`

चलचित्र ‘महाजात्रा’ को छायाङ्कन सुरु

काठमाडौँ – नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्टस्को निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँबाट सुरु गरिएको छ । पैतालीस दिनको छायाङ्कन तालिका तय गरिएको कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँबाहेक जनकपुरमा छोटो छायाङ्कन हुनेछ । हामीले शृङखला थप्न हतार गरेनौँ । कथा अगाडि बढाउने आइडियामा निर्माण समूह सहमत भएपछि सुरु गरेका हौँ ।”

अघिल्लो दुई शृङ्खलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईले निर्देशन गरिरहनुभएको चलचित्रमा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतले अभिनय गरिरहनुभएको छ ।

अभिनेता आचार्यले पहिलो शृङ्खलामा गायकका रूपमा जोडिएको स्मरण गर्नुभयो । “यो शृङ्खलासँग मेरो भावनात्मक सम्बन्ध जोडिएको छ । निर्देशक भट्टराईले महसञ्चारमा लामो समय काम गरेपछि चलचित्र निर्देशन प्रारम्भ गर्नुभएको थियो । यसपटक कलाकारको रूपमा जोडिन पाउँदा उत्साहित छु”, अभिनेता आचार्यले भन्नुभयो ।

जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीनरूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचकरूपले प्रस्तुत गरिएको चलचित्रलाई म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नुभएको हो । यसमा जीतबहादुर रुवालीले एशोसिएट निर्देशक, पुरुषोत्तम प्रधानले छायाङ्कन, कुमार महर्जनले द्वन्द्व निर्देशन, कविराज गहतराजले नृत्य निर्देशन, आशीष अविरलले सङ्गीत सिर्जना, शम्शेर लामाले शृङ्गार, रूपकप्रताप अधिकारीले प्रोडक्सन डिजाइनरको रूपमा काम गरिरहनुभएको छ ।

मुख्यमन्त्री कोहलपुर गोल्डकपः गोर्खा ब्वाइज विजयी

जानकी (बाँके), १७ कात्तिक : ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल विजयी भएको छ । गोर्खा ब्वाइजले सुदूरपश्चिम–११ धनगढीलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

खेलको सुरुआतमै मौका पाए पनि गोर्खा ब्वाइजले गोल गर्न सकेन । खेलको ४५औँ मिनेटमा गोर्खा ब्वाइजका शक्ति राईले विजयी गोल गरेका थिए । खेल अवधिभर गोर्खा ब्वाइजले सुदूरपश्चिम–११ लाई दबाबमा राखेको थियो । उक्त खेलमा गोर्खा ब्वाइजकै सहदेव केसी म्यान अफ दी म्याच घोषित भए ।खेल संयोजक रामबहादुर मल्लका अनुसार आज दिउँसो ३ः०० बजे सेमिफाइनल प्रवेशका लागि चर्च ब्वाइज युनाइटेड र गोर्खा ब्वाइजबीच खेल हुनेछ । कोहलपुरस्थित १३ बिघा मैदानमा बुधबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रु आठ लाख र उपविजेताले रु चार लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । खेल अवलोकन गर्न अस्थायी प्यारापिट निर्माण गरिएको छ । उक्त प्रतियोगिता यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।

अनलाइन ठगीमा नेपालीलाई ढाल बनाउँदै चिनियाँ गिरोह

काठमाडौं । वैदेशिक रोजगारीका आकांक्षीहरूलाई लक्षित गर्दै ठगी गर्ने चिनियाँ गिरोह नेपालमा सक्रिय हुन थालेको छ । गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुन्याएर अनलाइन ठगी धन्दामा लगाउने गरेका छन् ।

गोरखाका ३० वर्षीय एक पुरुषका अनुसार उनी साथीमार्फत बियर कम्पनीमा मासिक १५ हजार अमेरिकी डलर पारिश्रमिक पाउने प्रलोभनमा परी एक वर्षअघि लाओस पुगेका थिए । उनलाई ६० हजार रुपैयाँ लागतमा लाओस पुन्याइने भनिएको थियो ।’६० हजार रूपैयाँमा लाओस जान पाइने भएपछि परिवारमा कुरा राखें । सबै खुसी नै भए चिनजानका साथीहरूलाई खबर गर्दा उनीहरू पनि लाओस जान तयार भए । एजेन्टले वैधानिक तवरले नै लाओस लैजाने विश्वास दिलाएका थिए । लाओस पुगेपछि मात्र थाहा भयो, हामी त चक्नाचुर भएका रहेछौं भन्ने कुरा,’उनले भने ।’लाओस जान काठमाडौँमा मागअनुसार पैसा र राहदानी एजेन्टको हातमा बुझाएका थियौं,’ उनले भने, ‘पैसा र राहदानी बुझाएको केही दिनमा नै हामी पाँचैजनालाई अंग्रेजी भाषामा पालैपालो चिनियाँ एक नागरिकले ठमेलमा अन्तर्वार्ता लिए। एजेन्टले सामाजिक सञ्जालमार्फत हामीहरू पास भएको खबर दिएपछि धेरै खुसी भयौं । तर त्यो खुसी धेरै दिनलाई रहेनछ ।’उनका अनुसार एजेन्टले लाओस पुन्याउन प्रतिव्यक्ति ६० हजार रुपैयाँ लिएका थिए र बाटो खर्च छुट्टै बोक्न भनेका थिए । यो समाचार नागरिक दैनिकमा छ ।

एडीबीले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्ने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना एक ‘मेगाप्रोजेक्ट’ र सार्क क्षेत्रको अहिलेसम्मको सबैभन्दा ठुलो बाँध आयोजनाका रूपमा रहेको छ ।


सो आयोजनामा लगानी गर्न एडीबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडीबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टोलीले बुधबार आयोजनाको स्थलगत निरीक्षणसमेत गरेको छ ।

टोलीले आयोजनाको जलाशय क्षेत्र र विद्युत्गृहस्थलको निरीक्षण गर्दै बाँधस्थल खोटाङको रबुवा बजारमा स्थानीय तहका जनप्रतिनिधिसँग अन्तक्र्रियासमेत गरेको छ । ३८ वर्षदेखि चर्चामा रहेका आयोजनाको निर्माणमा अलमल भइरहँदा नेपालले विद्युत् उत्पादनमा फड्को मार्न समस्या भइरहेको थियो ।

कुल ६ सय ३५ मेगावाट क्षमता रहेको जलाशययुक्त आयोजनाका रूपमा परिचित दूधकोशीमा एसियाली विकास बैंक (एडीबी)ले ऋणबाट १ अर्ब ६८ करोड डलर र बाँकी स्वपुँजीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्नेगरी तयारी गरिएकोे छ ।

अनुमानित लागत निर्माण अवधिको ब्याजसहित २ अर्ब २० करोड अमेरिकी डलर अर्थात् करिब २ खर्ब २५ अर्ब रहेको छ । आयोजना निर्माणबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लाका ३ हजार १ सय ३९ घरधुरी प्रभावित हुनेछन् ।

जसमध्ये २ सय ३८ घरधुरी पूर्ण र २ हजार ९ सय १ घरधुरी आंशिक रूपमा प्रभावित हुनेछन् । आयोजनाका लागि करिब ३० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने आवश्यकता रहेको छ । जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

म्याग्दीको घारखोलामा मोटर चल्ने पुल निर्माण

म्याग्दी, १७ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पोखरेबगरबाट नेपाने हुँदै पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो ।

अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले घारखोलामा निर्माण भएको मोटरेबल पुलमा यातायातका साधन सञ्चालन हुन थालेका जानकारी दिनुभयो । “मोटरेबल पुल र पहुँचमार्ग निर्माण सकिएपछि सवारीसाधन आवतजावत गर्न थालेका छन्”, उहाँले भन्नुभयो, “यो पुल बनेपछि पोखरेबगर–पाउद्धार सडकमा बाह्रै महिना नियमित सवारी चल्ने भएको छ । बर्खामा खोला बढ्दा यातायात अवरुद्ध हुने समस्या हटेको छ ।”घारखोलामा पुल नहुँदा दुई सय परिवारको बसोबास भएको सात वर्षअघि सडक पुगेको पाउद्धार गाउँ बर्खामा यातायात सम्पर्क विच्छेद हुने गरेको थियो । पुल नहुँदा बर्खामा पैदलयात्रा गर्न र घोडा खच्चरबाट ढुवानी गर्नुपर्ने बाध्यता हटेको वडा सदस्य पूर्ण पाइजाले बताउनुभयो । फेवा–बिएम जेभी पोखराले २०७६ माघमा रु दुई करोड ८२ लाखमा निर्माणको ठेक्का लिएको थियो । तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले ठेक्का लगाएको आयोजना प्राधिकरण खारेज भएपछि सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमा हस्तान्तरण भएको थियो ।विसं २०७८ साउन २४ गते सम्पन्न गर्ने सम्झौता भएको पुल परामर्शदाताले गरेको गलत डिजाइनका कारण सम्झौता गरेको करिब एक वर्षपछि निर्माण सुरु भएको थियो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् । भूकम्प प्रभावित सडकअन्तर्गत प्राधिकरणले पोखरेबगर–चित्रे सडक र घारखोला मोटरेबल पुल योजना छनोट गरेको थियो । पोखरेबगरबाट घार खिवाङ शिख हुँदै चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्र गर्न २०७५ मङ्सिरदेखि सुरु भएको आयोजना अन्तिम चरणमा पुगेको छ ।

सुझाव कार्यान्वयन गर्न अख्तियारको निर्देशन

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकको सीमित स्रोत र साधनको अधिकतम परिचालन गरी उच्च नतिजा हासिल गर्न योजना छनोट, प्राथमिकीकरण तथा वर्गीकरण र बजेट तर्जुमाको कार्य वस्तुनिष्ठ, वैज्ञानिक र यथार्थपरक बनाउन २२ बुँदे सुझाव कार्यन्वयन निर्देशिका जारी गरेको छ ।

आयोगले बिहिबार एक विशेष अपील निकालेर बजेट कार्यान्वयनको क्रममा गरिने सार्वजनिक खरिदलाई पारदर्शी, प्रतिष्पर्धी र गुणस्तरीय बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजना आयोग, सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सुझाब कार्यान्वयनका लागि जानकारी गराएको हो । साथै आयोगले आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोग र ७५३ वटै स्थानीय तहलाई सुझाव कार्यान्वयनका निम्ति अनुरोध गर्दै तिनको कार्यान्वयनबारे आयोगलाई जानकारी गराउन आग्रह पनि गरेको छ ।

आयोगले सीमित स्रोतको राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा विवेकपूर्ण एवं उच्च प्रतिफलदायी ढङ्गले उपयोग हुने सुनिश्चितताका लागि आयोजना व्यवस्थापनलाई व्यवस्थित र अनुशासित बनाई तोकिएको समय गुणस्तर र लागत भित्रै आयोजना सम्पन्न गर्न बजेट तर्जुमा र आयोजना व्यवस्थापनका सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन तथा नियममा व्यवस्था भए बमोजिमका देहायका विषयहरु तत्काल कार्यान्वयन गर्न सुझाएको छ ।

अर्थ मन्त्रालयले हालसम्म स्वीकृति दिएका तर कार्य शुरुवात नभएका बहुवर्षीय आयोजनाको पुनरावलोकन गरी जिल्लागत रुपमा यस्ता आयोजनाको सूची सार्वजनिक गरी सार्वजनिक स्रोतमा रहेको नागरिक चासो सम्बोधन गर्न तथा राष्ट्रिय गौरवका र उच्च प्राथमिकताका रणनीतिक आयोजनामा मात्र बहुवर्षीय स्वीकृति दिने गरी मापदण्ड तर्जुमा गर्न आयोगले निर्देश गरेको छ ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीयतहबीच रहेको आयोजनाको दोहोरोपना र सङ्घबाट समेत निकै साना आयोजना राख्ने प्रचलन तत्काल अन्त्य गर्नुपर्ने, राष्ट्रिय गौरवका आयोजना, दीर्घकालीन महत्वका रणनीतिक आयोजना र क्रमागत आयोजना बाहेकका आयोजना नेपाल सरकारले कार्यान्वयन नगर्न सुझाएइएको छ ।

ठेक्का व्यवस्थापनमा रहेका समस्या समाधान गर्न निश्चित समयसम्म ठेक्का नलगाएमा स्वतः अर्थ मन्त्रालयमा बजेट समर्पण हुने पद्घतिको विकास गर्नुपर्ने, मोविलाईजेशन पेश्कीमा रहेको विकृति रोक्न त्यसको विधि र पद्घति कार्य सम्पादनमुखी बनाउने गरी सुधार गर्न आयोगले भनेको छ ।

अख्तियारले सबै सरकारी निकायलाई पठाएको सुझावअनुसार सङ्घ तथा प्रदेश सरकार मातहतका निकाय र स्थानीय तहले लागतमैत्री, प्रतिफलयुक्त र लाभग्राहीको जिवनस्तर उकास्ने प्रकृतिको आयोजना र कार्यक्रम स्वीकृत मापदण्ड, निर्देशिका कार्यविधि बमोजिम मात्र छनोट तथा कार्यान्वयन गर्नुपर्नेछ । त्यसैगरी, अत्याधिक सङ्ख्या र लागतका आयोजना र कार्यक्रममा स्रोत सुनिश्चितता दिँदा राज्यलाई दीर्घकालीन रुपमा असिमित दायित्व सृजना हुने हुँदा त्यस्तो स्रोत सुनिश्चितताको निश्चित सीमा तोक्नुपर्नेछ ।

नेपाल र कोरियाबीच कृषि विकाससम्बन्धी सम्झौता

काठमाडौँ – नेपाल र दक्षिण कोरियाबीच कृषिमा सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । कृषि विज्ञान तथा प्रविधि, कृषि तथा पशुपंक्षी उत्पादन, कृषि प्रशोधन र कृषि उत्पादनको क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।

सिंहदरबारस्थित मन्त्रालयमा बिहिबार आयोजित कार्यक्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसाल र गणतन्त्र कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुङ्ग व्हाङ्गक्वुन (ऋज्ग्ल्न् ज्ध्ब्ल्न्प्भ्ग्ल्) बीच उत्पादन प्रविधिमा सहकार्य गर्ने प्रक्रिया अगाडि बढाउने विषयमा सम्झौता भएको हो ।

समझदारी पत्रमा कृषि तथा पशुपंक्षी क्षेत्रको अध्ययन, अनुसन्धान तथा विकास, पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा दुई देशबीचको सहयोग र सहकार्य गर्न सकिने उल्लेख छ । सम्झौता भएसँगै नेपाल कृषि अनुसन्धान परिषद् र कोरियाको कृषि अनुसन्धान परिषद्बीचको सहकार्यमा कृषि क्षेत्रको अनुसन्धानका कार्य अगाडि बढाइने छ । दुई देशका कृषि विश्वविद्यालयको सहकार्यमा कृषि अनुसन्धान तथा अध्ययनका काम हुनेछन् ।

सम्झौतामा दुई देशबीचको सहयोग र सहकार्यमा कृषि तथा पशुपंक्षी विकासको क्षेत्रमा विषेश गरी संरक्षित कृषि, उच्च मूल्य जाने कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरण, दुग्ध व्यवसाय लगायतका क्षेत्रमा कार्य गर्ने, कृषि पूर्वाधारको विकास, तालिम केन्द्र निर्माण, कृषि बजार विकासमा सहकार्य गर्ने, कृषि क्षेत्रसँग सम्बन्धित प्राविधिक मानव संशाधन, युवा कृषक तथा निजी क्षेत्रमा कृषि उद्यमीको क्षमता अभिवृद्धि गर्ने विषय उल्लेख छन् ।

नेपाली कृषि स्नातक विद्यार्थी तथा युवा कृषकको लागि सिक्ने र कमाउने अवसरको लागि कोरिया राम्रो गन्तव्य हुन सक्नेछ । नेपालमा विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको सम्भावना भएको हुनाले कोरियाको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्वपूर्ण हुने विश्वास गरिएको छ ।

सो अवसरमा मन्त्री भुसालले सन् १९७४ मे १४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र गणतन्त्र कोरियाबीच सौहार्दपूर्ण द्विपक्षीय सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध सद्भाव, मित्रता र आपसी सहयोगमा आधारित सम्बन्धलाई भविष्यमा थप प्रगाढ बनाइने बताउनुभयो । उहाँले गणतन्त्र कोरिया सरकारबाट नेपाललाई भएको सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्री चुङ्ग व्हाङ्गक्वुनको नेपाल बसाई सुखद् होस् भनी कामना गर्नुभयो ।

कोरियाका मन्त्री चुङ्ग व्हाङ्गक्वुनले कोरिया सरकारले कृषि क्षेत्रको प्रविधि विकास र अनुसन्धानमा निकै प्रगति गरेको बताउँदै त्यसको अनुभवन आदानप्रदान र कृषि क्षेत्रमा थप सहयोग र सहकार्यका लागि कोरिया सरकार प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । उहाँले उक्त सम्झौताले दुई देशको कृषि क्षेत्रको विकासमा सहकार्य र समन्वयमा थप उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

एमसिसी परियोजना समयमा सम्पन्न गर्ने प्रतिबद्धता

अमेरिकाको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री एन पी साउदले एमसिसि परियोजना समयमा नै सम्पन्न गरिने बताउनुभएको छ ।

बिहिबार परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राईटबीच वाशिङ्टन डिसीमा भएको भेटमा मन्त्री साउदले निर्धारित समयमा नै परियोजना पूरा हुने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । एमसिसी परियोजना पाँच वर्षमा नै सम्पन्न गर्ने विषयमा एमसिसीका अधिकारीसँग छलफल भएको वाशिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशकुमार ढकाल, दूतावासका अधिकारीहरुलगायत एमसिसीका उपाध्यक्ष जोनाथन ब्रुक्स, नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्सन उपस्थित हुनुहन्थ्यो ।

गत भदौ १२ गतेदेखि कार्यान्वयन भएको उक्त परियोजनाअन्तर्गत नेपालको विद्युत् आपूर्ति र यातायात पूर्वाधार निर्माण गरिनेछ । पचास करोड अमेरिकी डलर अनुदानको उक्त आयोजनमा नेपाल सरकारले १३ करोड डलर योगदान गरेको छ ।

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

काठमाडौँ – तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो ।

ह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेश खड्गीले राससलाई जानकारी दिनुभयो । भोलि काठमाडौँका भित्रि सहरका पसलमा थप छ सय बोरा चिनी पठाइने उहाँले जानकारी दिनुभयो ।

सङ्घले उपलब्ध गराएको चिनी खुद्रा व्यापारीले प्रतिकिलो रु एक सय १७ बिक्री गर्नेछन् । “हामीले सङ्घका सदस्य व्यापारीलाई चिनी प्रतिकिलो रु एक सय १७ मा बिक्री गर्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “उपभोक्ताले चिनीका लागि निर्धारित मूल्यभन्दा बढी तिर्न पर्दैन ।”

सङ्घले उपलब्ध गराएको चिनी पाइने सूचना प्रत्येक पसलमा टाँस गर्न व्यवसायीलाई आग्रह गरिएको उहाँको भनाइ छ । काठमाडौँ उपत्यकामा एक हजार सात सय बढी खुद्रा व्यापारी सङ्घमा आबद्ध छन् ।

वाणिज्य विभागमा महानिर्देशक तीर्थराज चिलुवालले अब विस्तारै चिनीको अभाव हट्दै जाने बताउनुभयो । खुद्रा व्यवसायीले लागत मूल्यमा नै चिनी बिक्री गर्ने उहाँले जानकारी दिनुभयो ।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको सरोकारवालाको बैठकले बजारमा चिनीको अभाव हुन नदिन सबै रणनीति अख्तियार गर्ने निर्णय गरेको विभागका महानिर्देशक चिलुवालले जानकारी दिनुभयो । बैठकले अवैध ढङ्गले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा पठाइने गरेको निष्कर्ष निकाल्दै चिनीको कालोबजारी रोक्न राज्यका सम्पूर्ण निकायलाई परिचालित गर्ने निर्णय गरेको थियो ।

नेपाल प्रहरीले नेपालमा रहेका सबै चिनी उद्योगको मौज्दात अवस्था जाँच गर्ने र मौज्दात चिनी बजारमा पठाउन उद्योगीसँग छलफल गर्ने, अवैध ढङ्गले भित्रिएका वा गोदाममा थन्किएको चिनीको खोजीका लागि अनुगनम गर्ने निर्णय बैठकले गरेको महानिर्देशक चिलुवालले जानकारी दिनुभयो ।

हेर्नुहोस् कार्तिक १७ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे / मेष राशि – अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।

बृष राशि- निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

मीथुन राशि – अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

कर्कट राशि – टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।

सिंह राशि – खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहनेछन । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

कन्या राशि – मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला ।

तुला राशि – धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ ।

बृश्चिक राशि- मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

धनु राशि – प्रतिश्पर्दि हरु कमजोर रहनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

मकर राशि- सामान्य क्षती ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

कुम्भ राशि – पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

मिन राशि- प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानि हुने योग रहेको छ । कार्य सम्पादनमा बिभिन्न समस्याका कारण ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

मदन भण्डारी विश्वविद्यालयले थाल्यो नवीन अनुसन्धानसँगै शैक्षिक कार्यक्रम

चित्लाङ (मकवानपुर), १६ कात्तिक : कानुन जारी भएको एक वर्षपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले नेपालमै पहिलोपटक विश्वस्तरको अनुसन्धानमूलक शिक्षा दिने गरी स्नातकोत्तर र विद्यावारिधि तहमा भर्ना खोलेको छ । पहिलो शैक्षिकसत्रमा दुवै तहमा गरी जम्मा ३२ मेधावी विद्यार्थीलाई छनोट गरी भर्ना लिने तयारी गरेको उक्त स्वायत्त विश्वविद्यालयले ती तहमा निःशुल्क शिक्षा र छात्रवृत्तिको प्रबन्ध पनि गरेको छ ।

विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधिमा फरेष्ट बायोमेटेरियल्स साइन्स एण्ड इन्जिनियरिङ, अग्र्यानिक एग्रिकल्चर, स्नातकोत्तरमा टुरिजम इन्फ्रास्ट्रक्चर विषयमा ती तहमा भर्नाका लागि शुक्रबार सूचना प्रकाशन गर्ने विश्वविद्यालयका अध्यक्ष प्रा डा राजेन्द्रध्व जोशीले जानकारी दिनुभयो । विश्वविद्यालयको हालसम्मको प्रगति र शैक्षिक कार्यक्रमको थालनीबारे आज सञ्चारकर्मीलाई स्थलगत जानकारी दिँदै अध्यक्ष डा जोशीले समृद्ध र न्यायिक नेपालमा योगदान दिन प्याटेन्ट राइट्स सिर्जना र उत्पादन बढाउन सहयोग पुग्ने गरी विश्वस्तरका प्राध्यापक र विद्यार्थीलाई पनि आकर्षित गरिरहेको जानकारी दिनुभयो ।

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङस्थित सात सय ४० रोपनी जग्गा पहिचान गरी २०७६ वैशाख १० गते विश्वविद्यालय निर्माणका लागि पूर्वाधार विकास समिति गठन भएको थियो । विश्वविद्यालयले हाल सुविधासम्पन्न प्रयोगशालासहित चारवटा बहुद्देश्यीय भवन निर्माण गरिसकेको छ । हाल एक सय ८० रोपनी जग्गामा विश्वविद्यालयको भोगाधिकार प्राप्त भइसकेको छ ।

यो विश्वविद्यालयको सङ्गठनात्मक प्रक्रिया परम्परागत विश्वविद्यालयभन्दा पृथक रहेको छ । हाल यसको बोर्ड अफ ट्रष्टी (संरक्षक समिति)का अध्यक्ष उद्योगपति पदम ज्योति हुनुहुन्छ भने ट्रष्टीमा स्वदेश र विदेशका ख्यातिप्राप्त प्राध्यापक र सूचना प्रविधि विज्ञका साथै अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव पदेन सदस्य हुनुहुन्छ । यो विश्वविद्यालयमा कुलपति र उपकुलपति नरहने भएकाले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप शून्य हुने ठानिएको छ ।

नेपाल सरकारबाट यस विश्वविद्यालयका लागि रु एक अर्ब ४० करोड बजेट प्रतिबद्धता व्यक्त गरिएकामा हालसम्म रु ९५ करोड निकासा भएको छ भने व्यक्तिगत र संस्थागत गरी रु ३० लाख ७७ हजार चन्दा प्राप्त भइसकेको छ । कुनै दाताले स्नातकोत्तर तहका विद्यार्थीलाई आफ्नो नामबाट वार्षिक पूर्ण छात्रवृत्ति दिन चाहेमा रु छ लाख र विद्यावारिििध तहमा रु १० लाख सहयोग गर्न सकिने प्रबन्ध गरिएको छ ।

सो विश्वविद्यालयको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले गत साउन २२ गते ललितपुरस्थित प्राविधिक कार्यालयबाट उद्घाटन गर्नुभएको थियो भने सङ्घीय संसद्बाट विधेयक पारित र राष्ट्रपतिबाट जारी भई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन, २०७९ लाई गत साउन १८ गते नेपाल राजपत्रबाट प्रकाशन भएको थियो ।

सो विश्वविद्यालयका लागि नेपाल सरकारबाट काभ्रेपलाञ्चोकको पाँचखाल र नमोबुद्धमा एघार सय रोपनी जग्गा प्राप्तिको निर्णय भइसकेको छ । विश्वविद्यालयले मुलुकका लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवान् जनशक्ति, वैज्ञानिक तथा विचारकको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्न भविष्यमा तीन हजारसम्म विद्यार्थी भर्ना लिने लक्ष्य लिएको छ ।

अध्यक्ष जोशीले कुनै पनि प्राध्यापक र कर्मचारी स्थायी नभई करारमा राख्ने र कामका आधारमा सुविधा दिने तथा कुनै पनि राजनीतिक दलीय हस्तक्षेप र सङ्गठनको गुञ्जायस नहुने स्पष्ट गर्नुभयो । यहाँ विद्यावारिधिप्राप्त र अनुसन्धानमा सक्षम व्यक्तिलाई मात्रै प्राध्यापकमा राखिन्छ । सक्षम प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गरी नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी स्थानीय परिवेशअनुरूप ज्ञान र प्रविधिको सिर्जना र अनुकूलन गरी समृद्ध नेपाल निर्माणमा सघाउने उद्देश्यले विश्वस्तरीय अनुसन्धानमूलक विश्वविद्यालयको परिकल्पनासहित उक्त विश्वविद्यालय स्थापना भएकोे हो ।

उत्पादनमूलक उद्योगका लागि अनुसन्धानमा सहकार्य

विश्वविद्यालयले विज्ञान तथा प्रविधिको क्षेत्रमा संयुक्तरूपमा अध्ययन अनुसन्धानका लागि लार्के हिमाल जडीबुटी उद्योगबीच सम्झौता गरिसकेको छ भने काष्ठ उद्योगसँग अनुसन्धान सम्झौताका लागि छलफल अघि बढाएको छ ।

विश्वविद्यालयले हाइकिङ र ट्र्ेकिङ, च्याउको बीउ उत्पादन, पानीको सरसफाइ र वनमा उत्पादन हुने फोहरको प्रयोग, ललितपुर महानगरलाई पर्यटनमैत्री बनाउने आदि विषयमा अनुसन्धान सुरु गरिसकेको छ । अध्यक्ष डा जोशीले उत्पादनमूलक उद्योगका लागि आवश्यक पर्ने अनुसन्धानका लागि समझदारी गर्ने र ती उद्योगबाट विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्नातकोत्तर तहमा मासिक रु २५ हजार र विद्यावारिधि तहमा मासिक रु ३० हजार छात्रवृत्ति दिलाउने नीति लिइएको बताउनुभयो ।

विश्वविद्यालयले आफ्नै हातामा पाँच सय किलोवाट क्षमताको सौर्य ऊर्जाबाट प्रतिघण्टा चार सय किलोवाट बिजुली उत्पादन गरी मासिक रु दुई लाखको आम्दानी सुरु गरिसकेको छ भने किवीखेती, कृषि फार्म, हरेक भवनमा बायोग्यास, पानी भण्डारण, मौसम पूर्वानुमान उपकरण आदिको सञ्चालन गरिसकेको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण (२०७६ असोज २५ र २६) का अवसरमा सो विश्वविद्यालय निर्माण सहकार्यका विषयमा समेत छलफल भएको थियो ।

प्रतिनिधिसभाको चालु अधिवेशनमा ६५ बैठक

काठमाडौँ, १६ कात्तिक : प्रतिनिधिसभाको दोस्रो अधिवेशन २०८० साल वैशाख २४ गते आइतबार प्रारम्भ भई आज कात्तिक १६ गते बिहीबारसम्म जम्मा एक सय ८० दिन चालु रह्यो । जसमध्ये ६१ दिनहरूमा ६५ पटक बैठक बसी संसदीय काम–कारबाहीमा व्यतीत भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । साथै यस अवधिमा सङ्घीय संसद्को संयुक्त सदनको जम्मा छवटा बैठक बसेको थियो ।

यस अवधिमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ को उपनियम (५) को व्यवस्था बमोजिम २०८० जेठ ४ गते, असार ८ र भदौ १२ गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै सभाको पहिलो बैठकमा पेस भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ लाई मिति २०८० वैशाख २७ गते बसेको बैठकले स्वीकृत गरेको थियो । सभाको यस अधिवेशनमा प्रतिनिधिसभामा आठवटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएको थियो । जसमध्ये तीनवटा विधेयक सङ्घीय संसद्को दुवै सदनबाट पारित भएका छन् । तीनवटा विधेयक समितिमा विचाराधीन रहेका छन् र दुईवटा विधेयक सभामा प्रस्तुत मात्र भएका छन् भने एउटा विधेयक दर्ता मात्रको स्थितिमा रहेको छ ।

साथै सभाको पहिलो अधिवेशन दर्ता भई सम्बन्धित समितिमा विचाराधीन तीनवटा विधेयकमध्ये ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेस भएको छ ।

त्यसैगरी राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ सभाबाट पारित भइसकेको छ भने ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ सम्बन्धित समितिमा विचाराधीन रहेको छ ।

सभाको पहिलो अधिवेशनमा राष्ट्रियसभाबाट प्राप्त सातवटा विधेयक सम्बन्धित समितिमा विचाराधीन नै रहेका छन् । प्रतिनिधिसभाको चालु अधिवेशनमा सदस्यहरूबाट दर्ता हुन आएका विभिन्न मन्त्रालयसँग सम्बन्धित एक सय ६२ वटा मौखिक र छवटा लिखित प्रश्नमध्ये एक सय २९ वटा मौखिक र तीनवटा लिखित प्रश्नको उत्तर प्राप्त भएकामा सभाको विभिन्न बैठकमा १५ वटा मौखिक प्रश्नको सम्बन्धित मन्त्रीबाट उत्तर दिने कार्य सम्पन्न भयो । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ४५ को उपनियम (३) बमोजिम उत्तर प्राप्त भएका बाँकी मौखिक र लिखित प्रश्नको उत्तर सभामा टेबुल भएका छन् ।

त्यसैगरी २०८० भदौ ६ गतेको बैठकमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम पेस भएको थियो ।

नेपालको औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मिति २०८० कात्तिक १४ गते बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको थियो ।

न्यायक्षेत्रमा सहकार्य गर्न नेपाल र चीन सहमत

कठमाडौँ, १६ कात्तिक : जिनजियाङको काशगरमा भएको ‘पहिलो चीन (कास्गर)–मध्य एसिया र दक्षिण एसिया कानूनी मञ्च’मा सहभागी भई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल बेइजिङ पुगेको छ ।

बेइजिङमा उत्रिएलगत्तै प्रधानन्यायाधीश श्रेष्ठले प्रधानन्यायाधीश तथा जनवादी गणतन्त्र चीनको सर्वोच्च जन अदालतका अध्यक्ष झाङ जुनसँग भेटवार्ता गर्नुभएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा दुवै देशका प्रधानन्यायाधीबीच न्याय सेवाका विभिन्न विषयमा छलफल भएको थियो । नेपाल र चीनबीचको लामो समयदेखिको सुखद द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै दुवै पक्षले न्यायपालिकाका क्षेत्रमा सहयोग र सहकार्यलाई प्रवद्र्धन गरी आपसी सम्बन्धलाई थप मजबुत बनाउन सहमति जनाएका थिए ।

प्रधानन्यायाधीश श्रेष्ठले न्याय सेवाको क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा चीनले गरेको उल्लेखनीय उपलब्धिको प्रशंसा गर्दै दुई देशबीच ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासको आदानप्रदान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानन्यायाधीश नेतृत्वको प्रतिनिधिमण्डल भोलि शुक्रबार काठमाडौँ फर्कने कार्यक्रम छ ।

‘राजनीतिक सङ्क्रमकालीन अवस्थाबाट गुज्रियो देश’ – बागमती प्रदेश प्रमुख

मनहरी (मकवानपुर), १६ कात्तिक : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल राजनीतिक अस्थिरता र सङ्क्रमकालीन अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ । राष्ट्रिय आदिवासी जनजाति आयोगको चौथो प्रतिवेदन आज बुझ्दै प्रदेश प्रमुख शर्माले धेरै जनजातिको समूहले बनेको नेपाल राजनीतिक सन्तुलन कायम हुन नसक्दा धेरै विषय समेट्न नसकेको बताउनुभयो ।

जातीय विभेदलाई घटाउने विषयमा आयोगले काम गर्नुपर्नेमा जोड दिनुहुँदै सीमान्तकृत समुदाय र पछाडि पारिएका वर्ग तथा समाजको उत्थान गर्न आयोगले अध्ययनसहित योजना बनाएर अघि बढ्नुपर्ने उहाँले सुनाउन्ुभयो ।

आयोगका सदस्य सूर्यबहादुर गुरुङले प्रदेश प्रमुख कार्यालय हेटौँडामा नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०७९÷८० को चौथो प्रतिवेदन प्रमुख शर्मालाई बुझाउनुभएको हो । प्रतिवेदन बुझाउँदै आयोगका सदस्य गुरुङले संविधानले व्यवस्था गरेको अधिकारहरू आदिवासी जनजाति नागरिकले सहजरूपमा प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले आयोगले आदिवासी जनजातिको समस्या समेटेर तयार पारेको प्रतिवेदन सरकारसमक्ष सिफारिस भए पनि कार्यान्वयन चरणमा जान नसकेको बताउनुभयो ।

आयोगले आदिवासी जनजातिको समस्या अध्ययन गरी १२ वटा बुँदामा समेटेर समाधानका लागि सरकारसमक्ष सिफारिस गरेका छौँ गुरुङले भन्नुभयो । राज्यको संरचनागतरूपमा अधिकार क्षेत्रका कारण आदिवासी जनजातिको शिक्षा, स्वास्थ्य, रोजगारी तथा जीवनस्तरका मुद्दाका विषयमा कसले गर्ने भन्ने अन्योलता देखिएको भन्दै, गुरुङले भन्नुभयो, “आदिवासी जनजातिका समस्या समाधानका लागि प्रदेश सरकारले योजना निर्माण गरी कार्यान्वयनमा अग्रसरता देखाउन जरुरी रहेको छ ।”

‘मुलुकको आर्थिक अवस्थामा निकै चुनौती छ’ – माधव नेपाल

काठमाडौँ, १६ कात्तिक : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको आर्थिक अवस्थामा निकै चुनौती रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेपालको अर्थतन्त्रलाई बलियो बनाउनका लागि कृषिलाई ध्यान दिएर स्पष्ट दृष्टिकोणका साथ अघि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “देशको अवस्थालाई हेर्नुु छ भने विमानस्थलमा पुगेर हेर्नुपर्छ । विदेश गएर युवा कुन अवस्थामा छन् । देशको नेतृत्व गर्नेले कत्तिको देश र जनताप्रति इमान्दार भएर काम गरिरहेका छौँ त ?”

नेपालीले अनेकौँ चुनौतीको सामना गर्दै आएको बताउँदै अध्यक्ष नेपालले मुलुकको आर्थिक अवस्थामा निकै चुनौती रहेको र व्यवसायीमा पनि सङ्कट रहेको उल्लेख गर्नुभयो । विप्रेषण पनि दैनिक उपभोग्य वस्तुमा खर्च भएको बताउँदै उहाँले योजना निर्माण र बजेट विनियोजनमा त्रुटी रहेको औँल्याउनुभयो ।

“कृषिजन्य धेरै वस्तु आयात गरिरहेका छाँै । हामीले आफ्नै देशमा उत्पादन गर्न सक्ने चिज पनि बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । नेपालमै कृषि उत्पादन बढाउन राज्य चुकेको छ । भ्रष्टाचार गर्ने महारोगबाट नेपाललाई मुक्त गर्नुपर्छ”, अध्यक्ष नेपालले भन्नुभयो, “सरकारले राज्य प्रणालीलाई पारदर्शी बनाउनुपर्छ । इमान्दारिता, पारदर्शिता, जनताको पीडा र वेदनालाई महसुस गरेर अघि बढौँ ।”
इजरायलमा १० नेपाली विद्यार्थीको हत्या गरिएको घटनाप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुसल फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने माग गर्नुभयो ।

जथाभावी पार्किङ गरिएका भारतीय नम्बर प्लेटका सवारीसाधन हटाउन सुरु

लुम्बिनी, १६ कात्तिक : नेपाल भारत सीमा नाका बेलहियामा जथाभावी पार्किङ गरिएका भारतीय नम्बर प्लेटका सवारीसाधन हटाउन सुरु गरिएको छ । सिद्धार्थनगर नगरपालिका–१ स्थित भैरहवा भन्सार कार्यालयदेखि उत्तर–पश्चिम राजमार्गको छेउछाउमा भारतीय नम्बर प्लेटका यात्रुबाहक सवारीसाधन अनावश्यक पार्किङ गरिएकाले हटाउन सुरु गरिएको सिद्धार्थनगर–१ का वडाध्यक्ष उज्जवल पोखरेलले बताउनुभयो ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलहिया र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा मङ्गलबारदेखि अव्यवस्थित रुपमा पार्किङ गरिएका सवारीसाधन हटाउन सुरु गरिएको वडाध्यक्ष पोखरेलले बतानुभयो । “जथाभावी पार्किङ गरी सवारीसाधनमा यात्रु भर्ने काम भइरहेकाले सवारीसाधनको जाम लाग्दा दुर्घटना हुने सम्भावना भएको नागरिकको गुनासो रहेकोले भारतीय नम्बर प्लेटका सवारी साधनलाई हटाउन अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलहियालाई पत्र पठाइएको र हिजोदेखि हटाउने काम सुरु गरिएको हो”, उहाँले भन्नुभयो ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलहियाका प्रमुख प्रहरी सहायक निरीक्षक युवराज सेनले भारतीय नम्बर प्लेटका सवारीसाधनको अव्यवस्थित पार्किङका कारण दुर्घटना हुने सम्भावना बढेको वडा कार्यालय र स्थानीयवासीबाट गुनासो आएपछि ती सवारीसाधन हटाउन सुरु गरिएको बताउनुभयो । सीमा नाकामा दैनिक कम्तीमा सात–आठवटा भारतीय सवारीसाधन अव्यवस्थित रुपमा पार्किङ गरेर यात्रुहरु बोक्ने र त्यसले ट्राफिक व्यवस्थापनमा समेत समस्या सिर्जना भएपछि हटाउन सुरु गरिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “यसअघि पनि अनावश्यक रुपमा पार्किङ नगर्न भारतीय सवारीसाधन (ट्याक्सी)लाई सम्झाइबुझाई गरिएको थियो । तर, अटेर गरेपछि हटाउन सुरु गरिएको छ ।” उहाँले यो कार्यले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।सिद्धार्थनगर नगरपालिका–१ का स्थानीय प्रशान्त थापा क्षेत्रीले अनावश्यक रुपमा पार्किङ गरिएका भारतीय नम्बर प्लेटको सवारीसाधनका कारण नेपाली सवारीसाधन मर्कामा पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “भन्सार सुविधा गराउने र यात्रु नपाउञ्जेलसम्म अव्यवस्थित रुपमा पार्किङ गरेर सवारीसाधन राखिँदा ट्राफिक व्यवस्थापनमासमेत समस्या थपिएको छ । यसतर्फ नगरपालिका, वडा कार्यालय र ट्राफिक प्रहरीले ध्यान दिनु सराहनीय कार्य हो ।”

‘सुशासनलाई प्रवर्द्धन गर्ने कानुन संसद्ले बनाउनुपर्छ’

काठमाडौँ, १६ कात्तिक : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसद्ले कानुन बनाउँदै सुशासनलाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले सरकारलाई ठीक ठाउँमा ल्याउने काम संसद्को भएको उल्लेख गर्नुभयो । संसद् चल्दा पनि विधेयक नहुने र अवरोध हुनेजस्ता प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा नेता यादवले जोड दिनुभयो । उहाँले भन्नुभयो, “संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । आठ वर्षसम्म सङ्घीय निजामती ऐन नबन्नु, प्रदेश प्रहरी ऐन बन्न नसक्नुले सङ्घीयताको अवस्था स्पष्ट छ ।”

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हामी संविधान, व्यवस्था र प्रणाली जोगाइरहेका छौँ कि आफ्ना मान्छे जोगाउन लागेका छाँै भनी प्रश्न गर्नुभयो । “यो तीतो यथार्थ हो । शान्ति प्रक्रियाको कुरामा सत्ता स्वार्थका लागि हिजो एकै ठाउँमा उभिएको देखियो । तर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन कसले रोक्यो ?”, उहाँले प्रश्न गर्नुभयो ।

संसद्लाई गति दिन नसकिएको बताउँदै उहाँले संविधान अनुकूलका ४० वटा कानुन तत्काल बनाउनुपर्ने आवश्यकता औँल्यानुभयो । सभापति लामिछानेले इजरायलमा अपहरणमा परेका नेपाली विद्यार्थी विपीन जोशीलाई सकुशल नेपाल फर्काउन सरकारले पहल गर्नुपर्ने माग गर्नुभयो ।

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले बजेट बनाउने क्रममा एक महिनाभन्दा बढी छलफल भएको तर अपवादबाहेक केही परिर्वतन नभएको बताउनुभयो । “संसद कति प्रभावकारी भयो भनेर यसले प्रष्ट हुन्छ । म आफैँ पनि लोकतान्त्रिक गणतन्त्रको पक्षधर हुँ”, उहाँले भन्नुभयो, “तर संसद् पूर्णरूपले निष्प्रभावी भयो । हामीले चाहेको संसद् यही हो ? महिनौँदेखि सांसद बोलिरहने तर सरकारले केही सुुनुवाइ नगर्ने ?”

लोकतान्त्रिक समाजावादी पार्टी नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले जनप्रतिनिधिले आवाज उठाउने थलोका रूपमा रहेको संसद्मा जनतासँग जोडिएका विषय उठाउने गरिन्छ तर संसद्मा उठेका अधिकांश विषयको सरकारले जवाफ नै दिँदैन भन्नुभयो । उहाँले संविधानको सही कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन नसकिएको उल्लेख गर्दै पीडितलाई न्याय हुने गरी शान्ति प्रक्रियालाई पनि निष्कर्षमा पुर्याउन जरुरी रहेकामा जोड दिनुभयो ।

नागरिक उन्मुक्ति पार्टीका नेता लालवीर चौधरीले सदनमा काम गर्नुभन्दा पनि एक–अर्काको आलोचना बढी हुने गरेको टिप्पणी गर्दै तीन तहको सरकारबीचमा आवश्यक समन्वय नभएको बताउनुभयो । उहाँले सदनमा उठेका विषयलाई सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले नेपालीको क्षमताभन्दा बढी जनप्रतिनिधि राज्यले पाल्नुपरेको उल्लेख गर्दै सत्तामा भएकाले सबै राम्रो देख्ने र प्रतिपक्षमा पुग्नेबित्तिकै सातोपुत्लो उड्ने प्रवृत्ति रहेको बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले शासनको नेतृत्वकर्तासँग विकासको खाका नभएपछि देश विफल हुने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङले सरकारको कमी–कमजोरीका कारण संसद् कमजोर भएको बताउँदै सरकारले अपेक्षानुसार बिजनेस दिन नसकेको बताउनुभयो ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा सात सय ६१ सरकार रहेको तर काम केही नभएको बताउनुभयो । उहाँले सुन्दा लोकतन्त्र भए पनि मुठ्ठीभर सीमित व्यक्तिको मनोमानीमा देश चलिरहेको बताउनुभयो । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले सबै कुराको भागबन्डाबाट सरकार चलेको टिप्पणी गर्दै भ्रष्टाचार र अनियममितता बढेको उल्लेख गर्नुभयो ।
–––

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य हुँदै

काठमाडौँ, १६ कात्तिक : प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ः०० बजेदेखि समाप्त हुने भएको छ । आजको बैठकमा सोसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले नेपालको संविधानअनुसार आज राति १२ः०० बजेदेखि संसद्को चालु अधिवेशन स्वतः सकिने जानकारी गराउनुभयो ।

बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीले टेवल गर्नुभएको थियो । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘राष्ट्रिय दलित आयोगको दोस्रो र तेस्रो वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

भोजन अभावमा जापानमा भालुको आक्रमणमा रेकर्ड वृद्धि

अप्रिलदेखि अक्टोबरको बीचमा जापानमा भालुको आक्रमणमा परेका मानिसको सङ्ख्या एक सय ८० पुगेको पर्यावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त सङ्ख्या आर्थिक वर्षका आधारमा सबैभन्दा बढी हो ।

आर्थिक वर्ष २००६ देखि तथ्याङ्क राख्न सुरु गरिएयता अहिलेसम्म यो सबैभन्दा खराब सङ्ख्या भएको मन्त्रालयले बुधबार प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ । आर्थिक वर्ष २०२० मा पछिल्लो उच्च रेकर्ड एक सय ५८ थियो ।

अप्रिलदेखि सुरु हुने आर्थिक वर्ष २०२३ मा अहिलेसम्म भालुहरूको आक्रमणमा पाँच व्यक्तिको ज्यान गएको प्रतिवेदनमा उल्लेख छ । अगस्टमा १५ जनामाथि भालुले आक्रमण गरेको थियो भने यो सङ्ख्या सेप्टेम्बरमा ३८ र अक्टोबरमा ७१ पुगेको थियो ।

उत्तरपूर्वी जापानको ताहोकू क्षेत्रमा कूल जनसङ्ख्याले करिब ७० प्रतिशत भाग ओगटेको छ । विशेषज्ञहरूका अनुसार पहाडहरूमा सुक्खा फलफूल (बदाम, ओखर आदि) को उत्पादन कम भएकाले पर्याप्त भोजन नपाउँदा यो वर्ष भालुहरू मानव बस्तीका वरपर धेरै पटक देखिएका थिए ।

मन्त्रालयले डिसेम्बरमा भालुहरू शीतनिद्रामा नगएसम्म अधिकतम सतर्कता अपनाउन आग्रह गरेको छ । “बेपत्ता मानिसहरूको खोजीमा उद्धारकर्मीहरूले रातभर काम गरिरहेका थिए र आज बिहान पुनः सुरु भएको छ”, एक प्रहरी अधिकारीले भने ।

विपक्षीको फोन ट्याप आरोपको अनुसन्धान गर्दै भारत सरकार

भारतको साइबर सुरक्षा एकाइले एप्पल आइफोनमा ‘राज्य–प्रायोजित आाक्रमणकारीहरू’ को चेतावनी प्राप्त गरेपछि फोन ट्यापिङको प्रयास भएको भन्ने विपक्षी नेताहरूको आरोपको अनुसन्धान गरिरहेको सञ्चारमाध्यमले बिहीबार बताएका छन् ।

भारतको कम्पयुटर इमरजेन्सी रेस्पोन्स टिम (सिआइआरटी–इन) ले उजुरीहरूको अनुसन्धान सुरु गरेको प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले जनाएको छ । “एप्पलले अनुसन्धानमा सहयोग गर्नेछ”, इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयका सचिव एस कृष्णनको भनाइ उद्धृत गर्दै पिटिआईले भनेको छ ।

सूचना तथा प्रविधिमन्त्री अश्विनी वैष्णवले मङ्गलबार सरकार उजुरीहरूबाट ‘चिन्तित’ भएको बताउनुभयो । “भारत सरकार सबै नागरिकको गोपनीयता र सुरक्षाको रक्षा गर्ने आफ्नो भूमिकालाई अत्यन्त गम्भीरताका साथ लिन्छ र यी सूचनाहरूको जरैसम्म अनुसन्धान गर्नेछ”, सामाजिक सञ्जालमा उहाँले भन्नुभयो ।

विपक्षी काङ्ग्रेस पार्टीका नेता राहुल गान्धीले आफ्नो कर्मचारीका साथै शशि थरुर, महुआ मोइत्रा र प्रियङ्का चतुर्वेदीसहित विपक्षी सांसदहरूलाई पनि आइफोनबाट चेतावनी सन्देश प्राप्त भएको बताउनुभयो । “सरकारले चाहे जतिसुकै फोन ट्यापिङ गरोस्, मलाई कुनै फरक पर्दैन, उसले मेरो फोन लिन सक्छ, मलाई कुनै डर छैन”, गान्धीले मङ्गलबार भन्नुभयो ।

भारत सरकारमाथि सन् २०२१ मा राजनीतिक विरोधी, कार्यकर्ता र पत्रकारहरूमाथि निगरानी राख्नका लागि विवादास्पद पेगासस स्पाइवेयर प्रविधिको प्रयोग गरेको आरोप लगाइएको थियो । यद्यपि सरकारले उक्त आरोपलाई अस्वीकार गरेको छ ।

एप्पलले उक्त मामिलामा कुनै टिप्पणी गरेको छैन । यद्यपि उसको वेबसाइटमा धम्कीपूर्ण सूचनाहरू ‘राज्य–प्रायोजित आक्रमणकारीहरूबाट लक्षित हुनसक्ने प्रयोगकर्ताहरूलाई सूचित गर्न र सहयोग गर्न डिजाइन गरिएको’ भनी व्याख्या गरिएको छ ।

इजरायल–हमास द्वन्द्व सुरु भएयता गाजामा नौ हजारभन्दा बढीको मृत्यु

इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ महिलासहित मृत्यु हुनेको सङ्ख्या नौ हजार ६१ पुगेको र घाइतेको सङ्या ३२ हजार नाघेको जानकारी दिनुभयो ।

इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५ वटा आक्रमण गर्दा २५६ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको उहाँले बताउनुभयो ।

गाजाको सरकारी सञ्चार कार्यालयले इजरायलले आफ्नो आक्रमणको सुरुवातदेखि गाजा पट्टीमा १० भन्दा बढी बम खसालेको र इजरायलले प्रयोग गर्ने विस्फोटक पदार्थको मात्रा दुई हजार ५०० टन भन्दा बढी वा प्रति वर्ग किलोमिटर लगभग ७० टन पुगेको अनुमान गरेको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासी आक्रमण गरी हजारौं रकेट प्रहार गरेको थियो र इजरायली भूमिमा घुसपैठ गरेको थियो, जसमा इजरायलमा कम्तिमा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।

यसको जवाफमा इजरायली सेनाले गाजा पट्टीविरुद्ध हवाई आक्रमण र स्थलगत कारबाही सुरु गरेको थियो भने प्यालेस्टिनी इलाकामा नाकाबन्दी लगाएको थियो ।

ज्योतिषशास्त्रको वैज्ञानिक अध्ययनमा सञ्चारमन्त्रीको जोड

देउखुरी (दाङ), १६ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ज्योतिष विद्याको वैज्ञानिक अध्ययन आवश्यक भएको बताउनुभएको छ । नेपाल ज्योतिष परिषद्को १८औँ राष्ट्रिय सम्मेलनको घोराहीमा भएको कार्यक्रममा मन्त्री शर्माले ज्योतिषबारे भएका भ्रम हटाएर यो वैज्ञानिक र पूर्वीय दर्शनको महत्त्वपूर्ण पाटो हो भनेर बुझ्नुपर्ने बताउनुभयो । “पूर्वीय दर्शनप्रतिको विश्वास संसारभर छ तर यो विज्ञान हाम्रो हो भनेर अपनत्व र अधिकार कायम गर्न सकेका छैनौँ”, उहाँले भन्न्ुाभयो ।

पूर्वीय दर्शनको ज्ञानका आधारमा वैज्ञानिक आविष्कार भएका बताउँदै सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले संस्कृत विश्वविद्यालयलाई केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले धार्मिक सहिष्णुता कायम गर्न सबै नेपाली सधै सजग एवं एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

शान्ति प्रक्रिया टुङ्गोमा पु-याउन सबै दलबीच सहकार्य जरुरी – मन्त्री शर्मा

दाङ, १६ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सबै दलबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । घोराही उपमहानगरपालिका–११ जीतपुरस्थित सहिद परिवारसङ्ग आज भएको भेटमा उहाँले शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउने बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जाहेर गर्नुभएको प्रतिबद्धताले पनि अब शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने सम्भावना बढेको उहाँको भनाइ थियो । मन्त्री शर्माले महासचिव गुटेरेसले सङ्घीय संसद्मा राखेको धारणा मुलुकका लागि महत्वपूर्ण रहेको बताउनुभयो । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पु¥याउने तयारी भइरहेको बताउँदै उहाँले यसका लागि सम्पूर्ण दलहरु एकमत हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाका बाँकी कामलाई नजिकबाट हेरिरहेको धारणा राख्दै मन्त्री शर्माले यो विषयलाई छिटोभन्दा छिटो हल गरी नेपालमा स्थायी शान्ति स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका शर्माले सरकारले पहिलो पटक सहिदका नाम राजपत्रमा प्रकाशन गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउनु सहिदप्रतिको सच्चा सम्मान भएको धारणा राख्नुभयो ।

राजपत्रमा प्रकाशित हुन छुटेका सहिदको नाम थप्ने विषयमा सरकारले काम गरिरहेको जानकारी दिँदै उहाँले सबै दलको सहमतिमा द्वन्द्वपीडितलाई न्याय दिइने बताउनुभयो । भेटमा सहिद परिवारले गाउँको बाटो र खानेपानीको समस्या हल गर्न मन्त्री शर्मालाई आग्रह गरेका थिए । उनीहरुले सहिदका सपना पूरा गर्न जनयुद्धकालीन शक्ति एक भएर अघि बढ्नुपर्ने र त्यसका लागि माओवादी केन्द्रले पहल गर्नुपर्ने धारणा राखेका थिए ।

श्रम स्वीकृतिका लागि नक्कली कागजात बनाउने पक्राउ

काठमाडौँ, १६ कात्तिक : श्रम स्वीकृति लगायत वैदेशिक रोजगारीका लागि नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट–४ घर भई हाल काठमाडौँ बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र सोही ठाउँमा घर भई हाल काठमाडौँको नागार्जुन–१ रानीवन बस्ने २१ वर्षीय विपीन ढकाल रहेका उपत्यका अपराध अनुन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भिजिट भिसामा विदेश जान लागेका व्यक्ति शङ्कास्पद रहेको भनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पठाइएका कागजातमध्ये सुजल हेङगजुको नाममा रहेको श्रम स्वीकृति नक्कली देखिएको थियो ।

उक्त कागजात बनाउने फेवाली र ढकाल रहेको अनुसन्धानबाट खुल्न आएकाले निजहरुलाई पक्राउ गरिएको केसीले बताउनुभयो । उनीहरुलाई कामपा–१३ मा घर भाडामा लिई वैदेशक रोजगारसम्बन्धी काम गर्ने ट्राभल्सबाट पक्राउ गरिएको थियो ।

उक्त ट्राभल्सको खानतलासी गर्दा ढकाल र फेवालीको मोबाइल एक÷एक थानलगायत हन्य सामग्री बरामद गरिएको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको उहाँले जानकारी दिनुभयो ।

झिनियाँ रोटीमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक

गलकोट, १६ कात्तिक ः तिहारको समयमा बढी मात्रमा प्रयोगमा आउछ । रङ्गीचङ्गी झिनियाँमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक हुने सरोकारवालाहरुको चिन्ता छ । तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढी हुनेगर्दछ । तिहारका लागि झिनियाँ बनाउन यतिबेला घरेलु उद्यमीहरु निकै व्यस्त भएकाले रङ्ग प्रयोग नगर्न सरकोकारवालाले सचेत बनाएका छन् ।

रङ्ग नहाली झिनिया रोटी बनाउन र उपभोक्तालाई पनि रङ्ग नभएको झिनियाँ रोटी खरिद गर्न आग्रह गरिएको छ । तिहारमा मात्र होइन् पछिल्लो समय विवाह, व्रतबन्ध, पूजाआजा र कोसेलीको रुपमा पनि झिनियाँ अत्यधिक प्रयोग हुन थालेपनि रङ्ग मिसाएका झिनियाँ उत्पादन नगर्न प्रशासनले महिला उद्यमीलाई सचेत बनाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

उहाँले झिनियाँ उत्पादन गर्ने उद्यमीलाई रङ्ग प्रयोग नगरी झिनियाँ उत्पादन गर्न आग्रह गरिएको बताउँदै उपभोक्ताले समेत तिहारमा सेता झिनिया मात्रै खरिद गर्नेगरी सचेत रहनुपर्ने बताउनुभयो । रङ्गिन झिनियाँ खाँदा क्यान्सरजस्तो घातक रोग लाग्ने जोखिम हुने खाद्यप्रविधि गुण नियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बताउनुभयो ।

चाडपर्वको समयमा नेपालीहरुले मिष्ठान्न परिकार बढी बनाउने र त्यसमा अत्याधिक रङ्ग प्रयोग गर्ने गरेकाले यसले जोखिम निम्त्याउने उहाँले बताउनुभयो । “ जिल्लामा उत्पादन हुँदै आएको झिनियाँ रोटीमा अत्यधिक रङगको प्रयोग भएको देखिन्छ, हामीले रङ्ग मिसाएको खाद्य वस्तुलाई अखाद्य भन्दै आएका छौँं” प्रमुख श्रेष्ठले भन्नुभयो “रङ्ग राखेर बनाइएका र पछि तेलमा तारेर बनाइने खानेकुराले क्यान्सर निम्त्याउने पदार्थको विकास गर्छ, त्यसैले रङ्गिन झिनियाँको प्रयोग गर्न बन्द गर्नुपर्छ, उपभोक्तालाई समेत रङ्ग मिसाइएको झिनिया खरिद नगर्न हाम्रो आग्रह छ ।”तेलमा नतारिने खानेकुरामा निश्चित मात्रमा खाद्य रङ्ग प्रयोग गर्न सकिने भए पनि तेलमा तारेको वस्तुमा रङ्ग मिसाउदा क्यान्सरको जोखिम बढाउने छ ।

एक केजी खाद्यपदार्थमा शुन्ना दशमलव दुईग्राम भन्दा बढी रङ्ग प्रयोग गर्न नमिल्ने कानुनी व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । उपभोक्तामा रङ्गिन झिनियाँका कारण क्यान्सर रोगको जोखिम हुन्छ भन्ने चेतना फैलाउन नसक्दा यस्को उत्पादन र बिक्री वितरण रोक्न नसकिएको प्रमुख श्रेष्ठको भनाइ थियो । उपभोक्ताले भने सेतो झिनियाँ खरिद गर्न नमान्ने भएकाले सामान्य रङ्ग मिसाएर झिनियाँ बनाउँदै आएको बागलुङ नगरपालिका–१ रामरेखाका झिनियाँ व्यवसायी शर्मिला श्रेष्ठले बताउनुभयो । उहाँले खाद्यप्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयले भनेअनुसार रङ्ग प्रयोग गर्ने गरेको जानकारी दिनुभयो ।

रङ्ग प्रयोग गरिएको भन्दै स्थानीय घरेलु उत्पादनको रुपमा चलिरहेका झिनियाँ रोटीका उद्योगलाई बन्द गर्दा सयौँको रोजिरोटी गुम्ने भएकाले विस्तारै रङ्गको प्रयोग घटाउँदै लैजाने गरी उत्पादनकर्तालाई सचेत बनाउँदै लगिने बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

दूधकोशी आयोजनामा लगानी गर्ने एडिबीको प्रतिबद्धता

काठमाडौँ, १६ कात्तिक : जलाशययुक्त आयोजनाका रुपमा परिचित दूधकोशीमा एसियाली विकास बैंक(एडिबी)ले लगानी गर्ने प्रतिबद्धता जनाएको छ । सो आयोजनाको क्षमता कूल छ सय ३५ मेगावाट रहेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडिबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडिबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टोलीले आयोजनाको स्थलगत निरीक्षण गरेको छ ।

टोलीले आयोजनाको जलाशय क्षेत्र र विद्युत्गृहस्थलको निरीक्षण गर्दै बाँधस्थल खोटाङको रबुवा बजारमा स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको थियो । कार्यक्रममा महानिर्देशक सुब्रमण्यमले आयोजना अगाडि बढाउन उच्च तहबाट भएको यो करिब–करिब अन्तिम निरीक्षण भएको भन्दै एडिबीको नेतृत्वमा जतिसक्दो छिटो वित्तीय व्यवस्थापन गर्न लागिएको बताउनुभयो ।

आयोजनालाई स्थानीय बासिन्दाबाट स्वीकार्ययता रहेको उल्लेख गर्दै ३८ वर्षदेखि चर्चामा रहेका आयोजनाको प्राविधिक, वातावरणीय र सामाजिक पक्षलाई जति सक्दो छिटो टुङ्गो लगाएर निर्माणमा लैजानुपर्ने बताउनुभयो ।

आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित दुई अर्ब २० करोड अमेरिकी डलर (करिब रु दुई खर्ब २५ अर्ब ) रहेको छ । यसमध्ये ऋणबाट एक अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी स्वपुँजीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ ।

एडिबीको नेतृत्वमा विभिन्न अन्तर्राष्टिय वित्तीय संस्थाबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुने छ । यसमध्ये एडिबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ ।

एडिबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले निर्णय प्रक्रियालाई तीव्रता दिन लगनशीलताका साथ काम गरिरहेको र नेपाल सरकारसँग बारम्बार वार्तामा संलग्न रहेको बताउनुभयो । उहाँले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना एक ‘मेगाप्रोजेक्ट’ र सार्क क्षेत्रको अहिलेसम्मको सबैभन्दा ठूलो बाँध आयोजना भएको भन्दै स्थानीय समुदायमा धैर्यता राख्न आग्रह गर्नुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालको विद्युत् प्रणालीका लागि दूधकोशी महत्वपूर्ण आयोजना भएकाले एक वर्षभित्रमा (सन् २०२४ डिसेम्बर) एडिबीको नेतृत्वमा वित्तीय व्यवस्थापन गर्ने गरी काम भइरहेको बताउनुभयो । यसका लागि अहिले प्राविधिक, वातावरणीय र सामाजिक विषयहरुलाई अन्तिम रुप दिने काम भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिले आयोजना अगाडि बढ्न नसक्दा स्थानीय रुपमा विकास निर्माणका क्रियाकलाप ठप्प भएकाले आयोजनाका विषयमा रहेको अन्यौलता तत्काल हटाउन आग्रह गर्नुभएको थियो । उहाँहरुले आयोजनालाई अगाडि बढाउन स्थानीय रुपमा आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा चिसङ्खुगढी गाउँपालिका, ओखलढुङ्गाका अध्यक्ष निशान्त शर्माले आयोजनाको लामो अध्ययन चरणलाई तीव्रता दिई जग्गाको मुआब्जा वितरण र निर्माण तत्काल थालनी गर्नुपर्ने धारणा राख्नुभयो । शर्माले यसक्षेत्र भौगोलिक रुपमा दुर्गम तथा आर्थिक रूपमा अविकसित रहेको र यसै आयोजनाका कारण पुल, सडक निर्माण जस्ता पूर्वाधार विकासका विभिन्न आयोजना ठप्प भएकाले बाहिरी बसाइँसराइको दर बढ्दै गएको चिन्ता व्यक्त गर्नुभयो । उहाँले यस आयोजनालाई सफल पार्न स्थानीय तहको सम्पूर्ण सहयोग रहेको बताउनुभयो ।

त्यसैगरी, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईले स्थानीय बासिन्दाको लामो समयको प्रतिक्षाको अन्त्य हुने विश्वास व्यक्त गर्दै यो आयोजनाको काम चाँडो सुरु हुने विश्वास व्यक्त गर्नुभयो । प्रमुख राईले हलेसी तुवाचुङ नगरपालिका र खोटाङमा रहेको बसाइँसराइको प्रवृत्तिबारे जानकारी दिँदै आयोजना तत्काल सुरु भए बसाइँसराइको दरमा कमी आउन सक्ने सङ्केत गर्नुभयो ।

उहाँले आफू र स्थानीय समुदायले यो आयोजना विभिन्न चरणमा अगाडि बढिरहेको र समयमै सम्पन्न गर्न आतुर रहेको बताउनुभयो र यहाँको समुदाय यस आयोजनालाई सफल बनाउन मानसिक र भौतिक रूपमा तयार रहेको आश्वासन दिनुभयो ।

खोटाङको रावबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले आयोजनाबाट प्रभावित जनताको जीविकोपार्जनमा सुधार आउने आशा व्यक्त गर्नुभयो । उहाँले आयोजना छिट्टै सुरु हुनेमा आफू पनि विश्वस्त रहेको बताउनुभयो । श्रेष्ठले आयोजनालाई प्रभावित जिल्ला हरेक व्यक्तिले सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

दूधकोशी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले आयोजनाको ऐतिहासिक सन्दर्भ, मुख्य प्रस्तावित संरचना तथा आयोजनको प्रगतिको वर्तमान अवस्थाका बारेमा जानकारी दिनुभएको थियो ।

उहाँले आयोजनाको काम सुरु गर्न आफ्नो दृढता प्रतिबद्धता व्यक्त गर्दै एडिबीबाट चाँडोभन्दा चाँडो आर्थिक सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभयो । गुरुङले आयोजनाले पहुँच सडक, पुल, र अन्य सम्बन्धित पूर्वाधार निर्माण र मर्मतसम्भार जस्ता अन्य विभिन्न गतिविधिहरू समेट्ने उल्लेख गर्नुभयो ।

आयोजना निर्माणबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका तीन हजार १ सय ३९ घरधुरी प्रभावित हुने छन् । जसमध्ये दुई सय ३८ घरधुरी पूर्ण दुई हजार नौ सय एक घरधुरी आंशिक रुपमा प्रभावित हुनेछन् । आयोजनाका लागि करिब ३० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

आयोजनाबाट वार्षिक रुपमा तीन अर्ब ४४ करोड युनिट विद्युत् उत्पादन हुने छ । यसमध्ये सुख्खायाममा एक अर्ब ३६ करोड र वर्षायाममा दुई अर्ब ८ करोड युनिट विद्युत् उत्पादन हुने छ । आयोजनाको निर्माण अवधि सात वर्षको रहेको छ ।

‘राष्ट्रसङ्घका महासचिवले लुम्बिनीबाट विश्वशान्तिको कामना गर्नु ऐतिहासिक’

काठमाडाैँ, १६ कात्तिक : नेकपा (माओवादी केन्द्र)ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण बहुआयामिक महत्वको रहेको जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले महासचिव गुटेरेसले बुद्धको जन्मभूमि लुम्बिनीबाट विश्वशान्तिको कामना गर्नु ऐतिहासिक रहेको बताउनुभयो ।

“बुद्धका बारेमा कहीँकतै दुराशययुक्त ढङ्गले प्रश्न उठाउन खोजिएका बेलामा महासचिव गुटेरेसले बुद्धको जन्मभूमिबाटै विश्वशान्तिको अपिल गर्नु गौरवको विषय हो”, प्रवक्ता सापकोटाले भन्नुभयो । जलवायु परिवर्तनको असर र प्रभाव बढिरहेका सन्दर्भमा महासचिव गुटेरेस सगरमाथा क्षेत्रमा पुगेर त्यहाँका स्थानीयसँग अन्तक्र्रिया गर्नुभएको तथ्यलाई विश्वसमुदायले नजिकबाट नियालेको उहाँको भनाइ छ ।

प्रवक्ता सापकोटाले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन पनि महासचिवको भ्रमणले दलहरुलाई सघाएको बताउनुभयो । “शान्ति प्रक्रियाका धेरै विषय टुङ्गो लागेका छन् । सबै पक्षलाई विश्वासमा लिएर यसलाई निष्कर्षमा पुर्‍याउनका लागि महासचिवको भ्रमणले योगदान गरेको छ”, उहाँले भन्नुभयो ।

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सबै राजनीतिक दलप्रति संवाद भइरहेको जानकारी दिँदै प्रवक्ता सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल र प्रमुख विपक्षी दलका नेतासँग पनि सो विषयमा छलफल गरिरहनुभएको बताउनुभयो । “तीन दलका शीर्ष नेताबीचको छलफल निकै सकारात्मक छ”, उहाँले भन्नुभयो, “उहाँहरुका बीचमा १२ बुँदे सम्झौताका पक्षधरका बीचमा समीक्षासहितको बैठक बस्नुपर्ने सहमति जुटेको छ ।”

मुलुकलाई पछाडि फर्काउन सकिन्छ कि भनेर केही शक्ति लागिपरेको सन्दर्भप्रति टिप्पणी गर्दै प्रवक्ता सापकोटाले भन्नुभयो, “इतिहासको चक्का पछाडि फर्कंदैन । यो अगाडि बढ्यो । परिवर्तनका पक्षधरले राष्ट्रिय दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्छ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।”

बस्ती पातलियो, घरघरमै पस्छ चितुवा

बलेवा (बागलुङ), १६ कात्तिक : गाउँमा घर रित्ता छन् । पाखो बारीमा रुख हुर्किरहेका छन् । खेतका फाँट कुकाठले भरिएर जङ्गल बनेको छ । बस्ती नजिकका पाखा केही वर्षअघि गाईबस्तुको चरिचरण क्षेत्र थियो । दिनभरि गाईबस्तु चरेकै कारण जङ्गल हुनबाट पाखा जोगिएका थिए । आजभोलि फुकुवा गाईबस्तु गाउँघरमा भेट्नै मुस्किल छ । त्यसैले ती पाखामा जङ्गल भरिएको छ ।

दश वर्षअघिसम्म बस्तीको नजिक नदेखिने जङ्गली जनावर आजभोलि बागलुङका ग्रामीण बस्तीका घरघरमै देखिन थालेका छन् । जङ्गली जनावर बस्ती नजिक मात्रै पुगेका होइनन् एकाद घरमा ती जनावरले क्षतिसमेत पुर्‍याउन थालेका छन् ।

जिल्लाको दक्षिण जैमिनी नगरपालिका–१ कुश्मीशेराकी चन्द्रमा शर्माको गोठमा चार दिनअघि चितुवा पस्यो । साँझकै समयमा घरदेखि केही परको जङ्गलमा कराइरहेको चितुवा रातको समयमा गोठमा पसेर खोरमा थुनेका बाख्रालाई आक्रमण गर्‍यो । चन्द्रमाले एक वर्षअघि रू १० हजार तिरेर ल्याएको माउबाख्रो चितुवाले खोरबाट निकालेर चार कान्लामुनि पुर्‍यायो । पातलो गाउँमा छिमेकी निस्केर धपाउँदाधपाउँदै घाँटीमा घाउ बनाएर रगत चुसेको अवस्थामा बाख्रो चितुवाको मुखबाट खोसियो । बाख्रो एक दिनभन्दा बढी बाँचेन् ।

गाउँ छेउका पल्लो पाखार सामुदायिक वन र जलुके तारेभिर सामुदायिक वनमा चितुवा कराउन छोडेका छैनन् । दिनभर गाउँमा बाँदरको आतङ्क छ । रात परेपछि चितुवा कराउँदै घरघरै आइपुग्छन् । “पहिला वनमा चराउन लगेका बाख्रा चितुवाले खान्थ्यो घरमै पसेको कमै सुनिन्थ्यो”, शर्माले भन्नुभयो, “छ महिना पहिला बनाएको नयाँ खोरका फलिया फालेर बाख्रो उडायो, पाठा घाइते छन् ।”

उहाँको बाख्रो खाएको एक दिनपछि छिमेकमा बाँदर धपाउन पालेको गुरुप्रसाद आचार्यको कुकुर चितुवाले खायो । गोठकै छेउको खोरमा थुनेको कुकुर रातको समयमा चितुवा पसेर खाएको आचार्यले बताउनुभयो । “गाउँ पातालो छ । मान्छेभन्दा जङ्गली जनावर धेरै हुन थाले”, उहाँले भन्नुभयो, “गरिखान नसकिने अवस्था आयो । बालीनाली बाँदरले खान्छ । पशु पाले बाघलाई, कसरी बस्नु गाउँमा ?”

बसाइँसराइले बस्ती पातलो हुनु, जङ्गलमा आहाराको कमी हुनु र नजिकमा रहेको निकुञ्जमा मध्यवर्ती क्षेत्र नहुनुले जङ्गली जनावर गाउँ पस्न थालेको डिभिजन वन कार्यालय बागलुङका प्रमुख शरद अधिकारीले बताउनुभयो । “मुख्यगरी जङ्गलमा आहारा नभएपछि मात्रै जङ्गली जनावर जोखिम मोलेर गाउँ पस्छन्”, उहाँले भन्नुभयो, “जिल्लामा सिकार आरक्ष छ । तर वफर जोन छैन । आरक्षबाट बाहिर निस्केका जनावर बस्तीसम्म पुगेका हुन सक्छन् ।”

मधेस प्रदेशमा दशगजा क्षेत्रका सीमास्तम्भ मर्मत सुरु

जनकपुरधाम (धनुषा), १६ कात्तिकः सशस्त्र प्रहरी बल नेपालले मधेस प्रदेशका आठवटै जिल्लास्थित नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमास्तम्भको पुनःनिर्माण, मर्मत सम्भार र पुनःस्थापना सुरु गरेको छ ।

आज धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका–६ जटही नाका नजिक रहेको सीमास्तम्भ नं २८५÷४ बाट मर्मतसम्भार सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासका प्रमुख, सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले जानकारी दिनुभयो ।

प्रदेशका आठ जिल्लामा रहेका चार हजारभन्दा बढी स्तम्भमध्ये पहिलो चरणमा नेपाल पक्षबाट विजोर नम्बरका एक हजारभन्दा बढी सीमास्तम्भको आवश्यकतानुसार पुनःनिर्माण, मर्मतसम्भार र पुनः स्थापनाको काम गरिने शाहको भनाइ छ ।

“विसं २०७७ साउन १९ गते नेपाल सरकार मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार बनाइएको ‘सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरुको निर्माण, मर्मतसम्भार र पुनःस्थापनासम्बन्धी मापदण्ड २०८०’ बमोजिम आजदेखि विजोर नम्बरका सीमास्तम्भको पुनःनिर्माण, मर्मत सम्भार र पुनःस्थापनाको काम सुरु भएको छ”, सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले भन्नुभयो, “यस कार्यले सीमाको संरक्षण हुनुका साथै सीमा क्षेत्रमा हुने विवाद, सुरक्षा चुनौती र नेपाल—भारत द्विपक्षीय हितका विषयमा पनि सूक्ष्मरुपमा अध्ययन गर्न सघाउ पुग्नेछ । यसकार्यमा स्थानीय जनप्रतिनिधिको महत्वपूर्ण सहयोग रहने छ भन्ने विश्वास लिएका छौँ ।”

त्यसैगरी भारतीय सीमा सुरक्षा बल नं ४८ बटालियनका डेपुटी कमान्डर सन्तोषकुमार निमोरियाले दुई देशका सरकारले गरेका निर्णय र समझदारीअनुसार आफूहरु सीमा सुरक्षाको संवेदनशीलताबारे गम्भीर रहेको बताउनुभयो । नेपालले बिजोर र भारतले जोर सीमास्तम्भको मर्मतसम्भार गर्ने सहमतिअनुसार आफूहरुले पनि आवश्यक कार्य अगाडि बढाउने र जसले सीमास्तम्भको मात्र नभइ दुई देशको सुरक्षा, सद्भाव र सीमासम्बन्धी प्राविधिक जटिलता समाधानका लागि पनि सहयोग पुग्ने उहाँको भनाइ थियो ।

त्यसअवसरमा नगराईन नगरपालिका प्रमुख विनयकुमार यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादव, सम्बन्धित वडाध्यक्ष, सशस्त्र प्रहरी बल धनुषाका प्रमुख, प्रहरी उपरीक्षक दिनेश मल्ल, नेपाल पत्रकार महासङ्घ धनुषा अध्यक्ष मनिका झालगायत सरोकारवालाको उपस्थिति थियो ।

यसअघि यही कात्तिक १ गते सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवासले भारतीय सीमासँग जोडिएका नेपालतर्फका एक सय ४३ वडाका वडाध्यक्षसँग छलफल गरी सीमा सुरक्षा, तिनको संरक्षण, सीमा क्षेत्रका समस्या, चुनौती र समाधानका विषयमा सुझाव लिएको थियो ।

‘दलबीच समीक्षात्मक बैठक जरुरी छ’ – अग्निप्रसाद सापकोटा

काठमाडौँ, १६ कात्तिक : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले लामो समयदेखि थाँती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन दलहरूबीचको छलफल अत्यन्त सकारात्मक रहेको बताउनुभएको छ ।

आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार भेटघाटका क्रममा प्रवक्ता सापकोटाले हालै दलका शीर्ष नेताहरूबीच द्विपक्षीय तथा सामूहिकरूपमा समेत छलफल भएको जानकारी दिँदै उहाँले सबै शीर्ष नेताहरू शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने विषयमा गम्भीर रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीहरूबीच भएको छलफल सकारात्मक रहेको र अब १२ बुँदेका पक्षधरहरूको बीचमा समीक्षासहितको बैठक बसेर कमी–कमजोरी औँल्याउँदै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक सहभागितालगायतको कार्यान्वयनको पनि समीक्षा गर्न जरुरी छ ।”

उहाँले हालै सम्पन्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

संसारभरि जलवायु परिवर्तनको असर परिरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिवले नेपाल भ्रमणका क्रममा सगरमाथाको आधार शिविरमा समेत पुगी विश्वभर एउटा सन्देश दिनुभएकाले त्यसप्रति विश्वलाई सोच्न बाध्य गराएको पनि उहाँले बताउनुभयो ।

पार्टीले चलाइरहेको रुपान्तरण अभियान पार्टीको रुपान्तरणका साथै राज्यको पनि शुद्धीकरण अभियान भएको बताउनुभयो । जारी अभियानबाट विगतमा पार्टीमा भएको अन्तरविरोध समाधान हुँदै गएको दाबी पनि प्रवक्ता सापकोटाको थियोे । माओवादीको रुपान्तरण अभियानले अन्तरविरोध हल हुँदै गएको उहाँको भनाई थियो ।

आज मध्यरातदेखि अन्त्य हुँदै राष्ट्रियसभा अधिवेशन

काठमाडौँ, १६ कात्तिक : राष्ट्रियसभाको १४औँ अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । अधिवेशनअन्तर्गत एक सय ८० दिन बैठक भएका थिए ।

अधिवेशनमा मुलुकी संहितासम्बन्धी केही नेपाल संशोधन गर्ने अध्यादेश २०८० स्वीकृत भएको थियो । सोही अध्यादेशलाई प्रतिस्थापन गर्न राष्ट्रियसभामा उत्पत्ति भएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन दुवै सदनबाट पारित भई प्रमाणित भएको थियो ।

त्यसैगरी, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित भएको थियो । राष्ट्रियसभामा उत्पत्ति भएका नेपाल विश्वविद्यालय विधेयक २०८०, गैरसरकारी विधेयकको रूपमा दर्ता भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०८० सभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको थियो । अधिवेशनको अन्तिम दिन आज राष्ट्रिय विद्युतीय व्यापार विधेयक पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाइएको छ ।

आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सुनाउनुभएको थियो । उहाँले राष्ट्रियसभाको १४औँ अधिवेशन आज राति १२ः०० बजेदेखि स्वतः अन्त्य हुनेगरी बैठकको कारबाही समाप्त भएको घोषणा गर्नुभएको थियो ।

नेपालको स्वास्थ्य प्रणालीलाई सुधार गर्न विश्व बैंकद्वारा सहयोग

काठमाडौँ, १६ कात्तिक ः नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)बाट १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

यस्तै, स्वास्थ्य आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपिआरटीएफ)बाट ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ । द्विपक्षीय वित्तीय सम्झौता आज विद्युतीय रुपमा आदानप्रदान गरिएको छ । ती सम्झौतामा यही कात्तिक १० गते विद्युतीय हस्ताक्षर गरिएको थियो । नेपालमा विश्व बैंकद्वारा वित्तीय लगानी गरिएको यो पहिलो विद्युतीय हस्ताक्षरित आयोजना हो ।

नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालन सम्झौतामा अर्थ सचिव कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले हस्ताक्षर गर्नुभएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो कार्यक्रम सङ्घीय तहको स्वास्थ्य बीमा बोर्ड, र कोशी र गण्डकी प्रदेशका छनोट गरिएका प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा कार्यान्वयन गर्नेछ ।

कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार, स्वास्थ्य बीमाको पहुँच अभिवृद्धि र छनोट गरिएका प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य आपत्कालीन पूर्वतयारी एवं प्रतिकार्य क्षमता सुदृढीकरण गर्ने कार्यमा जोड दिन्छ ।“गुणस्तरीय स्वास्थ्य सेवा मानव पुँजी विकासको आधारशीला हो । नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालनद्वारा तय गरिएको वृहत सुधारका एजेण्डा उच्च गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न निर्णायक हुनेछन्” अर्थ सचिव पुष्करले भन्नुभयो ।

नेपालमा सङ्कटासन्न जनतालाई संरक्षण गर्ने, र उन्नत उत्पादकत्व र दिगो आर्थिक वृद्धिको मेरुदण्डका रुपमा रहेको मानव पुँजीको सुदृढीकरणका लागि योगदान गर्ने उत्थानशील र समावेशी जनस्वास्थ्य प्रणाली निर्माण गर्न हामी सरकारसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक जेर्भोसले बताउनुभयो ।

राष्ट्रियसभा : विपीन जोशीको रिहाइको पहलदेखि संयुक्त राष्ट्रसङ्घका महासचिवको चर्चा

काठमाडौँ, १६ कात्तिक : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले इजरायलमा हमास समूहको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइको पहलदेखि संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणको उपलब्धिबारे चर्चा गर्नुभएको छ ।

बैठकमा दलीय आधारमा बोल्दै सांसदहरुले सङ्घीयतालाई बलियो बनाउन थाती रहेको कानून चाँडो निर्माण गर्न तथा राष्ट्रियसभाको काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले विपीन जोशी हामासको नियन्त्रणमा रहेको पुष्टि भएको भन्दै जोशीको रिहाइका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । साथै उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको नेपाल भ्रमण उपलब्धिमूलक भएको र शान्ति प्रक्रिया र जलवायु परिवर्तनका विषयमा उठाएको विषय अन्तर्राष्ट्रियस्तरमा नेपालले चर्चा पाएको बताउनुभयो ।

नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले इजरायलमा हमासद्वारा मारिएका १० नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बन्धक बनाइएको भनिएका विपीन जोशीको खोजी र उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले गुगुको छायाँनाथ गाउँपालिकामा हालै अज्ञात व्यक्तिबाट भएको सामूहिक हत्याका घटनाको दोषी पत्ता लगाएर कानुनी दायरामा ल्याउन माग गर्नुभयो । सांसद दाहालले राष्ट्रियसभाको काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाइनुपर्ने खाँचो औँल्याउनुभयो ।

नेपाली कांग्रेसका सांसद रमेशजङ्ग रायमाझीले इजरायलमा हमासको नजरबन्दमा रहेका भनिएका विपीन जोशीको शीघ्र रिहाइका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सङ्घीयतालाई बलियो बनाउन बाँकी रहेका कानुन चाँडो बन्नुपर्नेमा जोड दिनुभयो । सभालाई प्रभावकारी बनाउन नसकिएको र महत्वपूर्ण विधेयक आउन नसकेको उहाँको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद जयन्तीदेवी राईले सभाबाट महत्वपूर्ण विधेयक पारित भएको भन्दै आगामी दिनमा पनि सभाको भूमिकालाई थप प्रभावकारी बनाइनुपर्ने बताउनुभयो ।

उहाँले मुलुकभित्र अहिले पनि विभिन्न किसिमका समस्या व्याप्त रहेको, भ्रष्टाचार, महँगी र कालोबजारी बढिरहेको भन्दै यसको नियन्त्रण र प्रभावकारी अनुगमन गर्न ध्यानाकर्षण गराउनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मृगेन्द्र कुमारसिंह यादवले इजरायलमा हमासको नियन्त्रणमा रहेका विपीन जोशीलाई कूटनीतिक पहलको प्रयास गरी सकुशल नेपाल ल्याउने पहलकदमी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले नजिकिएको तिहारमा चिनीलगायतका खाद्यपदार्थको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सङ्घीयतालाई बलियो बनाउने महत्वपूर्ण विधेयकहरु ल्याउन माग पनि गर्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद शेखरकुमार सिंहले विपीन जोशीको उद्धारका लागि पहल गर्न सरकारसमक्ष माग गर्नुभयो ।

उहाँले विगतमा गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल नामकरण भएको अहिले सप्तरी जिल्ला अस्पतालका रुपमा सञ्चालन रहेको भन्दै त्यसलाई पुरानै नाममा अञ्चलस्तरीय अस्पताल कायम गर्न माग गर्नुभयो । त्यस्तै, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रभावकारीरुपमा सञ्चालन गर्न, चन्द्रनहरको पुनःनिर्माणका लागि पहल गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले विपीन जोशीको शीघ्र रिहाइका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाका मामिलामन्त्री चुङ वाङ केनको शिष्टाचार भेट

काठमाडौँ, १६ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलसँग गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री चुङ वाङ केन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

त्यस अवसरमा राष्ट्रपतिले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध पछिल्ला वर्षमा अझ प्रगाढ हुँदै गएकामा खुशी व्यक्त गर्नुभयो । साथै उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा कोरिया भरपर्दो साझेदारका रूपमा रहेको बताउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत नेपालले प्राविधिक सहयोग एवं जनशक्ति विकासलगायत विभिन्न क्षेत्रमा प्राप्त सहायताका निम्ति कोरिया सरकारप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।

अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न मन्त्री साउदको अनुरोध

वासिङ्टन डिसी, १६ कात्तिक : परराष्ट्रमन्त्री एनपी साउदले नेपाल लगानीका लागि उत्कृष्ट स्थान भएकाले अमेरिकी लगानीकर्तालाई लगानीको अवसरमार्फत लाभ लिन आग्रह गर्नुभएको छ ।

मन्त्री साउदले नेपालमा गरिएको लगानीको मुनाफा र पुँजी फिर्ता लैजाने संवैधानिक व्यवस्था गरिएकाले लगानीमैत्री वातावरण निर्माण भएको बताउनुभयो । नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन र लगानी आकर्षित गन्तव्यको रुपमा विकास गर्न कुनै कसर नराख्ने उहाँको भनाइ थियो ।

अमेरिकाको औपचारिक भ्रमणमा आउनुभएका मन्त्री साउदले अमेरिका चेम्बर अफ कमर्सका सदस्यसँग बुधवार वासिङ्टन डिसीमा अन्तक्र्रिया गर्नुहुँदै उक्त आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, “विश्वमा कार्बन उत्सर्जनलाई कम गर्न स्वच्छ ऊर्जाको उपयोग बढाउँदै लैजानुपर्ने अवस्थामा नेपालमा भएको बिजुली ठूलो मात्रामा छिमेकी देशमा उपलब्ध गराउन सकिन्छ, यसका लागि अमेरिकी निजी क्षेत्रले आर्थिक तथा प्राविधिक स्रोत परिचालन गरेर लाभ हासिल गर्न सक्छन् ।”

मन्त्री साउदले नेपालको सूचना प्रविधि क्षेत्र अर्को संभावना भएको उल्लेख गर्दै सक्षम जनशक्ति, भाषागत दक्षता, मानव संशाधनको सहज उपलब्धता आदि कारणले यसमा लगानी गर्न पनि अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो– “नेपालको आर्थिक रुपान्तरणमा सूचना प्रविधि गेम चेञ्जर हुनेमा म विश्वस्त छु ।” सूचना प्रविधीको कम्पनी स्थापनाका लागि सय रुपैयाँमा नै कम्पनी खोलेर वैदेशिक प्रत्यक्ष लगानी गर्नसक्ने गरी सरकारले नयाँ नीति लागू गरेको उहाँले बताउनुभयो । अरु क्षेत्रका लागि न्यूनतम रु दुई करोड लाग्ने मन्त्री साउदको भनाइ थियो ।

मन्त्री साउदले वैदशिक लगानीका लागि वाणिज्य विभागमा एकद्वार प्रणालीमार्फत सहजीकरण गर्दै आएको उल्लेख गर्दै भन्नुभयो, “नेपालले वैदेशिक लगानीको स्वचालित प्रणालीअनुरुप रु १० करोडसम्मको लगानीका लागि पूर्वस्वीकृत लिन नपर्ने व्यवस्था गरेको छ ।”

उक्त अवसरमा अमेरिकाको चेम्वर अफ कमर्सले नेपालमा स्थापना भएको अमेरिकन चेम्बर अफ कमर्स इन नेपाललाई वैधानिकता प्रदान गरेको थियो । सो अवसरमा एमच्याम्वरका संस्थापक अध्यक्ष अजित शाहले वैधानिकताको प्रमाणपत्र ग्रहण गर्नुभएको थियो । कार्यक्रममा अमेरिकन चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका प्रमुख जोन मुर्फे र अर्का उपाध्यक्ष अतुल कश्यपले नेपालमा अमेरिकी लगानीकर्ताको चासो बढेको बताउनुभएको थियो ।

कार्यक्रममा अमेरिकन चेम्बर्स अफ कमर्सका प्रतिनिधि, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन्, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीलगायत दूतावासका अधिकारी, परराष्ट्र मन्त्रालयका कर्मचारीको समेत उपस्थिति थियो । नेपालले पछिल्ला वर्षमा आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर वैदेशिक लगानी, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा नेपाली नियोगलाई परिचालन गर्दै आएको छ ।

गाजा शरणार्थी शिविरमा भएको आक्रमणको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा, जोर्डनले राजदूत फिर्ता बोलाउने

संयुक्त राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा हमासका एक कमाण्डरलाई लक्षित गरी गरिएको आक्रमणमा दर्जनौँ सर्वसाधारण व्यक्तिको मृत्यु भएको भन्दै बुधबार त्यसको भत्र्सना गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्यजारी गर्दै भन्नुभएको छ, “गाजाका जनतामाथि परेको यो पछिल्लो ज्यादती हो, जहाँ युद्ध अझ डरलाग्दो चरणमा प्रवेश गरेको छ ।”

यसैबीच, जोर्डनबाट प्राप्त समाचार अनुसार अक्टोबर ७ मा भएको आक्रमणको विरोधमा इजरायलले गाजाका हमास शासकविरुद्ध लिएको कदमको विरोधमा जोर्डनले आफ्नो राजदूतलाई ‘तत्काल’ फिर्ता बोलाउने बताएको छ ।

’जोर्डनका विदेशमन्त्री अयमान सफादीले इजरायलका लागि जोर्डनका राजदूतलाई तत्काल फिर्ता बोलाउने निर्णय गर्नुभएको छ,” विदेश मन्त्रालयले भनेको छ, “गाजामा निर्दोष मानिसको ज्यान लिने इजरायली युद्धको निन्दा गर्न यो कदम चालिएको हो ।”

नेपाल ओमानविरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ, १६ कात्तिक : आइसिसी टि–२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत नेपाल अहिले ओमानविरुद्धको खेलमा फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा केहीबेर अघि नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

ओमानले अहिले ब्याटिङ गरिरहेको छ । ओमानले पहिलो ओभरको पाँचौँ बलमा नै कश्यप प्रजापतिलाई गुमाएको छ । उनी करण केसीको बलमा विकेटकिपर आशिफ शेखद्वारा क्याचआउट हुन पुगेका हुन् । प्रजापतिले पाँच बलमा दुई चौकाको मद्दतमा आठ रन बनाए ।समूह चरणका यसअघिका दुवै खेलमा दुवै टोलीले अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । ओमान नेटरनरेटका आधारमा समूह ‘ए’ को शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ । प्रतियोगितामा दुवै टोली एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आजको खेलबाट समूह ‘ए’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।नेपालले आजको खेलमा पनि अघिल्लो खेलकै खेलाडीलाई निरन्तरता दिएको छ । नेपाली टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।

जनप्रतिनिधि जनताको घेराबन्दीमा हुन्छ : सांसद ढकाल

काठमाडौँ, १६ कात्तिक : प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकाल जनताको घेराबन्दीको बीचमा रहेर सांसदले काम गर्नुपर्ने हुँदा कानुन बनाउने काम मात्र गर्छु भनेर पन्छिन नमिल्ने बताउनुहुन्छ । नेकपा (एमाले) का तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उहाँ सांसदलाई विकास निर्माण र जनताको सुख, दुःखमा साथ दिने भनेर नै समाजले बुझ्ने गरेको बताउनुहुन्छ ।

एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद ढकालले भन्नुभयो, “जनताका मुद्दालाई सम्बोधन गर्ने गरी कानुन बनाउने, आफू निर्वाचित भएको क्षेत्रमा अधिकतम बजेट लैजाने र जनतासँगको सम्बन्ध सम्पर्कलाई जीवन्त बनाउने नै जनप्रतिनिधिको मुख्य काम हो । जनप्रतिनिधि भएपछि गाउँको विकासमा ध्यान दिन्छन् भन्ने जनताको बुझाइ छ ।”

एमाले बाँकेका इञ्चार्जसमेत रहनुभएका सांसद ढकाल सदन सुरु भएको करिब आठ महिना बितिसक्दा पनि कानुन बनाउने कामले तीव्रता नपाउनुमा संसद् र सांसद मात्र दोषी हो जस्तो लाग्दैन । “संविधान अनुकूल र अन्य कानुन बनाउन ढिलाइ हुनुमा संसद् र सांसदको मात्र दोष छैन”, उहाँले भन्नुभयो, “सरकारले सदनलाई दिएको विजनेसका आधारमा कानुन बन्ने हो ।” सदनले प्रभावकारी तरिकाले काम गर्न सकेन भन्नुको कुनै अर्थ नरहेको सांसद ढकालको भनाइ छ ।

“सरकारकै कारण सदनले प्रभावकारी ढङ्गले काम गर्न सकेन, सरकारले विकास निर्माणका कामलाई पनि निरन्तरता दिएन”, उहाँले भन्नुभयो, “जनताका कुरा प्रत्यक्ष जोडिएका विषयमा राज्यले ध्यान दिनुपर्छ, दैनिक उपभोग्य सामग्रीको महँगी अत्यधिक बढ्ेको छ, त्यसको नियन्त्रणका लागि कुनै पहल भएको छैन, लाखौँ युवा विदेश पलायन भइरहेका छन् । यस्ता विषयमा प्रतिपक्षी दलले आवाज उठाउनैपर्ने हुन्छ ।”

सरकार र जनताको आवाजको पुलको रुपमा काम गर्ने सांसदले संसद अवरोध गर्नु ठीक नभएको सांसद ढकालको बुझाइ छ । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको विषयमा प्रश्न उठेपछि र ठूलो मात्रामा सुन तस्करी भएको थाहा पाएपछि त्यसको छानबिनका लागि सदन अवरोध गरिएको उहाँको भनाइ छ । सत्तापक्षले प्रतिपक्षलाई कहिलेकहीँ संसद् अवरोध गर्न बाध्य बनाउने अवस्था पनि आउने गरेको तर एमाले सैद्धान्तिक र व्यवहारिक हिसाबले संसद् अवरोध गर्ने पक्षमा नभएको सांसद ढकाल बताउनुहुन्छ ।

कानुन बनाउने सांसदले अलि बढी स–साना विकास निर्माणका काममा लागेजस्तो देखिन्छ । सांसद भनेको मूलतः कानुन बनाउने व्यक्ति हुन भनेर स्थापित हुनुपर्ने थियो तर नेपालमा त्यो कुरा स्थापित हुन नसक्दा सांसदले समाजमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगार, त्यस क्षेत्रको विकासमा पूर्णरुपमा ध्यान दिनुपर्ने अभ्यास हुँदा त्यसविपरीत जान नसक्ने उहाँको अनुभव छ ।

“निर्वाचनका बेलामा जनतालाई मत माग्न जाँदा धेरै आश्वासन दिने बानी छ, गाउँमा जाँदा विद्यालय बनाउने, मन्दिर बनाउने, सडक बनाउने विषयमा बोल्नै पर्ने मान्यता छ”, सांसद ढकालले भन्नुभयो, “त्यो कुरा एउटा सांसदले तोड्न सक्दैन, जनताको घेराबन्दीमा भएको सांसदले म यो गर्न सक्दिन भन्न सक्दैन ।” राज्य प्रभावकारी तरिकाले अघि बढ्नका लागि राज्यका प्रमुख तीन अङ्गबीच शक्ति सन्तुलनका हिसाबले पनि प्रभावकारी तरिकाले अघि बढ्नुपर्छजस्तो उहाँलाई लाग्छ ।

विसं २०२९ वैशाख ६ गते बाँकेमा जन्मनुभएका सांसद ढकालले २०४५ सालदेखि अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि राजनीतिक यात्रा सुरु गर्नुभएको हो । उहाँले युवा सङ्घको केन्द्रीय सचिव, उपाध्यक्ष भएर काम गर्नुभयो । पार्टीमा गाउँ कमिटीको सचिव, जिल्ला अध्यक्ष, प्रदेशको सचिवालय सदस्य हुँदै केन्द्रीय सदस्य भएर ढकालले काम गरिरहनुभएको छ ।

 सांसद विकास कोष सांसदमा रु पाँच करोड छुट्याएको थियो । जनप्रतिनिधिले आफ्नो ठाउँको विकासका लागि हरेक पाउनु राम्रो हो तर जनप्रतिनिधिलाई व्यक्तिगतरुपमा पैसा दिनुभन्दा पनि राज्य कोषबाटै विकासमा लगानी गर्दा राम्रो हुने उहाँको बुझाइ छ । “जनताको प्रतिनिधिलाई कुन क्षेत्रको विकास कसरी गर्नुपर्छ, त्यहाँको आधारभूत आवश्यकता के हो भन्ने थाहा हन्छ तर जनताको प्रत्यक्ष जनजीविकासँग जोडिएका विषय पनि हुन्छन्”, सांसद ढकालले भन्नुभयो, “सांसद विकास कोषबाट सांसदलाई पैसा दिनुभन्दा पनि अध्ययन गरेर कुन कुन ठाउँमा के के विकास गर्न जरुरी छ भनेर अध्ययन गरेर दिँदा राम्रो हुन्छ ।”

जनताको प्रतिनिधि भएर सदनमा बोल्दा मर्यादित भएर बोल्नुपर्ने उहाँको बुझाइ छ । पहिला बोल्ने अनि रेकर्डबाट हटाउनेजस्ता अभ्यास राम्रो हुँदैन भन्ने उहाँको ठम्याइ छ । “पहिला बोल्ने अनि रेकर्डबाट हटाउने गरिन्छ, आफूले बोलेको कुराको पछिसम्म असर रहन्छ भने सोच छैन”, उहाँले भन्नुभयो, “एउटा मापदण्ड बनाउन जरुरी छ, बोल्दा खेरी मर्यादित भएर नै आफ्नो कुरा राख्न जरुरी हुन्छ ।”

तिहारका लागि विद्यालयमा फूल उत्पादनमा जुटे विद्यार्थी

धुलिखेल, १६ कात्तिक- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन् । उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन् ।

‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत फूल खेती गरिएको हो । विद्यालय संयोजक एवं जनक बहुमुखी क्याम्पसका प्रमुख हरिहर अधिकारीका अनुसार रु ३० हजार लगानीमा एक हजार पाँच सय बोट सयपत्री रोपिएको छ । अहिले फूल फुलेर ढकमक्क भएको छ ।

“करिब दुई रोपनी जग्गामा फूल खेती गरेका छौँ”, उहाँले भन्नुभयो, “रु एक लाख ५० हजार आम्दानी हुने अनुमान छ ।” विद्यालय परिसर पनि आकर्षक देखिने र आम्दानी पनि लिन सकिने भएकाले व्यावसायिकरुपमा फूल खेती गरिएको उहाँले बताउनुभयो । त्यसबाट प्राप्त रकमको ३५ प्रतिशत विद्यार्थीलाई प्रदान गरिने छ भने बाँकी रकम विद्यार्थी कल्याण कोषमा राखिने छ ।

विद्यालयले पहिलो पटक फूल खेती गरेको हो । आगामी वर्षदेखि फूल खेती विस्तार गरिने संयोजक अधिकारीको भनाइ छ । दसैँ तिहार बिदाका कारण रेखदेख गर्न कामदार राखेको उहाँले बताउनुभयो । विद्यालयले विद्यार्थीलाई दैनिक दुई घण्टा उपार्जनको काममा अनिवार्य काम गर्नुपर्ने विद्यालयले नियम बनाएको छ । त्यसरी काम गरेबापत छात्राबासमा बस्ने विद्यार्थीका लागि खाने र बस्ने निःशुल्क व्यवस्था गरिएको संयोजक अधिकारीले बताउनुभयो ।“उत्पादन गरेको फूल बिक्रीको टुङ्गो लागिसकेको छ”, उहाँले भन्नुभयो ।

विद्यालयमा पाँच वर्षदेखि पशु विज्ञान विषयमा पठनपाठन गरिँदै आएको छ । विगत दुई वर्षदेखि ‘पढ्दै कमाउँदै’ कार्यक्रमसमेत लागू गरिएको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई यसमा संलग्न गरिएको छ । विद्यालयले सुरु गरेको तरकारी खेतीदेखि धान खेती, कुखुरा र बाख्रापालनसँगै अहिले विद्यालयले दूध उत्पादन गर्ने गरी पशु विज्ञान प्रयोगशालाका लागि भवनसमेत निर्माण गरिसकेको छ । विद्यालयले १७ रोपनी जग्गामा खेती गर्दै आएको छ ।

विद्यालयका प्रधानाध्यापक प्रदीप पोख्रेलले ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट विद्यालय र विद्यार्थीलाई सिर्जनशील बन्न मद्दत पुगेको बताउनुभयो ।

आममाफी दिने निर्णयमा आज सर्वोच्च अदालतले फैसला सुनाउने

काठमाडौँ – सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धकोे सुनुवाइ बुधबार सकिएको छ भने अदालतले आज निर्णय सुनाउदै छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज निर्णय सुनाउने भएको हो ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफासिरसँगै ढकाल कारागारमुक्त भएका थिए । ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि बुधबार लागि सुनुवाइ निर्धारण भएको थियो ।

गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढकाललाई आममाफी दिन सिफारिस गर्नुपर्नाको कारणसहितको सम्पूर्ण सक्कल मिसिल असोज २४ गतेभित्र अदालतमा प्रस्तुत गर्न आदेश दिएको थियो ।