था छैन । सदनलाई बिजनेस दिने र सञ्चालनका लागि आह्वान गर्ने जिम्मेवारी हाम्रो होइन, सरकारको हो ।

सदन सञ्चालन भए अनियमितता र ढिलासुस्तीका आवाज उठाउँछौँ । सिद्धान्त र व्यवहार एक सिक्काका दुई पाटाजस्तै हुन् । सिद्धान्तलाई व्यवहारमा ढाल्ने क्रममा देशको स्थिति र चेनताको स्थिति तथा सरकारका संरचनामा भरपर्छ । परिवर्तन एउटै पार्टीले गराएको होइन् । जनताले एउटा दललाई मात्र सरकार चलाउ भनेर जनादेश दिएका छैनन् । सबै राजनीतिक दलको लक्ष्य, उद्देश्य र व्यवहार फरक भएकाले कसरी अघि बढ्ने भन्नेमा विभिन्न टीकाटिप्पणी उठेका हुन् ।

नेपालीले छिटो परिवर्तनको अपेक्षा गर्छन् । हामीले पञ्चायत, बहुदल र गणतन्त्रपछिका विकासको अवस्थालाई हेर्नुपर्छ । अहिले हुँदै भएन भनिन्छ । यसबीचमा शिक्षा, स्वास्थ्य, सञ्चार, यातायातका क्षेत्रमा भएका परिवर्तनलाई कम आँक्न मिल्दैन । असीमित आवश्यकता र अपेक्षा पूरा गर्न भने सकिएको  छैन । व्यवस्थितरूपले परिचालित भई इमान्दारीपूर्वक जाने र नीति–नियम बनाउने हो भने छोटै समयमै केही गर्न सकिन्छ । प्रमुख राजनीतिक दल कुनै न कुनै समय सत्तामा गइसकेका छन् । उनीहरुले कुन काम, कसले गरे भनी सञ्चारजगत्, सर्वसाधारण र बुद्धिजीवीले विश्लेष्ण गरी सही कुरा प्रवाह गर्नुपर्छ । सबैलाई सोलोडोलोरूपमा हेरिनुहुन्न ।

दुईखाले निर्वाचन प्रणाली र समावेशी सिद्धान्तलाई आत्मसात् गरिएको हुनाले एउटै दल विशेषको बहुमतको सरकार बन्न सक्ने अवस्था रहेन । समानुपातिकलाई कसरी लैजाने र राजनीतिक स्थिरता कायम गर्ने भन्ने कुरा पनि अहिले चर्चामा छ । पार्टी खोलेपछि सरकारमा जान, बार्गेनिङ गर्न, तालमेल गरेर चुनाव लड्न पाइने भएपछि स्वार्थ रहेका र परिवर्तन नचाहने विभिन्न समूह प्राप्त उपलब्धि उल्टयाउन सक्रिय छन् । सो समूहले सरकार र प्रमुख दलविरुद्ध भ्रम फिजाउन खोजेका छन् । हामीले उनीहरूले लगाएका आरोपलाई चिर्न सबै क्षेत्रबाट निगरानी गर्नुपर्छ ।

मुलुकको विकास र समृद्धिका लागि  परिवर्तनकारी शक्तिबाट भएका पहल र प्राप्त उपलब्धिको तुलनात्मक अध्ययन जरुरी छ । अहिले सतहीमा उर्फने र स्वार्थ पूरा गर्न चिच्याउने प्रवृत्ति देखिएको छ । आम जनतामा अपेक्षा बढ्नु र आकाङ्क्षा पलाउनु राम्रो भए पनि उपलब्ध स्रोत साधनको अवस्था पनि हेर्न जरुरी छ ।

मेरो निर्वाचन क्षेत्र कपिलवस्तुको प्राथमिकता खेतीपातीका लागि सिँचाइ र मलखाद नै हो । शिक्षा र स्वास्थ्य पनि उत्तिकै प्राथमिकतामा छन् । जनता सम्पन्न नभई देशले विकास र समृद्धि हासिल गर्न सक्दैन । नेपालको पर्यटकीय क्षेत्रलाई अघि बढाउने हो भने कपिलवस्तुलाई खुला पर्यटकीय सङ्ग्रहालय क्षेत्र बनाउनुपर्छ । यहाँ बुद्धसँग सम्बन्धित दुई सय ठाउँ कपिलवस्तुमै छन् । कपिलधाम, लक्ष्मणघाट, शिवगढीलगायतका थुप्रै प्रसिद्ध धार्मिकस्थल छन् । ती सबैलाई मिलाएर खुला सङ्ग्राहलय बनाउनुपर्छ । यसले राज्यलाई आर्थिकरूपमा समेत ठूलो टेवा पुग्छ ।

जनतामा बढको अपेक्षा र आकाङ्क्षाले युवा तथा विद्यार्थीलाई विदेश पलायनमा प्रोत्साहित गरेको छ । यसमा अभिभावकको दृष्टिकोण र भावना, आर्थिक स्थिति, विदेशी र नेपाली मुद्राको सटही स्थितिले पनि मलजल गरेको छ । नेपालमा केही दुःख नगर्ने बाहिर जे गर्न पनि तयार हुने हाम्रो बानी छ । रोजीरोटीकै समस्याले पनि कतिपयलाई विदेश जान बाध्य तुल्याएको छ ।

नेपालको संस्कृति र सभ्यताप्रति विश्वकै आकर्षण छ । बरु थोरै खाएर र थोरै प्राप्ति गरेरै भए पनि यही काम गर्छु भन्ने भावना सबै तह र तप्कामा जागृत हुनुपर्छ । नियम, कानुन त्यही किसिमका र नेतृत्वमा पनि देशको हितमा बोल्ने आँट हुनुपर्छ । त्यसो भएमा समस्या समाधान हुने र नेपाली यही बस्ने वातावरण बन्छ भन्ने लाग्छ ।

(सांसदसँग रासस संवादका लागि नेकपा (एमाले) का सांसद बलराम  अधिकारीसँग उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानी ।)

चलचित्र ‘रङ्गेली’ को टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘रङ्गेली’ को टिजर सार्वजनिक गरिएको छ । दयाहाङ राई, अर्पण थापा र मिरुना मगरको मूख्य भूमिका रहेको यस चलचित्रको टिजरमा यी सबैलाई फरक अवतारमा देखाइएको छ । टिजरमा अभिनेताद्वय दयाहाङ र अर्पणलाई दुस्मनका रूपमा चित्रण गरिएको छ भने मिरुनालाई शान्त स्वभाव भएकी थारू युवतीका रूपमा देखाइएको छ ।

अर्जुन सुवेदीले निर्देशन गरेको यस चलचित्र फागुन २५ गते महाशिवरात्रिको दिन प्रदर्शनमा आउने भएको छ । चलचित्रमा अर्पण, दयाहाङ, मिरुनासहित प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु

महेन्द्रनगर (धनुषा), २ माघ : धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु भएको छ । हरेक वर्ष माघ महिनाको प्रत्येक आइतबार र मङ्गलबार उक्त मेला लाग्छ ।धनुषाको उत्तर–पूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको धनुषाधामको मकर मेला भर्न नेपालसहित सीमावर्ती भारतका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका स्थानीय नित्यानद मण्डलले बताउनुभयो ।

त्रेतायुगमा राजा जनकले छोरी सीताको विवाहका लागि आयोजना गरेको स्वंयम्बरमा भगवान् रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको धार्मिक मान्यता रहिआएको छ । यहाँ धनुषबाबाको मन्दिर निर्माण गरिएको छ । जनकपुरधामबाट करिब १९ किलोमिटर उत्तर–पूर्वमा धनुषाधाम अवस्थित छ ।

१०३ वर्षका च्याम्पिअन जानप्राम, पाँच वर्षमा जिते ५९ वटा पदक

बीबीसी । थाईल्यान्डका सवाङ जानप्राम १०३ वर्षका भए। जब उनी ९७ वर्षका थिए उनका एकजना नजिकका साथी बिरामी भए र थला नै परे।त्यसपछि उनले नियमित कसरत गर्न सुरु गरे।

अहिले उनी च्याम्पिअन बनेका छन् र नियमित रूपमा अन्तर्राष्ट्रिय खेलहरूमा पदक जित्छन्। हालै उनले एसिया मास्टर्स एथलेटिक्स च्याम्पिअनशिपमा ४ वटा स्वर्ण पदक जिते।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – मंगलबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै हाल बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

एकाबिहानै त्रिशूली नदीमा खसेको जीप भेटियो

चितवन । त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो ।

आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । जीप सडकबाट करिब एक सय मिटर तल खसेको हो ।

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली टोली परिचालन गरिएको छ । स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घट्नास्थलमा खटाइएको हो ।

केहीबेरअघि गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । उक्त जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको उनले बताए ।

अन्तरराष्ट्रिय गठबन्धनको उपस्थिति अन्त्य गर्ने इराकी प्रधानमन्त्रीको दृढ संकल्प

इराकका प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले सोमबार इराकले अमेरिकाको नेतृत्वमा रहेको अन्तरराष्ट्रिय गठबन्धनको उपस्थिति अन्त्य गर्न चाहेको कुरा दोहोर्या उनु भएको छ।

अल-सुदानीले इराकका लागि नेदरल्यान्डका राजदूत हान्स सान्डीसँगको भेटमा उक्त टिप्पणी गर्नु भएको हो । नेदरल्यान्डले आगामी मे महिनाको मध्यमा उत्तरी अटलान्टिक सन्धि सङ्गठन (नेटो) मिसनको अध्यक्षता ग्रहण गर्दै छ।अल-सुदानीले गठबन्धन देशहरूको अर्को मिसनमा इराकमा गठबन्धनको उपस्थिति समाप्त गर्न र इराकसँग द्विपक्षीय सुरक्षा र सैन्य सहयोगमा जानका लागि संयुक्त प्राविधिक कार्य समावेश हुनुपर्ने धारणा राख्नु भएको छ ।

सान्डीले बैठकमा अल-सुदानीलाई नेदरल्याण्डका समकक्षी मार्क रुटेबाट दुई देशबीच सम्भावित साझेदारीका अवसरहरू बारे छलफल गर्न नेदरल्याण्ड भ्रमण गर्न आधिकारिक निमन्त्रणा दिनु भएको बताइएको छ । नेदरल्याण्ड अमेरिकाको नेतृत्वमा रहेको अन्तरराष्ट्रिय गठबन्धनको हिस्सा हो जसलाई इस्लामिक स्टेट आतङ्कवादी समूह विरुद्धको लडाइँमा इराकी सुरक्षा बलहरूलाई प्रशिक्षण र सल्लाह दिने काम दिइएको टिप्पणी हुने गर्दछ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं। मंगलबार केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, यूरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ। आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। यस्तै आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ४९ पैसा रहेको छ।

त्यस्तै कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा, कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ५० पैसा, बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ र बिक्रीदर ३५२ रुपैयाँ ५९ पैसा , बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा, अस्टेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा रहेको छ।

दुई सय अधिक युक्रेनी युद्धबन्दीलाई सजाय सुनाइएको रुसको भनाइ

रुसले दुई सयभन्दा धेरै युक्रेनी युद्धबन्दीलाई लामो सजाय सुनाएको सोमबार बताएको छ । क्रेमलिनको आक्रमणको करिब दुई वर्षपछि केहीले आजीवन कारागारको सजाय पाएका छन् ।

रुससँग अज्ञात सङ्ख्या (हजारौँ मानिन्छ) मा युक्रेनी बन्दी छन् । तीमध्ये धेरैलाई सन् २०२२ मा बन्दरगाह सहर मारिउपोल घेराबन्दीका क्रममा लगिएको थियो । किएभ र अन्तर्राष्ट्रिय अधिकार समूहहरूले युद्धबन्दीहरूमाथि मस्कोको परीक्षणहरूलाई अवैध भन्दै निन्दा गरेका छन् ।

“दुई सयभन्दा बढी युक्रेनी सैन्यकर्मीहरूलाई नागरिकको हत्या र युद्धबन्दीहरूसँग दुर्व्यवहार गरेको आरोपमा लामो कारगार सजाय सुनाइएको छ”, रुसको अनुसन्धान समितिका प्रमुख अलेक्जेन्डर बास्ट्रिकिनले सरकारी समाचार आउटलेट आरआइए नोभोस्तीलाई अन्तरवार्ता दिँदै भन्नुभयो ।

उहाँले ‘उच्चस्तरीय अधिकारीहरू’ सहित युक्रेनी सैन्य कर्मचारीहरूमाथि मस्कोले मुद्दा चलाउने आफ्नो प्रयासलाई ‘जारी राख्ने’ वाचा गर्नुभयो । धेरै युक्रेनी युद्धबन्दीहरूलाई रुसले कब्जा गरेको पूर्वी युक्रेनमा राखिएको छ भने अन्यलाई रुस लगिएको छ ।

बास्ट्रिकिनले सैनिकहरूलाई रुसमा वा कब्जा गरिएको युक्रेनमा सजाय सुनाइएको थियो भन्नेबारे केही बताउनुभएन । यद्यपि सरकारी आउटलेट आरटीले अनुसन्धान समितिको स्रोतलाई उद्धृत गर्दै कब्जा गरिएको युक्रेनमा दुई सय ४२ सैनिकलाई सजाय सुनाइएको बताएको छ ।

रुसी युक्रेन युद्ध : तीनपटक ‘कूटनीतिक नोट’ पठाइयो, पठाएन नेपालीको शव

काठमाडौं । नेपालले रुसलाई तीनपटक कूटनीतिक नोट पठाउँदा पनि नेपालीको शव पठाउन इन्कार गरेको छ । रुसी सेनामा भर्ती भई १० जना नेपालीको मृत्यु भएपछि परराष्ट्र मन्त्रालयमार्फत हालसम्म तीनपटक कूटनीतिक नोट पठाइसकेको छ ।

‘हामीले पटक पटक नेपालीको शव पठाउन अनुरोध गयौं तर रुसले हाम्रो कुरालाई गम्भीर रूपमा लिएन’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘तीनपटक त कूटनीतिक नोट नै पठाइसक्यौं तर कुनै जवाफ आएको छैन ।’ एकपटक मस्कोस्थित नेपाली दूतावासमार्फत रुसी विदेश मन्त्रालय र दुईपटक काठमाडौंमा रहेको रुसी दूतावासमार्फत नेपालले कूटनीतिक असन्तुष्टि जनाएको हो ।

यता पीडित परिवारले सरकारसँग आफ्नो सन्तानको सद्गत गर्न शव पठाउन नसके अस्तु भए पनि चाहियो भनिरहेका छन् । दुईपटकसम्म रुसलाई पत्राचार गर्दा पनि जवाफ नपठाएपछि पछिल्लो समय ‘अस्तु पठाइदेऊ’ भनेका छौं तर जवाफ अझै आएको छैन । रुसले नेपालीहरू रुसी सेनामा भर्ना गर्दा मृत्यु भएमा वा मारिएमा शवको अन्त्येष्टि स्थानीय कानुनअनुसार गरिनेछ भनेर हस्ताक्षर गराउने गर्छ । सेनामा भर्ती भएपछि पालना गर्नुपर्ने नियम र मृत्यु भएमा रुसको परम्पराअनुसार सद्गत गर्ने कुरा उल्लेख भएकोहुन्छ ।

गत असारदेखि रुसमा मारिएका नेपालीको शव नेपालले ल्याउन सकेको छैन । रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १० जना नेपालीको रुस-युक्रेन युद्धमा मृत्यु भइसकेको छ । गत १७ पुसमा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो समय तीन जनाको मृत्यु भएको थियो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

चलिरहेछन् बिस वर्ष पुराना गाडी

काठमाडौँ । कर्णाली प्रदेशका पहाडी र उच्च हिमाली जिल्लामा ‘कबाडीमा परिणत भइसकेका’ पुराना गाडी गुड्छन् । उच्च पहाडी क्षेत्रका रेखाङ्कन मात्रै गरिएका कच्ची सडकमा गुड्ने सार्वजनिक यातायात सञ्चालन भइरहँदा नागरिक जीवन जोखिममै पारेर यात्रा गर्न बाध्य छन् ।

त्यति मात्रै होइन, सङ्घीय राजधानी काठमाडौँदेखि धादिङको रुबीभ्याली जाने झन्डै १८१ किलोमिटर सडकमध्ये ९० किलोमिटर कच्ची सडकमा कुद्ने सार्वजनिक सवारीसाधन पनि १० देखि १५ वर्ष पुराना छन् । उक्त क्षेत्रको कच्ची सडक भरपर्दो छैन । रुबीभ्याली गाउँपालिका­–४ का वडाध्यक्ष प्रशान्त तामाङले भने, “सडक बनेको छैन, सवारीसाधन पुराना छन्, तर राज्यले हेरेको छैन, छ त भगवान् भरोसा !”

२०७१ फागुनमा तत्कालीन सरकारले दुई वर्षभित्रै २० वर्ष पुगेका सवारीसाधन विस्थापित गर्ने निर्णय गरेको थियो । त्यसपछि २०७१ चैतमै मन्त्रीपरिषद्ले ‘सबै पुराना सार्वजनिक सवारीसाधन दुई वर्षभित्र पत्रु तथा विस्थापन गरिसक्ने’ निर्णय गरेको थियो । त्यसपछि २०७४ चैतदेखि २० वर्ष पुगेका सवारीसाधनलाई प्रतिबन्ध गर्ने र १५ वर्ष पुगेका यातायातका साधनको हेरफेर दर्ता नगर्ने निर्णय भएको थियो ।

पछिल्लो पटक बागमती प्रदेश सरकारले गत जेठ ७ गते सूचना प्रकाशित गरी ‘दर्ताको मितिले विद्युतीय सवारीसाधनको हकमा ३० वर्ष र अन्य सवारीसाधनको हकमा २० वर्ष नाघेका सार्वजनिक सवारीसाधनलाई पत्रु गर्नुपर्ने’ सम्बन्धी सूचना जारी गरेको थियो ।

सूचनामा ‘सवारीसाधनको हालसम्म तिर्नु बुझाउनुपर्ने राजस्व बुझाई सवारीसाधन पत्रु गर्ने कार्य सम्पन्न गर्नुहुन सम्बन्धित सरोकारवालाको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ भनिएको छ । प्रदेश मन्त्रालयले ‘प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९ (४) अनुसार’ ३५ दिने सूचना जारी गरेको थियो ।

संविधान सभा सदस्य एवं हुम्लाका राजनीतिज्ञ रीता शाहीले ‘कबाडी’ सार्वजनिक सवारीसाधन सञ्चालन भइरहेको बताइन्  । उनले ग्रामीण सडकमा चलाइने यस्ता गाडीमा १० मा दुई वटा मात्रै केही सद्दे हुने बताइन् ।

सात प्रदेशस्थित यातायात व्यवस्था कार्यालयको तथ्याङ्क अनुसार देशभरि झन्डै आठ हजार पुराना सवारीसाधन सञ्चालन भइरहेका छन् । सडक सुरक्षाविज्ञ एवं नेपाल प्रहरीका पूर्वडिआइजी केशव अधिकारीका अनुसार १३ लाखभन्दा बढी चारपाङ्ग्रे सवारीसाधन छन् । त्यसमध्ये आठ हजारको हाराहारीमा २० वर्षभन्दा पुराना छन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

एमालेको प्राथमिकता सरकार होइन – महासचिव पोखरेल

राँझा (बाँके) – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेको प्राथमिकतामा सरकार नरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अहिले हाम्रो प्राथमिकताका सरकार होइन, जनताका समस्याप्रति चिन्तित भएका छौँ ।” वर्तमान सरकारले जनताका समस्या सम्बोधन गर्न र विकास तथा समृद्धिका यात्रामा ध्यान दिन उहाँले सुझाव दिनुभयो ।

कम्युनिष्ट पार्टीबीच तत्काल पार्टी एकताको सम्भावना नरहेको उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो, “विगतमा सकारात्मक सोंचका साथ पार्टी एकता भएको थियो तर सफल हुन सकेन, अब नेतानेताको असफल एकताको पछि होइन कार्यकर्ता र जनताको एकता गर्दै पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गर्न लागिपरेका छौँ ।”

प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य, खेममान खड्का, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य ढकाललगायत सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनलाई सघाउन उपसभापति खड्काको आग्रह

भक्तपुर-नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रिसभा सदस्य निर्वाचनमा सत्तागठबन्धनका साझा उम्मेदवारका पक्षमा मतदान गर्न भक्तपुरका प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापाको निवासमा उहाँको स्वास्थ्यलाभको कामना गर्न पुग्नुभएका रक्षामन्त्री खड्काले राजनीतिक छलफलका क्रममा यस्तो आग्रह गर्नुभएको हो ।नेपाली कांग्रेसबाट विजयी हुने सांसद, कांग्रेसका प्रदेशसभा सदस्य, जिल्लाका कांग्रेसका नेता एवं पदाधिकारीहरु, प्रतिनिधिसमेतको भेटघाट एवं छलफलमा उहाँले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई विजयी गराउनुपर्ने कर्तव्य पार्टीमा आएको बताउनुभयो ।उपप्रधानमन्त्री एवं रक्षामन्त्री रहनुभएका उपसभापति खड्काले पार्टी केन्द्रीय कार्यसमितिले जारी गरेको सर्कुलरलाई आत्मसात् गर्दै राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका पक्षमा मतदान गर्नु प्रतिनिधि सबैलाई आह्वान गर्नुभएको नेपाली कांग्रेस भक्तपुरका सचिव सुशील बस्नेतले जानकारी दिनुभयो । 

हेर्नुहोस् माघ २ गते मंगलवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ । सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । जिबन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्र सगँको अति सामिप्यता कष्टकर रहला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृष राशि – अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेकोछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

मीथुन राशि- आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । परीस्थीतिसगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

कर्कट राशि – अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । परीवारमा बिताएको समय फाईदा जनक रहला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

सिंह राशि – मान्यजनको स्वास्थमा देखिएको खराबिले मानसिक तनाब उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

कन्या राशि – हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ ।

तुला राशि – तपाईको परोपकारी भाबनाको फाईदा अरुले उठाउनाले तपाई कमजोर रहनु हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ ।

बृश्चिक राशि – स्थान परीबर्तनले मानसिक तबरमा समस्या आईपर्न सक्ला । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । नयाँ कार्यको थालनिले मनमा उमंग छाउनेछ । सन्तानको स्वास्थमा आएको असरमा बृद्धि हुनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

धनु राशि- मनोरञ्जनको क्षेत्रमा समय ब्यतित गर्नु पर्ने दिन रहेको छ । सामान्य कार्यको निम्ति ज्यादा परीश्रम र समय खर्च हुनेछ । आफ्नो कला कौशलता को प्रयोगले अरुको मन जित्न सफल रहिनेछ । हतासमा निर्णय नगरैकै बेश हुनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मकर राशि – सामान्य परिस्थति बिकराल बन्नाले प्रिय ब्यक्ति हरु सगँ को सम्बन्ध टाढिएला । जिबन साथिको खराब स्वास्थले कार्यक्षेत्र प्रभाबित रहन सक्नेछ । नेत्रृत्व गर्ने क्षमतामा बृद्धि तथा नेत्रृत्व गर्ने समय प्राप्त हुनेछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ ।

कुम्भ राशि- मान्यजनको पुर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । खानपानमा बिषेश ध्यान दिनु होला । परीस्थीति सगँ जुध्नसक्ने क्षमताको खाचो महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

मिन राशि – कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ । पारीवारिक सरसल्लाहाबाट अगाढि बढाइएको काममा सफलता प्राप्त हुनेछ । हतारमा गरिएको निर्णयले पछि पछुताउनु पर्ने हुनाले सचेत रहि अघि बढ्नु होला । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ ।

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने

काठमाडौँ, २ माघ : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान ९ : १५ बजे सुरु हुने छ । अर्को खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेस प्रदेशबीच बिहान ९ : १५ बजे सुरु हुने छ । तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच आजै बिहान ९ : ०० बजे सुरु हुने छ ।

हालसम्म सम्पन्न खेलको नतिजाअनुसार एपिएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ । एपिएफले आफ्ना दुवै खेल जितेर चार अङ्क जोडेको छ । यस्तै त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा, सुदूरपीश्चम प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौँ, मधेस प्रदेश छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा रहेका छन् । दुई दुईवटा खेल खेलेका गण्डकी, बागमती र कोशी प्रदेश हालसम्म जितविहीन अवस्थामा छन् ।

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीविरुद्ध सुदूरपश्चिमको सहज जित

भैरहवा (रुपन्देही), १ माघ : यहाँ जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । आज भएको खेलमा ब्याटर शेर मल्लको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले जारी प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ५८ रन मात्रै बनाउनसक्यो । लुम्बिनीका लागि प्रज्जवल थापाले ६८ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ४२ रन बनाए भने मोहम्मद हुसेनले २६ रन र विराट भण्डारीले २३ रन बनाउनुभयो । सुदूरपश्चिमका लागि नारायण जोशीले तीन विकेट लिए भने भोजराज भट्ट र नरेन साउदले समान दुई÷दुई विकेट लिए ।

एक सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले २९ दशमलव तीन ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । उसका लागि शेर मल्लले अविजित ४२ रन र नारायण जोशीले २८ रन जोड्नुभयो । साथै ओपनरद्वय खडक बोहराले २१ र टेक रावतले १८ रन बनाए । लुम्बिनीका लागि अभिशेष गौतमले तीन विकेट लिए भने कृष्ण कार्की र अजय चौहानले समान एक÷एक विकेट लिए । सुदूरपश्चिमका नारायण जोशी प्लेयर अफ द म्याच घोषित भए ।